Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्धम् शरणनम् गच्छामि

Posted on May 26, 2013May 26, 2013 by उत्तम बाबु श्रेष्ठ

uttam
यसपालि मलमासका कारण बुद्ध जयन्ति अर्थात् वैशाख पूर्णिमा वैशाखमा नभई जेठमा मनाइयो। वैशाख पूर्णिमाका दिन स्वयम्भूमा भक्तजनकहरुको ठूलो भिड हुन्छ। त्यहाँ श्रीलंकाले दिएको शाक्यमुनि गौतम बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरी राखिएको अवशेष (अस्थी धातु) प्रदर्शन गरिन्छ। बुद्ध जयन्तिकै साँझ उत्तमबाबु श्रेष्ठले स्वयम्भू परिसरमा खिचेका केही फोटो हेर्नुस्-

DSC_2129

DSC_2136

DSC_2092

DSC_2094

DSC_2102

DSC_2119

19 thoughts on “बुद्धम् शरणनम् गच्छामि”

  1. Dev says:
    May 27, 2013 at 9:50 pm

    इंडिया मा zee TV बाट बुद्ध भन्ने TV सेरिअल बनाउदै छ they launch the first looks of buddha and that the guy who is making it is saying buddha is a fellow of india ……. and i am proud to be an indian and so on ….. so what to expect from that guy ., सो यस बारे मा हामीले सेरिअल बन्नु भन्दा पहिले नै बिरोध का भाषा बोल्यौ भने सायद उनीहरुले गलत information world लाई दिने थियनन कि please यसको बारे मा केहि news banauna पर्यो,

    Reply
  2. Bijaya says:
    May 27, 2013 at 11:07 am

    बुद्ध जयन्तिको हार्दिक सुभ-कामना समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा|

    Reply
  3. Sanu Nepali says:
    May 27, 2013 at 10:07 am

    ए नेताहरु हो . तपाईहरु जहिले पनि आफ्ना स्वार्थ को लागि ज्यान दिन र ज्यान लिन तयार हुन्छन . अब हाम्रो देश बचाउन कोसिस गर . गौतम बुद्ध भारत मा जन्मेको भनेर भारतीयहरु व्यापक प्रचार गर्दै छन् . ए नेताहरु हो तपाईहरु जहाँ गए पनि राजनीति कुरा बाहेक अरु केहि कुरा पनि मुख मा आउदैन कि क्या हो ? भारतीय हरु ले नेपाल को जागा हडप्दै छ यी नेताहरु के हेरेर बसेका ?

    Reply
  4. navaraj sharma says:
    May 27, 2013 at 9:58 am

    गतिलो छिमेकी परेनन् भने दिनरात छिमेकीलाई गालि गरिरहनु भन्दा आफुले अब के गर्न सकिन्छ र के गरेमा आफ्नु भलो र राम्रो हुन्छ भनि सोच्नु र सोहि अनुरुप गर्नु पर्यो , राजनीतिमा नैतिकता हुँदैन कुन दिन छिमेकीले लुम्बिनीको अशोक स्तम्भ सक्कली होइन वा अशोक महान भन्ने कुनै सम्राट हाम्रो देसमा थिएन त्यो त नेपालमा जन्मेको हो क्यार भन्दिए भने के गर्ने ,हामि संधै उसलाई सत्तोश्राप गरिरहने ?

    Reply
  5. Shreeram says:
    May 26, 2013 at 7:49 pm

    तस्विर हरु देखेर मन शान्त भयो आजको यो बिहानीमा |
    बुद्धम् शरणनम् गच्छामि !!!

    Reply
  6. rubi says:
    May 26, 2013 at 5:18 pm

    हामी नै अलमलमा परियो गत साल लुम्बिनी जाँदा, के कता तिर छ भन्ने कुरा थाहा भएन कम से कम गेट मै नक्सा र ब्रोसरको व्यवस्था भैदिए हुन्थ्यो, जब कि लुम्बिनी कै हालत यस्तो छ भने अन्तको के कुरा गर्ने/

    Reply
  7. मदनमणि says:
    May 26, 2013 at 4:46 pm

    उत्तम जीका तस्विरहरु निक्कै राम्रा हुन्छन् यी पनि राम्रा छन्। सही एक्सपोजर र फरक एंगल।

    Reply
  8. रविन says:
    May 26, 2013 at 4:09 pm

    बुद्ध जन्मेको सम्बन्धको प्रचारमा राष्ट्रिय बजेट खर्च गर्ने र आफु हिरो हुने प्रवृति मात्र बढी रहेको छ तर आफ्नै छिमेकी मुलुक चीनको विभिन्न भागमा भएको बुद्ध गुम्बाहरुमा अहिले पनि बुद्ध भारतमै जन्मेका हुन्न भनेर उल्लेख गरिएको छ ताकी यी कुरोहरु चिन सरकारको सहयोगमा नेपाल भनेर उल्लेख गर्न सकिन्थ्यो. यदि एति मात्र गर्न सकियो भने पनि अरबौ रहेका चिनियाले सहि कुरो थाहा पाउने थिय सोहि कुरो उनीहरुको समुदायमा बिस्व भरि प्रचार हुन्थ्यो.
    गत बर्ष चीनको सियामन भन्ने सहरमा जाँदा पनि त्यहाको बुद्ध गुम्बा र पार्कमा बुद्ध भारतमा जन्मेको भन्ने उल्लेख थियो र मैले त्यहाँ मेरा साथी चिनियाहरुलाई सम्झाउन खोज्दा यहाँ लेखेको कुरो नै सहि हुन्छ एक व्यक्ति को कुरो कसरि पत्याउने भन्ने कुरो गरे

    Reply
  9. Samir Joshi,Dhankuta-5 says:
    May 26, 2013 at 1:18 pm

    जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
    त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।
    प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
    झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।

    माया नेपालको लाग्छ, नेपाली इतिहासको।
    माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको।
    पुर्खाको मन्त्र यो जप्छु चौतारी मा बसी।
    जननी जन्म भुमिस्च स्वर्गादपि गरियसी।
    जहाँ छन बुद्धका आँखा।

    छ ठुलो चाहना मेरो आमालाई हसाउने।
    सर्बोच्च सिखरबाट बिस्वशान्ती चिनाउने।
    यहि प्यारो मित्रिका माथि पौरखी बनिकन।
    पार्छु यो चाहना पुर्ण गरि देह समर्पण।

    जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
    त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।
    प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
    झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।

    २५५७ औं बुद्धजयन्तीको अवसरमा सम्पूर्ण नेपाली दाजु-भाई दिदि-बैनीहरुमा आपसी हत्या,हिंसा,दव्न्द त्यागी भाइचाराको रुपमा चार बर्ण,छतीस जातको साझा फूलबारीमा सम्पूर्ण नेपाली अटाउना सक्ने गरि अघि बडी सफल सम्बृद राष्ट्र निर्माण गर्न बुद्धले देखाएको बाटोमा लाग्ने प्रेणा मिलोस बुध्दजयन्तीको सबैमा हार्दिक मङ्गलमय शुभकामना ।
    “चक्कु काक्रोमाथि खसे पनि काक्राचक्कु माथि खसे पनि आखिरमा काटिने त काक्रा नै हो।” मनन गरौ !!!!!

    Reply
  10. Hari Gautam says:
    May 26, 2013 at 1:13 pm

    भित्रि मनै देखि खुसि का लहर छाए !!! प्रसन्न भए म त यी सुनौला तस्बिरहरु देखेर !!!!

    Reply
  11. Dhananjay says:
    May 26, 2013 at 12:42 pm

    बाजेहरुले फजुलमा आठौ र नवौ अवतारको बखाडा लाउछन| बिचरो ज्ञानेलाई बिष्णुको आठौ अवतार भनेर शिखर मै पुर्याएर बंश खत्तम हुने गरेर झ्वाम्म पातालमा बजारिने गएर झारेको हाम्रो आँखा अघि छ| लुम्बिनीलाइ विगतमा लामो अवधि सम्म ज्ञाने अध्यक्ष भएर खाने भाँडो बनाए| अहिले दाहाल बाजेले पनि त्यही पथ पहिल्याएको छ| बर्षमा एक दिन बुद्धलाई सम्झिनेहरु प्रति मेरो शुभकामना छ|

    Reply
    1. madan bajracharya says:
      May 26, 2013 at 10:49 pm

      धनन्जय ज्यु
      शंकराचार्यहरुको लागि बुद्ध कस्तो हुन्छ पढ्नुस http://rupeenews.com/2010/10/how-adi-shankara-destroyed-buddhism-and-founded-hinduism-in-the-8th-century/

      Reply
  12. Kalyan says:
    May 26, 2013 at 12:41 pm

    नेपाल लै गौतम बुद्ध को देश भन्दा हामी नेपाली को छाती गर्व ले ढकमक्क फुलेर आउच .तर यो इंडिया को धोति हरुले हाम्रो देश का बिभुति अनि बिश्वो का सान्ति का दुत लै विभिन्न प्रचार पसार गरेर भारतीय बनौन अटेको बेला नेपाल सरकार चुप लागेको देखेर अचम्म लाग्छ…बुद्ध को खाचो नेपाल मा खड्किरहेको छ.

    Reply
  13. seejan says:
    May 26, 2013 at 10:16 am

    Fabulous fusion of art and culture……………….Buddha was born in Nepal and the truth wont change until the sun rises from west.

    Reply
    1. Sujita says:
      May 26, 2013 at 2:46 pm

      Sun Rises From East.

      Reply
  14. शशांक लामा, न्युयोर्क says:
    May 26, 2013 at 5:58 am

    साह्रै राम्रा फोटाहरु पो रहेछन त! हाव ! दामी क्यामाराले खिचेर ल्याएको जस्तो लाग्यो उत्तमजीले !

    Reply
  15. Ram Thapa Magar says:
    May 26, 2013 at 4:13 am

    संसारलाई शान्ति र अहिंशाको पाठ सिकाउने भगवान बुध्द जन्मेको नेपाल पनि अपराधीहरुको सत्ता मोहको कारण मानब रगतले पोतियो/भगवान यी पापीहरुलाई क्षमा गर/

    Reply
  16. rajendra shrestha says:
    May 26, 2013 at 3:15 am

    फोटो राम्रो छ . उत्तम जी प्रोफेशनल फोटोग्राफर जस्तो लाग्यो .
    विस्वमा शान्ति छाओस.

    Reply
  17. Rimal Banjit says:
    May 26, 2013 at 2:46 am

    Wish you all the best on occasion of Buddha Jayanti.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme