Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘क’बाट कछुवा, ‘ख’- खरायो, ‘नागरिकन्युज’को यो समाचार कता हरायो?

Posted on September 28, 2023September 28, 2023 by Salokya

सानोमा एउटा बालगीत निकै चलेको थियो- ‘क’बाट कछुवा, ‘ख’- खरायो, खरायोको सिङ छैन, कता हरायो ! पछि यो गीत रिमिक्स गरेर नयाँ पनि बनाइयो।

अब यसैलाई थोरै पत्रकारिताको टोन दिएर नयाँ रिमिक्स गराएर हेडलाइन हालेको। कुरो बुझेपछि तपाईँले पनि हेडलाइनमा झैँ गीत गाउन सक्नुहुन्छ।

सबैभन्दा पहिला नागरिकन्युजको यो लिङ्कमा क्लिक गर्नुस् – https://nagariknews.nagariknetwork.com/economy/1306391-1695876474.html

केही खुल्यो त ? यसमा त “तपाईले खोज्नुभएको पृष्ठ भेटिएन । पृष्ठ सरेको वा हटाईएको हुनसक्छ” मात्रै लेखिएको छ।

यो ब्लग आइसकेपछि फेरि लाजगालले देखिने बनाउन पनि सक्छन्। त्यही भएर अर्काइभ गरीहालेँ यो लिङ्कमा। र तल फोटो हेर्नुस्।

तपाईँ नागरिक छापिने कम्पनी नेपाल रिपब्लिक मिडियाको १० कित्ते साहु हुनुहुन्छ भने यो त मेरो लगानी भएको अनलाइन भनेर दङ्ग नपर्नुहोला है।

नागरिक पत्रिका पब्लिक भइसकेको कम्पनीको भए पनि यो अनलाइन भने साहुको प्राइभेटै छ।

पब्लिक कम्पनीको लोगो, समाचार, कन्टेन्ट सब लिए पनि नाफा जति साहुको पोल्टामा मात्र जाने गरी अनलाइनलाई प्राइभेट कम्पनीमा राखिएको छ। नपत्याए हेर्नुस्-

अचम्म त के छ भने, यो अनलाइनको सम्पादक को हो भन्ने पनि वेबसाइटमा खुलाइएको छैन। यो समाचारको कुनै विषयमा विवाद उत्पन्न भयो भने जिम्मेवार को हुने त ? त्यो पनि खुल्दैन वेबसाइटमा राखिएको विवरण हेर्दा। मात्र रिपब्लिका न्युज नेपाल प्रा. लि मात्र लेखिएको छ।

यही अनलाइनमा आज अर्थात् असोज ११ गते एउटा समाचार प्रकाशन भएको रहेछ। तर अहिले हेर्दा त्यो पेज खुल्दैन। त्यसमा के समाचार थियो पनि थाहा पाउन सकिन्न।

तर थाहा पाउने तरिका नभएको होइन।

त्यो लिङ्कलाई तपाईँले फेसबुक वा ट्विटर (हाल एक्स)मा  राखेर हेर्नुस् त, के देखिन्छ?

यस्तो देखियो एक्समा –

फेसबुकमा यस्तो देखियो-

यसबाट के थाहा भयो भने खासमा यो “बैङ्कका शाखा प्रबन्धकमाथि ठगी आरोपको छानबिन चल्दै” शीर्षकको समाचार रहेछ। अनि फेसबुक र एक्समा देखिएको समाचार अंश अनुसार यो एनआइसी एसिया बैङ्कको कुरा रहेछ।

अब एनआइसी एसिया बैङ्कको बारेमा त तपाईँहरुलाई थाहा छँदैछ, यसको नारा नै छ- बैङ्क पनि, साथी पनि।

अनि साथीको इमेज खराब हुने समाचार कहाँ राख्न मिल्छ त, मिल्दैन नि, मिल्छ र ?

शायद् त्यही भएर यो समाचार कबाट कछुवा, ख खरायो, नागरिकन्युजको समाचार कता हरायो हुन गएको होला।

तर धन्दा नमान्नुस्, एक पटक इन्टरनेटमा राखिसकेको कुरा जति डिलिट गरे पनि कतै न कतै स्टोर भएर बसेकै हुन्छ। खोज्न जान्नुपर्छ। मैले यसो खोजी हेर्दा मज्जैले भेटियो।

पढ्ने हो त हराएको समाचार ?

पूरा समाचार पढ्ने मन भए यता क्लिक गर्नुस्। 

यसरी छापिसकेको समाचार इथिक्स विपरीत हटाएर लाखौँ लगानीकर्ताको विश्वास जितेको नागरिक जस्तो पब्लिक कम्पनीको इमेज खराब पार्ने यो प्राइभेट कम्पनीको न्युजपोर्टलले क्षतिपूर्ति दिनु पर्छ कि पर्दैन होला ? मलाई त यो विषयमा केही जानकारी भएन। तपाईँलाई थाहा छ कि ?

1 thought on “‘क’बाट कछुवा, ‘ख’- खरायो, ‘नागरिकन्युज’को यो समाचार कता हरायो?”

  1. Nepali thito says:
    September 29, 2023 at 8:17 pm

    सबैतिर चोरै चोर।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme