Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: मिडिया

मदन भण्डारीसित जोडिएको ‘फेक न्युज’का दुई स्क्यान्डल

Posted on May 16, 2020May 16, 2020 by Salokya

२७ वर्षअघि आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको मृत्यु भएको थियो। यत्रो वर्ष भइसक्दा पनि त्यो दुर्घटना थियो कि नियोजित षड्यन्त्रका कारण भएको हत्या थियो भन्ने विषयमा चर्चा हुँदै गर्छ। त्यतिबेला त झन् विभिन्न हल्लाहरु चल्नु स्वभाविकै थियो। यही घटनासँग जोडेर नेपाली पत्रकारितामा दुई वटा स्क्यान्डल भएका छन्। स्क्यान्डल… Continue reading

पत्रकारितामा कोरोना कहर : अर्को ठूलो मिडिया हाउसमा पत्रकारहरुलाई बेतलबी विदा बस्‍न दबाब

Posted on May 5, 2020May 5, 2020 by Salokya

कोरोना भाइरसका कारण निम्तिएको संकटको मार श्रमजीवी पत्रकारहरुलाई पर्न थालेको छ। ठूला मिडिया कै पत्रकारहरु यसबाट पीडित हुन पुगेका छन्। केही अघि कान्तिपुरले केही पत्रकारहरुलाई बेतलबी विदामा बस्‍न भनेको समाचार आएका थिए। तर पत्रकार महासंघलाई कान्तिपुर व्यवस्थापनले लेखेको आधिकारिक पत्रमा पनि बेतलबी विदामा नबसाएको दावी गरिएको छ। यता, कान्तिपुरबाटै १२ वर्षअघि अलग्गिएर बनेको नेपाल रिपब्लिक… Continue reading

५८ लेखिसकेर फेरि ५७ मा झार्नु पर्दा कुनैले माफी मागे, कुनैले गुपचुप सच्याए, कुनै अटेरी

Posted on April 30, 2020 by Salokya

२०६४ सालको संविधानसभाको चुनावमा एउटा रमाइलो घटना भएको थियो। त्यतिबेला कुन पार्टीले कति सिट जित्यो भन्ने ब्रेकिङ न्युज हाल्ने प्रतिस्पर्धा हुन्थ्यो। एभिन्यूज टेलिभिजन सधैँ अगाडि हुन्थ्यो। उसले मतगणना हुँदै गर्दा प्रत्यक्षतर्फ माओवादीको सिट संख्या १२१ सम्म पुर्‍यायो। तर जित्न भने १२० सिटमात्रै जित्यो। अन्तिममा एभिन्युज टेलिभिजनले माओवादीले जितेको भनी ब्रेकिङ दिइसकेको १२१ सिटमा १ घटाएर… Continue reading

कोरोनाको मारमा प्रिन्ट मिडिया, कान्तिपुरमा ‘बेतलबी विदा’को आतंक

Posted on April 24, 2020 by Salokya

वैशाख ११ गते देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले एउटा विज्ञप्ति निकाल्यो। ‘दबावपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न नेपाल पत्रकार महासंघकाे आग्रह’ शीर्षकको महासचिव रमेश विष्टको हस्ताक्षर भएको विज्ञप्तिमा मुख्यतः दुई कुरा उल्लेख थियो। एउटा, नेपाल रिपब्लिक मिडिया प्रा.लि. (नागरिक/रिपब्लिका), एभिन्युज टेलिभिजन, राजधानी दैनिक तथा… Continue reading

‘राजधानी’मा गलत समाचार कसरी छापियो? समाचार लेख्‍ने पत्रकार यसो भन्छन्

Posted on March 23, 2020March 23, 2020 by mysansar

-प्रशान्त वली- यदि नेपालमा दुई हजार जनालाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रिपोर्ट देखियो भने न त कोरोना परीक्षण गर्ने प्रविधि तयारी अवस्थामा छ न त चिकित्सकहरुनै पर्याप्त मात्रामा छन्। न स्वास्थ्य उपकरणदेखि व्यक्तिगत सुरक्षात्मक उपकरण (पि.पी.ई) अस्पतालहरुमा आवश्यकता अनुसार छन्। त्यसैले पनि अहिलेसम्म कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रभावकारी तयारी गर्न नसकेको देखिएको छ।… Continue reading

‘गोरखापत्र’ले अन्यथा हुने गरी के छाप्यो हिजो त्यस्तो?

Posted on March 16, 2020March 16, 2020 by Salokya

गोरखापत्रको आजको कोहलपुर संस्करणको पहिलो पेजमा एउटा ‘क्षमायाचना’ छापिएको छ। प्रदेशस्तरीय प्रकाशन कार्यालय, कोहलपुरको नाममा रहेको गोरखापत्र संस्थानको यो क्षमायाचनामा हिजो अर्थात् ‘२०७६ साल चैत २ गतेको गोरखापत्र दैनिकको कोहलपुर संस्करणको पृष्ठ ४ र १३ प्राविधिक कारणले त्रुटि हुन गई अन्यथा हुन गएको’ उल्लेख छ। के अन्यथा भएको रहेछ त हिजो?

फ्याक्टचेक : म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो

Posted on March 13, 2020March 13, 2020 by Salokya

आज सोसल मिडियामा म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनेहरुले मास्क लगाउँदै गरेको फोटो राखेर त्यसलाई कोरोना भाइरसको संक्रमणसँग जोडेर ‘मूर्खहरु’ भन्दै आलोचना भइरहेको तपाईँले धेरै देख्नुभयो होला। सोसल मिडियामा ती फोटोहरुको स्रोत आजको कान्तिपुर दैनिक हो। आजको कान्तिपुर दैनिकको पाँचौँ पेजमा महामारीको घोषणासँगै सतर्कता बढाइयो शीर्षकको समाचारमा एउटा ठूलो फोटो राखिएको छ, जसको क्याप्सनमा पोखरीमा मास्क अनिवार्य… Continue reading

पत्याउनु हुन्छ? एउटा त्यस्तो पत्रिका जसमा समाचार एउटा पनि छैन

Posted on February 28, 2020February 28, 2020 by Salokya

पत्रिका भन्ने बित्तिकै तपाईँ के बुझ्नुहुन्छ? पक्कै पनि समाचार। समाचार बिनाको पत्रिका तपाईँ कल्पना गर्न सक्नुहुन्छ? अहँ। गाह्रै हुन्छ। तर हामी तपाईँलाई यहाँ एउटा यस्तो पत्रिका देखाउँदैछौँ, जसमा समाचार नै छैन। यो नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश विक चिन्तन प्रकाशक सम्पादक रहेको रुकुमबाट प्रकाशित नयाँ यात्रा साप्ताहिकको गत असोज १० मा प्रकाशित अंक हो।… Continue reading

हाम्रो स्वास्थ्य पत्रकारिता : नजानेको कि जानाजान भ्रम फैलाउन खोजेको?

Posted on February 26, 2020February 26, 2020 by mysansar

-डा. सन्देश दाहाल- प्राविधिक विषयमा समाचार सम्प्रेषण धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको विषयमा त अझ होस पुर्‍याउन जरुरी हुन्छ। तर अचेल मिडियाले त्यो संवेदनशिलतालाई बेवास्ता गरेको पाइन्छ। यो ब्लग लेखिरहँदा फागुन १० गते रातोपाटीमा एउटा शीर्षक छ, “विवाहको प्रलोभनमा तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ” शीर्षकमा… Continue reading

चिनिया दूतावासले सहन नसकेको त्यो लेख, काठमाडौँ पोस्ट र यसका सम्पादकलाई ‘चेतावनी’

Posted on February 19, 2020February 19, 2020 by Salokya

केही दिनअघि मात्र चिनिया राजदूतले आफ्नो ट्विटरमा एउटा भिडियो ट्विट गरेकी थिइन्। त्यसमा चीनका लागि हाम्रा राजदूत लीलामणि पौड्याल आफ्ना दूतावासका कर्मचारीहरुसँग उभिएर मुठ्ठी उचाल्दै नारा लगाइरहेका थिए। भाषा बुझ्नेहरुका अनुसार चीनको समर्थनमा ती नारा लगाइएका थिए। मैले विश्वका कुनै पनि राजदूतले यसरी आफू बस्ने देशको पक्षमा नारा लगाएको अहिलेसम्म देखेको थिइनँ। चिनियाँ राजदूतलाई आफ्नो… Continue reading

नाफा कि घाटा हेर्न जान्या छैन, बिजनेस न्युज लेख्छन् :)

Posted on February 9, 2020February 9, 2020 by Salokya

राजनीतिक समाचार हुने वेबसाइटमा पत्रकारको आस्थाका आधारमा फलानो नेता सही भनेर लेखिएको हुन्छ भने सोही नेतालाई अर्कोले गलत भनेर लेखेका हुन्छन्। आज अलि फरक बिजनेस बिटलाई प्रमुख आधार बनाएर चलेका यी दुई वेबसाइटका समाचार हेर्नुस्। एउटा भन्छ- समृद्धि फाइनान्सले दोस्रो त्रैमासमा घाटा खायो। अर्को भन्छ त्यही अवधिमा नाफा गर्‍यो। ए बाबा, एउटै कम्पनीको एउटै अवधिको… Continue reading

चि*को समाचार लेख्‍‍ने अनलाइनहरुको फलोअप : माफी कसैले मागेनन्, कोही सुटुक्क सच्याउने कोही डिलिट गर्ने

Posted on February 5, 2020February 5, 2020 by Salokya

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले ‘आफूले चिनेकै मान्छे स्कूलमा लिन आएपछि’ लेख्नुपर्नेमा ‘आफूले चि*कै मान्छे स्कूलमा लिन आएपछि’ लेखेको समाचार पठाएपछि निजी अनलाइनहरुको डेस्कमा बस्ने दिमाग नभएका मेसिन पत्रकारहरुले जस्ताको तस्तै कपिपेस्ट गरेको बारे सोमबार ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने… Continue reading

राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने अनलाइनहरुलाई लाज लाग्यो कि लागेन?

Posted on February 3, 2020February 3, 2020 by Salokya

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले हिजो एउटा समाचारमा ठूलो गल्ती गर्‍यो। आफ्नै मामाको छोराले स्कूलबाट बालिका अपहरण गरेर फिरौती मागेको र पक्राउ परेको समाचार थियो यो भक्तपुरको। समाचार लेख्ने क्रममा राससका कुन चाहिँ ‘डर्टी माइन्ड’पत्रकारले ‘आफूले चिनेकै मान्छे स्कूलमा लिन आएपछि’ लेख्नुपर्नेमा ‘आफूले चि*कै मान्छे स्कूलमा लिन आएपछि’ भनेर लेेखिदिएछ। ‘न’ को… Continue reading

संसारमै नभएको गैँडा यता देखियो- सुँड भएको !

Posted on January 31, 2020 by Salokya

गैँडाको बारेमा त हाम्रा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा प्रशस्त बोलिसक्नुभएको छ। गैँडा नदेख्नेको आधा जुनी खेर जान्छ भन्ने महावाणी उहाँकै हो। गैँडा पनि विभिन्न किसिमका हुन्छन्- एक सिङ्गे गैँडा चाहिँ हाम्रो देशमा पाइने हो। तर तपाईँलाई थाहा छ? सुँड भएको गैँडा पनि हुने रहेछ नि। नपत्याउनु भएको ? तलको समाचारको स्क्रिनसट हेर्नुस् त।

प्रचण्डको हेडलाइनलाई लिएर ‘मुटु भएका’ दुई सम्पादकको नोंकझोंक

Posted on January 27, 2020January 27, 2020 by Salokya

यसो देश बाहिर भएका बेला देशमा उधुम नयाँ र रमाइला कुराहरु छुट्यो। त्यसमध्ये एक थियो- राम्रो काम देख्न सक्ने मुटु भएका सम्पादकहरु नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले गरेको आलोचना। प्रधानमन्त्रीले त्यसो के भनेका थिए, सारा सम्पादकहरु हाम्रो त मुटु छ है भनेर प्रतिवादमा उत्रिएका थिए। आज मध्यरातमा भने मुटु भएका तिनै मध्येका दुई सम्पादकको रोचक… Continue reading

संसारमा नहुने कुरा ‘नेपालन्युज’मा किन भयो? कारण यस्तो रहेछ

Posted on January 27, 2020January 27, 2020 by Salokya

तपाईँले कुनै अनलाइनको फेसबुक पेज लाइक गर्नुभएको भए त्यसमा के देख्नुहुन्छ? पक्कै पनि जुन अनलाइनको फेसबुक पेज हो, त्यही अनलाइनमा राखिएका समाचार सामाग्रीहरु। हाम्रोतिर मात्र हैन, विश्वमै यस्तै चलन हो। तर गएको हप्ता भने अचम्मै भयो। नेपालन्युजले आफ्नो न्युज नभई अर्काको न्युज सेयर गरिरहेको देखियो। झुक्किएर त्यसो भएको भन्ने ठान्नुभएको भए तपाईँ गलत हुनुहुन्छ। किनभने… Continue reading

IMF को लोगोमा M***er F***er गाली छापेको भोलिपल्ट यसरी मागियो माफी

Posted on December 24, 2019December 24, 2019 by Salokya

आर्थिक दैनिक ‘कारोबार’को हिजो सोमबारको अंकको आठौँ पेजमा एउटा छाप्न नहुने कुरा छापिएको थियो। आर्थिक क्षेत्रको समाचार र विचारमात्र समेटिने दैनिक त झन् यस्तो विषयमा संवेदनशील हुनुपर्ने थियो। तर, M***ER F***ER लेखिएको आमाचकारी गाली लेखिएको लोगो छापिएको थियो। सामाजिक सञ्जालमा गलत लोगो छापिएको विषयमा चर्चा भएपछि आज मंगलबारको अंकमा पत्रिकाले क्षमायाचनासहित भूल सुधार गरेको छ।

हरे, ‘कारोबार’ दैनिकमा के छापेको यस्तो आपत्तिजनक?

Posted on December 23, 2019December 23, 2019 by Salokya

आर्थिक दैनिक ‘कारोबार’को आज सोमबारको अंकको आठौँ पेजमा एउटा छाप्न नहुने कुरा छापिएको छ। अचम्म, आर्थिक क्षेत्रको समाचार र विचारमात्र समेटिने दैनिक त झन् यस्तो विषयमा संवेदनशील हुनुपर्ने हो। तर, यो अचम्मैको आपत्तिजनक छाप्न नहुने कुरा छापिएछ। 

अनलाइन मिडिया : संख्या बढ्यो, गुणस्तर बढेन

Posted on December 22, 2019 by Salokya

प्रदेश ३ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको सञ्चार रजिस्ट्रारको कार्यालयले शुक्रबार अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयमा एउटा कार्यक्रम गरेको थियो। यो कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको वर्तमान अभ्यासबारे सामाग्री ‘कन्टेन्ट’मा फोकस रहेर कार्यपत्र प्रस्तुत गर्न मलाई भनिएको थियो। अनलाइन मिडियाको संख्या अहिले निकै बढेको छ। सूचना विभागमा दर्ता भएका अनलाइनको मात्रै… Continue reading

शृङ्खला खतिवडा र ‘नागरिक’को विवाद, के हो विषय?

Posted on December 21, 2019 by Salokya

अघिल्लो मिस नेपाल शृङ्खला खतिवडा र राष्ट्रिय दैनिक ‘नागरिक’ बीच अहिले एउटा विवाद चर्किएको छ। खासमा नागरिक दैनिकको अनलाइन ‘नागरिकन्युज’ मा प्रकाशित एउटा समाचारमा शृङ्खलाले आपत्ति जनाएपछि अनलाइनमा शृङ्खला समर्थकहरुले नागरिकलाई पत्रकारिताको मूल्यमान्यताविरुद्ध समाचार लेखेको आरोप लगाएका छन् भने नागरिकले पनि फेसबुकमा स्पोन्सर्ड नै गरेर भिडियोसहित राखेर आफूले पहिले लेखेको समाचारलाई सही ठहर्‍याउने प्रयास भएको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme