Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेटौडाको पत्रिकालाई मात्र के गाली गर्ने, काठमाडौँकै दुई मूलधारेले समेत लेखे जिउँदा कनकमणिको निधनको समाचार

Posted on January 7, 2017January 7, 2017 by Salokya

सामाजिक सञ्जालमा एकदमै भाइरल भएको हेटौडाको साझा कुरा पत्रिकामा छापिएको यो समवेदना विज्ञापनको निकै आलोचना भयो। जिउँदो मान्छेलाई मरेको भन्दै फोटो समेत छापेर समवेदना दिएपछि आलोचना र गाली नहुने त कुरै भएन। तर हामी तपाईँलाई देखाउँदैछौँ काठमाडौँबाटै प्रकाशित हुने दुई मूलधारे दैनिकको समाचार जसमा जिउँदा कनकमणि दीक्षितकै निधनको समाचार छापिएको छ। एउटा हो द काठमाडौँ पोस्ट, अर्को माइरिपब्लिका।

काठमाडौँ पोस्टको समाचार
माइरिपब्लिकाको समाचार

काठमाडौँ पोस्टको समाचारको लिङ्क

माइरिपब्लिकाको समाचारको लिङ्क

हेर्नुस् त के गरेका मिडियाले ! बाउको निधनको शोकमा बसिरहेका छोरा कनकमणि दीक्षितलाई आफ्नै मृत्युको झुटो समाचार यसरी मिडियामा आएपछि कस्तो हुन्छ होला? यसलाई कसरी सच्याउलान् र कसरी माफी माग्लान् त यी मिडियाले?

9 thoughts on “हेटौडाको पत्रिकालाई मात्र के गाली गर्ने, काठमाडौँकै दुई मूलधारेले समेत लेखे जिउँदा कनकमणिको निधनको समाचार”

  1. बसंत शाक्य says:
    January 22, 2017 at 8:14 am

    पत्रकारिताको नाम मा कलंक ।। अपुष्ट। समाचार छापन होड़ बाजी । अपुष्ट समाचार छापनु । बाटै प्रस्त हुन्छ की नेपालको पत्रकारीता र पत्रकारहरु कस्ता र कति सक्षम छान भनेर ।

    Reply
  2. शेरचन घले तामांग says:
    January 7, 2017 at 10:38 pm

    हाम्रा क.म. दीक्षितज्युको लामो आयु होस, यही कामना गर्दछु|
    तर मूलधारे भनिने मेडियाको स्तर साँचै खुस्केको हो| जनसंख्याको ठुलो हिस्सा
    रकमी राजनीतिमा फुलटाइम लागेर मुलुकको अर्थव्यवस्थामा अनुत्पादकीय वृद्धि गर्न योगदान गरिरहेका छन| काम गर्नु छैन, राजनीति गर्यो, छलकपट गर्यो, अर्काको खोसेर लुटेर खायो बस्यो|
    त्यही हिसाबले मेडियाले चौथो अंगको काम गर्नु पर्ने तर हाल बेहाल छ| जो कोही रकमी नेपाली लेख्न र बोल्न सक्नेले श्रोत मात्र बन्नुपर्ने हो तर स्वयम् पत्रकार र सम्पादक बनेर स्तर खुस्केको हो कि? त्यही राजनीतिमा पनि प्रतिबिम्बित भएको होला|
    साधनको श्रोत र पक्ष विपक्षमा समय समयमा विवाद होला तर जँहा सम्म हिमाल मेडियाको स्तरको प्रश्न छ, मन खोलेर प्रसंशा गर्ने पर्छ|
    मूलधारे दैनिक सम्पादक द्वयले आफ्नो ब्यवसायिक र नैतिक जिम्मेवारी अलिकति पनि वहन गर्न सक्ने सामर्थ्य देखाउने हो भने तु. क्षमा याचना गर्ने अनि साथसाथै राजिनामा पनि गर्नपर्छ|

    Reply
  3. विक्रम द फटाह says:
    January 7, 2017 at 11:04 am

    रमाइलो!
    अर्को राम्रो पक्ष चाहि दुवै पत्रिकाको अनलाइन भर्सनमा फुल स्टप सम्म पनि फरक नभाको भन्या
    The Kathmandu Post ले 05-01-2017 11:41 मा पब्लिश गरेछ
    My Republica ले चाही January 5, 2017 10:25 AM मा पब्लिश गरेछ
    एउटा मा १२ घण्टा समय format मा लेखिएको छ अर्को चाही सायद २४ घण्टा समय format मा लेखिएको होला तर जे भए पनि ठ्याक्कै एकै समाचार लेख्न सक्ने पत्रकार
    मान्नु नै पर्ला|

    अचेल क.पे. प्रबिधि बहुत प्रचलनमा छ भन्छन! सायद यी दुइ मूल-द्वार पत्रिका नै होला एक अर्काको समाचार चोर्यो भन्ने अनि बेला बेलामा चोरीपनि राख्ने!….

    Reply
  4. Pawan Acharya says:
    January 7, 2017 at 3:18 am

    राससको समाचार पोष्टिन हतार गरेकाले यस्तो भा रैच । दुबैले राससकै समाचार हाल्या रचन

    Reply
  5. Peshal Luitel says:
    January 6, 2017 at 11:54 pm

    हरें !!

    Reply
  6. Ratna says:
    January 7, 2017 at 4:49 am

    माई संसारलाई धन्यवाद, हालै बढो रोचक रोचक सामाग्रीहरु आउन थालेकाछन् | अस्ति मात्र युनेस्कोले सहयोग गरेको एउटा संस्थाको ब्यानरमा लेखिएको अंग्रेजीको बेहाल देखाउनु भएको थियो, आज फेरी त्यत्रो नाम कमाएको काठमान्डू पोष्ट र My Republica को अंग्रेजीको हाल पनि अन्जानबस देखाईदिनु भयो | तपाइंले कनकमणि दीक्षितको निधनको गलत समाचार छापेकोतिर इशारा गर्नु भो, तर मैले त यस्तो पो देखें हौ ….मेरो अल्पज्ञानले भ्याएसम्म सच्याउने जमर्को गरेको छु…

    1) On the dateline, “Jan 5” should be written as Jan. 5
    2) “Baneshower” should be Baneshwor
    3) “Today morning” should be this morning
    4) “On the eight day” should be on the eighth day
    5) “of the demised of noted” should be “of the demise…”
    6) “six dozens of books” should be six dozen books
    7) “They also shed light” should be “shed lights”

    मेरो पनि गलती होला, पाठकले क्षमा गर्नु होला, तर कमसेकम बानेश्वर त शुद्ध लेख्नु पर्छ ….अति भो अब, अलि अलि जानेको अंग्रेजी पनि यी दुई मूलधारे समाचारपत्र हरुले बिगारिदिने रैछन बा….

    Reply
  7. Shishir Bastakoti says:
    January 6, 2017 at 9:59 pm

    गल्ति तिनै मरेर गएका बाउको पनि छ । नाम नै Almost same छ त बाउ छोराको; अनि झुक्किदैनन् त मानिसहरू !त्यसैले भनेको छोरा छोरीको नाम राखिदिदा उस्तै उस्तै नराखौं, उस्तै उस्तै नाम भयो भने धेरै समस्या आउँछन् ।

    Reply
  8. रोदन के. शी. says:
    January 6, 2017 at 8:12 pm

    हैट

    Reply
  9. Rabin Dhital says:
    January 6, 2017 at 7:58 pm

    Hubahu saareko chha….kasle kasko sareko pani patta laaunuparyo

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salo[email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme