Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चर्को आलोचनापछि ‘नारी’ले सुटुक्क हटाउन बाध्य भएको लेखमा के थियो? पढ्नुस्

Posted on October 17, 2016 by mysansar

hataiyoकान्तिपुर मिडिया ग्रुपको म्यागेजिन ‘नारी’ले अक्टोबर १५ शनिबार एउटा लेख सामाजिक सञ्जालमा सेयर गरेको थियो। भोलिपल्टदेखि त्यसलाई खुबै उडाउन थालियो। आलोचना बढ्न थालेपछि ‘नारी’ले बिना कुनै सूचना त्यो लेख हटाइदियो। अहिले तपाईँले त्यो लिङ्कमा क्लिक गर्नुभयो भने ‘तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..’ मात्र लेखेको देखिन्छ।

आखिर के थियो त त्यो लेखमा? साइटमा नभए पनि गुगलको क्यासमा भने रहेछ। आउनुस् पढौँ ‘नारी’ले हटाउन बाध्य भएको लेखमा के लेखिएको रहेछ पढौँ।

सबैभन्दा पहिला केही आलोचना हेरौँ न-

such disgusting, misogynistic garbage? How? Why? @Narimagazine @kantipurdaily https://t.co/QWPCzutukQ

— Preeti (@preeti_anchal) October 15, 2016

@shashankji No, discipline only thing lacking in my life. Here you go, https://t.co/92ZmHspZJ8 make sure to show it to your radiant lady.

— Richa Bhattarai (@15n3quarters) October 16, 2016

सबैलाई प्रेमले जित्नुपर्ने दायित्व बुहारीकै पोल्टामा मात्रै किन? प्रेम-सौहार्दता-खुशी चाहनेसबैको दायित्व होईन र? https://t.co/8MEntCRF8p

— Kailash Rai (@Kailash1819) October 16, 2016

What are we? Living in 1678??? Ulti aauna lagyo. https://t.co/oglH3I5ESi

— Sujala Pant (@SujalaPant) October 15, 2016

पढ्नै पर्ने लेख 'कसरी बन्ने असल बुहारी' , बल्ल भेटियो बिहा भएको पन्ध्र वर्षपछि 😀 https://t.co/Bhjv6FZ5hw

— Sabitri Gautam (@saabitrigautam) October 15, 2016

यस्तो थियो हटाइएको लेख

nari
सबैलाई प्रेमले जित्नुपर्छ

रोजिन शाक्य

विवाहपछि कुनै युवती छोरीबाट बुहारी हुन्छिन् । त्यसपछि उनको जिम्मेवारी, कर्तव्य र उत्तरदायित्वमा पनि परिवर्तन आउँछ । बुहारी भएसँगै उनबाट हरेक कुरामा जानकारी र कुशलताको अपेक्षा गरिन्छ । श्रीमान्को परिवारको चाहना र मायाको केन्द्रमा रहन हरेक विवाहित महिलाले आफ्नो जिम्मेवारी र कर्तव्यलाई राम्रोसँग बुझेर त्यसको पालना गर्नुपर्छ ।

नयाँ घरलाई माया गर्नुपर्छ
हाम्रो समाजमा एउटी विवाहित स्त्रीका लागि श्रीमान्को घर नै आफ्नो घर हुन्छ । त्यो क्षण पक्कै पनि कठिन हुनुपर्छ, जसमा आफ्नो माइती घर छोडेर आफ्नो नयाँ घर अर्थात् श्रीमान्को घरमा प्रवेश गर्नुपर्छ । कतिपय युवतीले विवाहपछि पनि मनैदेखि उक्त परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् । अत: विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को घरलाई ह्दयदेखि नै माया गर्नुपर्छ । जुन दिनदेखि श्रीमान्को घरलाई माया गरिन्छ, त्यही दिनदेखि त्यो घर आफ्नै लाग्न थाल्छ ।

हरेक जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्छ
नयाँ दुलहीले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरून् भन्ने अपेक्षा गरिन्छ । घरकी सानी बुहारीले परिवारका सबै सदस्यलाई आदर गर्नुपर्छ । ठूली बुहारीले ठूलालाई सम्मान र सानालाई प्रेम गर्नुपर्छ । घरका साना–ठूला सबै काममा रुचि देखाउनुपर्छ । कतिपय युवती विवाहपछि श्रीमान्को घरको जिम्मेवारीलाई बोझ मान्छन् । बुहारीका रूपमा सम्मान र आदर प्राप्त गर्न श्रीमान्को परिवारको अपेक्षामा खरो उत्रनुपर्ने हुन्छ । हरेक व्यक्ति सबै कुरामा कुशल हुँदैनन् तर पनि सबैले आफ्नो कामको प्रशंसा गरेको हुनुपर्छ ।

रुचि–अरुचिलाई बुझ्नुपर्छ
विवाह भएपछि कसैको घर मात्र परिवर्तन हुँदैन, रहन–सहन, खानपान, बोली एवं व्यवहार पनि परिवर्तन हुन्छ । यति मात्र होइन श्रीमान्का परिवारजनको रुचि, रहन–सहन, खानपान, पूजापाठ आदिमा पनि ध्यान पुर्‍याउनुपर्छ । यी कुरा नयाँ दुलहीका लागि केही हदसम्म कठिन हुन्छन् । बिस्तारै घरको रीतिरिवाज, रहन–सहन, रुचि–अरुचि आदि विषयमा जानकारी हुँदै गएपछि सोहीअनुरूप काम गर्न सकिन्छ ।

आफ्नो धारणा राख्नुपर्छ
श्रीमान्को घरपरिवारको सोच, शैली एवं व्यवहार सबै ठीक र सही हुन्छ भन्ने छैन । आफूलाई कुनै शैली, सोच वा व्यवहारमा चित्त नबुझ्न सक्छ । यस्तो अवस्थामा प्रेम, सम्मान एवं नम्रतापूर्वक आफ्नो धारणा व्यक्त गर्नुपर्छ ।

माइतीको बखान गर्नुहुँदैन
कतिपय महिला आफ्नो माइतीको बखान गरेर थाक्दैनन् । त्यसो गर्नु ठीक होइन । श्रीमान्को घरपरिवार जस्तो भए पनि आफ्नै हो । हरेक समय माइतीको प्रशंसा गर्नाले श्रीमान्को परिवारले अपमानित महसुस गर्न सक्छ । यसले गर्दा उनीहरूसित मनमुटाव बढ्न सक्छ र सम्बन्ध टुट्न सक्छ । यसले भविष्यमा अप्ठ्यारो स्थिति सिर्जना गर्ने सम्भावना पनि हुन्छ ।

बाँड्नुपर्छ
प्राय: महिला आफूले माइतीबाट प्राप्त गरेको सरसामान वा आफैंले खरिद गरेका कुरा श्रीमान्को परिवारजनबाट लुकाउँछन् । यति मात्र होइन आफ्नो केही सामान दिन पनि अप्ठ्यारो मान्छन् । आफ्नो कुनै कुरा बाँड्नाले सम्बन्ध अझ प्रगाढ हुन्छ रं सबैले आफूलाई माया गर्छन् ।

सासूको मन जित्नुपर्छ
सासूको मन जित्न सक्ने बुहारीले सबैको मन जित्न सक्छन् । श्रीमान्को परिवारमा सासूको विशेष भूमिका हुन्छ । त्यसैले बुहारीले सर्वप्रथम सासूको मन जित्नुपर्छ । त्यसपछि क्रमश: घरका अन्य सदस्यको पनि मन जित्दै जानुपर्छ । सासूमा पनि बुहारीले घरपरिवारको हेरचाह गरेको देख्ने चाहना हुन्छ । सासूको मन जित्न सके श्रीमान्को घरमा कुनै समस्या हुँदैन । सासू आफ्नो साथ रहँदा आफ्नो आत्मविश्वास बढ्छ र अघि बढ्ने प्रेरणा प्राप्त हुन्छ अनि सबै कुरा सहज बन्न पुग्छ ।

16 thoughts on “चर्को आलोचनापछि ‘नारी’ले सुटुक्क हटाउन बाध्य भएको लेखमा के थियो? पढ्नुस्”

  1. mekha rai says:
    October 22, 2016 at 12:39 pm

    kunai pani lekh alochana rahit ta hunai sakdaina jasto lagchha hau.

    Reply
  2. किरन says:
    October 18, 2016 at 4:28 pm

    विवाहपछि कुनै युबक छोरोबाट लोग्ने हुन्छ । त्यसपछि उसको जिम्मेवारी, कर्तव्य र उत्तरदायित्वमा पनि परिवर्तन आउँछ । लोग्ने भएसँगै उसबाट हरेक कुरामा जानकारी र कुशलताको अपेक्षा गरिन्छ । श्रीमतिको परिवारको चाहना र मायाको केन्द्रमा रहन हरेक विवाहित पुरुषले आफ्नो जिम्मेवारी र कर्तव्यलाई राम्रोसँग बुझेर त्यसको पालना गर्नुपर्छ ।

    नयाँ घरलाई माया गर्नुपर्छ
    हाम्रो समाजमा एउटा विवाहित पुरुषका लागि श्रीमती नै आफ्नो घर हुन्छ । त्यो क्षण पक्कै पनि कठिन हुनुपर्छ, जसमा आफ्नो सम्पुर्ण छोडेर आफ्नो नयाँ घर अर्थात् श्रीमतिको मनमा प्रवेश गर्नुपर्छ । कतिपय पुरुषले विवाहपछि पनि मनैदेखि उक्त परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् । अत: विवाह बन्धनमा बाँधिएपछि श्रीमतीलाई ह्दयदेखि नै माया गर्नुपर्छ । जुन दिनदेखि श्रीमतीलाई माया गरिन्छ, त्यही दिनदेखि त्यो घर आफ्नै लाग्न थाल्छ ।

    हरेक जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्छ
    नयाँ लोग्नेले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरून् भन्ने अपेक्षा गरिन्छ । परिवारका सबै सदस्यलाई आदर गर्नुपर्छ । ठूलालाई सम्मान र सानालाई प्रेम गर्नुपर्छ । घरका साना–ठूला सबै काममा रुचि देखाउनुपर्छ । कतिपय पुरुष विवाहपछि घरको जिम्मेवारीलाई बोझ मान्छन् ।श्रीमानको रूपमा सम्मान र आदर प्राप्त गर्न श्रीमतिको परिवारको अपेक्षामा खरो उत्रनुपर्ने हुन्छ । हरेक व्यक्ति सबै कुरामा कुशल हुँदैनन् तर पनि सबैले आफ्नो कामको प्रशंसा गरेको हुनुपर्छ ।

    रुचि–अरुचिलाई बुझ्नुपर्छ
    विवाह भएपछि कसैको घर मात्र परिवर्तन हुँदैन, रहन–सहन, खानपान, बोली एवं व्यवहार पनि परिवर्तन हुन्छ । यति मात्र होइन श्रीमतीको परिवारजनको रुचि, रहन–सहन, खानपान, पूजापाठ आदिमा पनि ध्यान पुर्‍याउनुपर्छ । यी कुरा नयाँ लोग्नेका लागि केही हदसम्म कठिन हुन्छन् । बिस्तारै घरको रीतिरिवाज, रहन–सहन, रुचि–अरुचि आदि विषयमा जानकारी हुँदै गएपछि सोहीअनुरूप काम गर्न सकिन्छ ।

    आफ्नो धारणा राख्नुपर्छ
    पुरुषको सोच, शैली एवं व्यवहार सबै ठीक र सही हुन्छ भन्ने छैन । आफूलाई कुनै शैली, सोच वा व्यवहारमा चित्त नबुझ्न सक्छ । यस्तो अवस्थामा प्रेम, सम्मान एवं नम्रतापूर्वक आफ्नो धारणा व्यक्त गर्नुपर्छ ।

    खान्दान्को बखान गर्नुहुँदैन
    कतिपय पुरुष आफ्नो खान्दान्को बखान गरेर थाक्दैनन् । त्यसो गर्नु ठीक होइन । श्रीमतिको घरपरिवार जस्तो भए पनि आफ्नै हो । हरेक समय खान्दान्को प्रशंसा गर्नाले श्रीमतिको परिवारले अपमानित महसुस गर्न सक्छ । यसले गर्दा उनीहरूसित मनमुटाव बढ्न सक्छ र सम्बन्ध टुट्न सक्छ । यसले भविष्यमा अप्ठ्यारो स्थिति सिर्जना गर्ने सम्भावना पनि हुन्छ ।

    बाँड्नुपर्छ
    प्राय: पुरुष आफूले ससुरालीबाट प्राप्त गरेको सरसामान वा आफैंले खरिद गरेका कुरा श्रीमतिको परिवारजनबाट लुकाउँछन् । यति मात्र होइन आफ्नो केही सामान दिन पनि अप्ठ्यारो मान्छन् । आफ्नो कुनै कुरा बाँड्नाले सम्बन्ध अझ प्रगाढ हुन्छ रं सबैले आफूलाई माया गर्छन् ।
    श्रीमतीको मन जित्नुपर्छ
    श्रीमतीको मन जित्न सक्ने पुरुषले सबैको मन जित्न सक्छन् । श्रीमतिको परिवारम सासूको विशेष भूमिका हुन्छ । त्यसैले पुरुषले सर्वप्रथम सासूको मन जित्नुपर्छ । त्यसपछि क्रमश: घरका अन्य सदस्यको पनि मन जित्दै जानुपर्छ । श्रीमतीमा पनि लोग्नेले घरपरिवारको हेरचाह गरेको देख्ने चाहना हुन्छ । श्रीमतीको मन जित्न सके श्रीमान्को घरमा कुनै समस्या हुँदैन । श्रीमती आफ्नो साथ रहँदा आफ्नो आत्मविश्वास बढ्छ र अघि बढ्ने प्रेरणा प्राप्त हुन्छ अनि सबै कुरा सहज बन्न पुग्छ ।

    Reply
  3. मदन के सि says:
    October 18, 2016 at 3:30 pm

    विश्व का ८० वटा मुसलमान देश मा नारी लाई देश को कानुन बमोजिम नै बस्तु भाउ सरह ब्यवहाँर गरिन्छ, अमेरिका ले आज सम्मा एउटा महिला राष्ट्रपती चुन्न सकेको छैन, त्यो हेरी नेपाल त नारी हरुको लागि स्वर्ग नै हो, नेपाल धेरै प्रगतिशिल छ अनी स्वतन्त्र !

    Reply
  4. Sarita says:
    October 18, 2016 at 1:06 pm

    सरसर्ती हेर्दा यो लेख ऎककिसिमले ठिकै जस्तो देझिन्छा ! तर नारि पट्टि बाट हेर्दा यो लेख misogynistic नै देखिन्छा या भनौ पुरुष प्रधान समाजको ब्यखन गरेको जस्तो देखिन्छा !
    If all of the commentators think this is article is ok and nothing wrong then I really pity your sisters, mother, daughters and wives. Look at the mirror and look at yourself from other side then put your thoughts. One gents mentioned about the effect of western civilization and freedom’s make the publisher remove the article. I bet this gent’s female kins are uneducated otherwise he will not have guts to write such a degrading wording to his own kins.

    Reply
    1. Udeep says:
      October 18, 2016 at 3:15 pm

      पत्रिकाको नाम नै “नारी” हो | त्यसैले यसमा नारीको मात्र कुरा हुनु कुनै आश्चर्यको कुरा होइन | आश्चर्यको र घृणित कुरा त आफ्नै घर-परिवारलाई माया दिऊ भन्दा दिदी-बहिनीको नाममा गाली दिने केहि प्रगतिशील भनौदा नारीहरुको विचार हो | यो लेखमा परिवार बनाइराख्ने जिम्मेवारी नारीको मात्र हो भनेर कतै लेखेको छैन, नारीलाई सधै तल बस्नु पर्छ भनेर पनि लेखेको छैन | वहाको भनाइ यति थियो कि यदि बुहारी आफ्नो लोग्नेको घरमा सुख र शान्ति चाहन्छ भने उसले पनि आफ्नो तर्फबाट केहि बिशेष भूमिका निर्वाह गर्नु पर्छ भन्ने हो | परिवारजनबाट अन्याय भएको भए बोल्नु पनि पर्छ भनेर पनि उहाले लेख्नुनै भएको छ नि! यसमा आपत्ति जनाउनु पर्ने कुरा म कतै देख्दिन |

      Reply
  5. Surya says:
    October 18, 2016 at 11:44 am

    त्यो लेखमा लेखिएको कुराहरु त्यत्ति नराम्रो र गलत त छैन है. सायद यो लेखमा खाली नारीकै मात्र कर्तव्यको बखान गरेकाले केहि नारी पाठकहरु तर्सिएका हुन् जस्तो लाग्छ. त्यसै लेखमा आफ्नो श्रीमती प्रति श्रीमानको कर्तब्यको पनि बखान गरिएको भए यसरि आकाश खस्ने थिएन.

    Reply
  6. Bishal says:
    October 18, 2016 at 7:43 am

    पश्चिमी सस्कृति को नाम लिएर खुल्ला साढे भएर हिड्न चाहने हरुलाई नेपाली संस्कृति को अलिकता ब्याख्या गर्दा अपच भयो धिक्कार छ हाम्रा आधुनिक भनौदा हरु लाइ…

    Reply
  7. Gaire Jhabindra says:
    October 17, 2016 at 4:02 pm

    अब स्त्री वर्ग लाई जे मन लाग्छ गर्न पाउने।पुरुष ले चुइक्क लाएर उनको बारेमा बोल्न न हुने र यदि चाहे महिला लाई लिङग परिवर्तन गर्न सरकार ले फ्री मा ब्याबस्था गर्नु पर्ने कानुन बनाउनुपर्यो ……… बच्चा पाउन बाट् मुक्ती का लागि।
    (यसो भन्दा घर्मै मार्ने हो कि ? एक्लो पुरुष परियो आफू त )

    Reply
  8. Pradeep MS says:
    October 17, 2016 at 4:01 pm

    घर-परिवार संग बिल्कुलै मतलव नराखी हिड्नेलाई सन्यासी भन्दा हुन् सायद,
    यस्तो बन्न सबै स्वतन्त्र छन्,
    तर जसलाई आफ्नो उद्धेस्य र वयक्तिक प्रगती आफ्नो परिवारका साथ् बाँड्नु छ,
    जीवनमा आईपर्ने प्रत्यक सुख-दुख आफ्ना संग बाँड्नु छ,
    आफ्नो सुख र खुसि का साथै अरुको सुख पनि आनन्ददायी लाग्दछ,
    त्यस प्रकृतिको मानिसको लागि सही सल्लाह जस्तो लाग्यो |
    माथिका नकारात्मक प्रतिक्रिया हरु, कर्तव्य कुन चराको नाम हो भन्दै अधिकार मात्रै जान्नेको जमातबाट हो कि ???

    Reply
  9. बल्लभ says:
    October 17, 2016 at 3:55 pm

    होइन त्यसमा नराम्रो के छ, भन्न खोजेको कुरो ठिकै त हो नि ।।

    Reply
  10. Paresh says:
    October 17, 2016 at 3:24 pm

    खै मैले पनि आपत्ति जनाउनु पर्ने केही देखिनँ । हाम्रा दिदीबहिनीहरुलाई कुन कुराले गाह्रो भएको होला ?

    Reply
  11. Udeep says:
    October 17, 2016 at 2:35 pm

    श्रीमानको घर-परिवारलाई पनि बुहारीले आफ्नो घर-परिवार जस्तै माया र सम्मान दिनु पर्छ भन्दा हामीलाई “grooming ” गर्न सिकाउने भन्ने भनेर आलोचना गर्ने नारीहरु देखि चाहि परै रहौं साथीहरु हो | आफ्नो अधिकार मात्र खोज्ने तर आफ्नो कर्तब्य बिर्सिने नारीहरुले गर्दा नै हो घर फुट्ने | यस्तैका पछि लगेर होलान लोग्नेहरु आफ्नो भगवान जस्ता बाउ-आमालाई पशुपति छोडेर आउने ! होशियार रहनु साथीहरु!

    Reply
  12. Shankar says:
    October 17, 2016 at 1:46 pm

    म लाइ त् तेस्तो आपत्तिजनक जस्तो लागेन | नया बुहारी राम्रो कसरि बन्ने भनेर फर्मुला दिनुभएको रहेछ | फर्मुला सबैलाई लागु नै हुन्छ भन्ने छैन , कसैलाई प्रयोग गरि हेर्न मुन लागे गरि हेर्ने |
    नेपालि समाज पतनोन्मुख समाज , देश अधोगति मा दौडी रहेको देश हो | लोग्ने छोडेर भ्यालेन्टाइन को फुल सिउरने ,आफ्नो कला संस्कृति छोडेर गम गम स्टाइल मा रमाउने , मुख मा चै प्रगति सिल को गेडा झुन्ड्याएका यथार्थ मा चै भैसी पुजा गर्ने , साइत को लागि नरिवल फोड्ने धुस्रो फुस्रो तराइया लाइ धोति भन्ने गतिलो पहिरन मा एको इन्दियाँन र खैरे देखिहाले सलाम साब भन्ने हरु लाई येस्ता घर जोड्ने थ्योरी किन पच्थे ?

    Reply
  13. Laxmi Bhakta Bata says:
    October 17, 2016 at 7:22 am

    हैन हताइ हाल्नु पर्ने त कै छैन यो नारी पत्रीका पनि selfstand भनेकै चैन 2 4 जनाले आलोचना गर्दैमा हताउनु पर्च??

    Reply
  14. Xupeel Babu Udash says:
    October 17, 2016 at 7:15 am

    खै नराम्रो त केही देखिन।। झन नारिलाइ मथिनै रखेको पाइयो ।।

    Reply
  15. Eka Raj Agasti says:
    October 17, 2016 at 7:00 am

    आलोचना गर्नु पर्ने कुरो त केही भेटीएन त लेखमा, तीन चोटि दोहोर्यायर पढ्दा पनि यस्को कुनै वाक्य मा आलोचना गर्नु पर्ने कुरा त भेटिएन त!? तेहि हो लेख मा भद्दा साहित्य हालिएको छैन, ब्यबहारिक पाटो लाई सरल रुप मा लेखिएको छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme