Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरायो! हरायो!! ‘नागरिक’बाट कर्ण शाक्यको नाम हरायो

Posted on August 4, 2017 by Salokya


नेपाली पत्रकारितामा आज एउटा रोचक उदाहरण भेटिएको छ। एउटै मिडिया हाउसबाट प्रकाशन हुने दुई राष्ट्रिय दैनिकमा आज पहिलो पेजमा एउटा समाचार छापिएको छ। समाचारको बाइलाइन (लेख्ने पत्रकारको नाम) पनि एउटै छ। तर एउटा पत्रिकामा भने रहस्यमय रुपमा पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अगुवा कर्ण शाक्यको नाम गायब छ।

प्रसंग पोखराको फेवातालको १६ सय ९२ रोपनी व्यक्तिका नाममा दर्ता भएको समाचारको हो। फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो। समितिले करिब ९ सय ५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिस गरेको छ। त्यसमध्ये ७ सय जनाको जमिन संरक्षण क्षेत्रभित्र पर्ने समितिका तत्कालीन संयोजक लामिछानेले बताएको समाचारमा उल्लेख छ।

यो समाचार अङ्ग्रेजी दैनिक रिपब्लिकामा छापिँदा एउटा लाइन यस्तो रहे्को छ-

Tourism entrepreneur Karna Shakya, who is also promoter of the ‘positive thinking’ campaign, is among those putting up mega structures within the wetland area. Shakya runs the Water Front Hotel there.

हेर्नुस् रिपब्लिकामा छापिएको समाचारको लिङ्क

तर यो लाइन नेपाली दैनिक ‘नागरिक’ मा छापिएको समाचारमा भने छैन। अरु सबै समाचारका तथ्य र कोटहरु हुबहु छन्। मात्र गायब छ- कर्ण शाक्यको प्रसंग।

हेर्नुस् नागरिकमा छापिएको समाचारको लिङ्क

किन होला?

कृपया सकारात्मक सोचौँ। नकारात्मक सोच नराखौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected]ar.com मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme