Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओली बोल्ने, पत्रिका आँखा चिम्लेर पत्याउने

Posted on February 2, 2015February 2, 2015 by Salokya

2015-02-02-AP-EDTIORIAL २ अर्ब रुपैयाँ दिने भनी कागज गरेपछि माओवादीले स‍ंसदमा अवरोध हटाएको र अहिले पनि ५/१० अर्ब दियो भने संविधान सभा चल्छ भनी ओलीले भनेको कुराबारे हिजै ब्लग लेखिसकिएको छ। यहाँ क्लिक गरी पढ्नुस्। योबारे आज अन्नपूर्ण पोस्टले सम्पादकीय नै लेखेको रहेछ। ओलीले कुन पैसा भनेका हुन् भन्ने कुरामा ध्यानै नदिई सम्पादकीयमा ओलीले भनेपछि आँखा चिम्लेर पत्याउने हिसाबको तर्क पढ्न पाइन्छ त्यसमा।

ओलीलाई नै त्यसबारे सोधेर हो भने यसरी लिएका थिए अर्बौँ रुपैयाँ माओवादीले भनेर खुलासा गर्न छाडेर सम्पादकीयमा भनिएको छ, ‘नेपालका नागरिकहरूले सामूहिक रूपमा जान्नै पाउने र पर्ने विषय अभिव्यक्त भएको छ ओलीमार्फत्।’ मानौँ, ओली महाराज हुन्, उनले जे बोल्छन्, सत्य बोल्छन्। सत्यबाहेक केही बोल्दैनन्। यसबारे ओलीलाई थप सोध्न पाइँदैन। सोधे रिसानी होला, मैले भनेको नपत्याउने? अझ रमाइलो त के छ भने सम्पादकीय आफ्नै पत्रिकामा छापिएको खबरबारे समेत बेखबर छ।

सम्पादकीयमा लेखिएको छ- माओवादीमाथि खुलेरै पैसाबाट निर्देशित राजनीति गरेको आरोप लाग्दा त्यो नेतृत्व किन मौन छ? कानुनी भाषामा आरोप लगाउनेमाथि आरोप सिद्ध गर्न जिम्मेवारी रहन्छ। तर आरोपितको मौनताले अरू आशंका उत्पन्न गर्छ।

जबकि यो सम्पादकीय छापिएको पेज छ भन्दा तीन पेजमात्रै अगाडि पल्टाउँदा एउटा समाचार छापिएको छ जसमा आरोपितले यसबारे प्रष्ट पारेको लेखिएको छ। सम्पादकीय आफ्नै पत्रिकामा छापिएको समाचारसमेत नपढी लेखिँदो रहेछ भन्ने नयाँ तथ्य यसले स्थापित गरेको छ।

पढ्नुस् सम्पादकीय-

2015-02-02-AP-EDTIORIAL

अनि सोही पत्रिकामा छापिएको समाचार जुन सम्पादकीयले देखेन
News-AP-EDTIORIAL

10 thoughts on “ओली बोल्ने, पत्रिका आँखा चिम्लेर पत्याउने”

  1. dave says:
    February 5, 2015 at 10:01 pm

    बिरामी बुढा हरुलाई अवकाश कसले दिलाउने हो नेपाल मा….

    Reply
  2. Resham says:
    February 4, 2015 at 4:14 pm

    मैले त आजकल सही समाचार विश्लेषण पढ्न को लागि my sansar नै हेर्ने गर्छु . नेपाल का पत्र पत्रिका /tv channel हरु ले त हरेक कुरा मा आफ्ना नेता /पार्टी का बिषय मात्रै माथि उठाउन तर्क/कुतर्क गरेको पाइन्छ . नेपाल मा त संचार माध्यम हरु पनि विभिन्न पार्टीका भात्री संगठन रे . tv channel त मात्रै येसो नाच साच् हेर्ने हो. पत्र पत्रिका त झन के टाउको दुखाउने? हुन त संचार माध्यमहरु पनि त व्यापार नै हो जता फाइदा हुन्छ तेता झुक्नु पने बाध्यता हुन्छनै .

    Reply
  3. ekraj says:
    February 3, 2015 at 5:52 pm

    I am not sure exactly what is happening in Nepal at this moment.
    It appears that Oli and his Dons are investing lot on media to buy cheap popularity.
    Oli and Oli supporter media, how much these stupids have undermined people and insulted their intelect.
    One thing we all have to be careful is, this guy Oli, who bought a fake certificate of his qualificaiton is an arrogant and deliberately misled people. He already started behaving like legitimate ruler and he is even higher than a King. If he can do so much damage at his current role, what this maniac will do when he really becomes PM of Nepal.
    All media mafia, Dons and Smugler will just tear the system apart and ordinary people will just loose their voice completely.
    This issue needs serious investigation to get to the bottom of elegation and the culprits have to be penalised.

    Reply
  4. डिल्ली says:
    February 3, 2015 at 3:12 pm

    हौवाको पत्रकारिता र हौवाकै राजनीति फापेको छ देशमा । राजनीतिज्ञ, पत्रकार र कन्सल्ट्यान्ट भनिने जीवहरूले धेरै जसो गफै ठोक्ने त हुन् । नेताको भाषण, पत्रकाको समाचार र कन्सल्ट्यान्सीका रिपोर्टमा सत्यता खोजे कमै मात्र भेटिन्छ ।

    सम्झि ल्याउँदा अोलीजीले पहिले पनि नेपालको विजुली इन्टरनेटबाटै बेच्ने विधा आविश्कार गरेका थिए क्यारे । लाखौँ रुपैँयाँ भेटेर यौटी चेलीले फिर्ता दिएको समाचार पनि पत्रिकाले छापेकै हुन् । राष्ट्रपतिले पनि बधाइ दिन भ्याएका थिए क्यारे तिनै पत्रुकारले गर्दा । भूपि शेरचनले उहिल्यै त्यतिकै लेखेनछन् यो हल्लै हल्लाको देश हो भनेर ।

    Reply
  5. devendra shrestha says:
    February 3, 2015 at 2:13 pm

    नेता जी को मुटुले ढ्यांग्रो ठोक्न थाली सकेछ भन्ने कुरा नेताको आवाज बाट थाहा लग्यो किन भने काठमाडौँ नफर्कन पनि सकिनछ भन्ने के बोलेको थिए प्रचण्डले सबै नेता त्रसेरा मुटुले ढ्यांग्रो ठोक्न लागि सकेछ भन्ने कुरा प्रमाणित हुन्छा

    Reply
  6. Shankar says:
    February 3, 2015 at 1:51 pm

    सत्यवादी हरिस्चान्द्र ले झुटो बोल्यो भने ओहो अचम्म भयो भन्न सकिन्छ , जसो दिन चर्या नै झुट बाट सुरु भएर अपराध को बाटो हुदै देश विप्लब मा अन्त हुन्छ , तिन बाट यो भन्दा बढी के अपेक्ष्या गर्न सकिन्छ ? येस्मा ओली ,माधब , प्रचण्ड , बामदेब सबै नै हमराही हुन्|

    भर्खर पर्दा खसेको नाटक हेरम न , प्रचण्ड अब गाउ जाने र ? एसले अब तर्सिने चै को होला ? नागार्जुन वाला भए त् तर्सिन्थ्यो पनि होला , अब कांग्रेस ,एमाले चै प्रचण्ड ले बन्दुक समाउछु भन्दा माला समाउदै ओम मानि पद्मे हुम गर्ने खाल का परेनन् | हिजो राजाको पाला मा बन्दुक समाउने माउबादी मात्र थिए एमाले ,कांग्रेस को हात बाधिएको दिमाग दासता ले भरिएको थ्यो अब त् त्यो छैन , उसले बन्दुक समाए एसले बम ले जबाफ दिन्छ , उसले मिसाइल छोडे एसले क्ष्येप्यास्त्र छोड्छ , अनि खलास |
    अनि प्रचन्डलाई अब गाउमा स्वागत गर्ने उडुस , उपिया ,जुम्रा र लामखुट्टे बाहेक को होला ?
    झुट को गङ्गा मा नुहाएका , फ़रेबि र धोका को बास छोड दै गाउजाने लाइ गाउले ले अपान बायु छोडेर फेरी पेरिस डाडा नै पुर्याई दिन्छन | बरु नक्कली इलमी छोराको बंगुर पालन हात बाटाये, बंगुर ले पनि साथि पाउने , देश को पनि हित हुने, हिन्दि फिलिम हेर्न २ पैसा पनि आउने , आफै प्रचण्ड पथ मा हिडम न |

    Reply
  7. Tika gurung says:
    February 3, 2015 at 1:26 am

    PhD Dr K P ओली त परे किन न पत्याउनु पत्रिका हरुले :p :p

    Reply
  8. सिर्जने says:
    February 3, 2015 at 12:28 am

    राजनेता भनेर गुण्डानायक ओलीको ‘बेइज्जत’ पनि गरेछ यो पत्रिकाले /

    Reply
  9. bhusan says:
    February 3, 2015 at 12:20 am

    कस्ता कस्ताले त के के गरेर गरिखाका छन् नेपालमा, पत्रकारलाइ पनि गरिखान देउ यार. गौशालामा बादरको आचीलाइ भालुको माल हो सुन्नेको ठाउमा दिनमा ३ पटक र सुत्नु अगाडि १ पटक दलेर सुत्नु बाथ जोर्नीको समस्या निको हुन्छ भन्दै बेचेर ३ जनाको परिवार धानेकोलाइ भेटेको थिए. धेरै बेर सोधी खोजि गरेर १०० रुपिया तेत्तिकै दिने सर्तमा – के गर्ने दाइ बादरको लिण्डो जति सजिलै यहाँ ब्यापार गर्न केहि पनि पाइदैन भन्दै हासेका थिए तिनी.
    केहि नेता र केहि पत्रकार उस्तै छन् है झुटो बोल्ने मामिला मा.

    Reply
  10. रैथाने says:
    February 3, 2015 at 12:03 am

    पत्रुकार भन्छन यस्तालाई र यस्ताको कार्यलाई हर्कत भन्दछ!
    अब पत्रुकारहरुको हर्कतको बारेमा बाद बिबाद गर्नु वाहियात र मुर्ख्याइ मात्र हो!
    देश को मुख्य दुर्भाग्य मध्यको केहि अघिल्लो र उपल्लो दुर्भाग्य हि हुन्!
    ओली जस्तो छुचुन्द्रोको बोलीमा बहस!
    पत्रुकार हरुको हर्कतमा बिबाद!
    यिनीहरुले हामि जनतालाई नालायक र निम्न प्राणि बनायकाछन तेसैले यी कुराको पछि नलागौ भनेको के गर्नु पोखरीमा उठेको तरंग ले पोखरी भित्रको प्राणीलाई केहिन केहि कतैनाकतई त छोई हाल्छ भलै त्यो तरंग अप्सराले पानि उभाउदा होस् वा बाँदरले ढुङ्गा खसाल्दा होस् या पागलले गिगोल्या होस्!
    देशले हाइसनचो कहिले पाउने हो?
    यो किड्नी कति सम्म चल्छ भन्या?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme