Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धन्यवाद, टिम नेपाल र समर्थक !

Posted on April 2, 2013April 3, 2013 by Salokya

harena
‘…साम्राज्य दुई हारे, हारेन शान हाम्रो’ नेपाली टोलीले प्रत्येक चौका र छक्का हान्दा मैदानमा यो गीत घन्काइन्थ्यो। अनि साथ दिन्थे २० हजारको हाराहारीमा उपस्थित भएका दर्शकहरु। अहो…त्यो भीड, त्यो जोश, त्यो राष्ट्रियता। गज्जबको माहौल थियो। दङ्ग परेको थिएँ हेरेर। साँच्चै खेल नै त्यस्तो एउटा माध्यम रहेछ, जसमा सबै नेपाली एक हुँदा रहेछन्। त्यसमाथि इतिहास रच्दै एसिसी ट्वान्टी-२० को फाइनलमा प्रवेश। युएई जस्तो बलियो टिमलाई छ विकेटले हराएर! आज साँच्चै मज्जा आयो नेपालको खेल र विजयले, त्यहाँको दृश्य अझै पनि आँखामा झल्झली आइरहेछ।


flag
साढे ११ लाख रुपियाँ त खेलको टिकट बिक्रीबाटै उठेछ। आयोजकले १० हजार आउलान् भन्ठानेका थिए दर्शक। तर दोब्बर आइदिए। टिकट सकिएपछि दर्शकहरुलाई टिकट बिनै भित्र पसाइयो। सय रुपियाँको टिकट बेचेर पहिलो पटक यसपालि क्रिकेट हेर्नुपरेको थियो। तर दर्शकलाई यसले रोकेन।

crowd1
टिकट काट्नु परे पनि प्यारापिटमा बस्ने स्थान भने गतिलो थिएन। चौरमा यत्तिकै बस्नु पर्थ्यो। तर दर्शकको उपस्थिति अविश्वसनीय थियो। केही भइदिएको भए, हुलदङ्गा वा हुरीबतास आउँदा भागदौड मच्चिने स्थिति आयो भने कसैले केही गर्न सक्ने स्थिति थिएन।

crowd2
नागरिकन्युजको लाइभ अपडेटका लागि मैदानमा थिएँ। सुरुको हङकङ र अफगानिस्तानको सेमिफाइनलदेखि त्यहाँ थिए। सुरुको खेलमा त दर्शक धेरै थिएनन् तर बिस्तारै मान्छे ओइरिए। क्रिकेट पण्डित विनोद पाण्डेसँग बसेर लाइभ अपडेट गर्नुको आनन्दै अर्कै हुन्छ। अन्तिम तीन/चार ओभरमा खेल ५०-५० मा पुगिसकेको थियो। १६ बलमा २४ रन आवश्यक भएर अझ नेपाल दबाबमा समेत पर्न थालिसकेको थियो। बसन्त रेग्मी आउट भएर विनोद भण्डारी क्रिजमा आएका थिए। १२ बलमा १८ रन आवश्यक थियो। विनोद स्ट्राइकमा थिए। हामी लाइभ अपडेटमा थियौँ। ६ हजारभन्दा बढी पाठकले लाइभ अपडेट हेरिरहेका थिए। साथी विनोद पाण्डेले मेरो कानमा खुसुक्क भने- हेर है, विनोदले स्कोरबोर्ड नजिकै छक्का हान्छन्। हानोस् भन्ने मनमनै कामना गरी हेरिबसेँ। नभन्दै युएईका बलरले बल के हानेका थिए, विनोदको ब्याटले बललाई उनले भनेकै ठाउँतिर हुर्‍याइदियो ठूलो छक्का। नेपालको जित निश्चित पार्ने बाटो त्यही छक्काले खोलिदियो। फेरि सात बलमा आठ रनको आवश्यकता हुँदा उनै विनोदले स्ट्रेट छक्का हानेपछि त जित सुनिश्चित नै भयो। अहो, त्यतिबेला दर्शकको हुटिङले मैदान गुन्जिएको !
crowd3
वास्तवमा दर्शकको यति धेरै समर्थन पनि कुनै न कुनै हदसम्म नेपाली विजयको कारक थियो। नेपाली टोलीको समर्थनमा लगभग प्रत्येक बलमा आवाज आउँथ्यो।
crowd4
अब बाँकी छ भोलि अफगानिस्तानसँगको फाइनल खेल। आज जस्तै खेल्यो भने उपाधि जित्न बेर लाउँदैन नेपालले। अफगानिस्तान डिफेन्डिङ च्याम्पियन र एक दिवसीय खेल्न पाउने हैसियतको टिम हो। त्यसैले खेल कठिन हुन्छ। तर युएईले अफगानिस्तानलाई हराइसकेको र युएईलाई नेपालले हराइसकेको छ। हेरौँ भोलिको खेल के हुन्छ।
badri
दर्शक त फुटबलमा पनि धेरै ओइरिन्छन्। तर फुटबलका दर्शकलाई अन्तर्राष्ट्रिय खेलमा जितको खुसी नेपाली टोलीले कमै दिलाउने गर्छ। अधिकांश समय दर्शक हारको पीडा बोकेर फर्कने गर्छन्। क्रिकेटले भने यस पटक दर्शकलाई धेरै खुसी दिएको छ। धन्यवाद टिम नेपाल र समर्थकहरु !

Panorama of TU ground twitter.com/salokya/status…

— salokya (@salokya) April 2, 2013

Panorama picture of tu ground. See crowd twitter.com/salokya/status…

— salokya (@salokya) April 2, 2013

Panorama of tu ground twitter.com/salokya/status…

— salokya (@salokya) April 2, 2013

तलका केही फोटोहरु एसिसीका लागि उदयराज जोशी र प्रवीण महर्जनले खिचेका हुन्-
526806_524233837618752_1650831505_n

562624_524215730953896_1330869458_n

युएईलाई ६ विकेटले पराजित गरेको नेपाली टिमका समर्थक।
युएईलाई ६ विकेटले पराजित गरेको नेपाली टिमका समर्थक।

579822_524228890952580_913954414_n

555654_524228840952585_1318438607_n

544561_524229774285825_351413382_n

543682_524233054285497_629715979_n

 

532923_524215850953884_218517989_n

523568_524230507619085_1254356669_n (1)

522021_524229280952541_926141636_n

485336_524229600952509_87058911_n

388622_524228387619297_1332432833_n

300258_524228680952601_805635610_n

72654_524228487619287_1789937026_n

68510_524230384285764_2028714639_n

64117_524228744285928_408708634_n

18898_524228844285918_1942825280_n

72961_524230130952456_1783403152_n

558099_524230210952448_1983636361_n
प्रदीप ऐेरी र पृथु बाँस्कोटालाई संयुक्त म्यान अफ दि म्याच उपाधि दिइयो।

39 thoughts on “धन्यवाद, टिम नेपाल र समर्थक !”

  1. ram sharma says:
    April 6, 2013 at 6:42 am

    बाबुराम लाही अचम्म लाग्यो होला दुइजना खेलाडीले सजिलो संघ एउटै पुरस्कार लिएकोमा नेता भएको भए तेही कुटाकुट हुन्थियो हा हा 🙂

    Reply
  2. bikash says:
    April 4, 2013 at 7:54 am

    कसले बोलायो यो नेता लाई यहाँ ?खेल को बिकाश मा चै ध्यान नदिने वास्ता नगर्ने आज हाम्रो जित मा चै लाज पचाएर पुरस्कार वितरण गर्न आउने? यस्ता किच्चक हरुको हात बाट पुरकार लिनु भन्दा त कुनै पूर्व खेलाडी को हात बाट वितरण गरे खेलाडी को पनि आत्माविश्वास बढ्थ्यो यस्तो कुरा मा सबै को ध्यान पुग्नु पर्छ र नेपाली खेलाडी लाई धेरै धेरै बधाई

    Reply
  3. sanjay says:
    April 3, 2013 at 8:06 pm

    नागरिक न्युज को लाइभ कमेन्त्री धेरै राम्रो थियो . हजारौ किलोमीटर परबाट हेर्दा पनि त्यहि बाट हेरेको जस्तो थियो . सारै मज आयो . यहाँ हरुलाई धन्यबाद .

    Reply
  4. धौलबीर राई says:
    April 3, 2013 at 6:37 pm

    सलाम छ ति खेलाडीहरुलाई जसले नेपालीको शानलाइ उच्च राखेको छ, फाइनलमा पनि यस्तै सफलताले चुमेको खबर पढ्न पाँउ !!

    Reply
  5. Rabi, London says:
    April 3, 2013 at 2:01 pm

    नेपाली टिम लै बधाई छ /

    Reply
  6. vikram ghimire says:
    April 3, 2013 at 1:00 pm

    फाइनल मा पनि जित हाम्रै हुञ्छ कुनै दुइ मत छैन \किन भने ३ करोड नेपाली जनताको र पशुपति नाथ को सक्ति हमेसा ति बिर खेलाडी हरु को साथ् मा छ \लम्क अगाडी बिर नेपाली खेलाडी \

    Reply
  7. pooja says:
    April 3, 2013 at 12:54 pm

    धेरै बधाई छ नेपाली टिम र अनि प्रशिछक तपाइँहरु लाई, आजको खेलको लागि अग्रिम सुभकामना हाम्रो जीत निश्चित छ

    Reply
  8. कमल थापा(साउदी अरब) says:
    April 3, 2013 at 11:14 am

    जितका को खबरले देश प्रदेश सबै तिरका नेपालीहरुमा खुशीको वहार नै छ/ अब फाइनलमा पनि जित्नु पर्छ/ आफ्नो टिमले, आफ्नो देशले जितेको छ,”यो मन त नेपाली हो” हार्दिक वधाई तथा फाइनलका लागि शुभकामना!!!

    Reply
  9. Jeevan Thapa says:
    April 3, 2013 at 11:04 am

    बल्ल छाती फुलाएर नेपाली खेलाडीलाई बधाई दिन पाहियो/ बधाई छ हाम्रा क्रिकेट खेलाडीहरुलाई/ अब फाइनल खेलमा पनि यस्तै बिजयी भएको हेर्न पाहियोस!!!!

    Reply
  10. Suresh says:
    April 3, 2013 at 10:52 am

    क्रिकेट बाट आशा पलाएको छ / अनि नेपाली दर्शकले पनि क्रिकेटलाई माया गरेको देखिन्छ / अब कति त्यो किर्तिपुरको मैदानमा मात्र भर पर्ने? यसरी टिकट बाट उठेको पैसालाई जम्मा गरेर अर्को एउटा राम्रो मैदान बनाउन सकिन्छ होला नि? कि सधै ACC र ICC को अनुदान मात्रै कुर्ने प्लान छ CAN को?

    Reply
  11. Paban Dhakal says:
    April 3, 2013 at 9:52 am

    बधाई छ नेपाली टिम लाइ /

    Reply
  12. Manoj Karki says:
    April 3, 2013 at 9:24 am

    हो विश्वलाई परास्त गर्न सकिँदो’रैछ तर रचनात्मक , श्रीजनात्मक, कलात्मक सुझबुझ पूर्ण प्रतिभाको सहायताले | यो कुनै क्रान्तिकारीले भने जस्तो युध्द भन्दा धेरै वास्तविक, भावनात्मक र साहसी पूर्ण विजय हुँदो रैछ | यस्तै यस्तै हुनुपर्छ विश्वलाई पराजित गर्ने नेपाली हतियारहरु, बधाई छ |

    Reply
  13. Denesh says:
    April 3, 2013 at 8:53 am

    बधाई छ नेपाली टिमलाई , फाइनलको लागि अग्रिम शुभ-कामना….

    Reply
  14. शान्तिराम says:
    April 3, 2013 at 8:38 am

    वास्तबमा नै हारेन सान हाम्रो, अब नेपाल एसियन क्रिकेटमा मात्र सिमित नभइ आइ सी सी मा पनि अघि बढ्नु पर्छ, त्यसको लागि हामी सम्पुर्ण नेपाली जनताहरु जागरुकता साथ नेपाली क्रिकेट टीमलाई हौसला दिनुपर्छ .

    Reply
  15. sunil says:
    April 3, 2013 at 8:37 am

    लभ प्यारो नेपाल

    Reply
  16. cRIS says:
    April 3, 2013 at 8:32 am

    ल बधाई छ नेपाल टिम|

    Reply
  17. Karbir thapa says:
    April 3, 2013 at 8:25 am

    टिम नेपालाई धेरैधेरै बधाई ! यति धेरै क्रिकेटप्रेमी दर्शकहरु खेल हेर्न आउनुभयो, टिम नेपालको लागि यसले झन् उत्साह र उमंग थपिदियो ! मेरो मनमा एउटा प्रश्न घरि-घरि आइरहन्छ, यदि खेल हेरिरहेको बेला केहि हुलदंगा वा भागदौड भएको भए के हुन्थ्यो होला ?…तर, मलाई विश्वास छ आयोजक र त्यहा तैनाथ सुर्क्छाकर्मीसंग पक्कै पनि कनटिजेन्सि प्लान थियो होला ! यदि थियन भने, अब आइन्दादेखि सबै निकाय सजग र सचेत हुने बेला आएको छ | हामी नेपालीलाइ आइपरेपछि मात्र होस् खुल्छ, त्यस्तो नहोस | जय नेपाल !!!

    Reply
  18. chiranjibi gautam says:
    April 3, 2013 at 6:48 am

    बधाई बधाई बधाई
    य़ेअतो बधाईभन्ने पालो कहिलेहोला राज्नितोको खेलमा

    Reply
  19. yash says:
    April 3, 2013 at 5:19 am

    यत्रो मासमा कोहि मधिसे थिएन , जनजाति थिएन , दलित थिएन ,तागाधारी थिएन , मतवाली थिएन | थिए त सिर्फ नेपाली थिए र एउटै स्वरमा मुठ्ठी उचालेर गाउदै थिएँ – ” साम्राज्य दुई हारे , हारेन शान हाम्रो ” | सिक नेता हो , सिक |

    Reply
    1. Prakash! says:
      April 3, 2013 at 6:46 pm

      ओहो yash जी,
      कस्तो मार्मिक मुटु छुने कुरा गर्नु भो | बिल्कुल सहि–हाम्रो नेपाल – हाम्रो शान | हामी कोहि होइनौ–मात्र नेपाली हौं |

      Reply
    2. Sun. says:
      April 3, 2013 at 8:33 pm

      ‘मधिसे’ भन्ने सब्द हेपाई को भाषा हो | तपाईले खोज्नुभाको सब्द ‘मधेसी’ हो | हो, धेरै फरक छैन तर प्रयोग र मानेमा चै ‘पाखे’ र ‘पहाडी’ जस्तै तीखो भिन्नता छ | बुझिदिनु भए धन्यवाद !

      Reply
      1. yash says:
        April 3, 2013 at 9:56 pm

        sun जी !
        मैले हेपेर ‘मधिसे’ लेख्न खोज्या थीइन | मधेशी बन्धुहरुमा पर्न गएको मेरो शाब्दिक हिँसा प्रति माफी चाहन्छु |

        Reply
        1. Sun says:
          April 8, 2013 at 10:41 pm

          हो मैले बुझेकोछु | धेरै मिठो बोल्नुभो | मिठो बोल्ने लै धेरैले सुन्छन| त्यहि भएर मात्रै सच्य आउन जरुरी सम्झे|

          Reply
    3. Bikash Sharma says:
      April 3, 2013 at 9:43 pm

      सिक्नुपर्ने त नेताले मात्रै होइन हामीले पनि हो | किन आए त मधेशी, जनजाती, दलित, बाहुन, क्षेत्री, चुच्चो नाक, थेप्चो नाक, तागाधारी, मतवाली सबै नै ?

      Reply
      1. yash says:
        April 3, 2013 at 10:04 pm

        बिकास जी
        हामीले त सिकी सकेका रहेछौं नि होइन र ?| यत्रो बिस हजारको मासको एउटै स्वरले नै प्रमाणित गर्छ | रास्त्रियता र जनजीविकाको बिषयमा बाइसे चौबिसे पार्टीका नेताहरुमा एउटै स्वर किन हुदैन ? | यी लोभी पापीहरुले गर्दानै नेपाली नेपाली बीच फुट र वैमनस्यता आएको हो | त्यहि भएर सिक भन्नु पर्या हो |

        Reply
      2. Bikash Sharma says:
        April 3, 2013 at 10:30 pm

        कृपया अर्थ बुझेर मात्रै लाइक गर्नु होला ।

        Reply
  20. narendra says:
    April 3, 2013 at 5:06 am

    फाइनल को लागी सुभकामना यस्तै गतिमा अगाडी बढ्ने हो भने नेपाली क्रिकेट team ले देश को नाम राख्ने छ . keep it up .

    Reply
  21. shree says:
    April 3, 2013 at 4:46 am

    “गर्व छ हामीलाई नेपाली हुनुमा ..”
    * नेपाली खेलाडीहरु लाई सुभकामना …

    Reply
  22. Sagar says:
    April 3, 2013 at 2:36 am

    म संग कुनै सब्ध छैन यो खुसीलाई ब्यक्त गर्न सक्ने! बस यत्ति भन्छु धन्य नेपाली cricket र खेलाडी हरु अनि समर्थकहरु!

    Reply
  23. sushi says:
    April 3, 2013 at 2:35 am

    धेरै धेरै बधाई नेपाली team लाई / र final बिजेता को हार्दिक शुभकामना /

    Reply
  24. SAMEER says:
    April 3, 2013 at 2:23 am

    अब सम्पूर्ण नेपालीले गर्ब गर्ने छ

    Reply
  25. Hari Prasad Lamichhane says:
    April 3, 2013 at 1:23 am

    धेरै धेरै बधाई छ , खुशीको खबर पढ्न पाहियो

    Reply
  26. Pankaj says:
    April 3, 2013 at 1:20 am

    नेपालको राजनीति धसिदै गएको बेला मा नेपाली को सान अब यहि क्रिकेट मै छ / बधाई छ /

    Reply
  27. jitman Rai 'sabin" says:
    April 3, 2013 at 12:54 am

    फुटबल जति क्रिकेटमा लगानी गर्ने हो भने यसको नतिजा अझै माथि हुन्छ । फुटबलमा लगानी धेरै प्रतिफल थोरै तर क्रिकेटमा लगानी थोरै भए पनि प्रतिफल राम्रो आइरहेको छ । वेल डन नेपाली टिम ।

    Reply
  28. keshav khanal says:
    April 3, 2013 at 12:43 am

    बधाई मेरो नेपाली टिमलाइ ..मैले जे सोचेको थिए उही भयो आज निरास भएको मन हर्समा रमिरहेको छ .. भोलि पनि खेल जितोस मेरो टिम ले भनि भगवान संग प्राथना गर्दछु !!

    Reply
  29. nisha says:
    April 3, 2013 at 12:15 am

    नेता हो कमसेकम केहि त सिक खेल को माध्यम बाट पनि नेपाली को मुहार उज्यालो बनौन धेरै गर्नुपर्दैन सच्चा दिलले देश को लागि केहि गर्न लागिपर न यार ….. सधै येस्तै हसिलो मुहार होस् सबैको.

    Reply
  30. साक्ष्यात सुशिल says:
    April 3, 2013 at 12:02 am

    फिनल्याण्डमा केही अफगानी केटाहरू नेपालीहरूसँग क्रिकेट खेल्ने गरेका छन् । भोलि जित्न पाए उनीहरूको अगाडी सान नै बेग्लै हुन्थ्यो । बधाइ तथा शुभकामना नेपाली टिम, अनि संयम र भद्रता देखाइदिएकोमा नेपाली समर्थक साथीहरूलाई । 🙂

    Reply
    1. Vijay says:
      April 3, 2013 at 12:21 am

      कता तिर हो फिनल्याण्ड को? हेलसिन्की तिर? कोक्कोला तिर त ठण्डाराम छ क्रिकेटको ! कहिलेकाही फूटबल चल्छ समरमा, तेत्ति !!

      Reply
  31. Kiran Sharma says:
    April 2, 2013 at 11:59 pm

    बधाई छ नेपाली टिमलाई , फाइनलको लागि धेरै धेरै शुभ-कामना.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme