Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इमेज कान्डको नालिबेली

Posted on August 13, 2015August 13, 2015 by Salokya

image2सामान्य मानिसलाई खासै मतलब नभए पनि पत्रकारिताप्रति रुचि राख्नेहरुले केही दिनदेखि इमेज च्यानल, पत्रकार महासंघ, महेन्द्र विष्ट, अख्तियार र सन्दीप योगी वरपर घुमेको एउटा घटनाबारे जानकारी राखेकै हुनुपर्छ।

छोटकरीमा कुरा यस्तो छ : इमेज एफएमका पत्रकार सन्दीप योगीले अख्तियार प्रमुखको गाडीले जाम गराएको फोटो खिच्ने क्रममा सुरक्षाकर्मीबाट कुटिए रे। यो कुरा सार्वजनिक गरेको भन्दै इमेज व्यवस्थापनले उनलाई जागिरबाट निकाले रे।

यहाँ ‘रे’ किन राखियो भन्दा यो एकपक्षी दावी थियो। पत्रकारले आफूलाई जागिरबाट निकालियो भनेर दावी गर्दा इमेज व्यवस्थापन भने ननिकालिएको दावी गर्थ्यो। अन्ततः आज कान्तिपुरमा विज्ञापनै छापेर इमेजले जागिर खान आउन भनेको छ। आखिर यो के भएको रहेछ त? घटनासँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिएका विभिन्न व्यक्तिहरुको भनाईका आधारमा यो कान्डको नालिबेली।


6545832

साउन ११ गते इमेज न्युज एफएममा काम गर्ने पत्रकार सन्दीप योगी अख्तियारको कार्यालय अगाडि अख्तियार प्रमुखको गाडीले जाम गराएको फोटो खिच्न गएका थिए। एफएम अर्थात् रेडियो माध्यममा काम गर्ने पत्रकारले किन खिचे त फोटो? फोटो त एफएममा देखाउन मिल्दैन।

खासमा उनी इमेज एफएममा पार्ट टाइम जागिर मात्रै खान्थे। उनी अर्को एउटा अनलाइनमा पनि काम गर्थे। त्यही अनलाइनकै लागि उनी फोटो खिच्न गएका थिए।

फोटो खिचेपछि पहिले प्रहरीले थर्काएछ। तर सन्दीपले प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई फोन गरेपछि प्रहरीले माफी मागेछ। कुरो यत्तिकैमा सकिन्थ्यो। तर यसमा युनियन, पत्रकार महासंघको राजनीति छिरेपछि कान्ड अलि लम्बियो।

भोलिपल्ट नागरिकमा यो समाचार छापियो। सेतोपाटीमा सन्दीपको कुरा छापिएपछि यसले अझ ठूलो रुप लियो।

यो विषय चर्कँदै गर्दा सामाजिक सञ्जालमा एक अर्कालाई लाञ्छित गर्ने गरी यति अभद्र टिप्पणी भए कि पत्रकार महासंघ स्वयं पनि अभद्र वक्तव्य निकालेर मैदानमा उत्रियो। महासचिव उजिर मगरको नाममा निकालिएको वक्तव्यमा भनिएको थियो-अनुशासनभित्र नबसे कठोर रुपमा उत्रिन महासंघ बाध्य हुनेछ।

सन्दिप योगीकै भनाइलाई आधार मान्दा उनलाई कामबाट निस्कासन गर्ने व्यक्ति इमेज न्युज एफएमकी स्टेसन म्यानेजर अनुपा श्रेष्ठ हुन्। श्रेष्ठ त्यहाँको नेपाल प्रेस युनियनको शाखा अध्यक्ष पनि हुन्। तर उनले आज युनियनबाट राजीनामा दिएकी छन्।

अख्तियार अगाडि भएको दुर्व्यवहार संयोगमात्र थियो, योगीले यसलाई निहुँमात्र बनाएका हुन्। उनले त्यसअघि नै इमेज छोड्ने मुड बनाइसकेका थिए। जब उनले मुद्दा पाए, मौकामा चौका हाने। कामबाट निकाले ननिकालेको योगी वा उनलाई कामबाट निकाल्नेले जानुन्। तर एउटा सत्य के हो भने कामबाट निकाल्ने, योगीलाई काम लगाउने ठाकुर बेलबासे र स्वयं योगी सबै युनियनकै सदस्य हुन्।

तुष चाहिँ नेपाल पत्रकार महासंघको महाधिवेशनभन्दा अघिको हो। त्यहाँ पार्षद् चयनका क्रममा विवाद भएको थियो। पत्रकार महासंघको विधान अनुसार पार्षद्‍ले मात्र केन्द्रीय पदाधिकारीहरुको निर्वाचनमा भोट हाल्न पाउँछ। पत्रकार महासंघका वर्तमान अध्यक्ष महेन्द्र विष्टले पार्षद् चयनमा धाँधली गरेको भन्दै युनियन समर्थकले त्यतिबेला महासंघमा उजुरी समेत गरेका थिए।
image1
‘इमेजकर्मी अधिकार संरक्षण समिति’ का नाममा त्यहाँ आन्दोलन चलिरहेको छ। समितिको नेतृत्वकर्ता को हो भन्ने सार्वजनिक गरिएको छैन तर यसमा इमेजमा कार्यरत नेपाल प्रेस युनियन सम्बद्ध पत्रकारहरु छन्।

महासंघले श्रमजीवीको पारिश्रमिक तथा नियुक्तिपत्र तथा कर्मचारी विनियमावली लगायतका विषयलाई मुद्दा बनाएर आन्दोलन थालेपछि अध्यक्ष विष्टलाई तारो बनाउने काम सुरु भएको विष्ट पक्षको भनाई छ। महासंघको नेतृत्वमा हिमालय टिभी, एभिन्युज टिभी र माउन्टेन टिभीमा आन्दोलन गरिएको थियो र त्यहाँ कार्यरत पत्रकारले तलब पाएका थिए। त्यही इखले इमेजविरुद्धको यो लडाइँमा एभिन्युजका भास्करराज कर्णिकारदेखि हिमालयन टिभीसम्मले भित्री रुपमा समर्थन गरेका छन्।

यही मेसोमा इमेज न्युज एफएममा विष्टको पनि एक लाख रुपैयाँ लगानी भएको तथ्य सार्वजनिक भएको छ र उक्त संघर्ष समितिले ‘तँ मालिक होस्। माग पुरा गर्नुपर्छ’ भनिरहेको छ।

यसले निरन्तर इमेज च्यानलका सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ अध्यक्ष महेन्द्र विष्टको कार्यकक्ष अगाडि धर्ना दिइरहेको छ तर अहिलेसम्म च्यानल अध्यक्ष आरके मानन्धरलाई माग पत्र बुझाएको छैन।

5 thoughts on “इमेज कान्डको नालिबेली”

  1. Shankar says:
    August 15, 2015 at 1:30 pm

    जहा नियम कानुन फितलो छ , अराजकता छ त्यहा धेरै बाठो हुदा , चम्किदा , राजनीति गर्दा
    चोथो अंग त् के ग्यानेंद्रिया नै भए पनि सुपारी ले लाखाटने डर हुन्छ |

    Reply
  2. durga lamsal says:
    August 13, 2015 at 12:02 pm

    हिजाे सम्म साइकलमा पत्रिका बाड्रने हरू अाज पत्रकार भइसके, पत्रचार देशकाे चाैथाे अङग भएपछि जहाँ जे गरेपनि हुने, पुलिस प्रशासन पनि थकर्मान भैहाल्ने ।

    पत्रकारिता पेशा चाही हात्तिकाे देखाउने दाँत, बाकी ……………..

    Reply
  3. XYZ says:
    August 13, 2015 at 11:01 am

    This is what happens when there is no clear rule governing conflict of interest cases. Here you have an employee, a union leader and also a shareholder. Moreover, people should not forget that this guy called Dr Mahendra Bista scooped quiet an handsome sum of money by prolonging the tenure of an investigation committee. What you can expect from this kind of journalists. NEPAL MA SABAI BHANDA BHRASTA BYAKTI BHANEKI PATRAKAR HARU HO. Just look at the face of this guy called Dhamala?

    Reply
  4. भाबेस राइ says:
    August 13, 2015 at 9:15 am

    १. पत्रकार नियम मा हिड्छ, जनता लाइ तथ्यपरक सुचना दिएर सु सुचित बनाउछ ! इज्जत हुन्छ ! क्षमता मा विश्वास गर्छन – कुनै संगठन खोलेर राजनीति गर्दैनन् !

    २. पत्रुकार हरु, नियम मान्दैनन, भ्रम पूर्ण समाचार दिएर भ्रम फ़ैलाउछन ! इज्जत हुदैन ! क्षमता मा विश्वास हुदैन – संगठन खोलेर राजनीति गर्छन !

    साथि हो तपाई नेपाल का पत्रकार लाइ कुन बर्ग मा राख्नु हुन्छ १ वा २ ?

    Reply
    1. Sunita Joshi says:
      August 13, 2015 at 2:58 pm

      २ , इनिहरु सप्पै २ नम्बरी , एक दुइ जना मात्र एक नम्बरी

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme