Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: मिडिया

उपसभामुखको फोटो काण्ड : पत्रकार ‘बायस’ भएपछि बोल्दै नबोलेको कुरा समाचारमा

Posted on July 2, 2023July 2, 2023 by Salokya

संसदमा सभामुखको मात्र फोटो राखियो, उपसभामुखको राखिएन भनेर उपसभामुख इन्दिरा रानाले असन्तुष्टि जनाइन्। संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन्। शनिबार अनलाइन मिडियाहरु हेर्नुभएको भए… Continue reading

काखमा हुर्किएर कोखमा आक्रमण, सामान्य ‘गुगल सर्च’ गर्न नजान्दा सूचनाको संक्रमण

Posted on June 30, 2023July 1, 2023 by Salokya

हेडलाइन पढ्दा अलि कस्तो कस्तो लाग्यो ? यो त ‘कान्तिपुर’ले जस्तै हेडलाइनमा ‘राइमिङ’ मिलाउन खोजेको क्या। अचेल कान्तिपुरमा गजब गजबका राइमिङ हेडलाइन पढ्न पाइन्छ नि तपाईँहरुले याद गर्नुभएको छ कि छैन ? केही उदाहरण- ओजका लागि राखिएका क्रान्तिकारी नाम बने बोझ, छायाशक्तिमाथि अनुसन्धान छायामा। त्यस्तै एउटा हेडलाइन बिहीबार पढ्न पाइयो-  काखमा हुर्किएर कोखमा आक्रमण। एक… Continue reading

झण्डै ४ लाख पब्लिक अब बने ‘नागरिक’का लगानीकर्ता, अबको बाटो कस्तो होला?

Posted on June 27, 2023June 27, 2023 by Salokya

अन्ततः साढे ४३ करोड रुपैयाँको आइपिओ बेचेर नेपालको इतिहासमै पहिलो पब्लिक मिडिया कम्पनी बन्न नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया सफल भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफै गएर चिट्ठा निकालेपछि सोमबार आइपिओ बाँडफाँट पनि सकिएको छ। केही समयपछि यो कम्पनीको सेयर दोस्रो बजारमा पनि कारोबार हुन थाल्नेछ। घाटामा रहेको कम्पनी भए पनि… Continue reading

स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको भाइरल समाचार यसरी सच्याए नेपाली अनलाइनहरुले

Posted on June 7, 2023 by Salokya

पृष्ठभूमि : स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको समाचार नेपालमा भाइरल भयो। खास कुरा के हो नै नबुझी भारतीय मिडियामा आएको समाचारका भरमा नाम चलेका नेपाली अनलाइन मिडियाहरुले यसलाई समाचार बनाए। यसबारे हामीले फ्याक्ट चेक गरी स्वीडिश खेल महासंघ र स्वीडिश सरकारकै भनाई सार्वजनिक गर्‍यौँ। छुटाउनु भएको यहाँ क्लिक गरी पढ्नुस् फ्याक्ट चेक। फलोअप अर्को ब्लग… Continue reading

स्वीडेनमा सेक्स खेलको भाइरल समाचार सेयर गर्नुभएको थियो? हुँदै नभाको ‘समाचार’ लेख्नेका केही कुरा

Posted on June 6, 2023June 7, 2023 by Salokya

अपडेट : ब्लग प्रकाशित भएपछि केही अनलाइनहरुले समाचार हटाएका छन्। विस्तृत विवरण अन्तिममा अपडेट गरिएको छ स्वीडेनमा सेक्सलाई खेलको मान्यता दिइयो र त्यहाँ सेक्स च्याम्पियनसिप हुँदैछ भन्ने खबर केही दिनदेखि सोसल मिडियामा निकै भाइरल भयो। सेक्स विषय नै यस्तै, सबको चासो भइहाल्छ। तर चासो भयो भन्दैमा पोर्न फिल्म हलमा लगाउने कुरा भएन। थोरै पनि ‘कमनसेन्स’… Continue reading

नागरिक IPO सिरिज ४ : ऋण सबै तिर्ने हो भने पनि घाटा मै हुन्छ कम्पनी !

Posted on May 24, 2023 by Salokya

नेपालको इतिहासमै पहिलो पल्ट कुनै मिडिया कम्पनीले आफ्नो शेयर सर्वसाधारणलाई बिक्री गर्दैछ। ब्रोडसिट दैनिक चलाउने मिडियाको स्वामित्व सर्वसाधारणको हातमा आउन लागेको यो पहिलो अवसर हो।  नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारमा गएकाहरुलाई शेयर बिक्री खुला गरिसक्यो भने सर्वसाधारणका लागि जेठ २६ गतेदेखि खुला गर्दैछ।  कुनै पनि कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्दा… Continue reading

‘कान्तिपुर’मा सुधीर शर्माको दोस्रो पटक विदाइ, नयाँ नेतृत्व उमेश चौहानको

Posted on May 21, 2023May 21, 2023 by Salokya

कान्तिपुर राष्ट्रिय दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ। प्रधान सम्पादक सुधीर शर्मालाई दोस्रो पटक कान्तिपुरबाट विदाइ गरिएको छ। शर्माले आइतबार दिउँसो ट्विट गर्दै ‘अबको सम्पादकीय जिम्मेवारी उमेश चौहान’ लाई सुम्पेर जान लागेको बताएका छन्। चौहान झण्डै दुई वर्षअघिदेखि कान्तिपुरमै ‘सम्पादक’को जिम्मेवारीमा थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा थिए। कान्तिपुरको अनलाइनमा प्रकाशित समाचारमा ‘प्रधान सम्पादक सुधीर… Continue reading

शिलापत्रले देखेको ‘नौलो बिरालो’, कुरो मिलेन नि !

Posted on May 16, 2023May 16, 2023 by राजु आचार्य

केही दिनअघि ‘पशुपति क्षेत्रमा देखिएको नौलो बिरालो’ शीर्षकमा शिलापत्र अनलाइनमा प्रकाशित फोटो समाचारले ध्यान खिच्यो। वन्यजन्तुमा रुचि राख्ने र काम गर्ने भए पछि यस्ता समाचारले आकर्षित गरी हाल्छ। समाचारमा क्लिक गरेँ, अन्य जानकारीहरू पनि पढेँ तर ती जानकारीहरूमा विश्वस्त हुन् सकिनँ। समाचारमा लेखिएका यी प्रसंगहरु कति सत्य, कति गफ छन् ? आउनुस् तलका जानकारीहरु पढौँ।

फ्याक्ट चेक : दीपक मनाङ्गे जसलाई मुख्यमन्त्रीले हैन, मिडियाले मात्र मन्त्री बनाएका रहेछन्

Posted on May 16, 2023 by Salokya

अघिल्लो प्रदेश सभाको कार्यकालमा मन्त्री भएका दीपक मनाङ्गे उर्फ राजीव गुरुङ यस पटक पनि मन्त्री बनेको समाचार तपाईँहरुले मिडियामा देख्नुभएको थियो ? पत्याउनु भएको थियो? अनलाइनखबरदेखि उज्यालोसम्म- नाम चलेका नचलेका सबै अनलाइनहरुले लेखेको थियो यो समाचार। तर बुझ्नु पर्ने कुरा के हो भने प्रदेशमा मन्त्री बनाउने काम मुख्यमन्त्रीको हो, मिडियाको होइन। गण्डकी प्रदेशका मुख्यमन्त्रीले दीपक… Continue reading

नागरिक IPO सिरिज २ : कम्पनीको उद्देश्य नै नरहेको विषयमा जनताबाट पैसा उठाएर खर्च गर्न मिल्छ ?

Posted on May 14, 2023May 14, 2023 by Salokya

नेपाली मिडियाको इतिहासमै पहिलो पल्ट कुनै मिडिया कम्पनीको शेयर सर्वसाधारणका लागि बिक्री हुँदैछ। आज वैशाख ३१ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीहरु र कम्पनीका कर्मचारीहरुका लागि बिक्री खुला भएको छ भने सर्वसाधारणका लागि जेठ २६ गतेदेखि बिक्री खुला हुन लागेको छ। योसँगै कम्पनीको विवरणपत्र पनि सार्वजनिक भएको छ। नेपाली मिडिया कसरी सञ्चालन हुन्छ, यसको आर्थिक हरहिसाब,… Continue reading

पूर्व गृहमन्त्री पक्राउ पर्दा अनलाइनहरुका पाँच अलमल

Posted on May 11, 2023May 11, 2023 by Salokya

बुधबार बिहानै धेरैले नसोचेको घटना आइलाग्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण घरबाटै पक्राउ परे। विरलै हुने यस्तो घटनाका बेला छिनछिनको अपडेट थाहा पाउन अनलाइनमा अडियन्सको ओइरो लाग्छ। तर हतपतको काम लतपत त गर्न भएन नि। आज केही अनलाइनहरुको समाचार पढ्दा यस्तै देखियो।

कानुन व्यवसायीसँग पत्रकारले पैसा लिएको आरोपपछि उठेको बहस

Posted on April 29, 2023April 30, 2023 by Salokya

जापानमा बसे पनि नेपाल र नेपाली पत्रकारिता बारे ट्विट गरिरहने अनन्त कोइरालाले बिहीबार चार वटा ट्विटसहितको एउटा लहरो पत्रकारहरु माझ खुब चर्चाको विषय बन्यो। लहरोको विषय उनले लेखेका थिए – फेरि पत्रकार र हप्ता असुलीका कुरा। कुरो के रहेछ भनेर बुझी हेर्दा हिन्दी फिल्ममा खुब चर्चामा आउने ‘हफ्ता वसूली’को जस्तो नभई अलि बेग्लै किसिमको घटना… Continue reading

सर्वोच्चको आदेश पढ्न नजान्दा लाजै भएछ नाम चलेका अनलाइनहरुलाई

Posted on April 28, 2023April 28, 2023 by Salokya

शुक्रबार अनलाइनहरु हेर्नुभएको भए एउटा समाचार पढेर तिरिमिरीझ्याइँ भयो होला पाठकहरुलाई। कुन समाचार ? पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणनासम्बन्धी एउटा मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशसम्बन्धी समाचार। सर्वोच्चले गरेको अन्तरकालीन अन्तरिम आदेश पढ्न नजान्दा अनलाइनखबर, नेपालप्रेस, लोकान्तर जस्ता अनलाइनहरु नराम्रोसँग चिप्लिए। यति नराम्रोसँग चिप्लिए कि बिचरा ती अनलाइनहरुका सम्पादकलाई लाजै भएछ। चिप्लिएर लडे पनि… Continue reading

सावधान, अनलाइनखबरको नाममा अर्को फिसिङ लिङ्क फेसबुकमा

Posted on April 12, 2023April 12, 2023 by Salokya

अनलाइनखबरको नाममा फेरि एउटा अर्को फिसिङ लिङ्क फेसबुकमा देखिएको छ। सावधान, त्यो लिङ्कले पासो थापेको हो। त्यसमा भएको पासोमा परेर तपाईँले .rar फाइल खोल्नुभयो भने तपाईँ जोखिममा पर्नुहुनेछ। हेर्दा भने त्यो दुरुस्तै अनलाइनखबर जस्तै देखिन्छ।

च्याटजीपीटी भन्दा यसकारण खतरा छन् नेपालका ‘रोबोट’ पत्रकार

Posted on April 7, 2023April 7, 2023 by Salokya

च्याटजीपीटी अहिले विश्वमै चर्चाको विषय बनेको छ। मान्छे हैन मेसिनको बुद्धिले काम गर्छ यसमा। अरु क्षेत्रमा मात्र नभई पत्रकारितामा पनि यसको प्रभाव पर्ने विश्लेषण भइरहेको छ। एउटा विज्ञप्ति दिएर च्याटजीपीटीलाई समाचार लेख भन्यो भने यसले खुरुखुरु समाचार लेखिदिन्छ। अलि फरक गरेर लेख भन्यो भने पहिलेको भन्दा भाषा फरक गरी खर्रर लेखिदिन्छ। तर नेपालका पत्रकार भने… Continue reading

ऋणीको घरमा सुरक्षा गार्ड राख्दा लोकान्तरमा छापिएको समाचार छुमन्तर… गायब !

Posted on April 6, 2023April 12, 2023 by Salokya

अपडेट : ब्लग प्रकाशित भएपछि गायब भएको समाचार पुनः साइटमा देखिएको छ। तपाईँहरुलाई थाहै होला- नेपालमा एउटा यस्तो बैँक छ जसले आफूलाई साथी भएको बताउँछ। राम्रो पनि हाम्रो पनि भन्छ। त्यस्तो राम्रो, हाम्रो, साथीको समाचार एउटा अनलाइनबाट सुटुक्कै गायब भो। कुरो झापाको हो। दमक नगरपालिकाका एक ऋणीले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा… Continue reading

कामु प्रधानन्यायाधीशकहाँ साहु-सम्पादकहरुको ‘ब्रेकफास्ट मिटिङ’, के हो रहस्य?

Posted on March 29, 2023March 30, 2023 by Salokya

मिडियाका ‘साहु-सम्पादक’हरुको एक समूह एक बिहान न्यायपालिका प्रमुखको निवासमा पुगेर ब्रेकफास्ट मिटिङ गरेको ब्रेकिङ न्युज तपाईँहरुले कतै देख्नुभो? अहँ, पक्कै देख्नुभएन। यसलाई यसरी बुझ्नुस्- नेपालमा मिडियाले सबैको समाचार लेख्छ, तर मिडियाकै बारेमा केही लेख्दैन। लेख्न चाहँदैन। लेख्न सक्दैन। राज्यको चौथो अङ्गका रुपमा सम्मान गरिएको मिडियाका साहु-सम्पादकहरु अर्को अङ्गकोमा जानु न्युजको हिसाबले महत्त्वकै कुरा हो। तर… Continue reading

कोर्ट रिपोर्टिङको बिजोग भाग २ : रविको नागरिकताबारे सर्वोच्चको आदेश पढ्न नजान्दा ‘नागरिक’ यसरी चुक्यो

Posted on March 19, 2023 by Salokya

नेपाली मिडियामा कोर्ट रिपोर्टिङ कति सतही रुपमा गरिन्छ, फैसलामा हुँदै नभएको कुरालाई कसरी समाचार बनाएर लेखिन्छ भन्ने बारे ब्लग लेख्ने जमर्को गर्दै गर्दा पहिलो भागमा तपाईँले बालबालिकासम्बन्धी मुद्दामा नजिर बन्ने गरी सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गरेको फैसला बुझ्दै नबुझी नेपालप्रेसले कसरी समाचार लेखेको थियो भन्ने बारे लेखिएको ब्लग छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्। … Continue reading

कोर्ट रिपोर्टिङको बिजोग : फैसला नबुझी कसरी समाचार लेखिन्छ, हेर्नुस् ‘नेपालप्रेस’को नमूना

Posted on March 18, 2023 by Salokya

२०२३ मार्च १५ मा नेपालप्रेसको ट्विटर ह्यान्डलबाट एउटा ट्विट भयो, जसमा लेखिएको थियो- ‘जघन्य र गम्भीर कसूरका आरोपी नाबालिग पुर्पक्षका बेला परिवारसँग बसेको समयलाई पनि सजायसरह घटाउनू’। यो ट्विटमा एउटा समाचारको लिङ्क थियो जसको शीर्षक थियो- ‘११ वर्षे बालकलाई हत्यारा ठहर गर्ने फैसलाले पूर्ण वृहत इजलाससम्म पुगेको सर्वोच्च अदालत’। मुख्य हेडलाइनको मुनि ट्विटमा लेखिएकै कुरा… Continue reading

उपराष्ट्रपति निर्वाचनबारे ‘सेतोपाटी’ समाचार : बिहान ३ जना उम्मेदवार, साँझ ४ जनाको मतपरिणाम

Posted on March 17, 2023March 17, 2023 by Salokya

आज भएको उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। उनी बारा-२ बाट जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए। यसपालि उपराष्ट्रपतिको निर्वाचनमा भद्रगोल गरियो। सुरुमै प्रमुख निर्वाचन आयुक्तले महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको समाचार मिडियाले राखे। तर त्यस्तो समाचार राखेको भोलिपल्ट पुरुषको उम्मेदवारी दर्ता भएको समाचार त्यही मिडियामा आए। यसबारे ब्लग छुटाउनु भएको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 15
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme