Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‌ओ‌मिक्रोन सतर्कता : ६७ देशबाट नेपाल आउनेले सात दिन होटल क्वारेन्टिन बस्‍नुपर्ने

Posted on December 17, 2021December 18, 2021 by Salokya

अपडेट : यो आदेश स्थगित भएको छ। थप जानकारी पढ्न यहाँ क्लिक गर्नुहोला।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नेपालले पनि आवागमनमा कडाइ थालेको छ। अध्यागमन विभागले आज सूचना जारी गर्दै ६७ देशबाट नेपाल आउनेहरुले सात दिन होटलमा र त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएमा थप सात दिन घरमा क्वारेन्टिन बस्नुपर्ने बताएको छ।

आवागमनमा कडाइ गरिएका अधिकांश देशहरु युरोपेली छन् जहाँ अहिले ओमिक्रोनको संक्रमण बढ्दो छ। अमेरिका पनि त्यो सूचीमा छ भने एसियाका थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, कोरिया, माल्दिभ्स रहेका छन्।

मध्यपूर्वका जोर्डन, लेबनान जस्ता देशहरुबाट आउनेले पनि यही नियम पालना गर्नुपर्छ।

यसअघि नेपालले २ डिसेम्बरमा दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मालावी र हङकङबाट आउने वा त्यहाँ ट्रान्जिट भएका वा तीन हप्ताभित्र त्यता गएको ट्राभल हिस्ट्री भएकाहरुलाई नेपाल प्रवेश गर्न रोक लगाइसकेको छ।

यस्तो छ आजको आदेश

अरु देशहरुको हकमा यस्तो छ व्यवस्था-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme