Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: मिडिया

कानुन व्यवसायीसँग पत्रकारले पैसा लिएको आरोपपछि उठेको बहस

Posted on April 29, 2023April 30, 2023 by Salokya

जापानमा बसे पनि नेपाल र नेपाली पत्रकारिता बारे ट्विट गरिरहने अनन्त कोइरालाले बिहीबार चार वटा ट्विटसहितको एउटा लहरो पत्रकारहरु माझ खुब चर्चाको विषय बन्यो। लहरोको विषय उनले लेखेका थिए – फेरि पत्रकार र हप्ता असुलीका कुरा। कुरो के रहेछ भनेर बुझी हेर्दा हिन्दी फिल्ममा खुब चर्चामा आउने ‘हफ्ता वसूली’को जस्तो नभई अलि बेग्लै किसिमको घटना… Continue reading

सर्वोच्चको आदेश पढ्न नजान्दा लाजै भएछ नाम चलेका अनलाइनहरुलाई

Posted on April 28, 2023April 28, 2023 by Salokya

शुक्रबार अनलाइनहरु हेर्नुभएको भए एउटा समाचार पढेर तिरिमिरीझ्याइँ भयो होला पाठकहरुलाई। कुन समाचार ? पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणनासम्बन्धी एउटा मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशसम्बन्धी समाचार। सर्वोच्चले गरेको अन्तरकालीन अन्तरिम आदेश पढ्न नजान्दा अनलाइनखबर, नेपालप्रेस, लोकान्तर जस्ता अनलाइनहरु नराम्रोसँग चिप्लिए। यति नराम्रोसँग चिप्लिए कि बिचरा ती अनलाइनहरुका सम्पादकलाई लाजै भएछ। चिप्लिएर लडे पनि… Continue reading

सावधान, अनलाइनखबरको नाममा अर्को फिसिङ लिङ्क फेसबुकमा

Posted on April 12, 2023April 12, 2023 by Salokya

अनलाइनखबरको नाममा फेरि एउटा अर्को फिसिङ लिङ्क फेसबुकमा देखिएको छ। सावधान, त्यो लिङ्कले पासो थापेको हो। त्यसमा भएको पासोमा परेर तपाईँले .rar फाइल खोल्नुभयो भने तपाईँ जोखिममा पर्नुहुनेछ। हेर्दा भने त्यो दुरुस्तै अनलाइनखबर जस्तै देखिन्छ।

च्याटजीपीटी भन्दा यसकारण खतरा छन् नेपालका ‘रोबोट’ पत्रकार

Posted on April 7, 2023April 7, 2023 by Salokya

च्याटजीपीटी अहिले विश्वमै चर्चाको विषय बनेको छ। मान्छे हैन मेसिनको बुद्धिले काम गर्छ यसमा। अरु क्षेत्रमा मात्र नभई पत्रकारितामा पनि यसको प्रभाव पर्ने विश्लेषण भइरहेको छ। एउटा विज्ञप्ति दिएर च्याटजीपीटीलाई समाचार लेख भन्यो भने यसले खुरुखुरु समाचार लेखिदिन्छ। अलि फरक गरेर लेख भन्यो भने पहिलेको भन्दा भाषा फरक गरी खर्रर लेखिदिन्छ। तर नेपालका पत्रकार भने… Continue reading

ऋणीको घरमा सुरक्षा गार्ड राख्दा लोकान्तरमा छापिएको समाचार छुमन्तर… गायब !

Posted on April 6, 2023April 12, 2023 by Salokya

अपडेट : ब्लग प्रकाशित भएपछि गायब भएको समाचार पुनः साइटमा देखिएको छ। तपाईँहरुलाई थाहै होला- नेपालमा एउटा यस्तो बैँक छ जसले आफूलाई साथी भएको बताउँछ। राम्रो पनि हाम्रो पनि भन्छ। त्यस्तो राम्रो, हाम्रो, साथीको समाचार एउटा अनलाइनबाट सुटुक्कै गायब भो। कुरो झापाको हो। दमक नगरपालिकाका एक ऋणीले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा… Continue reading

कामु प्रधानन्यायाधीशकहाँ साहु-सम्पादकहरुको ‘ब्रेकफास्ट मिटिङ’, के हो रहस्य?

Posted on March 29, 2023March 30, 2023 by Salokya

मिडियाका ‘साहु-सम्पादक’हरुको एक समूह एक बिहान न्यायपालिका प्रमुखको निवासमा पुगेर ब्रेकफास्ट मिटिङ गरेको ब्रेकिङ न्युज तपाईँहरुले कतै देख्नुभो? अहँ, पक्कै देख्नुभएन। यसलाई यसरी बुझ्नुस्- नेपालमा मिडियाले सबैको समाचार लेख्छ, तर मिडियाकै बारेमा केही लेख्दैन। लेख्न चाहँदैन। लेख्न सक्दैन। राज्यको चौथो अङ्गका रुपमा सम्मान गरिएको मिडियाका साहु-सम्पादकहरु अर्को अङ्गकोमा जानु न्युजको हिसाबले महत्त्वकै कुरा हो। तर… Continue reading

कोर्ट रिपोर्टिङको बिजोग भाग २ : रविको नागरिकताबारे सर्वोच्चको आदेश पढ्न नजान्दा ‘नागरिक’ यसरी चुक्यो

Posted on March 19, 2023 by Salokya

नेपाली मिडियामा कोर्ट रिपोर्टिङ कति सतही रुपमा गरिन्छ, फैसलामा हुँदै नभएको कुरालाई कसरी समाचार बनाएर लेखिन्छ भन्ने बारे ब्लग लेख्ने जमर्को गर्दै गर्दा पहिलो भागमा तपाईँले बालबालिकासम्बन्धी मुद्दामा नजिर बन्ने गरी सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गरेको फैसला बुझ्दै नबुझी नेपालप्रेसले कसरी समाचार लेखेको थियो भन्ने बारे लेखिएको ब्लग छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्। … Continue reading

कोर्ट रिपोर्टिङको बिजोग : फैसला नबुझी कसरी समाचार लेखिन्छ, हेर्नुस् ‘नेपालप्रेस’को नमूना

Posted on March 18, 2023 by Salokya

२०२३ मार्च १५ मा नेपालप्रेसको ट्विटर ह्यान्डलबाट एउटा ट्विट भयो, जसमा लेखिएको थियो- ‘जघन्य र गम्भीर कसूरका आरोपी नाबालिग पुर्पक्षका बेला परिवारसँग बसेको समयलाई पनि सजायसरह घटाउनू’। यो ट्विटमा एउटा समाचारको लिङ्क थियो जसको शीर्षक थियो- ‘११ वर्षे बालकलाई हत्यारा ठहर गर्ने फैसलाले पूर्ण वृहत इजलाससम्म पुगेको सर्वोच्च अदालत’। मुख्य हेडलाइनको मुनि ट्विटमा लेखिएकै कुरा… Continue reading

उपराष्ट्रपति निर्वाचनबारे ‘सेतोपाटी’ समाचार : बिहान ३ जना उम्मेदवार, साँझ ४ जनाको मतपरिणाम

Posted on March 17, 2023March 17, 2023 by Salokya

आज भएको उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। उनी बारा-२ बाट जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए। यसपालि उपराष्ट्रपतिको निर्वाचनमा भद्रगोल गरियो। सुरुमै प्रमुख निर्वाचन आयुक्तले महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको समाचार मिडियाले राखे। तर त्यस्तो समाचार राखेको भोलिपल्ट पुरुषको उम्मेदवारी दर्ता भएको समाचार त्यही मिडियामा आए। यसबारे ब्लग छुटाउनु भएको… Continue reading

सन्दीपको नाममा नभएको विश्व रेकर्ड बनाइदिने मिडिया जसले गल्ती स्वीकारेन

Posted on March 17, 2023 by Salokya

१२ खेलमा ११ जितका साथ अविश्वसनीय रुपमा एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर्समा पुग्ने क्रममा फ्यानहरु भावुक हुनु स्वभाविक हो। तर फ्यान मात्र होइन, नेपाली मिडिया पनि यति साह्रो भावुक भइदिएछन् कि हुँदै नभएको कुरा पनि समाचारका रुपमा लेख्न पछि परेनन्। हिजो एउटा त्यस्तै घटना भयो। युएईविरुद्धको हिजोको खेल नेपालले डकवर्थ लुइस नियम अनुसार जित्यो। तर… Continue reading

सेनाको कीर्तिमानको समाचारमा राससले मिडियाकै मादल यसरी बजाइदिएछ

Posted on February 19, 2023 by Salokya

आज शिवरात्रि, सेना दिवस पनि। सेना दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा रमझम हुने गर्छ। यसपालि अलि फरक गरेछ सेनाले। ५५५ वटा मादल एकैचोटी बजाएर विश्व कीर्तिमानै राखेको भन्दै मिडियाहरुमा समाचार आयो। अधिकांश मिडियामा त्यो समाचार सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले पठाएको रहेछ। तर राससको समाचार आँखा चिम्लेर हाल्दा राससले मिडियाकै मादल बजाइदिएको जस्तो… Continue reading

‘गुगल गर्न बिर्सँदा’ अन्नपूर्ण पोस्टको सम्पादकीयमै गल्ती

Posted on January 9, 2023January 9, 2023 by Salokya

अन्नपूर्ण पोस्टले १७ पुस २०७९ को अङ्कमा एउटा सम्पादकीय लेखेको छ। जसको शीर्षक छ- शासनमै छ फजुल खर्च। सम्पादकीयको अन्तिम अनुच्छेदमा लेखिएको छ- ‘डिल्लीराज खनाल संयोजकत्वको आयोगको सुझाव थियो— मन्त्रालयको संख्या १६ बनाऊ। थुप्रै मन्त्रालयहरू यस्ता छन्, जसलाई गाभ्न सकिन्छ। विभाग ३५ वटामात्रै बनाउने र महाशाखाहरू पनि ३ देखि ५ वटा बनाउने र एउटा मन्त्रालयमा… Continue reading

समाचार नपढी हेडलाइन हालेपछि नयाँ पत्रिकालाई लाज, अनलाइनमा चाहिँ यस्तो चलाखी

Posted on December 15, 2022 by Salokya

आजको नयाँ पत्रिका हेर्नुभएको छ भने एउटा समाचारले तपाईँको ध्यान पनि तान्यो होला। शीर्षक छ- ४८ वर्षपछि फाइनलमा अर्जेन्टिना। बिचरा नयाँ पत्रिकालाई त्यही हेडलाइनले आज निकै लाज भएको हुनुपर्छ। किनभने हेडलाइन गलत छ। सन् २०१४ मा जर्मनी र अर्जेन्टिनाबीच फाइनल खेल भएको र जर्मनीले उपाधि जितेको तपाईँ हामी धेरैले बिर्सेकै छैनौँ। नेपालका अर्जेन्टिनी फ्यानहरुले हारको… Continue reading

मिडियाको गल्ती : राप्रपालाई समानुपातिकमा १७ सिट बाँड्ने ‘नागरिक’ले ‘घण्टी’लाई दियो ७ मात्रै

Posted on December 6, 2022 by Salokya

समानुपातिकको सिट हिसाब निकाल्दा मिडियाले जोडघटाउ बिर्सेर भद्रगोल नागरिक राष्ट्रिय दैनिकको आज (२० मंसिर २०७९) को पहिलो पेजमा ‘समानुपातिकतर्फ १३ लाख मत खेर’ शीर्षकको समाचार छापिएको छ। सो समाचारको ‘क्यारीओभर’ पेज २ मा गरिएको छ। त्यसमा लेखिएको एउटा वाक्यमा ध्यान गयो। लेखिएको थियो- हालसम्मको मत परिणामअनुसार एमालेले करिब ३४ सिट, कांग्रेसको ३२, माओवादी केन्द्रले १४,… Continue reading

झापामा हुँदै नभएको बाघले आतंक मच्चाएको त्यो समाचार..

Posted on September 17, 2022September 17, 2022 by Salokya

झापामा हात्ती आतंकबारे त समाचार निकै आउँछ। तर बाघ भेटिएको वा बाघले आतंक मच्चाएको खबर याद गर्नुभएको छ? पक्कै छैन। तर एक पटक झापामा बाघ भेटिएको समाचार आएको रहेछ। त्यो पनि सरकारी समाचार एजेन्सी राससमा। हुँदै नभएको बाघ भेट्टाइदिने यो समाचार आउनुको पछाडिको कथा झन् रोचक रहेछ। अस्ति झापामा फ्याक्ट चेक बारे पत्रकारहरुसित अन्तर्क्रिया गर्न… Continue reading

समाचार पढ्दापढ्दै स्टुडियोमा बच्चा पसेपछि…

Posted on September 13, 2022September 13, 2022 by Salokya

टेलिभिजनमा लाइभ समाचार पढ्दै गर्दा हुने अनौठा घटनाहरुको बारेमा युट्युबमा प्रशस्तै भिडियो हेर्न पाइन्छ। नेपाली सन्दर्भमा यस्तो उदाहरण भने विरलै पाइन्छ। भर्खरै एउटा त्यस्तै घटना भएको छ। तर यो टिभीमा नभएर रेडियोमा भएको हो। रेडियो भए पनि अचेल फेसबुकमा लाइभ हुन्छन् भिडियो। त्यही भएर दृश्यमा यस्तो हेर्ने मौका पाइएको हो। भयो के भने समाचार पढ्दापढ्दै… Continue reading

माफी मागेको ? प्रायश्चित्त गरेको? : चोलेन्द्रको समाचारमा मिडिया यसरी चिप्लिए

Posted on September 5, 2022September 5, 2022 by Salokya

रञ्जन कोइराला (आफ्नै श्रीमती मारेर लाश जलाउने सशस्त्र प्रहरीका पूर्व डिआइजी) लाई कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले। रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताए। यी केही वाक्य नेपालका नाम चलेकै मिडियामा आएका हुन्। सर्वोच्च अदालतका… Continue reading

‘सम्भवतः’लाई समाचार बनाउँदा फँस्न पुगेको ‘कान्तिपुर’

Posted on August 26, 2022 by Salokya

‘कान्तिपुर’ ले २०७९ भदौ ८ गते बुधबार पहिलो पेजमा एउटा एङ्कर समाचार छाप्यो- ‘पहिलो पटक मतदान गर्दै कैदीबन्दी’ शीर्षकमा। त्यसमा दावी गरिएको छ- ‘२०७९ मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा पहिलो पटक सहभागी गराउन लागेको र यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन पाउँथे।’… Continue reading

एसएसपीको इजलास ? स्रोतको भर पर्दा तथ्य मै चुकेको ‘नागरिक’को एउटा समाचार

Posted on August 16, 2022 by Salokya

पत्रकारितासँग समेत जोडिएको एउटा गम्भीर घटना अहिले निकै चर्चामा छ। घटना सशस्त्र प्रहरी बलसँग सम्बन्धित छ। दार्चुलाको एउटा गणमा गणपति त्रिभुवन विष्टले राशनमा अनियमितता गरेको भन्दै एउटा समाचार छापियो। त्यो समाचारका लागि सूचना सशस्त्रकै हवल्दार नरेशसिंह साहुले पत्रकारलाई दिएका रहेछन्। तर पत्रकारले पत्रकारिताको सामान्य सिद्धान्त अनुसार स्रोतको सुरक्षा गर्नुपर्नेमा नगरी पोल खोलिदिएका रहेछन्। अब गणपतिलाई… Continue reading

एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…

Posted on July 28, 2022July 28, 2022 by Salokya

नारायणगोपालले गाएका थिए- एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। अब यसको रिमिक्स भर्जन सुन्नुस- ‘एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…’ बुझ्नु भएन ? नहतारिनुस् न। म बुझ्ने गरी उदाहरणसहित बताइहाल्छु नि।

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme