Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, अनलाइनखबरले त्यस्तो हेडलाइन हालेको हैन, देउवाले त्यस्तो बोलेको हैन

Posted on April 14, 2017April 14, 2017 by Salokya

अहिले फेसबुकमा एउटा समाचार लिङ्क भाइरल भएको छ। त्यसमा ‘अनलाइनखबर’ डट कममा प्रकाशित समाचारको लिङ्क छ र हेडलाइनमा लेखिएको छ- एमाले चुतियाहरुको पार्टी हो : शेरबहादुर देउवा। उपराष्ट्रपति पुत्र दीपेश पुनले सेयर गरेको एउटा लिङ्कमा ९८ कमेन्ट र ३५४ सेयर छ। धेरैले समाचारको लिङ्क क्लिक गरेका छैनन् र हेडलाइन पढेकै भरमा अनलाइनखबर र देउवाप्रति गाली बर्साएका छन्। यसो हेर्दा अनलाइनखबरले नै यस्तो हेडलाइन हालेको हो कि जस्तो लाग्न सक्छ। लिङ्क क्लिक गर्दा अर्कै हेडलाइन खुल्छ। अनलाइनखबरले नै पहिले त्यस्तो हेडलाइन राखेर पछि फेरेको हो कि भन्ने पनि लाग्न सक्छ। तर नझुक्किनुस्, त्यसो होइन। यो त फेसबुकको एउटा कमजोरी हो, जसको प्रयोग गरेर हल्लाखोरहरुले हल्ला र बदनामी गर्न चाहेका छन्। यस्तो कसरी सहजै गर्न सकिन्छ, आउनुस् म देखाउँछु तपाईँलाई।


सन् २०१५ मा हफिङटन पोस्टले यसबारे एउटा सामाग्री राखेको थियो, जसमा सेयर गर्ने क्रममा कसरी सजिलै प्रतिष्ठित मिडियाका समाचारका लिङ्कहरुबाट हेडलाइन परिवर्तन गर्न सकिन्छ भन्ने देखाइएको थियो।

जस्तै उदाहरणका लागि सिएनएनको समाचारमा कति सजिलै हेडलाइन परिवर्तन गर्न सकिन्छ, हेर्नुस्-

त्यसैगरी न्युयोर्क टाइम्सले क्षमा मागेको गलत इम्प्रेसनसमेत पार्न सकिने गरी गरिएको परिवर्तन हेर्नुस्-

यसले एक पटक हफिङटन पोस्टलाई समेत आपतमा पारेको थियो।

यो हेडलाइन हेर्दा तपाईँलाई भेरिफाइड युजरले साँच्चिकै लिङ्क सेयर गरेको जस्तो लाग्न सक्छ। तर वास्तवमा यसको हेडलाइन भने “Bristol Palin Announces She’s Pregnant,” मात्रै थियो। Black Man भनेर थपिएपछि यसको तीव्र प्रतिक्रिया आयो।

फेसबुकको खराबी चैँ के भने यसरी बिगारिएको हेडलाइन कसैले सेयर गर्‍यो भने बिग्रेकै रुपमा सेयर हुन्छ। अनलाइनखबरको हेडलाइन पनि त्यसरी नै भाइरल भएको हो।

फेसबुकले उतिबेलै यस्तो रोक्ने भने पनि अहिलेसम्म रोकेको छैन।

अब त्यही अघिकै अनलाइनखबरको न्युज यस्तो पनि बन्न सक्छ

कसरी? विस्तृत प्रक्रिया यो भिडियोमा छ-

https://youtu.be/KBD5vFgf3SM

चुनावमा प्रोपोगान्डाको खतरा
तँ मुलालाई अनलाइनखबरको किन यत्रो चिन्ता त भन्ने पनि कसैलाई लाग्यो होला। मलाई चिन्ता त आसन्न स्थानीय चुनावमा हुनसक्ने प्रोपोगान्डाको लागेको छ। अब फेसबुक चलाउनेहरुको पारा उस्तै हो, हेडलाइन पढेको भरमा विचार बनाइहाल्ने। अनलाइनखबर मात्र हैन, कान्तिपुर, नागरिक, अझ विदेशका प्रमुख मिडियाको नाममा यसैगरी लिङ्क बिगारेर आफ्नो स्वार्थ अनुसारको समाचार लिङ्क भाइरल बनाइयो भने कस्तो भयावह स्थिति आउला? अहो! फेसबुकले जतिसक्दो यो खराबी रोके हुन्थ्यो।

तपाईँलाई के लाग्छ? तपाईँ पनि कहिल्यै यस्तो फेक न्युजको फन्दामा पर्नुभएको छ? आफ्नो विचार तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme