Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुरको पाँच लाइन क्याप्सनमा भएका दुई तथ्यगत त्रुटि

Posted on February 26, 2018 by Salokya


आइतबारको कान्तिपुर दैनिकको पहिलो पेजमा एउटा आकर्षक फोटो छ- पूर्व प्रधानन्यायाधीश र पूर्व प्रधानमन्त्री हाँस्दै गरेको। फोटो मुनि छापिएको पाँच लाइन क्याप्सनमा भने दुई वटा तथ्यगत त्रुटि छन्।

पहिलो त्रुटि

क्याप्सनको दोस्रो लाइनमा प्रधानन्यायाधीश कार्कीविरुद्ध देउवा प्रधानमन्त्री भएका बेला गत वैशाख १७ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए लेखिएको छ। यो गलत हो। महाभियोग देउवा प्रधानमन्त्री भएका बेला हैन, प्रचण्ड प्रधानमन्त्री भएका बेला दर्ता गरिएको थियो। देउवा त जेठ २३ गते बल्ल प्रधानमन्त्री निर्वाचित भएका थिए। नपत्याए कान्तिपुरमै छापिएको समाचारको मिति हेर्नुस्-

दोस्रो त्रुटि

क्याप्सनको अन्तिम लाइनमा न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले वैशाख २३ गते महाभियोग खारेज गरेको उल्लेख छ। यो पनि गलत छ। चोलेन्द्र श्रीमानको इजलासले वैशाख २३ गते हैन वैशाख २२ गते चाहिँ महाभियोग प्रस्ताव खारेज गर्ने आदेश दिएको हो। हेर्नुस् आदेशको मिति-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme