Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अन्नपूर्णको अहंकारी शैली : पद्मरत्न र तुलानारायणसित माफी पनि नमागी भन्यो- भूलवश उद्‍धृत गरेको समाचार सच्याउँछौँ

Posted on November 21, 2015November 21, 2015 by Salokya

‘पद्मरत्न तुलाधरले भारतले पूर्ण रुपमा नाकाबन्दी लगाउनु पर्ने र नेपालमा केही पनि छिर्न दिन नहुने भनेको र तुलानारायण साहले केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएको’सनसनीपूर्ण समाचार छापेको अन्नपूर्ण पोस्टले गल्ती स्वीकारेको छ। शनिबारको पहिलो पेजमा छापिएको खण्डन/स्पष्टीकरणमा अन्नपूर्णका सम्पादकले गल्ती स्वीकारेका हुन्। तर गल्ती स्वीकार्दा पनि अन्नपूर्णले अहंकारी शैली देखाएको छ। आफ्नो कुरा माथि पार्न उसले यथार्थमा ती अभिव्यक्ति ‘एक जनजाति नेताको’ भएको बताएको छ। तर कुन जनजाति नेता हो खुलाउन सकेको छैन। त्यसबाहेक आफ्नै समाचारका कारण दिनभर अन्य अनलाइन र सोसल मिडियामा गाली वर्षेर चरित्र हत्या भए पनि माफीको एक शब्द पनि अन्नपूर्णका सम्पादकले व्यक्त गरेका छैनन्। गलत समाचारका कारण पर्न गएको दुःखप्रति क्षमासमेत मागेको छैन। उल्टो पद्मरत्न तुलाधरप्रति नै बायस भएर २०४५ सालको नाकाबन्दीसँग जोडेर फेरि पनि चरित्र हत्या गर्न खोजेको छ।

यस्तो छ अन्नपूर्णले समाचार सच्याएको शैली
bhhol

यस्तो थियो समाचार (ठूलो गरी पढ्न फोटोमा क्लिक गर्नुस्)
annapurna-post

पद्मरत्नप्रति कतिसम्म बायस छ अन्नपूर्ण भने तुलानारायण साहको खण्डन नै छापेको छ उसले तर उसैगरी अन्नपूर्णबाट गलत रुपमा लाञ्छित गरिएका पद्मरत्नले निकालेको यो वक्तव्यलाई भने कुनै ठाउँ दिइएको छैन।
padmaratna

बोल्दै नबोलेका मान्छेलाई यस्तो यस्तो बोल्यो भन्दै समाचार छापेर गर्नुसम्म चरित्र हत्या गरेर खण्डन पनि नछाप्नुबाट नै नियत प्रष्ट हुन्छ। त्यसबाहेक यो गलत समाचारलाई दर्जनौँ अनलाइनहरुले साभार गरेका थिए। उनीहरुले भने मूल स्रोतले समाचार सच्याउँदा पनि आफूले सच्याउन आवश्यक ठानेका छैनन्।

त्यस्तै गलत समाचारलाई विश्वास गरेर सोसल मिडियामा गाली वर्षाउनेहरुले पनि आफ्नो अभिव्यक्तिलाई सच्याउन आवश्यक ठानेका छैनन्।

अन्नपूर्णले समाचार सच्याउने नाममा झारा टार्ने शब्द लेखे पनि उसले यी प्रश्नको जवाफ दिनु आवश्यक छ-

– वास्तवमा ती अभिव्यक्ति कुन जनजाति नेताको थियो? पहिले नाम किटेर गलत व्यक्तिहरुको नाम लिएपछि अब नाम उल्लेख गर्नुपर्छ कि पर्दैन? नेता जनजाति हो भनेर चिनिएपछि नाम उल्लेख गर्न किन कठिनाइ ?

– नेपालमा एउटा पनि सामान छिर्न नदिनु भनी भारतीय राजदूतसँग याचना गरेको भनी समाचार छापेर चरित्र हत्या गरेपछि र त्यो समाचार गलत रहेको भनी आफैले सच्याइसकेपछि सम्बन्धित व्यक्तिलाई परेको दुःखबारे क्षमा याचना गर्नुपर्छ कि पर्दैन ?

-समाचारमा दुई व्यक्तिको उल्लेख गरिएकोमा एकको मात्रै खण्डन किन छापियो? दुई जनाकै खण्डन किन छापिएन ?

– स्पष्टीकरणमा समेत पद्मरत्न तुलाधर मौन रहेको स्वीकार गरिएको छ। तर अघिल्लो दिन नभएको कुरा बोल्यो भनेर समाचार छाप्ने पत्रिकाले अर्को दिन मौन रहेको भन्दै स्पष्टीकरणमा समेत आलोचना किन गर्‍यो?

-अनलाइन संस्करणमा छापिएको यही समाचार (भारतीय दूतसँग पद्‍मरत्‍नको याचना, ‘एउटा पनि समान छिर्न दिनु भएन’) लाई अझैसम्म किन सच्याइएको छैन? आजको पत्रिका नपढ्ने र त्यो लिङ्कमा सीधै गएका पाठकले कसरी थाहा पाउँछन् यो समाचार गलत हो भनेर? गलत समाचार भनेर सम्पादकले नै स्वीकारिसकेपछि अनलाइनमा पनि त्यसलाई सच्याउनु पर्दैन? गलत समाचार नै प्रवाह गरिरहन मिल्छ?

यो पनि पढ्नुस्
हेल्थ बिटका रिपोर्टरले लेखेको पोलिटिकल न्युजबाट उठेको तरङ्ग, आखिर भएको के थियो?

12 thoughts on “अन्नपूर्णको अहंकारी शैली : पद्मरत्न र तुलानारायणसित माफी पनि नमागी भन्यो- भूलवश उद्‍धृत गरेको समाचार सच्याउँछौँ”

  1. Karbir says:
    November 23, 2015 at 4:05 pm

    Mr. Padmaratna Tuladhar has to file a case against the bullshitter reporter from Annapurna Post. No wonder this Newspaper is runing from Indian aid.

    Reply
  2. krishna says:
    November 22, 2015 at 7:08 pm

    बकवास कुरा लेख्ने यो पत्रिका लाइ बहिस्कार गरौ …

    Reply
  3. ranjan says:
    November 22, 2015 at 12:38 pm

    हुदै नभएको भन्दै नभनेको कुरोलाई अरुको चरित्र हत्या गर्न छापेको अनपूर्ण ले पहिलो पृष्टमा छापेको समाचारको क्षेमा पनि पहिलो पृष्ठमा छाप्नु पर्ने म पन्छिएर उही माथि बसे लाई पत्रकारिता को license खारिज गर्नु पर्छ |

    Reply
  4. cRIS says:
    November 22, 2015 at 4:57 am

    मानब अधिकारबादीहरुको आफ्नै “कानुन शाखा” छ कि छैन? भए त्यहि मार्फत अदालतमा गम्भीर मुद्दा लड्नु राम्रो| जरिवानामा खुत्रुकै पर्ने गरि नै गरिनु पर्दछ ता कि अब उप्रान्त यस्ता बगम्फुसे कुराहरु छापेर देशलाई नै आंच पुर्याउने कार्यहरु एक मिडिया हाउसले नगरुन|

    कानुनि लडाई र नजिर बसालौ|

    (या राज्यको आफ्नै कानुन शाखा पनि हुनुपर्ने हो, यस्ता कुराहरु हेर्ने| नत्र मिडिया वाच डग मार्फत गरे हुने हो| यो अति संबेदनशील भएकोले सरकारले नै यसमा पहल गरुन|)

    Reply
  5. shakya suren says:
    November 22, 2015 at 3:41 am

    एस्तो गैर जिम्मेवारी पत्रिका लाई हामीले बहिस्कार गर्न सक्नु पर्छ .

    Reply
  6. devu says:
    November 22, 2015 at 12:53 am

    नेपाल को पत्रकारिताको उदाहरण ऋषि धमला हो..
    नेपाल को पत्रकार को काम भनेको,, आफ्नो नेता को भासन लै मिलाएर लेख्ने . र उनीहरुबाट केहि उपहार लिने हो…
    नेपाल का धेरै जस्तो पत्रकार हरु कुनै न कुनै पार्टी संग सम्बध भएका हुन्छन..

    नेपाल को नेता को फोर्मुला नै . त्यहि हो.. ब्यापारी माडवारी को चन्दा + पत्रिका पत्रकार + आफ्नो स्वार्थ को लागि जे पनि गर्ने गुण्डा कार्यकर्ता = सफल नेता ..

    नेपाल र नेपाली जनता को बाल छैन.

    Reply
  7. Milan says:
    November 21, 2015 at 9:01 pm

    यस लाइ भन्छ काइते पत्रकारिता !

    Reply
  8. Udaya Gm says:
    November 21, 2015 at 6:04 pm

    हिजोसम्म अन्नपूर्ण पोष्ट एउटा सिष्टममा थियो । आजभोलि साँढेहरु आएका छन् । उनीहरु सबैतिर दाइँ हालेर होरलो मच्चाइरहेका छन् । त्यसैको परिणाम यो समाचार हो ।

    Reply
  9. Mani Khatiwada says:
    November 21, 2015 at 3:58 pm

    I want to request you all of the journalists to follow the ethics of journalism. You must be a medium of communication, not terror.

    Reply
  10. राजन says:
    November 21, 2015 at 3:04 pm

    नेपालको भाते “बिद्युतीय कारोबार ऐन” लगाउन मिल्दैन अन्नपुर्णा लाइ ? कि त्यो पनी राजनैतीक रीसईबी सांधन मात्रै हो ?

    Reply
  11. Rajendra Adhikari says:
    November 21, 2015 at 11:45 am

    Sue गरेर करोडौँको हर्जाना तिरौनु पर्ने पत्रुकारहरूलाई !

    Reply
  12. वसन्त says:
    November 21, 2015 at 11:23 am

    यस्ता समाचार छाप्नेहरू नेपालका वरिष्ठ सम्पादक रे । यस्ता पत्रकारहरू अरूलाइ सिकाउँछन् पत्रकारिता कसरी गर्ने भनेर । हाय .. नेपाली पत्रुकारिता..।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme