प्रदेश ३ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको सञ्चार रजिस्ट्रारको कार्यालयले शुक्रबार अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयमा एउटा कार्यक्रम गरेको थियो। यो कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको वर्तमान अभ्यासबारे सामाग्री ‘कन्टेन्ट’मा फोकस रहेर कार्यपत्र प्रस्तुत गर्न मलाई भनिएको थियो। अनलाइन मिडियाको संख्या अहिले निकै बढेको छ। सूचना विभागमा दर्ता भएका अनलाइनको मात्रै… Continue reading
Category: मिडिया
शृङ्खला खतिवडा र ‘नागरिक’को विवाद, के हो विषय?
अघिल्लो मिस नेपाल शृङ्खला खतिवडा र राष्ट्रिय दैनिक ‘नागरिक’ बीच अहिले एउटा विवाद चर्किएको छ। खासमा नागरिक दैनिकको अनलाइन ‘नागरिकन्युज’ मा प्रकाशित एउटा समाचारमा शृङ्खलाले आपत्ति जनाएपछि अनलाइनमा शृङ्खला समर्थकहरुले नागरिकलाई पत्रकारिताको मूल्यमान्यताविरुद्ध समाचार लेखेको आरोप लगाएका छन् भने नागरिकले पनि फेसबुकमा स्पोन्सर्ड नै गरेर भिडियोसहित राखेर आफूले पहिले लेखेको समाचारलाई सही ठहर्याउने प्रयास भएको… Continue reading
राजदूतबारे ‘कान्तिपुर’ले के छाप्यो त्यस्तो अन्यथा?
आज अर्थात् मंसिर २५ गते ‘कान्तिपुर’ दैनिकको १२ औँ पेजमा एउटा ‘सच्याइएको’ सूचना राखिएको छ। यो सच्याइएको सूचना चार दिन अघि कान्तिपुरमा छापिएको समाचारबारे रहेछ। त्यसमा लेखिए अनुसार युरोपियन युनियनकी राजदूत भेरो निका कोडीको भनाई उद्धृत गर्ने क्रममा ‘अन्यथा’ भएछ। के ‘अन्यथा’ भएको त्यो चाहिँ लेखिएको छैन। मात्र ‘संविधानले तोकेबमोजिम वादी समुदायलाई समाजमा समावेशिताको हक… Continue reading
काफ्ले सम्पादक भएको अनलाइनमा काफ्ले समाजको समाचार, कति रमाइलो !
नेपालको पत्रकारिताको कन्टेन्ट यसो नियाल्यो भने गजब रमाइला रमाइला उदाहरण पाइन्छन्। पत्रकारहरु पिकनिक गएको समाचारसमेत सरकारी समाचार एजेन्सीले दिन्छ। पत्याउनु भएन? त्यसो भए तपाईँले यो ब्लग पढ्न छुटाउनु भयो। यहाँ क्लिक गरी हेर्नुस्। अचम्मका हुन्छन् हाम्रा अनलाइनहरु। न्युजपोर्टल भन्या हुन्छन् तर द्रौपदीले गुप्तवासमा बस्दा नाम के थियो, रामले सीतालाई कति माया गर्थे भन्ने खालका ‘खोजमूलक’… Continue reading
‘नेपालन्युज’मा अब रहेनन् ‘सम्पादक’हरु
अनलाइनै अनलाइनहरुको भिडमा एउटा अनलाइन अलि फरक थियो – नेपालन्युज। यसमा सम्पादकहरु प्रशस्त थिए। भए जति सबलाई जे झुण्ड्याएर हुन्छ सम्पादक पद दिइएको थियो- समाचार सम्पादक, सहायक सम्पादक, प्रबन्ध सम्पादक, उपसम्पादक, वरिष्ठ उपसम्पादक…आदि। त्यसैले त सम्पादकै सम्पादकहरु भएको मिडियाका रुपमा चर्चित थियो ‘नेपालन्युज’। यति धेरै सम्पादक भएको मिडियामा फेरि सम्पादकै काण्ड भएर प्रधान सम्पादकको जागिर खुस्कियो। म्यानेजमेन्टले… Continue reading
एउटा अनलाइनको अ नौ ठो कहानी : न्युजरुमले बनाउन नसकेका ‘सम्पादक’
नेपालको पाको अनलाइन न्युज पोर्टल नेपालन्युज डट कमले चार वर्षअघि बन्द हुने सूचनाबारे जानकारी दिँदै ट्विट गर्दा व्यवस्थापनको ‘अपरिपक्व’ र ‘अनुपयुक्त’ निर्णयलाई दोष लगाइएको थियो। मर्कन्टायल कम्युनिकेसन्सको स्वामित्वमा रहेको यो अनलाइन बन्द हुनुमा व्यवस्थापन र न्युजरुमबीचको द्वन्द्व प्रमुख कारण थियो। विषय थियो- श्रमजीवी पत्रकारलाई स्थायी गर्नुपर्ने लगायतका माग। लौ खाओ त भन्दै व्यवस्थापनले वेबसाइटै बन्द… Continue reading
यस्तो छ संशोधन भएको पत्रकार आचार संहिता
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) प्रस्तावना : विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवर्द्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य–मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हितका लागि सबै सञ्चारमाध्यम र पत्रकारलाई लागू हुने गरी प्रेस काउन्सिल ऐन,… Continue reading
‘कान्तिपुर’ र ‘काठमान्डु पोस्ट’मा छापिएका दुई अलग व्यक्तिको विचार एकै खाले छ कि छैन हेर्नुस् त
कान्तिपुर र काठमान्डु पोस्ट एउटै मिडिया हाउसका उत्पादन हुन्। तर पनि दुई पत्रिकामा फरक फरक समाचार हुन्छन्। एउटै हाउसको भएकोले कहिलेकाहीँ जिल्लाबाट पठाइएका समाचार र फोटो एउटै हुनसक्ला तर विचार पृष्ठमा छापिएका दुई फरक व्यक्तिको लगभग एउटै विचार कसरी हुनसक्छ? सम्भव छ? अहँ सम्भव लाग्दैन। तर माइसंसारका एक पाठकले कान्तिपुर र काठमाण्डु पोस्टमा सेप्टेम्बर ३… Continue reading
विज्ञापनले कसरी समाचारमा असर पार्छ : गोर्खा ब्रुअरीको उदाहरण हेर्नुस्
आज देशका प्रमुख अनलाइनहरुमा इन्टर्स्टिसियल (Interstitial) विज्ञापन देख्नुभयो होला। कुनै वेबपेज लोड हुनुअघि देखिने विज्ञापनलाई इन्टर्स्टिसियल एड भनिन्छ। नेपालका केहीले चाहिँ यस्तो विज्ञापनलाई रोडब्लक भन्ने गरेका छन्। जबकि प्राविधिक रुपमा रोडब्लक एड भनेको वेबपेजका सबै स्लटहरुमा एउटै विज्ञापन देखिने गरी अरुलाई ठाउँ नै नदिनु हो। आज देखिएको सोमर्स्बीको विज्ञापन र समाचार सेन्सरबीचको एउटा गजबको रोचक… Continue reading
‘कान्तिपुर’मा सुदुरपश्चिमका मान्छेलाई ‘छाडा पशु चौपाया’ छापिएपछि..
खासमा मलाई यो कुरा थाहा थिएन। थाहा होस् पनि कसरी, यताको कुरा नै थिएन। कान्तिपुरले विभिन्न प्रदेश संस्करण पनि निकाल्ने गर्छ, जसमा प्रदेश पेजमा अलग अलग समाचार हुने गर्छ। मंगलबार (साउन १४) सुदुरपश्चिम प्रदेशमा छापिएको एउटा समाचारको फोटो क्याप्सनमा ठूलै गल्ती भएको रहेछ। त्यहाँका एक साथीले रातितिर इमेल गरेपछि पो बल्ल थाहा पाएँ। पेज ४… Continue reading
बिना सूचना ‘डिलिट’ गर्नुपर्ने गरी ‘कान्तिपुर’ले के छाप्यो यस्तो?
‘कान्तिपुर’ दैनिकको आधिकारिक अनलाइन संस्करण kantipurdaily.com ले आइतबार एउटा समाचार प्रकाशन गर्यो। त्यसको केही समयपछि भने त्यो समाचार ‘डिलिट’ भयो। अहिले त्यो समाचार प्रकाशन भएको लिङ्कमा गएर क्लिक गर्ने हो भने “तपाईले खोज्नुभएको समाचार हटाइएको छ” लेखेको देखिन्छ। किन हटाइयो? त्यसबारे कुनै पनि जानकारी दिइएको छैन। हटाउनै पर्ने गरी के राख्यो त कान्तिपुरले? पख्नुस्, म… Continue reading
सम्पादकहरू एम्बेस्सीहरूले बोलाए भने दंग परेर जान्छन् तर समाचार फलोअपमा जाँगर चलाउँदैनन्
– पी. खरेल, प्राध्यापक- समग्रमा कहिले कहिले केही हदसम्म पत्रकारले दल निकट भएर समाचार सम्प्रेषण गरेको केही ठूला मिडियामा देखिन्छ। यसमा प्रकाशकको प्रभाव बढी हुने गर्छ। कमर्सियल र राजनीतिक स्वार्थको लागि मालिकहरूको प्रभाव पनि परेको हुन्छ, समाचार दिएर वा नदिएर प्रभाव पारिन्छ। सम्पादक विभागको प्रमुख न्युज कोअर्डिनेटर, चिफ रिपोर्टर जे नाम राखे पनि उहाँहरू आफ्ना… Continue reading
पत्रकारितामा यौन दुर्व्यवहार : को होलान् ती ‘दाइ’हरु?
पत्रकार बिनु सुवेदीले सेतोपाटीमा लेखेको ‘दाइ’हरुको डर शीर्षकको ब्लगले ल्याएको तरङ अझै साम्य भएको छैन। हुनत ‘केटीहरु पनि त उस्तै हुन् नि’ भन्दै ‘तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ’ पाराका काउन्टर ब्लगहरु पनि नआएका हैनन्। तर त्यसो लेख्नेले मूल मर्म नै बिर्सेको जस्तो लाग्यो- राजीखुसी र जबर्जस्ती। व्यवहार र दुर्व्यवहार। यत्रो वर्षसम्म त्यस्तो दुर्व्यवहारलाई… Continue reading
कतै ‘दाइहरु’को डर, कतै ‘बैनी’ आतंक तर यताको टिभीमा अर्कै समस्या
-बीपी साह- पत्रकार बिनु सुवेदीले सेतोपाटीमा लेखेको ‘दाइहरुको डर’ ब्लग चर्चित बनेको छ। कोटभित्र राखिएको ‘दाइ’ शब्दले दाजुबहिनीको पवित्र सम्बन्ध हैन, युवतीको शरीरमा कुदृष्टि राख्ने भोको बोकोलाई इङ्गित गरेको छ। नाम उल्लेख नभएका १८ जना पुरुष पत्रकार तथा गैरपत्रकारलाई उनले आफ्नो ब्लगमा समेटेकी छिन्। भावुक बनाउने र पुरुष पत्रकारलाई लज्जित बनाउने उक्त ब्लगलाई काउन्टर दिन… Continue reading
नामै नसुन्या पत्रिकालाई किन बाँड्ने राज्यकोषबाट लाखौँ रुपैयाँ?
-मदनमणि अधिकारी- दुनियाँका खबर साप्ताहिक नामको पत्रिका कहिले देख्नुभएको छ? दिव्य चक्षु साप्ताहिक कहिल्यै पढ्नुभएको छ? अग्नि वाण पाक्षिक नाम सुन्नुभा छ? समय सन्दर्भ पाक्षिक पसलमा कतै देख्नुभा छ? तपाईँले नसुनेको, नपढेको भएर के गर्नु, यी काठमाडौँबाट प्रकाशित हुने ‘क’ वर्गका पत्रिका हुन्। तपाईँलाई सुसूचित गरेको नाममा सरकारले यी पत्रिकाहरुलाई मासिक २६ हजार २५० रुपैयाँ… Continue reading
एक मिडियाले दिएको गलत समाचारको चिरफार अर्को मिडियाले किन नगर्ने?
– हाम्रो पत्रकारिता कैयन् मिथहरु अहिले पनि जिउँदा छन्, जुन बाँकी दुनियाँमा इतिहास भइसके। तीनै मिथहरुको श्रृंखलामा जीवित छ, अन्य मिडियामा लेखिएको समाचार बारे पत्रकार र सञ्चार माध्यमले बोल्नु हुँदैन। -चिया गफमा अर्काको समाचार बारे उडाए भयो, न्यूजरुममै फलानो समाचार लेखेबापत फलानो मिडिया साहु या संवाददाताले यति दाम लिएछ भनेर अमूर्त गफमा ताली पिटे भयो… Continue reading
बहस गरौँ : गल्ती हुँदा मिडियाले बन्द कोठामा मात्र स्वीकार्ने कि पाठकसित पनि सार्वजनिक माफी माग्नुपर्ने?
नेपालको नम्बर वान अनलाइन न्युज पोर्टल अनलाइनखबरको एउटा समाचारमाथि उठेको बहस कायम राख्न यो ब्लग लेखेको हुँ। नम्बर वान भएपछि स्वभाविक रुपमा यसका जिम्मेवारी अझ धेरै हुनुपर्ने हो। किनभने धेरैले उसैलाई पछ्याउन खोज्छन्। उसैलाई धेरैले विश्वास गर्छन् र उसैबाट प्रभावित भएर ‘विचार’ बनाउँछन्। कपिपेस्ट गर्नेहरुले कति फैलाउँछन् र त्यसको असर कतिसम्म हुन्छ त अनुमानै लगाउन… Continue reading
रिपब्लिकाले फेरि स्वीकार्यो गल्ती, तर काइते भाषामा ! उखान याद आयो- गर्ने बेला मनपरी, अहिले आएर सरी?
‘रिपब्लिका’को खुइल्याउने अभियानमा अर्को ‘ब्लन्डर’, गल्ती सच्याउनुको साटो अर्को गल्ती थप्दै’ शीर्षकमा त्रिभुवन विश्वविद्यालयको रिसर्च डिभिजनमा कार्यरत रही हालै अवकाशप्राप्त प्राध्यापक नीलमकुमार शर्माको पेपर स्रोत उद्धृत नगरी चोरी गरिएको विषयमा छापिएको समाचार गलत रहेको प्रमाणसहित माइसंसारमा ब्लग लेखेको तेस्रो दिन आज बल्ल रिपब्लिकाले गल्ती स्वीकार गरेको छ। तर एकदमै काइते भाषाको। मलाई त एउटा उखान… Continue reading
डम्बर डुबाउने समाचार गलत रहेको ‘रिपब्लिका’द्वारा स्वीकार, सम्पादकले मागे माफी
त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङको नियुक्ति नियमविपरीत रहेको समाचार गलत रहेको अङ्ग्रेजी राष्ट्रिय दैनिक रिपब्लिकाले प्रकाशित गरेको तीन दिनपछि स्वीकार गरेको छ। यसका सम्पादक सुभाष घिमिरेले माफी माग्दै न्युज भेरिफिकेसन प्रोसेस अझ प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। रिपब्लिकाले बुधबार (५ जुन, २०१९) मा पहिलो पेजमै छापेको समाचार ‘TU appointed lecturer against… Continue reading
‘रिपब्लिका’ र ‘नागरिक’बाट डम्बरलाई डुबाउने समाचार गुपचुप ‘डिलिट’
रिपब्लिकाले बुधबार (५ जुन, २०१९) मा पहिलो पेजमै छापेको समाचार ‘TU appointed lecturer against age bar’ शीर्षकको समाचार तथ्यगत रुपमै गलत रहेको बारे बिहीबार माइसंसारले ब्लग लेखेपछि त्यो समाचार चुपचाप हटाइएको छ। समाचार सही भए प्रमाणसहित सही भएको अडान राख्नुपर्ने वा गलत भए गलत भएको हो भनी स्वीकार्नुपर्नेमा गुपचुप डिलिट गर्नु कतिसम्मको सही हो, तपाईँहरु… Continue reading