आज फागुन १६ गतेका सबै अखबारहरु जस्तो अन्नपूर्ण पोस्टको पनि मुख्य समाचार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना कै छ। दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। मुख्य समाचारको शीर्षक नै ‘मन्त्री अधिकारीसहित सातको निधन’ छ। पेज २ मा पनि ‘निभ्यो आशाको दीप’ शीर्षकमा मन्त्री अधिकारीको गृहजिल्ला कास्कीको खबर पोखरा डेटलाइनबाट लेखिएको छ। त्यो सँगै छापिएको… Continue reading
Category: मिडिया
न नेता हुन्, न अभिनेता, छोरा जन्मिएपछि यसरी चर्चित भए एक नेपाली – सुनील आउजी
उनी न नेता हुन्, न अभिनेता। तर पनि उनी सोमबार एकाएक चर्चामा आए। सोमबार सामाजिक सञ्जाल चलाउनेहरु माझ चर्चित बन्यो सुनील आउजीको नाम। फेसबुकमा सुनील आउजीको परिचयमा नेपाल पत्रकार महांसघ कैलाली शाखा जिल्ला कार्य समिति सदस्य, Repórter at आर्थिक राष्ट्रिय दैनिक, Aarthik National Daily, Studied at Kailali Multiple Campus, From Dhangadhi लेखिएको छ। अर्थात् उनी… Continue reading
कर छल्ने एनसेलको पैसामा कान्तिपुरमा सरकारको ज्याकेट एड?
आज ठूला आकारमा छापिने (ब्रोडसिट) सबै दैनिकहरुमा नयाँ युगको सुरुवात भएको उद्घोषसहित प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो फोटो भएको विज्ञापन छापिएको छ। समाचार पनि नदेखिने गरी अगाडिको र त्यो पल्टाउने बित्तिकैको पेजमा पनि छापिने विज्ञापनलाई पत्रकारिताको प्राविधिक भाषामा ज्याकेट एड भन्छन्। सरकारले आफ्नो राम्रो कामको प्रचार विज्ञापनबाट पनि गर्न खोज्दा खोइरो खनिहाल्न जरुरी छैन। तर… Continue reading
चार वर्षअघि नेपाली राष्ट्रपतिको ‘जाड काण्ड’
चार वर्षअघि नेपालमा हालका राष्ट्रपति हैन प्रथम राष्ट्रपति रामवरण यादव थिए। त्यतिबेला एउटा रमाइलो ‘जाड काण्ड’ भएको थियो। फेसबुकको मेमोरी फिचर्सले पुराना कुराहरु सम्झाउने क्रममा यो ब्लग पनि सम्झाइदियो। धेरैले बिर्सिसके होलान्, मैले पनि बिर्सिसकेको थिएँ। आउनुस् यो पुरानो ब्लग एक पटक फेरि पढेर रमाइलो गरौँ। राष्ट्रपति रामवरण यादवले जाडबारे वक्तव्य कहिले निकाल्नु हुन्छ होला?… Continue reading
राजीनामाको झण्डै एक महिनापछि काठमाडौँ पोस्टले पायो नयाँ सम्पादक
भारतीय व्यवस्थापक आउने भएपछि कान्तिपुर मिडिया ग्रुपका दुई दैनिक कान्तिपुर र काठमाडौँ पोस्टका सम्पादकहरुले राजीनामा दिए। कान्तिपुरमा केही दिनपछि नै नयाँ सम्पादकका रुपमा पुराना सम्पादक नारायण वाग्लेले जिम्मेवारी सम्हाले। तर अङ्ग्रेजी दैनिक काठमाडौँ पोस्टले त्यति छिट्टै सम्पादक पाएन। जुलाई १० को राजीनामा घोषणा थियो। झण्डै एक महिनापछि अर्थात् अगस्त ८ मा बल्ल नयाँ सम्पादकको घोषणा… Continue reading
मिडियामा रोचक प्रतिस्पर्धा : कान्तिपुरमा भारतीय म्यानेजर आउँदै गर्दा नयाँ पत्रिका सस्तो
नेपालको मिडिया बजारमा रोचक प्रतिस्पर्धा हुन थालेको छ। उता देशको एक नम्बर पत्रिका कान्तिपुरमा भारतीय म्यानेजर आउन लागेको र त्यही विवादमा दुई प्रधान सम्पादकहरुले राजीनामा दिएर नयाँ सम्पादकले कार्यभार सम्हालेकै दिन यता नयाँ पत्रिकाले आफ्नाे बिक्री मूल्य ५० प्रतिशतले घटाएको छ। अब नयाँ पत्रिका किन्न १० रुपैयाँ हैन ५ रुपैयाँ भए पुग्नेछ। त्यसो त नेपालका… Continue reading
मिडियाकाे चाबी कोसँग हुन्छ? नारायण वाग्लेको प्रश्नमा सुधीर शर्माको जवाफ
खासमा मिडियाको चाबी कोसँग हुन्छ? नारायण वाग्लेको प्रश्न। जवाफमा सुधीर शर्माले भने, ‘चाबी सम्पादकीय टिमको नेतृत्वको हिसाबले सम्पादकसँग रहने हो। तर सम्पादकीय टोलीसँग पनि केही साझेदारी हुन्छ। र अझ अलि बढी साझेदारी प्रकाशकसँग हुन्छ। प्रकाशकसँग कहिलेकाहीँ चाबीको कुरा नमिल्दाखेरी चाबी नै बुझाएर नारायणले जस्तो छोड्नु पर्ने पनि हुन्छ।’ यो प्रश्न उत्तर ६ वर्षअघि प्रज्ञा प्रतिष्ठानको… Continue reading
सुनको पासो बन्यो कान्तिपुर साप्ताहिकलाई गलपासो
कान्तिपुरको शुक्रबार प्रकाशित हुने साप्ताहिक नामको साप्ताहिक पत्रिकामा आज कभर स्टोरी छापिएको थियो सुनको पासो शीर्षकमा। सुनको बिस्कुट र त्यसबाट निस्किएका डोरीहरु विभिन्न मान्छेसँग जोडिएको ग्राफिक्स थियो त्यसमा। राम्रोसँग ध्यान नदिँदा त्यही कुरा साप्ताहिकलाई गलपासो बन्न पुग्यो। कसरी? विस्तृत पढ्न भित्र आउनुस्।
कारमा सवार राष्ट्रपतिलाई मिडियाले चढाइदिएको बग्गी
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न बाटो बन्द गरेर बग्गी चढेर नयाँ बानेश्वरस्थित संसद भवन पुगिन्। धेरैले बिहीबार यस्तै भएको भन्ने ठानेका छन्। मिडिया र त्यसकै लहैलहैमा सोसल मिडियामा पनि राष्ट्रपतिको बग्गी सवारीको चर्चा भयो। तर त्यो सही थिएन। बाटो बन्द पक्कै गरिएको दुई तर्फी नै। तर बग्गी थिएन। पहिले जस्तै सेरेमोनियल… Continue reading
राससको यो समाचार लेख्नेलाई पत्रकारिताको सबैभन्दा ठूलो पुरस्कार दिने हो कि
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले हिजो राति एउटा गजबको समाचार सम्प्रेषण गरेको छ। हेडलाइनमै ‘गौतम बुद्धको जन्मस्थलको अकाट्य प्रमाण पेश’ छ। समाचारको सुरुवात यसरी हुन्छ- ‘शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन्।’ अकाट्य भनेको काट्नै नसकिने हो। यस्तो काट्नै नसकिने के प्रमाण चाहिँ नेपालीले पेश गरेछन्… Continue reading
कान्तिपुरको पाँच लाइन क्याप्सनमा भएका दुई तथ्यगत त्रुटि
आइतबारको कान्तिपुर दैनिकको पहिलो पेजमा एउटा आकर्षक फोटो छ- पूर्व प्रधानन्यायाधीश र पूर्व प्रधानमन्त्री हाँस्दै गरेको। फोटो मुनि छापिएको पाँच लाइन क्याप्सनमा भने दुई वटा तथ्यगत त्रुटि छन्।
कान्तिपुरको न्युजरुम पुनसंरचना : हरिबहादुर थापा सम्पादक, अरु ब्युरो सम्पादक पनि थपिए
देशको प्रमुख अखबार कान्तिपुरको न्युजरुममा पुनसंरचना गरिएको छ। अखबारमा एक जना मात्र सम्पादक हुने पुरानो संरचनालाई परिवर्तन गर्दै अब ब्युरोका सम्पादक बनाइएका हुन्। फागुन ७ गते कान्तिपुरको २५ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र प्रकाशक कैलाश सिरोहियाले ट्विटरबाट यसको घोषणा गरेका हुन्। अब कान्तिपुरका सम्पादक हरिबहादुर थापा हुनेछन्। त्यस्तै कान्तिपुरमा रहेका नौ… Continue reading
हरायो! हरायो!! ‘नागरिक’बाट कर्ण शाक्यको नाम हरायो
नेपाली पत्रकारितामा आज एउटा रोचक उदाहरण भेटिएको छ। एउटै मिडिया हाउसबाट प्रकाशन हुने दुई राष्ट्रिय दैनिकमा आज पहिलो पेजमा एउटा समाचार छापिएको छ। समाचारको बाइलाइन (लेख्ने पत्रकारको नाम) पनि एउटै छ। तर एउटा पत्रिकामा भने रहस्यमय रुपमा पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अगुवा कर्ण शाक्यको नाम गायब छ।
के हो एजेन्सी? स्रोतमा एजेन्सी लेख्न हुन्छ कि हुँदैन ?
-नेत्र तामाङ- नेपाली मिडियामा प्रकाशन/प्रसारण हुने अन्तर्राष्ट्रिय समाचारहरुको क्रेडिटलाइनमा ‘एजेन्सी’ शब्द अधिक मात्रमा प्रयोगमा आएको देखिन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुमा एजेन्सीलाई स्रोतका रुपमा प्रशस्तमात्रमा प्रयोगमा ल्याएका छन् । यो शब्द मैले काम गर्ने समाचार पत्रिकामा पनि प्रयोग हुन्छ । पत्रिका सजाउने क्रममा एजेन्सी शब्द राख्ने कि नराख्ने अधिकार मसँग छ । तर, मेरा… Continue reading
पत्रकारमाथि पत्रकारको ‘स्टिङ अपरेसन’ : समाचार रोक्न बार्गेनिङ
बुधबार पत्रकारमाथि पत्रकारले गरेको स्टिङ अपरेसनले मिडिया जगतमा हङ्गामा मच्चायो। डिसी नेपालका पत्रकार टेकनारायण भट्टराईले गोप्य ठाउँमा लुकाएर खिचेको भिडियोमा इमेज च्यानलका पत्रकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरज आचार्यले समाचार रोक्न बार्गेनिङ गर्दै गरेको देखिन्छ। भिडियोमा दुई जना बीच कुरा हुन्छ- श्री गणेश अटो वर्कशपका संचालक गुनबहादुर थापा मगर र पत्रकार आचार्य। पत्रकार… Continue reading
नझुक्किनुस्, अनलाइनखबरले त्यस्तो हेडलाइन हालेको हैन, देउवाले त्यस्तो बोलेको हैन
अहिले फेसबुकमा एउटा समाचार लिङ्क भाइरल भएको छ। त्यसमा ‘अनलाइनखबर’ डट कममा प्रकाशित समाचारको लिङ्क छ र हेडलाइनमा लेखिएको छ- एमाले चुतियाहरुको पार्टी हो : शेरबहादुर देउवा। उपराष्ट्रपति पुत्र दीपेश पुनले सेयर गरेको एउटा लिङ्कमा ९८ कमेन्ट र ३५४ सेयर छ। धेरैले समाचारको लिङ्क क्लिक गरेका छैनन् र हेडलाइन पढेकै भरमा अनलाइनखबर र देउवाप्रति गाली… Continue reading
हेटौडाको पत्रिकालाई मात्र के गाली गर्ने, काठमाडौँकै दुई मूलधारेले समेत लेखे जिउँदा कनकमणिको निधनको समाचार
सामाजिक सञ्जालमा एकदमै भाइरल भएको हेटौडाको साझा कुरा पत्रिकामा छापिएको यो समवेदना विज्ञापनको निकै आलोचना भयो। जिउँदो मान्छेलाई मरेको भन्दै फोटो समेत छापेर समवेदना दिएपछि आलोचना र गाली नहुने त कुरै भएन। तर हामी तपाईँलाई देखाउँदैछौँ काठमाडौँबाटै प्रकाशित हुने दुई मूलधारे दैनिकको समाचार जसमा जिउँदा कनकमणि दीक्षितकै निधनको समाचार छापिएको छ। एउटा हो द काठमाडौँ… Continue reading
दुई वर्ष पुरानो समाचारलाई ‘नागरिक’ले बनायो ताजा न्युज, आफू त उल्लु बन्यो नै पाठकलाई पनि बनायो
नागरिक दैनिकको कात्तिक ३ गते बुधबारको ‘आर्थिक’ पृष्ठमा एउटा समाचार छापिएको छ- ‘११ हजार अर्ब डलरको चिनियाँ अर्थतन्त्र संसारकै ठूलो’शीर्षकमा। अनलाइन संस्करणमा कत्रो छ चिनियाँ अर्थतन्त्र ? शीर्षकमा प्रकाशित छ। नागरिकले ताजा न्युजका रुपमा छापेको यो समाचार वास्तवमा दुई वर्ष पुरानो समाचार हो। मंगलबार सोसल मिडियामा धेरै सेयर भएको डेली मेलको एउटा पुरानो समाचारको अपडेट… Continue reading
चर्को आलोचनापछि ‘नारी’ले सुटुक्क हटाउन बाध्य भएको लेखमा के थियो? पढ्नुस्
कान्तिपुर मिडिया ग्रुपको म्यागेजिन ‘नारी’ले अक्टोबर १५ शनिबार एउटा लेख सामाजिक सञ्जालमा सेयर गरेको थियो। भोलिपल्टदेखि त्यसलाई खुबै उडाउन थालियो। आलोचना बढ्न थालेपछि ‘नारी’ले बिना कुनै सूचना त्यो लेख हटाइदियो। अहिले तपाईँले त्यो लिङ्कमा क्लिक गर्नुभयो भने ‘तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..’ मात्र लेखेको देखिन्छ। आखिर के थियो त त्यो लेखमा?… Continue reading
माइसंसारको ब्लगपछि यसरी सच्चाइए समाचार
पनामा पेपर्स लिकमा नेपालीहरुको नाम पनि सार्वजनिक भएको भनेर अनलाइन र छापा दुवैमा झुटो खबर छापिएको बारे ब्लग लेखेको थिएँ (यहाँ क्लिक गरी पढ्नुस्) ब्लग प्रकाशित भएपछि केही अनलाइनले समाचार सच्याएका छन्। सेतोपाटीले पनामा पेपर्स काण्डः १३ नेपालीको नाम सार्वजनिक (सूचीसहित) शीर्षकमा समाचार हाले पनि पछि ‘तथ्यसंगत नभएकाले हटाएका छौं’ भनेको छ।