Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइ लभ नेपाल !

Posted on April 4, 2013April 4, 2013 by Salokya

ilovenepal
हिजो नेपाल र अफगानिस्तानबीच भएको एसिसी ट्वान्टी-२० कपको फाइनल हेर्न ठूलो संख्यामा दर्शक त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुर पुगेका थिए। पहिलो पटक फाइनलमा पुगेको नेपालले कप जित्न सकेन। तर नेपाली टोलीलाई दर्शकले दरिलो साथ दिए। हजारौँ दर्शक उपस्थित थिए तर खेल भावनाका साथ हारलाई पचाए। केही वर्षअघि यही मैदानमा पराजयको स‌ंघारमा पुगेपछि दर्शकले उपद्रो गरेका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा समस्या भएको थियो। हिजोको खेलका केही फोटोहरु।

flag

flag1
नेपालका फ्यान।
flag2
नेपालका फ्यान।
flag3
नेपालका फ्यान।
live
लाइभ अपडेटमा व्यस्त
live1
लाइभ अपडेटमा व्यस्त

crowd1
दर्शकको भिड। खेल सकिएको केही समयपछि हावाहुरी चलेको थियो। खेल भइरहेकै बेला त्यस्तो भएको भए अप्रिय स्थितिको सिर्जना हुनसक्थ्यो। २५ वर्षअघि दशरथ रंगशालामा भएको भागदौडबाट कति धेरै मान्छे मारिएका थिए, त्यो धेरैले सम्झिएका होलान्। भगवानको कृपाले त्यस्तो केही घटना भएन। पशुपतिनाथले हामी सबैको रक्षा गरे।

crowd2

crowd3

tree
रुखमा समेत दर्शक। खेलको जोशमा ताली बजाउँदा अप्रिय घटना हुनसक्थ्यो। धन्न त्यस्तो केही दुर्घटना भएन।
tree1

crowd8

crowd7

crowd6

crowd5

crowd4

tree1

crowd3

crowd

28 thoughts on “आइ लभ नेपाल !”

  1. Upen says:
    April 8, 2013 at 5:22 pm

    धेरै धेरै बधाईका साथ आगामी दिनका लागि शुभ-कामना सबै क्रिकेट खेलाडीहरु लाई …

    Reply
  2. Harke says:
    April 6, 2013 at 12:15 pm

    जैले देखि प्रधान-मन्त्रीले स्वयमले राष्ट्रिय पोशाक फालेर बिदेशी पोशाकमा रम्न थाले तब-देखि रास्ट्रीयताको न्यानो अनुभूति खेलाडीले मात्रै देखाएका छन्…..! खेलाडीको जय होस् !

    Reply
  3. Suman Gurung(UK) says:
    April 6, 2013 at 6:07 am

    मलाई मेरो देश प्यारो लाग्छ जहा जाउ यो मन मुटु मा त मेरै देश नेपाल छ. .. हरेक खेल को प्रतक्ष्य स्कोर हेरिरहे, गनिरहे. फाइनल हारे पनि मेरो नजर मा नेपाली टिम ले मेरो मन चाही यो पालि जित्यो. सधै केहि न केहि कमि ले हार्थ्यो फाइनल यो पालि ब्याटिंग र बल्लिंग दुवै चल्दाचल्दै पनि हार्न पुग्यो. शायद अफगानिस्तान अझ राम्रो फर्म मा थियो. अनि खेलाडी हरु लाइ प्रोत्सहान स्वरूप दिएको रकम पनि ठिकै हो नहुनु भन्दा त. हरेक खेल उत्सब ले हरेक नेपाली लाइ एक बनाको हुन्छ.त्यो देख्दा सारै खुसि लाग्छ सोच्छु यसै गरि राजनीति र देश बिकाश मा एकजुट भए कति जाति हुन्थ्यो.!! आशा गरौ त्यो दिन पनि आउनेछ एकदिन.

    Reply
    1. najar says:
      April 7, 2013 at 1:37 pm

      मलाई मेरो देश प्यारो लाग्छ जहा जाउ यो मन मुटु मा त मेरै देश नेपाल छ र तेसैले uk मा बसिरा छु………..हैन त मित्र…….

      Reply
      1. Suman Gurung(UK) says:
        April 8, 2013 at 3:18 pm

        नेपाल मा रहदा त नेपाल थियो थियो मुटु मा येहा आएर पनि तेही नेपाल छ भन्न खोजेको हु साथी.. येति सरल कुरा पनि बुझ्न नसक्नु कस्तो त्यो तपाई को देश प्रेम??. शायद तपाई ले नगरेको देश सेवा मैले येहा बाट गरेको छु अर्थात तपाई कै जत्तिको . उदाहरण दिनु परे मा दिउला येदि माग्नु हुन्छा भने.uk मा बस्दै मा देश प्रेम हुदैन भन्नु लाखौ बिदेशिएका नेपाली हरु लाइ गालि गर्नु हो. अझै पनि मलाई देश प्रेमी भन्न रुचाउनु हुन्न भने तपाई को नजर कम्जोर छ मन को अनि आखा को. जय नेपाल .

        Reply
  4. jp arghali says:
    April 5, 2013 at 11:30 pm

    नेपाल ले क्रिकेट मा धेरै फड्को मार्नुपर्ने पहिल्ला नै जे होस् ढिला भएपनि प्रगति गर्दै छ /येही सार्क देश बाट नै चार पटक क्रिकेट को worldcup जितिसकेका छन्/ सरकार ले क्रिकेट मा लगानी अझ बदौनुपर्यो/ खेलाडी को मिहिनेत त छदै छ/ फेरी पनि नेपाली टोलि लै लिग थ्री जितोस मेरो अग्रिम सुवाकामना …

    Reply
  5. najar says:
    April 5, 2013 at 7:42 am

    अलि राम्रा फास्ट बोलर को खाचो छ हाम्रो टीम लै अनि batting अलि सुधार्नु पर्यो सबै बल रोकेर game जितिदैन अलि प्रोफेसनल हुनु पर्यो…तेस्पची world cup hamrooooo …..जय NEPAL ….

    Reply
    1. Suman Gurung(UK) says:
      April 6, 2013 at 6:10 am

      साथी लाइ फाइनल खेल को पहिलो तीन विकेट किन गयो थाहा छैन जस्तो छ. तपाई को सोच जस्तै नरोकेर खेलेको भए त ५० रन मै सबै विकेट गुम्थ्यो नेपाल को. बल्ल नरोकी खेलेर प्रोफेसनल भैदैन साथी.

      Reply
      1. najar says:
        April 7, 2013 at 1:32 pm

        यो २० २० हो टेस्ट होइन नि त…..

        Reply
  6. योगेश आदी says:
    April 5, 2013 at 6:09 am

    प्रसंसनिय तस्बिरहरूको साभार = खेलकुद एउटा दरिलो एकताको आधार !!

    Reply
  7. गगने says:
    April 5, 2013 at 4:18 am

    अरु भन्या तेस्तै हो तर एक पटक इन्डियालाई धुलो चटाउनि गरि हरायको सुन्न देख्न पाय हुन्थ्यो भन्या हो!

    Reply
  8. Ram Thapa Magar says:
    April 5, 2013 at 3:54 am

    यो राष्ट्रियताको भाबना खेलमा त देख्न पाइयो/तर आगामी चुनाबमा त्यहि देश मारा,लुटेरा,र देशलाई बिदेशीको इशारामा चलाउदै सिक्किमीकरण गराउनेलाई भोट हालियो भने बरबाद भयो/

    Reply
  9. Aman Prakash says:
    April 5, 2013 at 3:08 am

    छेत्री को छोरा नेपाल को क्याप्टेन , बाहुन को छोरा ले उत्कृष्ट बलिङ्ग गर्यो, थकाली को छोरो ले सबै को मन जित्यो अनि सबै नेपाली ले नेपाल नेपाल भनेर ध्वनि गुन्जयो ..कहाँ गए ती तमाम जातियता का खुरापाती? कहाँ गए देश लाई जाति को नाम मा बाड्ने तमाम नकच्चरा नेता हरु, संदेश स्पस्ट छ जनता देश लाई माया गर्छन , नेपाल नेपाल हामी गर्व गर्छौ देश मा

    Reply
  10. Pramod says:
    April 5, 2013 at 2:05 am

    खेलकुदमा खासगरी क्रिकेट मा लगानी बढाउनु पर्यो , सभासद र मन्त्रि को खर्च घटाएर

    Reply
  11. dipak shrestha says:
    April 4, 2013 at 7:39 pm

    नेपालको इज्जत र प्रतिष्ठाको लागि नेपाली दाजुभाई दिदीबहिनीहरु हरेक कदममा साथ
    दिन तयार छ भन्ने यो एउटा जोलन्त उदहारण हो |तसर्थ मुलुकको बागडोर समाल्हने
    राजनीतिज्ञ हरुले अब पनि जनभावनाको खेलाँची गर्न थालेमा एसको परिणाम गम्भीर
    हुने भयकोले समयमै सचेत होअऊ|

    Reply
  12. samip says:
    April 4, 2013 at 7:35 pm

    अब चै एउटा stadium बन्नै पर्ने भो येत्रो craze देख्दा

    Reply
  13. Rajan Upriti says:
    April 4, 2013 at 7:31 pm

    बेकार को काम | ब्यापार, कारखाना, शिक्षा, बिज्ञान, प्रबिधि र अन्य बिकाश कार्यमा कसैलाई कुनै प्रोत्साहन छैन (त्यस्तो प्रोत्साहन भए म किन विदेश बस्नु पर्थ्यो?), यस्तै अनुत्पादक कार्यमा सबै रुखमा झुण्डी झुण्डी खेल हेर्न बस्छन | अर्को नेपालमा फस्टाएको फेसन शो र मिस नेपाल उद्योग |

    Reply
    1. Aakar Bhushan Nepali says:
      April 4, 2013 at 8:56 pm

      मित्र राजन जी,
      त्यति धेरै मानिसहरु खुशी भएको देखेर तपाई किन खुशी हुन नसकेको? अरुको खुशीमा खुशी हुन नसक्नु पो कतै हाम्रो देशको बिडम्बना त होइन ? बीसौं शताब्दीको शुरुतिर जर्मनीमा जन्मनु पर्ने मान्छे हुनु हुन्छ जस्तो छ, कसरि नेपालमा पैदा हुनु भयो ?

      Reply
    2. Kamal says:
      April 4, 2013 at 9:39 pm

      आफु केहि गर्न नसकेर बढी लोभ गरेर विदेश जाने लाई के थाहा देशप्रेम , खेलकुदको बिकाश नै सम्पूर्ण बिकाशको सूचक हो …….

      Reply
      1. Rajan Upriti says:
        April 5, 2013 at 1:36 am

        ओहो, कस्तो उत्तम विचार | त्यसो त २०१२ ओलम्पिकमा ४ स्वर्ण पदक ल्याउने उत्तर कोरीया त २ पदक ल्याउने Switzerland, Norway भन्दा वा १ पदक ल्याउने Canada, Swden अझ BENELUX भन्दा बिकशित हुनु पर्ने हो नि, किन त्यसका जनतालाई एक छाक पनि खान धौ धौ छ ?

        Reply
        1. ram sharma says:
          April 6, 2013 at 6:24 am

          राजनजी यो BENELUXभन्ने देश चाही कहाँ रहिछ ह. तपाई जस्तो विदेश गएका लाही थाहा होला कि ?? फेरि उत्तर कोरियाकाले खाने पाका छैनन भन्नु भो कतै अरु ले भन्या सुन्या कि आफ्नै आँखा ले देख्या ?? नखाना पाका भए कसरि खेलेर जिते होलान येसो विचार गरम त ??

          Reply
    3. ANEAL KHADGI says:
      April 4, 2013 at 10:21 pm

      बेकार को काम रे ?? यो कुनै फेसन सो वा मिस नेपाल उद्योग होइन ….एउटा खेलमा पाएको सफलताले कुनै पनि देश संसार माझ परिचित हुन्छ ..जस्तै फुटबल ले गर्दा हामी ब्राजिल भन्ने देश चिन्दछौ …यो कुनै बेकार को चिज हो ?????..राजन जी तपाइले के गर्नु भयो देशका लागि ..विदेश गएर कुन देशको सेवा गर्दै हुनु हुन्छ ?? आफ्नो देशको इज्जत को लागि ज्यान दिएर खेल्ने खेलाडी अनि खेल जित्न को लागि हौसला दिने हामी सच्चा नेपाली तपाइको लागि बेकार भयो ?? धन्य तपाईको सोच ….

      Reply
    4. Prakash says:
      April 6, 2013 at 4:30 am

      राजनजी लाई auta सानो उखान संग हालौ न
      क्रिकेट खेल्ने मुर्ख हेर्ने महामुर्ख भनेझै किन महामुर्ख ले क्रिकेट हेर्ने
      महामुर्ख ले हेरे पछि यस्तै हो ..

      Reply
  14. jitman Rai 'sabin" says:
    April 4, 2013 at 6:44 pm

    अन्तर्राष्ट्रिय खेलमा फुटबलले दिन नसकेको खुशी क्रिकेटबाट पाउदै छन् नेपाली दर्शकहरुले । राम्रो कामको लागि दर्शक ( जनता) को साथ र सहयोग अवस्य हुन्छ भन्ने दह्रो उदाहरण हो यो प्रस्तुत तस्बिरहरु । अरु धेरै के बोल्नु र….देख्नेहरुले बुझेकै होला हैन र ?

    Reply
  15. sanjeev adhikari says:
    April 4, 2013 at 5:49 pm

    धन्य नेपाली क्रिकेट अनि क्रिकेट प्रेमी ……….. टि २० २० एबम डिभिजन ३ मा सफलताको अग्रिम सुभकामना

    Reply
  16. shristi shah says:
    April 4, 2013 at 4:55 pm

    जे होस् नेपाल को हार नमानेर उन्नतिको खुड्किलो मान्न सकिन्छ/ मा पनि त्रिपुरेसोर बाट गाडी चढ्न नसकेर जान सकिन/सबै कुरालाई सकारात्मक हेर्नु पर्छ/नेपाल जस्तो देश का खेलाडीले येत्ति उत्साह का साथ खेल्नु नै हाम्रो सफलता हो/

    Reply
  17. Ajeya says:
    April 4, 2013 at 3:40 pm

    जित हार खेल को सामान्य प्रक्रिया हो / आज हार्ने भोलि जित्छ त्यसमा चिन्ता लिनु हुन्न / नेपालले हिजो राम्रो खेल्यो / प्रारम्भिक ब्याटमेन अलि चलेर १५० भन्दा माथि स्कोर पुगेको भए खेल अर्कै हुन्थ्यो / हिजो बलर हरु पनि चलेनन / पारसले अफ्ठ्यारो समयमा सारै राम्रो खेले / अनि दर्शक हरु ले राम्रो साथ् दिए / हाम्रो परिचय हुल्याहा दर्शक बाट सभ्य दर्शक मा बदलियो / नेपाली टिम लाई आगामी दिन मा अझै सफलता मिलोस / खेल को माध्यम बाट हामि नेपाली को एकता अझै बढोस /

    Reply
  18. तेन्जिंग गाबा says:
    April 4, 2013 at 3:35 pm

    मलाई धेरै जनाले सोधेका थिए,,,,,,, ” नेपालीहरुले पनि क्रिकेट खेल्छ र ?”
    अस्ति र हिजोको खेल हेरेर मैले जवाफ दिए,,,,,,,,,” नेपालले धेरै जसो त् जित्छ नै “

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme