Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वीडेनमा सेक्स खेलको भाइरल समाचार सेयर गर्नुभएको थियो? हुँदै नभाको ‘समाचार’ लेख्नेका केही कुरा

Posted on June 6, 2023June 7, 2023 by Salokya

अपडेट : ब्लग प्रकाशित भएपछि केही अनलाइनहरुले समाचार हटाएका छन्। विस्तृत विवरण अन्तिममा अपडेट गरिएको छ

स्वीडेनमा सेक्सलाई खेलको मान्यता दिइयो र त्यहाँ सेक्स च्याम्पियनसिप हुँदैछ भन्ने खबर केही दिनदेखि सोसल मिडियामा निकै भाइरल भयो। सेक्स विषय नै यस्तै, सबको चासो भइहाल्छ। तर चासो भयो भन्दैमा पोर्न फिल्म हलमा लगाउने कुरा भएन। थोरै पनि ‘कमनसेन्स’ लगाएको भए ‘सेक्स’ अर्कै कुरा हो, स्पोर्टस अर्थात् खेल अर्कै कुरा हो भन्ने यत्तिकै थाहा भइहाल्छ। तर यस्तो कुरा आयो रे भनेर इन्टरनेटमा देख्ने बित्तिकै कमनसेन्स नै नलगाई समाचार लेख्न हतारिने कारण भिजिटरको लोभ पनि हो। तपाईँले हेर्नुभो भने जजसले यो समाचार लेखेका छन्, सोसल मिडियामा त्यो समाचारको पोस्टमा निकै इन्टर्‍याक्सन भएका छन्। हामीले यो विषयमा फ्याक्ट चेक गरेर गलत हो भन्यौँ। छुटाउनु भएको भए यता क्लिक गरी पढ्नुस्। तर त्यो कुरा गलत हो भन्ने पुष्टि भइसकेपछि त त्यसलाई सच्याउने दायित्व पनि होला नि त मिडियाको वा आफूलाई वैकल्पिक सूचनाको स्रोत भन्ने सोसल मिडिया इन्फ्लुएन्सरहरुको। आउनुस्, क-कसले सच्याए वा के गरे, हेरौँ।

सबैभन्दा पहिला अनलाइनखबर हेरौँ। यो समाचार सबैभन्दा धेरै र छिटो फैलिएको अनलाइनखबरबाटै हो। मंगलबार बिहान अनलाइनखबरको फेसबुक पेजमा हेर्दा यो समाचारको हेडलाइन परिवर्तन भएको पाइयो-

हाम्रो फ्याक्ट चेक भन्दा पहिला अनलाइनखबरको फेसबुक पेजमा यस्तो देखिन्थ्यो-

हेडलाइन वा समाचार सच्याएको बारे फेसबुकमा कुनै पनि जानकारी राखिएको छैन। तर उक्त लिङ्कमा क्लिक गरी हेर्ने हो भने समाचार पनि सच्याइएको छ र सूचना पनि राखिएको छ समाचारको अन्त्यमा-

तपाईँले याद गर्नुभयो होला, पहिले ‘एजेन्सी’मात्र लेखिएको थियो समाचारमा। अहिले स्रोत खुलाएर हिन्दुस्तान टाइम्स लेखिएको छ। साथमा सच्याइएको सूचना पनि राखिएको छ। पुरानो समाचार हेर्न यता क्लिक गर्नुस्। 

यसबाट स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको भन्ने पहिलेको समाचार गलत रहेको प्रष्ट हुन्छ। खेलको मान्यता दिने त त्यहाँको खेल महासंघले होला नि, उसैले दिएको छैन भनेर भनिसकेपछि त गलत नै भइहाल्यो।

हामीले स्वीडिश खेल महासंघलाई इमेलमा सोध्दा आएको जवाफ यस्तो थियो-

हामीले त्यहाँको खेल मन्त्रालयको जिम्मेवारी समेत हुने  हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयलाई पनि सोध्यौँ। मन्त्रालयकी सञ्चार प्रमुख कारोलिना फ्रानीले पनि यी खबर मिथ्या रहेको बताउँदै यस्तो इमेल पठाइन्-

उनले यस्तो खालको कुनै पनि आधिकारिक इभेन्ट स्वीडेनमा हुन नलागेको पनि बताइन्।

आधिकारिक रुपमा नहुने, बन्द कोठाभित्र कुनै गोप्य ठाउँमा सेक्स च्याम्पियनसिप होस् कि हस्तमैथुन च्याम्पियनसिप होस् कि कसले कति टाढासम्म थुक्ने, कति टाढासम्म मोबाइल फ्याँक्ने प्रतियोगिता होस्, त्यसको के अर्थ हुन्छ र।

नेपाली मिडियाले भारतीय मिडियामा भर परेर यस्तो समाचार बनाएको हुनुपर्छ। तर अहिले त भारतीय मिडियाले नै पनि समाचार सच्याउन थालिसके। उदाहरणका लागि यो हेरौँ-

धन्न अनलाइनखबरले शीर्षक र समाचारलाई थोरै भए पनि सच्यायो, अरु मिडियाको हालत हेरौँ-

रातोपाटीले अहिलेसम्म पनि समाचारको शीर्षक र समाचार सच्याएको छैन। स्वीडेनले सेक्सलाई खेलकूदको श्रेणीमा राखेको गलत समाचार नै अहिलेसम्म फैलाउँदैछ।

१२ खरीले पनि अहिलेसम्म स्वीडेनले यौनलाई खेलको दर्जा दिएको झुटो समाचारलाई नै शीर्षक बनाएर राखिरहेको छ। जबकि यो गलत रहेको पुष्टि भइसक्यो। तर १२ खरीका लागि आफूले लेखेको नै सही लागिरहेको छ।

शिलापत्रलाई पनि स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको भनेर आफूले लेखेको समाचार नै सही लागिरहेको छ। रोचक त के छ भने शिलापत्रले समाचारको अन्त्यमा टाइम्स अफ इन्डिया भनेर जुन लिङ्कब्याक दिएको छ, त्यसमा क्लिक गरी हेर्दा उसले त्यो समाचार नै हटाइसकेको छ।

त्यसमा क्लिक गर्दा अहिले अर्कै समाचार खुल्छ। नपत्याए तल भिडियोमा हेर्नुस्-

अब आफूले स्रोतका रुपमा लिएको समाचार नै गायब भइसकेपछि शिलापत्रले आफ्नो समाचार सच्याउँछ कि के गर्छ, हेर्न बाँकी छ।

उता, नेपालखबरलाई पनि स्वीडेन ‘यौन’लाई आधाकारिक रूपमा खेलअन्तर्गत राख्ने पहिलो देश बनेको नै लागिरहेको छ। आफूले लेखेको कुरा पनि कहाँ गलत हुन्छ र भन्ने लागिरहेको हो कि 🙂

वैकल्पिक दावी गर्ने सोसल मिडिया इन्फ्लुएन्सर पनि उस्तै

यी भए अनलाइन मिडियाका कुरा। आफूलाई वैकल्पिक दावी गर्ने सोसल मिडिया इन्फ्लुएन्सरको हालत पनि यो भन्दा गतिलो छैन।

सुर्खेततिर पत्रकारहरुलाई हायलकायल बनाइरहेको मोटे ग्याङ फेसबुक पेजले अनलाइनखबरकै हेडलाइन कपिपेस्ट गरेर राखेको स्टायटस अहिलेसम्म सच्याएको देखिएन। यति धेरै इन्टर्‍याक्सन भएको पोस्ट किन हटाउनु भन्ने लागेको होला। त्यसैमा सही कुरा राखेर सच्याउन पनि सकिन्थ्यो। (मोटे ग्याङ्ग बारे पुरानो ब्लग छुटेको भए यता क्लिक गरी पढ्नुस्)

फागुन २८ देखि वेबसाइटमा अपडेट बन्द गरिसकेको ताजाखबर फेसबुक पेजले पनि अनलाइनखबरको समाचारको टेक्स्ट कपिपेस्ट गरेर हालेको पोस्टमा थुप्रै इन्गेजमेन्ट छ तर त्यो गलत भएको जानकारी उसले दिएको छैन।

त्यसैगरी इन्स्टाग्राम इन्फ्लुएन्सर ‘No Next Questions’ अकाउन्टले पनि यही मिथ्या सूचनालाई राखेर ५ हजार लाइक पाइसकेको छ। गल्ती सच्याउने तर्फ उसले केही ध्यान दिएको छैन। हेर्नुस् लिङ्क।

के फरक पर्छ र, ह्या छाड्दिम पारा

यो त अनलाइन देखिएको कुरा मात्र भयो। यसैमा भर परेर कति एफएममा समाचार फुकिए होलान्, कति टेलिभिजनले समाचार पढे होलान्। सोसल मिडियाको त कुरा छाडदिम्, एउटा निश्चित आचार संहिताभित्र बाँधिनु पर्ने नाम चलेका अनलाइन मिडियाहरुले चाहिँ किन यस्तो गरेका होलान्? समाचार गलत साबित भइसकेपछि त्यसलाई सच्याउनु पर्ने र पाठकलाई सही सूचना दिने आफ्नो दायित्वबाट किन विमुख भएका होलान्?

किनभने नेपालका मिडियाहरुमा भूल सुधार नीति (करेक्सन पोलिसी) नै छैन। नेपालका मिडियाहरु आफूले जे लेख्यो त्यो सही हुन्छ, नभए बनाउने हो 🙂 भन्नेमा पो छ कि । नभए मान्छे भएपछि गल्ती त हुन्छ नै। गल्ती स्वीकार गरेर पारदर्शी रुपमा त्यसलाई सच्यायो भने पाठकको विश्वास गुम्ने हैन, झन् आर्जन पो हुन्छ त भन्ने कुरा बुझ्न/बुझाउन नसकेसम्म यस्तो प्रवृत्ति कायमै रहन्छ।

त्यतिन्जेल हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै…. हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै…. हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….हामी त हेरेको हेर्‍यै….

 

अपडेट (जेठ २४) : ब्लग प्रकाशन भएपछिको परिवर्तन

बाह्रखरीले नेपालतथ्यजाँचलाई समेत क्रेडिट दिई समाचार हटाएको छ। पाठकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै आगामी दिनमा थप सजग रहने प्रतिवद्धता पनि उसले गरेको छ। उसले समाचारको शीर्षकसमेत परिवर्तन गरी ‘स्विडेनले यौनलाई खेलको दर्जा दिएको दाबी गलत’ राखेको छ।

हेर्नुस् अर्काइभ लिङ्क। 

बाह्रखरीले भन्दा अलि बेग्लै अभ्यास गरेको छ नेपालखबरले। उसले समाचारको शीर्षक ‘सेक्स’लाई खेलअन्तर्गत राखेर प्रतियोगिता गर्दै स्विडेन  लाई परिवर्तन गरेको छैन तर समाचार भने हटाएको छ। ‘केही अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित उक्त समाचार भूलवश सम्प्रेषण भएको’ भन्दै ‘पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा’ पनि मागेको छ उसले।

हेर्नुस् अर्काइभ लिङ्क। 

अन्यथा भएको बताउने रातोपाटी

रातोपाटीले भने यी दुई अनलाइनले भन्दा फरक अभ्यास गरेको छ। ‘स्विडेनले सेक्सलाई खेलकुदको श्रेणीमा राख्यो’ भनेर हुँदै नभएको कुरालाई शीर्षक बनाएर समाचार लेखेको रातोपाटीले समाचार पूरै हटाएर अर्को समाचार लेखेको छ र शीर्षक पनि परिवर्तन गर्दै लेखेको छ- के स्विडेनमा यौन प्रतियोगिताको आयोजना हुन लागेकाे हाे ?

आफूले पहिले गलत लेखेकोमा स्वीकार नगरी टिपिकल नेपाली पत्रकारिताको पुरानो शैलीलाई पछ्याउँदै तारा दिएर लेखेको छ *यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ।

नेपाली पत्रकारहरुले गल्ती गर्दा पनि आफूलाई माथि राख्न र के गल्ती गरेको भनेर लुकाउन प्रयोग हुने वाक्य हो यो- यसअघि अन्यथा हुन गएकोमा सच्याइएको

यसअघि के लेखेको र हुनुपर्ने के थियो भन्ने कुरा पारदर्शी रुपमा खुलाएर गल्ती स्वीकारेर माफी मागे आफू तल परिन्छ भन्ने भ्रमले यस्तो हुन्छ। खै त बाह्रखरी र नेपालखबरले त्यसै गर्‍यो त। उसको विश्वसनीयता गुम्यो त? झन् बढ्यो- ए, गल्ती भइहाल्यो भने पनि सच्याउने रहेछ भन्ने त भयो। बरु रातोपाटीको चाहिँ गल्ती गरे पनि नस्वीकार्ने रहेछ भन्ने छवि बस्यो।

अचेल पत्रकार भन्दा पाठक बाठा छन् भन्ने कुरा पत्रकारहरुले भुल्नु भएन के 🙂

अर्काइभ लिङ्क

शिलापत्रको भने रमाइलो छ। उसले यो समाचार राख्दा जुन टाइम्स अफ इन्डियाको न्युजको लिङ्क राखेको थियो, त्यो लिङ्क नै अहिले खुल्दैन। अर्थात् टाइम्स अफ इन्डियाले नै त्यो न्युज डिलिट गरिसकेको छ।

अहिले शिलापत्रले स्रोत टाइम्स अफ इन्डिया त लेखेको छ, तर लिङ्कब्याक गरेको छैन 🙂

शिलापत्रले पनि सच्याएको त लेखेको छ तर के सच्याएको भन्ने उल्लेख छैन। खासमा शिलापत्रले ‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको मान्यता दिने विश्वकै पहिलो राष्ट्र बनेको छ ‘ लेखेको थियो, जुन गलत थियो। तर गलत लेख्दा पनि उसले न माफी माग्यो, न पारदर्शी रुपमा नै त्यसलाई सच्यायो।

हेर्ने हो भने त यो समाचारको शीर्षकमा अझै गल्ती छ। पहिले उसले ‘स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, च्याम्पियन्सिप आयाेजना गर्ने’ शीर्षक राखेको थियो। अहिले ‘स्वीडेनले सेक्स च्याम्पियनसीप आयोजना गर्ने’ राखेको छ।

स्वीडेनले कहाँ गर्ने हो त ? स्वीडेनको त सरकारले नै होइन भनिसक्यो। स्वीडेनमा हुने भनेको भए कुरा अर्कै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme