Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बजगाइँको अन्तर्वार्ताको यो भिडियो कता हरायो ? जनता जान्न चाहन्छ

Posted on October 17, 2023October 17, 2023 by Salokya

अलि अगाडि तपाईँले ब्लग पढ्नुभएकै होला- ‘क’बाट कछुवा, ‘ख’- खरायो, ‘नागरिकन्युज’को यो समाचार कता हरायो? यति बेलासम्म त्यो हराएको समाचार हराएको हरायै छ।

कन्टेन्ट हराउने यो रोग अनलाइनमात्र होइन, अब टेलिभिजनमा पनि सरेको छ। केही अघि स्पेस फोर के टेलिभिजनबाट प्रसारण भएको एउटा प्रोमो नै हराएको थियो। खैर त्यसबारे सम्बन्धित टेलिभिजनले नै प्रष्ट पारिसकेको छ विज्ञप्तिबाट। यता हेर्नुस्।

अहिले भने एउटा टेलिभिजनबाट प्रसारण भएको डल्लै अन्तर्वार्ता नै हराएको छ।

कुन टेलिभिजन भन्नुहोला- सरकारी टेलिभिजन हैन, जहाँ सरकारले सेन्सर गरोस्। निजी टेलिभिजन नै हो।

टेलिभिजनको नाम हो- प्राइम टेलिभिजन एचडी।

अनि प्रस्तोता थिए- उही चिरपरिचित ऋषि धमला। अनि कार्यक्रमको नाम हो- जनता जान्न चाहन्छ।

आइतबार उनको टेलिभिजनको यो कार्यक्रममा अतिथि थिए सांसद राजेन्द्र बजगाइँ। गोरखा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सांसद।

टेलिभिजनमा प्रसारण भएपछि यो कार्यक्रमलाई उनीहरुको आधिकारिक युट्युब च्यानलमा पनि राखिएको थियो। अनि केही टिकटकरहरुले यसका टुक्रालाई भाइरल गरी हाले।

रमाइलो थियो अन्तर्वार्ता। रातो क्याप पछाडि फर्काएर बोलेका बजगाइँले कोशी र महाकालीमा पार्टी नफुट्ने दाबी गरेछन्। कति रमाइलो ! कोशी नामको प्रदेश त नेपालमा छ, तर महाकाली नामको छैन। तर अब माननीय ज्युले भनेपछि नपत्याएर भो ! धमला आफैले पनि थप्छन्- कोशीबाट सुरु गरेको यो यात्रा अब महाकालीसम्म पुग्छ 🙂

अरु पनि रमाइला प्रसङ्ग छन् त्यसमा। प्रश्न एकातिर, जवाफ अर्कोतिर।

केही अनलाइनमा समाचार पनि बन्यो- मदिराले लट्ठिएका भन्दै।


हेर्नुस् अर्काइभ लिङ्क।

त्यसपछि भने युट्युबबाट सो अन्तर्वार्ताको भिडियो नै गायब भयो, खरायोको सिङ हराए झैँ हरायो।

तर इन्टरनेटमा एक पटक राखेको चिज त्यसरी सजिलै किन गायब हुन्थ्यो र ! खोजी हेर्दा भेटियो।

गायब भइसकेको सो अन्तर्वार्ता हेर्न चाहनुहुन्छ भने यता रहेछ-

रमाइलो के छ भने, अनलाइन मिडियाले राखिसकेको समाचार हटाउन नहुने कुरा त प्रेस काउन्सिलको आचार संहितामा छ। तर टेलिभिजनमा प्रसारण भइसकेको कार्यक्रम युट्युबमा हटाउने वा राख्ने बारे त कुनै व्यवस्था नै छैन। त्यसैले यसमा किन भनेर कराएर केही काम हुने छैन। तर जनताले सोध्न भने पाउँछन्- यो भिडियो कता हरायो? जनता जान्न चाहन्छन् !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme