
५४ वर्ष इतिहासका लागि लामो समय हैन। तर यति वर्षमै पनि ठाउँ र मान्छे कति परिवर्तन भइसक्दो रहेछ। माथिका दुई फोटोले यस्तै अन्तर देखाउँछ। दुवै फोटो स्वयम्भु डाँडाबाट देखिएको काठमाडौँको हो।

यो पहिलो फोटो सन् १९५८ मा जापानी नागरिक टाकायामा र्युजोले खिचेका हुन्। जापानी वैज्ञानिक अभियानका सदस्यका रुपमा आएका क्योटो बुन्क्यो विश्वविद्यालयका पूर्व प्रोफेसर टाकायामाले खिचेका यी फोटोहरु अहिले त्यहाँको नेसनल म्युजियम अफ एथ्नोलोजीमा राखिएको छ।

यो फोटो भने सन् २०१२ मा स्वयम्भूबाटै मैले खिचेको हुँ। कति फरक आइसकेछ त देख्नुभयो हैन ?

उनैले खिचेको यो ब्ल्याक एन्ड ह्वाइट फोटोको बीचमा धरहरा देखिन्छ।

५४ वर्षपछि खिचेको यो फोटोको बीचमा पनि धरहरा देखिन्छ। बाँकी फरक तपाईँ आफै देख्न सक्नुहुन्छ।
जापानीले खिचेको स्वयम्भू परिसरको फोटो-

यो तलको अहिलेको।

अब केही उहिलेकै फोटोहरु हेरौँ-
काठमाडौँको कुन इनारको हो, थाहा भएन।
आजभोलि त मान्छे हस्पिटलमा मर्न थाले। अरु ठाउँमा मरे पनि अहिले शव वाहनमा राखेर घाट पुर्याउने चलन छ। यसरी बोकेर लाने चलन कम भइसक्यो।
पशुपति परिसर।
बौद्ध स्तुप घुम्दै गरेकी दुई महिला।
काठमाडौँको कुन होला यस्तो रमाइलो ठाउँ ?
सिंहदरबार।
न्युरोड उहिले कति सफा र फराकिलो रहेछ है।







पुरानो फोटो हरु हेरेर कस्तो रमाइलो लग्यो!
मुख्य कारण केन्द्रीकरण, केन्द्रीकरण र केन्द्रीकरणको हो !
जति दुख भएपनि सबै अवसर काठमाडौँमा छ !
राजनीति, जागिर, व्यापार, शिक्षा, स्वस्थ सबै यहि छ
सुरज श्रेष्ठ
२०४६ साल को प्रजातन्त्र र माओबादी जन युद्ध र धन युद्ध को उपलब्धि हो यो काठमाडौँ को आज को यो रुप ! नेता लाई काकाकुल काठमाडौँ प्यारो भयर महल मा बस्न थाले भने जनता आफ्नो सुरछ्या को लागि खाल्डो मा छिर्न थाले ! नेताले आफ्नो ठाउमा मात्र सम्पति जोड्न पाउने कानुन भएको भय सायद देसका अरु छेत्र को पनि विकास हुन्थ्यो होला र काठमाडौँ को यस्तो बिजोग क पौने हुने थियन होला !
यो परिबर्तन बिना सहरी योजनाको हो, जुन कहाली लाग्दो हुनगयो / “कहाली लाग्दो” यस अर्थमा की बिगतका सरकारहरुले राजधानीको योजना नया आवादी अनुसारको भौतिक संरचना ब्रिद्दि गर्दै सहरीकारणको रुपमा बिकास गर्न सकेनन / सबभन्दा दुखलाग्दो कुरा मन्त्रीहरु सरकारी पैसामा बिदेशी सहरहरु घुमेर/देखेर फर्केपनि आफ्नो सहर प्रति भौतिक आधारहरु जुटाउन र ब्यबस्थापन गर्नमा संबेदनशील भएनन् , खाली कहा कति खान पाइन्छ त्यतीमै फोकस भए / यसमा सहरी बासिन्दाहरु पनि केही दोषी छन्: जहा पायो त्यही घर बनायो, कमसेकम सुरक्षा र बाताबरण सम्बन्धी कुरामा उनीहरुले पनि ध्यान दिनु पर्ने हो / आगामी दिनमा यी कुराहरु प्रति हामी संबेदनशील हुनुपर्छ /
इस्कुलमा पढदा बागमतिमा माछा मरेको र नुहाएको सम्झना आयो
२४-२५ साल तीर/ बागमती सफा थियो / त्यो सब कहाँ गयो होला ? हामी काठमाडौँ बासी मान्छे बाट प्रोमोसन भयेरे सुँगुर भय्म , बधाई छ काठमाडौँ बासीलाई…
अरु के कुरा गर्ने| आज भन्दा २५ वर्ष अघि यहाँक़ा धारामा दिनको दुइ चोटी पनि आउथ्यो! अहिले १० दिन बिराएर एक चोटी मात्रै आए धन्य हुन्छु ! अर्को ठुलो परिवर्तन भनेको air pollution! स्वासप्रस्वास संग गासिएको रोग यहाँ सामान्य जस्तै भै सक्यो! यहाँका वासिन्दाले स्वास्थमा कति खर्च गर्छ लेखाजोखा छैन! अर्को परिवर्तन त अतासमतस हुने गरि जागिर खान, अध्ययन गर्न, कामको खोजिमा यता झर्नेहरुको लर्को! वास्तबमा माथि उल्लेख गरेको तीन वटै कुरा एक आपसमा गहिरो सम्बन्ध छ! यानी कि मान्छेको ओंरालो संगै पानी र पोलुसन समस्या बढेको हो! यो भन्दा ठुलो परिवर्तन अरु के देखाउने यो काठमाडौँ ले ?
राणाहरुले काठमाडौँ बाहेक अरु भूभागलाई नेपाल नै ठानेन र बाहिर विकास गर्ने कुरै भएन! दुखको कुरा आजक़ा क्रान्तिकारी भनौदा पुष्पकमल दाहाल, माधव कुमार, झलनाथ खनाल, बाबुराम भट्टराई, गक्षदार हरु पनि काठमाडौँ बाहिर विकास गर्ने केहि सोचेन ! बरु यतै घरजम गरि बसे! चुनाब ताका एक पल्ट आफ्नो क्षेत्रमा तीर्थाटन गर्न भने अबश्य जान्छन|
यी परिवर्तन संगै काठमाडौँवासीले भोगेको दुख कसैले देखेको होइन वा देखेर पनि नदेखे झैँ गर्छ ! अझ राष्ट्रिय दैनिकीहरुमा “हाल: काठमाडौँवासी” हरुले छि: छि: कस्तो फोहर भएको भनेर घाउमा नमक छर्केर आनन्द लिने गरेकै छ! अब देखि यसरि छि छि गर्दा एक पल्ट आफुले यो फोहरमा कति contribute गरेको छ त्यो पनि सोच्नु होला
अली पहीला सम्म काठमांडू को साग सब्ज़ी भन्थे, अैले चाही काठमांडू को फोहर मैला भन्छन । पानी परे हीडनु ठाउ छैन, घाम लागे धुलो उडेर खत्तमै छ। संसारकै सबैभन्दा अब्यबस्तीत शहर काठमांडू । अन्तराष्ट्रीय विमान स्थलमानै शौचालय को अवस्था नाज़ुक छ।
सालोक्य जी म संग एउटा पुरानो फोटो छ. मेरो साथी ले दिएको. सिंघ दरबार जलीरहेको. Let me know if you want to post.
पठाउनुस् न [email protected] मा
उहिलेको काठमाण्डौ गाउँकी तारा जस्तै रैछ ! अनि अहिलेको काठमाण्डौ चाहिं कलीऊडकि छम्मा जस्तै रैछ !
खुल्ला फाँट बिकास भएर घना घरबस्ती भएर ल्यायो, तर नेपालीको चिन्तन चाहिं त्यहि फांटे मानसिकतामै छ! सोचाइ साँघुरो भएपछि त्यस्ताले आफ्ना व्यक्तिगत घर ठड्याउने बाहेक अर्थोक के पो गर्ला र? ५० बर्षभित्र नेपालीले जोड हालेर समागम चै खुव गरेछ, परिणाम स्वरुप मानिस उत्पादन हुने नै भए, अनि तिनलाई बस्ने घर चाहिहाल्यो| घर थुप्रेकोलाइ बिकास भन्न मिल्यो र? काठमाडौ बीच बजारमा नानीहरु खेल्नलाइ एउटा पार्क धरी त छैन| आर्मी हेडक्वार्टर बजार बिचमा किन राख्नुपर्यो? सहिदगेटदेखी माइतीघरसम्मको आर्मीले ओगटेको सबै ड्याम्डुम्मै भत्काएर त्यस ठाउँमा अत्याधुनिक सशुल्क पार्क बनाउने हो भने काठमाडौबासीले आफ्नो टेन्सन मत्थर गर्न त्यहाँ जान पाउने थिए|
वास्तवमा यो भयानक विकृति दिन दुगुना रात चौगुना बढ्नु को पछाडी विगत ६३ वर्ष देखि सिंहदरबारको ठूला कुर्सीहरुमा त्यस्ता मान्छेहरु बसे पछि बग्रेल्ती देख्नमा आएको हो , जसलाई काठमाडौँ उपत्यकाको रतिभर मायाममता लाग्दैन. कारण के हो भने , बितेको छ दशकमा प्र.म. को कुर्सीमा बस्ने कुनै एक जना पनि राजधानीमा जन्मघर नभएकाहरु मात्र पाइन्छन . अनि यस उपत्यकाको गौरव गरिमा बाट अन्जान उनीहरुले यो शहरको विनाश बाहेक अर्थोक के पुरुषार्थ देखाउला त ?… हाल सडक चौडाको नाम मा भैरहेको कम पनि यसै सिलसिलाको एक कडी बाहेक अरु भन्न मिलदैन होला !
१००% ठिक !!!!!
काठमाडौँ को माया काठमाडौँ बासि लाई मात्र लाग्छ.
बाहिर को मान्छे लाई त खै के भन्ने , कुरा गर्यो कुराकै दुख !!!!!
हामीले भौतिक संरचना हरुको थुप्रो लाइ बिकास को रुपमा बुझ्दा अहिलेको एस अवस्था भोग्नु पर्ने हुन आयो / हाम्रा लागि बिकास बिनास को रुपमा देखिदै छ / यो सब हाम्रो शिक्षा प्रणालीमा गल्ति छ / हामीलाई अरु बिसयाहरुको ज्ञान भन्दा नैतिक शिक्षा र बाताबरणीय शिक्षा मात्र पढाउने हो भने नब्बे प्रतिसत समस्याहरु आफ से आफ समाधान हुनेछन / हेर्दै जाने हो भने तथ्यांक ले पनि तेही देखाउछ ५४ वर्ष अगाडी को समस्या हरु र अहिले को समस्या र ५४ वर्ष अगाडी को शिक्षा र अहिले को / तेस कारण पनि अहिले को शिक्षा र तेस बाट उत्पादन भएका व्यक्ति याने बस्तु हरु बढी समस्या हो कि ? एस तर्फ़ तिर ध्यान लगाउनु पर्ने पो हो कि ?
पहिलेको जस्तै रहिरहनु पर्ने कल्पना गर्नेहरुले आफु पनि यो धर्तीमा पदार्पण नभएको हुने कल्पना गर्दा राम्रो हुन्थ्यो नि ,…
माथि योगेश र बिबेक’रुले भनेका कुरा निक्कै-निक्कै मन पर्यो/ अरुका पनि कमि त छैनन्/ म भने सधैँ ”नया” कुरा मन पराउने, यसपाली चै काठमाडौँको यी कलेक्सन ‘५४ बर्ष पुरानै’ मन परे/ राजधानिलाई मेक अप गर्ने बिउटीसियन छिट्टै आउन/
यो परिबतॅन होईन बिकिरती हो। पहिलाको काठमाणडौ स्वर्ग आहिलेको नर्क
विकास र बिनाश सगै हिंड्छ भन्थे !!!!!!!
कुरा सहि हो घरहरु थुप्रियर मात्र विकास भयको मान्नु हुदैन ! मानिस को थुप्रो ले गर्दा फोहोर थुपार्ने ठाउँ समेत छैन ! हामी काठमाडौँ बासि र अन्य सहर बासि एस्तो भैसक्यौं कि हामी आफ्नु घर त् सफा गर्छौं तर आफ्नो छेउ को खाली जग्गा र आफु हिड्ने सडक लाई रछ्यान बनाउन थाली सक्यौं ! करोड को घर बनाउछौं अनि २/ ४ हजार बचाउन छेउ र सडक ढल पुरी दिन्छौं ! हाम्रो संस्कार मा विकास हुनु पर्यो, नैतिकता मा विकास हुनु पर्यो ! सहरका मानिस गाउँ का भन्दा सभ्य हुनु पर्ने तर हाम्रो मा उल्टो छ !
गज्यांग गुजुंग र कंक्रिट मात्रको , कंक्रिटमाण्डु जस्तो देखिदै छ अहिले…..
पहिलाको हाम्रो नेपाल युरोप जस्तै रैछ. तेस्माथि नि धेरै जस्तो अशिछित मछे हरु थिअहोला तेसबेला तै पनि कस्तो सफा. मलाई लाग्छा त्यो पहिलाको फोटो मा भाको खाली जग्गा सबै सरकारी थिओ होला. अनि कति हरियाली थिओ . अहिले भ्रस्टाचार ले गर्दा सब सरकारी जग्गा बेचेर घर बनाएर हालत तेस्तो छ . जता ततै घरै घर.. अनि हामी सिछित भाको मछे हरु को हालत हेर्नुस त !! अब नेपाल मा १० वर्ष होइन ५० वर्ष मा पनि काठमाडौँ लै सजिलै बिकाश गर्न सकिन्न यो भ्रस्टचारी हरु भए सम्म र हामीले हाम्रो बेबहार नसुधारे सम्म . आशा गरम. कुनै राम्रो सरकार आओस.. कुनै राम्रो ठाउँ खोजेर सरकार ले आफै ले town planning गरेर जनता लै घर बेच्नु पर्छ. अनि मात्र बिकाश को लहर सुरु हुन्छ जस्तो लाग्छ नभए नेपाल कहिले नि बिकाश हुदैन. जहिले पनि 3rd world country
क्वाटर शताब्दीका मेरा यी आँखाले नै कति कति परिवर्तन को आत्मसात गरे, आधा शताब्दी पुराना फोटाहरुमा यी चेन्ज स्वाभाविक नै हो नि | तर संयोग कस्तो परयो भने, आजै बिहान एकजना ८८ बर्षे बा संग उहिले को कुरा गरेको थिएँ, वहाँले वहाँकै घरको छत बाट काठमान्डू (एयरपोर्ट, वानेश्वर लगायतका क्षेत्र ) हेर्दै मलाई त्यहाँको ७५/८० बर्षे पुराना किस्सा सुनाउनु भा’थ्यो | ति कुरा सुन्दा, विचार गर्दा र अहिलेको राजधानीलाई हेर्दा एउटै कुरो बुझें, राजनीतिक कारणले होस् वा आर्थिक कारणले, नेपालको काठमाडौँ सेन्ट्रलाइजेसन को ठूलो शिकार बनेछ, थेग्नै नसक्ने गरेर बनेछ र कहिले सुधार हुनै नसक्ने गरेर बनेछ | अझै पनि बुझेर डी-सेन्ट्रलाइजेसन नगर्ने, गाउँ गाउँ विकास नगर्ने हो भने अहिलेका सबै घरहरु छिट्टै अंशुबर्माको कैलाशकुट झैं नहोलान भन्न सकिन्न |
देशलाई चाहिएको मुख्य कुरा भनेको विकास हो जो कहिले पनि सम्भव छैन हाम्रो देशमा कि त कुनै चमत्कार नै हुनु पर्यो | काठमाडौँमा मान्छेहरु मात्र थुप्रिएर अनि घरहरु बनाएर विकास हुदैन !!!!!
अबको ५४ बर्ष पछि कति परिबर्तन आउछ हेर्न बाकी छ |
भुइचालो आयो भने भाग्ने ठाउँ पनि नहुने गरि घर बनेका छन् / माथि पहाड अनि भित्ताहरुमा घर बनाएर यो शहर बनेको ठाउमा खेति बलि उद्पदन गरेको भए काठमाडौँ मा बस्नेहरुले यहाँ नै उद्पदन भएको कुरा खाएर बच्न सक्थे खोइ त घरै घर फलेका छन्/
के गर्नु, अबको ५४ बर्षपछी फेरी पहिलेको जस्तै होस् भन्ने कामना गर्न पनि नमिल्ने – त्यो भनेको त ठूलो भुइचालो वा तेस्तै प्रलय आओस भने बराबर हुन्छ !!
भर्जिन र बाइफाले जस्तो लग्यो उहिले र अहिले को फोटो !
Thanks Salokya ji to share such a wonderful snapshot of valley
बागमतीको पानी त उतिबेला पनि धमिलो नै देखिन्छ त I
उतिबेला धमिलो देखिन्थ्यो अहिले कालो देखिन्छ.
धमिलो त हो तर उबेला माटो मिसिएको धमिलो थियो अहिले ढल सौच आदि इत्यादी
परिवर्तन अवस्यम्भावी छ / चाहेर नचाहेर यो आफै हुन्छ नै ! सकारात्मक परिवर्तनलाइ बिकाश भनिछ, भने नकारात्मकलाई बिनाश भन्न सकिन्छ /
बास्तबिकता हेर्ने हो भने काठमान्डौको बिकाशलाई सकारात्मक नै मान्नुपर्ने हुन्छ, तर बिकाशको गति भने चांडो मान्न सकिदैन /
उदाहरण प्रस्तुत गर्ने हो भने टाढा पुग्नु पर्दैन; – भारतको बिहारले १० बर्षमा गरेकोदेखि दक्षिण कोरियाले ५० बर्षमा गरेको अनि चीन र दुबईले १५ बर्षमा गरेको कायापलट विकासलाई लिन सकिन्छ !
नेपाल जस्तो प्रचुर सम्भावना भएको देशले राजनीतिक स्थिरता मात्र भयो भने, १० बर्षमा जसले चलाए पनि ठुलो परिवर्तन हुन्छ / जनयुग्द्द्ले देशलाई १५ बर्ष पछाडी धकेलेको विश्लेषकहरुले भनाइमा सत्यता छ /
बिकाश अवस्यम्भावी छ – तर क्लियर भएर आउनु पर्यो – कस्तो बिकास खोज्ने हो? यदि पुरातात्विक , प्राकृतिक र पुरातात्विक सम्पदालाइ प्राथमिकता दिएर पर्यटनलाइ फोकस गर्ने हो भने भूटानको जस्तो “रेस्ट्रिक्तेड टुरिजम” चाहिन्छ जहाँ एक दिन को २५० डलर तिरेर अब्बल दर्जाका पर्यटक हरु ” लास्ट शान्ग्रिला” हेर्न आउछन……नभए कन्स्ट्रक्सनलाइ प्राथमिकता दिदै भटाभट बाटो बिल्डिंग बनाउन थाल्नु पर्यो तर यसो गर्दा सकेसम्म संस्कृति, बातावरण, न्याचुरल रुट जोगाउन खोजेपनि सकिन्न!
पहिलेको काठमाडौँ कति राम्रो र सफा. १५ -२० वर्ष अघिको काठमाडौँ र अहिले को काठमाडौँ नै कति फरक छ|
अहिले को राजनैतिक अन्योलन र देशको अन्य ठाउँमा अवसरको कमि नै हो काठमाडौँमा केन्द्रीकरण बढेको,जनसंख्याको साथै घरहरु बढेको फलस्वरूप फोहर र प्रदुसन बढेको.
अब चाडैनै देशमा राजनीतिक समस्याको समाधान होस्, देशभरि बिकाशको लहर छाओस र काठमाडौँ पहिले जस्तै सफा र सुन्दर होस् येही छ मेरो भगवान पशुपतिनाथ संग प्रार्थना|
मनै फुरुङ्ग भो, अनि न्युरोड बस्ताब मै त्यो बेला सफा अनि राम्रो देखिन्छ ,झन् संगैको पुराना डीजाईन कारहरुले गर्दा झनै पो मजाको देखिएको
स्वयम्भु को त्यो माने, दियो बाल्ने टुकी र फलामे ग्रिल चाही अहिलेसम्म पनि उस्तै रहेछ, अरु सबै फोटो मा धेरै change रहेछ !!!
उन्नति भनेकोनै येही हो नेपालीको,हरियो को ठाउमा बालुवा र इटाले भरियो / समयमानै बुद्धि पुरयाकोभय त्यो इटाको भडखालो मुलको ढ्यांग जस्तै हुने थियो राम्रो साथै तरिकबद्ध तर के गर्नु बाउ बाजेले बुद्धि पुर्यना/
The unidentified photo just above the Singha Durbar photo is from Bhuikhya/Bhuikhel located at the foot of Swayambhu.