Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उहिले र अहिले – ३

Posted on March 3, 2013March 3, 2013 by Salokya


माथिका दुई वटा फोटोको समयको अन्तर ९३ वर्ष रहेको छ। हनुमानढोका दरबार क्षेत्रको जगन्नाथ मन्दिर देखिने गरी खिचिएको बायाँको फोटो सन् १९२० को हो भने अर्को फोटो अस्ति भर्खर खिचेको हुँ। दुई फोटोमा झट्ट हेर्दा खासै अन्तर देखिन्न।

९३ वर्षअघिको भन्दा अहिलेको फोटोमा मन्दिरहरु झन् राम्रो देखिएको छ। पुरानो फोटोमा टोपी लगाएका मान्छेहरु देखिन्छन्, तलको फोटोमा भने एक जनाले पनि टोपी लगाएका देखिन्नन्।

त्यसबाहेक पुरानो फोटोमा बायाँ छेउमा रहेको स्तम्भ मैले कति खोज्दा पनि त्यहाँ भेट्टाउन सकिनँ। तपाईँहरुले अरु केही फरक पो देख्नुभो कि ?

यो शृङ्खलाका थप पुराना ब्लगहरु-

उहिले र अहिले- २

उहिले र अहिले-१  

7 thoughts on “उहिले र अहिले – ३”

  1. Binod Dc says:
    March 4, 2013 at 8:21 pm

    नया तस्बिर मा दाया तिरको स्तम्भ अलि कोल्टे पर्दै गयको छनि….बाया तिरको स्तम्भको नाम निशान दय्खिदैन्न…

    Reply
  2. Anup says:
    March 4, 2013 at 11:57 am

    पहिलेको मानिसमा नेपाली पन छ अहिलेको मा बिदेशी

    Reply
  3. Sagar says:
    March 4, 2013 at 8:36 am

    पुरानो फोटोमा परेवा एउटा पनि देखिदैन, अहिले को फोटोमा कत्ति धेरै परेवा हरु?

    Reply
  4. प्रवेश लामा says:
    March 4, 2013 at 7:14 am

    पुरानो समान चोरेर बेची सकेको छ जस्तो लाग्यो नया समान हालेर बनाएको जस्तो छ कति चाडो परिबर्तन गरेको यो मन्दिर लाई देश लाई यसरी परिबर्तन गर्न सकेपो हुनु देश परिबर्तन नगरे पनि मन्दिरको सामान परिबर्तन गर्ने पुर्खाहरुलाई बदाई छ …………….

    Reply
  5. Ravi Aryal says:
    March 4, 2013 at 6:12 am

    सच्चि भन्नु पर्दा पुरानो फोटो ब्ल्याक एंड व्हाइट छ अहिले को कलर छ खासै फरक छैन ,पुरानो संरचनालाइ दुरुस्तै राखे पनि ओरिपरि विकास भएको हुनुपर्थ्यो त्यो पनि छैन ,त्यहाको देब्रे तिरको स्तम्भमा रत्न जडित भएकोले होला,ठुला बडाले बेचेर खाए होलान भन्ने मेरो अनुमान छ

    Reply
  6. Biswash says:
    March 4, 2013 at 2:59 am

    सबलाई समात्दै चुल्ठो काट्दै टोपी लगाई दिनु पर्ने बेला भएको बुझेरै नेपाल प्रहरीले त्यसो गरेका हुन् कि जस्तो लाग्यो | हाहाहा ……

    Reply
  7. sherpa says:
    March 4, 2013 at 12:03 am

    दुबै फोटोहरु हेर्दा शान्तिको प्रतिक परेवाहरु चाहीँ अहिले धेरै देखिन्छ । तर देश चाहीँ किन अशान्ति भएको होला सायद् टोपी लगाएको स्वाभिमानी मान्छेको कमि अहिले भएकोले हो कि ऽऽऽऽऽ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme