Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लागू नहुँदै विदेशबाट आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने आदेश हट्यो

Posted on December 18, 2021December 18, 2021 by Salokya

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बच्‍नका लागि नेपालले गरेका र गर्न खोजेका उपायहरु कतिसम्म अपरिपक्व र तयारी बिनाका हुन्छन् भन्ने उदाहरण आज देखिएको छ। हिजो शुक्रबार बेलुका अध्यागमन विभागले एउटा सूचना जारी गर्दै ६७ वटा देशबाट नेपाल भित्रिनेले ७ दिन आफ्नै खर्चमा होटलमा र त्यसपछि पीसीआर परीक्षण नेगेटिभ आएमा थप ७ दिन घरमा क्वारेन्टिन बस्नुपर्ने आदेश जारी गरेको थियो। तर २४ घण्टा पनि नबित्दै शनिबार बिहान अर्को सूचना जारी गर्दै त्यो आदेश खारेज भएको छ। हुनत भन्नलाई त्यो आदेश ‘अर्को सूचना नभएसम्मका लागि स्थगित’ भनिएको छ।

हिजो जारी गरिएको त्यो सूचना आफैमा अस्पष्ट थियो। त्यो आदेश कहिलेदेखि लागू गरिने भन्ने नै स्पष्ट थिएन। सूचनामा मंसिर १३ को मन्त्रिपरिषद्को हवाला दिइएको थियो, सूचना भने पुस २ गतेको थियो।

तयारी बिना जारी गरिएको आदेश अन्ततः २४ घण्टा नबित्दै हटेछ।

अपडेट : अध्यागमन विभागका प्रवक्ता झङ्कनाथ ढकालका अनुसार ६७ देशको लिस्टमा एउटा मात्र ओमिक्रोन पोजिटिभ भेटिएका देश पनि रहेकोले हाललाई सूचना स्थगित गरिएको हो। भोलि विदा हो, पर्सितिर अर्को सूचना जारी हुनसक्छ। होटल क्वारेन्टिनको व्यवस्था अहिलेलाई स्थगित भएको हो, हटेको हैन।

अब पुरानो आदेश भने कायम रहने भनिएको छ। यस्तो छ पुरानो आदेशमा-

3 thoughts on “लागू नहुँदै विदेशबाट आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने आदेश हट्यो”

  1. Jamaldhoj says:
    December 19, 2021 at 8:07 am

    It only shows although Oli is gone but lethargic mess and immaturity in policy decision making and running administration practiced during Oli’s 3 and half years are well sustained. Bidambana!!

    Reply
  2. Mahendra Gorkhali says:
    December 18, 2021 at 1:56 pm

    हैट, Other notices “relted” पो अरे, प्रुफरीडर राख्नु पर्छ विभागले अंग्रेजी राम्रो आउदैन भने।
    क्वारेण्टिनमा जबर्जस्ती बसाउन खोजेका होटेलमालिकहरुको खुशियाली फेरी २४ घण्टा नबित्दै बितेछ त।

    Reply
  3. Pingback: ‌ओ‌मिक्रोन सतर्कता : ६७ देशबाट नेपाल आउनेले सात दिन होटल क्वारेन्टिन बस्‍नुपर्ने – MySansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme