Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुनको पासो बन्यो कान्तिपुर साप्ताहिकलाई गलपासो

Posted on April 27, 2018April 28, 2018 by Salokya


कान्तिपुरको शुक्रबार प्रकाशित हुने साप्ताहिक नामको साप्ताहिक पत्रिकामा आज कभर स्टोरी छापिएको थियो सुनको पासो शीर्षकमा। सुनको बिस्कुट र त्यसबाट निस्किएका डोरीहरु विभिन्न मान्छेसँग जोडिएको ग्राफिक्स थियो त्यसमा। राम्रोसँग ध्यान नदिँदा त्यही कुरा साप्ताहिकलाई गलपासो बन्न पुग्यो। कसरी? विस्तृत पढ्न भित्र आउनुस्।


ग्राफिक्समा हत्या गरिएका भनी सनम शाक्यको यो फोटो राखिएको थियो।

साप्ताहिकमा हत्या गरिएका भनी छापिएका मान्छे भने जिउँदै थियो। उनले आफ्नो हत्या भयो भनी छापिएको पत्रिकाको फोटो राख्दै फेसबुकमा अङ्ग्रेजीमा लेखे- नेपाली मिडिया किन यस्तो लापरवाह र गैरजिम्मेवार भएको? साथमा फेसबुकको फिलिङ अप्सन छान्दै उनले डिसगस्टिङ लेखे।

आफ्नो हत्याको खबर आफैले पढ्नुपर्दा उनलाई कस्तो भयो होला? तपाईँहामी अनुमान गर्न सक्दैनौँ। सनम त्यस्ता व्यक्ति हुन्, जो हालै काठमाडौँको विमानस्थलमा भएको युएस बांग्ला एयर विमान दुर्घटनामा बच्न सफल भएका थिए। ‘विमान दुर्घटनामा बचेका उनलाई मिडियाले मारिदियो’ यस्तो प्रतिक्रियासमेत सोसल मिडियामा निकै देखियो।

बिहान साढे ८ बजे उनले आफ्नै हत्या भएको फोटोसहितको पत्रिका फेसबुकमा पोस्ट गरेका थिए। त्यसको झण्डै पाँच घण्टापछि उनले कान्तिपुर पब्लिकेशन्सबाट लेखिएको पत्र फेसबुकमा पोस्ट गरे। प्रशासन विभाग प्रमुख सुशील रावलले लेखेको पत्रमा क्षमा माग्दै भोलिको कान्तिपुर र आगामी अंकको प्रथम पृष्ठमा फोटोसहित भूल सुधार गर्ने प्रतिवद्धता जनाइएको थियो।

सँगै साप्ताहिकले आफ्नो फेसबुक पेजबाट पनि क्षमा माग्यो।

अपडेट : भोलिपल्ट शनिबार कान्तिपुर दैनिकमा यस्तो छापियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme