Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अकस्मात् हराएको ‘नेपाली मिडियामा चीनको प्रभाव’सम्बन्धी रिपोर्ट, के-के संशोधनपछि पुनः प्रकाशित भयो?

Posted on September 7, 2023September 8, 2023 by Salokya

गएको अगस्त ४ तारिखमा पहिला ट्विटरको नामले चिनिने एक्समा @CsifNepal ह्यान्डलबाट एउटा ट्विट गरियो जसमा लेखिएको थियो- CESIF को अध्ययनमा पछिल्लो समयमा चीनको फेरिदो नेपाल नीति र त्यसको कार्यान्वयनमा चीनले कसरी मिडियालाई प्रयोग गरिरहेको छ र बद्लिदो भूराजनीतिक परिदृश्यमा नेपालमा त्यसको प्रभाव कस्तो छ भनेर विश्लेषण गरिएको छ। 

यो ट्विट खासै धेरै फैलिएको थिएन। यो ब्लग लेख्दासम्म त्यसमा २ हजार ३ सयभन्दा केही बढी मात्रै भ्युज देखियो भने ५ रिट्विट र २३ लाइक छ। तर मिडिया कुराकानीले भदौ २ (अगस्त १९) मा यससम्बन्धी एउटा ब्लग नेपाली मिडियामा चिनियाँ लगानीः अनुसन्धान प्रतिवेदनका १५ प्रसङ्ग  शीर्षकमा लेख्यो। त्यसपछि त अचम्मै भयो। त्यो रिपोर्टमा क्लिक गर्दा यस्तो देखिन थाल्यो।

हेर्नुस् अगस्त ४ मा गरिएको ट्विट। अर्काइभ लिङ्कका लागि यहाँ क्लिक गर्नुस्

CESIF को अध्ययनमा पछिल्लो समयमा चीनको फेरिदो नेपाल नीति र त्यसको कार्यान्वयनमा चीनले कसरी मिडियालाई प्रयोग गरिरहेको छ र बद्लिदो भूराजनीतिक परिदृश्यमा नेपालमा त्यसको प्रभाव कस्तो छ भनेर विश्लेषण गरिएको छ।
Full reporthttps://t.co/ns4WD9OPQw@baburambishwa @jbpunmagar @gelalbaba pic.twitter.com/cvWBycmOLw

— Centre for Social Inclusion and Federalism (@CsifNepal) August 4, 2023

लामो समय गायबको गायबै रहेको त्यो रिपोर्ट बल्ल हिजो (सेप्टेम्बर ६) साँझ पुनः अपलोड गरिएको थियो। यसको जानकारी हिजै ट्विटमा यसरी गरिएको थियो-

CESIF को अध्ययनमा पछिल्लो समयमा चीनको फेरिदो नेपाल नीति र त्यसको कार्यान्वयनमा चीनले कसरी मिडियालाई प्रयोग गरिरहेको छ र बद्लिदो भूराजनीतिक परिदृश्यमा नेपालमा त्यसको प्रभाव कस्तो छ भनेर विश्लेषण गरिएको छ।
Full reporthttps://t.co/tQjINWovso pic.twitter.com/vy8LqBHCDt

— Centre for Social Inclusion and Federalism (@CsifNepal) September 6, 2023


हेर्नुस् अर्काइभ लिङ्क।

रिपोर्ट अकस्मात् गायब भएपछि मिडिया कुराकानीले पहिल्यै डाउनलोड गरिसकेको रिपोर्ट आफ्नो गुगल ड्राइभमा अपलोड गरेर लिङ्क सेयर गरेको थियो। यहाँ क्लिक गरी हेर्नुस्।

आज बिहान हामीले ती दुवै रिपोर्टका प्रति तुलना गरेर के-के संशोधन भएको छ, खोजेका थियौँ।

दुई रिपोर्टमा खासै धेरै फरक त छैन, तर दुई वटा महत्त्वपूर्ण संशोधन भने गरिएका छन्।

संशोधन १ : जनआस्थाको नाम गायब

हाल अपलोड गरिएको रिपोर्टमा केयुमा ५७ जना पत्रकारलाई ३ महिने तालिमको संयुक्त आयोजना गर्ने एउटा संस्थाको नाम ‘नेपाल चाइना मिडिया फोरम’ मात्रै लेखिएको छ।

तर पहिलेको गायब बनाइएको रिपोर्टमा भने नेपाल चाइना मिडिया फोरमको बारेमा यस्तो लेखिएको थियो- मिडियामार्फत् चिनियाँ मुद्दाको पैरवी गर्न खोलिएको जनआस्था साप्ताहिकका मालिक तथा सञ्चार माध्यम नियमन गर्ने सरकारी संस्था प्रेस काउन्सिलका पूर्व अध्यक्षको नेपाल चाइना मिडिया फोरम।

यो वाक्यले दोहोरो अर्थ दिन्थ्यो – जनआस्था साप्ताहिकका मालिक तथा सञ्चार माध्यम नियमन गर्ने सरकारी संस्था प्रेस काउन्सिलका पूर्व अध्यक्ष (वास्तवमा २०७४ देखि २०७८ सम्मका कार्यवाहक अध्यक्ष) त किशोर श्रेष्ठ भइहाले। भलै त्यसमा नाम तोकिएको छैन। ‘मिडियामार्फत् चिनियाँ मुद्दाको पैरवी गर्न खोलिएको’ भन्नाले जनआस्था साप्ताहिकलाई भनेको भन्ने पनि अर्थ लाग्छ, नेपाल चाइना मिडिया फोरमलाई भनेको भन्ने अर्थ पनि लाग्छ।

अनुसन्धान प्रतिवेदनका एक जना लेखक तथा अनुसन्धाता बाबुराम विश्वकर्माले भनेपछि मिडिया कुराकानीले ब्लग सच्याएको पनि थियो।

मिडिया कुराकानीको स्क्रिनसट

संशोधन २ : ध्रुव पौडेलको नाम गायब

पहिले अपलोड भएको रिपोर्टमा ‘चीनलाई संकट पर्दा काँध थाप्ने गरेको रहेछ’ भन्दै साइनो नेपाल मिडिया सोसाइटीको नाम राखेको छ। यो संस्था कसको भन्ने बारे केही पनि लेखेको छैन। तर पहिलेको रिपोर्ट त्यस्तो थिएन।

हाल अपलोड गरिएको रिपोर्टको स्क्रिनसट

पहिलेको रिपोर्टमा भने ध्रुव पौडेलको नाम यसरी लेखिएको थियो-

पहिलेको रिपोर्टको स्क्रिनसट

यसबाहेक पहिलेको रिपोर्टमा नभएको यस्तो एउटा अध्ययन विधि पनि अहिले थपिएको छ-

र, यसैबीच यो ब्लग तयार पार्दापार्दै फेरि नयाँ अपलोड गरिएको रिपोर्ट पनि गायब भएको छ।

अहिले (सेप्टेम्बर ७, दिउँसो २:५० मा) हेर्दा यो वेबसाइट ‘अज्ञात कारणले निलम्बित भएको’ उल्लेख छ।

दोस्रो पटक पनि गायब भएको रिपोर्ट फेरि कहिले पुनः प्रकाशन होला त ?

चीन सम्बन्धी यो रिपोर्ट बारम्बार गायब किन भयो होला ?

यो प्रश्नलाई कायमै राख्दै यो रिपोर्ट बनाउने संस्थाको बारेमा थोरै जानौँ। यो बनाउने संस्थाको नाम सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडेरेलिज्म हो भने अनुसन्धान तथा लेखन बाबुराम विश्वकर्मा र जेबी पुन मगरले गरेका हुन्। प्रारम्भिक परिकल्पना र सम्पादन अर्पण गेलालले गरेको लेखिएको छ।

हाल यो संस्थाको वेबसाइट सस्पेन्डेड भए पनि अर्काइभमा हेर्दा यस्तो देखियो-

अर्काइभबाट निकालिएको स्क्रिनसट। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्

यसमा देखिए अनुसार यो संस्थाका कार्यकारी अध्यक्ष विजयकान्त कर्ण हुन्। उनी सन् २००८ देखि २०१२ सम्म डेनमार्कका लागि राजदूत थिए। उनी त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक पनि हुन्।

त्यसैगरी संस्थाका रिसर्च डाइरेक्टर अजयभद्र खनाल हुन्। उनी दि हिमालयन टाइम्सका पूर्व सम्पादक थिए। पछिल्लो समय उनी उकालो अनलाइनका बोर्ड डाइरेक्टर र प्रधान सम्पादक थिए। तर, ४ जुनमा ट्विट गर्दै उनले आफूले दुवै पदबाट विदा लिने निर्णय गरेको सार्वजनिक गरेका थिए।

करिब एकवर्षको संलग्नतापछि मैले उकालो अभियानको बोर्ड डाइरेक्टर र उकालो डट कमको प्रधान सम्पादक दुवै पदबाट विदा लिने निर्णय गरेको छु। उकालोको भिजन र मिसन हाम्रो देश र समाजको सफलतासँग जोडिएको छ। म उकालोको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु।

— Ajaya Bhadra Khanal (@akhanal) June 4, 2023

अपडेट (सेप्टेम्बर ८) : आज हेर्दा यो वेबसाइट चल्न थालेको छ। हिजो रातिसम्म भने चलेको थिएन।

1 thought on “अकस्मात् हराएको ‘नेपाली मिडियामा चीनको प्रभाव’सम्बन्धी रिपोर्ट, के-के संशोधनपछि पुनः प्रकाशित भयो?”

  1. Dev says:
    September 24, 2023 at 7:39 pm

    सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडेरेलिज्म naam sunda NGO jasto lagcha, yesko funding kasari kaha kaha bata hune raicha tyo pani khulaidinu bhayeko bhaye ramro hune thiyo.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme