Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई वर्ष पुरानो समाचारलाई ‘नागरिक’ले बनायो ताजा न्युज, आफू त उल्लु बन्यो नै पाठकलाई पनि बनायो

Posted on October 19, 2016October 20, 2016 by Salokya

नागरिक दैनिकको कात्तिक ३ गते बुधबारको ‘आर्थिक’ पृष्ठमा एउटा समाचार छापिएको छ- ‘११ हजार अर्ब डलरको चिनियाँ अर्थतन्त्र संसारकै ठूलो’शीर्षकमा। अनलाइन संस्करणमा कत्रो छ चिनियाँ अर्थतन्त्र ? शीर्षकमा प्रकाशित छ।

नागरिकले ताजा न्युजका रुपमा छापेको यो समाचार वास्तवमा दुई वर्ष पुरानो समाचार हो। मंगलबार सोसल मिडियामा धेरै सेयर भएको डेली मेलको एउटा पुरानो समाचारको अपडेट मितिमा ध्यान नदिँदा यस्तो गल्ती भएको हो।

nagarik

समाचारमा स्रोत एजेन्सी लेखिएको छ, तर कुन एजेन्सी खुलाइएको छैन। तर समाचारमा उल्लेख गरिएका विषय र उद्धृत गरिएका नाम हेर्दा भने यो दुई वर्ष पुरानो डेली मेलको समाचार भएको स्पष्ट हुन्छ।
dailymail

डेली मेलको पुरानो समाचार पढ्न यहाँ क्लिक गर्नुस्

अब अलिकति अनुवाद कला पनि हेरौँ। डेली मेल लेख्छ

China has toppled America to become the biggest economy in the world, according to figures from the International Monetary Fund.

The US has been the global leader since it overtook Britain in 1872, but has now lost its status as top dog.

नागरिक लेख्छ-

अमेरिकालाई पछाडि पार्दै चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार १ सय ४४ वर्षपछि अमेरिका दोस्रो स्थानमा पुगेको हो।

यतिसम्म त ठीकै छ। अर्को लाइन हेर्नुस् गम्भीर गल्ती छ-

डेली मेल लेख्छ-

The latest IMF figures show the Chinese economy is worth £11trillion compared with £10.8trillion for the US.
China – whose wealth has accelerated in recent decades amid rapid industrialisation – is expected to extend its lead, with the IMF estimating its economy will be worth £16.7trillion in 2019.

नागरिक लेख्छ-

चीनको अर्थतन्त्र ११ हजार अर्ब अमेरिका डलरबराबर पुगेको छ । प्रतिस्पर्धी अमेरिकाको अर्थतन्त्र भने १० हजार ८ सय अर्ब डलरमा अडेको छ । कोषले चीनको अर्थतन्त्र सन् २०१९ सम्ममा बढेर १६ हजार ७ सय अर्ब डलर पुग्ने अनुमानसमेत गरेको छ ।

डेली मेलले चीनको अर्थतन्त्र £11,000,000,000,000 लेखेको छ। नागरिकले ११ हजार अर्ब अमेरिकी डलर पो लेखेको छ।

छैन त रमाइलो ?

बरु तपाईँलाई विश्व अर्थतन्त्र बारे ताजा तथ्याङ्क हेर्न मन भए जिडिपीको आधारमा सिएनएनको यो चार्ट हेर्नुस्।

2 thoughts on “दुई वर्ष पुरानो समाचारलाई ‘नागरिक’ले बनायो ताजा न्युज, आफू त उल्लु बन्यो नै पाठकलाई पनि बनायो”

  1. रोबिन says:
    October 21, 2016 at 2:43 pm

    copy and paste, translation पत्रकारिता भएन र? त्यसामाथी backdated news. आफु त झुक्कियौ झुक्कियौ दुनियालाई झुक्काउन खोज्यौ…गरिखाउ साथी…गरिखाउ।

    पत्रकारिताको सबैले सम्मान गर्नुपर्दछ र पत्रकारले आफ्नो पत्रकारिता कलाबाट सत्य, तथ्य र ताजा समाचार पाठक समक्ष पुगोस जसले गर्दा पत्रकार, पत्रीका, पत्रकारिताको सम्मान, बिस्वस्नियता लोकप्रियता आदि बढोस।

    Reply
  2. sushil says:
    October 20, 2016 at 6:38 am

    यो पत्रिकामा कहिल्यै exciting news or article हुँदैन।
    लोसे पत्रिका चटपटे खान मात्रै काम लाग्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme