पश्चिमी समाज पनि अन्धविश्वासमा निकै विश्वास गर्छ। शुक्रबार १३ तारिखलाई उनीहरु असाध्यै अशुभ मान्छन्। यो वर्ष त तीन वटा यस्तो संयोग जुरेको थियो- फेब्रुअरी, मार्च र नोभेम्बर। फेब्रुअरी र मार्चमा त खासै केही भएन। वर्षको अन्तिम फ्राइडे १३ को दिन केही पत्रिकाहरुले अशुभको संयोगबारे फिचर छापेका थिए। नभन्दै राति हुँदानहुँदै यो कालो दिन इतिहासमा अंकित हुने गरी घटना भए। पेरिसका विभिन्न ठाउँमा शृङ्खलावद्ध आक्रमण भयो र १२० जना जतिको ज्यान गयो। दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो आक्रमण व्यहोरेको फ्रान्ससमा संकटकाल घोषणा गरियो, सीमा बन्द गरिए। फ्रान्समा मात्र हैन विश्वभर यो समाचार बन्यो। विश्वका विभिन्न देशमा यो समाचार कसरी फ्रन्टपेजमा छायो, हेर्नुस् केही पत्रिकाहरुको फ्रन्टपेज।
बेल्जियमको पत्रिका
जर्मनीको पत्रिका।
ग्रीसको पत्रिका।
इटालीको पत्रिका।
आयरल्यान्डको पत्रिका।
नेदरल्यान्डको पत्रिका।
नेदरल्यान्डको पत्रिका।
पोर्चुगलको पत्रिका।
स्पेनको पत्रिका।
स्वीेडेनको पत्रिका।
स्वीेडेनको पत्रिका।
बेलायतको पत्रिका।
स्विट्जरल्यान्डको पत्रिका।
यी तलका पत्रिकाहरु सबै अमेरिकाका हुन्।