Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रा साना न्युजरुम एआईले जोगाउन सक्ला त ?

Posted on September 20, 2023September 20, 2023 by Salokya

संसार भरका दुई हजार भन्दा बढी खोज पत्रकारहरु अहिले स्वीडेनको गोथनबर्गमा भेला भएका छन्। यहाँ आजदेखि इन्टरन्यासनल इन्भेस्टिगेटिभ जर्नलिजम कन्फ्रेन्स हुँदैछ। यसैमा सहभागी हुन म पनि केही साथीहरुसँग यहाँ आएको छु।

कन्फ्रेन्स सुरु हुनुभन्दा एक दिनअघि प्रि-कन्फ्रेन्स डे थियो र मुख्य विषय थियो एआई। अनि त्यसैको एउटा सेसन थियो- एआईले साना न्युजरुम कसरी बचाउन सक्छ ? यसमा सहभागी हुन्छु भनेर नेपालमा हुँदादेखि नै विचार गरेको थिएँ- किनभने यहाँ धेरै वटा सेसन समानान्तर रुपमा हुने रहेछ। आफूलाई मन लागेको एउटा विषय छान्यो, त्यो हलमा गएर बस्यो। सोचेको थिएँ हाम्रा साना न्युजरुमलाई एआईले कसरी जोगाउन सक्ला त ?

लिन्डहोल्मेन साइन्स पार्कको मेन कन्फ्रेन्स हलमा आए  Rune Ytreberg। यिनी नर्वेको आईट्रोमसो पत्रिकाका सम्पादक रहेछन्। २२ जना पत्रकारको टिम रहेछ। १२५ वर्ष पुरानो मिडिया रहेछ र नौ हजार सब्सक्राइबर्स रहेछन्।

उनले आफ्नो न्युजरुममा एआईको प्रयोग जसरी गरिएको उदाहरण दिए, त्यो नेपालको सन्दर्भमा भने लागू नहुने रहेछ। नेपालमा बरु मान्छेलाई नै काममा लगाउन सजिलो र सस्तो पर्ने रहेछ कि के हो ? किनभने त्यहाँ प्रयोग गरिएको बोटलाई बनाउन ५ हजार युरो लाग्दो रहेछ त्यो भनेको सात लाख रुपैयाँभन्दा बढी। बरु मान्छेलाई तलब नदिए पनि काम त गर्छ नि ! यो त बनाउनलाई नै सात लाख लाग्ने।

फेरि बनाएपछि सबै यसैले काम गर्ने होइन, यसले त पत्रकारको काममा सघाउने मात्रै हो।

L-ai-la नामको कोबोट बनाएर उनीहरुले काममा लगाएका रहेछन्। तपाईँले ठान्नुभयो होला, यो च्याटजीपीटी जस्तो कुनै मोडल हो जसले सरर न्युज लेखिदिन्छ।

गलत !

यसलाई उनीहरुले LHF भनेका छन्। त्यो भनेको the LowHangingFruit AI strategy रे। यसले न्युज-इस कन्टेन्ट खोजेर तपाईँलाई पठाउने गर्छ। अनि त्यसपछि त्यो समाचार बन्ने इस्यु हो कि होइन, तपाईँले निधो गरेर पत्रकारिताका अरु कामहरु गर्नुपर्‍यो।

रिसर्चको एक चरण काम यसले गरिदिँदो रहेछ। जस्तै नगरपालिकाले राखेका डकुमेन्टहरुभित्रका अक्षर खोजेर सम्भावित इस्यु पठाइदिने। त्यसपछि त्यसलाई समाचार बनाउन समाचार लेखनका अन्य प्रक्रियाहरु त तपाईँले गर्नुपरिहाल्यो।

डेटा खोज्ने, विश्लेषण निकाल्ने, समरी निकाल्ने र त्यसमा समाचार खोज्ने।

त्यसरी नै खोज्ने क्रममा पत्ता लागेछ- नर्वेका धनीहरुले कम रोड टोल (शुल्क) तिर्दा रहेछन् अनि गरीबहरुले बढी। किन ? धनीमानीहरु इलेक्ट्रिक गाडी चलाउँदा रहेछन्। कारण- महँगो रोड टोल (शुल्क) जोगाउन। अनि गरीबहरु नर्वेको त्यस्तो चीसोमा मोटरसाइकल चलाएर रोड टोल जोगाउँदा रहेछन्।

हाम्रोमा एक त यति महँगो बोट बनाउन कसले सक्ला ? साना न्युजरुमले त पक्कै सक्दैन। बनाएर पनि के फाइदा- मालिकलाई लाग्ला- बोट बनाएर पनि मान्छेले नै काम गर्नुपर्ने भए किन बनाउनु !

नेपालकै नम्बर वान भनिने कान्तिपुरले त ५० प्रतिशत पत्रकार कटौति गर्ने भन्ने कुरा बाहिर आइरहेको छ।

तर एआईले के कस्तोसम्म काम गर्न सक्छ वा कम्प्युटरलाई गराउन सकिन्छ र कसरी गरिरहेका रहेछन् भन्ने आइडिया चाहिँ पाइयो यो सेसनमा बस्दा।

कन्फ्रेन्समा देखेका र सिकेका कुराहरु क्रमशः तपाईँसँग बाँड्दै जानेछु।

गोथेनबर्गको यो हलमा कार्यक्रम भएको थियो।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme