Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उहिले र अहिले

Posted on February 23, 2013February 22, 2013 by Salokya


आजदेखि माइसंसारमा तपाईँले एउटा नयाँ स्तम्भ देख्‍न पाउनु हुनेछ। यसमा पुराना फोटो हेर्दै म सकेसम्म त्यही ठाउँमा गई अहिलेको फोटो खिची तपाईँहरुसामु राख्‍नेछु। दुवै फोटो हेरेपछि उहिले र अहिलेमा के फरक रहेछ, हामी छलफल गरौँला। माथिका दुई फोटो खिचेको अवधिमा ८७ वर्षको अन्तर छ। काठमाडौँको कुमारी घर नजिकै रहेको गरुडको मूर्ति रहेको ठाउँको फोटो हो यो।


यो पुरानो फोटो सन् १९२६ मा गोर्खा बटालियनका क्याप्टेन सी जे मोरिसले खिचेका हुन्।


अनि यो फोटो चाहिँ अस्ति भर्खरै त्यही ठाउँ पछ्याउँदै मैले खिचेको हुँ। त्यतैतिर सूर्य डुब्दै गरेकोले फोटो खिच्न गाह्रो भएको थियो।

८७ वर्षमा पछाडिका घरहरु परिवर्तन भएका छन्, तर पत्थरको मन्दिर र गरुडको मूर्ति भने जस्ताको तस्तै देखिन्छ।

34 thoughts on “उहिले र अहिले”

  1. Pingback: उहिले र अहिले – ३ « Mysansar
  2. AMRIT KOIRALA says:
    February 26, 2013 at 7:54 pm

    बच्चा देखि बुदा ले सम्म दौरा सुरवाल र धक टोपी लगाएर कत्ति रम्त देक्खियेका….. धन्न आफ्नो संस्कृति को अलि अलि झल्को पाइयो….. धन्यबाद सालोक्य

    Reply
  3. puru says:
    February 25, 2013 at 1:41 am

    धेरै रमाइलो लाग्यो फोटोहरु संगै कमेन्टहरु त धान बालि लाइ बर्सा जस्तो पो हुदो रहेछ , कति मिठो रमाइलो र प्राकृतिक छ यो सबै , धन्यबाद माइ संसार

    Reply
  4. Shankar says:
    February 24, 2013 at 10:51 am

    ऐतिहासिक धरोहरलाइ पुऱाना र नया रुपको प्रतिबिम्ब देखाउने यो प्रयास ज्यादै सर्हानिय लाग्यो !

    Reply
  5. mahesh says:
    February 24, 2013 at 1:04 am

    साँचै हो, पुरानो फोटो हेर्दा कल्पनामा हराइदो रहेछ | जीवन सैली, सोच, समाज, आत्मिएता जस्ता कुरा मनमा खेल्दो रहेछ | तर जसो गरि सोचेपनि पुरानो सैली ठिक लाग्ने | अहिलेको जस्तो एक्लिएको जीवन थिएन होला पक्कै | जे होश सालोक्यजी को नया सुरुवात देख्दा खुसि लाग्यो, थोरै भए पनि इतिहाश महसुस गर्न पाए जस्तो लाग्यो…. |

    Reply
  6. Dhan says:
    February 23, 2013 at 11:34 pm

    नेपाली दाजु भाई हरु मा ८७ वर्ष पहिला को र अहिलेको पहिरन मा चाही निक्कै चेन्ज भएको महसुस भयो किन कि पुरानो र नया फोटो मा लुगा लगाई अनि ड्रेस अप निकै फरक छ/

    Reply
  7. suresh bhattarai says:
    February 23, 2013 at 10:11 pm

    रंग भन्दा अरु केहि पनि फरक छैन

    Reply
  8. madan bajracharya says:
    February 23, 2013 at 9:02 pm

    ०१. ८७ बर्ष पहिलाको तस्विरमा गरुडको मुर्ति पछाडिको मन्दिरको अगाडी यौटा स्तम्भ भयको देखिन्छ तर सालोक्य ज्युले खिच्नु भयको तस्विरमा त्यो स्तम्भ देखिंदैन/ प्रायस मन्दिर अगाडिको स्तम्भमा कृतिको विवरण लेखिने गरिन्छ/ कता गयो त्यो स्तम्भ?

    सलोक्यज्यु
    तपाई काठमान्डूको ठुलो बौद्ध चैत्य लगायत अनेकौं हिन्दु मन्दिरहरु समेत भयको झन्डै सानो स्वयम्भु जस्तै देखिने श्री:घ बिहार जाने नघल टोलको बाटो त् पक्कै हिड्नु भयको होला/ श्री;घ बिहार भित्र जाने मूल प्रवेश मार्ग पुग्नु अघि त्यहा बाटोको छेउमै यउटा हाते पम्प धारा देख्नु हुनेछ/ त्यो स्थानमा पहिला अनेकौं बुद्धकालिन कला झल्किने टुटे फुटेका मुर्ति शिला पत्रहरु र मुर्तिहरु (तुतेफुतेका) भयको मैले आफैले पनि देखेको थिय/ ती कलात्मक शिलापत्रहरु समयले गर्दा टुटे फुटेका थियनन/ भारत बात आयको बुद्ध विरोधीले तोडेको थियो भन्ने गरिन्छ/ आज त्यो स्थानमा ती कुनै पनि शिलापत्रहरु र मुर्तिहरु देखिंदैन/ ती शिलापत्रहरुमा भयको विवरण अत्यन्त ऐतिहासिक महत्वोको भयकोले कारण तीशिलापत्र्हरुको विवरण पुरातात्वो बिभागमा भयको समेत सुनेको थिय/

    Reply
  9. Ratna Thapa says:
    February 23, 2013 at 2:05 pm

    यस्तो खाले शिर्षकको लेख एक प्रकारले राम्रो पनि हुन्छ तर सालोक्य जी, तपाईं मात्रै त्यस्तो फोटो राख्ने कि हामीलाई पनि मौका दिने ? कैयन पाठकहरुसित पनि उहिले र अहिलेका सोही ठाउँमा खिचिएका तस्वीरहरु होलान, बरु सबैसित आह्वान गरेर तर तपाइंले राम्रो सित जाँचेर प्रकाशित गर्नु भए वेश होला, ताकि पाठकहरुले तपाईंको र अरुको पनि ऐतिहासिक फोटोहरु हेर्न पाउन | माथि देखिएको तस्बीरले एउटा लामो जेनेरेसन ग्याप् को स्तिथि झल्काउँछ | धन्यवाद | अनि सालोक्य जी अर्को कुरो, यहाँ पोस्ट कमेन्ट गरिएको ठाउँमा क्लिक गर्दा फोटो र कमेन्ट संगै पोस्ट गर्ने बनाउन मिल्दैन ? कि इमेल नै गर्नु पर्छ ?

    Reply
  10. तारे मगर, खाडी-दुवइ says:
    February 23, 2013 at 1:29 pm

    ति भादगाउले पहिरनमा बसेका मान्छेहरुको हड्डी पनि पग्लिसक्यो होला तर जस्ताको तस्तै उभिरहेको पत्थर र गरुडको मुर्तीले मन छोयो ! राणाहरुले जो बनाए, युग सम्म टिकाउने बनाए, नया नेपालमा यस्ता बनाउने त के कुरा, भएका ऐतिहासिक चिनोहरुलाई बेची खाएर नाम सम्म फेर्न भ्याए ! ऐतिहासिक धरोहरलाइ पुऱाना र नया रुपको प्रतिबिम्ब देखाउने यो प्रयास ज्यादै सर्हानिय लाग्यो ! धन्यबाद ब्लगर ज्यु !

    Reply
    1. damodar says:
      February 25, 2013 at 12:55 pm

      माफ गर्नु होला मगर जी……कृपया अध्यन , ज्ञान, जानकारी बिना कमेन्ट नगर्नु होला….यो राना कालिन नभई लिच्छाबी र मल्ल कालिन धरोहर हरु हुन्……

      Reply
  11. राजकुमार says:
    February 23, 2013 at 11:52 am

    जस्ता को तस्तै छ !
    BUT ITS CLASSIC ..

    Reply
  12. Sunny says:
    February 23, 2013 at 11:16 am

    Then- everyone are hanging out relaxed and people noticed the photographer is taking picture – if lucky they might be in the frame- now everyone is busy and nobody cares taking pictures – almost everyone posses some kind of camera.

    Reply
  13. Shree... says:
    February 23, 2013 at 10:50 am

    पहिलाको घर सग्लो देखिन्छा… पछि को घर टुक्रा टुक्रा भएर अलग भाको देखिन्छा.. भाईहरु छुटिएर कोइ तेन्ही अर्को घर बनाएर बसेको होला कोहि छैन घर बेचेर अन्तै सरेको हुन सक्छ…

    Reply
  14. Basanta Thapa,Maryland,USA says:
    February 23, 2013 at 10:03 am

    यो फोटो गहिरिएर हेरी रहदा यो मन कता कता हरायो ,आफ्ना पुर्खाको त्यो स्थिति थाहा पाउदा यो आखा बरै रसायो !
    मुरी मुरी धन्यबाद छ सालोक्य जी तपाइलाइ \

    Reply
  15. भाई says:
    February 23, 2013 at 9:37 am

    ऐतिहासिक स्थल को तुलना, जिर्णोद्वार र मर्मत सम्भारमा आधारित हुन्छ | राम्रो तरिका ले जिर्णोद्वार भएको स्थल अहिले राम्रो देखिन्छ भने टापटिपे पाराले गरेको मर्मत मा पुरानै फोटो ( स्थल) राम्रो देखिन्छ…. | कुरो ठाउविशेष भन्दा पनि वरपर रहनेहरु को हो, ८७ वर्ष पहिले र अहिले अरु कुरो मा परिवर्तन भए नभएको त थाहा भएन, तर यहाँ बस्ने हरुको मन भने पक्कै बदलेको छ….

    Reply
  16. bhupen says:
    February 23, 2013 at 8:58 am

    फोटो खिच्न साच्चै गारो भएछ भन्ने कुरो तस्बिर आफैले प्रस्ट पारेको छ …. ८७ वर्ष पहिले फोटो खिच्नेलाई अहिलेकोलाई भन्दा फोटोग्राफीको ज्ञान धेरै भएको जस्तो देखियो …

    Reply
  17. indra pdthapa says:
    February 23, 2013 at 8:17 am

    यो बिचार पनि मलाइ मन परयो / आउने दिनहरुमा तेस्तै अन्य एतिहासिक तस्बिरहरु र तिनीहरुको बर्तमान अवस्था बारे फोटोहरु राखिदिनु होला जसले पाठक हरुलाई धेरै कुरा जान सहयोग गर्ने छ /

    Reply
  18. SURENDRA SUBEDI hongkong says:
    February 23, 2013 at 8:14 am

    नया जहिले पनि राम्रो नै देखिन्छ /८७ वर्ष अगाडी को फोटो र अहिले राखेको फोटो मा आधुनिक क्यामेरा को कमाल ले गर्दा चमक देखिन्छ जे होस् एतिहासिक धरोहर लाई तपाई को ब्लग मा पाउदा खुसि छु/

    Reply
  19. Milan says:
    February 23, 2013 at 7:12 am

    यो राम्रो थालनी हो/ शुभकामना छ / यस्तो collections ले भविष्यमा राम्रै document बन्ने छ / अनि सालोक्य ज्यु को फोटो खिच्ने सौख पनि मिल्छ.

    Reply
  20. cRIS says:
    February 23, 2013 at 7:12 am

    खासै परिवर्तन भएको लागेन, घरका झ्यालहरु त अझै खुलै रहेछन, तर भित्र अहिले सम्म पनि अध्यारै…भन्ने लाईराछ, यसो हेरी पठाउदा|

    Reply
  21. samrat~ says:
    February 23, 2013 at 6:46 am

    पत्थर को मुर्ति अनि मन्दिर पनि राम्रै जिर्णोद्वार भएको देखिन्छ. पहिले को मानिस अहिले को भन्दा दरिद्र देखिन्छ. ति राना सासक हरु ले चुसेको जनता को सरिर निकै कठोर देखिन्छ. तिनी हरु ले खालि आफ्नो दरवार मात्र भब्य र राम्रो जिर्णोद्वार गरेको रहेछ. अहिले को बर्तमान माओ बादी सासक हरु पनि राना सासक हरु को पद पाइला मा हिड्दै छ. यिनी हरु लाइ पनि राना सासक हरु लाइ जस्तै खेद्ने बेला आएको छ. पहिला राना हरु सोसक अहिले टुप्पीबाल हरु सोसक. नेपालि जनता ले कहिले हो पार पाउने.

    Reply
  22. Naresh says:
    February 23, 2013 at 6:21 am

    तुलना गर्ने कुरा गर्दा, तपाई ले जसोरी फोटो लिनु भाछ त्यो angle गलत छ; तुलना गरनै मिल्दैन |

    Reply
    1. Dhan says:
      February 23, 2013 at 11:30 pm

      नरेश जी फोटो लिने ठाउँ को अभाब वा जुन पहिले फोटो खिचेको ठाउँ मा अरु थोक नै बनेर एंगल नमिलेको हुन सक्छ नि हो …

      Reply
  23. सुर्य says:
    February 23, 2013 at 5:23 am

    नेपालका नया र पुराना तस्बिरहरु राखेर नेपाल को इतिहास सम्भंदी जानकारी मुलक स्तम्भ राख्नु भएकोमा साधुबाद |

    Reply
  24. limbu nYn says:
    February 23, 2013 at 4:39 am

    छोटो-मिठो भन्दा; ”अहिलेकै राम्रो”, नया प्रयोग ‘सालोक्य’, मन पर्यो त/

    Reply
  25. Satik says:
    February 23, 2013 at 3:45 am

    ८७ बर्ष बितिसक्दा पत्थरको मन्दिर र गरुडको मूर्ति उस्तै भए पनि त्यहाँ वरिपरि घुम्ने मान्छेहरुको मन र रौनकमा भने धेरै अन्तर आइसकेको देखिन्छ | त्यो शालीनता र आथित्यता अब कसरि फिर्ता ल्याउन सकिएला र? यद्दपि त्यो मुर्ति र मन्दिर फेरी अर्को र उस्तै बनाउन सकिएला .

    Reply
  26. Lal shrestha says:
    February 23, 2013 at 3:42 am

    पहिले मधिसे देखिदैन , अहिले सानो ब्यापारी मदिसे देखिन्छ ! अनि पहिले black & white आइले color फोटो ….

    Reply
  27. Puspa says:
    February 23, 2013 at 3:19 am

    उहिले हामीले पाच पैसा मा बकुला बिस्कुट खाने गर्थौ खै आहिले त्यो? अनि मैले याद भए सम्म तिन रुपैया मा एक पाउ (२०० ग्राम ) मा खसी को मासु पहिन्थ्यो. अहिले को भन्दा पहिले को तरकारी हरु कति मिठा स्वादिलो थ्यो जबकि आहिले को मा छैन . पहिला को जस्तो काउली छैन पहिला को size नै ठुलो अब गए तेस्त जमाना …….

    Reply
  28. damodar says:
    February 23, 2013 at 3:13 am

    फोटो मा ऐले झनै राम्रो देखिन्छा ….८७ वर्ष पैला देश फोटो मा भत्केको र आब्यबस्थित देखिन्छ, तर खास मा ८७ वर्ष पैला देश को स्थिति नाजुक तथा जहानिया राना सासन ले केहि मर्मत संहार गरेको थिएन…आजकल पुराना धरोहर को सम्रछॆन गर्ने जनचेतना पनि जागेकोले धेरै पुराना धरहोर जिर्नोदार भैरहेको पनि छ….

    .तर आज भन्दा ४०० वर्ष पैला मल्ल काल मा फोटो खिच्न पाएको भए यो आझै सारै ब्यबस्थित , आकर्सक, सुन्दर, अति भब्य, उच्च, समरंता ,नया धेखिन्थ्यो ..

    एउटा युरोपेअन पादरी ले आफ्नो किताब मा ६०० वर्ष आगाडी लेखेको थियो यो “Kathmandu मण्डल आइ पुग्दा बिस्सो को सबै भन्दा बिकसित तथा समरंता र अति ब्यबस्थित ठाउमा आइपुगेको आनुभुत गर्दछु…येहा का नेवार जाति अति सव्य र सम्रंता छन् ….अतिथि सत्कार्य बिश्वो को आरु कुनै ठाउमा भन्द धेरै नै बढी पाएको र सव्य सहरीकरण Europe को कुनै सहर भन्दा बढी पाएको ” बयान गरेको थियो …….

    Reply
    1. chandra siwakoti says:
      February 23, 2013 at 6:13 am

      यो कमेन्ट लै don’t like गर्ने पक्कै मानिस छैन होइन होला हो..गाँठे……

      Reply
    2. neerose says:
      February 23, 2013 at 7:28 pm

      हो के कुरा त,
      अब आजभन्दा ४०० बर्ष अगाडि यी कुराहरुको निर्णाण भयका थिय निर्माण क्रममा थिय सामाजिक पद्दति आफै भित्रको समुदायमा सिमित थिय प्रबिधि को यसरि अन्तरास्ट्रिय बिकाश भै संजाल र अन्तर्सम्बन्ध स्थापित भैसकेको थियन तेसैले तेतिबेला नया नया हुदा राम्रो त तेसैनी हुने भयानै तर यो तत्कालिन बिकाश हरु क्रमबद्दा हुन नसकेर क्रमबद्दता भंग हुन गै ति देश र राज्यको नीति निर्माण गर्ने दुर द्रिस्ट्रि र कन्स्ट्रक्टिभ दिमाग र बिचार भयका व्यक्तिहरुले सत्ता र शक्ति गुमाउन पुगी अर्को भुइफ़ुट्टा नालायक शाह हरुको हातमा यो समाज र देश पुग्न जादा अनि भाट र भतुवा र भडुवा हरुको हाली मुहाली हुदा यो सब पतनोन्मुख हुन गयको हो भन्न सकिन्छ!
      यो सबै बिगारेको त शाह बंशले हो! शाहले शाशन जमायपछि अन्तको स्थिति त तेस्तै होला तर काठमांडू भक्तपुर र पाटन जहा नेवार राजाहरुले शाशन गर्दथे त्यो ठाउ चाहि पतन नै गरिदिय! यी शाह हरु आफु केहि बनाउन नजान्ने नसक्ने अरुले गरेको बनायको मा मोज मस्ती गर्ने संरक्षण गर्न नसक्ने तर बिगार्ने भत्काउने भन्दा केहि गरेन अनि शाह बंश पछि आयो राणाहरु!
      राणा र राणाछोराहरु ले शाह अनि शाहका छोराहरुले बाकि छाडेको बिगार्ने र भत्काउने काम तमाम गरिदिय अनि तेसपछी आय कांग्रेसी हरु प्रजातन्त्रको नारा लियर र ध्वोस्ता बनाइदिय काठमान्डू भक्तपुर् र पाटनको धरोहर,इतिहाश,निर्माण र शान लाइ!
      प्रजातन्त्रको नारा सम्म त ठिकै थियो तर प्रजातन्त्रको नारा बाहेक यी कांग्रेसी संग न त देशको र देश निर्माणको कुनै द्रिस्ट्रि थिय न प्रजातन्त्रकै सहि ढंगले पुर्ण परिभाषा र ब्याख्या गर्न सकेका थिय, यिनीहरुले प्रजातन्त्रलाई मात्रै आफ्नो शाशन ब्यबस्था र आफ्नो स्थापना अनि आफ्नो सिमित स्वार्थहेतु व्याख्या गरिदिय र तेतिमात्र उपयोग गरिदिय!
      देशको पुरातात्विक साथै निर्माण र बिकाशको लागि विकेन्द्रीकरण को राज्य ब्याबस्था र शाशन नितिलिनु पर्दछ र बिकेन्द्रिकरणको लागि देशको पूर्वाधार तर्फध्यान दियर पूर्वाधार निर्माण गर्नुपर्दछ र पूर्वाधारको लागि सबैभन्दा प्रथम र अनिबार्य आबस्यकता भनेको यातायात को निर्माण र ब्याबस्था अनि संचालन हो, एउटा देश निर्माणको लागि अन्य कुरा शिक्षा स्वास्थ उत्पादन आदि त छ नै तर ति सबैकुराको विकेन्द्रीकरण र बितरणको लागि यातायात आबस्यकता हुञ्छ यातायातले ति कुरालाई सहज बनाइदिन्छ ! यी कुरा कांग्रेसी कालमा केहि हुन सकेन किनकि तिनीहरुसंग देश चलाउने बाहेक देश निर्माण गर्ने बारेमा कुनै द्रिस्ट्रि नै थियन न त कुनै योजना आदि थियो, तिनीहरुसंग केहि थियो त् सिर्फ सत्तालिने र देश चलाउने यत्ति हो भयको, देशको निर्माण गर्ने देश बनाउने कसरि बनाउने के बनाउने भन्ने बारेमा यी कांग्रेसी संग कुनै द्रिस्ट्रि थियन न त चिन्तन नै थियो तेसैले कांग्रेसी आय प्रजातन्त्र ल्याय र सबै जनतालाई काठ्माण्डौ धुइराय काठ्माण्डौ खाल्टो को पतन गराय अनि देश डाबाडॊल पारे!
      एमाले ले सिर्फ कांग्रेसी पच्छ्याया तिनीहरुसंग पनि न कुनै द्रिस्ट्रि न कुनै योजना न त बिचार बिमर्श नै, (यिनीहरुको त कुरा गर्नुनै बेकार छ समयको नस्ट आफु गर्न नसक्ने नगर्ने अरुलाई खोटे थाप्ने घाडो बन्ने गर्न नदिने! यिनीहरुको एजेण्डा योजना यत्ति हो)
      जनताको स्वोतान्त्रता, देश निर्माण र बिकाशको द्रिस्ट्रि लियर आयको माओबादि हो तर यिनीहरुलाई यिनीहरुको नामले आघात गरेको छ तर यो नाम यिनीहरुको बाध्यता हो भन्नेकुरा बुझ्न सकिन्छ!
      देशको लागि सर्बकालिना समयको सर्बाधिक उपयुक्त द्रिस्ट्रि र बिचार लियर देशको परिवर्तन सम्ब्रिड्डी र बिकाशको लागि तल्लिन राजनीतिमा होमियाको ब्यक्तित्वो डा बाबुराम हो तर यिनलाई कसैले केहि गर्न दिदैनन! यिनको बिरुद्दमा राजाबादी, कांग्रेसी र एमाले आदिले षडयन्त्र पुर्ण घेरा हालेर तासको मस गर्न दिदैनन र जसरि हुन्छ असफल बनाइ छाड्छन!
      तर ठोकेर भन्न सकिन्छ यदि समर्थन र साथ् पायामा यिनले देश निर्माण मा निकै सकारात्मक र उत्क्रिस्ट भूमिका खेल्नेछन र खेल्न सक्ने सामर्थ राख्दछ र खेल्न सक्छन !
      देश निर्माणको लागि स्पस्ट द्रिस्ट्रि सहित योजना संगसंगै अलिकति अधिनायाकत्वो को पनि आबस्यकता हुन्छ!
      अलिकति अधिनायकी शक्ति बिना कुनै देश बन्न सक्दैन!

      Reply
  29. Aryan Nepal says:
    February 23, 2013 at 3:10 am

    फोटो हेरेर रमाईलो लाग्यो । वरिपरिका घरहरु नयॉ बनेपनि मन्दिर र मूर्ति जस्ताको तस्तै रहेछन् । मूर्तिको त मर्मत संहार पनि भएको देखिन्छ । फोटो हेरेर मनमा एउटा कुरा उठ्यो । कहा गए ती पुराना घरमा देखिएका पुरातात्विक झ्यालहरु ।

    Reply
    1. Nirmal says:
      February 23, 2013 at 5:44 am

      मे १९९० को भुऎचालोले नास्योकी

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme