Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुरको न्युजरुम पुनसंरचना : हरिबहादुर थापा सम्पादक, अरु ब्युरो सम्पादक पनि थपिए

Posted on February 18, 2018February 19, 2018 by Salokya


देशको प्रमुख अखबार कान्तिपुरको न्युजरुममा पुनसंरचना गरिएको छ। अखबारमा एक जना मात्र सम्पादक हुने पुरानो संरचनालाई परिवर्तन गर्दै अब ब्युरोका सम्पादक बनाइएका हुन्। फागुन ७ गते कान्तिपुरको २५ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र प्रकाशक कैलाश सिरोहियाले ट्विटरबाट यसको घोषणा गरेका हुन्। अब कान्तिपुरका सम्पादक हरिबहादुर थापा हुनेछन्। त्यस्तै कान्तिपुरमा रहेका नौ ब्युरोका कोअर्डिनेटरलाई ब्युरो सम्पादकका रुपमा बढुवा गरिएको छ।

१० वर्षदेखि कान्तिपुरको नेतृत्व गर्दै आइरहेका प्रधान सम्पादक सुधीर शर्माले आज ट्विट गर्दै कान्तिपुरको पुनसंरचना गरिएको न्यूजरुममा हरिबहादुर थापालाई सम्पादक पदमा नियुक्त गरिएको बताएका हुन्।

कान्तिपुरको पुनसंरचना गरिएको न्यूजरुममा @Haribthapa लाई सम्पादक पदमा नियुक्त गरिएको छ । थापा र ब्यूरो सम्पादकमा पदोन्नत भएका अन्य सबै साथीहरुलाई बधाई तथा शुभकामना !

— SUDHEER SHARMA (@sudheerktm) February 18, 2018

थापा कान्तिपुरमा स्थापना कालदेखि कार्यरत छन्।

प्रकाशक कैलाश सिरोहियाले पनि प्रधान सम्पादक सुधीर शर्माको प्रस्तावमा कान्तिपुर दैनिकको सम्पादकमा प्रमोसन गरिएको ट्विटबाटै बताएका छन्।

प्रधान सम्पादक सुधीर शर्मा को प्रस्तबमा कांतिपुर दैनिक को सम्पादकमा प्रमोसन हनुभाएका हरि बहादुर थापा लाई हार्दिक बधाई । यो टीम ले कांतिपुर लाई अझ सशक्त बनाई रहनेछ । https://t.co/mEfryUGJL9

— kailash sirohiya (@KailashSirohiya) February 18, 2018

वार्षिकोत्सवकै पूर्वसन्ध्यामा कान्तिपुर टेलिभजनका प्रधान सम्पादक दिलभुषण पाठकलाई जापान भ्रमणमा रहँदै हटाएर नेपाल म्यागेजिनका सम्पादक प्रशान्त अर्याललाई ल्याइएको छ। अर्यालले भिजुअल मिडियामा पहिलो पटक नेतृत्व दिँदैछन्। नेपाल म्यागेजिनमा भने केही अघिमात्रै कान्तिपुर छाडेर अन्नपूर्ण गएका वसन्त बस्नेतलाई ल्याइएको छ। उनलाई सहायक सम्पादकको जिम्मा दिइएको छ भने प्रधान सम्पादक सुधीर शर्मा नै रहनेछन्।

पाठकलाई हटाइएको बारे केटिभीमा कार्यरत सहकर्मीहरुको प्रतिक्रिया पनि सामाजिक सञ्जालमा छाएका छन्-

दिलभुषण पाठक कान्तिपुर टेलिभिजनवाट हटने सम्वन्धी समाचारमा पुनम पौडेलेको कमेन्ट पल्लो गाँउतिर हिट रहेछ 😉 pic.twitter.com/1eVKnIJlXc

— ShIvA DaHaL (@dahalshivaji) February 18, 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme