Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: मिडिया

हुँदै नभएको प्रदर्शनको ‘समाचार’ बनाउने अनलाइनहरुबाट पत्रकारले सिक्नु पर्ने पाठ

Posted on January 21, 2024 by Salokya

बालेन नेतृत्वको काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउन लागेको विरोधमा बाबुराम भट्टराई, रवि लामिछाने, ऋषि धमला लगायतले शुक्रबार प्रदर्शन गरे भन्दै केही अनलाइन मिडियामा फोटोसहितको समाचार आयो। ती समाचारहरुको चर्चा सोसल मिडियामा पनि भयो। ती मिडियाको समाचार पत्याएर हजारौँले फेसबुकमा रियाक्ट गरे, सयौँले कमेन्ट गरे। त्यसो नगर्नेहरुले पनि आफ्नो एक किसिमको विचार बनाए। तर नेपालफ्याक्टचेक… Continue reading

सरकारको लाज जोगाइदिने ‘गोरखापत्र’

Posted on December 30, 2023December 30, 2023 by Salokya

हिजो त्यत्रो ठूलो घटना भयो राजधानीमा। इपिएस विवादमा झडप हुँदा दुई जना युवकको ज्यान गयो। मन्त्रीको गाडी जलाइयो। शान्तिसुरक्षामा प्रश्न उठ्यो। हुनत हिजै सबैले यो खबर पाइसके। तर यो पक्कै पनि आजको पत्रिकामा फ्रन्ट पेजकै समाचार थियो। तर यस्तो समाचार आयो भने त सरकारलाई ‘लाज’ हुन्छ। त्यसैले सरकारको लाज जोगाइदिन अग्रसर भएछ सरकारी मुखपत्र ‘गोरखापत्र’… Continue reading

कान्तिपुर टिभीले रातारात गायब पारेको एउटा समाचार यस्तो छ

Posted on December 27, 2023December 27, 2023 by Salokya

कान्तिपुर टेलिभिजनको आधिकारिक वेबसाइट कान्तिपुरटिभी डट कममा सोमबार राति एउटा समाचार राखियो। अरु समाचार जस्तै यो समाचारलाई पनि फेसबुक र ट्विटरमा पनि सेयर गरियो। तर रातारात त्यो समाचारलाई ‘स्यालको सिङ’ बनाइयो। अहिले तपाईँले त्यो समाचारमा क्लिक गर्नुभयो भने कस्तो हुन्छ, यहाँ क्लिक गरी हेर्नुस्। आखिर के थियो त्यो समाचार? किन त्यसरी गायब पारियो? जान्न मन… Continue reading

रवि लामिछाने जोडिएको ‘खोया’ फलोअपमा कान्तिपुरले छुटाएका महत्त्वपूर्ण विषयहरु

Posted on December 25, 2023December 26, 2023 by Salokya

राजन अधिकारी (@ADH_RAJAN) आज ‘कान्तिपुर’ले फ्रन्ट पेजमा पोखराको सूर्यदर्शन सहकारी स्क्याम बारे ३-३ जनाको संयुक्त रिपोर्टिङ छापेको छ। त्यहाँ जीबी राईको फोटो राखिनुसम्मको औचित्य देखिन्छ किनभने जीबी सो सहकारीका हर्ताकर्ता थिए/हुन्। तर सँगै रवि लामिछानेको फोटो राखिएको मात्रै छैन, सिंगो रिपोर्टिङको केन्द्र नै बनाइएको छ। २ जनाको फोटोसँगै त्यहाँ एक छानबिन समितिको प्रतिवेदनको एउटा पेज/चिर्कटो… Continue reading

दीक्षान्तमा ‘गिनिज वर्ल्ड रेकर्ड’ भन्दै कसले झुक्याएछ टियुलाई अनि मिडियालाई ?

Posted on December 18, 2023December 18, 2023 by Salokya

हिजैदेखि अनलाइन मिडियाहरुमा होहल्ला थियो त्रिभुवन विश्वविद्यालय (टियु)को आजको दीक्षान्त समारोहमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधि आउने, धेरै दीक्षित हुनेमा वर्ल्ड रेकर्ड बन्ने भनेर। आजका फोटो र समाचार हेर्दा भने गिनिज बुक हैन अर्कै नामै खासै नसुनिएको संस्था अफिसियल वर्ल्ड रेकर्डसको पो प्रमाणपत्र दिएका रहेछन्। केही अनलाइनहरुले सुटुक्क समाचार सच्याए, केहीले अझै सच्याएका छैनन्।

कोर्ट रिपोर्टिङको बिजोग भाग ३ : सर्वोच्चले एउटै मुद्दामा दुई पटक कारण देखाऊ आदेश दिन्छ?

Posted on November 27, 2023November 27, 2023 by Salokya

मुद्दा हाल्ने एउटै व्यक्ति। प्रतिवादी पनि एउटै। मुद्दा पनि एउटै। अनि सर्वोच्च अदालतले त्यही मुद्दामा दुई दुई पटक फरक फरक इजलासबाट कारण देखाऊ आदेश जारी गर्छ ? कान्तिपुर, नागरिक, गोरखापत्र लगायतका नेपालका मूलधारे छापा र अनलाइन मिडियाहरुलाई पत्याउने हो भने त गर्दो रहेछ। जबकि यस्तो हुनै सक्दैन। कोर्ट रिपोर्टिङको हुर्मत लिने समाचार गएको साता नेपालका… Continue reading

टिकटकमा भन्दा छाडा जोक सरकारी अखबारको सम्पादकीय पेजमा

Posted on November 23, 2023 by Salokya

मन्त्रिपरिषद्ले टिकटक एपमा प्रतिबन्ध लगाउने निर्णयबारे जानकारी दिने क्रममा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सद्‍भाव र पारिवारिक रुपमा हेर्ने नमिल्ने कन्टेन्टहरुलाई कारण बताएकी थिइन्। तर, तपाईँलाई थाहा छ, आज मात्रै सरकारी स्वामित्वको अखबारको सम्पादकीय पेजमा टिकटकमा भन्दा छाडा जोक छापियो। पत्याउनु भएन ? आउनुस् म तपाईलाई देखाउँछु।

बजगाइँको अन्तर्वार्ताको यो भिडियो कता हरायो ? जनता जान्न चाहन्छ

Posted on October 17, 2023October 17, 2023 by Salokya

अलि अगाडि तपाईँले ब्लग पढ्नुभएकै होला- ‘क’बाट कछुवा, ‘ख’- खरायो, ‘नागरिकन्युज’को यो समाचार कता हरायो? यति बेलासम्म त्यो हराएको समाचार हराएको हरायै छ। कन्टेन्ट हराउने यो रोग अनलाइनमात्र होइन, अब टेलिभिजनमा पनि सरेको छ। केही अघि स्पेस फोर के टेलिभिजनबाट प्रसारण भएको एउटा प्रोमो नै हराएको थियो। खैर त्यसबारे सम्बन्धित टेलिभिजनले नै प्रष्ट पारिसकेको छ… Continue reading

अनमोल केसीलाई पत्रकारहरुले नर्भिक अस्पतालमा भर्ना गराए, प्रहरीले चैँ चिरायुमा

Posted on September 30, 2023September 30, 2023 by Salokya

पक्राउ परेर हिरासतमा राखिएका व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्‍यो भने कसले गर्छ? पक्कै पनि प्रहरीले ! तर शनिबार अचम्म भयो। सब मिडिया मिलेर प्रहरीको हिरासतमा रहेका अनमोल केसीलाई थापाथलीको नर्भिक अस्पतालमा भर्ना गराए। अनलाइनखबर, सेतोपाटीदेखि अरु धेरै भुरेटाकुरे अनलाइनले अनि अस्ति भर्खर बन्द गरेर अब सुध्रिन्छु भनेर फर्कीआएको रुटिन अफ नेपाल बन्दले समेत अनमोललाई नर्भिक अस्पतालमा… Continue reading

अनमोल केसी पक्राउ पर्दा देखा परेका ‘१० पैसे’ अनलाइन :)

Posted on September 30, 2023 by Salokya

हिरो अनमोल केसी हिजो पक्राउ परेको खबर आयो। फिल्ममा त धेरै पटक पक्राउ परेका थिए, तर समाचार चाहिँ फिल्मको हैन, साँच्चिकै हो रे भनेर अनलाइनहरु पढ्दा थाहा पाइयो। खासमा एउटा अनलाइन पढेर सबै जानकारी पाउन पाए अरु अनलाइनहरु चहार्नै पर्दैन थियो। तर के गर्नु, हाम्रा अनलाइनहरु त्यस्ता छैनन्। एउटा मात्र पढेर कुरा बुझिन्न, धेरै वटा… Continue reading

‘क’बाट कछुवा, ‘ख’- खरायो, ‘नागरिकन्युज’को यो समाचार कता हरायो?

Posted on September 28, 2023September 28, 2023 by Salokya

सानोमा एउटा बालगीत निकै चलेको थियो- ‘क’बाट कछुवा, ‘ख’- खरायो, खरायोको सिङ छैन, कता हरायो ! पछि यो गीत रिमिक्स गरेर नयाँ पनि बनाइयो। अब यसैलाई थोरै पत्रकारिताको टोन दिएर नयाँ रिमिक्स गराएर हेडलाइन हालेको। कुरो बुझेपछि तपाईँले पनि हेडलाइनमा झैँ गीत गाउन सक्नुहुन्छ। सबैभन्दा पहिला नागरिकन्युजको यो लिङ्कमा क्लिक गर्नुस् – https://nagariknews.nagariknetwork.com/economy/1306391-1695876474.html केही खुल्यो… Continue reading

हाम्रा साना न्युजरुम एआईले जोगाउन सक्ला त ?

Posted on September 20, 2023September 20, 2023 by Salokya

संसार भरका दुई हजार भन्दा बढी खोज पत्रकारहरु अहिले स्वीडेनको गोथनबर्गमा भेला भएका छन्। यहाँ आजदेखि इन्टरन्यासनल इन्भेस्टिगेटिभ जर्नलिजम कन्फ्रेन्स हुँदैछ। यसैमा सहभागी हुन म पनि केही साथीहरुसँग यहाँ आएको छु। कन्फ्रेन्स सुरु हुनुभन्दा एक दिनअघि प्रि-कन्फ्रेन्स डे थियो र मुख्य विषय थियो एआई। अनि त्यसैको एउटा सेसन थियो- एआईले साना न्युजरुम कसरी बचाउन सक्छ… Continue reading

मिडिया हाउसको लबिङले काम गरेन, रक्सीको विज्ञापन राख्‍न नपाउने अन्तरिम आदेश कायमै

Posted on September 12, 2023 by Salokya

कानुनमा स्पष्ट उल्लेख भए पनि रक्सीको विज्ञापनलाई ‘चोर बाटो’बाट अनुमति दिलाइ पाउन मिडिया हाउसहरुले गरेको लबिङ खेर गएको छ। भदौ २५ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको इजलासले न्यायाधीश नहकुल सुवेदीले दिएको अन्तरिम आदेशको निरन्तरता हुने आदेश गरेको छ। उक्त अन्तरिम आदेश खारेज गर्न नेपाल विज्ञापन संघले रिट हालेको थियो। पछिल्लो पटक तीन वटा… Continue reading

अकस्मात् हराएको ‘नेपाली मिडियामा चीनको प्रभाव’सम्बन्धी रिपोर्ट, के-के संशोधनपछि पुनः प्रकाशित भयो?

Posted on September 7, 2023September 8, 2023 by Salokya

गएको अगस्त ४ तारिखमा पहिला ट्विटरको नामले चिनिने एक्समा @CsifNepal ह्यान्डलबाट एउटा ट्विट गरियो जसमा लेखिएको थियो- CESIF को अध्ययनमा पछिल्लो समयमा चीनको फेरिदो नेपाल नीति र त्यसको कार्यान्वयनमा चीनले कसरी मिडियालाई प्रयोग गरिरहेको छ र बद्लिदो भूराजनीतिक परिदृश्यमा नेपालमा त्यसको प्रभाव कस्तो छ भनेर विश्लेषण गरिएको छ।  यो ट्विट खासै धेरै फैलिएको थिएन। यो… Continue reading

बालेनलाई सन्तान लाभको बधाई, तर मिडिया के भा’का ?

Posted on September 3, 2023September 3, 2023 by Salokya

नलगाइएको आगो सल्किएर हैरान छ अहिले मिडिया र सोसल मिडियामा। यसको केन्द्रमा छन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह। हिजो राति उनले फेसबुकमा लेखेको एउटा स्टायटस यति छिटो फैलियो कि मूलधारका मिडियाले आफ्नो हैसियत प्रष्ट देखाए। बालेनले राति ९ बजेर २१ मिनेटमा ‘सिंहदबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ भनेर के लेखेका थिए, मिडिया त्यसलाई कपिपेस्ट… Continue reading

अल्छी पत्रकारिताको परिणाम : ‘पूर्णपाठ’ भन्दै पाठकलाई यातना

Posted on August 28, 2023August 28, 2023 by Salokya

ललिता निवास प्रकरणमा हिजो सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गर्‍यो। यो समाचार त तपाईँले हिजो मिडियामा देखिसक्नुभयो नै होला। तर त्यो अभियोग पत्रमा खास कुरा के के छ भन्ने तपाईँलाई थाहा छ ? तपाईँहरु मध्ये थोरैलाई मात्र यसबारे जानकारी होला। किनभने यो सब बुझिने गरी कसैले लेखेकै छैन। कसैले लेखेकै भए पनि तपाईँको… Continue reading

असंवेदनशील पत्रकारिता : आत्महत्या प्रयासको समाचार बनाउन होडबाजी

Posted on August 26, 2023August 26, 2023 by Salokya

शनिबार नेपाली अनलाइन मिडियाहरुमा एउटा होडबाजी देखियो, आत्महत्या प्रयासको समाचार कसले पहिला दिने, कसले बढीभन्दा बढी कुरा खुलाएर छरपष्ट पार्ने। उनीहरु को सबभन्दा असंवेदनशील हुने भन्ने दौडमा थिए। जाने बुझेका पत्रकारहरुले नै आफ्नो अनलाइनमा यस्तो व्यवहार देखाएपछि झन् सामाजिक सञ्जालको भीडको त के कुरा गर्नु! उसै पनि एउटा सद्दे मान्छेलाई विचलित बनाउने गरी आएका हुन्छन्… Continue reading

मदिराको विज्ञापन मुद्दामा नयाँ अपडेट : सर्वोच्चमा पुग्यो सरकारको ‘निवेदन’

Posted on August 15, 2023August 15, 2023 by Salokya

सर्वोच्च अदालतले गएको वर्ष फागुनमा दिएको एउटा अन्तरिम आदेश मिडिया साहुहरुको टाउको दुखाइको विषय भएको छ। यही आदेशपछि उनीहरुले आफ्नो आम्दानीको एउटा ठूलो हिस्सा हुँदै आएको रक्सीका विज्ञापनमा रोक लाग्यो। त्यसो त मिडिया साहुहरुले आदेशलाई अटेर गरी विज्ञापन छापिरहेकै थिए। तर सर्वोच्चको आदेशविरुद्ध कम्पनी नै जान नचाहेपछि उनीहरुले मात्र के गरुन् ! हैरान भएर ‘सम्पादक… Continue reading

जे लेखे पनि हुने हो आर्थिक पत्रकारितामा ?

Posted on July 6, 2023July 6, 2023 by Salokya

देशमा अरु कुरा नफस्टाए पनि ‘बिट पत्रकारिता’ निकै फस्टाएको छ। त्यही मध्ये एक हो- आर्थिक पत्रकारिता। अर्थ अर्थात् धन देखेपछि महादेवका पनि तेस्रो नेत्र खुल्छ भन्ने त उखानै छ। देशमा लगभग ५ सय जना त आर्थिक पत्रकार नै रहेछन्। यो ठ्याक्कै यति नै भनेर भएको तथ्याङ्क होइन। अनुमानित हो। अनुमान लगाउने एक जना आर्थिक पत्रकारको… Continue reading

ललिता निवास प्रकरणमा समाचार पढ्ने र लेख्नेहरुको अलमल

Posted on July 4, 2023July 4, 2023 by Salokya

गएको असार १२ गते प्रहरीले भाटभटेनीका साहु मीनबहादुर गुरुङलाई पक्राउ गरेको खबरसँगै सेलाइसकेको ललिता निवास प्रकरण फेरि बहसमा आयो। तर जेरी झैँ घुमाइएको कारण अझै पनि यो प्रकरणका समाचार पढ्ने र लेख्नेहरुको अलमल प्रष्टै देख्न सकिन्छ। त्यो दिन भाटभटेनीका साहुसहित सात जनालाई पक्राउ गरेको समाचार आएको थियो सुरुमा। तर त्यही दिन साँझ तीन जनालाई प्रहरीले… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 15
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme