माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडियाबारे लेखेको ब्लगले पार्नु पर्ने ठाउँमा ठूलै असर पारे जस्तो छ। ब्लग पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। त्यसको फलोअप ब्लग पनि थियो- माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’ दुई वर्षअगाडि अर्कै कार्यक्रममा माधव नेपाल रोएको भिडियोको स्क्रिनसट राखेर एमालेका दोस्रो… Continue reading
Category: मिडिया
माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’
केही दिनदेखि सामाजिक सञ्जालमा दुई वटा आँसु कथा भाइरल छन्। एउटा आँसु हो- कमेडी च्याम्पियनका बिक्की अग्रवालको। कमेडी सोमा समेत आँसु आवश्यक भएको बेला समाचारमा आँसु किन नचाहिने त? त्यसैले माधव नेपाल रोएको विवरणसहित फोटो भाइरल भएको थियो। यो फोटोको बारेमा नेपालफ्याक्टचेकमा हिजो एउटा फ्याक्ट चेक आएको छ- के हो माधवकुमार नेपाल रुँदै गरेको भाइरल… Continue reading
क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस
विराटनगरमा एउटा अनौठो घटना भएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले आफूलाई मन नपरेको एउटा समाचार पोर्टललाई नै आफ्नो नेटवर्कमा ब्लक गरिदिएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) को काम ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्ने मात्र हो। ग्राहकले जस्तोसुकै सामग्री इन्टरनेटमा हेरुन्, त्योसित उसलाई मतलब हुँदैन। नियामक निकाय अर्थात् दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको अवस्थामा भने कुनै… Continue reading
नेपाली मिडियाले गर्यो मलाला युसुफजाईको ‘हत्या’
मलाला युसुफजाई चिन्नुहुन्छ होइन? नोबल पुरस्कार जित्ने हालसम्मकै सबैभन्दा कम उमेरकी विजेता। पाकिस्तानमा जन्मिएर विश्वभर नाम कमाएकी मलाला अहिले २४ वर्षकी भइन् र महिला र बालिका शिक्षाकी अभियन्ता छिन्। के तपाईँ पत्याउनु हुन्छ- उनको मृत्यु भइसक्यो? नपत्याएर के गर्नु। नेपाली मिडियाले उनको मृत्यु भएको घोषणा गरिसकैको देखियो।
‘कान्तिपुर’को भिडियोमा राँगो : खास कुरा चैँ काँ गो ?
फेसबुक स्क्रोल गर्दै थिएँ। कान्तिपुरको अनलाइन इकान्तिपुरको आधिकारिक फेसबुक पेजको एउटा पोस्ट देखियो। ‘जब राँगोलाई नियन्त्रण लिन एसएलआर चलाउनुपर्यो’ लेखिएको रहेछ। के रहेछ भन्ने जिज्ञासा जाग्यो। क्लिक गरी भिडियो हेरेँ। राँगोको पोस्ट हेरेपछि लाग्यो- खास कुरा चैँ काँ गो- काँ गो !
थाहाखबरले हँसायो : अरुको साहु देखाऊ, आफ्नो साहु लुकाऊ !
थाहाखबर अनलाइनमा एउटा समाचार पढेर निकै हाँसो उठ्यो। जोक लेखिएको थिएन त्यसमा। तर पनि हँसाउने खालको कन्टेन्ट छ त्यसमा। अहिलेको कर्पोरेट मिडियामा काम गर्नेहरुको हैसियत पनि देखाउँछ त्यसले। साउन २४, २०७८ आइतबार प्रकाशित यो समाचारको शीर्षक छ- विद्युत प्रधिकरणसमेत महानगरको कर नतिर्ने सूचीमा समाचार खासमा लामो समयदेखि कर बुझाउन गरेको ताकेतालाई अटेर गरेपछि काठमाडौँ महानगरपालिका… Continue reading
कुलमानका नाममा मिडियालाई फेरि रिङ्ग्याइयो, यस पटक प्रम देउवाको सचिवालयले गरेछ
विद्युत प्राधिकरणको एमडीमा चार वर्षको अवधि सकिएपछि सरकारले फेरि उनैलाई नियुक्त गरेको खबर एक वर्षअघि निकै भाइरल भएको थियो। तपाईँले पनि पक्कै पढ्नु भएको होला। लास्टमा त्यो त फेकन्युज पो रहेछ भन्ने पनि थाहा भयो नै होला तपाईँहरुलाई। किनभने सरकारले कुलमानलाई होइन हितेन्द्रेव शाक्यलाई नियुक्त गर्यो। फेकन्युजहरुको चक्रव्यूहले कसरी फुस्सा बनाइयो भन्ने बारे मैले पोहोरै… Continue reading
कान्तिपुर पब्लिकेशन्ससँगै कान्तिपुर टेलिभिजन नेटवर्क पनि ‘प्राइभेट’बाट ‘पब्लिक’ कम्पनी
कान्तिपुर पब्लिकेशन्ससँगै कान्तिपुर टेलिभिजन नेटवर्क पनि ‘प्राइभेट’ बाट ‘पब्लिक’ कम्पनीमा परिणत भएको छ। कान्तिपुर पब्लिकेशन्सले दुई वटा ब्रोडसिट दैनिक नेपालीमा कान्तिपुर र अङ्ग्रेजीमा काठमान्डु पोस्ट र मासिक नारी म्यागेजिन प्रकाशन गर्दै आएको छ। यसले ट्याब्ल्वाइड ‘साप्ताहिक’ र ‘नेपाल’ म्यागेजिनको प्रकाशन गर्थ्यो तर कोरोना कहरपछि ती बन्द छन्। कान्तिपुर टेलिभिजन नेटवर्कले भने इन्फोटेनमेन्ट च्यानल ‘कान्तिपुर टिभी’… Continue reading
नेपालको मिडियामा नौलो अभ्यास : ‘कान्तिपुर’ अब ‘प्राइभेट’बाट ‘पब्लिक लिमिटेड’ कम्पनी
नेपाली मिडिया क्षेत्रमा एउटा नौलो अभ्यास सुरु हुने भएको छ। अहिलेसम्म नेपालका कुनै पनि मिडिया प्राइभेटबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएकाे जानकारी छैन।* तर ‘कान्तिपुर’ले त्यसलाई तोडेको छ। कान्तिपुर मिडिया ग्रुपभित्रको कान्तिपुर पब्लिकेसन्स यसअघि प्राइभेट लिमिटेड कम्पनी थियो। अब भने यो पब्लिक लिमिटेड कम्पनी बनेको छ। औपचारिक रुपमा कान्तिपुरले यसबारे जानकारी सार्वजनिक गरिनसकेको भए पनि… Continue reading
प्रम देउवा आलोचित भएपछि मन्त्रालयबाट फोटो तोडमरोड, ‘अनलाइनखबर’बाट फोटो नै डिलिट
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी पहिलो सार्वजनिक कार्यक्रमको सामाजिक सञ्जालमा निकै आलोचना भयो। २०७८ साउन ४ गते उनी अमेरिकाले अनुदान दिएको खोप दिन थाल्ने कार्यक्रममा सहभागी थिए। पछाडि ब्यानरमा असार ४ लेखिएको थियो। असार ४ मा त उनी प्रम नै भइसकेका थिएनन्। तर त्यही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने सोही कार्यक्रमको ब्यानरमा ‘श्रावण… Continue reading
किन ‘बुमर्याङ’ भयो ‘बा’ समर्थकको बाँदरे जुलुस ?
मंगलबार काठमाडौँमा अजिबको दृश्य देखियो- बाँदर देखिए सडकमा। बाँदरको मुकुन्डो लगाएका, पछाडि कागजको पूच्छर पनि झुण्ड्याएका। भर्खरै कुर्सी छाडेका केपी ‘बा’को पक्षमा नारा लाउँदै। सत्ताबाट हट्न बाध्य बनाउने प्रचण्ड र माधव नेपाललाई धारे हात लाउँदै। चार हातखुट्टा टेकेर, पूच्छर देखाएर नाच्दै नाराबाजी गरेका उनीहरुको हाउभाउ क्यामेरामा कैद भयो र देशविदेश सबतिर फैलियो। खासमा ओली ‘बा’… Continue reading
‘नागरिक’मा अब पैसा तिरेर फ्रन्टपेज अन्तर्वार्ता छाप्न पाइने भएछ
‘पेड इन्टरभ्यु’ अर्थात् पैसा तिरेर आफूले मन लागेको कुरा राखेर अन्तर्वार्ता मिडियामा छाप्नु वा प्रसारण गर्नुलाई पत्रकारितामा नैतिकताबाट गम्भीर विचलन भएको मानिन्छ। तर यस्तो काम नेपालमा भइरहेकै हुन्छ, खुल्लमखुल्ला नभए पनि। तर राष्ट्रिय मिडियाको फ्रन्टपेजमै पैसा तिरेर अन्तर्वार्ताको ठाउँ पाउनु भनेको चाहिँ अलि अनौठो नै जस्तो लाग्थ्यो। अब त्यो पनि नहुने भो। यदि तपाईँसँग पैसा… Continue reading
अन्नपूर्ण पोस्टको क्युआर कोड स्क्यान गरी-गरी पढेको समाचार : हात्ती आयो फुस्सा :)
अन्नपूर्ण पोस्टले साउन १ गतेदेखि आफ्नो लेआउट परिवर्तन गरेको छ। बजारमा आउने अन्य ब्रोडसिट आकारका दैनिकहरुको परम्परागत शैली भन्दा फरक ट्याब्ल्वाइड/म्यागेजिन शैलीको डिजाइन छ। यी दुई दिनका मुख्य समाचार राजनीति बाहेकका छन्। साउन १ गते पुल बनाउँदाको भूल शीर्षकको समाचार छ भने २ गते सगरमाथासँग शेर्पाको साइनोबारे ठूलो फोटोसहितको मुख्य समाचार छ। नयाँ परिवेशमा पुरातन… Continue reading
किन ‘कान्तिपुर’ले यो ‘स्केच’ छाप्दा माफी माग्नुपर्ने स्थिति आयो?
त्यसो त नेपालमा अर्काको फोटो र समाचार, लेख ड्याम्मै कपि गरेर आफ्नोमा पेस्ट गर्नु सामान्य जस्तै हो। अर्थात् कपिराइटलाई धेरैले राइट टु कपि (कपि गर्न पाउने अधिकार) का रुपमा पनि बुझेका छन्। तर पछिल्लो समय जिम्मेवार नेपाली मिडियामा यसो गर्न हुन्न है भन्ने पनि चेतना बढ्दै गएको छ जुन निकै सकारात्मक हो। आज एउटा मिडियामा… Continue reading
‘कोरोना गार्ड’को नाममा नयाँ पत्रिकाले यस्तो ‘तथ्यविहीन हल्ला’ किन छाप्या होला?
‘कोरोना गार्ड : कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरु नकिन्नु होला। विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड-१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहीन छ।’ स्वास्थ्य मन्त्रालयले बुधबार आफ्नो फेसबुक र भाइबर ग्रुपमा राखेको सन्देशको अंश हो यो। तर त्यसको भोलिपल्ट… Continue reading
राष्ट्रपतिको भित्ते फोटोमा गरियो के? ‘ब्लर’ गरेकोदेखि ‘सेतो पट्टीले छोपेको’सम्मका समाचार
संविधानको धारा नखोली प्रधानमन्त्री नियुक्त गरेको कारण हिजो राष्ट्रपति विद्यादेवी भण्डारी चर्चामा रहेकी थिइन्। चर्चा आज झन् चर्को छ। आज चाहिँ राष्ट्रपतिको भित्ते फोटोका कारण तरङ्ग मच्चिएको हो। सोसल मिडियाका अरु प्रयोगकर्ताहरुको त कुरै छाडिदिउँ, पूर्वमन्त्री लालबाबु पण्डितदेखि लिएर नाम चलेका/नचलेका अनलाइन मिडियाहरुसम्म यही फोटोका पछाडि लागेका थिए। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकको भित्तोमा देखिएको राष्ट्रपतिको… Continue reading
‘कान्तिपुर’ले अर्थ नबुझेर बिगारेको एउटा हेडलाइन
कान्तिपुरको मंगलबारको अङ्कमा तेस्रो पेजमा एउटा समाचार छ, जसको शीर्षक छ- ‘देउवाको पाँचौँ इनिङ’। नेपाली भाषाको नभए पनि नेपाली मिडियाको एकदम प्रिय शब्द हो यो ‘इनिङ’। तर यसको प्रयोग गलत छ। किन? आउनुस् विस्तृतमा बुझौँ।
‘छोटो सम्पादकीय’को प्रशंसामा बाँधिएका पुल भत्काउनु पर्ने भो हजुर यसकारण
सोसल मिडियामा आज नयाँ पत्रिकाको ‘छोटो सम्पादकीय’को प्रशंसामा पुल बाँधिएको हेर्न पाइन्छ। पुल बाँध्न नाम चलेकाहरु नै अग्रसर भएको भेटिन्छ। तर यो पुल अब भत्काउनु पर्ने भो हजुर। क्यार्नी होला त? किन ? पुल अलि पक्की भएको भए राम्रै हुन्थ्यो होला तर जगै बलियो नभएको हुनाले भत्काउनु नै उचित हुन्छ। अब भूमिका नबाँधी खास कुरा… Continue reading
‘हिमालखबर’ले पनि ओलम्पिकमा जान लागेकी खेलाडीको नाम हचुवामा हान्दिने?
कागजमा छाप्न बन्द गरेर अनलाइन मात्र चलाइरहेको ‘हिमाल’ म्यागेजिनको डिजिटल संस्करण हिमालखबरको फेसबुक पेजबाट आएको एउटा समाचारले ध्यान तान्यो। ‘तस्वीरमा कमलाको ओलम्पिक तयारी’ शीर्षक रहेछ। फेरि को कमला ओलम्पिकमा जान लागेछ भन्ने लाग्यो। यो नामकी कोही खेलाडी ओलम्पिकमा जान लागेको त अहिलेसम्म थाहा छैन। हेडलाइनमात्र गलत भएको हो कि भनी त्यसमा क्लिक गरी हेरेँ।
सरकारी मिडियालाई तर्साइदिने बालुवाटारको एउटा ट्विट, जुन अहिले डिलिट भइसक्यो
आज एउटा रमाइलो घटना देखियो नेपाली पत्रकारितामा। यो माथिको ट्विट प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन्। यो ट्विट अहिले उनको टाइमलाइनमा गएर खोज्नुभयो भने देख्नुहुन्न। किनभने त्यो डिलिट भइसकेको छ। तर डिलिट भइसकेको ट्विटले पनि सरकारी मिडियालाई हल्लाइदिएछ।