Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल बाहिरका ‘काठमान्डु’

Posted on December 16, 2021 by Salokya

काठमान्डु भन्ने बित्तिकै हामीले सम्झने भनेको नेपालको राजधानी हो। अहिले त राजधानी पनि धेरै भए। अब त संघीय राजधानी भन्नुपर्छ क्यारे।

तर ‘काठमान्डु’को यो लोकप्रिय नाममा कपिराइट छैन। र त, विश्वका विभिन्न देशमा पनि ‘काठमान्डु’ पाइन्छन्। काठमान्डुको वासिन्दा भएकोले यसो चासो लागेर गुगलमा खोज्दा भेटिएका नेपाल बाहिरका केही काठमान्डुको एक एक गरी परिचय दिने कोशिश यसमा गरेको हुँ।

काठमान्डु : मेड इन चाइना

यो बारे सन् २०१६ मा ब्लग लेखिसकेको छु। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

ट्रेकिङका लागि चाहिने महँगा सामानहरु उत्पादन र बेच्ने ब्रान्ड हो काठमान्डु। काठमान्डु ब्रान्डबारे सन् २००९ मा नै एउटा ब्लग माइसंसारमा आइसकेको छ। (यहाँ क्लिक गरी पढ्नुस्) सन् २०१३ मा अर्को ब्लग थियो – मनाङमा भेटिएको अस्ट्रेलियन ‘काठमान्डु’ (यहाँ क्लिक गरी पढ्नुस्)

काठमान्डु बाइक

युरोपेली साइकल कम्पनी क्युबको एउटा उत्पादनको नाम पनि हो काठमान्डु। काठमान्डु नाममा यसले धेरै थरिका हाइब्रिड इबाइक उत्पादन गर्छ। हाइब्रिड अर्थात् ब्याट्री र प्याडल दुवैले चलाउन सकिने। यता हेर्नुस् सूची यसको मूल्य हजार युरोभन्दा माथिका छन्।

एन्डोराको ‘होटल काठमान्डु’


एन्डोरा युरोपको एउटा फुच्चे देश (माइक्रो स्टेट) को नाम हो। ४६८ किलोमिटर क्षेत्रफल भएको यो देशको जनसंख्या साढे ७७ हजार मात्रै छ। विश्व मानचित्र हेर्दा फ्रान्स र स्पेनको बीचतिर पर्ने यो फुच्चे देशमा एउटा होटल हाम्रै राजधानीको नाममा रहेको छ- होटल काठमान्डु।

अरु थुप्रै नेपाल बाहिरका काठमान्डु पनि छन्। त्यसबारे अर्को ब्लगमा। तपाईँको नजरमा पनि छन् भने हामीलाई जानकारी दिनुहोला है।

2 thoughts on “नेपाल बाहिरका ‘काठमान्डु’”

  1. Subash says:
    December 17, 2021 at 2:13 pm

    https://www.tripadvisor.com/Attraction_Review-g580303-d1088311-Reviews-Katmandu_Park-Magaluf_Calvia_Majorca_Balearic_Islands.html

    Reply
  2. Milan says:
    December 16, 2021 at 11:57 pm

    https://www.nytimes.com/2017/08/31/dining/while-in-kathmandu-review-queens.html

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme