Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अचम्म ! हातैले प्लेन धकेलेको देखियो : अरु कुन ठाउँमा यस्तै घटना भएका रहेछन्?

Posted on December 1, 2021December 1, 2021 by Salokya

हामीले नेपालीले चारपाङ्ग्रे गाडी हातैले धकेलेर गुडाएको त धेरै नै देखेका छौँ। खासमा काठमाडौँ खाल्डोमा त गाडी नै मान्छेहरुले बोकेर ल्याएका थिए। किनभने त्यतिबेला बाटो थिएन। तर आज अलि अचम्मैको दृश्य देखियो- एउटा प्लेनलाई मान्छेले धकेल्दै गरेको। खगेन्द्र खड्काले टिकटकमा आज अपलोड गरेको भिडियो एकैछिनमा भाइरल भयो। उनको भिडियो कपि गर्दै धेरैले ‘नेपाली हो नि’, ‘नेपालमा मात्र देखिने घटना’ भन्दै फेसबुक, ट्विटरतिर पनि हाल्न थाले। मिडियाको पनि ध्यान गयो। उनीहरुले पनि त्यसलाई साभार गरे।

@khagendrakhadka6124 काेल्टि मा तारा एरोपेलेन को टायर पत्किदा यस्तो छ हालत पुरै प्यासेन्जर लागेर साइड गरेर पनि धनगढी मा आइयो। @kopilagiri30 ♬ original sound – Khagendra Khadka

भएको के रहेछ ?

खासमा तारा एयरको यो जहाजको टायर पड्किएको रहेछ बाजुराको एयरपोर्टमा। रनवेमा यो जहाज यत्तिकै रहे अर्को जहाज अवतरण गर्न र उड्न नमिल्ने। उपाय के त ? त्यो विमानस्थलमा अरु केही उपाय भेटिएन। अनि मान्छेहरु मिलेर हातैले धकेलेर जहाजलाई साइड लगाए। अनि अर्को जहाज अवतरण हुनसक्यो।

भिडियोमा प्रहरीसहित मान्छेहरु हातले जहाज धकेल्दै गरेको देखिन्छ।

तारा एयरको यही ट्विनअटर जहाज सन् २०१८ मा पनि नेपालगन्जबाट जुम्ला ल्यान्ड गर्ने क्रममा अनियन्त्रित भएको थियो। जहाजलाई केही क्षति भए पनि १८ यात्रु र चालक दलका तीन सदस्यलाई केही भएन। त्यसैगरी सन् २०१२ मा जुम्लाबाट नेपालगन्ज जाने क्रममा चरा ठोक्किएर फर्स्ट अफिसरलाई चोट लागेको थियो। त्यसपछि पाइलटले प्लेनलाई सुर्खेत डाइभर्ट गरेका थिए।

हातले प्लेन धकेलेको अरु ठाउँमा पनि छ?
नेपालमा त हातले प्लेन धकेलेको यही पहिलो दृश्य हुनुपर्छ। पहिले पहिले भएको भए पनि भिडियो र फोटो देख्न पाइएको थिएन। यस पटक प्रष्ट भिडियो सहित हेर्न पाइयो। तर विदेशतिर भने यो भन्दा ठूलो प्लेन पनि हातले धकेलेको भिडियो हेर्न पाइने रहेछ। केही उदाहरण हेरौँ है त-

नाइजेरिया

एक वर्षअघि अपलोड गरिएको यो भिडियो नाइजेरियाको रहेछ। त्यहाँ ठूलो प्लेनलाई मानिसहरुले हातले धकेलिरहेका देखिन्छन्।

साइबेरिया

यो चाहिँ साइबेरियाको भिडियो। हिउँमा अड्किएपछि यात्रुहरुले प्लेनलाई धकेलेको यो दृश्य बीबीसीले देखाएको थियो।

बीबीसीले त्यतिबेला एउटा स्टोरीसमेत गरेको थियो- प्लेन धकेल्न कति सजिलो छ?

इन्डोनेसिया

यो इन्डोनेसियामा भएको घटना सन् २०१८ को हो। यो पनि त्यतिबेला इन्टरनेटमा खुबै हेरिएको थियो।

चीन


यो चाहिँ सन् २००७ मा चीनमा भएको घटना रहेछ। पानी परेर बाढी आएर विमानस्थलमा पसेपछि यसरी हातैले धकेलेर प्लेन हटाएका रहेछन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme