Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जलमग्न काठमाडौँ !

Posted on May 24, 2013May 24, 2013 by Salokya

pani
बिहीबारको मुसलधारे वर्षाले काठमाडौँका सडकहरुमा नदी बगाइदियो। प्रमुख सबै सडकहरु पानी-पानी भए। एयरपोर्टसमेत आधा घण्टा बन्द भयो भिजिबिलिटी नभएर। हेरौँ, जमल र आसपासका केही फोटोहरु।

IMG_3621

IMG_3622

IMG_3625

IMG_3627

IMG_3631

IMG_3632

IMG_3638

IMG_3643

IMG_3646

IMG_3652

IMG_3656

IMG_3679

IMG_3686

IMG_3689

IMG_3703

IMG_3710

IMG_3712

IMG_3716

54 thoughts on “जलमग्न काठमाडौँ !”

  1. kiran says:
    May 28, 2013 at 1:51 pm

    इटाली को भेनिश जस्तै हाम्रो काठमाडौँ पानी पानी !

    Reply
  2. Bimala says:
    May 27, 2013 at 1:34 pm

    मा त छक्क परे काठमाडौँ को स्थिति देखेर…..मेलम्ची को पानि ले काठमाडौँ बगाउने सपना त बल्ल साकार होला जस्तो छ है…त्यो दिन काठमाडौँ को हालत देखर त एस्तो लग्यो कि काठमाडौँ मा अब कहिल्य पनि पानि को संकट आइ पर्दै न होला…….

    Reply
  3. Bimala Raut says:
    May 26, 2013 at 1:45 pm

    Oh My god!!!!…I found the worst condition of Kathamandu in this day…KTM was looking like Pond…If I was not in car this day, I cant imagine what would be my condition this day…….Very very sad part of Kathmandu…Very difficult to live here….

    Reply
  4. रामलाल नेपाल says:
    May 25, 2013 at 3:06 pm

    यो सहरमा बढ्दो जनसंख्या गर्दा पानीको प्राकृतिक पथ नपाएर सडकै सडक बग्नु परेको छ यहाँ! अब त राजधानी सर्ने पर्ने बेला भै सक्यो!

    जाइकाको एउटा रिपोर्टमा त येदि १९९० सालको जस्तो भैचालो आए देशको सम्पूर्ण कार्य सम्पादन का सबै निकाय ठप्प हुने विश्लेषण गरका छन्|

    अब हेरम न! सेनाको प्रमुख कार्यालय, सशस्त्रको प्रधान कार्यालय, सम्पूर्ण देशको प्रशासनिक अफिस अनि न्यायपालिका, कार्यपालिका, आदि सबै यहि सहरमा थुपारिएको छ, साथै सबै प्रमुख पत्रिकाहरु, ठुला अस्पतालहरु, विश्वबिद्यालय आदि पनि यहि कोचेर बसेकै छन् ! राजनैतिक नेता कार्यकर्ता पनि यहि| अनि ठुला बैंक पनि यहि !
    अब १९९० साल स्केलको भुकम्प गए यी माथि उल्लेख गरेका सबै संरचना नस्ट हुने र देश नै ठप्प हुने छ (this nation will be totally dysfunctional)| यो त देसको single point of failure संरचना हो|

    त्यै भएर राजधानी नै सर्नु पर्छ ! सेना, सशस्त्र, न्यायपालिका आदि देसको विभिन्न भूभागमा सर्नु पर्छ| कलेज, अस्पताल आदि पनि मिलाएर सर्नु पर्छ |

    चुनाब सडक विस्तार आदि भनेको त सधै भै राख्ने नियमित काम हो तर त्यो बाहेक सरकारमा बस्नेहरुले यस्तो ठुलो भैचालो आए तेस्को लागि disaster recover plan के हो जनतालाई भन्नु पर्यो ! कि देस दुबे पनि मतलब छैन भेनेर कान तेल हालेर बसेका ?

    Reply
  5. Ekraj says:
    May 25, 2013 at 7:47 am

    नेपाल को अबेबस्थित घना निर्माण ले ल्याउने दुस्परिणामले काठमान्डू सहर बस्न गार्हो हुदै गएको देखिन्छा| अझ यो सहरमा ठुलो भुकम्प आयो भने के हुन्छा सोच्दा नै कहाली लाग्छ | तेसै यो सहरलाई टाइम बम भनिएको छैन| अब दुर्गंदाले रोग नफैले पनि धन्य भन्न पाइने छ| तेतातिर सरोकारवाला हरुको ध्यान पुराएर केहि गरिहाल्नु पर्दछ|
    हाम्रा कर्मठ साहशी सेना हरुको राम्रो सदुपयोग गर्ने अबसर हो यो|

    Reply
  6. kishor lama says:
    May 25, 2013 at 6:01 am

    सलाक्यो जीईई लाई सिधा भन्न चाहन्छु कि बलग मात्र चलाएर पैसा कमाउने कि कुनै सामाजिक कार्यमा नि लगाउने
    नत्र हजुरको दिन गन्ति सुरु हुने बेला भो @

    Reply
    1. Anup says:
      May 25, 2013 at 11:32 am

      किशोर लामा ज्यु,

      उहाको कमाई संग तपाई को के को चासो हो ? अर्को इर्श्या गर्ने हामी नेपालीको बानी कहिले जाला ???

      Reply
    2. Rb says:
      May 26, 2013 at 2:57 pm

      किशोर लामा जी,

      You are such an idiot. Mind your business and GTF out of the Blog room. You should know this is his blog site not funded by your dad’s paycheck.

      Reply
    3. Sisir says:
      May 27, 2013 at 4:01 pm

      लामा जी, एस्तो सुभ कार्य आफै बाट सुरु गर्ने कि ?

      Reply
  7. bipinjee says:
    May 25, 2013 at 3:53 am

    मेलम्ची आयो जस्तो छ ! लोल

    Reply
  8. tenzin lama says:
    May 25, 2013 at 2:57 am

    अब त पोखरामा जस्तै काठमाडौँमा पनि डुंगाको ब्यापार शुरु गर्नुपर्ला जस्तो छ!

    Reply
  9. Sajan says:
    May 24, 2013 at 9:45 pm

    जति काठमाडौँ मा पानि, बत्ति, ढल, मानिस को भिड, traffic jam, अस्त ब्यस्त भए पनि, नेपाल मा बिरात नगर, बिर गंज, janakpur, हेटौडा पोखरा चितवन र संसार मा , New York ,Washington DC , Sanfransico , टोक्यो, लण्डन , मा घर अथवा condominium जोड्न भन्दा काठमाडौँ मा घर अथवा घडेरी जोड्न मा मानिस हेरु मरि हत्ते गरेको देख्दा मा त अच्चम पर्च्छु!

    Reply
    1. Nirman Rai says:
      May 25, 2013 at 10:05 am

      New York, Washington DC, San Francisco जस्तो ठाउँ मा real estate को भाउ नेपाल मा जस्तो दिन दुई गुना रात चौगुना ले बढ्दैन नि त !

      Reply
  10. Yogi says:
    May 24, 2013 at 9:09 pm

    ओहो…सिंगापुर जस्तै देखिएछ…हाम्रो नेताले काठमाडौँ लाई सिंगापुर बनाइछादे बधाई छ लोकतन्त्र चाहने नेपालीलाई….सुन फालेर पित्तल रोजेपछि के गर्ने…

    Reply
  11. द्रोण says:
    May 24, 2013 at 8:29 pm

    जलमग्न भए त् जल बगेर गएपछि सफा हुनुपर्ने, मलाइ त् लाग्छ ”ढल मग्न” | ४ माइल पर सम्म फैलिने गन्ध हेरौं त्, ठाउ ठाउमा ढल फुटेर यो दुर्दशा हुन्छ , घुस खाएर सडक मा पाइप बिछ्याए , कचा तक्निकी , लापर्बाह मनस्थिति को दुस्परिणाम आम मानिस ले भोग्नु पर्दैछ |

    Reply
  12. बिनोद तिमिल्सिना says:
    May 24, 2013 at 7:03 pm

    हाहाहा रमाइलो छ,अरु देशको सडकमा गाडी कुद्छ,हाम्रो देशमा नदि र समुन्द्रमा।

    Reply
  13. उपासक उदास says:
    May 24, 2013 at 6:15 pm

    जति जतन गरे पनि सुध्रिएन बानि ;
    कुनै दिन मिचाहालाई बगाउने यो पानि !

    Reply
  14. Kalyan says:
    May 24, 2013 at 6:01 pm

    ढल ब्येबस्तापन गर्न लै सरकार लै जोड गर्नु पर्यो.काठमाडौँ जहाँ खानी पानि को हाहाकार क्ष त्येस्तो ठाउँ मा एस्तो परेको पानि को ब्येबस्तापन गरेर जनता सम्म पुर्याउनु पारो.मुख मा देश विकास मनमा आफ्नै विकास गर्न मन गर्ने नेता होसियार

    Reply
  15. Sachin says:
    May 24, 2013 at 5:17 pm

    त्यो सबै नेताहरु अनि ६०१ जना जसले केहि पनि नगरिकन मज्जा संग देश को ढुकुटी रित्तो पारि राको छ,( optional – त्यो सबै लै कुक्कुरलै सिक्री मा बनेको जस्तै गरेर) ढल निर्माण र मर्मत मा ल्याउनु पर्ने हो/ क गर्ने र??

    Reply
  16. rafin gautam says:
    May 24, 2013 at 4:35 pm

    मेलम्चीको पानी लेराउछु भनेर धक्कु लाउथे नेताहरु ,लेरैसकेकी क्या हो ? :-)बरु अब मेलम्चीमा चाही काठमंदौको पानी लाने हो की 🙂

    Reply
  17. mukta gurung says:
    May 24, 2013 at 4:15 pm

    यो देख्दा मलाइ ३ कुरा हरु मा एउटा हो जस्तो लाग्छ …
    १)काठमान्डू सारै फोहोर भएर मान्छे हरु ले सफा नगर्ने छाँट देखेर प्रकृति ले आफै सफा गरेको होला.
    २)काठमान्डू मा पानी छैन पानीछैन भन्दै थियो ,लौ जता ततै पानी -पानी .
    ३)सबैले हाइवे बन्द,जिल्ला बन्द,के के हो बन्द गर्ने तेही भएर ढल हरु ले पनि आज हामी नै बन्द हूम् भनेर ढल बन्द भए जस्तो छ.

    Reply
  18. Laxmi, Dallu Awas says:
    May 24, 2013 at 3:46 pm

    The Rain give a little pain for the taxi, motor bike, and pedestrain. But it give a relief from water. Because I have a system of rain water collection system. which goes directly to well. It save my 2200 Rs. for 12000 liter water. So make a system of rain water collection system.

    Reply
  19. bhakta says:
    May 24, 2013 at 2:12 pm

    काठमाडौँ पहिलेको दह याने पोखरी हो, दशक अगाडि घर हरु त्यति धेरै थियनन र पानि पर्ने बितिकै खालि जमिनले तुरुन्तै सोसी हाल्थ्यो अहिले धेरै घरहरु छन् खालि जमीन छैन भनेपनि भो अनि सडक पानि जम्ने ठाउँ हुन् गयो .. बेलैमा ढल को राम्रो व्यवस्था भयन भने ठुलो प्रकोप भोग्नु पर्ने छ काठमाण्डु ले ……

    Reply
  20. रविन says:
    May 24, 2013 at 2:06 pm

    राम्रो, अलि व्यवस्थित नमुनाको कम गरौ भन्ने जिम्मेवार निकायमा बस्नेको सोच भए त एस्तो पानीले डुब्ने समस्या काठमाडौँ ले भोग्ने पर्ने थियन खाली लुट्ने र कमाउने दाउ मात्र छ अनि कहाँ बाट निस्कन्छ कुनै राजनैतिक र बिकाशले निकाश यो पानीको निकाश पनी

    Reply
  21. SURENDRA hongkong says:
    May 24, 2013 at 1:57 pm

    दीर्गकालिन सोच अनि ढल ब्यबस्थापन को कमजोरी ले गर्दा नेपाल को काठमाडौँ कुनै दिन पोखरी न बन्ला भन्न सकिन्न/जनसंख्या को अनुपात मा निकै सागुरा ढल बनेका छन् यो शहर मा त्यसै को ज्वालंत उदहारण हो हिजो को बार्ष/दिगो सोच राखेर नया ढल ब्यबस्थापन गरे अझै पनि के बिग्रन्छ र लुरे नेता हरु को??

    Reply
  22. Harke says:
    May 24, 2013 at 12:55 pm

    ढलहरु होस या दलहरु दुवैथरिको निकास टालिएको छ….चेतना भया !

    Reply
  23. Pradeep says:
    May 24, 2013 at 12:31 pm

    पानि जम्ने ठाउँ हरु बाट बागमती को दुरी कतै पनि १/२ किलोमीटर भन्दा बढी छैन ! सडकमा हालेका ढल कसरि हालिनु पर्ने हो त्यसरी हालियन ! ठेकेदारी ढलको कारण ले पनि एस्तो भएको हो ! पंचायतकाल मा ढल कस्ता थिय अहिले कस्ता छन हामी सबैले देखेका छौं ! अर्को कुरा नगरपालिकाको सफाई, हार्मो आफ्नै आफ्नु घर सफा भय पछि अरुको घर अगाडी र सडक फोहोर गर्ने प्रबिती, करोडको घर बनाउने अनि सडक बिगारिदिने र ढल पुरी दिने प्रबिती आदि आदि अनेक कारण छन् पानि पर्दा ढलको बाढी मा सयर गर्नु पर्ने ! सरकार मात्र पनि यी सबको लागि जिम्मेवार छैन हामी पनि त्यत्तिकै जिम्मेवार छौ त्यसैले हामी यो भोग्दैछौं ! तर पनि यो प्रतेक वर्ष को समस्या हो त्यसैले सरकार ले केहि गर्नु पर्ने हो कमसे कम सडकको पनि मात्र भय पनि बागमती सम्म खसाल्न !

    Reply
  24. Mahesh Chhetri says:
    May 24, 2013 at 12:22 pm

    काठमाडौं जे जस्तो भएपनी यस्को महकमा भुलेर मान्छेहरु यहाँ नै झुम्मिएको झुम्मिएकै छन। सबैलाई थाहा छ यहाँ वाटो छैन, पानी छैन, महंगी छ, फोहोर छ भनेर तैपनी मान्छेहरु सेवा र सुबिधा छैन मोफसलमा भन्दै यहीँ थुप्रिन्छन अनी यहाँ बस्दै काठमाडौं लाई नै सत्तोसराप गर्न थाल्छन। चितवन, विराट्नगर, झापा र अन्य यस्तै ठाउँहरु जुन सुबिधाको हिसावले काठमाडौं सरह् विकसित भैसके त्यहाँ वाट पनि मान्छेहरु काठमाडौं वसाइँ सर्ने क्रम रोकिएको छैन। मान्छेहरु कौसी वढारेर आगनमा फोहोर फ्याक्छन अनी आगन बढारेर सडकमा फोहोर थुपार्छन अनी वुर्लुक बुर्लुक वाँदर जस्तै उफ्रेर नाक थुन्दै कराउछन काठमाडौंको फोहोर व्यवस्थापन भएन भनेर! ढलमा प्लाष्टिक हाल्छौँ चर्पी सिधै ढलमा मिसाउछौँ अनी ढल जाम भयो भनेर कराउछौँ । काठमाडौंलाई कुरुप शहर बनाउनुमा हामी सबै दोषी छौँ तर औँला सँधै अरु तिरै तेर्स्याउँछौ र एकदिन अचाक्ली भएपछी काठमाडौंको कोपभाजन पनि हामी नै हुनेछौँ !!

    Reply
  25. trilok says:
    May 24, 2013 at 10:45 am

    सडक विस्तार का लागि घर हरु भत्काउने सक्ने तर सहि तरिका ले सडक बनाउन नसक्ने idiot सरकार मा बस्नेहरु .

    Reply
  26. prasad says:
    May 24, 2013 at 10:44 am

    मुटु कमाउदै सडक मा जमेको पानीको ताल मा बाईक कुदाउदै धन्न सकुसल घर पुगियो….. खाल्डोमा परेको भए त…………….एस्तो हरिबिजोग भयो

    Reply
  27. yukta says:
    May 24, 2013 at 9:31 am

    अलि ठुलो बर्षात भयो भने काठमाडौँ को हालत यस्तै हुन्छ ढल बनाउछु भन्दै बजेट निकासा गर्ने अनि आफ्ना खल्ती मा हाल्ने भ्रस्टचारी कर्मचारी र नेता हरु को करामत ले गर्दा हरेक बर्ष सर्वसाधरण हरु ले सास्ती भोगी रहेका छन् ! भेल जति सबै तिनी हरु को घर तिर हुलि दिए बल्ल होस् आउथ्यो कि ?

    Reply
  28. डिल्ली says:
    May 24, 2013 at 9:28 am

    उमेशजी तपाईँले जमलमा देखेकै पानी सायद ढल, खोला हुँदै नदीसम्म पुग्ला र तल तिरका तट्तवन्रध भत्काउँदै विनास पनि गर्ला तर नेपाल विद्युत (अ)पराधिकरणले नदी र खोलामा पानी देख्दैन र लोडेडिङ घटाउँदैन । काकाकुल काठमाण्डू खाल्डोले वासीले देख्ने पानी त्यहीमात्र त हो ।

    Reply
  29. Navi says:
    May 24, 2013 at 8:54 am

    यीनै नेता हरु कसैले १० बर्स सम्म नेपाल लाई Hongkong कसैले त Switzerland अनी कसैले त तिब्बत बाट काठमांडू सम्म Electric train ल्याईपुर्याउछौ पनी भने ( एउटा जहाज कीन्नलाई त राम बनबास गएर आएर पनी बर्षौ भैसक्यो अझै टुँगो लागेको छैन, कहाको Hongkong ) जबकी एउटा सानों राजधानी काठमांडू को हालत यस्तो छ । थुक्क छ यी महा गफडी, महा फटाह नेता भनौदा हरूलाई !

    Reply
  30. bibek dhakal says:
    May 24, 2013 at 8:53 am

    सिंगापूर जस्तो बनाआउन नसकेपनि “भेनिस” जस्तो चाही बनाइदिए है…बरु अब एक दुइ ओटा डुंगा राख्नुपर्छ !!!

    Reply
  31. Gita says:
    May 24, 2013 at 8:43 am

    अब वर्षाको बेलामा ठुलो पानी परेपछि केहि समयको लागि जलमय त जहाँ पनि हुन्छ नि यो कुन ठुलो कुरा भयो र यस्तो छलफल गर्नु पर्ने |

    जलमय होस् कि हिलमय होस् कि धुलमय होस् आफ्नो देश आफ्नै हुन्छ | होम स्वीट होम | अझ छाती फुलाएर भन्नु पर्दाखेरी “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी|”

    Reply
  32. योगेश आदी says:
    May 24, 2013 at 8:39 am

    दिर्घकालिन सोचको अभावमा बनेको भौतिक संरचनाले निम्त्याएको दुर्दशा !!
    लोकप्रियताको लागि बाटो भत्काउनु अघि बिजुली, ढल निकाश, खानेपानीको भरपर्दो पाइप लाइनको बारेमा पनि सोचेको भए सायद….
    सोचौं… अबको १० बर्षमा काठमान्डूमा पुग्ने ५० लाख जनसंख्यालाई कसरि थेग्ला ?

    Reply
  33. Jeevan Rai says:
    May 24, 2013 at 7:43 am

    बाईकको इन्जिनमा जमेको बर्षाको पानी पस्दा यहि ठाउँमा ६ साल पहिले म नराम्रो सँग फसेको थिए । जे भए पनि, जसो भए पनि सम्झना मिठो छ ।

    काठमाडौं शहरको पुरानो ढलको map कुनै निकाईमा खोजेर पाउन सकिन्न । यो सत्य तथ्य हो । बरु त्यो जान्ने, ढल निकाशमा एउटै बुडो थियो । अहिले सम्ममा बिती सक्नुभो पनि होला । उहाँलाई कती वटा मंगल man hole छन्, कती लामो छन्, कहाँ बदी जाम हुन्छन र कसरी जाम खोल्ने भन्ने अनुभवको आधारम सबै आउथ्यो । दुख लाग्दो कुरा अब उहाको expertise रहेन र यो शहर भित्रको बाढी हरेक बर्षामा यस्तै हो ।

    (यो बिषय investigative journalist को लागि राम्रो बिषय हुन सक्छ) । कोही interested?

    Reply
    1. kedar says:
      May 24, 2013 at 2:10 pm

      सफा सुन्दर हराभरा काठमान्डौको सपना साकार हुने भो अब चैं, कति दिनको नउठेको फोहोर बगीहाले अब. देखाउनका लागि मात्र कारबाही हुने यो देशमा कती हाइ सन्चो हगी महानगरपालिका र ढल निकास संस्थान लाइ /

      Reply
  34. Basanta Thapa,Maryland,USA says:
    May 24, 2013 at 7:39 am

    पानीको ब्यबस्थापन गर्न नसक्ने र नचाहने पानीमरुवा नेताहरुलाई यै पानीमा टाउकोमा समाउदै डुवाउदै निकाल्दै डुवाउदै निकाल्दै गरि सजाए दिनु पर्ने \

    Reply
  35. Navi says:
    May 24, 2013 at 7:19 am

    यो अस्तबय्सत्त गाँउहरूको शहर काठमान्डु, न त खाने पानी नै छ, न त बिजुली नै छ, न त ग्यास नै पर्याप्त पुग्छ, न त कुनै आक्कसमीक सेवा नै छन, न त ढल निकास को ब्यबस्था नै छ, न त फोहर मैला को उचित ब्यबस्था नै छ , न त कर कार्यलयमा मा नै कुनै पनी काम दलाली वा चाकडी न भै सम्म भयको छ, जता गयो त्यतै अस्तव्यस्त छ पुरै नेपाल भरी! अझै धन्न त्यती ठुलो प्रकृति बिनासकारी भयको छैन, त्यो भईदीयो भनेत यहा हाहाकार नै हाहाकार हुन्छ ! हामी सोझा जनताहरूलाई अली धेरै पढेलेखेको, २१ शौ शताब्दी धान्न सक्ने नेताहरू र सरकारी कमृचारी हरू चाहीयो, यी जमानामा बनारस, काशी, गोर्खा, र SLC सम्म पनी नपढेका र जमाना देखीका यीनै नेता भनौदा हरुले कहीलै देश बनाउन सक्दैनन र जान्दैनन पनी त्यसैले नेपाल ज़माना देखीनै यीनै नेता हरूको कारण कुनै जीजमा पनी बिकास हून सकेको छैन । यहाँ नेता हरूको आमुल परिवर्तन को एकदमै खाँचों छ ! यी नेता हरुले केही गर्न सक्दैनन भन्न् हामी सबैलाई थाहा भैसक्यो । अब ढीला नगरी सड़कमा आई यीनीहरू सबैलाई फाल्नै पर्छ !!!

    Reply
    1. shankar says:
      May 24, 2013 at 8:27 am

      ठिक भन्नुभो नवीजी, लौ न त यो शुभ काम तपाई बाटै शुरु गरौ | हामी सबै तपाई लाइ साथ दिनेछौ |

      Reply
  36. भाई says:
    May 24, 2013 at 7:10 am

    पानी परेको पनि राम्रो, तस्बिर पनि राम्रो तर पानी परयोकी डुवान हुने काठमाडौँ नराम्रो !
    ठाउँ ठाउँ मा क्षतिको खबर पनि सुनियो, त्यो झन् नराम्रो !

    Reply
  37. Jeevan Thapa says:
    May 24, 2013 at 6:27 am

    हामी नेपाली हरुको खान जान्ने फाल्न नजान्ने बानीले गर्दा नै यस्तो भाको हो! काठमाडौँका सडकमा राम्रो ढल को बेबस्था गर्ने हो भने यो ठुलो समस्या नै आउने थिएन नि ….साला नेपाल बन्द , जिल्ला बन्द, हाइवे बन्द गर्न आगाडी आगाडी आउनेहरु सबैले त्यो समय देश बिकाश को कुनै काम मा दिने हो भने हाम्रो देशको पनि त विकास हुने थियो नि …..
    एकपटक नेपाल गएर फर्केका बिदेशी साथी हरुले नेपाल सारै फोहोर, सडक धुलै धुलो , साँघुरो, ट्राफिक …अन्धकार… सुनौन्दा कहिले कहीं आफ्नो देश सम्झेर वाक्क लाग्छ!!!!

    Reply
  38. Prakash says:
    May 24, 2013 at 6:20 am

    आबुई, कस्तो पानी परेछ!!

    Reply
  39. punya hawaii says:
    May 24, 2013 at 5:57 am

    काठमाण्डौमा सधै पानिको हाहाकार दैबले देखेछन।

    Reply
  40. Abhishek™ says:
    May 24, 2013 at 4:50 am

    यो देशले पनि खप्परमा त लेखेरै ल्याएको छ. सबले पालै-पालो बन्द हड्ताल गर्ने क्रममा अब मौसम-पानीले समेत सब ठप्प पार्यो.

    Reply
  41. dharmendra says:
    May 24, 2013 at 4:02 am

    कुनै बेला कुनै नेताले काठमाडौँ को बाटो मेलम्चीको पानीले धुन्छु भन्थ्यो / आज बल्ल सफल भयेछ /

    Reply
  42. madan bajracharya says:
    May 24, 2013 at 3:58 am

    कति उज्यालो लोकतान्त्रिक नेपालको राजधानी वाह!!!/ “दिल्ली रितर्न” हरुले उपत्यकालाई त् उल्लुनगर बनाइसकेको रहेछ/ सडकमा गाडीको हेदलाइट पनि नबलेको भय त् दिउँसो अनुहार लुकाउनु पर्नेहरु कति रमाउन्थे होला/ माथि केहि चित्र सित्तैमा सरकारी आवासमा बस्नेको घर वर परको दृश्य पनि देखायको भय राम्रै आशिस पाउने थियो/

    Reply
    1. पुष्प says:
      May 24, 2013 at 12:49 pm

      मदनजी अतिब्रिस्टिबाट न त काठमान्डू चोखो रहन सक्छ न त न्युयोर्क । र यस्ता अतिब्रिस्टिको जिम्मेवार तपाईं-हामी पनि हो भन्ने कुरा नबिर्सौं । यसरी बोलिपिच्छे नेतालाई मात्र सराप्नुको तुक छैन मदनजी । यतिबिघ्न निराशावादी हुनु आफ्नै स्वास्थ्यका लागि हानिकारक सावित हुन्छ । ‘हाम्रा’ नेताहरूलाई सराप्नुको फाइदा कसलाई पुग्छ भन्ने कुरा मदनजीलाई भनिरहनु परोइन होला ।

      Reply
      1. madan bajracharya says:
        May 25, 2013 at 1:08 am

        पुस्पज्यु
        कति चोख्याउने जमर्को गर्नु हुन्छ आफ्ना निर्लज्ज फताह नेताहरुलाई/ हो पानि संसार भरिनै पर्छ/ तर अहिले काठमान्डूको सडकमा बाढी आयको कारण बर्षादको पानीले होइन तपाइंले चोखाउन्दै आयको नेताहरुको कुनियत र कालो कर्तुतको कारणले हो/

        पुष्पज्यु अतिब्रिस्ती भयकोमा समेत जनतालाई नै दोष थोपर्दै सडकको ढल सिस्टम दुरुस्त नराख्ने नेता चोख्याउन अलि लाज त् मान्नुस/

        Reply
  43. Suraj Shrestha says:
    May 24, 2013 at 3:25 am

    एकाएक अति बिष्त्रीले गर्दा उपत्यकाको जन-जीवन केहि घण्टाकोलागि अस्तब्यस्त भयो, खोला नालामा बाढी आयो र नोक्सान गर्यो

    तर यो वर्षाले:
    * खेतिपाति,
    * जल आपूर्ति,
    * बिधुत उत्पादन,
    * प्रदुषण कम गर्ने र
    * सर सफाईमा सकारात्मक काम गरेको लाग्दछ

    काठमाडौँ उपत्यकाको
    * भूमिको मुनिको जल-सतह बढाउनको साथै
    * जलाधार क्षेत्रमा पानी संचयमा सकारत्मक प्रभाव परेको छ

    यस का अतिरिक्त मानिस लगायत,
    *पाल्तु जनवार,
    *चरा चुरुंगीका साथै
    *बन्यजन्तुहरुलाई निकै राहत भएको छ

    सुरज श्रेष्ठ

    Reply
  44. Nepali Ramesh says:
    May 24, 2013 at 2:32 am

    यो जमल को फोटो हेर्न पाइनेनै काठमाडौँमा बेस्कन पानी परेको बेलामा रहेछ हा हा हा /
    anyway, I love my Kathmandu no matter it rains or not !!
    आफ्नो देश आफ्नो सहर जस्तो भएपनि प्यारो हुदो रहेछ ………

    Reply
  45. janak man dangol says:
    May 24, 2013 at 2:10 am

    बाटो भत्काएर समयमा नबनाउदा के हुन्छ ? त्यसैको परिणाम हो यो !

    Reply
  46. Sunil, London says:
    May 24, 2013 at 1:51 am

    अब लोडसेडिंग घट्ने पो हो कि…….खाने पानीको आपूर्ति बढ्ने पो हो कि ……..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme