Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जय शम्भो ! शुभ शिवरात्री !!

Posted on March 9, 2013March 9, 2013 by Salokya


हिन्दुहरुको महान चाड महाशिवरात्रीको अघिल्लो रात यस्तो देखियो।



31 thoughts on “जय शम्भो ! शुभ शिवरात्री !!”

  1. अनिल मिश्र says:
    March 11, 2013 at 12:12 pm

    शिव शिव शिवेति शिवेति वा
    भव भवेति भवेति भवेति वा
    हर हर हरेति हरेति वा
    भजतरे शिवमेव निरन्तरम् !!
    कर्पूर गौरम् करुणावतारम् |
    संसारसारम् भुजगेन्द्रहारम् ||
    सदा वसन्तम् हृदयारविन्दे |
    भवम् भवानी सहितम् नमामि ||

    Reply
  2. Brish says:
    March 10, 2013 at 5:32 pm

    सत्यम शिवं सुन्दरम!!!!

    Reply
  3. murari says:
    March 10, 2013 at 4:45 pm

    हे शिव! रास्ट्रिय सहमति को सरकार को नेतृत्व गर,पार्वती लाइ उप प्रम बनाउ,गणेश लाइ ग्रिह मन्त्रि, नारद लाइ संचार मन्त्रि र अरु मन्त्रि नन्दी भ्रिंगी लाइ बनाउ,

    Reply
  4. प्रदिप न्यौपाने नेपाली says:
    March 10, 2013 at 3:57 pm

    भगवान शिवको १०८ नामहरु
    1. शिव – कल्याण स्वरूप
    2. महेश्वर – माया को अधीश्वर
    3. शम्भू – आनंद स्स्वरूप भएका
    4. पिनाकी – पिनाक धनुष धारण गर्नु हुने
    5. शशिशेखर – सिर मा चंद्रमा धारण गर्ने
    6. वामदेव – अत्यंत सुंदर स्वरूप भएको
    7. विरूपाक्ष – डर लाग्दो आँख भएका
    8. कपर्दी – जटाजूट धारण गरेका
    9. नीललोहित – नीले र रातो रंग भएका
    10. शंकर – सबैको कल्याण गर्ने
    11. शूलपाणी – हाथमा त्रिशूल धारण गरेका
    12. खटवांगी – खाट को एक पांग्रा राख्ने
    13. विष्णुवल्लभ – भगवान विष्णु को आत्मिय
    14. शिपिविष्ट – सितुहा मा प्रवेश गर्ने
    15. अंबिकानाथ – भगवति को पति
    16. श्रीकण्ठ – सुंदर कण्ठ भएका
    17. भक्तवत्सल – भक्त हरु लाइ अत्यंत स्नेह गर्ने
    18. भव – संसार को रूप मा प्रकट हुने
    19. शर्व – कष्टहरु को नष्ट गर्ने
    20. त्रिलोकेश – तीनै लोकहरु को स्वामी
    21. शितिकण्ठ – सेतो कण्ठ भएका
    22. शिवाप्रिय – पार्वती को प्रिय
    23. उग्र – अत्यंत उग्र रूप भएका
    24. कपाली – कपाल धारण गरेका
    25. कामारी – कामदेव को सत्रु
    26. अंधकारसुरसूदन – अंधक दैत्य लाइ मर्ने
    27. गंगाधर – गंगा जी लाइ धारण गरेका
    28. ललाटाक्ष – ललाटमा आँख भएका
    29. कालकाल – कालको पनि काल
    30. कृपानिधि – करूणा ले भरपुर भएका
    31. भीम – भयंकर रूप भएका
    32. परशुहस्त – हाथमा डमरु धारण गरेका
    33. मृगपाणी – हाथमा हिरणलाइ धारण गरेका
    34. जटाधर – जटा राखेका
    35. कैलाशवासी – कैलाश को निवासी
    36. कवची – कवच धारण गरेका
    37. कठोर – अत्यन्त मजबूत शरीर भएका
    38. त्रिपुरांतक – त्रिपुरासुर लाइ मारेका
    39. वृषांक – गोरुको चिह्न भएको झंडा वाले
    40. वृषभारूढ़ – गोरुको सवारी गर्ने
    41. भस्मोद्धूलितविग्रह – पुरै शरीर मा भस्म लगाउने
    42. सामप्रिय – सामगान संग प्रेम गर्ने
    43. स्वरमयी – सातै स्वरहरु मा निवास गर्ने
    44. त्रयीमूर्ति – वेदरूपी विग्रह गर्ने
    45. अनीश्वर – जसको कुनै अरु कोई मालिक छैन
    46. सर्वज्ञ – सबैकुरा कुछ जानेका
    47. परमात्मा – सबै आत्माहरुक आत्मा
    48. सोमसूर्याग्निलोचन – चंद्र, सूर्य र अग्निरूपी आँख भएका
    49. हवि – आहूति रूपी द्रव्य भएका
    50. यज्ञमय – यज्ञस्वरूप भएका
    51. सोम – उमा(पार्वती) सहित रूप धारण गरेका
    52. पंचवक्त्र – पांच मुख भएका
    53. सदाशिव – नित्य कल्याण रूप भएका
    54. विश्वेश्वर – सारै विश्व को ईश्वर
    55. वीरभद्र – बहादुर भएर पनि शांत रूप भएका
    56. गणनाथ – गणों हरुको स्वामी
    57. प्रजापति – प्रजाहरु को पालन गर्ने
    58. हिरण्यरेता – स्वर्ण तेज भएका
    59. दुर्धुर्ष – कसै संग पनि नडराउने
    60. गिरीश – पहाड़हरु को मालिक
    61. गिरिश – कैलाश पर्वत मा सुत्ने
    62. अनघ – पापरहित
    63. भुजंगभूषण – साँप को आभूषण लगाउने
    64. भर्ग – पापी हरु लै दण्डित गर्ने
    65. गिरिधन्वा – मेरू पर्वत लाइ धनुष बनाउने
    66. गिरिप्रिय – पर्वत प्रेमी
    67. कृत्तिवासा – गजचर्म लगाउने
    68. पुराराति – पुरहारको का नाश गर्ने
    69. भगवान् – सर्वसमर्थ षड्ऐश्वर्य संपन्न
    70. प्रमथाधिप – प्रमथगणों को अधिपति
    71. मृत्युंजय – मृत्यु लाइ जितेका
    72. सूक्ष्मतनु – सूक्ष्म शरीर भएका
    73. जगद्व्यापी – जगत् मा व्याप्त भएर रहने
    74. जगद्गुरू – जगत् को गुरु
    75. व्योमकेश – आकाश रूपी कपाल भएका
    76. महासेनजनक – कार्तिकेय (कुमार ) को पिता
    77. चारुविक्रम – सुन्दर पराक्रमि
    78. रूद्र – भक्तों हरुको दुख देखेर रुने
    79. भूतपति – भूतप्रेत र पंचभूतों को स्वामी
    80. स्थाणु – स्पंदन रहित कूटस्थ रूप भएका
    81. अहिर्बुध्न्य – कुण्डलिनी को धारण गर्ने
    82. दिगम्बर – नग्न, आकाशरूपी वस्त्र लगाउने
    83. अष्टमूर्ति – आठ रूप भएका
    84. अनेकात्मा – अनेक रूप धारण गर्ने
    85. सात्त्विक – सत्व गुण भएका
    86. शुद्धविग्रह – शुद्धमूर्ति
    87. शाश्वत – नित्य (सधै) रही रहने
    88. खण्डपरशु – टुटेको हुआ हलो धारण गर्ने
    89. अज – जन्म रहित
    90. पाशविमोचन – बंधनहरु बाट छुड़ाउने
    91. मृड – सुखस्वरूप भएका
    92. पशुपति – सम्पूर्ण पशुहरुको मालिक
    93. देव – स्वयं प्रकाश रूप
    94. महादेव – देव हरु को पनि देव
    95. अव्यय – खर्च हुदा पनि नघटने
    96. हरि – विष्णुस्वरूप
    97. पूषदन्तभित् – पूषा भन्ने दानवको दांत उखालेका
    98. अव्यग्र – कहिलै पनि व्यथित नहुने
    99. दक्षाध्वरहर – दक्षको यज्ञ को नष्ट गरेका
    100. हर – पापीहरु र त़पहरु दुवै गर्नेको उद्दार गर्ने
    101. भगनेत्रभिद् – भग देवता को आंख फोडेका
    102. अव्यक्त – इंद्रियों को आगाडी प्रकट नहुने
    103. सहस्राक्ष – अनंत आँख भएका
    104. सहस्रपाद – अनंत खुट्टा भएका
    105. अपवर्गप्रद – कैवल्य मोक्ष दिने
    106. अनंत – देशकालवस्तुरूपी परिछेद बाट पर रहेका
    107. तारक – सबै लाइ तारिदिने
    108. परमेश्वर – सबै इश्वर हरुको पनि ईश्वर

    Reply
  5. Mohan says:
    March 10, 2013 at 2:20 pm

    शिव शिव शिवेती शिवेती वा
    भव भवेति भवेति भवेति वा
    हर हर हरेती हरेती वा
    भाजतरे शिवमेव निरन्तरम !!

    Reply
  6. Pankaj says:
    March 10, 2013 at 2:13 pm

    जय शम्भो गाजा कम भो !!!

    Reply
  7. junu rana says:
    March 10, 2013 at 1:45 pm

    जय जय शिव सम्भो .
    आज महासिभ रात्रि को खुसियालीमा मेरी बहिनि को अल्पायु मै मृतु भएको छ.हे प्रभु, उनलाई हजुरको चरण मा बास दिनु ..

    Reply
  8. Bishnu Nepali says:
    March 10, 2013 at 12:47 pm

    वन्दे देव उमा पतहीम सुरगुरुम वन्दे जगत कारणम
    वन्दे पन्नागा भूशानम मृग धारम वन्दे पशुनापतिम
    वन्दे सूर्य शशांक वह्नी नयनम वन्दे मुकुन्द प्रियं
    वन्दे भक्त जना आश्रयम छ वरदम वन्दे शिव शंकरम

    Meaning:
    I bow down to the Lord of Uma (Parvathi), the divine Guru, the cause of the universe.
    I bow down to the Lord who is adorned with snake and wears tiger skin, the Lord of all creatures.
    I bow down to the Lord whose three eyes are the sun, moon and fire and to whom Lord Vishu is near.
    I bow down to the Lord who is the refuge of all devotees and the giver of boons, Shiva Shanakara.

    Reply
  9. suresh panta says:
    March 10, 2013 at 12:29 pm

    जय शम्भो

    Reply
  10. S. R. Shakya says:
    March 10, 2013 at 11:33 am

    राजाहरुले पशुपतिनाथले रक्षा गरुन भन्दाभन्दै आफ्नै वंशनाश भएर आखिरमा राजतन्त्र नै विस्थापित भएको उदाहरण देख्दादेख्दै अझ पनि वरदान मागीहिदने नेपालीहरुको बुद्धि कहिले सुध्रिने हो ?

    Reply
    1. तेन्जिंग गाबा says:
      March 10, 2013 at 1:33 pm

      एकादेशमा
      एक जना “महामुर्ख घोर नास्तिक डाकु” रहेछन, धर्म-कर्म को त् के कुरो भगवानको त् नाम मात्र पनि सुनेको रहेनछन / उनको एक मात्र काम वा पेशा डकैति रहेछ / एक पटक चोरी-डकैतीको शिलसिलामा प्रहरीको लेखेटाईमा परेछ त्यो नास्तिक-डाकु /अनि भाग्दै भाग्दै भाग्दै जादा पुराण बाचन भैरहेको स्थानमा पुगेछन, त्येही भक्तजनहरुको समुहमा मिसिएर त्यो डाकु त्येही लुकेर बसेछन, उक्त समयमा पण्डितले कथा बाचन गर्दैरहेछन, कृष्णलीलाको
      “,,,,,,,,, हीरा-मोति-मणि-माणिक्याको गहनाले धपक्क बलेको एउटा सानो बालक श्रीकृष्ण वृन्दाबनमा गाइ चराउन सधै जान्थे,,,,,,,”
      यति कथाम्स त्यो डाकुको कानमा के परेको मात्र थियो उनको मनमा फेरी लोभ-पाप जन्मिएछ अनि सरासर लगेछन बृन्दाबन तर्फ / अनि त्येही वृन्दाबनमा लुकेर केहीछिन बसेपछि श्रीकृष्ण हिरा-मोति-गरगहनाले सजिसजाउ भएर बासुरी बजाउदै बजाउदै त्येही उनको अगाडी नै आइपुगेछन/ डाकुले समय खेर नफाली सबै भएजति गरगहना लुटेरा सुइकुच्चा ठोकेछन् तर बाटोमा तिनले अलिक गमेछन,
      “,,,,होइन त्येस्तो घना जंगलमा त्येत्रो गहना सहित सानो नाबालक कसरि आए ह,,,,,,,? ”
      यो कुरो बुझ्न उनि फेरी त्येही अघिकै कथाबचक पण्डित कहा पुगेछन र इति वृतान्त बताएछन् / जसै उनले वृतान्त बताए त्यो पण्डित त्यो डाकुको पाउमा परेर प्रणाम गरेछन र भनेछन
      “,,,,,,हे महात्मा !! जसले भगवान छ भनेर पूर्ण रुपमा बिश्वास गर्छ भगवान उसैलाई मात्र प्राप्त हुन्छ, तपाइलाइ पनि श्रीकृष्ण बृन्दाबनमा त्येसरी प्रकट हुन्छ भन्ने पूर्ण बिश्वास थियो त्येसैले भगवान त्यहा प्रकट हुनु भयो, सबै भन्दा ठुलो कुरो आस्था-बिस्वाश हो ,,,,,,,,”

      जय ! शम्भो !!

      Reply
    2. bibek dhakal says:
      March 11, 2013 at 10:33 am

      शाक्य जी, जहासम्म लाग्छ तपाइँ बुद्ध धर्मालाम्वी हुनुहुन्छ र म आफै जन्मले हिन्दु भएतापनि मेरो बुद्ध धर्म तिर झुकाव छ. तपाइले फलो गर्ने वज्रयाना धर्ममा पनि हिन्दु हरु को झैं काल्पनिक देवी देवता शक्तिहरुको पुजा हुन्छ नि , हैन र? अनि बुद्ध, जो आफैले मेरो मुर्ति पुजा नगर्नु भनेका थिए, लाइ तपाइहरु पुजा गर्नु हुन्छ. त्यो लम्पसार परेर स्तुपा हरु अगाडी गरिने नमस्कार पनि त आखिर बरदान मागेकै बराबर हैन त? हुन त यो सब मन बहलाउने आस्थाको कुरा मात्र हो तर पनि यसो गरिब धनि, सिक्षित अशिक्षित सबैले गर्छन! शिवरात्री एउटा परापुर्व काल देखि चलि आएको चाड हो र यसलाई मानाउदैमा शिव खुसि भएर त्यो मिथोलोजीकल सिरियल मा देखाको जस्तो बरदान दिने पनि हैनन् ! हरेक देशमा चाड पर्व हरुको आफ्नै महत्व हुन्छन , चाहे बिकशित होस् वा अविकशित – कोहि भगवान मा विस्वास गरेर मान्छन, कोहि खालि रमाइलोको लागि….र विस्वास गर्दैमा केहि बिग्रिहालने पनि हैन, किनकि आजको जमानामा मान्छेले सबैकुरा भगवान भरोसे छोड्ने पनि त गर्दैनन् नि …. एउटा सकारात्मक उर्जा को स्रोत पनि त बन्न सक्छ नि विस्वाश! त्यसैले यस्ता चाडपर्व हरुलाई “पाखण्ड” सोचेर तिरस्कार गर्नु भन्दा एउटा सांस्कृतिक सम्पदा सम्झेर समय र परिस्थिति अनुसार अलि अलि परिमार्जित गर्दै मनाउनु ठिक हुन्छ 🙂

      Reply
  11. Hiradhan says:
    March 10, 2013 at 10:14 am

    जय शम्भु!!
    आज नेपाल मा भएको भय कस्तो बबाल हुने थियो जिन्दगी जेल जस्तै बितौना परेको छ!
    सम्पूर्ण देश बिदेस मा बस्ने समस्त हामी नेपाली लै शिवजी भोले बाबा ले कल्याण गरुन जय शम्भु!!

    Reply
  12. तेन्जिंग गाबा says:
    March 10, 2013 at 8:33 am

    कर्पूर गौरम् करुणावतारम् |
    संसार सारम् भुजगेन्द्रहारम् ||
    सदा वसन्तम् हृदयारविन्दे |
    भवम् भवानि सहितम् नमामि ||

    तेन्जिंग गाबा

    Reply
  13. bibek dhakal says:
    March 10, 2013 at 8:01 am

    समस्त हिन्दु धर्मालम्बी र बिशेष “शैविक” धर्म मान्नेहरुलाई शुभकामना!
    अनि प्रसाद खाने ब्रो हरु चाही अलि लिमिट मा खानु 🙂
    जय शम्भो!

    Reply
  14. binata says:
    March 10, 2013 at 7:59 am

    जय शम्भो!!! सबै को कल्याण गर !!!!!!!!

    Reply
  15. स्वयम्भु सौरभ उपासक says:
    March 10, 2013 at 7:48 am

    ~ ~ ‘सिलाच:र्हे’या शुभकामना ~ ~
    (महाशिवरात्री को उपलक्ष्यमा ‘भिन्तुना’)

    नेपालया नेता लिसें नेपा:मि झी सकसीत ,
    थुलि वर थब्यु महाद्यो व गणेश ! जिमित –
    जिमिगु सोच जुइमा – सत्य ,शुद्ध अले सुन्दर ,
    शिवयागु किपा जा:गु नुग: जुइमा मन्दिर !

    Reply
  16. रबिन्द्र राज गिरी says:
    March 10, 2013 at 7:23 am

    जय शिब शम्भो, शान्ति र सुब्यबस्था कम हो !

    Reply
  17. मदनमणि says:
    March 10, 2013 at 6:15 am

    सबै रात्रीफोटोग्राफी निक्कै राम्रो छ। अन्तिमको सबै भन्दा राम्रो लाग्यो मलाई। हृयाप्पी शिवरात्री।

    Reply
  18. punya hawaii says:
    March 10, 2013 at 6:01 am

    सर्ब प्रथम देबाधिदेब माहादेबले यी रातोदिन कुर्सिको लागि मात्र चिन्तन गर्ने नेताहरुलाई देश र जनताको लागि चिन्तन गर्ने सद्बुद्धि प्रदान गरुन।अनि यस पावन दिनको अबसरमा सम्पूर्ण हिन्दुहरुमा मङ्गलमय शुभ कामना।

    Reply
  19. fulmaya says:
    March 10, 2013 at 5:56 am

    बमबम भोले …जय शम्भो
    आजको यो शिवरात्रीको दिन मा घरको कैलाशपति शम्भु भोले बाबा संग बिन्दाश भयर गाजा को पकौडा,अनि दुध मा लट्टे को प्रसाद खायर,कैलाशपति संग मस्ती गरिन्छ, बमबम भोले……

    Reply
  20. krishary says:
    March 10, 2013 at 5:54 am

    शिवरात्रीको उपलक्ष्यमा संपुर्ण नेपालीहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु!
    जय भोले बाबा…तर अर्ध नंगी बाबा हरुलाई चाई जथाभाबी नांगे झार हुन र जथा भाबी गाजा र चरेस खान बन्द गर्नु पर्छ! परम्परा भनेको मान्नु पर्छ तर गलत परम्परा लाई चाई परिमार्जन गर्नु पर्छ!

    Reply
  21. Suraj Shrestha says:
    March 10, 2013 at 5:13 am

    हे भोलेनाथ,
    यी राक्षस नेताहरुलाई कमसेकम पशु बनाई तपाई नाथ बनिदिनुस
    अनि सहमतिमा आइ नेपालमा संविधान बनाउन हामी सफल हौं

    “काशी कश्मिर अजब नेपाल” अब फेरी न होस् !!!!

    सुरज

    Reply
  22. Lakshman says:
    March 10, 2013 at 2:54 am

    HAPPY MAHA SHIVARATRI !!!!

    Reply
  23. Ram Thapa Magar says:
    March 10, 2013 at 2:42 am

    अमेरिका युरोप जस्ता देशका राष्ट्रपति प्रधान मन्त्रीहरुले सपथ लिदा उनीहरुको धर्म ग्रन्थ बाइबल माथि हात राखेर लिन्छन/तर हाम्री जस्तो देशका नेताहरुले सपथ लिदा इश्वरका नाममा भन्न पनि छोडे/हे पशुपति नाथ बाबा,आराध्य देब यी अन्जान नेताहरुलाई पनि रक्षा र क्षमा गर,संसार भर रहेका हिन्दुहरुको रक्षा गर प्रभु/

    Reply
  24. Bhawani Pradhan says:
    March 10, 2013 at 1:29 am

    ओम नमो शिबय नमो

    Reply
  25. गगने says:
    March 9, 2013 at 11:56 pm

    ॐ नम्: शिवाए!
    ‘जय शम्भो कैलाशपती पशुपति भोले बाबा!’
    आजको यो शिवरात्रीको दिन चाँही माया मोह, यस्को तेस्को, तेरो मेरो, बाद् बिबाद बहस सब छाडेर बिन्दाश बिताउ कम्तिमा आजको दिन! यी शिव भक्त हरू जस्तै, कैलाशपति महादेवको अनुयायी जस्तै बिन्दाश बिताउ!
    सबै भक्तजन अनुयायी र हिन्दु धर्मालम्बीहरूलाई यो महा शिवरात्रीको पावन अबसरको हार्दिक बधाई!

    Reply
    1. Niranjan Thapa says:
      March 10, 2013 at 3:06 am

      हे प्रभु एमाले का नेता हरु लाइ सद्बुद्धि देउ | तेसै गरि राम शरण महत र उ जस्ता नेता हरु लाइ पनि बुद्धि देउ | तेसै गरि बाबुराम भट्टराई र भगवान कोइराला जस्ता हरु अझै जन्माउ अनि देश मा अझै धेरै राम्रो काम गर्न लाइ शक्ति प्रधान गर |
      र अन्य नेपाली जनता एबम संसार का समस्त प्राणी जगत लाइ राम्रो होस | र पार्टी का कर्येकर्ता (जुन सुकै पार्टी ) हरु को कुभलो होस् |
      ल प्रभु डमरु बजाएर यो भक्त को पुकार सुन्नुहोस |
      Happy महाशिवरात्रि !!!

      Reply
  26. Bishnu Adhikari says:
    March 9, 2013 at 10:51 pm

    जय हो शम्भु भोले बाबा सबैको रक्षा गर नेता भनाउदा हरु लै सद्बुद्दी देउ सबै तिम्रा शरण
    बिष्णु अधिकारी

    Reply
  27. Ram Raj Khakurel says:
    March 9, 2013 at 10:25 pm

    ऊं नम शिवाय !!

    Reply
  28. NP Giri, USA says:
    March 9, 2013 at 10:11 pm

    जय शम्भो …..पशुपतिनाथले सबै नेपाली लाई कल्याण गरुन …. देश लुट्ने हरुको संहार गरुन …..फटाहा नेताको कुभलो गरुन …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme