Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा पनि छापिएको थियो शून्य रुपैयाँको नोट

Posted on December 27, 2021 by Salokya

केही दिनअघि अनलाइनखबरमा ‘किन छापियो भारतमा शून्य रुपैयाँको नोट ?’ शीर्षकको समाचार छापिएको रहेछ। त्यो देखेर मलाई एउटा पुरानो ब्लग याद आयो। नेपालमा पनि यस्तै खालको शून्य रुपैयाँको नोट छापेर बबाल गरिएको थियो। त्यो सम्झिएर पुरानो ब्लग धूइँपत्ताल खोजेँ, भेट्न निकै गाह्रो पर्‍यो। सन् २०१२ को अप्रिल महिना उताका ब्लगहरु अर्काइभ गरेर छुट्टै सबडोमेनमा राखिएको थियो। तर अहिले ब्लगको प्राविधिक काम हेर्नेले बेवास्ता गरिदिँदा ती अर्काइभ खोज्दा नभेटिने बिजोग हुन पुग्या छ। तैपनि अनेक उपाय लगाएर खोज्दा बल्ल अर्कै ठाउँमा भेटियो। खासमा त्यो शून्य रुपैयाँको नोट सार्वजनिक गर्दा सानोतिनो ‘काण्ड’ नै मच्चिएको थियो।