आज बाला चतुर्दशीको दिन परिवारका सदस्यको दिवंगत आत्माको चीर शान्तिका लागि सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने धार्मिक बिश्वास छ। हेर्नुस् केही वर्षअघि यो दिन खिचेका फोटोहरु-
पशुपतिका विभिन्न सत्तल, पाटीहरुमा बिहानदेखि रातिसम्म दियो जलाएर बस्छन्। कोही त सिरकै ओढेर त्यो चीसोमा बसेका देखिन्छन्। केहीले भने त्यसरी जलाएर नबसे पनि गएर दियो बागमतीमा बगाउने गर्छन्।
भिडियो हेर्नुस्। यो भिडियोमा बाग्मती नदीमा बग्दै गरेका दियो रमाइलो देखिन्छ। भिडियो हेर्न तल क्लिक गर्नुस्-
परम्परा र संस्कृति जोगाउनु राम्रो कुरा हो र त्यसमा समय सापछय सुधार गर्नु बुद्धिमानी हो/ सत्बिज छर्ने ठाउं ठाउं मा च्यारिटी हरुले ढ्वांग हरु राखी दिए हामी हरुले भुईमा छर्नु को साटो ढ्वांग हरुमा राख्ने थिऔ/ जो पछि केलाएर उचित प्रयोग गर्न सकिने छ/
बाला चतुर्दर्शिका दिन छरिएको सदमी र बालिएको बत्ती म्रितात्माले प्राप्त गर्दैन भन्ने कुरा घाम झैँ छर्लङ छ|तर पनि दिवंगत भएका आफ्ना प्रियजनलाई बर्षको एकदिन भएपनि औपचारिक रुपमा सम्झिनु र भावनात्मक सम्बन्ध गाँस्नु यस चाडको सुन्दरत्तम पक्ष हो| यस्ता चाडले बिना तडक भडक निरन्तरता पाइरहनुपर्छ|”त्यसदिन पशुपतिको पाखाभरी मैले आमा देखेँ, मन्दिरका भित्ता भित्तामा,खोलामा र चौतर्फी आमै आमा देखेँ, मन, मुटु र आँखाभरी आमा ब्याप्त थियो” आफ्नो दिवंगत आमाको सम्झनामा सदमी छर्न गएका मेरा मित्र प्रोफेशर जंगव चौहानको यो अभिब्यक्ति हो|
बाबा पशुपतिनाथ को दर्शन गर्न पाइयो I जय सम्भो सबैको भलो होस् !!!
परम्परा अनि संस्कृति मान्नु राम्रै हो तर अनाहकमा अन्न बाटोमा छरेर खेर फाल्नु तेती ठिक होइन जस्तो लाग्छ.मैले देखे अनुसार तेस्दीन फालेको अन्नले ५,००० भन्दा बढी भोको पेट भरिन सक्छ.परम्पराको निरन्तरता अनि मूल्य कायम राख्नु हो भने तेस्लाई समय अनुकुल र ब्यबहारिक रुपान्तरण गरिनु पर्छ.ताकी भाबी पुस्ताले येस्लाई सजिलै खुशीसाथ आत्मसाथ गरुन.
प्रित्रीहरुप्रति श्रद्धा गर्नु एकदमै राम्रो कुरा भए पनि यो एक किसिमले खाध्यन्नको नोक्शानी हो तरै पनि चराचुरुङ्गी लगायत अरु जीब जन्तुको लागि आहार हुन्छ भन्ने अर्थमा समग्रमा सकारात्मक रुपमै लिनु पर्छ यो प्रचलनलाई ।
अहिलेको वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने , शतबीज (सदमी) छर्ने को निहुमा उहिलेका हाम्रा दूरद्रष्टा र बुद्धिमान पुर्खाहरुले दुइटा कार्य गराउन खोजिएको देखिन्छ . १. आम्दानी नभएका चरा-चुरुन्गीको वंश लोप नहोस भनी हिउँद याममा आहार उपलबध गराउनु. २. कैलाश पर्बतमा रहेका रुख बिरुवाहरु नष्ट नहोस भनी मलजल गर्न लगाई वन जंगल संरक्षण मा टेवा दिने संस्कार विकास गर्नु.
समस्त देह बिहिन आत्माहरुलाई परमात्मा प्राप्ति को कामना
आजै को दिन मा उनीहरु को मुक्ति होस्
अनार्दिने धनुर्देव संखचक्र गजाधर
अक्षय पुंडरिकाक्ष्य प्रेत्मोक्ष्य प्रदोभव // सबै पितृहरुको उद्दार होस् !!