Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल्होसार विदा : ‍सक्कली विज्ञप्ति आउनुअघि नक्कली भाइरल, आइन्दा नझुक्किन यसो गर्नुस्

Posted on December 29, 2021 by Salokya

क्रिसमसको अवसरमा शनिबार परे पनि सार्वजनिक विदा घोषणा गरेको सरकारले गुरुङहरुको पर्व तमु ल्होसारमा विदा दिने अनुमान त पहिलेदेखि नै गरिरहेकै हो। तर गएरातिदेखि पानी परेर चिस्सिएको मौसममा विदा घोषणा भएको सक्कली विज्ञप्ति आउनुअघि नै नक्कली विज्ञप्ति भाइरल भइदियो।

त्यो विज्ञप्ति नक्कली हो भनेर बनाइएका समाचार पाठकले पढ्न थाल्दासम्म सक्कली विज्ञप्ति आएर समाचारै पुरानो बनिसकेको पनि देखियो। खासमा सरकारले पुस १५ गते बिहीबार तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिएकै हो। तर नक्कली विज्ञप्तिले झुक्याउनु झुक्यायो मान्छेलाई। यस्तो नक्कली विज्ञप्तिबाट भविष्यमा नझुक्किनका लागि के गर्ने भन्ने बारे केही टिप्स।

गोरखापत्रमा प्रकाशित समाचार। यो समाचार ढिला हेर्नेका लागि समाचारै झुट्टा जस्तो लाग्न सक्छ। किनभने यो समाचार प्रकाशन भइसकेपछि विदाको निर्णय पनि भइसक्यो र विज्ञप्ति पनि आइसक्यो। तर समाचार त्यसअनुसार अपडेट नहुँदा पुरानो समाचारले नै उल्टो भ्रम फैलाए जस्तो हुनगयो। 

सबैभन्दा पहिला यो झुक्किने परिस्थितिको सिर्जना सरकारले नै गरेको हो। सरकारले २०७८ सालका विदाहरु बारे २०७७ सालमा नै राजपत्रमा सूचना निकाल्छ। त्यसमा उभौली, क्रिसमस र तमु ल्होसारलाई पनि सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि विदा हुने जनाइएको थियो। पछि मन्त्रिपरिषद्ले निर्णय गर्दै सबैलाई सार्वजनिक विदा दिने निर्णय गरिएको हो। यस्तो निर्णय सामान्यतया एक दिनअघि मात्र हुने गरेकोले पनि कन्फ्युजन हुने गरेको छ।

धेरैले सामाजिक सञ्जालमा कसैले लेखेको वा पोस्ट गरेको कुरालाई आधार मानेर पत्याउने गरेको पाइयो। तर सामाजिक सञ्जालमा आउने सबै कुरा सधैँ सही हुन्छ भन्ने छैन। कतिपय बेला झुट्टा सूचनाहरु पनि त्यसमा पाइन्छ।

त्यसैले कसैले राखेको पत्याइहाल्नुभन्दा पनि आफैले थोरै खोजे सही जानकारी पाएर गलत जानकारीबाट मूर्ख हुनबाट जोगिन सकिन्छ।

कसरी त ?

तपाईँले के थाहा पाउनु पर्‍यो भने सार्वजनिक विदा सम्बन्धी निर्णय मन्त्रिपरिषद्को बैठकले गर्छ। र, त्यसको जानकारी गृह मन्त्रालयले विज्ञप्तिबाट गर्छ।

कुनै दिन सार्वजनिक विदा हुने हो भने सामान्यतया अघिल्लो दिन गृह मन्त्रालयले विज्ञप्ति जारी गर्छ। विज्ञप्ति गृह मन्त्रालयको वेबसाइटमा राखिएको हुन्छ।

गृह मन्त्रालयको वेबसाइट कण्ठ हुँदैन भने सजिलो छ, आफ्नो मोबाइल वा ल्यापटप अथवा डेस्कटपमा गुगलमा गएर home ministry nepal लेखेर सर्च गर्नुस्। यस्तो देखाउँछ

सबैभन्दा माथि क्लिक गर्नुस्। अथवा याद गर्नुस् गृह मन्त्रालयको वेबसाइट- moha.gov.np

त्यसमा क्लिक गर्ने बित्तिकै देखिने ठाउँमा सूचना राखिएको हुन्छ। जस्तै अहिले साइट खुल्ने बित्तिकै देखिने गरी सूचना राखिएको छ-

 

यसरी नखुले पनि साइटमा रहेको सूचना वा प्रेस विज्ञप्तिमा क्लिक गर्दा तपाईँले खोजेको जानकारी भेटिन्छ। यदि गृह मन्त्रालयको वेबसाइटमा विज्ञप्ति राखिएको छैन भने जो कोहीले फेसबुकमा राखेको सूचना आधिकारिक मान्न सकिँदैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme