Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारमाथि पत्रकारको ‘स्टिङ अपरेसन’ : समाचार रोक्न बार्गेनिङ

Posted on July 12, 2017July 13, 2017 by Salokya

बुधबार पत्रकारमाथि पत्रकारले गरेको स्टिङ अपरेसनले मिडिया जगतमा हङ्गामा मच्चायो। डिसी नेपालका पत्रकार टेकनारायण भट्टराईले गोप्य ठाउँमा लुकाएर खिचेको भिडियोमा इमेज च्यानलका पत्रकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरज आचार्यले समाचार रोक्न बार्गेनिङ गर्दै गरेको देखिन्छ।

भिडियोमा दुई जना बीच कुरा हुन्छ- श्री गणेश अटो वर्कशपका संचालक गुनबहादुर थापा मगर र पत्रकार आचार्य। पत्रकार आचार्यले वर्कशप हटाउनुपर्ने महानगरको निर्णय कार्यान्वयन गराउन दबाब दिने गरी समाचार प्रसारण गर्ने त्रास देखाएर आफूलाई बारम्बार ‘ब्ल्याकमेल’ गर्दै आएको थापाको दावी छ।

बार्गेनिङमा एक लाखसम्म दिनुपर्ने कुरा उठेको छ। ‘ल मैले यति भनें बाँकी सरले सोचेर गरिदिनुपर्ने भो। सम्पादकलाई मिलाउने जिम्मा मेरो भो’, उनले भनेका छन्।

इमेज च्यानलका सम्पादक भने पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट हुन्।

पत्रकार महासंघले यो विषयमा केही मुख खोलेको छैन। तर सुरज आचार्यले भने आफ्नो फेसबुकबाट छानबिनका लागि आह्वान गर्दै त्यतिन्जेल आफू कार्यरत संस्था र पत्रकार महासंघको जिम्मेवारीबाट अलग हुने बताएका छन्। उनले फरक प्रसंग,सन्दर्भमा गरिएको कुराकानीलाई नाटकीय मोड दिने गरि आवश्यक प्रवन्ध मिलाइएको दावी गरेका छन्।

बिहीबार महासंघ अध्यक्ष विष्टले पनि चिज के हो जानकारीमा आउने बताएका छन्-

हेर्नुस् डिसी नेपालको समाचार

भिडियो

11 thoughts on “पत्रकारमाथि पत्रकारको ‘स्टिङ अपरेसन’ : समाचार रोक्न बार्गेनिङ”

  1. Pingback: पत्रकार महासंघको निर्णय गायब, ग्यारेजधनीसँग पैसा माग्ने पत्रकार चुनावी मैदानमा « Mysansar
  2. Mohan says:
    July 14, 2017 at 1:18 pm

    यो यमाले भन्ने जात नै यस्तै हॊ.. सब भन्दा भ्रस्टचारी कार्यकर्ता नै एमाले का हुन्
    यमाले लाई जनता ले किन भोट दिए अचम्म लाग्यो.
    यमाले ले सोझा जनता ले भेडा बनाइ राख्या छन्
    सधै कुर्सि मा बसेर मोज्ज गर्दै बसेका एमाले का कार्यकर्ता हरु कुर्सि को स्वाद खान नपाए पछि बिचराहरु यस्तै गर्न थालेछ…

    Reply
  3. Pralhad Pralhad says:
    July 13, 2017 at 4:41 pm

    पत्रकारिताको आड मा कमाऊ धन्दा , घुस्याहा पत्रकार ,फेरी यो घुस्याहा केपी वोली प्रधानमन्त्री हुदा उक्त टिम मा पर्नु संयोग हैन |

    Reply
  4. jitu says:
    July 13, 2017 at 9:50 pm

    धेरै राम्रो कम टेक जी, समाजका येस्ता कर्तुत हरुलाई उजागर गर्दै जानुस, हाम्रो शुभकामना

    Reply
  5. Prabin says:
    July 13, 2017 at 11:37 am

    के रहेछ त जस्को लागि मिडिया पछि लाग्यो कुञ्जिका अटो वर्कशपका संचालक प्रेमबहादुर सुनार ले गर्या के रहेछ त जस्को लागि मिडिया पछि लाग्यो? र घुस खुवायेर मिलाउनु पर्ने भो

    Reply
  6. narayan says:
    July 13, 2017 at 10:55 am

    एउटा कुरा जान्न मान्न लाग्यो , कसरि था भो त एस्तो कुरामा भेटघाट हुँदै छ भन्ने कुरा DC को मान्छे लाई ? यो कुरा अलि प्रस्ट भए समाचार क्लिएर हुन्थ्यो होइन त ?

    Reply
  7. Yubaraj Poudel says:
    July 13, 2017 at 3:44 am

    एमालेको जिम्मेवार निकायमा काम गरीरहेको धाकको आधारमा पैसाको वार्गेनिङ गरेको रैछ |

    Reply
  8. Deepak Dahal says:
    July 13, 2017 at 3:22 am

    भि डि ओ हेर्दा र वार्तालाप सुन्दा गल्ती सुरज कै छ, कसैको अफिसमा गएर पत्रकारिताको मर्यादा विपरीत कुरा गर्नु आम पत्रकारका लागि शिर झुकाउने काम हो । आत्मा आलोचना गरेर माफी माग्नु बाहेक अरु उपाए छैन ।

    Reply
  9. Majboor Khan says:
    July 13, 2017 at 3:08 am

    जता ततै घुस्याहा को बिगिबिगी छ ।

    Reply
  10. पीताम्बर ढकाल says:
    July 13, 2017 at 3:02 am

    नेपालां को चोखो छ र???

    Reply
  11. टंक काफ्ले says:
    July 13, 2017 at 2:51 am

    नेपालमा सबैभन्दा ठूला दलाल नै पत्रकार हुन जस्तो लाग्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme