पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले उसलाई सम्झाइरहेका थिए। दुई तीन वटा गाडी अगाडि गएपछि देखियो, तीन चार वटा बाँस तेर्स्याएर पृथ्वी हाइवेमा अवरोध गरिएको रहेछ। स्थानीय र बसका यात्रुहरु मात्रै थिए त्यहाँ। सुरक्षाकर्मीहरु कोही पनि आइपुगिसकेका थिएनन्।
हाइवेको दुवै छेउमा गाडीको लामो लाइन लाग्न थालिसकेको थियो। बाँस तीन, चार वटा मात्रै थिए, स्थानीय बासिन्दाको संख्या पनि त्यति धेरै थिएन। हाइवेका यात्रुहरु बढी थिए बरु। कुरो बुझ्दा थाहा भयो, एकैछिनमात्र अगाडि त्यहाँ एउटा मोटरसाइकलले स्कूल जान लागेका एक बच्चालाई हानेर भागेछ। मुखभरी रगत थियो रे। ‘ऊ यहाँ हेर्नुस्, रगत आलै छ,’ सडकमा समेत रगत रहेछ।
कतातिर भाग्यो ?
उतातिर, काठमाडौँ जानेबाटोतिर देखाउँदै स्थानीयले सुनाए।
मोटरसाइकलको नम्बर कति हो ?
थाहा छैन, भागिहाले।
अब के गर्ने त ?
अन्यौल।
अघि रोइरहेकी बच्ची घाइतेकी दिदी रहिछिन्। उनलाई समेत लतारेको थियो रे। जामुनेको हाइवे छेवैको घरका उनीहरु नयाँ बासिन्दा रहेछन्। बाबु विदेशमा काम गर्ने, आमा मात्रै त्यहाँ। नयाँ बासिन्दा भए पनि सहयोगका लागि स्थानीय सबै उत्रिएका रहेछन्।
बाटैमा नागरिकका पोखरा संवाददाता सन्तोष पोखरेल भेटिए। उनीहरु पूर्व जान हिँडेका रहेछन्। दमौलीमा प्रहरीलाई खबर गरेका रहेछन्। ‘एकैछिनमा पुलिस आउँदैछ, मैले खबर गरिसकेको छु। सानो टिम पठाइसकेको छ, त्यतिले पुगेन भने ठूलै टिम आएर खोल्छ’, उनले भने।
नभन्दै एकैछिनमा प्रहरी आइपुग्यो। ठक्कर दिएर भाग्ने मोटरसाइकल र मोटरसाइकल चालक पनि पक्राउ परेछन्। तर स्थानीय बासिन्दाहरु जाम खोल्न तयार थिएनन्। प्रहरी संयमित थियो। स्थानीय मध्ये जो-जो अलि चर्का चर्का कुरा गर्दै थिए, सबैसँग मिजासिलो तरिकाले बोल्दै बाटो खुलाउने वार्ता गर्दै थिए।
भिडका केही स्थानीय ओएल (ओपिनियन लिडरहरु) ओजे (ओभर जान्नेसुन्ने) थिए। त्यसमध्ये एक यी टोपी लगाएका दाजै। तैँले यो बाटो खुलाइस् भने अहिल्यै तेरो र मेरो युद्ध हुन्छ भन्दै धम्क्याउँदै थिए यिनी। राजमार्ग दुर्घटना न्युनीकरणको अध्यक्ष हुँ म कसले खुलाउँदो रहेछ लौ हेरौँ भन्थे कहिले। कहिले पुलिसलाई लक्षित गर्दै चोरहरु तिमेरुले जे गर्दा नि हुने, हाम्ले नहुने भन्थे। ‘चर्को नकराउनुस् न, गाली गरेर हामी ठूलो हुँदैनौँ’ भन्दै अरु सम्झाउन खोज्थे, सम्झँदैन थिए।
स्थानीय महिलाहरु फेरि कति चर्का ! त्यो बिरामी बालकलाई निको गरेर यहाँ नफर्काएसम्म जाम नखोल्ने भन्दै उफ्रँदै थिइन् केही त। ए बाबा, एउटा मोटरसाइकलले ठक्कर दियो र घाइते बनायो त त्यसमा हामी हाइवे यात्रुको के दोष ? हामी सबै अपराधी हौँ ? तर कसले बुझ्ने यो कुरा !
तपाईँहरु पनि कतै यात्रा गरिरहनुभएको बेला यस्तो परे कस्तो हुन्छ होला ? कति काम लिएर जान लागिरहेका होलान्, कसको के परिरहेको होला, सोच्नुस् त भनेर केही यात्रुहरुले सम्झाउने प्रयास गरे। तर अहँ, उनीहरु घाइते बालकको स्थिति पहिले बुझ्ने, अनि मात्र जाम खोल्ने जिद्दीमा अडिग थिए।
लौ बुझ्न त बुझ्ने, तर कसरी ? कुन अस्पतालमा लगेको नै थाहा छैन। लग्नेहरुसँग मोबाइल पनि छैन। तैपनि प्रहरीले प्रयास गरिरहेको थियो। दुर्घटना गराउने पक्राउ परिसक्यो, अब कानुनी प्रक्रिया अघि बढिहाल्छ, जाम गराएर के फाइदा त ? छाडिदिए भयो नि त भन्दा मान्दै मान्दैनन् बा..! सम्झाउन खोज्ने यात्रुलाई तपाईँ को ? किन जान्ने हुनुभाको भनेर थर्काउँछ बा ! प्रहरीले पनि के गरोस्। हामी वार्ता गर्दैछौँ, तपाईँहरु चुप बसिदिनुस् भन्नुपर्यो।
यस्तै हुँदाहुँदै एक घण्टा बितिसकेको थियो। अब बिजोग देखिन थालियो। लाइन लामै भइसकेको थियो हाइवेको दुवैतिर। ट्याक्सी लिएर काठमाडौँ हिँडेका एक विदेशी पर्यटक दिक्दार भएर ब्याग बोकेर आफै लुखुरलुखुर हिँडेर लाग्यो। उसको काठमाडौँमा फ्लाइट होला, बहुलाइसक्यो ऊ, कम्तिमा उसलाई त छाडिदिउँ भनेर अनुरोध गरे, तर मानेनन्।
म भिडको मनस्थिति बुझ्दै, फोटो खिच्दै थिएँ। गर्ने पनि के त्यो ठाउँमा ? एक जना अन्नपूर्ण ट्रेकिङबाट फर्किएको विदेशी पर्यटकले तपाईँ अग्रेजी जान्नुहुन्छ भन्दै मसित कुरा गर्न आयो। खास कहिले के भइरहेको हो भन्ने जिज्ञासा उनको थियो। ‘उनीहरु घाइते बच्चाको स्थिति जान्न खोज्दैछन्’ भनेर सुनाएँ मैले। त्यो स्थिति थाहा पाएर चाहिँ के फरक पर्छ, किन यो जाम गरेको ? उनले सोधे। मसँग त्यसको जवाफ थिएन। घाइते बच्चाको स्थिति र जामको सम्बन्ध मैले बुझाउन सकिनँ। घाइते बच्चा मरेको खबर आयो भने झन् स्थिति बिग्रन सक्छ भनेर उसलाई अत्याउन चाहिनँ मैले। क्षतिपूर्तिको लागि जाम गरेका हुनसक्छन् भनेर मैले सुनाएँ। कसले तिर्छ त क्षतिपूर्ति ? उसले सोध्यो। ‘दुर्घटना गराउने मोटरसाइकल चालकले’ मैले जवाफ दिएँ। त्यसो भए किन हाइवे जाम त ? मसँग त्यसको पनि उत्तर थिएन।
यी आर्मीम्यानहरुले चाहिँ किन केही नगरेका नि ? पुलिसहरुतिर देखाउँदै उसले फेरि सोध्यो। उसको अपेक्षा हाइवे जस्तो संवेदनशील क्षेत्रमा बन्द गराउनेहरुलाई प्रहरीले तत्काल एक्सन लिनुपर्ने भन्ने थियो होला। तर नेपालमा त्यस्तो कहाँ हुन्छ र। मैले स्थानीय बासिन्दाहरुले हाइवे बन्द गराएको हुनाले उनीहरुलाई सम्झाई बुझाई अप्रिय स्थिति ननिम्त्याउने तर्फ बढी ध्यान प्रहरीले दिएको बताएँ।
त्यसो भए हाइवे खुलाउँदा स्थानीय बासिन्दाहरु दुःखी हुन्छन् ? उनले अचम्म मान्दै प्रतिप्रश्न गरे। बिचरालाई अस्ति भर्खर नवलपरासीमा बिहे गर्न नमानेकोले हाइवे जाम भएको र प्युठानमा कुखुराको भाले मर्दा यसरी चक्काजाम गरेको कुरा के थाहा ! वार्ता गर्दैछन्, एकैछिनमा खुलिहाल्छ अब भनेर सम्झाउनु बाहेक अरु विकल्प थिएन।
हुन पनि उनीहरुका कतिपय अडानमा कुनै दम थिएन। घाइतेको स्थिति बुझेर मात्र चक्काजाम खोल्ने रे। बुझेर के फाइदा ? जब मोटरसाइकल चालक पक्राउ परिसक्यो भने जाम राखिराख्नुको औचित्य के ? कानुन कार्यान्वयनमा पो जोड दिनुपर्यो त। हाइवेका सबै यात्रुलाई अपराधीको व्यवहार गर्न त भएन नि !
प्रहरीले स्थानीय बासिन्दाका तर्फबाट केही टाठाबाठालाई एक ठाउँमा लगेर सम्झाइबुझाइ गर्न थाल्यो। केही बेरमै अरु प्रहरी आएर हाइवेमा राखिएका बाँसहरु हटाए। हाइवे खुल्यो।
गत बिहीबारको यो घटनाबारे कतै कुनै समाचार आएन। ट्राफिक प्रहरी र नेपाल प्रहरीको बुलेटिनमा पनि यो घटनाबारे कुनै उल्लेख थिएन। त्यो जाम भोग्ने र त्यहीँका बासिन्दा बाहेक कसैलाई पनि योबारे थाहा हुने कुरै आएन। यसरी नै थाहा नहुने गरी हाम्रा हाइवेमा कतिले अपराधीसरह यात्रा गरिरहनुपरेको होला ! यो सोच्दा मन खिन्न भयो।
बले
म अस्ति कपिलवस्तु, पोखरा, बुटवल आदिको भ्रमणमा जाँदा पनि यस्तै घटना घट्यो, जाँदा र फर्कदाँ । तर जाँदा चाहिँ लुम्बिनी नेर एउटा ट्रकले ठक्कर दिएर घाइते बनाएका मो.सा. का दुई व्यक्ति लाई स्थानीयले उपचार गर्न तयार पार्दै थिए र पोल ढल्दा नाँगो तारलाई हाम्रो बसले छोला भनेर त्यहाँका स्थानीयले जोगाईदिए र बाँसले तार उचालेर हाम्रो बाटो खोलिदिए । तर फर्कदाँ बुटवल आउन ५ मिनेट बाँकी थियो अघिल्लो दिन एउटा बच्चालाई माइक्रोले ठक्कर दिएर मृत्यु भएको रहेछ, त्यसैको विरोधमा ५ मिनेटमा बुटवल पुग्ने हामी बैकल्पिक बाटोले गर्दा २ घण्टा बढि लाग्यो । कहिँका मान्छे कस्ता, कहिँका कस्ता । सबै एकैनाश नहुने रहेछन् ।
देशको विभिन्न भाग साथै पूर्व पक्षिम यात्रा गर्दा गगनले पनि यस्ता थुप्रै दिखाद पिडा भुगतेको छ! एक दुइ घण्टा जामको त थुप्रै र अनगिन्ति घटना छ होला तर कुनै कुनै त नौ दश घण्टा वा दिनभरि नै हुदा यात्रालाइ बिचैमा बंग्यायर प्रस्थानाबिन्दुमै फर्किनु परेको पनि छ!
यसक्रममा आफुले भोगेको र सरकार वा सडक विभागको नीति कार्यहरु लाइ बुझ्दा निकै मनन र सोच पछि यसको लागि एउटा नया नीति नियम तर्जुमा गर्न सके केहि नभयपनि यस्ता मानाबबिया सिर्जनाका अबरोध हरुलाई निकै हद सम्म न्यूनीकरण गर्न सकिन्थ्यो भनेर यहा केहि आफुले विचरण गरेको उपाय सुझायाको छु!
तपाहिको जनप्रिय ब्लगमार्फत यो कुरा सम्बन्धित निकायमा पुगेर उनीहरुको ध्यान तान्न सके सबैलाई राम्रै हुन्थ्यो होला!
१: राजमार्गले छुने र गाबिस भयर गयका हरेक जिल्लाका सम्बन्धित गाविसमा राजमार्ग सुरक्षण साथै उपभोक्ता समिति बनायर सो भागको राजमार्गको सुरक्षा र स*रक्षण साथै सुधारको जिम्मा दीने!
२: तेस्को अनुगमन र जाच अनि स्थानिय राजमार्ग उपभोक्ता समितिको कार्यविधि र कार्य सम्पादन आदिलाई रास्ट्रिय राजमार्ग समितिले गर्ने र यसैबाट सो स्थानिय राजमार्ग समितिको कार्यसम्पादनको पुरस्कृत र जरिवाना वा सजाय आदि गर्ने!
३: राजमार्गको कुनै भागमा यसरि अकल्पनीय र आकस्मिक तरिकाले मानबिय सिर्जनाको अबरोध हरु खडा गरेर यातायात र यात्रुलाई आधा घण्टा भन्दा बढी समस्या पारेमा सो गाबिसको राजमार्ग उपभोक्ता समिति लाइ कडा कारबाही गर्ने बिघटन गरि नया बनाउने!
४; सो घटना घटेको वा अबरोध पुर्यायको गाबिसको राजमार्ग मा कम्तिमा पनि एक हप्ता कुनैपनि यात्रुबाहक वा अन्य सबारी साधनलाई तेहा सेवा पुर्याउन नदिने! तेहा कुनै पनि यातायात साधन रोक्न नदिने!
५: अबरोध सिर्जना गर्ने व्यक्ति समुह वा संस्थालाइ सार्बजनिक कारबाही गरि उक्त व्यक्तिहरुलाई केहि अबधि वा आबस्यकता अनुसार कुनै पनि सार्बजनिक पदमा नियुक्ति हुन प्रतिबन्ध गर्ने, कुनै पनि सरकारी सुविधाहरुमा बन्देज लगाउने!
६: आबस्यक परे ति व्यक्ति समुह र सस्थालाई आर्थिक जरिवाना सहित जेल सम्मको सजाय दिने!
७: यस्ता व्यक्ति वा समुह र सस्थाहरुलाई कुनै पनि सवारी साधनको स्वामित्यो र दर्ता आदि खारेजी गरि उपभोग र उपयोग समेत बन्देज लगाउने!
राजमार्ग लगायत सडक माथिको मानबिय सिर्जना र व्यक्तिगत ब्याबधान लाइ हटाउन कडा भन्दा कडा नीति कार्यक्रम ल्याई कडाइका साथ् लागु गर्नु जरुरि छ!
सानोसानो र व्यक्तिगत अनि सामुहिक खिचलोले सारा यात्रुहरुलाई दुख दिनु ठुलो भन्दा पनि ठुलो अपराध हो!
बाल बालिका लाइ कै दुख पर्यो डर लग्यो भनि रुनी ठाउँ बाबा आमा को काख हो गरिब लाइ कै पर्यो भनि रुनी सडक हो | घर vitra बस्य र रोय को कस ले देख छ र | तेसरी जाम न गर्नी हो भनि १०,२० हजार पुलिश ले लिनी तिय र छोडी दिनी तिय र त्यो बालिका को कि त उपचार न पाई मिर्तु हुनी तियो या उपचार गर्दा गर्दा ऋण को वारी ले बालिका को आमा बाबा मर्नि तिय | जस्तो देश उस्तै भेष … सत्ता मा जान सडक जाम , मन्त्रि बन्न सडक जाम , यो देश मा सडक जाम न गरि के नै मिल्य को छ र | नया कुरा को बानि पर्न पो गारो त यो त हामी आम नेपाली हरु को दैनिकी हो |
राजमार्ग को एस्तो गतिविधि मा आफ्नो स्वार्थ येसरी लुकेको देखेको छु
१. बाटो जम गरे पछि यात्रु हरु लै भोक लाग्छ, उनीहरु ले केहि किनेर महँगो मा बिक्रि गर्ने साहु हरु.
२. बिरोध को नाम मा सहयोग गरे जस्तो गरेर मुन्द्रे चुल्ठे गंग चलाउने र छेइ पूर्ति को रकम बढेर खाने गुण्ड हरु.
३. कुरा मिलाएको जस्तो गरेर जांड खाने मेसो मिलाउने पुलिश हरु .
ये तिनै को असली हर्कत देखेर, भोगेर यो कमेन्ट लेख्दैछु
येस्मा media को sarokar किन नभएको भन्ने बिसय मा मेरो बुझाई के छ वने, काठमाडौँ मा बसेर नेता को पछाडी दगुरेर जति सजिलै प्रोमोशन पाहिन्छ त्यति दुख गर्दा पनि त्यो त्येह सम्भव छैन.
फोटो सहित को यो सन्देस को लागि धन्यवाद.
कुरा आज भन्दा १८ बर्ष अगाडी को हो हामी हरु गोर्खा गुम्न गएका थियौ र येस्तै गोर्खा दरबार हेरेर फर्किने क्रम मा बाटो मा अचानक हाम्रो गाडी रोकियो. गाडी पनि रोकियो र अचानक हामीलाई एउटा मरेको परेवा बुझियो र भनियो कि हाम्रो गाडी ले किचेको रे/ हामीले सोध्यौ कि कतै केहि भएको छैन परेवा लाइ नाता छट्पटिएको छ न त कुनै चोट पटक नै . तब त के चाहियो मान्छे हरु को भेला भै हाल्यो र भन्न थाल्यो या त परेवा दे नत्र छयति पूर्ति दे. अन्त त केहि नचले पछि सय अथवा पाँच सय ( एकिन रुपैया बिर्सेछु) तिर्यो र अनि जानु दियो हामीलाई. साएद यस्तो हुन्छ होला आजकल धेरै जसो highway हरु मा. जे होस्
नेपाल मा एकदम नै कडा कानुन को आवश्यक छ .जसले भनोस कि ” No one is above the Law .”
मनोज थापा जी को कुरा पनि ठीकै हो । रत्नपार्कको बर नभाँची सिंहदरबारमा कुरा नसुन्ने अवस्थाको सरकारले यस्ता विसंगतिहरु फैलिएका छन् । यस्तो सानोतिनो (दुर्घटनालाई सानोतिनो नै त नभनौं) समस्यालाई प्रहरीले एउटा सानो प्रहरी चौकीले सम्हाल्न सक्ने अवस्था हुँदाहुँदै पनि कारवाही हुननसक्नुले गर्दा धेरै समस्या मैले पनि भोगेको छु ।
जे जस्तो भए पनि वा जे जस्तो गरे पनि जब सम्म हरेक क्षेत्रमा दरिलो कानुनको अभाव हुन्छ तबसम्म यस्ताखाले अनगिन्ती समस्याहरु कहिलै पनि समाधान हुँदै हुँदैन
कानुन यस्तो हुनुपर्छ जसले कुनै पनि अपराधी लाइ नछोडोस चाए ठुलो – सानो वा कुनै पनि कर्मचारी होस् वा कुनैपनि नेता या राष्ट्र प्रमुख किन नहोस या सामान्य सर्ब साधारण किन नहोस यीनिहरु सबै भन्दा माथि ” कानुन् हुनुपर्छ” र कानुन बमोजिमको कारबाहीमा कसैले पनि बाय्क फोर्स लागाउनै नमिल्ने गरि कानुन कार्यन्वयन गर्नसकेमा मात्र यस्ता सबै खाले समस्याहरु आफै लोप भएर जान्छन अबको समय र अबस्था ले गर्दा यी कुराहरु सबै जनता स्वयम ले जान्नुपर्ने बुझ्नुपर्ने हो क्यार
हाम्रो देश मा धेरै परिभाषा को गलत अर्थ र निस्कर्स छ
१) प्रजातन्त्र —>कर्मचारी ले काम छल्न पाउनु ,टिचर ले ठगेर न पढाएर तलब पाउनु ,नेताले मनग्गे घुस खान र बिदेसी सग अपवित्र साठ गाठ गर्न पाउनु ,आफ्नो धर्म संस्कार लाइ लात हानेर २ पैसा फाइदा हुने तिर लाग्न पाउनु ,गुण्डा ले हप्ता ,केटि जिस्काउन पाउनु ,
फु क हरुले सडक बत्ति फोर्न पाउनु | यो सब गर्न न पाएमा बा गर्न न दिने भए ताना साह रे |कति सजिलै |
२) प्रगति सिल —-> कुनै कम्निस्ट पार्टी ज्वाइन गरेको हुनु पर्ने , मुख मा दलाल ,सामन्ती ,नोकरशाही , बुजुर्बा आदि सब्द झुन्डेको हुनुपर्ने |भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्य बाद जुधेर थाके जस्तो अनुहार लाउनु पर्ने |बाआमा ले रुद्री र चण्डी मा बिस्वास गरे पनि र आफु लुसुक्क पशुपति गएपनि धर्म अफिम र देउता अन्ध बिस्वास भन्न न चुक्ने अ आफु र आफ्नो जस्तो सिद्दान्त न भएका लाइ प्रति गामी ,यथास्थिति बादी ,पुनरुत्थान बादी भन्न न चुक्ने |
यो हाइवे भन्ने संस्था यति शक्तिशाली छ कि, यसलाई घेरेपछि न्याय पाइन्छ भन्ने मान्यता बनेको छ / यो इस्स्युमा काम गर्न एउटा NGO खोल्ने हो कि?
एउटा भाले मर्दा सडक जाम गर्ने परम्परा कंहा र कहिलेबाट सुरु भयो होलाता? पीडितले एक्लै लड्दा न्याए नपाए पछि.
तेसैले तेस्को अर्को पाटो पनि हेर्ने कि?
बाटो जाम नगरेको भए पुलिश ले अपराधी लै समातेर उपस्थित गराउने त धेरै टाढाको कुरा उल्टै पिडित परिवारलै थर्काएर धम्कि दिन सक्थ्यो. पीडितले छेतिपूर्ति पौदैनथ्यो
जबसम्म प्रतेक गरिब जनताले आफुले आफ्नै पहलमा उचित न्याए पौने अवस्था औंदैना येसो गर्नु गरिब जनताको बाध्यता नै हो.
तेसैको फाइदा उठाएर कति खाते नेताहरुले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्नु चाँही निन्दनीय छ.
निर्दोष यात्रुले दुख पाउनु हुन्दैन
पीडितले चक्काजाम नगरिकनै न्याय पाउन सक्ने बाताबरण बन्नु पर्यो.
तर कहिले सम्म
जतिबेला सम्म फोहोरी राजनीति सप्रियेरा देशमा कानुन को सासन औदैना तब सम्म एस्तो कुरा हरु रोकी दैन
यो देशमा धेरै जसो जनता अनपढ़ छ, नेपाल को शिक्षा नेपाल मा नै सिमीत छ, त्यसैले जनता पढेका भयपनि धेरै कुराहरुमा अबुझ छन । जे कुरापनि रिसाएर, ऊपदृ गरेर मातृ हु्नछ भन्छन । नेपालीहरु civilized citizen हुन अझै धेरै मेहनत ग्ननु पर्छ । खासमा यस्तो incident , ट्राफिक प्रहरी , एम्बुलेन्स र वक़ील का मातृै काम हो ।
लथालिङ्ग घर को भता भुङ्ग चाला भनेको येही हो , जब देस मा System हुन्न नि येस्तै येस्तै हुन्छ , प्रजातन्त्र मा के के न हुन्छ भनेर लाग्ने बिर पुर्खा ले यो सुने के खान मरेछु भनेर धिक्कार मान्नेछन् .
श्री पशुपति नाथ ले हाम्रो देस बासि को बुद्धि सपरुण
जनता मा अक्षिचित, अज्ञान ता गरिबी को अभाब हो यो अनि सबै भन्दा ठुलो कुरा हाम्रो हिजडा कानुन निकाए को हो. जो सरकार मा आयो तेसरी नै बाटो बन्द हड्ताल तोड फोड गरेर आयो. भोलि फेरी सरकार बाट बहिरेर जान्छ. येही कर्म चक्र उनीहरु ले दोर्ह्याउच. अनि किन देओस आदेश पक्रन को लागि उनीहरु ले पनि. आखिर एस्तो कर्म काण्ड गरेर जनता लाइ दुख दिने काम सिकाउने गुरु हरु तेही पार्टिवाला हरु नै हुन् जसको नेता भनाउदा हरु सरकार मा बसेर पालै पालो मह काट्दै बसी रहेको हुन्छ. चक्का जाम को सुरुवात जसले गर्यो उसैले प्रहरी लाइ पाक्राने आदेश दिएर आफु हरु ले सुरु गरेको सिलसिला निरन्तर त राख्ने पर्यो भोलि फेरी सरकार मा फर्कन उनि हरु ले येही कर्म काण्ड दोर्हयानु परि हाल्यो. त्यो जान्ने सुन्ने टोप्ल जस्तो लाइ दुइ चार थप्पड हान्ने ताकात राख्न न सक्ने कानुन लाइ पनि के भन्ने हिजडा कानुन न भनेर.
यो सबै माओबादीहरु ले नै शुरु गरेको जस्तो लाग्छ मलाई, यो सबै दण्डहिनताको परिणाम हो, जब सम्म दोषीलाई सजाय दिने परिपाटी नबसाली दोषी लाई पुरस्कार दीयिन्छ, यस्तो परिपाटी पनि सधै दोहोरि नै रहनेछ | केहि उदाहरणहरु:
१. अख्तियारले दोषी ठहर गरेको लोकमान कार्की लाई त्यहि अख्तियारको प्रमुख बनाउने माओबादीको उद्देश्य
२. कार्यकर्ता पक्रियो भनेर रिहाईको लागि highway बन्द गर्ने परिपाटी माओबादीले नै शुरु र निरन्तरता दियिरहेको छ
३. सर्बोच्च अदालतले दोषी ठहर गरेको बालकृष्ण ढुंगेल लाई सभासद को पगरी थमाउने पनि माओबादी नै हो
४. हत्यारा प्रभु शाहलाई मन्त्रि बनाएर सुसज्जित गर्ने पनि माओबादी नै हो
५. पत्रकार को डेकेन्द्र को हत्या कबुल गर्दा समेत हत्यारा लाई सजाय दिंदा शान्ति सम्झौता भादिन्छ भनेर कारबाही गर्न नदिने पनि माओबादी नै हो
६. बलात्कार र महिला हिंसा बिरुद्ध कारबाही हुनु पर्यो भन्दा, सामाजिक कार्यकर्तालाई नै कुट्न जाने पानी माओबादी गुन्डाहरुले नै हो
७. बलात्कार, हत्यारा र लुटेराहरु पनि सभासद बन्न पाउनु पर्छ भन्ने नियम बन्न लगाउने पनि माओबादी नै हो
८. अब त अरु दलहरु पनि माओबादी कै सिको गरेर सबै गुन्डा र डनहरुलाई आफ्नो पार्टीको कार्यकर्ता बनाएर उनिहरुलाई पुरस्कृत गर्दै छन् | यस्ताले बनाउने हाम्रो देशको कानून कस्तो होला, यसले कसरी कानून र शु-शासन देशमा कायम राख्ला र देशलाई कहिले उभो लगाउला?
त्यसैले जब सम्म अपराध गर्दा सजाय हुन्छ भन्ने डर हुदैन राजनैतिक हस्तछेप भएर अपराधीहरुलाई बचाउने गरिन्छ, यस्तो दण्डहिनता र अत्याचार भैनैरहनेछ
जति पनि नराम्रा कम हरु हुन्छन माओबादी ले नै गरेको हुन्छ है ? हैन हो कर्माजस्तो को भेजामा कहिले बुद्दि घुस्ने हो ? माओबादी सान्ति प्रक्रिया मा न आएको भए अहिले सम्म के के हुन्थ्यो केहि अन्दाज छ ?
जीवन, मैले सबै नराम्रो काम माओबादीले गरेको भनेको छैन, माथि उल्लेखित र अरु धेरै माथि उल्लेख नभएका नराम्रा कामहरु सबै माओबादीले गरेको भनेर भनेको हुँ
माओबादी शान्ति सम्झौतामा नआएको भए:
१. संबिधान सभा र भएका र नभएका लडाकुहरुको नाममा गरिब देशको खरबौ रुपिया जोगिने थियो
२. बाबुराम, प्रचण्ड, बैध्य र माओबादीका नेताहरुले अहिले खडा गरेका गाडी, महल र अरबौ को भ्रस्टाचार गरेर कमाएको अपुस्त सम्पति देश बाट जोगिने थियो
३. देशलाई शान्ति र संबिधान को नाममा जसरि अहिले माओबादीले बन्दी बनाएर सबै बिकाश निर्माणको काम ठप्प गरेर बजेट सम्म पास नगराई राखे थियो, त्यस्तो हुने थिएन
४. देशमा कानूनको राज्य हुने थियो र अपराध गर्न जनता डराउने थिए
५. सबै पार्टीहरुले गुन्डाका अखडाहरु YCL को नक्कल गरेर बनाउने थिएन
६. तराई पहाड र जातीय वैमनस्यता नेपाली बीच कम हुने थियो
७. भारत बिरुद्ध लड्ने नाममा भारतलाई नै देश सुम्पिने नाटक मन्चन हुने थिएन
८. हत्याराहरु ले देश मा सजाय पौने थिए
९. Highway बन्द गर्न जनताहरु डराउने थिए
१०. नव युवराजहरु प्रचण्डका कुपुत्र छोराहरुको ब्रह्म लूट देख्न पर्ने थिएन
११. लाखौ भारतीयहरुलाई नेपालीको नागरिकता chocolate बाँडे सरी बाडिने थिएन
बन्द गरेर वा अबरोध सिर्जना गरेर आफ्नो असन्तुस्टी पोख्ने अनि जबर्जस्ति सडकमा नै न्याय खोज्ने नेपाली को बिकार मानसकिता डरलाग्दो तरिका ले बिकसित भयको छ / यशो हुनु मा हाम्रो देश मा “Rule of लव” नहुनु नै हो / तनहुँ वा अन्य ठाउँ को के कुरा गर्नु हुन्छ देशको राजधानी काठमाडौँ मै पनि कयौ पटक यस्तो घटना भईरहेको छ/
फितलो कानुन, कम्जोर प्रहरिप्रासन, जनताको कानुन प्रति अविस्वास र दुवै पछे बीच सडक नियेमको अज्ञानता र हेपाहा प्रबिती नै एसको कारण हो.
जब सम्म हाइ वे बाटो को छेउ छाउ मा बस्ति बस्न दियो अर्थात् हाइ वे बाटो को छेउ छाउ मा बस्ने हरु लाई हाइ वे सम्बन्धि ज्ञान हुदैन तब सम्म यो समस्या रहिरहन्छ जस्तो मलाई लागिरखेकोछ
Highways are national property and I feel there should be a law which should address such issues. No matter what happens, no one should block the highways and there should be a strict legal action taken those who commit crime.
एक पटक बाग्लुंग बाट पोखरा आउने क्रम मा बस ले एउटा कुखुराको भाले किचेकोले बाटो ४ घण्टा बन्द भयो पछि चालकले त्यो भाले ले भविष्यमा पर्ने अण्डा,त्यो बाट हुर्किने चल्ला अझै भएन भनेर भालेले त्यो दिन सम्म खाएको दाना को पैसा तिरेशी मात्र बाटो खुलेथ्यो ,,,,,कस्तो बिडम्बना
भालेले कसरि पार्ने हो अन्दा………………………….
सुन्दै हसौचन मानिसहरु
भाले त रॉस्त गर्ने पो हो त नि
पोथी भाले भाको हुनाले
जे होस् कमेन्ट कर्ता भालेको जेन्डर मा कन्फ्युज भएपनि आफ्नो मा नहुनुहोला
कानुन बनाएर बाटो अवरोध गर्नेलाई यति सजाय जरिमाना हुनसक्ने भनेर तोकिनुपर्छ|
आवादी भएको ठाउँमा आँखा चिम्लेर तेज गतिमा वाहन हाँक्ने प्रति पनि कडा सजाय जरिमाना गरिनपर्छ| ठाउँ ठाउँमा सके सम्म बाटो पार गर्ने जेब्रा क्रसिंग राखिन पर्छ र पद यात्रु र चालकका लागि सांकेतिक र सचेत गराउने सुचना आदि राखिन पर्छ|
एकचोटी यस्तो पनि भयो|
मोरंगको केराबारीबाट आएर बिराटनगर एयरपोर्टबाट उडान थियो| बाटामा गाडी जाम भयो| बुझ्दा अघि रोकेको बसले बाटोमा वाख्रा किचेर मारेछ र वाख्राको पर्ने दाम दिने मांग गरेर चक्का जाम गरेको रे| अघि गएर बुझ्दा चालकले दाम दिन तयार तर वाख्रा धनीले भनेको जति दाम थिएन र मांगे जति नदिए जाम नखोल्ने रे| सम्झाउँदा र बुझाउन खोज्दा स्थानीय नेता जस्ता बोली बोल्नेहरुले अझ उत्तेजित भएर धम्कीको स्वर निकाल्ने| पुलिस र प्रशासन पनि त्यंहा थिए तर लाचार| हामी बिहारको बाटोमा छौ कि जस्तो लाग्थ्यो| बाटो खुलाउने युक्तिमा हामी पछिका गाडीमा सवार केही यात्रुहरुले पैसा उठाएर थहीथाप गरि मांगे जति रकम जुटायौ र बाटो खुल्ने ढुक्क भएर पछि गई गाडीमा बस्यौ |
१५ मिनट जति बित्दा पनि बाटो खुलेन| फेरी किन हो भनेर बुझ्न गयौ| चालक र बाटो अवरोध गर्नेमा घम्साघम्सी स्थितिमा पुगेको रहेछ| त्यो बसमा सवार केही यात्रुहरु पनि अब चालकको पक्ष लिएर अवरोधकर्ताहरु संग जुझ्न थालेको देखियो| दुवै पक्ष आआफ्नो अडान लिएर बसेको| बाटो खुल्ने त् कुरै थिएन|
भएको के रहेछ भने वाख्राको दाम तिरे पछि चालकले खलासीलाई किचेको वाख्रा बोरामा पोको पारेर छतमा हाल्न लगाएछ| यो हामीले पुरा दाम तिरेको वाख्रा हो, हामी लैजान्छौ, चालकको भनाई रहेछ| अर्को पक्ष भरे कवाफ खाने सुरमा होला वाख्रा पनि दिनपर्ने भनेर जिद्दी गर्द रहेछन|
बल्ल बल्ल सम्झाउन सकियो र बाटो खुल्यो| झन्डै उडान मिस भएको|
चालकले तिरेको मुल्य बजारमा पर्ने भन्दा दोबर रहेछ| प्रहरीलाई एकजना यात्रुले यसरी राजमार्गमा बस्तु चराउन दिनु हुँदैन भन्दा प्रहरीले के हामी बस्तुको गोठाला हौ भनेर ठाडो जवाफ दिए|
अराजकताको हद| प्रशासनको अकर्मन्यता|
बिहार र सिलिगुडी तिर जानाजानी मान्छेलाई कुदिरहेको गाडीमा हुत्ताएर किन धक्का दिईस भनेर उल्टो पैसा असुल गर्छन रे भन्ने सुनेको थिए अब हाम्रो नेपालमा पनि त्यो आउँन बेर छैन|
जे होस् ठुलै घटनाको लागि भरैछ / कती घटना त सुन्दै लाज लाग्छ ( एक ताका बाग्लुंग बाट पोखरा आउदा हेम्जामा कुखुरा किचेको रैछ तसर्थ बन्द त हुनेनै भयो / ४ घण्टा पछि चालक ले त्यो किचेको कुखुराको भालेले भबिष्य मा पर्ने अन्दा ,चल्ला र तेस्ले खाएको दानको मूल्य तिरे पछि मात्र बाटो खोलिएको थ्यो ) / हे प्रभु ,,,,,,
It’s common phenomenon in nepal. I usually face these situations while travelling in nepal. I have so many several experiences….
कुनदिन कुन चाहिँ ले मुग्लिनमा भात मीठो भएन भनेर जाम गराउन बेर लाउन्दैन !!!!
त्यो चै हैन बरु यात्रुले “भात मिठो भएन ” भन्यो भनेर जाम गराए मा अचम्म मान्नेवाला छैन :-l
हो त नि निल्नु न ओकल्नु हुन्छ हाइवेको खाना /
न त राज्य हाक्ने लाइ थाहा छ ,न त हामी भेडा जनता लाइ थाहा छ कि कसले के गर्नु पर्छ भन्ने कुरा ! प्रजातन्त्र भित्र को यो डरलाग्दो अराजकता कडा कानुन र सासन बिना बढ्ला बरु घट्दैन मेरो देशमा ! हाय कति दुखद स्थिति ! सत्ता र सम्पति हुने या नहुने सबै लाइ अधिकार , सजाय ,उपचार र क्षतिपूर्ति बिना भेदभाब बराबर नभए सम्म यस्तो दुर्गति बाट देश र नागरिक ले मुक्ति कहा पाउछ र ? सत्ता ,सम्पती र जमात ले नहुने पनि गर्ने अबस्था रोकिनै पर्छ अब \मान्छेको जिन्दगि हो पहिलो होइन जात ,धर्म ,बिचार ,क्षेत्र ,सम्पत्ति र सत्ता !जो बराबर अधिकार र सजाय बाट सुरु हुन्छ \
बिगारेको देश बिग्रेका नेता, जनता ले गर्दा जनता लाई सास्ती, हामी जस्ता जनता यता न उता / र जनताले पनि सोच्नु पर्यो कि आफ्नो अधिकार खोज्दा कतै आर्काको अधिकार त हनन भएको छैन ??
बिष्णु अधिकारी
कहिँ नभएको जात्र हाडी गाउमा/ काम बिगार्ने एउटा अनि दुख पाउने अरु….कहिँ नभका बज्रस्वठारू ……../
प्रजातन्त्रको नाममा कलङ्क आयकोछ नेपाल मा जनता पनि के सरो बुद्धु भयका होलान है . बिदेसी साथीको अगाडी बसेर news हेर्दा पनि लाज लाग्नी !
यो त वेसिजनको जामको पिडा भो. बुद्दुजनहरुको जामको सिजन त संबिधानसभाको चुनाव भएपछी जातियता र भातियता अनि संघियता र लंघियाताको राँको दन्किन थालेपछि पो सुरु हुन्छ त.
प्रजातन्त्रको नाममा अराजकतन्त्र को हाली मुहाली भएकोले देश हो yo. येह जसले जे गरेपनि हुन्छा तेस्मा पनि यौ प्रिथिवी राजमार्ग छेउ छाउका मान्छे हरु जतिको भेडो र मुर्ख सम्झाएर नसम्झने मान्छे मैले अन्त देखेको छैन. मैले धेरैनै भोगेको छु यिनीहरुको बन्द
यो हालको अवस्थामा कैयन जघन्य अपराधमा पनि ३ महिना कैद वा ५०० जरिवाना वा दुवै जस्ता खुकुल कानूनी व्यवस्था र अत्यधिक अपराध राजनीतिक संरक्षणमा हुने, कानूनी व्यवस्था कडा बनाउँदा यी नेताहरुकै घाँटीमा पहिलो पासो पर्ने कारणले यसलाई परिमार्जन नगर्ने हुँदा हामि जनता बाट राज्य र राज्यको कानून प्रति बिश्वास उडेको अवस्था हो !
********** समग्रमा भन्दा…नाम र मुखुण्डो फेरी फेरी आउने यी रिमेक व्यवस्था हामि जनताको लागि ‘ भन्न नहुने कथा अनि गाउन नहुने गित भएको अवस्था हो *******
नेपालमा अब हिटलर चाहिन्छा.
यी काठमाडौँका (या अन्य सुगम शहरका) मानिसहरु हुन्, यिनी हरुलाई दुख दिनै पर्छ भन्ने विकृत मानसिकता बोकेका हुन्छन यी हाइवे छेउका बासिन्दाहरु |
अनि काठमाडौँमा चक्काजाम गर्ने चै कुन मानसिकता बोकेका मान्छे नि सोल्टी?
काठमाडौँ का मान्छे भन्दा मोफसलकाले बढी हाइवे यात्रा गर्छन होला अलिखित जी…….
असिक्क्षित जनता र बेरोजगार को जब सम्म सम्बोधन हुन्न तब सम्म नेपाल को गति यस्तै हो भन्ने हाम लाई लागि रहेको छ/गाऊ घर तिर सानो तिनो उपद्रो गरि नेता भन्ने जन्तु मात्र उत्पादन गर्ने हामी अभागी हरु को दुर्दसा यहाँ भन्दा कति राम्रो होस् र???
नेपालको हाइवे मा दुवै साईडमा फलामे बार लगाउनु जरुरि छ / खुला (जहाँ बाट चाह्यो तेहिबाट छिर्न नमिल्ने बनाउनु पर्यो )हाइवे भएर नै यस्तो भाको हो/
अर्को कुरा गल्ति गर्ने र हाइवे बन्द गराउने दुवै लाइ कडा कारबाही हुनु जरुरि छ किनकी दुवै पछय बराबर दोषी हुन् .
राज्य मा सरकार छैन भन्ने कुरा राजमार्ग वोरिपरी का बसिन्दा लाई लगेको होला!!मान्छे ?यदि मर्यो भने १७००० मात्र तिरेर उम्केला भन्ने डर ले हो कि!! राजमार्गमा यो प्रबृती साह्रै धेरै छ ।
बिचरा अपराधी यात्रु, के गर्नु देश को हालत नै येस्तै छ. पूर्व बाट फर्किदा ३ बर्ष अघि को कुरा याद आयो. गर्मि को महिना, खलखल पसिना काढ्दै म हेटौडा फर्किदै थिए, बाटो मा यहाँ लेखे जस्तै लामो जाम थियो. के को जाम रहेछ भनेर जान्न मन लाग्यो. कारण थाहा पाउदा म मरिमरि हास्ने बाहेक केहि गर्न सकिन, गर्मि पनि भुलेछु. कारण थियो, किसान को खेत मा मकै फलेन रे, त्यसैले चक्का-जाम ! मकै फलेन त हामी राजमार्ग मा हिड्ने यात्रु को के दोष? सरकार ले उन्नत जात को मकै भनेर बिउ दिएको रहेछ, त्यसमा मकै फ़लेनछ.
हामी यात्रु अपराधी होइन, हामी नेपाली भएर बाच्नु नै अपराध हो .
एकपटक म पोखरा बाट काठमाडौँ जानेबेला दमौली भन्दा अलि पर यात्रु हरु ले गाडी रोकेर एउटा बन्दै गरेको सानो ground (फूटबल) मा मुतेको निहुमा करिब २ घण्टा बाटो बन्द गरेका थिए, भने………..
अरु त तेस्तै हो, त्यो बिहे गर्न नमानेर highway jam गर्ने, र भाले मर्दा जाम गर्ने हरुलाई चाही सिधै गोली हान्नु पर्ने हो…
यो देश मा सैनिक सासन चाहिन्छ | प्रजातन्त्र अति भो | बाटो बन्द गर्ने लाइ ठोक्नु पर्छ प्लास्टिक को गोलि ले |
किन प्लास्टिक को गोलि ? सालेलाई बर्खाको बेलामा तलतिर बगाएर मस्त्तिर खोज्न जानु पर्छ
तल तिर बगाएर तल नै खोज्न जानु पर्छ , उत्रियो भने फेरि खाद्नु परेन?