Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: मिडिया

फ्याक्टचेक : म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो

Posted on March 13, 2020March 13, 2020 by Salokya

आज सोसल मिडियामा म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनेहरुले मास्क लगाउँदै गरेको फोटो राखेर त्यसलाई कोरोना भाइरसको संक्रमणसँग जोडेर ‘मूर्खहरु’ भन्दै आलोचना भइरहेको तपाईँले धेरै देख्नुभयो होला। सोसल मिडियामा ती फोटोहरुको स्रोत आजको कान्तिपुर दैनिक हो। आजको कान्तिपुर दैनिकको पाँचौँ पेजमा महामारीको घोषणासँगै सतर्कता बढाइयो शीर्षकको समाचारमा एउटा ठूलो फोटो राखिएको छ, जसको क्याप्सनमा पोखरीमा मास्क अनिवार्य… Continue reading

पत्याउनु हुन्छ? एउटा त्यस्तो पत्रिका जसमा समाचार एउटा पनि छैन

Posted on February 28, 2020February 28, 2020 by Salokya

पत्रिका भन्ने बित्तिकै तपाईँ के बुझ्नुहुन्छ? पक्कै पनि समाचार। समाचार बिनाको पत्रिका तपाईँ कल्पना गर्न सक्नुहुन्छ? अहँ। गाह्रै हुन्छ। तर हामी तपाईँलाई यहाँ एउटा यस्तो पत्रिका देखाउँदैछौँ, जसमा समाचार नै छैन। यो नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश विक चिन्तन प्रकाशक सम्पादक रहेको रुकुमबाट प्रकाशित नयाँ यात्रा साप्ताहिकको गत असोज १० मा प्रकाशित अंक हो।… Continue reading

हाम्रो स्वास्थ्य पत्रकारिता : नजानेको कि जानाजान भ्रम फैलाउन खोजेको?

Posted on February 26, 2020February 26, 2020 by mysansar

-डा. सन्देश दाहाल- प्राविधिक विषयमा समाचार सम्प्रेषण धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको विषयमा त अझ होस पुर्‍याउन जरुरी हुन्छ। तर अचेल मिडियाले त्यो संवेदनशिलतालाई बेवास्ता गरेको पाइन्छ। यो ब्लग लेखिरहँदा फागुन १० गते रातोपाटीमा एउटा शीर्षक छ, “विवाहको प्रलोभनमा तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ” शीर्षकमा… Continue reading

चिनिया दूतावासले सहन नसकेको त्यो लेख, काठमाडौँ पोस्ट र यसका सम्पादकलाई ‘चेतावनी’

Posted on February 19, 2020February 19, 2020 by Salokya

केही दिनअघि मात्र चिनिया राजदूतले आफ्नो ट्विटरमा एउटा भिडियो ट्विट गरेकी थिइन्। त्यसमा चीनका लागि हाम्रा राजदूत लीलामणि पौड्याल आफ्ना दूतावासका कर्मचारीहरुसँग उभिएर मुठ्ठी उचाल्दै नारा लगाइरहेका थिए। भाषा बुझ्नेहरुका अनुसार चीनको समर्थनमा ती नारा लगाइएका थिए। मैले विश्वका कुनै पनि राजदूतले यसरी आफू बस्ने देशको पक्षमा नारा लगाएको अहिलेसम्म देखेको थिइनँ। चिनियाँ राजदूतलाई आफ्नो… Continue reading

नाफा कि घाटा हेर्न जान्या छैन, बिजनेस न्युज लेख्छन् :)

Posted on February 9, 2020February 9, 2020 by Salokya

राजनीतिक समाचार हुने वेबसाइटमा पत्रकारको आस्थाका आधारमा फलानो नेता सही भनेर लेखिएको हुन्छ भने सोही नेतालाई अर्कोले गलत भनेर लेखेका हुन्छन्। आज अलि फरक बिजनेस बिटलाई प्रमुख आधार बनाएर चलेका यी दुई वेबसाइटका समाचार हेर्नुस्। एउटा भन्छ- समृद्धि फाइनान्सले दोस्रो त्रैमासमा घाटा खायो। अर्को भन्छ त्यही अवधिमा नाफा गर्‍यो। ए बाबा, एउटै कम्पनीको एउटै अवधिको… Continue reading

चि*को समाचार लेख्‍‍ने अनलाइनहरुको फलोअप : माफी कसैले मागेनन्, कोही सुटुक्क सच्याउने कोही डिलिट गर्ने

Posted on February 5, 2020February 5, 2020 by Salokya

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले ‘आफूले चिनेकै मान्छे स्कूलमा लिन आएपछि’ लेख्नुपर्नेमा ‘आफूले चि*कै मान्छे स्कूलमा लिन आएपछि’ लेखेको समाचार पठाएपछि निजी अनलाइनहरुको डेस्कमा बस्ने दिमाग नभएका मेसिन पत्रकारहरुले जस्ताको तस्तै कपिपेस्ट गरेको बारे सोमबार ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने… Continue reading

राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने अनलाइनहरुलाई लाज लाग्यो कि लागेन?

Posted on February 3, 2020February 3, 2020 by Salokya

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले हिजो एउटा समाचारमा ठूलो गल्ती गर्‍यो। आफ्नै मामाको छोराले स्कूलबाट बालिका अपहरण गरेर फिरौती मागेको र पक्राउ परेको समाचार थियो यो भक्तपुरको। समाचार लेख्ने क्रममा राससका कुन चाहिँ ‘डर्टी माइन्ड’पत्रकारले ‘आफूले चिनेकै मान्छे स्कूलमा लिन आएपछि’ लेख्नुपर्नेमा ‘आफूले चि*कै मान्छे स्कूलमा लिन आएपछि’ भनेर लेेखिदिएछ। ‘न’ को… Continue reading

संसारमै नभएको गैँडा यता देखियो- सुँड भएको !

Posted on January 31, 2020 by Salokya

गैँडाको बारेमा त हाम्रा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा प्रशस्त बोलिसक्नुभएको छ। गैँडा नदेख्नेको आधा जुनी खेर जान्छ भन्ने महावाणी उहाँकै हो। गैँडा पनि विभिन्न किसिमका हुन्छन्- एक सिङ्गे गैँडा चाहिँ हाम्रो देशमा पाइने हो। तर तपाईँलाई थाहा छ? सुँड भएको गैँडा पनि हुने रहेछ नि। नपत्याउनु भएको ? तलको समाचारको स्क्रिनसट हेर्नुस् त।

प्रचण्डको हेडलाइनलाई लिएर ‘मुटु भएका’ दुई सम्पादकको नोंकझोंक

Posted on January 27, 2020January 27, 2020 by Salokya

यसो देश बाहिर भएका बेला देशमा उधुम नयाँ र रमाइला कुराहरु छुट्यो। त्यसमध्ये एक थियो- राम्रो काम देख्न सक्ने मुटु भएका सम्पादकहरु नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले गरेको आलोचना। प्रधानमन्त्रीले त्यसो के भनेका थिए, सारा सम्पादकहरु हाम्रो त मुटु छ है भनेर प्रतिवादमा उत्रिएका थिए। आज मध्यरातमा भने मुटु भएका तिनै मध्येका दुई सम्पादकको रोचक… Continue reading

संसारमा नहुने कुरा ‘नेपालन्युज’मा किन भयो? कारण यस्तो रहेछ

Posted on January 27, 2020January 27, 2020 by Salokya

तपाईँले कुनै अनलाइनको फेसबुक पेज लाइक गर्नुभएको भए त्यसमा के देख्नुहुन्छ? पक्कै पनि जुन अनलाइनको फेसबुक पेज हो, त्यही अनलाइनमा राखिएका समाचार सामाग्रीहरु। हाम्रोतिर मात्र हैन, विश्वमै यस्तै चलन हो। तर गएको हप्ता भने अचम्मै भयो। नेपालन्युजले आफ्नो न्युज नभई अर्काको न्युज सेयर गरिरहेको देखियो। झुक्किएर त्यसो भएको भन्ने ठान्नुभएको भए तपाईँ गलत हुनुहुन्छ। किनभने… Continue reading

IMF को लोगोमा M***er F***er गाली छापेको भोलिपल्ट यसरी मागियो माफी

Posted on December 24, 2019December 24, 2019 by Salokya

आर्थिक दैनिक ‘कारोबार’को हिजो सोमबारको अंकको आठौँ पेजमा एउटा छाप्न नहुने कुरा छापिएको थियो। आर्थिक क्षेत्रको समाचार र विचारमात्र समेटिने दैनिक त झन् यस्तो विषयमा संवेदनशील हुनुपर्ने थियो। तर, M***ER F***ER लेखिएको आमाचकारी गाली लेखिएको लोगो छापिएको थियो। सामाजिक सञ्जालमा गलत लोगो छापिएको विषयमा चर्चा भएपछि आज मंगलबारको अंकमा पत्रिकाले क्षमायाचनासहित भूल सुधार गरेको छ।

हरे, ‘कारोबार’ दैनिकमा के छापेको यस्तो आपत्तिजनक?

Posted on December 23, 2019December 23, 2019 by Salokya

आर्थिक दैनिक ‘कारोबार’को आज सोमबारको अंकको आठौँ पेजमा एउटा छाप्न नहुने कुरा छापिएको छ। अचम्म, आर्थिक क्षेत्रको समाचार र विचारमात्र समेटिने दैनिक त झन् यस्तो विषयमा संवेदनशील हुनुपर्ने हो। तर, यो अचम्मैको आपत्तिजनक छाप्न नहुने कुरा छापिएछ। 

अनलाइन मिडिया : संख्या बढ्यो, गुणस्तर बढेन

Posted on December 22, 2019 by Salokya

प्रदेश ३ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको सञ्चार रजिस्ट्रारको कार्यालयले शुक्रबार अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयमा एउटा कार्यक्रम गरेको थियो। यो कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको वर्तमान अभ्यासबारे सामाग्री ‘कन्टेन्ट’मा फोकस रहेर कार्यपत्र प्रस्तुत गर्न मलाई भनिएको थियो। अनलाइन मिडियाको संख्या अहिले निकै बढेको छ। सूचना विभागमा दर्ता भएका अनलाइनको मात्रै… Continue reading

शृङ्खला खतिवडा र ‘नागरिक’को विवाद, के हो विषय?

Posted on December 21, 2019 by Salokya

अघिल्लो मिस नेपाल शृङ्खला खतिवडा र राष्ट्रिय दैनिक ‘नागरिक’ बीच अहिले एउटा विवाद चर्किएको छ। खासमा नागरिक दैनिकको अनलाइन ‘नागरिकन्युज’ मा प्रकाशित एउटा समाचारमा शृङ्खलाले आपत्ति जनाएपछि अनलाइनमा शृङ्खला समर्थकहरुले नागरिकलाई पत्रकारिताको मूल्यमान्यताविरुद्ध समाचार लेखेको आरोप लगाएका छन् भने नागरिकले पनि फेसबुकमा स्पोन्सर्ड नै गरेर भिडियोसहित राखेर आफूले पहिले लेखेको समाचारलाई सही ठहर्‍याउने प्रयास भएको… Continue reading

राजदूतबारे ‘कान्तिपुर’ले के छाप्यो त्यस्तो अन्यथा?

Posted on December 11, 2019December 11, 2019 by Salokya

आज अर्थात् मंसिर २५ गते ‘कान्तिपुर’ दैनिकको १२ औँ पेजमा एउटा ‘सच्याइएको’ सूचना राखिएको छ। यो सच्याइएको सूचना चार दिन अघि कान्तिपुरमा छापिएको समाचारबारे  रहेछ। त्यसमा लेखिए अनुसार युरोपियन युनियनकी राजदूत भेरो निका कोडीको भनाई उद्‍धृत गर्ने क्रममा ‘अन्यथा’ भएछ। के ‘अन्यथा’ भएको त्यो चाहिँ लेखिएको छैन। मात्र ‘संविधानले तोकेबमोजिम वादी समुदायलाई समाजमा समावेशिताको हक… Continue reading

काफ्ले सम्पादक भएको अनलाइनमा काफ्ले समाजको समाचार, कति रमाइलो !

Posted on December 9, 2019December 9, 2019 by Salokya

नेपालको पत्रकारिताको कन्टेन्ट यसो नियाल्यो भने गजब रमाइला रमाइला उदाहरण पाइन्छन्। पत्रकारहरु पिकनिक गएको समाचारसमेत सरकारी समाचार एजेन्सीले दिन्छ। पत्याउनु भएन? त्यसो भए तपाईँले यो ब्लग पढ्न छुटाउनु भयो। यहाँ क्लिक गरी हेर्नुस्। अचम्मका हुन्छन् हाम्रा अनलाइनहरु। न्युजपोर्टल भन्या हुन्छन् तर द्रौपदीले गुप्तवासमा बस्दा नाम के थियो, रामले सीतालाई कति माया गर्थे भन्ने खालका ‘खोजमूलक’… Continue reading

‘नेपालन्युज’मा अब रहेनन् ‘सम्पादक’हरु

Posted on December 7, 2019December 7, 2019 by Salokya

अनलाइनै अनलाइनहरुको भिडमा एउटा अनलाइन अलि फरक थियो – नेपालन्युज। यसमा सम्पादकहरु प्रशस्त थिए। भए जति सबलाई जे झुण्ड्याएर हुन्छ सम्पादक पद दिइएको थियो- समाचार सम्पादक, सहायक सम्पादक, प्रबन्ध सम्पादक, उपसम्पादक, वरिष्ठ उपसम्पादक…आदि। त्यसैले त सम्पादकै सम्पादकहरु भएको मिडियाका रुपमा चर्चित थियो ‘नेपालन्युज’। यति धेरै सम्पादक भएको मिडियामा फेरि सम्पादकै काण्ड भएर प्रधान सम्पादकको जागिर खुस्कियो। म्यानेजमेन्टले… Continue reading

एउटा अनलाइनको अ नौ ठो कहानी : न्युजरुमले बनाउन नसकेका ‘सम्पादक’

Posted on November 21, 2019November 21, 2019 by Salokya

नेपालको पाको अनलाइन न्युज पोर्टल नेपालन्युज डट कमले चार वर्षअघि बन्द हुने सूचनाबारे जानकारी दिँदै ट्विट गर्दा व्यवस्थापनको ‘अपरिपक्व’ र ‘अनुपयुक्त’ निर्णयलाई दोष लगाइएको थियो। मर्कन्टायल कम्युनिकेसन्सको स्वामित्वमा रहेको यो अनलाइन बन्द हुनुमा व्यवस्थापन र न्युजरुमबीचको द्वन्द्व प्रमुख कारण थियो। विषय थियो- श्रमजीवी पत्रकारलाई स्थायी गर्नुपर्ने लगायतका माग। लौ खाओ त भन्दै व्यवस्थापनले वेबसाइटै बन्द… Continue reading

यस्तो छ संशोधन भएको पत्रकार आचार संहिता

Posted on September 23, 2019 by Salokya

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) प्रस्तावना : विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवर्द्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य–मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हितका लागि सबै सञ्चारमाध्यम र पत्रकारलाई लागू हुने गरी प्रेस काउन्सिल ऐन,… Continue reading

‘कान्तिपुर’ र ‘काठमान्डु पोस्ट’मा छापिएका दुई अलग व्यक्तिको विचार एकै खाले छ कि छैन हेर्नुस् त

Posted on September 6, 2019September 6, 2019 by Salokya

कान्तिपुर र काठमान्डु पोस्ट एउटै मिडिया हाउसका उत्पादन हुन्। तर पनि दुई पत्रिकामा फरक फरक समाचार हुन्छन्। एउटै हाउसको भएकोले कहिलेकाहीँ जिल्लाबाट पठाइएका समाचार र फोटो एउटै हुनसक्ला तर विचार पृष्ठमा छापिएका दुई फरक व्यक्तिको लगभग एउटै विचार कसरी हुनसक्छ? सम्भव छ? अहँ सम्भव लाग्दैन। तर माइसंसारका एक पाठकले कान्तिपुर र काठमाण्डु पोस्टमा सेप्टेम्बर ३… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme