Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शिवरात्रिको रमझम

Posted on March 10, 2013March 10, 2013 by Salokya


सत्यम् शिवम् सुन्दरम् ! पवित्र पाशुपत क्षेत्रमा शिवरात्रिको रमझम हेर्न पुगेको थिएँ। झण्डै पाँच घण्टा बिताउँदा पनि समय गएको पत्तै भएन। केही फोटो तपाईँहरुका लागि लिएर आएको छु।

माथि देखिएका बाबा हरेक शिवरात्रिमा देखिने बाबाहरु मध्येका ह्यान्डसम बाबा हुन्। चार/पाँच वर्ष भयो शिवरात्रिमा पशुपतिमा फोटो खिच्न थालेको, हरेक वर्ष यी बाबा त्यही ठाउँमा बसिरहेका देखिन्छन्।


जुंगे र भुँडे बाबा पनि देखिए है यहाँ।


यिनी पनि हरेक वर्ष पशुपतिमा देखिन्छन्। यिनले फलामको कट्टु लगाएका हुन्छन्।


मोबाइल बाबा।


यी अनुहार चाहिँ मैले त्यति याद नगरेका परे। त्यसो त यसपालि भारतमै कुम्भ मेला भएकाले कम साधुहरु आएको भनिएको छ। हरेक वर्ष शिवरात्रिअगाडि यो पर्वको रौनक घट्दै गएको जस्तो लाग्छ। मानिसहरुको ठूलो भिड हुन्थ्यो पहिला, साधु/बाबाहरु पनि प्रशस्त हुन्थे। यस पटक त पोहोर भन्दा कम झैँ लाग्यो।


नेपालको राजनीति जस्तै बाङ्गिएको लौरो 🙂


पाशुपत क्षेत्रका मन्दिरहरुको कला गज्जबको छ।


गाँजा तान्दै एक बाबा। तर यस पटक गाँजा तान्न सजिलो छैन। पोहोरपरार भए खुल्लमखुल्ला गाँजा बेच्न राखेका हुन्थे। यसपालि प्रहरीले खोजीखोजी नष्ट गरेका छन्, गाँजा खाएर झ्याप हुनेलाई पक्रेर लगेका छन्।


सशस्त्र प्रहरी गाँजा खानतलास गर्दै।


यो पोकाभित्र के छ ?


यो काठमाडौँको कुनै ठाउँमा गरिएको सडक विस्तार हैन है।


यो त बागमती नदीमा डोजर लगाएर सम्याउँदै गरेको हो। अनि नदी चैँ खै भन्नुभएको ? दायाँतिर छेउमा हेर्नुस् न, त्यही हो।

अन्त्यमा, पशुपति मन्दिर-

51 thoughts on “शिवरात्रिको रमझम”

  1. Deepak Raj Sharma says:
    March 11, 2013 at 8:14 pm

    सालोक्य जी,

    कस्तो हुदो रहेछ फलामको कट्टु ? कृपया त्यसको फोटो पनि राख्नुस न , हेर्न मन लाग्यो

    Reply
    1. Kul Raj Thapa says:
      March 12, 2013 at 11:33 am

      हिन्दु धर्म को सुरुवात इरान बाट भए को हो ||

      Reply
      1. Sidhdanta Bikram says:
        March 12, 2013 at 5:25 pm

        हिन्दु धर्मको सुरुवात चै होइन हिन्दु भन्ने शब्द चै फारसी हो| सत्य सनातन धर्म वा वेदिक सनातन धर्म लाई पछी भारतमा मुस्लिमहरु ले राज्य गर्दा हिन्दु नाम दियिएको हो| हिन्दु शब्द ले फारसी भाषामा कालो, चोर जस्ता नकारात्मक अर्थ बोकेको हुन्छ| तेसैले यो शब्द भारत मा बस्ने मुसलमान बाहेक का जाति लाई चिन्न प्रयोग गरिन्थ्यो|

        कति ले फारसी हरु ले “स” अक्षर् को उच्चारण गर्न नजानेर सिन्ध सभ्यताका मान्छे हरु लाई सिन्धु बाट हिन्दु भन्न लागेका हुन् भन्छन| तर जसले फारसी मा भाको स को उच्चारण गर्न सक्छ तेस्ले सिन्धु को स को उच्चारण किन हिन्दु भनेर गर्यो भन्ने तर्क नै उचित छ जस्तो लाग्छ| एदी उनीहरुलाई स सब्द को उच्चारण गर्न न आको भए उनीहरुले फारसी लाई फराही भनेर उच्चारण गर्नु पर्ने थियो|

        क्रिस्टियन र मुस्लिम धर्म को सुरुवात अगाडी संसार भरि का सबै मान्छे ले आफ्ना आफ्ना देवी देउता मान्ने गर्थे, तर कसैले पनि आफ्नो धर्म प्रचार गर्दै हिडेन| क्रिस्टियन र मुस्लिम हरु नै संसार मा धर्म प्रचार गर्ने धर्मावलम्बीहरु हुन्|

        Reply
        1. Kul Raj Thapa says:
          March 12, 2013 at 11:20 pm

          मलाई पनि थाहा छ तत्कालिन पर्सिया (इरान) र त्यहाँ को इतिहास ||….मैले पनि हालसालै मात्र थाहा पाको हो यो कुरा- बेद कहाँ बाट आयो वा कसले लेख्यो भन्ने कुरा मा || अनि सुन्दा अलि controversial लागे पनि यो कुरा गलत हो भनेर भन्न पनि सक्किन || No doubt Hinduism is an ocean of knowledge about life in this universe and beyond the universe and so buddhism. They are not religion. अब भाषा र संस्कृति भन्ने कुरा मा मेल खानु त कुनै नौलो कुरा होइन ||

          Reply
          1. Kul Raj Thapa says:
            March 12, 2013 at 11:22 pm

            And Persia was not a muslim country.

            Reply
  2. Pemba sherpa says:
    March 11, 2013 at 5:31 pm

    कुनै बेला मा नेपालमा हुदा डिउटी मा खटिएका पुलिसहरु पनि लुकेर गाजा तानेको देखेको थिए , साएद कति ले ऐले पनि तान्दै होला …

    Reply
  3. Shiva Nepali says:
    March 11, 2013 at 4:34 pm

    गाँजा एउटा बिरुवा हो. हुन्दु धर्म ले स्वयम् शिव जी ले गाँजा खको कुरा गर्छ. गाँजा लाइ नराम्रो बनाउनमा मेडिकल कम्पनी हरु को हात छ. हिन्दु धर्म मान्ने सब भन्दा ठुलो देश ( पोपुलेशन को आधार मा) इंडिया छ. इंडिया मा ब्रिटिशले लामो रुल गरेका ले तेता नि एस्लाई बन्द गरियो. नेपाल मा पैला लीगल नै थियो, तेइ भएर १९७० – १९८० तिर निकै प्रयटक हरु नि आए.

    हेर्नुस, गाँजा खाएर कोइ अल्छि हुन्छ अनि गर्नु पर्ने काम गर्दैन भने उसले लै दुख पाउने हो. जाड legal भएर क राम्रो गर्या छ र? कुरा गाँजा को मात्र होइन. कुरा शिवरात्रि को हो. पशुपति मा शिव रात्री निकै पहिला देखि चलि आएको कुरा हो. अब शिव जी मान्ने हरु ले त शिव जी ले गर्ने साब काम गर्ने नै भए. चाहे त्यो गाँजा तान्ने नै किन नहोस.

    गाँजा लाई दोष नदीम. कसैले कसैको स्वतन्त्रा माथि आच आउने काम गर्दैन भने उसलाई जे गर्न मन छ त्यो गर्न दिम. त्यो नै (“human rights “) को लागि सम्मान हुनेछ. नियम कानून सबै राम्रो भन्न मिल्दैन. सिरियन law लाई हेरुम एकपटक. गाँजा को बारेमा अरु बुझ्न यता हेरुम. http://tr.im/zzrh

    जय शिवरात्री! Enjoy Rospnsibly 🙂

    Reply
    1. पुष्प says:
      March 11, 2013 at 9:02 pm

      एउटा लाटो तर्क: भगवानले जे गर्नुभयो वा गर्नुहुन्छ, हामीले पनि त्यही गर्नुपर्छ र ? के उहाँले जस्तो गर्ने ‘औकात’ छ ? भगवानले श्रीष्टि गर्नुहुन्छ, पालन गर्नुहुन्छ, हामी पनि त्यही गर्छौं (खासमा सहयोगी भूमिका हो हाम्रो); अनि भगवानले हाम्रो ज्यान पनि हरण गर्नुहुन्छ; अब के हामी पनि त्यसै गर्ने ?

      Reply
      1. Shiva Nepali says:
        March 12, 2013 at 12:50 pm

        आफु त नास्तिक परियो पुस्प जी, प्रसङ्गमा भगवान को कुरा गर्या हो. मैले ” culture ” लाई प्राथमिकता दिएको हु. म साची आस्थिक भाकोभाए तपाइले देख्या जस्तो देख्थे कि.

        Reply
        1. पुष्प says:
          March 12, 2013 at 4:21 pm

          अाफूलाई नास्तिक भनी दावी गर्नेले मर्नेबेला त्यो भ्रमबाट मुक्त हुन्छ भन्ने मेरो व्यक्तिगत विचार हो । जे होस्, नास्तिक कोही पनि हुँदैन भन्ने मेरो मान्यतालाई अहिले थाँती राखौं ।

          नास्तिक भन्नेले त यस्ता ‘संस्कृति’को झन् बढी विरोध गर्नुपर्ने हो । होइन र ?

          Reply
          1. Shiva Nepali says:
            March 13, 2013 at 3:54 pm

            बाचुन्जेल भगवान लाइ बाल दिने तर मर्ने बेलामाचाइ स्वर्ग को लागि भए नि भगवान लाइ सम्झने? तेस्तो काम सबै बाट हुन्न पुष्प जी. म मर्ने बेला मा नि भगवानलाइ सम्झिन्न होला.

            येदि तपाई नि भगवान मा विश्वास राख्नु हुन्छ भने सॊच्नुस किन भगवान ले एस्तो दुनिया बनायो जहाँ भगवान नै सबै को सत्रु छ. सब कुराहरु भगवान ले लेख्छ भने किन कसैले अपरध गर्छ? किन कोसैले बित्थामा दुख पाऊछ, किन कसैले कसैको नराम्रो चिताउछ?

            Reply
            1. Saru says:
              March 15, 2013 at 2:01 am

              शिव नेपलीजी,

              तपाई को यी माथिका विभिन्न प्रश्न हरु केवल तपाइँ का मात्र होइनन | यस्ता प्रश्न हरु राख्ने अन्य पनि थुप्रै साथीहरु भेटे सुनेको छु मैले | यी माथिका सबै प्रश्न हरु जायज नै हुन् | तर मलाई अन्य साथीहरु जो जो ले चासो राखेका थिय लाइ जस्तै तपाइँ लै पनि यहाँ सोहि सल्लाह दिन मन लाग्यो र यो उत्तर लेक्ख्दै छु | तापाई यो भन्नु होला कि मैले त तिमि सङ चासो राखेको थिएन भनेर | केवल तपाईको यो मैले सधै सुन्दै आयको प्रश्न जस्तै हुन ले तपाई लै केवल सहयोग को मनसायले मात्र बताइदिन खोजेको हु |
              तपाइँको बसाइ जहाँ छ त्यहाँ को Iskcon (International Society of Krishna Conciousness) Temple मा गयर प्रत्येक आइतबार त्यहाँ हुने प्रबचन सुन्ने गर्नुस र तपाईका यी सबै प्रश्नहरु ति प्रवचन दिने गुरुहरु लाइ सोध्नुहोस जवाफ पाउनु हुनेछ | यदि तपाइँ लै थाहा छैन भने मात्र, इस्कोन मन्दिर (राधा कृष्ण मन्दिर) भनेको यस्तो ठाउँ हो जहाँ कुनै पनि जात जाति, धर्म, वर्ण, वा लिङ्ग का व्यक्तिलाई प्रवेश गर्न कुनै रोकतोक छैन |

              म भित्र पनि तपाई कै जस्तै प्रश्न हरु थिय केहि बर्ष अगाडी र यहि मन्दिरको प्रबचन बाट पायक उत्तरहरु ले मा सन्तुष्ट र शान्त भयको छु | हिन्दु धर्मको साचो अर्थ के रहेछ र यसलाई कत्ति misinterpret ra misrepresent गरियको रहेछ भन्ने कुरा थाहा पाउनु हुनेछ |

              Do what you say and don’t say if you can’t do भन्ने शिक्षा मैले त्यहि बाट पायको हु | यदि तपाई यहाँ माइसंसार मा यत्तिकै लेखेको मात्र नभयर उपरोक्त प्रश्नहरुको साचै नै उत्तर चाहनु हुन्छा भने त्यहाँ गयर केहि समय बिताउने गर्नुहोस आइतबारका प्रबचन हरु सुन्ने मनन गर्ने गर्नुहोस र भागवत गीता (प्रभुपद्जी ले अनुवाद गर्नु भयको चाही ) bhagwat gita as it is पदने गर्नु होस् | आशा छ तपाईलाइ उत्तर मिल्ने छ | मेरो शुभकामना |

              Reply
    2. Sidhdanta Bikram says:
      March 12, 2013 at 5:35 pm

      हिन्दु धर्ममा भगवान शिव ले कहिँ पनि गाजा खाको उल्लेख गरिएको छैन| जता सुकै जहाँ सुकै पढेपनि भगवान शिव ले बिष भांग धतुरो खान्थे भन्ने छ| गाजा होइन| तर गाजा लाई अबैधानिक बनाउनु मा पश्चिमा शक्ति को हात छ| पूर्व मा मात्र राम्रो संग उत्पदान हुने गाजा र अफिम लाई बैधानिक बनाउदा पश्चिम को अर्थतन्त्र पूर्व तिर सर्ने निश्चित थियो| किनकि पूर्व मा जुन किसिम को गाजा पैन्छा त्यो पश्चिमा देश हरु मा पाइदैन| गाजा ले चुरोट ले भन्दा कम हानि गर्छ र गाजा खाएर कसैको अकाल मा मृत्यु हुदैन भनेर विभिन्न सोधकर्ताहरुले पत्ता लगाए तर पनि पश्चिमा हरु एस्लाई बैधानिकता दिने पक्षमा छैनन्| एती हुदा हुदै पनि अमेरिकाका केहि राज्य, डेनमार्क को क्रिस्टियनह्याभ्न जस्ता ठाउँ मा गाजा ऐले बैध छ|

      मेरै गाउँ मा रक्सि खाएर धेरै मान्छे मरेको देखेको छु, तर बाटो ओरिपरी जंगली रुप मा उम्रेको गाजा खाएर आज सम्म कोइ मरेका छैनन्| त्यो ठाउँ मा गाजा जता ततै पाइन्छा तर कमैले खान्छन र समाजलाई तेस्को असर परेको कहिल्यै पनि देखिदैन| किन कि त्यो ठाउँ मा गाजा सर्वसुलभ छ, त्यो पनि सित्तैमा, अर्को कुरा तेह सामाजिक रुपमा अबैध छैन| आज रक्सि र चुरोट को लत मा फस्ने धेरै देखिए त्यो ठाउँ मा तर गाजा को लत मा फस्ने हरु अत्ति नै न्युन छन्|

      Reply
  4. yam pun says:
    March 11, 2013 at 3:02 pm

    तस्बिरहरु निक्कै राम्रो लाग्यो! यसपाली शाधुहरु कम आएको सुन्दा मन खुसि भयो तर वाग्मती सुकेको देख्दा मन खिन्न भयो!
    नेपाल हिन्दु राज्य हुनुपर्छ भनि वकालत गर्ने हिन्दुवादीहरुले पशुपति क्षेत्रको त्यस्तो हालत हुदा पनि के लाटोले ट्वाल्ल परेर केरा हेरे झैँ हेरेर बस्न सक्या होला? पशुपतिमा उठ्ने दान भेटि र गुठीको कमाइले पशुपतिलाई मज्जाले दिन दिनै दुधले नुहाउन सकिन्छ र वाग्मतीमा मिनरल वाटरको भेल नै बगाउन सकिन्छ तर धर्मको नाममा राजनीति गर्ने महापुरुषहरुको दिमागमा यति जाबो सानो कुरा पनि कहिल्यै फ़ुर्दैन भन्या!!!!!!!!!!!!
    हे! पशुपतिनाथ!!! अब त तपाई माथि अत्याचार नै भो! वाग्मतीको डुङ्गडुन्ति गनाउने पानीले माता पार्वतीलाई पिनास र दमको रोगले च्यापिसकेको भन्ने सुनेकोछु! पुत्र गणेशले पनि बेचिएका नदीहरु ( नारायणी, कोशी र महाकाली ) को पानि पिउदिन भनेकोले तपाइलाइ कैलाश पर्वत बाट पानि ल्याउन निक्कै हम्मे हम्मे परेको हल्ला पनि सुनेकोछु! अब तपाइले तपाइको विनाशकारी रुप धारण गरि सबै राजनैतिक दलका नेताहरु र भ्रष्ट कर्मचारीहरुलाई एकै ठाउमा पोको पारि आगोको धुनी लगाएर तिनीहरुको वंश नै नाश हुने गरि जलाईदिनु पर्यो, प्रभु!!! प्रभुले यति काम गरि दिनु भो भने अर्को सालको महाशिवरात्रिमा तपाइलाइ मन पर्ने गाजा, भांग, धतुरो र विदेशबाट मगाइएको हेरोइन भन्ने पाउडर पनि ( जोखिम मोलेर भए पनि ) चढाउला, प्रभु!!! यो निरही भक्तको पुकार सुनिदिनोहोस, प्रभु!!! जय शम्भो!!!

    Reply
  5. Siddhartha says:
    March 11, 2013 at 1:32 pm

    The allure of Mysansar is the language used in here. The blogger can present any type of news interestingly. “Nepali ko rajniti jasto bangiyeko lauro!”, “Telecom haina Jhelikam!”, this type of sarcastic words make the reading more enjoyable. I find the blooging style of Mysansar in the level of Business Insider. None of the articles here are tedious to go through. Hats-off.

    Reply
  6. Pankaj says:
    March 11, 2013 at 12:46 pm

    गाजा मा रोक लागेपछि साधुहरुको आय मा मार पर्यो जस्तो छ / तेही थाहा पायर साधुहरुको उपस्थिति यो वर्ष कम भयको होला /

    Reply
  7. रबिन्द्र राज गिरी says:
    March 11, 2013 at 12:35 pm

    बागमती नदीको अबस्था देखेर अति दिक्क लाग्यो | नदि पुरै सुख्खा, छेउमा सानो कुलो जत्रो पानीको भाग, त्यो पनि हेर्दा नै ढल भन्ने स्पष्ट बुझिन्छ | हे भगवान, के भएको यो ? कुनै दिन त्यहाँ बागमती नदि बग्थ्यो भनेर पुराना पुस्ताले नयाँ पुस्तालाई भनिदिनु पर्ने दिन आउन धेरै कुर्नु पर्दैन कि भन्ने पो लाग्यो मनमा |

    Reply
  8. Rimesh says:
    March 11, 2013 at 11:06 am

    बत्तिको झिलिमिली, पानीको फोहरा, गेट हरु पनि निक्कै राम्रो बनाएको पाए. त्येसको फोटो खिच्न चै चुक्नु भा हो र ?

    Reply
  9. Sam Nepali says:
    March 11, 2013 at 10:05 am

    Your effort to bring the true picture of Shivaratri is commendable. The changes are phenominal not only in terms of attendence of numbers of yogis and others pilgrimages but the most scary changes I can see from the last photo that there is no or very little water in the river where we used afraid to cross the river even during the dry season! I think it is time for everybody to wake up!!! Wake up call to do something very urgently to protect our environment.
    Let us work together to protect our future!

    Reply
  10. Ramesh says:
    March 11, 2013 at 9:59 am

    बागमती पुरेको मोलाई पटकै मोन परेन

    Reply
  11. Roshan Sharma, Australia says:
    March 11, 2013 at 8:32 am

    – जय शम्भू – उमेश जी!!!
    अन्य, समाचार मध्यम हरुमा नदेखिने फोटो हरु ‘माईसंसार’ मा देख्न पाउनु सार्है प्रसंसनिय छ र साथै सालोक्य, जी को फोटो को गहिराही हेर्दा लाग्छ – तपाईलाइ पनि धेर थोर ‘आत्मा ज्ञान’ प्राप्त भएको देखिन्छ र गहिराही मा पुग्न लाइ छोटै समयमा नै पुग्नुहुन्छा जस्तो लाग्छ/
    तर, गत वर्ष को जस्तो सीता माँ (सित राई ) ले बागमती मा गरेको ३ दिने ‘जल-समाधि’ को फोटो र भिडिओ राख्नु भएको भए उहा ले गरेको ‘जल समाधि’ अझ धेरै पाठक र भक्त हरुले अनुभव गर्ने मौका मिल्ने थियो !

    साधुबाद उमेश जी लाइ !!!

    ओम् नामह शिवाय !!!

    Reply
  12. Sachin says:
    March 11, 2013 at 8:05 am

    धन्यवाद सालोक्य जी, तस्बिर हरु धेरै राम्रा छन् I बाबा हरु को description त झन् बबाल I अनि बागमती बागमती नदीमा डोजर लगाएर किन सम्याउँदै गरेको हो? हरेक शिवरात्री मा गर्छ र येस्तो? मलाई त कहिले थाहा भएन!

    Reply
  13. दिवा says:
    March 11, 2013 at 7:57 am

    “नेपाल को राजनीति जस्तै बाङ्गिएको लौरी ” क्या गजबको फोटो टाइटल /

    Reply
  14. कुसुम ज्ञवाली says:
    March 11, 2013 at 7:49 am

    नाङ्गा बाबाहरू किन लुगा लगाउँदैनन् ? त्यसको पछाडिको जीवन-दर्शन के थियो होला ? हिन्दू पुराणका अादी-ब्याख्याता “सूत जी महाराज” पनि अठासीहजार ऋषीहरूको नैमिसारन्य “कन्फेरेन्स”मा पुराणको ब्याख्या गर्न किन नाङ्गै उपस्थित थिए ? त्यो पैाराणिक कालमा सरीर भरी यसरी खरानी धस्नुको कारण के थियो होला ? यसको मानवशास्त्रीय, एेतिहासिक र बैज्ञानिकपक्षका बारेमा चर्चा गर्न जरूरी छ की छैन ? सस्ता र सतही कुराले मात्र हाम्रो संस्कृति बुझ्न, समयसापेक्ष परिवर्तन गर्न सम्भव हुन्छ ? शालोक्य जी, यतातिर एक पल्ट सोच्दा के विग्रेला र ?

    Reply
    1. रबिन्द्र राज गिरी says:
      March 11, 2013 at 12:39 pm

      सहि दिशातिर निर्देशित गर्नु भयो तपाईंले | त्यो बाहिरि माहोल लाई मात्र हेर्नु भन्दा तपाईं ले कोट्याउनु भएको बिषयहरुमा गहिरिएर जानु अत्यन्त जरुरि र उपलब्धिमूलक हुन्छ |

      Reply
  15. Prabin lama says:
    March 11, 2013 at 7:22 am

    जोगी संग आइ फोन देखेकोनि नेपालको जनता भन्दा Bharat बाट आएका पशुपतिका जोगीहरु धनि छन् नेपालमा

    Reply
  16. lok nath sigdel elmhurst newyork usa. says:
    March 11, 2013 at 7:17 am

    पुलिस जी हरु ले गाजा चरेस खोजेको होला बाबा हरु संग तर नेपाली पुलिस हरु ले खोज तलास गरेको निहु गर्दै तेसै लाइ बेचेर खानछन् के इनि हरु ले त्यो गाजा चरेस नस्ट गर्छन होला त येदि तेसो हो भनि बाबा लाइ खान दिदा नि हुने थियो आखिर सिवरात्रि त बाबा हरु ले ढुक्क संग मनाउने थिए

    Reply
  17. g10 says:
    March 11, 2013 at 7:16 am

    जय शम्भु ………………

    Reply
  18. sabita says:
    March 11, 2013 at 5:37 am

    यो त बागमती नदीमा डोजर लगाएर सम्याउँदै गरेको हो। अनि नदी चैँ खै भन्नुभएको ? दायाँतिर छेउमा हेर्नुस् न, त्यही हो” अत्ति मनपर्यो 🙂

    Reply
  19. Ravi Aryal says:
    March 11, 2013 at 5:14 am

    शिवरात्रिको रौनक बर्षे पिच्छे घट्दै गएको छ भन्ने सुन्दा नरमाइलो लाग्यो,बाबाहरु पनि कम आएका सुन्दा त अझ नमज्जा लाग्यो,जे होस् यो हाम्रो संस्कृति हो

    Reply
  20. maharjan says:
    March 11, 2013 at 4:34 am

    जय शिव शंकर,टाढा भएर पनि,बचपनको याद आउँछ! दिन भरि ग्राहकको भाङ्ग्को लड्डु बेचेर राति ७.३०, ८ बजे देखि पशुपति जाने सुर कसेर हिंडेरै भय पनि एक चोटी पशुपति पुग्ने दिन याद आयो! नियम कानुन badlindai gayo nepalko parshthiti पनि jhanai अजिब किसिमको भएर गएको कारण अब त् भंग धतुरो पनि शिवको नाउँमा पिउन नपाउने भएर आयो!

    Reply
  21. Gita says:
    March 11, 2013 at 3:36 am

    हिन्दु धर्म जस्तो प्राचिन, अलौकिक अनि वैदिक धर्म लाइ गाजा चरेस तानेर कलंकित गर्ने यी फुस्रे साधु हरु पशुपति मा आउन यसपाली कम भयको खबरले सारै खुसि लाग्यो | आशा छ अब अर्को साल त उनीहरु आउन पुरै बन्द होश |

    औठी, घडी लगाउने, मोबाइल फोनमा कुरा गर्ने, अन्न होइन पैसा माग्ने, लट्ठ पर्नको लागि गाजा तान्ने, जिउभरि खरानी घसी भुडी पल्टायर चौबाटोमा बस्ने अनि महादेवको रुप हौ भनि जनता जसलाई हिन्दु धर्म प्रति ज्ञान छैन लाइ भ्रम मा पार्ने यस्ता पाखण्डीहरु लाई त देशभित्र कहिले पनि छिर्न दिनु हुदैन |

    तिमीहरुले यो किन लगायको र किन यसरि बसेको भनेर सोध्यो भने उनीहरुलाई नै थाहा छैन त्यसको अर्थ के हो भन्ने कुरा | धर्मको अर्थलाई बंग्यायर आफ्नो मोटो भुडी भर्ने र जनतालाई भ्रमित पर्ने वाहियातहरु |

    Reply
  22. sushi says:
    March 11, 2013 at 3:05 am

    मैले देखेको बागमती र अहिलेको बागमती के भयो यो सबै किन मानिस हरुल लाई प्रकृति माथि दया आउदैन अनि यसको सम्रक्षन गर्न सिकेको / सबै ले त्यहि बागमती आफ्नो घर को गुहु मुत बगौना थाले देखि यस्तो दुर्दशा अनि बागमती सम्रक्षन मंच भनेर बनेको समिति खै के गर्छ त्यसले खाली बागमती को नाम मा पैसा ठग्ने मात्र जस्तो देखियो यसको बिकाश र सम्रक्षन गरेको देखिएन/ लौ अजै बाची रहे त्यो ठाउँ मा ठुला ठुला महल अनि बागमती चै ठुलो humepipe भित्र छिरछिन / जय होस् नेपाली हरु को/

    Reply
  23. उज्ज्वल पौडेल, भरतपुर १०, नहरपारी को तेस्रो घर says:
    March 11, 2013 at 1:53 am

    फलामको कट्टु को फोटो हेर्न मन लाथ्यो

    Reply
  24. Bishwaraj says:
    March 10, 2013 at 11:46 pm

    शीवारात्रीको दीनमा गाँजा भंग खानु नदिएर कहीले खानु दीने- थुक्का नेपालका कानुन र नेपाली पुलीस-

    Reply
  25. sangesh says:
    March 10, 2013 at 11:28 pm

    may be next year there will be less baba due to raid of police, that is ridiculous act from government. its part of culture.

    Reply
  26. Himal says:
    March 10, 2013 at 11:14 pm

    Holy Pashupati Nath!

    ॐ नमः शिवाय !
    जय शम्भो !
    जय भोले !
    बम बम भोले !
    हर हर महादेव !
    शुभ शिवरात्री!!

    Reply
  27. Basanta Thapa,Maryland,USA says:
    March 10, 2013 at 11:06 pm

    साधु सन्त बन्ने र बनाउने परिस्थिति को अन्त्य हुनु पर्छ \रमाइलो कुरा सयौ बिगा जमिन भएको ,घर परिबार समेत राम्रो संग चलेको र बसेको मानिस पनि सजिलै सजिलो आम्दानि हुने देखेर ,भएर साधु ,सन्त ,मगन्ते भै गाउ घर ,शहर बजार र मन्दिर परिशरमा भेटिने र देखिने पाइएको छ \ घर ,सम्पति नभएका र परिस्थितिले ,साधु सन्त ,मगन्ते बनाएका को बेग्लै कुरा यस्ता व्यक्ति लाइ व्यक्ति ,समाज ,राज्य ले सहयोग गरिनु पर्छ भने चाड ,पर्ब ,धर्म मान्ने बहानामा वा आधारमा लागु पर्दार्थ बेच बिखन रोकिनु पर्छ तर स्वास्थपरक र धर्मपरक तरिकाले सेवन गर्ने गाजा सेबक लाइ यदि उसले कुनै व्यक्ति ,घर ,परिबार ,समाज र राज्य लाइ नोक्सानीमा पारेको छैन भने कानुनि तरिकाले सेवन गर्ने बाताबरण र आधार बनाइदिनु पर्छ \अमेरिका का केहि राज्यमा गाजा सेवन (जसले व्यक्ति .समाज र राज्य लाइ नोक्शानी नपुराउने आधारमा ) कानुनी तबर ले उपभोग गर्न पाइन्छ \ तस्बिर हेरी रमाइलो अनुभूति गराई दिनु भएको मा उमेश जी साधुबाद छ है \

    Reply
  28. Bijaya says:
    March 10, 2013 at 10:56 pm

    पशुपतिनाथ जान नपाय पनी फोटो हरु हेर्न अवसर दिनु भयको मा सालोक्य जी ….लाई धेरै धेरै धन्यवाद…

    Reply
  29. Ram Babu Shrestha says:
    March 10, 2013 at 10:27 pm

    मैले त खुल्लमखुल्ला रुपमा गाँजा िकनबेच गरेको धेरै देखें । प्रहरीले कतै कतै लखेटेको पनी देखें । गाँजा बेच्ने भन्दा पनी िकन्ने केटाहरुले बाबाहरुलाई दु:ख िदई रहेको धेरै देिखयो ।

    Reply
  30. Dil Rai says:
    March 10, 2013 at 9:47 pm

    सबै राम्रो छ अनि यो डोजर लगाएर त्यहाँ पनि मन्दिर बनाउन लागेको हो कि कसो त्यो बुझ्नु भएको छ ? कि सफाई मात्र गरेको ?

    Reply
  31. tulasi timsina says:
    March 10, 2013 at 9:43 pm

    शिवरात्रिको अवसरमा ब्लग द्वारा भए पनि पशुपतिनाथ र सादु बबजिको दर्शन गराउनु भएकोमा धन्यवाद/

    Reply
  32. gopal says:
    March 10, 2013 at 9:13 pm

    धर्म हो भन्दैमा कानुन टोडनु त भएन नि, त्यो पनि अपराध नै हो
    शिवरात्रीको बेलामा जोगिहरु नाङ्गै बस्नु,खुल्लम खुल्ला गाजाँ,भाङ्ग हरु पान गरेर कानुन को धजिया उडाउँदा पनि सरकार मौन छ
    अनी हामी भने जय शम्भो भन्दै तीनै नाङ्गा बाबा हरु को आसिर्वाद लिईरहेका छौं

    Reply
  33. Gyanendra Niraula says:
    March 10, 2013 at 9:01 pm

    जय शम्भो, भगवान पशुपतिनाथ को आज दर्शन गर्न पाइयो भलै बेलुकी पख परेको पानीले अलि अलि रुझाए पनि!!!

    Reply
  34. Rabindra says:
    March 10, 2013 at 8:33 pm

    फोटो हेरे र सारै मजा आयो….तर नागाबाबा लाई न देखेर ..दुख लाग्यो /…शिव रात्री को दीन त गाजा खानु दिनु नी बाबा हरुलाई…..अरु हरुलाई त….जेल मै हो……:)

    Reply
  35. sam says:
    March 10, 2013 at 8:02 pm

    चिलिम फर्काएर मनाउन पाइएन येस्पाली शिभरात्रि.
    टोल थर्काएर मनाउन पाइएन येस्पाली शिभरात्रि,
    भोले बा लाई सम्झिदै , पट ट ट प्रसाद लिदै,
    घोक्रो चर्काएर मनाउन पाइएन येस्पाली शिभरात्रि .
    .
    .
    बडो दुख लाईरको आवस्था हो यो ,
    तेही पनि मन लाइ बाधेर देश विदेश मा बस्नु हुने सबै लाई महा शिवरात्री को मंगलमय शुभकामना टक्र्याए ,,भोले बाबा ले हामि सबै को कल्याण गरुन. जय शम्भो ….

    Reply
  36. buddhi grg korea says:
    March 10, 2013 at 8:02 pm

    फोटो हेर्दै जाँदा खुशी हुदै थिए, अन्तिममा बागमतीको नदीको दुई फोटोले आँखा रसायो …:(

    Reply
  37. lok nath sigdel elmhurst newyork usa. says:
    March 10, 2013 at 7:49 pm

    आज महा शिवरात्रि यस पावन दिनमा सम्पूर्ण मित्रहरूमा तथा आफन्तजनहरुमा हार्दिक मंगलमय शुभकामना भगवान पशुपतिनाथले हामी सबैको रक्षा गरून् ॐ नमो: शिबाय: ॐ नमो: शिबाय:ॐ नमो: शिबाय:ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय

    Reply
  38. amit jha says:
    March 10, 2013 at 7:41 pm

    हाहा .. फोटो त धेरै राम्रो छ …तर फोटो भन्दा फोटो को बारे मा लेख्नु भाको दामी लाग्यो !

    मन मा उठेको कुरा – पूजा मन ले हुन्छ …गाजा खाएर हुन्न … आस्था को मजाक न उडाउ ! नराम्रो संस्कृति को अन्त गरौ !

    हाम्रो देश को लागि – ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! चाडै देश मा विकास आओस !

    Reply
  39. गणेश घिमिरे says:
    March 10, 2013 at 7:32 pm

    धेरै रमाइलो हुदो रहे६ तर म भने यहि बालुवाटार म भयर पनि जानसकिन लास्ट को फोटो धेरै मनपर्यो यसरीनै सरसफाई भय कति राम्रो हुने

    Reply
  40. sagar shrestha says:
    March 10, 2013 at 7:01 pm

    धन्यवाद सालोक्य जी राम्रा तस्विरहरुको लागि.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme