Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कारमा सवार राष्ट्रपतिलाई मिडियाले चढाइदिएको बग्गी

Posted on March 30, 2018March 30, 2018 by Salokya


राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न बाटो बन्द गरेर बग्गी चढेर नयाँ बानेश्वरस्थित संसद भवन पुगिन्।

धेरैले बिहीबार यस्तै भएको भन्ने ठानेका छन्। मिडिया र त्यसकै लहैलहैमा सोसल मिडियामा पनि राष्ट्रपतिको बग्गी सवारीको चर्चा भयो। तर त्यो सही थिएन। बाटो बन्द पक्कै गरिएको दुई तर्फी नै। तर बग्गी थिएन।

पहिले जस्तै सेरेमोनियल महत्त्वपूर्ण काममा जाँदा घोडचढी (रिसल्ला) हरुले अगाडि र पछाडि घेरिएर कार चढी राष्ट्रपति नयाँ बानेश्वरस्थित संसद भवन पुगेकी थिइन्। तर मिडियाले कार चढेकी राष्ट्रपतिलाई जबर्जस्ती बग्गी पो चढाइदियो। कसरी आयो त यो बग्गीको कुरा? हेरौँ मिडियाका खबर।

सबैभन्दा पहिला पढौँ अन्नपूर्ण पोस्टको खबर

अब हेरौँ सेतोपाटीको खबर

 

 

अब हेरौँ रिपोर्टस नेपालको समाचार

अनलाइनखबरले पनि शीर्षकमै सवारी बग्गीमा हुने लेखेको थियो

उज्यालोको खबर यस्तो थियो

कान्तिपुरले पनि यस्तो लेखेको थियो

शिखरन्युज नामको एउटा अनलाइनले बग्गीमा चढेरै राष्ट्रपतिको सम्बोधन सुरु भएको लेखेको छ।

यति धेरै मिडियामा आएपछि नपत्याउनु पनि कसरी ! सरकारी समाचार एजेन्सी राससले पनि यस्तै समाचार दिएको थियो।

तर सत्य यो थिएन। मिडियाले जबर्जस्ती हुँदै नभएको कुरालाई सत्य बनाउने प्रयास गरेको थियो। हेर्नुस् उही राससले पठाएको फोटोमा नेपाल सरकारको लोगो नम्बर प्लेट रहेको राष्ट्रपतिको गाडी संसद भवनमा प्रवेश गर्दै गरेको फोटोमा देखिन्छ।

अनि यो टप एङ्गलबाट खिचेको फोटो हेर्नुस्। यसमा पनि बग्गी देखिँदैन।

भिडियो हेर्नुस् त, देख्नुभो बग्गी?

त्यो सँगै घोडा चढेकाहरु छन् नि त्यो बग्गी हो त? हैन। त्यो त नेपाली सेनाको क्याभलरी विभागमा रहने घोडा चढ्ने सैनिकहरु हुन्।  क्याभलरी विभागमा अनुसार प्राचीनकाल देखि नै नेपालमा अश्वसेनाको प्रयोग हुँदै आएको पाइन्छ। चांगूनारायणमा भएको अभिलेख अनूसार पांचौ शताब्दी देखी नै नेपालमा अश्वसेना थिए भन्ने कूरा थाहा पाउन सकिन्छ । नेपाली सेनामा घोडचढी सैन्यको समावेश चौधौं शताब्दीको सूरुमा नेपालमा तलेजू भवानी लिई कर्णाटकहरुको आगमन संगै भएको मानिएको छ । नेपालमा घोडेजात्रा गर्ने परम्परा मध्यकाल देखी नै शूरु भएको थियो। त्यस कार्यक्रममा प्रयोग गरिने घोडा राजप्रासादमा राखिएको तलेजू भवानीको घोडा थियो । त्यस्तै १६ औं शताब्दीमा पाल्पाली राजा मूकून्द सेनले नेपाल आक्रमण गर्दा असंख्य घोडचढी सैन्य ल्याएको कूरा उपयूक्त पार्वती बंशावलीमा उल्लेख गरिएको छ । मध्यकालको अन्त्यतिर बडामहाराजाधिराज पृथ्वी नारायण शाहको नेपाल आक्रमणको इतिहासलाई केलाउ‌दा त्यस समय अश्वारोही सेनाको अभाव रहेको देखिन्छ । पछि जंग बहादूर राणाको पालामा नेपालमा अश्वसेना खडा भएको थियो । जंग बहादूर राणाले ई.सं. १८४८ मा तत्कालिन श्री ५ सूरेन्द्र विर बिक्रम शाहदेव सरकार संगै शिकारमा जांदा ३०० अश्वसेना लगेका थिए। साथै सन् १८५७ मा भएको प्रथम भारतीय स्वतंन्त्रता संग्राममा अंग्रेजहरुलाई मद्धत गर्ने उद्धेश्यले जंग बहादूरले कर्नल पहलवान सिंह बस्नेतको नेतृत्वमा अश्वसेना भारतमा पठाएको कूराको विभिन्न आधारहरु छन् ।

यस क्याभलरीको इतिहास हेर्दा पल्टन आधिकारीक रुपमा तत्कालिन श्री ५ महाराजाधिराज सूरेन्द्र विर विक्रम शाहको राज्यकालमा वि.सं. १९०६ मंसिर ७ गते घोडचढी सैनिकहरुको एक दल रिसल्ला भन्ने नामबाट खडा भई भूगोलपार्कमा घोडा तबेला स्थापना भएको थियो। बि.सं १९११ देखी १९१२ को नेपाल तिब्बत बिच भएको यूद्धमा यस रिसल्लाले बहादूरीका साथ लडेको थियो । त्यस बेला नेपालका प्रधानमन्त्री तत्कालिन श्री ३ जंग बहादूर राणा थिए । त्यसबेला तालिमे तथा नयां घोडाहरु भूगोलपार्कमा राखिन्थ्यो भने बांकी घोडा बालाजूमा राखिएको थियो। जंग बहादूर राणाको मृत्यू पछि रणोद्दिप सिंहको प्रधानमन्त्रीको कार्यकालमा सो घोडाहरु कालिका स्थानमा राखियो । २० औं शताब्दीको सूरुवातमा चन्द्र शम्सेरले सिंहदरबारको निर्माण गरेपछि उक्त दरबार राणा प्रधानमन्त्रीहरुको आवाश स्थल हूनूको साथै तत्कालीन राज्य संचालनको केन्द्र स्थल पनि रहेको थियो । त्यस बेला सिंहदरबारको ठिक अगाडी हाल ट्राफिक प्रहरी कार्यालय रहेको स्थानमा रिसल्ला फौज राख्ने गरिएको थियो । हाल सो स्थान बग्गीखाना भनेर चिनिन्छ।

बग्गी त यस्तो हुन्छ हेर्नुस्-

भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी बग्गी चढ्दाको फोटो : news18.com

नेपालमा बग्गी चढ्ने चलन नभएको हैन। राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाउन जाँदा उनीहरुलाई बग्गीमा चढाएर शीतल निवास पुर्‍याउने चलन सुरु भइसकेको छ। हेर्नुस् तल पुरानो फोटो-

तपाईँलाई मिडिया र सोसल मिडियाको कुरा सुन्दा राष्ट्रपति बग्गीमा नै चढेर गएको जस्तो लागेको थियो? कृपया तल प्रतिक्रिया लेख्नुस् वा भोट गर्नुस्

5 thoughts on “कारमा सवार राष्ट्रपतिलाई मिडियाले चढाइदिएको बग्गी”

  1. Pingback: गाडीलाई नै बग्गी नठान्नुस् के, सेनासित भएका १९ वटा बग्गी यस्ता छन् « Mysansar
  2. Sunny says:
    March 30, 2018 at 11:18 pm

    Lato desh ko gado tanneri!! Janata laai dukha diyera chaine nachaine rajkiye sawari communists haru ko sala.

    Reply
  3. Kcrosn says:
    March 30, 2018 at 12:51 pm

    Effect of copy paste news…

    Reply
  4. rajan maharjan says:
    March 30, 2018 at 11:23 am

    बग्गी को स्पीड मा गए पछि बग्गी मै छाडेको जस्तो भै हाल्यो नि हैन त सालोक्य ज्यु?

    Reply
  5. इश्वरी says:
    March 30, 2018 at 10:19 am

    राष्ट्रपतिज्यू,
    राजतन्त्रलाई बिर्साउने गरी हाम्रो बाटो क्याप्चर गरेर हामी सर्बसाधरंलाई सधै दुख दिने? बनाउनुहोस् हजुरको राष्ट्रपति भवन पनि सांसद भवनसंग जोडेर र हिडेर जानुस् | कि सितल निवास उर्फ भण्डारी निवासमै सांसद सभा भवन पनि बनाउनु होस् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme