Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भत्कियो पोखराको पुरानो घर

Posted on June 27, 2013June 27, 2013 by Salokya

house_pokhara1
पोखराको नागढुंगानजिकैको चोकमा रहेको पोखराका पुराना घरहरु मध्येको एउटा घर यो सालको वर्षाले भत्किएको छ। यो पालि पोखरामा भयङ्कर वर्षा भएको छ। र, त्यही वर्षाले यो पुरानो घरका केही भाग भत्कन पुगेको छ। पुरानो घर भएकोले ऐतिहासिक महत्वको भन्दै उपमहानगरपालिकाले यो घर भत्काउन दिएको थिएन। सडक फराकिलो पार्दासमेत यो घरलाई केही नगरी ढलसमेत घर भित्रबाट लगिएको थियो।

house_pokhara
भत्काउन नदिए पनि संरक्षणमा ध्यान नदिएकैले त होला, घर भत्कियो।

हेर्नुस् भत्किनुअघिका केही फोटोहरु-

house_pokhara6

यसरी सडकपेटी र ढल घरभित्रबाट लगिएको थियो। सडक विस्तार हुँदा पनि यो घरलाई छुट दिइएको थियो।

house_pokhara2
घरमा पसल थियो केही वर्षअघिसम्म।

house_pokhara3

यस्तो थियो घर। यो २०१७ सालतिर पोखराको सबैभन्दा अग्लो घरका रुपमा परिचित थियो भन्ने सुनिन्छ।

house_pokhara4

house_pokhara5

15 thoughts on “भत्कियो पोखराको पुरानो घर”

  1. rbrl says:
    June 28, 2013 at 8:25 pm

    जमानामा हामी यो घरलाई कप्तान को घर भनेर चिन्थ्यों | म यो घरकै छिमेकि बासिन्दा हुँ |

    Reply
  2. रबरल says:
    June 28, 2013 at 6:03 pm

    bhabin मनुबंशी, बिगुर:

    हो, यो घर कुमार गुरुङ को हो | कुमार को भाइको नाम भागीराम हो | यो घर तेस जमानाको गाउँघरको सब भन्दा ठूलो घर हो र टाढा बाटै देख्न सकिन्थ्यो | आफ्नो जमनामा यो घर ‘कप्तानको घर’को नामले प्चिनिन्थ्यो |

    Reply
  3. Shahil says:
    June 28, 2013 at 1:07 am

    येही घर देखि रोड पारि ५० मिटर भित्र पर्ने अर्को घरमा हामी बहालमा बस्थ्यौं (२०४९ – २०५६) . यो घरको मालिक थिए चित्रे दाई… गितार बजाउनु हुन्थ्यो, गीत पनि सारै मिठो गाउनु हुन्थ्यो… अहिले यो खबर थाहा पाउदा त्यो दाइको याद आयो… कहाँ हुनुहुन्छ होला..

    Reply
  4. neerose says:
    June 27, 2013 at 8:56 pm

    कति सालमा बनेको रहेछ भन्नेपनि पत्तो लगाई जानकारी दियको भय पुरानो कत्ति पुरानो रहेछ अनि तेस्को एतिहाशिक मुल्यको अबलोकन गर्न सजिलो हुन्थ्यो होला! घराहेर्दा त एतिहाशिक भनेर सडक र बिकाशको कुरालाई बंग्यायर छुट दिने पर्ने त देखिदैन!
    अब यहा राजनीति हुन्छ भन्ने हामलाई लाइराछ!
    को हो घरवाला पहुँच भयकै हो भने त् अब खोल्ने भो सरकारी ढिकुटि र झार्ने भो सरकारी खजाना पुनर्निर्माण आदि के के भनेर!
    अब त्यै ढल भित्रबाटि खोतलेर लैजानाले घर भत्केको भन्ने गहन तर्क प्रस्तुत गर्ने छ र तेस्लाई होइन भन्न कोहिले सक्ने छैन!
    चड्नेभयो कति लाख करोड कसकसले लुत्नेहुन अब!

    Reply
  5. Muna Kunwar says:
    June 27, 2013 at 5:51 pm

    ओहो यो त हामी सानो छदाँ, हाम्रो खेत (पावरहाउस) जादा आउदाको बाटामा पथ्र्यो । त्यतिबेला हामी यो घरलाई ५५ झयाले घर भनी हेथ्र्यो । यो घरसम्म आईपुग्दा, आधा बाटो काटियो भन्ने अनुमान पनि गथ्र्यो । तर, समयसंगै सबै कुरा परिवर्तन हुने रहेछ ।

    Reply
  6. bhabin manubanshi says:
    June 27, 2013 at 4:24 pm

    म यो घर चिन्दछु. पहिले यो घर कुमार गुरुङ दाजुको थियो.अहिले कसको छ थाहा भएन.दुख लाग्यो.

    Reply
  7. भाई says:
    June 27, 2013 at 9:27 am

    श्री कृष्णले गीतामा भनेका छन् ” जे हुन्छ राम्रै को लागि हुन्छ”
    अर्को कसले हो भनेको थियो, “विनाश पछि नै निर्माण हुन्छ”
    यो पनि भत्केको हुनाले त्यहाँ अब राम्रै, फराकिलो सडक को निर्माण होला भन्ने आशा छ |
    तर पोखरा नगरपालिकाले के देखेर यो घरलाई पुरातात्विकमा राखेछ ? मैले त त्यस्तो केहि देखिन… घर पनि खासै पुरानो हो भन्ने जस्तो लाग्दैन, यी भन्दा पनि कत्ति पुराना घरहरु पक्कै पनि होलान नै ! यो त xyz ले भनेकै जस्तो कोहि राजनैतिक पहुच भएको स्थानीय काइतेको घर हुनुपर्छ ! यदि साचै नै कसैले पहुच लगाएर घर बचा’को हो भने, त्यसलाई मेरो ठुलो “खुच्चिङ्ग” !

    Reply
  8. Krish says:
    June 27, 2013 at 9:16 am

    पुरानो त पुरानो कति वर्ष पुरानो हो त्यो पनि त लेख्नु पर्यो नि।

    Reply
  9. Bibek Dhakal says:
    June 27, 2013 at 9:07 am

    पुरातात्विक महत्व बोकेको घरको तल पसल राख्न चाही किन देको नि? कि antique shop हो? त्यसो बहानाम भने फेरी दोस्रो तल्लामा कोकोकोला को होर्डिङ्ग बोड पनि छ! हाहा, पुरानो भन्दैमा कसैको निजिरूपमा प्रयोग भैरहेकोलाई घरलाई पनि पुरातात्विक सम्पदा बनाइदिने??
    मलाई पनि “एक्स वाई जेड” नामक मित्र ले भन्नु भाको जस्तो कुनै प्रभावशाली व्यक्तिको घर भएकोले नै नभत्काको जस्तो लाग्यो!

    Reply
  10. kannchha says:
    June 27, 2013 at 8:31 am

    यो घर को बारे मा त होइन तर पुरानो र येतिहशिक घर हो भने एसको मर्मत र सम्भार कसरि गर्ने पनि त सोच्नु पर्छ. खाली भात्कौना नदिएर सबै कम पूर्ण हुदैन बरु जिउ धन को खतरा बद्छ

    Reply
  11. xyz says:
    June 27, 2013 at 7:39 am

    I do not see any historical value in this house. May be it belonged to some powerful family that could be the single reason why the house has been spared from demolition. Just look at the big hoarding board posted – a house with a historical value will never be used so cheaply.

    Reply
  12. राम चन्द्र says:
    June 27, 2013 at 6:09 am

    कुचो ले बडाअर्नु पर्ने हावाले उडायेछ ठिकै भएछ । पहिला सरकारले केइ क्षेतिपुर्ती दिन्थियो अब आलु खाउ ।

    Reply
  13. shailendra says:
    June 27, 2013 at 5:29 am

    खोइ कुनै एतिहासिक महत्वो भएको जस्तो त लागेन,कहिँ नभाको स्वांग, खुरुक्क पहिलेइ भत्काउनु पर्ने. पानीले भात्कायेछ धेरै खुसि लाग्यो!

    Reply
  14. bigur says:
    June 27, 2013 at 5:11 am

    मेरो बल्ल्यकाल्मा स्कुल जाने आउने बाटो को घर सयाद पोखराको सब भन्दा पुरानो साथै कला लए भरिएको अग्लो घर हुनु पर्छ इ

    Reply
  15. द्रोण says:
    June 27, 2013 at 1:50 am

    भाले ले पाध्यो ,पोथी ले सुघ्यो , बचालाई गनायो भन्थ्यो एउटा लाउरेले तेस्तै हुन् गयो |
    पुरानो भत्क्यो , बा भत्कायो नया बनायो जसले बस्न पायो उसैलाई आनन्द आयो |
    तपाइले , हाम्ले के पायो ?
    सबै पहेला सुन हुन्नन् , सबै पुराना घर पनि तेती महत्त्व का हुन्नन् , जस्तो कि सबै बुढा हरु
    सु बा था , बल बहादुर राइ , महन्थ ठाकुर हुन्नन् | बुढा हरुलाई सम्म अनुहारु आफ्नो बाउ , बाजे सग मिल्ने हुदा सम्मान दिन सकिन्छ , अब यो थोत्रा घर हरु पैसाको सत्या नास , सधै किचिएर मरिएला भन्ने त्रास भत्कियो त् झन् राम्रै भो के को खस खस ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme