Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनमोल केसी पक्राउ पर्दा देखा परेका ‘१० पैसे’ अनलाइन :)

Posted on September 30, 2023 by Salokya

हिरो अनमोल केसी हिजो पक्राउ परेको खबर आयो। फिल्ममा त धेरै पटक पक्राउ परेका थिए, तर समाचार चाहिँ फिल्मको हैन, साँच्चिकै हो रे भनेर अनलाइनहरु पढ्दा थाहा पाइयो।

खासमा एउटा अनलाइन पढेर सबै जानकारी पाउन पाए अरु अनलाइनहरु चहार्नै पर्दैन थियो। तर के गर्नु, हाम्रा अनलाइनहरु त्यस्ता छैनन्। एउटा मात्र पढेर कुरा बुझिन्न, धेरै वटा पढेर दिमाग चकराउँछ।

अनमोल केसी किन पक्राउ परे त ?

इकान्तिपुरले हिजो राखेको यो न्युज पढ्नुस् त-

केही बुझ्नु भो त यो समाचार पढेर ? कसले उजुरी दिएको हो ? कस्तो किसिमको ठगी हो? केही पनि बुझिन्न यो समाचार पढ्दा। १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको भन्ने चाहिँ यसबाट बुझियो।

तर यही समाचार सेतोपाटी पढ्दा चाहिँ अर्कै थियो।

सेतोपाटीका अनुसार अनमोल केसीले रावायण नामको फिल्म खेल्नका लागि १० पैसा लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी परेको रहेछ।

एइ, एइ….पख्नुस् त…. पख्नुस् त !  १० पैसा??

त्यही लेखेको छ सेतोपाटीमा।

यता सामाजिक सञ्जालमा यो १० पैसे स्क्रिनसट भाइरल भयो, उता सेतोपाटीले सुटुक्क यो समाचारलाई सच्याएर १० पैसाको ठाउँमा ‘१० लाख रुपैयाँ’ बनायो।

तर कथा यहीँ सकिएन।

अब आउँछ १० पैसे अनलाइनका कुरा। त्यस्ता अनलाइन, जसले सेतोपाटीमाथि अगाध विश्वास गर्छन्। सेतोपाटीको विश्वासमा परेर समाचार कपिपेस्ट गर्दा आफू चिप्लिएको यो ब्लग लेख्दासम्म होसै पाएका छैनन्। कपि गरेपछि एक पटक पढेका पनि रहेनछन् उनीहरुले शायद्। रोबोट भइदिए, कपि अनि पेस्ट। पढ्ने झण्झट कसले गरिदियोस्। नत्र १० पैसाको लागि थुन्दैन भन्ने सामान्य ज्ञान त हुन पर्ने सेतोपाटीले नै लेखेको भए पनि!

यो हेर्नुस् नारायणी अनलाइनले प्रकाशन गरेको १० पैसे समाचार-

अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुहोला। 

अनि यो हेर्नुस् अर्को अनलाइन बागमतीखबर। यसलाई पनि सेतोपाटीको समाचारमा यति विश्वास भयो कि कपि गरेपछि आँखा चिम्लेर पेस्ट। पढ्न पनि परेन। पढेको भए १० पैसे समाचार पक्कै आउँदैन थियो भन्नेमा हामी विश्वस्त छौँ, कि कसो ?

पढ्नुस् अर्काइभ लिङ्क। 

यो अनमोल केसीको समाचारमा त बडेबडे अनलाइनका समाचार पनि चिप्लिएका छन्। एउटा अस्पतालमा राखेकोमा अर्कै अस्पताल भनेर समाचार आएका छन्। पख्नुस्, त्यसबारे अलग्गै लेख्नुपर्छ। यो चाहिँ १० पैसे अनलाइनमा डेडिकेटेड ब्लग 🙂

 

1 thought on “अनमोल केसी पक्राउ पर्दा देखा परेका ‘१० पैसे’ अनलाइन :)”

  1. विवेक says:
    October 1, 2023 at 7:56 am

    कपि पेस्टको नतिजा हो यो सब ।।।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme