Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो त ट्रान्सफरमर खरिद काण्ड ?

Posted on September 4, 2013 by mysansar

-इ. रोहिणी पौडेल/ इ.सुशील पौडेल-

कृपया बुँदाहरुलाई समय दिएर पढेर बुझ्नुहोला।

– ट्रान्सफर्मर खरिद प्रकरण मा हाल २२ जना दोषी भनी ४१ करोडको बिगो देखायर कर्मचारीलाई मुद्दा दायर गरेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसमा सम्पूर्ण ट्रान्सफर्मरको मूल्य , २५ वर्ष सम्म हुने loss र Vat एवं करको पैसा जोडी बनाइएको भन्ने जानकारीमा आएको।

– यस प्रकरणमा इन्स्पेक्सनमा जाने इन्जिनियर धेरै र लेखा प्रमुख, स्टोर प्रमुख, प्रोक्युरमेन्ट प्रमुख, विश्व बैंक कोर्डिनेटर, उपकार्यकारी निर्देशक, कार्यकारी निर्देशकसम्मका व्यक्ति परेका छन्।

– ट्रान्सफर्मरमा तामा राख्नु पर्ने टेन्डर डकुमेन्टमा उल्लेख भएको तर सुरु सुरुको लटमा ट्रान्सफर्मर को High Voltage Side मा ३-४ टर्न तामाको राखी बाँकी भित्री टर्नहरु अलुमिनियमको भेटिएको, बुसिंगमा पनि तामा नै भएको, पछि पछिको लटमा सबै अलुमिनियम रहेको पाइएको। टोयोटा कम्पनीको गाडीको खोलमा अन्य गाडीको काठको पार्ट्स राखेजस्तो गर्‍यो।

– ५०० ट्रान्सफर्मरको इन्स्पेक्सन ७ दिनमा गर्न इन्जिनियरहरु गएका , जसमा २ दिन बाटो म्याद नै भयो बाँकी ५ दिनमा (तपाईँ भए जानु हुन्थ्यो वा जानु हुन्थेन? उनीहरु १ दिन घुम्न गएछन्) तेसैले बाँकी रह्यो ४ दिन। उक्त ४ दिनमा उसले Sampling गरी test उसले उसैको ल्याबमा उसैको Measuring Equipment ले चेक गरी standard Value अनुसार भए नभए डिस्प्लेमा हेर्ने हो र आएको Value ठीक भएको साक्षी बस्नु पर्ने हो। तेति बेला उनीहरुको Display मा देखिएको Value ठिक भएको भनेर हस्ताक्षर गरेर आएका हुन् इन्स्पेक्सनमा जाने इन्जिनियरहरु ले।

– नेपालमा ट्रान्सफर्मर परीक्षण गर्ने Equipment एवम् ल्याब नभएकोले कुनै पनि ट्रान्सफर्मर check नगरी प्रयोगमा आएको। काफ्ले रिपोर्टमा तुरुन्त ल्याबको व्यवस्था गर्न निर्देश गरी सो अनुसार गर्नु भनेको।

– यस्तो कुरा बिराटनगर एबम अन्य ठाउँ का प्राधिकरण कर्मचारी ले व्यस्थापनलाई बेलैमा जानकारी गराएको तर बेबस्थापन सम्बन्धित ठेकेदार लाइ बेलैमा कारबाही गरेर कालोसूची मा राखी कारबाही गर्न चुकेको।

– प्राधिकरण व्यस्थापनले ढिलै भए पनि Manufacturer संग सम्पर्क गरेको र Manufacturer ले आफ्नो गल्ति स्वीकार गरी Replacement गर्ने लिखित दिएको र केहि मात्रा मा Replacement दिइसकेको। बाँकीको लागि व्यस्थापन समक्ष सामान फिर्ता लैजान र नया ल्याउन manufacturer ले भन्सार छुट मागेको र व्यस्थापन को ढिला सुस्ती ले ७ महिनासम्म नि Replacement नभएको।

अख्तियार र मिडियाको बदनियत

– यस प्रकरण मा जस जसलाई आयोग ले बोलाउछ उनीहरु सबै उपस्थित भएका थिए। छानबिनको क्रम मा कुनै प्रमाण नस्ट गर्ने आधार थिएन। सबै सक्कल फाइल आयोगले नै लगिसकेको अवस्था।

– एकाएक बिदाको २ दिन अगाडि कर्मचारीलाई विभिन्न ठाउँबाट समातिएको र १०X१० फिटको कठघरामा १०-१५ जना लाई थुनिएको अवस्था।

– अख्तियारले नै विज्ञप्तिमार्फत् सम्पूर्ण पत्रिकामा यिनी कर्मचारीलाई थुनिएको जानकारी दिन्छ र स्वोघोसित ठूला मिडियाहरुले अभियोग प्रमाणितै नभइसकेको अवस्थामा ‘भ्रस्टाचारी’ भनेर प्रचार गरेको स्थिति।

सबै दोषी छैनन्

– इन्जिनियर र कर्मचारी भएर हेर्दा अहिले पक्राउ परेका कर्मचारीहरु सम्पूर्ण यस काण्डमा दोषी छैनन् किनकि ?
 सोच्नुस तपाई इन्स्पेक्टर भएर गएको भए के गर्नु हुन्थियो ?
 तपाई स्टोरमा बस्नु भएको भए के गर्नु हुन्थियो ?
 हाकिम भएको भए कागजात मिलेर आइसकेपछि payment को सिफारिश गर्नु हुन्थ्यो कि नगर्नु हुन्थ्यो ? चिनियाको सम्बन्ध सिधै सिंह दरबारको उच्च निकायमा गर्ने वस्तुगत अवस्था .
– Manufacturer ले सम्पूर्ण Replacement गर्छु भन्नु भनेको उसले गल्ति गरेको स्वीकारेको अवस्था हो। तर सिधै ठगेको प्रस्ट भएको घाम जत्तिकै छर्लंग , तिनका देशमा भने के गर्दा हुन्, कि चीनमा ठग्न नपाएर नेपाल मा छिर्छन् कि के हो ?

– यसरी यस मुद्दामा Manufacturer र Local Agent मुख्य दोषी र व्यस्थापनको ढिलासुस्तीले केही व्यस्थापक दोषी छन् कि भन्ने संका छ। इन्जिनियर साथीहरु, ट्रांस्फोर्मेर को कोइल कोट्याएर हेर्ने चलन त छैन होला ? बिस्वासको कुरा हो, अन्तरास्ट्रिय मापदण्ड छन्, कम्पनीले नै ठग्ने नियत राखेपछि त के हुन्छ र खै ?

– प्राधिकरण ले manufacturer लाई चाँडो भन्दा चाँडो Repalcement गराएको भए, कारबाही गरेर क्षतिपूर्ति तिराएको भए यो मुद्दा अख्तियारमा आउने मुद्दा हैन, प्राधिकरणको व्यवस्थाप यो कुरामा गम्भीर रुपमा चुकेकोले inspection मा जानेहरु चिसो छिँडीमा बस्न बाध्य, पक्कै पनि ठेकेदारलाई कारबाही नगर्ने बेबस्थापन केही कुरा मा चुकेको हुनुपर्छ, वा लेनदेन हुनु पर्छ, हो तिनीहरु बास्तबिक भ्रस्टचारी हुन सक्छन नकि कति गोता भनेर गन्ने जस्ता निरीह कर्मचारीहरु।

– तेसैले अहिले परेका सम्पूर्ण कर्मचारी दोषी होलान् ?

र सोच्नुस तपाई निर्दोष हुनुहुन्छ अख्तियारले अनुसन्धान गर्न तपाईलाई थुन्यो त्यो पत्रपत्रिकामा आयो। थुन्ने कोठा तपाईँलाई demoralise गर्ने किसिमको छ। तपाईँलाई २ करोड बिगोमा मुद्दा हालियो, तपाईँले तिर्न सक्नु भएन भने मुद्दा किनारा नलागुन्जेल जेल मा बस्नु पर्‍यो ? वकिल राखेर मुद्दा लड्नु पर्‍यो ? बिशेष अदालतमा निर्दोष साबित गरेन भने सर्वोच्चमा जाँदासम्म जेल बस्नु पर्‍यो। समय, पैसा त गयो गयो तर सामाजिक प्रतिष्ठा र परिवार को बेइज्जतको कुरा तपाई कसरी पूर्ति गर्न सक्नु हुन्छ कि अदालत को Clean Cheat ले आफ्नो र परिवारको इज्जतको मन बुझाउनु हुन्छ ?

र निर्दोष अवस्थामा अनुसन्धानमा पर्दा तपाईँको लागि बोल्दिने को ?

हो यही हो कुरा नेपाल इन्जिनियर्स एसोसिएसनले उठाएको।

आयोगले गोप्य रुपमा अनुसन्धान गरेर दोषीलाई मात्र media मा ल्याउनु पर्यो। अदालतमा मुद्दा चलाउनु पर्यो, दोषीलाई कारबाही गर्नु पर्यो। निर्दोषीहरुलाई दोषी कै कित्तामा राख्दा धेरै कर्मचारीलाई असर गर्छ भनेको छ एनइएको बिज्ञप्तिले, भ्रस्टाचारीहरुलाई कारबाही नगर भनेको छैन। तेसैले यस काण्ड मा दोषी ठहर नहुँदै भ्रस्टचारीको जस्तो ब्यबहार इन्जिनियरले भोग्न नपरोस भनेर बोलेको हो एनइए। किनकि पेशागत संगठनका सदस्य लाई मर्का पर्दा बोल्नुपर्छ भनेर बोलेको हो र यदि अझ यस्तै तालले इन्जिनियर समुदाय माथि demoralise गराउने हिसाबले media मा भ्रस्टाचारी बनाइन्छ भने ने.ई.ए. बोलिरहन्छ यदी निर्दोष तपाईँ पर्नुभयो भने पनि।

109 thoughts on “के हो त ट्रान्सफरमर खरिद काण्ड ?”

  1. chandra poudel says:
    September 10, 2013 at 12:44 am

    क्या बात ऋषिजी, यो हो नि मर्दा को चाल , कुनै पनि पेशा संग सम्बन्धित व्यक्तिको चाहे ब्यातिगत दोष नहोस नै, तर नैतिक जिम्मेवारी भन्ने कुरा पनि महत्वपुर्ण हुन्छ त्यो सायद रोहिणी पौडेलले नबुझेको जस्तो छ . नेपालमा हाम्रो बिडम्वनानै नैतिक जिम्मेवारीको बोध न हुनु हो . हामी कुनै पनि कुरा फलानोको त दोष छैन नि भन्ने हल्का पारामा झारो टार्न खोज्छौ, किनकि हामिमा जिम्मेवारीबोधताको कमि छ . चाहे प्राधिकरणका इन्जीनियरहरुको घोटालामा भागबन्डा न होला, तर जनताको पसिनाले तिरेको कर (हुनत नेपाल करसंकलनले भन्दा बढी बिदेशी अनुदानले चलेको देश हो ) बाट प्रधिकरणको जिम्मेवारी बहन गरेका इन्जिनियरहरु चाहे दुधले नै धोइएक होउन, तर आफ्नो कर्तव्यबाट चुकेका छन्, कुनै पनि एसोसिएसन या ट्रेड युनियनका छोटा डनहरुले माओवादी गुण्डा जमरकट्टेलले जस्तो भाइगिरिमा नआउन . छोटा पौडेलको धम्किले सरकार झुक्ला पौडेल बन्धु, जुन दिन निमुखा जनता जग्छन नि, सामाजिक बहिस्कार ले तिम्रा लालाबालाले स्कुल छोड्नु पर्ने होला, बिहे गरेर गएका चेलीबेटिहरु एउटा पेशागत गुन्डाका आफन्त भएकै करणले गर्दा सिलिङ्गमा पासो लागेर झुण्डिनु पर्ला . अहिले सम्म त एउटा भ्रस्ट्रचारिलाइ फलानो ले त कमाउनु कमायो भनेर मात्र हेर्ने चलन छ, जुन दिन जनतामा चेतनाको बिकाश हुन्छ र भ्रष्ट्रचारिलाइ सामाजिक बहिष्कार गरिन्छ, त्यो दिन तिम्रो हालत राजु गोर्खालीको भन्दा पनि नाजुक हुनेछ .

    Reply
  2. sanu maya says:
    September 7, 2013 at 11:01 pm

    हेटौडा को एउटा क्यानको दुध बनाउने कम्पनिले आर्मी लाइ टेन्डर मा मात्र पुग्ने दुध बनौछा र के जी को ८० रु महँगो मा बेछ्छा सबै पहिले मिलाई सक्या हुन्छ होला, अख्तियार को ध्यान जान्छ कि त्यता ?

    Reply
  3. L.P. Thapa says:
    September 7, 2013 at 2:26 pm

    माथी के हो त ट्रान्सफरमर खरिद काण्ड ? मा लेखिएको पढ्दा उदेक लग्यो स्टोर किपर र कार्यालय प्रमुख लाइ बहुत्तई जोगाउनु खोज्नु भएको जस्तो लग्यो तर त्यो होइन मित्रहरु , सबै भन्दा पहिले स्टोरकिपर र हाकिम लाइ थाहा हुन्छ कुन समान कहाँ किन्ने को मार्फत कसरी कमिसन मिलाउने सबै तौर तरिका नै स्टोर किपर ले मिलाउने हो. र हाकिम कोमा टिप्पणी सुरुमा पेस गर्नेनै स्टोरकिपर हुन्छ अब रह्यो प्रमुख सम्पुण कुराहरु प्रमुखलाई थाहा हुन्छ १०० पटक सोंचेर कति दिन नसुती सबै मिलाएर मात्र त्यो चिन कम्पनीको ट्रान्सफर्मर सम्बन्धि फायल सबदर गरेका छन् अब भन्नुहोस के हाकिम र स्टोर किपर लै थाहा हुन्दैन होला ? त्यहाँ परेका सबैलाई यो कुराको पुरै जानकारी भएको र रकम धेर थोर सबैले लेयेका छन् . अख्तियार को यो कदम ९० प्रतिसत ठिक छ . १० प्रतिसत चाहिं जसुकैले जतिजति बाँडेर देस र जनता लै चुसेर खोस के मतलब अख्तियारको भन्ने हो भने १० प्रतिसत कमजोरी मानिन्छ नभए मा त भन्छु अहिलेको अख्तियार को यो कदम १०० प्रतिसत ठिक छ सबै नागरिकले साथ दिनु पर्छ .

    Reply
  4. Trivivan Chaturvedi says:
    September 7, 2013 at 11:11 am

    सबभन्दा पहिला,.यो लेखक हरु जो Engineer भएको नाता ले आफ्ना सहयात्री हरु बाट भएका निन्दनिय कार्य को समेत पछ्यपति भएको देखिनु देश कै लागि एउटा ठुलो दुर्भाग्य त हुदै हो अन्तरास्ट्रिय छेत्र मा पनि यो एउटा बैज्जती हो.

    Reply
  5. Manoj says:
    September 6, 2013 at 7:30 pm

    What about the great scam by BRB. He awarded tender to Chinese
    company for $20 million more than the company had demanded.
    The company demanded $110 million for Trishuli Hydro Power,
    bit he passed the tender for $130 million.
    Why there is no CIAA investigation in this open SCAM.

    Reply
  6. Prashant says:
    September 6, 2013 at 4:05 pm

    माननीय श्री श्री … ‘∞’ ई जिउ हरुले जुन दिन आफ्नु नाम अघाडी “ई” नलेखि “ई” हरुको बास्तबिक समर्थन गर्नु हुन्छ, त्यसै दिन देखि मात्र यो “ई” भए नि न लेख्ने एक नेपालीले हजुरहरुको कुरा पत्याउने छ !
    धन्यबाद 🙂

    Reply
  7. शरद-क्षितिज पारीबाट says:
    September 6, 2013 at 10:32 am

    हे प्राविधिकरणका घुस्याहा बन्धुहरु यो ट्रान्सफरले उपभोक्तालाई दिएको दुखको नै कुरा गर्ने हो भने तपाईं हरु जस्तो शुन्य मानवीयता भएका दुष्टहरुलाई लामो प्रक्रियागत कारवाही होइन सर्वश्व सहित तत्काल जेल ठोकेर माओवादी जनयुद्दको ‘कठोर श्रम शिविर’ मा राख्नु पर्ने हो ! के तपाईं पानी माथि ओभानो बन्न खोज्ने लाइ थाहा छ तपाईं हरुको यो बदमासीले दुर्गमका जनताले कति दुख पाए ? रामेछाप,काभ्रे,स्याङ्जा, बाग्लुङ्ग, गुल्मी आदि जस्ता जिल्लामा यो सामुदायिक बिधुतिकरणको काम हुने ठाउँ हरु यस्ता कहाली लाग्दा छन् सामान पुर्याउन नै ज्यानको बाजी लगाउन पर्छ, सयौं गाउँले ले आफ्नो कैयन दिनको काम छाडेर सकी नसकी (गाडी पुग्ने सडक पछिको बाँकी गन्तब्य सम्म) कति दिन लगाएर बोकेर पुर्याएका थिए तर त्यसको उज्यालोले आफ्ना सन्तानको अनुहार राम्ररी हेर्न नपाउंदै त्यहि ट्रान्सफर बिग्रिएर पुन उसै गरी बोकेर आफ्नो पैसा खर्चेर तपाइंको अफिस सम्म पुर्याए ( यो फिर्ता ल्याउने प्रक्रियामा यो अफिसले कुनै सामान्य सहयोग समेत गर्दैन ) तर त्यहाँ पुर्याएर पनि तुरुन्तै र सजिलै अर्को सट्टा भर्ना पाइंदैन, त्यहाँ पनि त्यो टेन्डर कुन ठेकेदारको हो उसले अफिसलाई कति खुसि परेको छ/थियो आदि लागु हुन्छन त्यो समितिको एउटा बुढो अर्को ट्रान्सफर पाउने आशामा कैयन दिन तपाइन्हरुको अफिसको कुनामा बसेर आउने जाने सबैलाई मनलागी नलागी निच्च दांत देखाउंदै नमस्कार गरिरहन्छ…… आज त्यसको पिडा थप्न त तपाईं हरु जस्ता इन्जिनियर हरु उसलाई कुरामा अल्झाउन्दै खाजा पसल सम्म पुर्याएर मुर्गा बनाउनु हुन्छ ! यो क्रम अहिले यो लेख्दा सम्म पनि तपाइङ्का काठमान्डू,बुटवल, धनगढी आदि कार्यालयमा चलिरहेको छ…… तर तपाईं हरुलाई रत्ति भर ग्लानि छैन ! अख्तियारले कहिले सम्म गर्छ भन्ने कुरा होइन यो पनि हिंजोको भारत संगको खेल जस्तै हो…. खेल्दा जिते पुग्छ…खेल्न नछाडे हुन्छ…!
    ******* अख्तियार लाइ मुरी मुरी धन्यवाद छ हाम्रो अनि लाख लाख आशिर्वाद छ ति दुर्गमका ठगिएका उपभोक्ताको******

    Reply
    1. sushil paudel says:
      September 6, 2013 at 2:08 pm

      तपाइको आक्रोश स्वाभाविक हो, सार्बजनिक प्रशासन विभिन्न कारण ले जनता पार्टी उत्तरदायी नभएको अवस्था हो , यस भित्र का कारण अनेक होलान ..औता संथा मा व्यक्तिगत रुपमा कोहि ले केहि प्रलोभन मा नपरी जनता को काम गर्ने अधिकार पनि राख्न सक्छन होला समग्र मा हेर्ने सैली खराब छ

      Reply
  8. Sam Sharma says:
    September 5, 2013 at 11:56 pm

    The article is deficient in itself as it presents without any facts and logics. I am not blaming all (engineers) but engineers are one of the most corrupt minded professionals in developing countries like Nepal. That was one of the reasons I gave up to pursue this profession after completing my early college study. If the Nepal Engineers Association (NEA) and any engineers really serious about the country’s development and committed to ethical practices, why do not they ask to improve the quality of the roads and bridges they look crack after one year of construction? The roads and bridges are associated directly with basic services of people and the engineers (specifically, NEA) are the most intellectual people (as opposed to contractors, administrators, labors etc.) involved in the team while constructing such facilities and they should be aware of abusing their power (responsibility?) of using low grade materials while constructing the public facilities. This is really sensitive issue. Why they run after money all the time and do not care the quality of work (i.e., construction of infrastructures). This example applies in assembling power facilities (electrical, electronics, hydropower etc.), planning infrastructures, survey, and so on. Now this is the high time to think calmly and purify rusted mind (i.e., self-transform yourself). Although I had some faith in the professional associations and trade unions in the beginning of democracy (2046 B.S.), I do not have faith any more as they (associations and trade unions) are losing their grounds being blind supporter of political parties (rather than purely working for professional growth that helps promote citizens’ welfare). They need to have silver lining between politics and professional exercises. This is a perfect scenario of NEA which is helping protect the suspect corrupts. The associations and trade unions (govt. employees’ trade unions are supposed to assist for good governance by helping serve the deprived/poor who do not get prompt services, but unfortunately such unions are in the wrong track by running after money…., — to be researched by CIIA) do not have their clear visions. We Nepali people are passing through a difficult path and people involved in any professions should think twice before committing any unethical practices. This is the right time to start to develop the positive images (of any professionals).

    Reply
    1. Ajay says:
      September 6, 2013 at 1:45 am

      U r not aware of neplease laws and tender process

      Reply
  9. Harke says:
    September 5, 2013 at 10:43 pm

    १. इन्जिनियरहरु चेपुवामा परेका छन, नेता र हाकिमको तुलनामा, तर गल्ति त गरेकै रहेछन नी !
    २. इन्जिनियरले, उच्च जनसक्ति होइन निम्न जनसक्ति (जोड-घटाउ-गुणन-भागा) को हिसाब समेत नगरेर, हाकिम को निर्देशनमा हतास्क्षर गरेका रहेछन…एक दिन त घुम्नै गएका रहेछन….!
    ३. नेता, ठुला हाकिम र मन्त्री बच्ने तर साना फुच्चे कर्मचारी फस्ने रोग त ग्लोबल हो…. इन्जिनियरहरुलाई चेतना भया !

    Reply
  10. Ram Kumar says:
    September 5, 2013 at 9:49 pm

    विश्वका प्राय सबै देशमा Aluminium का वितरण Transformer हरु बनाइन्छन, नेपाल जस्ता केही अविकाशित देशमा मात्र कपर winding का Transformer को प्रचलन छ /
    Aluminium का वितरण Transformer बारे लेख्दा कृपया प्रबिधी सँग पारीचित होऔ/

    Reply
    1. suman says:
      September 5, 2013 at 10:23 pm

      कृपया कपर winding को ट्रांस्फोर्मेर चाहिन्छा भन्ने engineer नै त हुन् …. तिनिहरुनै update हुनुपर्योनि नकि हामी …..

      Reply
    2. Harke says:
      September 5, 2013 at 10:34 pm

      कपरको किन्ने भनेर निर्णय भयो र पैसो तिरियो भने त कपर कै नै पाउनु पर्छ होइन र ? कुरो तेत्ति हो !

      कपर राम्रो वा आलुमुनियम भन्नेमा विवाद होइन, राम जी..!

      Reply
      1. Ajay says:
        September 5, 2013 at 11:05 pm

        एङ्ग्लिश कमेन्ट पनि हेरौ साथी हो

        Reply
    3. Manoz says:
      September 6, 2013 at 12:54 am

      will u please be specific which developed or developing countries are u talking about i dun know single power transformer manufacturer using Al conductor in power transformer
      Disadvantage
      High loss
      high tank size and oil requirement
      less tensile strength
      cant bear high tensile force (inter winding) during short circuit
      high resistance, requires larger cross section area of conductor.
      P.S visited website of alstom and siemen couldnt find tr. of high and medium capacity using al conductor
      visited plant of alstom transformer unit couldnt see traces of al conductor as winding conductor. kun chai developed country hola sathi le bhanna khojeko

      Reply
      1. Ram Kumar says:
        September 6, 2013 at 7:21 am

        Issue वितरण Transformer को हो , Power Transformer को होइन / यी दुइमा भिन्नता छ /

        Reply
  11. Ajay says:
    September 5, 2013 at 8:55 pm

    First of all we all need to know the process of transformer procurement. After submission of tender document u are bound to award to lowest bidder if it is technically qualified. Everybody knows bidding at 57 percent low, quality is doubtful. But due to sarbajanik kharid ain u r helpless.
    Regarding inspectors, there is no way that it can be checked whether it is copper or aluminium without dismantaling transformer and cutting all coils. And there is no right granted to dismantle the transformer. Also IEC 60076 only directs for 8 types of routine tests.
    Also we all need to know what the manufacturer hubei sulight have said to akhtiyr. Out of 1260 nos 300 are of copper rest are aluminium. So there is possibility that during inspection copper x-mer were tested not the aluminium one as the test results of the inspected pieces are OK.
    So who is culprit
    1 nea official
    2 chinese company
    3 sarbajanik kharid ain ( as it believes cheapest is the best)

    Reply
    1. Manoj says:
      September 6, 2013 at 1:14 pm

      The problem with us and media is that if anybody is under CIAA investigation we treat them corrupt. Absolutely wrong.
      We have seen many engineers corrupt, but in this particular case we can see that engineers are pity guy. Imagine yourself as an inspector and
      think what you could have done. After testing would you carry all the tested transformer on your head so that there be no further malpractice?

      Reply
  12. Suman says:
    September 5, 2013 at 8:35 pm

    यो लेखले हाल को दिनमा भ्रस्टाचारको नाम मा CIAA ले गरेको काम को कमजोरी देखाएको छ . CIAA को काम को तरिका ताली खाने उद्धेश्य बाट निर्देशित देखिन्छ न कि भ्रस्टाचार निर्मुल गर्ने बाट. आरोपित कर्मचारीहरुको हक अधिकारी अनि सम्बेदंशिलाता माथि CIAA तथा सामाजिक संजालमा नाङ्गो आक्रमण भएको हो. निराश अनि आर्कोशित जनता को टाउको मा टेक्दै CIAA को उदेश्य काम बाट नभई त्राश बाट भ्रस्टाचार निर्मुल गर्ने रहेको छ. निरङ्कुश अनि सस्तो लोकप्रियता को छिट्टै अबसान होस्. मीडिया तथा जनमानसमा पनि केहि चेतना अनि सम्बेदनशिलता छिट्टै आओस.

    Reply
    1. crish says:
      September 6, 2013 at 1:16 pm

      सुमनजी, जो कोहिले पनि ताली खानको लागि राम्रो काम गर्छ भने उसलाई तालीले नै स्वागत गर्नु पर्छ! सबैले ताली खानको लागि भए पनि राम्रो काम गरिदिएको भए देश धेरै नै अगाडी बढी सक्थ्यो!

      Reply
  13. Gobinda Yadav says:
    September 5, 2013 at 7:17 pm

    सिधा कुरो क भने, contract दिने बेला मै सबै कुरा मिलाको हुन्छ/ येसो गर्ने भए गर, न भए दिन्न भनेको हुन्छ/ पछि को inspection, check “भन्ने कुरो” मात्रै हो/ Manufacturer ले आलुमिनियम हाले पनि या तामा हालेपनि, पाउने नाफा उति उति हो, बाकि contract दिने (यो case मा NEA को सम्बन्धित हाकिम हरु) लाइ हो/ चेक गरेर पनि थाहा पाइन भनेको उल्लु ले ‘अँध्यारो भएर देखिन’ भन्या जस्तै हो/ Manufacturer ले त अहिले Blacklist हुने डर ले replace गर्दिन्छु भन्या हो/ प्राधिकरण को contract मा मात्रै होइन, नेपाल को प्राय जसो contract मा तेस्तै हुन्छ/

    Reply
  14. R khadka says:
    September 5, 2013 at 7:09 pm

    Electrical Transformers | How It’s Made ?
    बिधुत ट्रान्सफर्मर कसरि बनाउछन त?

    http://www.youtube.com/watch?v=ANK–5Fu518

    Reply
  15. dambar dhakal says:
    September 5, 2013 at 6:17 pm

    पौडेल बन्धुहरु वकिल बन्न खोजे जस्तो लाग्यो/ प्रमाणित नहुदा सम्म उनीहरु लाई भ्रस्टचारी भन्न मिल्दैन तर मुद्दा खेपिरहेका हरुको पैरवी गर्ने अधिकार अनि हैसियेत तपाई हरु संग छैन/ संचार माध्यमलाई दोष दिनु उपुक्त छैन/ नेपालको इतिहासमा पहिलो चोटी लोकमान सिंह कार्कीले येत्रो ठुलो भ्रस्टचार बिरोधि अभियान सुरु गर्नु भएको छ तेस्मा हामी सबैको सहयोग जरुरि छ/ कानुन लाई काम गर्न दिनु पर्छ/ पैरवी के क लागि? प्रस्न खडा भै रहेको छ/ .

    Reply
  16. Mahesh K Dhakal says:
    September 5, 2013 at 6:09 pm

    अझ अचम्म त के भने नेपाल मा येदि कोइ इन्जिनियर पछि प्रोफेसर भाको छ र अनि PhD पनि गरेको छ भने, उसले आफ्नो नाम को अगाडी Er Prof Dr लेख्छ.

    For Example, Er Prof Dr Bharat Raj Pahari

    What a joke !! भित्र खोक्रो बाहिर बोक्रो भनेको येही हो |

    Reply
  17. Mahesh K Dhakal says:
    September 5, 2013 at 4:37 pm

    नाम को अगाडी ई. लेख्नु पर्ने, त्यो पनि नेपालका इन्जिनियर हरुले ? किन डाक्टर हरुले डा. लेखे भनेर इर्श्या लाग्यो ? कहिँ नभाको जात्रा हाँडी गाउँमा.

    केसी जी को यो कमेन्ट सान्दर्भिक लाग्यो|

    “कामसाम गर्नआउनु छैन/ नामको अगाडी ई. लेखेर हिड़छन् /
    जर्मनीमा Ingr लेख्ने चलनरैछ Er लेख्ने इंडियाको चलनहो/ त्योबाहेक अरुदेशमा खासै नामको अगाडी पेसाको टाइटल झुन्ड्यौने चलनछैन/
    कतिले त बिहेको निम्तोमा समेत लेख्न छोड़दैनन्/ खासगरी डाक्टर, इन्जिनिएर, आर्मी र पुलिसका मान्छेहरुले\ मानसिक गरिबीको उपज/
    इन्जिनिएर भएको नाताले के भन्छु भने, इन्जिनिएर एउटा उच्च प्राबिधिक जनशक्तिहो, टेक्निकलकाम गरेर आफ्नो इज्जत राखौ ‘साब’भनिएर होइन/ साब भनेको भारतीयहरुले आफ्ना गोरा मालिकहरुलाई प्रयोग गर्ने सम्बोधन हो/”

    Reply
  18. Rashi says:
    September 5, 2013 at 3:23 pm

    हामी नेपाली जनता सोझा हुदै होइन, हामी मुर्ख हौँ | प्रचण्ड , लोकमान जस्ता भ्रस्ट लाई भगवान बनाउने हामी नै हौँ | लोकमान जस्ता भ्रस्टलाई अख्तियार को प्रमुख बनाउन करोरौ को चलखेल भएको छैन ? प्रचण्ड र लोकमानको अनुसन्धान कसले गर्ने ? यहाँ त खुला रुपले लेनदेन भएको छ प्रचण्ड र लोकमान को बिचमा, यहाँ त प्रमाण को जरुरि नै छैन | भ्रस्टचारी देशको हरेक निकायमा हुन्छ र सबभन्दा भ्रस्ट निकाय भनेको न्यालय, राजस्व ,भन्सार र यातायात हो | समात्ने भए सब भन्दा पहिले यी निकाय का ९०% भन्दा बढी कर्मचारीलाई समात्नु पर्छन | जसले खुला रुपमा भ्रस्टचारी गर्छन , यो कुरा हामी सबैलाई थाहा छ , हामी हरेक ले यो ठाउँ मा भोगेकै छौ | विद्युत प्राधिकरण संधर्वमा कर्मचारीलाई समात्नु भन्दा पहिला त्यो समय को मन्त्रीहरुलाई समात्नु पर्ने हो | अहिले सम्म को सबभन्दा ठुलो भ्रस्ट उर्जा मन्त्रि प्रकाश शरण महत लाई किन न समातिएको ? र अरु मन्त्रीहरुले पनि त्यंहाबाट प्रशस्त रुपैया कमाएकै छन् , कहिले चमेलिया को गाडी लिएर त कैले आफ्नो ठेकेदार लाई ठेक्का पारेर | मन्त्रि र नेताहरु सबभन्दा पहिले समातिनु पर्ने हो , यिनीहरुको लागि जति नि प्रमाण भेटिन्छन , तर यिनलाई किन छुदैन अख्तियार ले ? यो केश पनि प्रचण्ड र लोकमान को पुरा प्लान हो , अचम्म के छ भने दोषी प्रमाणित नहुदै पुरा मेडिया किन यसकै पछि? लोकमान ले प्रचण्ड लाई चुनाव खर्च निकालेर दिने पर्यो , त्यसको लागि यस्तै संस्था का कर्मचारीहरु नै चाहिन्छन , उनिहरुबाट कुनै न कुनै तरिका ले पैसा उठाउन सकिन्छ भने सोच हो | अधिकारी दम्पति मर्दैछन आफ्नो छोरा को हत्यारा को लागि न्याय पाउ भन्दै ,प्रचण्ड ले मैले तेरो छोरा मात्र होइन १५००० देखि २०००० सोझा नेपालीलाई मारेको हो के गर्न सक्छस भन्दै स्टालिन(रुसी तानाशाह) को नकल गर्दै आफु तानाशाह प्रमाणित गरिसक्दा पनि किन कुनै कारबाही हुन नसकेको ? लोकमान ले त्यत्रो दमन र भ्रस्टचारी गरेको प्रमाण हुदा हुदै उसैलाई अख्तियार को प्रमुख बनाउदा किन कारबाही नभएको ? यहाँ लोकमान आफ्नो छवि राम्रो देखाउन कर्मचारीलाई धमाधम पक्रेर आफ्नो मुद्दा पन्छाउन खोजेको हो | उ , प्रचण्ड र अरु भएभरको नेताहरुलाई थाहा छ कि हामी नेपाली कति मुर्ख छौ भनेर , हामी धेरै छिटो हावामा उद्छौँ , हामी भनेको हो हो को पछाडी लाग्ने मुर्ख जनता हौँ |

    Reply
  19. राम कार्की says:
    September 5, 2013 at 3:07 pm

    ई पौडेल बन्धुहरुको लेख मा धेरै ई साथीहरुको तर्क पढियो । मैले एउटा कुरा अलि बुझिन । तामाले बेरिएको ट्रान्सफरमर र एलुमुनियमले बेरिएको ट्रान्सफरमरको तौल एउटै हुन्छ । म बिज्ञानको विद्यार्थी, मैले बुझे अनुसार एलुमुनियम भन्दा तामा झण्डै साढे तिन गुणा बढी हुन्छ तौलमा । खुरुक्क धर्म काटामा जोखेको भए हुन्थ्यो नी ।

    Reply
    1. Harke says:
      September 5, 2013 at 10:30 pm

      ट्रांस्फोर्मेरको Specification ट्यागमा नै तौल (बास्तबिक) लेखिएको हुन्छ.., तेति मात्रै पढदेको, बुझ्देको र तेही अनुसार निर्णय गर्देको भए त आज लोकमानको सिकार बन्नै नपर्ने !

      Reply
  20. Birkhe says:
    September 5, 2013 at 2:55 pm

    यो ट्रान्स्फर्मर कान्डसँग बिद्यमान लोड्शेडिङ्को सोझो सम्बन्ध छ। किनकी aluminium coilled transformer एक हप्ता लगातार लोडमा राखे सबै पग्लन्छ। अत: यो कान्डलाई गुमनाम राख्नकै लागि लोड्शेडिङ् हताइएन।

    Reply
  21. Birkhe says:
    September 5, 2013 at 2:37 pm

    जसरी प्रमाणित हुनुभन्दा अगाडि दोसी भन्नपाइदैन भन्ने गुनासो छ साथीहरुको; निर्दोश पनि त भन्न नपाईएला नि! clean cheat त हात परेको छैन।

    Reply
  22. शरद-क्षितिज पारीबाट says:
    September 5, 2013 at 2:30 pm

    ई.सुशील जी अनि रोहिणी जी तपाईं हरुको लेखको भाव सायद मैले बुझें पनि होला तर केहि यस्ता बिषयमा मेरो बुझाइ यस्तो छ
    सोच्नुस तपाई इन्स्पेक्टर भएर गएको भए के गर्नु हुन्थियो ?
     तपाई स्टोरमा बस्नु भएको भए के गर्नु हुन्थियो ?
     हाकिम भएको भए कागजात मिलेर आइसकेपछि payment को सिफारिश गर्नु हुन्थ्यो कि नगर्नु हुन्थ्यो ? चिनियाको सम्बन्ध सिधै सिंह दरबारको उच्च निकायमा गर्ने वस्तुगत अवस्था .(यी तपाईंका बुँदा हुन् )
    ******** इन्जिनियर मित्रहरु तपाईं हरुले जुनसुकै घुमाउरो तर्क गर्नोस वा सिन्डिकेटको जुलुस नै निकल्नोस तर यथार्थ धेरैलाई थाह हुँदै छ ! जस्तो कि त्यो अफिसमा (सामुदायिक बिधुतिकरण ) हरेक क्षेत्रमा ब्रम्हलुट छ, तपाईं हरुको चलखेल स्टिमेट बाट नै सुरुहुन्छ टेन्डर निकाल्नु अगावै आ-आफ्ना नजिकका ठेदेदार रिझाउने, योग्यता राख्दा नै आफ्नो ठेकेदारको मिल्ने गरेर राख्ने, पी.सी.एस.पास गर्दा १ पटक नहेरी हचुवाको भरमा ठेकेदार बाट केहि रकम लिएर पास गर्ने यी सामान्य हुन् ! तपाइंहरुको (व्यक्ति नभई झन्डै सिंगो संस्था नै बुझ्नोस है ) अफिसले को बाट कमिसन खान् यो भन्नोस् ? यो त यस्तो संस्था हो जसका कर्मचारी सप्लायर्स पनि आफै छन् बागबजार अनि बानेश्वरका गल्लीहरुमा…. कि होइन ? तपाईंहरु पी.सी.एस. मै खालि ठाउँ राखेर कति कन्डक्टर, इन्सुलेटर,डिक्स,पिन, ठेकेदार संग मिलेर साइटमा नहाली बिलमा हालेर घपला गर्नुहुन्छ …कि होइन ? प्राविधिकले गर्नु पर्ने इन्सपेक्सनमा तपाईं हरुका स्टोर,लेखाका अनि हाकिमका नजिकका मान्छे जान्छन… हो कि होइन ? तपाईं हरुले इन्सपेक्सन गर्ने नेपाली कन्डक्टर आदि कन्डक्टर पनि त माथि लेखे झैं त टेस्ट गर्नु हुन्छ जस बापत अफिसलाई घुस आउँछ ! अझ रमाइलो कुरा त के छ भने यहाँ हरुले मानौ ३ वटा टेन्डर निकाल्नु भयो र त्यो ठेक्का राम,श्याम,र हरिलाई पर्यो भने उसले टेन्डर डकुमेन्टमा पिन,इन्सुलेटर आदिको उत्पादक कम्पनि भारतको भटिन्दा बाट देखाएको भए त्यो तिन वटाकै लागि तपाईं हरुको टोलि जान्छ जबकी ति तिन वटैको उत्पादक एकै कम्पनि हो र त्यहाँ जान काठमान्डू टू देल्ली हवाई टिकट अनि त्यो भन्दा अगाडी रिजर्भ गरिएको सवारी साधन ठेकेदारले उपलब्ध गराउँछ र त्यो बखतको सम्पूर्ण खर्च र केहि निजि खरिदारी समेत ठेकेदारले गराउँछ जहाँ तपाईं हरु श्रीमती लाइ म्याक्सिको कपडा र तन्ना समेत किन्न लाज मान्नु हुन्न, के हरेक ठेक्कामा सोहि कम्पनीको सोहि सामान प्रयोग हुँदा पनि प्रत्येक पटक जाने पर्ने हो ? होइन भने किन जाने ? हो भने गएर जिम्मेवारी पुरा गर्न नसक्नेहरुले के को बिज्ञप्ति निकालेर नाटक गर्नु नि…थोरै त लाज हुनु पर्छ ! तर यति हुँदा-हुँदै पनि यो अफिसका कर्मचारी यति लोभी,निर्ल्लाज्ज र भ्रष्ट छन् कि त्यहि टिकट र अन्य खर्चको विवरण अफिसमा पेश गरेर सरकार बाट ठगि गर्छन ….भन्नोस् हो कि होइन ? गाउँमा २ तार हालेर नक्सामा ४ तार देखाएर त कति भ्रष्टाचार हुन्छ हुन्छ, स्टे नै नहाली नक्सामा पोल बाङ्गो बनाएर कति स्टे हालिन्छ, साइटमा नभएका पोल नक्सामा कति कति…. ! कैयन अवस्थामा पी.सी.एस.(प्रि कष्ट्रक्सन सर्भे ) मा देखाएर खरिद गरिए बमोजिम पोल साइटमा लाग्दैनन् पोल नलाग्दा सम्पूर्ण सामान नै कम लाग्ने नै भयो तर तपाईं हरुले आज सम्म कहीं बाट सामान फिर्ता ल्याएको रेकर्ड होला त ? इन्जिनियर मित्र हरु कुनै दिन समय निकाल्न सके यसैको बारेमा एउटा ब्लग म पनि लेखौंला आजलाई यिनै प्रश्नको जवाफ दिए पुग्छ !

    Reply
  23. Gaurav says:
    September 5, 2013 at 2:04 pm

    हैन, तामा र आल्मुनिअम छुट्याउने प्रबिधि नेपालमा छैन भन्दैमा तामाको साटो आल्मुनिअम राखेर ल्याउनु त भएन नि, तेस्तो चेक गर्ने प्रबिधि ल्याउनु पर्यो नि

    Reply
  24. Ram Kumar says:
    September 5, 2013 at 1:27 pm

    सबै कमेन्टहरु पढ्दा ईन्जिनियर बन्ने सपना पुरा गर्न नसकेर ईन्जिनियरप्रती पुर्वाग्रही भावना पोखेको देखिन्छ, साथीहो Subjective कमेन्ट गर्हौँ /

    Reply
  25. sagar mohan says:
    September 5, 2013 at 1:07 pm

    तामा र अल्मुनियमको रेट फरक छ। तामा महाङ्गो छ भने अल्मुनियम सस्तो छ। यहि बाट बुझ्न सकिन्छ कि कुन रेटमा कम्पनीले ट्रान्स्फर्मर उपलब्ध गराएको छ भनेर। उदाहरणको लागि मानौं एउटा किसिमको तामाको ट्रान्स्फर्मरको लागि २ करोड पर्छ तर कम्पनीले सो ट्रान्स्फर्मर १.२३ करोडमा दिन तयार हुन्छ भने त्यसमा किन सङ्का नगर्ने । त्यस्तो फाइलमा सहि गर्नु पुर्व अध्ययन गर्नु जरुरी हुन्थ्यो । त्यसै कारण ती सबैजना दोषी छन्। फेरि ट्रान्स्फर्मर चेक गर्न जानेले के चेक गरे त? ट्रान्स्फर्मरको एफिसेन्सी हेर्न त सक्थेनी यदि त्यति पनि हेर्न जान्दैनन् भने त्यस्ता इन्जिनियरबाट के कामको आशा गर्ने? त्यसैले कृपया यो ने.ई.ए को नामबाट कुनै भ्रष्टाचारीलाई आस्रय नदिउँ र हामी अरु इन्जिनियरलाई आफ्ननै संस्था प्रति बितृष्ण नजगाउँ। ने.ई.ए तिमीहरुको बाउको पेवा होईन ।

    Reply
  26. suzee says:
    September 5, 2013 at 1:00 pm

    सोचौ , तपाई भएको भए के गर्नु हुन्थ्यो , भनिएको छ .
    यहाँ BE पास गरेका लेखकद्योय ले भन्नुभएको कुरा अलि कता कता बाट , तपाई भएको भए पनि तेही गर्नुहुन्थ्यो भनिएको जस्तो लग्यो , अब यो आफ्नो आफ्नो नैतिकतामा भर पर्ने कुरा हो .
    अब नाक लै सिधै छोए पनि घुमाएर छोए पनि कुरा तेही हो ,
    मेरो नज़र मा चाही दुध को साक्षी बिरालो भने जस्तो

    Reply
  27. kiran says:
    September 5, 2013 at 12:06 pm

    भ्रस्टचार भयो, मोटो रकम कुम्ल्याए, अनि ट्रान्सफर्मरको गुणस्तारमानै कम्पर्माइज गरि Hubei Sunlight Electric Co Ltd ले ट्रान्स्फर्मर दियो नत्र उस्ले चै काँबाट ल्याएर घुस दियोस र ?

    Reply
  28. Sagar Gnawali says:
    September 5, 2013 at 11:08 am

    धेरै साथि हरु ले तामा र आलुमुनिम नचिन्ने कस्तो इन्जिनीयर भन्नु भा को छ , खास मा कन्डक्टर लाइ कुचालक पदार्थ ले बेरेको हुन्छ . र त्यो पनि तेल मा डुबाएको हुन्छ . समान बनाउदा अनुगमन गर्न जाने चलन छैन . वा बिस्व स्तारिय कम्पनि माथि को बिस्वास हो . मलाइ के लाग्छ भने देश कम्जोर हुनुको फाइदा चिनिया हरुले उठाएका हुन् . अर्को कुरा सस्तो मा काम लिने र पछि variation गर्ने नियत राख्ने चिनिया हरु ले नेपाल मा इमान्दार भयर काम गरेको मैले भेटेको छैन .
    मैले सुने अनुसार यी टेन्डर पनि अनिमानित लागत भन्दा ४०-६० प्रतिसत कम मा स्वीकृत भयका हुन् . यदि यस्तो हो भने पनि कमिसन कै लागि कर्मचारी ले बदमासी नगरेका हुन् सक्छन .

    Reply
    1. rajesh says:
      September 5, 2013 at 1:58 pm

      मा. .इन्जीनियर साब हरु भ्रस्ट हरुलाई जोगाउने यो तपाइको काइते लेख पनि पढियो, सार्है रोचक लग्यो तर दुख पनि l नेपाली कर्मचारी हरु भ्रस्ट हुन्छन भनेर जानेर न चाइनिज हरुले इनिहरुसंग मिलेर देश लूटने अभियान मा लागेका हुन् नि हैन र ? भ्रस्ताचारिले रुमालको टुक्राले मुख छोपेर मिडिया संग बचेर किन हिंड्छ जुन हामीले समाचारमा हेर्न भ्यायौं! के प्राधिकरण का कर्मचारी हरुको आँखा तेती सारो बिग्रेकै हो त ट्रान्सफरमर मा तामा रखिएको छ कि आल्मुनियेम भनेर पनि खुत्याउन नसक्ने? आफुले गरेका पाप को घडा किन चिनिया हरुलाई बोकाउन लगाउने? यो त अहिलेको काण्डले मात्र हाम्रो सामु आयो नत्र जलस्रोत को धनि हाम्रो देशमा किन बाढी ले दुबाउदा पनि दिन को ४-घण्टा लोद्शेदिंग किन हुन्छ? देश भारतलाइ कर्याप्कुरप पारेर टपरीमा चधाउन खोज्ने नेता हरु,बसी-बसी भत्ता ढुक्ने सांसदहरु र यसरी नक्कली सामान माथि सक्कली लेप लगाएर जनता लाइ ठग्न खोज्ने भ्रस्ट पदाधिकारी हरुलाई जब सम्म देश मा मृत्यु-दण्ड को संजाय हुन् तब सम्म काम गरेर खाने एक छाके जनता हरुले कहिले पनि सुख पाउन्दैनौ l

      Reply
    2. Sisir says:
      September 5, 2013 at 2:17 pm

      सबैलाई थाहा भएकै कुरा हो NEA का प्राविधिकले त निश्चित समयमा परिवर्तन गर्नु पर्ने ट्रांस्फोर्मेरको तेल सम्म परिवर्तन नगरी(कागजमा चै परिवर्तन हुन्छ ) ट्रांस्फोर्मेर प्रयोग गर्ने निजि फ्याक्ट्री र अन्य व्यक्तिलाई बेचेर खान्छन, हजारौ ट्रांस्फोर्मेरबाट बर्सिक करोडौ घोटाला हुन्छ, तेस्ले गर्दा हुने transmission र distribution मा हुने power loss बाट हुने नोक्सानी त झन् कति कति, जनताले पौने सास्ती तेतिकै .. तेस्तै टुक्रा टुक्री तार भनेर सद्धे र राम्रै तार पनि निजि कम्पनीलाई बेच्छन .. हेर्दा सानो जस्तो लागे पनि येस्मा बर्सैक करोडौको खेल हुन्छ .. यो दुइटा कुरा त सारा जनताले देखेका कुरा हो .. अन्तरिक भ्रस्टाचार(यो प्रकरण पनि ) को कुनै सिमा छैन .. नेता पिछे दिने करोडको पजेर पनि सरासर भ्रस्टचार हो…
      ——————————————-
      रह्यो लेखको बारे , यो पड्दा त मलाई कुरी कुरी भन्न मन लग्यो .. घुमाई घुमाई भ्रस्ट्को ओकालत गरे जस्तो पो लग्यो … ट्रांस्फोर्मेर नेपाल भित्रे पछि नेपालमा चेक गर्ने बेवास्ता छैन रे, यो त अलि होइन जस्तो लग्यो .. हेटौडामा नेपाल एकरात भन्ने ट्रांस्फोर्मेर उत्पादन गर्ने कम्पनीको ल्याब भाडामा लिएर चेक गरे भैगो नि ,यो कम्पनी बाट पनि NEA ले ट्रांस्फोर्मेर हरु खरिद गर्छ क्यारे , मुख्य कुरा नियतको हो र अहिलेको केश भनेको नियोजित भ्रस्टाचार हो ..केहि वर्ष देखि हजारौ ट्रांस्फोर्मेरमा fault औदापनी गुपचुप किन गर्नु किन पर्थियो त नत्र ?
      पक्राउ परेका सबै दोषी नहोलान तर केहि त पक्कै दोषी छन् ..

      Reply
      1. sushil paudel says:
        September 6, 2013 at 2:05 pm

        निश्चित रुपमा समस्या छन्, समस्या माथि देखि नै छ,

        Reply
    3. rajesh says:
      September 5, 2013 at 2:33 pm

      लाज पचेका हरु! देसमा जनता हरुले एक छाक मात्र खाएर तिरेको करले होटेल-होटेलमा तरुनी संग सल्केर, पजेरो हुइङ्काएर पैसा लुताउन खोज्ने, अझ चिनिया हरुले बेइमान गरे अरे- १० बर्षको बच्चाले रोएर अरुलाई दोष लगाए जस्तो l आफुले आफुलाई इन्जीनियेर भन्न रुचाउने महासयहरु NEA बाट कति दाम पाउनु भएछ कुन्नि सुरुवालको इजार समाएर तिलाई बचाउन पछि परेका छन त l यदी चिनियाहरुले बदनियत पुर्बक ठगेकै हो भने पनि देशलाई त घाटा त लागेकै छ पक्कै पनि आफुले गल्ति गरेकै हैन भनेपनि इमान्दारीका साथ् घाटाको रकम ई सबैले तिर्नु पर्छ र इमान्दारिताका साथ् पद छोड्नु पर्छ l डाँका हरु! अझ चाइनिज ले ढोका दिएको अरे सुन्दै रिस मात्रै हैन हाँसो उठ्दो लेख l

      Reply
  29. Tenzing Gaba says:
    September 5, 2013 at 11:06 am

    समान शैक्षिक-सामाजिक हैसियत भएको २ शाखा अधिकृतहरु
    # एउटा हुलाक बिभागको
    # अर्को भन्सार विभागको
    बिबाह गर्न केटी खोज्न जादा केटी र केटीको पिताको प्रथम रोजाइमा भन्सार विभागको शाखा अधिकृत नै किन पर्छ ?
    ———————————
    कोहि साथि-भाइ नर नाताहरु कर-भन्सार-मालपोत वा भ्रस्टाचार हुने ठाउमा सरुवा भयो भने “….लौ राम्रो ठाउँ मा सरुवा भएछ बधाई छ है ” भन्न हाम्लाई कहिले देखि लाज़ लाग्ने होला?
    ———————————
    यस्ता सामाजिक अबधारणामा परिबर्तन नआइ भ्रस्टाचार नियन्त्रण हुनु भनेको ……. जदौ !!!!

    Reply
  30. sushil paudel says:
    September 5, 2013 at 10:41 am

    पोस्ट गर्ने हरुको तर्फ़ बाट :

    बास्तबमा हामीले यो लेख कमेन्ट को रुपमा (कार्टुन को ) पोस्ट गरेको थियौ , तर संचालक ज्यु ले लेख कै रुपमा पोस्ट गरिदिनुभयेछ, तेस्को लागि धन्नाबाद, लेखाइ को हिज्जे मा पनि तेही अनुसार नमिलेको ले छमा माग्दछु, हो हामि यो काण्ड लाइ नजिक बाट नियाल्ने र उक्त संस्था संग सम्बन्धित इन्जिनियर हरु हौ , तर यो काण्ड मा मुछिएर खुट्टा उचाल्न खोज्ने मध्ये का चाहि हैनौ ,

    मुख्यतया मिडिया हरुमा समाचार हरु अक्तार्फी रुपमा आएको ले केहि बुझेको हैसियत मा यो जानकारी मात्र दिने प्रयास गरिएको हो न कि अख्तियार जस्तो संबैधानिक निकाय को कार्य पार्टी को बिरोध , हामि सबै त परिस्थिति का दाश हरु हौ , कुरो रह्यो अनियमितता को सन्दर्भमा , यो रुपमा सोरै आना भ्रस्टाचार गरेको र सार मा केहि परिस्थिति जन्य बाध्यता गरु पनि छन् , प्राबिदिक साथि हरु लाइ आलुमिनियम को पनि ट्रांस्फोर्मेर हुन्छा र यो कैयन देश मा युज पनि भएको जाँदा जाँदै पनि जुन अस्वाभाविक खालका कमेन्ट हरु गर्नु भयो को छ त्यो अलिक सान्दर्विक लागेन, भ्रस्ताचारी लाइ कुनै पनि हालत मा जोगाउने भन्ने हुदै हुदैन तर यो कारबाही को सन्दर्भ मा ने बि प्रा को ब्यबस्थापन को चुके र ठेकेदार लाइ कारबाही गर्न उदासिन हुदाको परिणाम समग्र कर्माचारी ब्रिट हतोत्साहित भएको भन्ने हो .

    फेरी पनि अन्तरास्ट्रिय गुणस्तर र मान्यता पाएको कम्पनि ले तामा को तार हालेर दिन्छु भनि ठेक्का गरेर आलुमिनियम हालेर दिने लाइ के भन्ने, फेरी नेपाल मा उक्त सामान को गुणस्तर चेक गर्ने ब्यबस्था नभएको अबस्था , जानकारिमा राखी राखे राम्रो : ठेक्का कबोल गर्ने बेला मा ठेकेदार चिनिया ले ५७ % कम मा कबोल गरेको , झन्न काठ को नै बेरेर पठयेनच , अन्त्यमा पेसागत संगठन ले आफ्नो सदस्य हरु को पिर मर्का मा बोल्नु जायेज नै होला .

    भारस्ताचारी लाइ किरा परोस , निर्णय पर्क्रिया मा भूमिका नहुने निरिह कर्माचारी हरुको न्याय होस् .

    सुशील पौडेल

    Reply
    1. Kamal says:
      September 5, 2013 at 6:03 pm

      उसो भए कीटनाशक औषधि पहिले नै तयार होला हैन?
      व्यवस्थापन चुके भनेको मतलब के हो? नीरिह कर्मचारी भनेको के हो?
      त्यही कि कामचोर वा कि खल्ती भराऊ नीरिह वालाहरुकै छ बोलाबाला| त्यति थाहा पाउँदै पनि किन यो नौटंकी?

      Reply
  31. रबिन्द्र राज गिरी says:
    September 5, 2013 at 10:31 am

    गलत काम गर्ने र भ्रष्ट्राचारीलाई कुनै पनि हालतमा छोड्नु हुँदैन चाहे त्यो निर्देशक होस् वा ईन्जिनियर होस् वा लेखापाल | सबैको मिलेमतोमा यति ठूलो भ्रष्ट्राचारको काम भएको छ | कसैले आफुलाई चोखो छु भनेर वकालत नगरे हुन्छ | होलान २/४ जना निर्दोष पनि, परिबन्दले फसेका | तर यो भ्रष्टाचारको जालो यति ठुलो छ कि वास्तविकता त हाम्रो कल्पना भन्दा पनि बाहिरको छ | त्यसैले गोहीको आँसु नझार्नुस मित्रहरु | “अति गर्नु, अत्याचार नगर्नु” भन्ने नेपाली उखान नै छ नि | अत्याचार भएपछी त्यसको पनि दिन आउँछ, त्यहि भएको हो अहिले |

    Reply
  32. Tenzing Gaba says:
    September 5, 2013 at 10:20 am

    सम्झौता अनुसारको सामान आएन
    तर पनि भुक्तानी चाही सम्झौता अनुसार नै भो
    —————————————————
    यदि भुक्तानी नै रोकेर NEA ले कारबाही बढाउदै छ भने अख्तियार दोषी हो
    ————————————————–
    त्येसैले धेरै नखोके हुन्छ भ्रस्टाचार भएकै हो
    कसले गर्यो यस्तो कुकाम ?
    त्यो मात्र खुट्टाउनु वाकी छ /

    Reply
  33. केसी says:
    September 5, 2013 at 10:17 am

    कामसाम गर्नआउनु छैन/ नामको अगाडी ई. लेखेर हिड़छन् /
    जर्मनीमा Ingr लेख्ने चलनरैछ Er लेख्ने इंडियाको चलनहो/ त्योबाहेक अरुदेशमा खासै नामको अगाडी पेसाको टाइटल झुन्ड्यौने चलनछैन/
    कतिले त बिहेको निम्तोमा समेत लेख्न छोड़दैनन्/ खासगरी डाक्टर, इन्जिनिएर, आर्मी र पुलिसका मान्छेहरुले\ मानसिक गरिबीको उपज/
    इन्जिनिएर भएको नाताले के भन्छु भने, इन्जिनिएर एउटा उच्च प्राबिधिक जनशक्तिहो, टेक्निकलकाम गरेर आफ्नो इज्जत राखौ ‘साब’भनिएर होइन/ साब भनेको भारतीयहरुले आफ्ना गोरा मालिकहरुलाई प्रयोग गर्ने सम्बोधन हो/

    Reply
    1. Sukubhatu says:
      September 5, 2013 at 1:18 pm

      छिमेकी धोतिहरुले त बिहेको कार्डमा समेत दुलाहा दुलहीको पेशाको टाइटल, पोजिसन, कम्पनीको नाम समेत लेखछन् अहिले त../ अनि केरला तनिल्नादु प्रदेशतिर त केटाको काम अनुसार 500gm देखी १-१.५ kg सुन दाइजो लिन्छन //

      Reply
  34. Ram Bdr Thapa says:
    September 5, 2013 at 10:12 am

    सुरज जी,

    What about a lawyer. He or she is has a bachelor of Law degree. It does not matter whether you work or not you are a lawywer. Exactly same logic applies to an Engineer. It is a designation like a doctor. That’s why you would have heard that in terms lawyer, engineer, nurses etc. My certificate clearly states that Mr…. is conferred as a civil Engineer. Have you seen any of these cerificates?

    You telling me that if I have not got a job , then I am not an Engineer. I will always remain an engineer whether you accept or not.

    I am a qualified Civil Engineer. I will be an engineer for all my life and practice where ever I like.

    Reply
    1. केसी says:
      September 6, 2013 at 7:23 am

      An engineer is a professional practitioner of engineering, concerned with applying scientific knowledge, mathematics, and ingenuity to develop solutions for technical problems.

      “An engineer is a PROFESSIONAL PRACTITIONER of engineering”
      Engineer is a profession not post or designation.

      Reply
  35. Ramesh Shrestha says:
    September 5, 2013 at 9:53 am

    विश्वास मा किन्ने भए जाच गर्न चै किन जानु पर्यो र फोकट को विदेश भ्रमण हो कि क्या हो. ???? नौटंकी गर्छ त यो author …. Either the inspection team is incapable of their duty and post so should be reigned else should face the Court Justice.

    Reply
    1. इश्वर चन्द्र आर. says:
      September 5, 2013 at 10:53 am

      सोच्नुस तपाई इन्स्पेक्टर भएर गएको भए के गर्नु हुन्थियो ?

      महासय इ ज्यु, यदि म भएको भए – टर्म एण्ड कन्डिसन र एग्रिमेन्ट पेपरमा जे लेखिएको छ त्यो छ वा छैन सो को जाच बुझ गरेपक्षि मात्र साक्षि बस्ने र सिग्नेचर गर्ने गर्थ्ये ! हावा को ताल मा साइन गर्ने अहिले आएर बेदना पोखेर के हुन्छ ? सरकार ले घुम्न पठाको थ्यो कि ?
      तपाई को लेख बाटै स्पस्ट हुन्छ ! भ्रस्टाचार खालि पैसा मा मात्र हुदैन – दिएको जिम्मेवारी मा लापरवाही गर्नु पनि भ्रस्टाचार नै हो !

      Reply
  36. Ameer says:
    September 5, 2013 at 9:29 am

    महासय इञ्जिनिअर साब हरु लेख्न खोजेको राम्रो छ | तर आफु र आफ्नो पनेल का साथि हरुलाई मात्र असल देख्न भएन नि संगठन को नाम मा | सरासर गलत कुरा हो यो लेख को तात्पर्य | जाबो एउटा copper र अल्मुनियम नचिन्ने भन्ने पनि हुन्छ र ? नेपाल मा भ्रस्टाचार तपाइँ हरु जस्तै स्वच्छ छवि नभएको र एक तर्फी फैसला गर्न खोज्ने न्यायाधिस को कारण ले गर्दा बढ्न गैराछ | नपत्याए माथि को लेख ले कसको मात्र सपोर्ट गरेको छ यो लेख लेखेर सोझा जनतालाई मुर्ख बनाउन खोज्ने महासय हरु पनि हरेक बुदा हरुलाइ पुरा समय लगाएर फेरी पढ्नुहोला अनि मलाइ भन्नु होला कि कसको बारे मा यो लेख बोलेको छ ?

    Reply
    1. Ramji says:
      September 5, 2013 at 8:11 pm

      हाहाहा, Ameer जी, अब त चोरहरुको संगठनले पनि आफ्नो साथीहरुलाई पुलिशले समात्योभने बचाऊकोलागि संगठनको नामबाट अनेक कुराहरु निकाल्ने भयो …..

      Reply
  37. ashish says:
    September 5, 2013 at 9:20 am

    ok ok ok NEA ,, मान हानी को मुद्धा लगाऊ न त

    Reply
    1. बिमल says:
      September 5, 2013 at 10:45 am

      ल त् गर्नुस बन्धु हरु मानहानीको मुद्दा| तब खुल्छ को दोषी अनि को निर्दोषी?
      जनतालाई ठगेर टन्न कमाएको पैसा खर्च गर्नुस वकिलमा|

      Reply
  38. डिल्ली says:
    September 5, 2013 at 9:16 am

    प्राधिकरण (?)मा लाग्ने जागिरे ईञ्जिनियर सापहरूलाई अख्तियारको झट्काले ठटाएको छ । ईञ्जिनियर सापहरूले लेख लेख्नु भएछ । वहाँहरूको केही कुरा सत्य पनि होलान् । अपराध प्रमाणित हुनु अघि अपराधिको ब्यवाहार हुनु पक्कै राम्रो कुरा हैन । तर यहाँ त पेशागत सँघ सँगठनहरूले भ्रष्टाचारी नै हैनन् भनेर जथाभावी दवाब सृजना गर्ने दुष्चक्र नै चलेको अवस्था छ । हाम्रा जय नेपाल, लाल सलाम, क्रान्तिकारी अभिवादन जय देश जय नरेश जय मधेश आदि इत्यादि पेशागत सँघका मित्रहरूले हाम्रा साथी हाम्रा कमरेड ।।।।।।।।। ले यसो गर्नै सक्तैनन् गरे पनि छुट पाउनु पर्छ खालका दवाव दिने भएकोले पो आश्चार्यमा पर्नु पर्ने भएको हो । कति इमान्दार राट्रसेवक होलान् । उनीहरू उच्चपदमा पुग्न सामान्यतया सक्तैनन् । पुगेपनि उनीहरूको कामको कदर हुँदैन र काम गर्न नदिन ती पेशागत सँग सँगठन नै लागी परेका हुन्छन् । त्यस्ता पदमा पुग्न नेताज्युहरूलाई दाम चढाउनु पर्छ । दाम चढाएर पुग्नेहरूले दामको सावाँ व्याज् त्यसको स्याज प्याज के के हो असुल्नु पर्छ । यही नै हैन र हालको चलन ?

    ईञ्जिनियर सापहरूले उठान गर्नुभएको विषयमा पहिले आएको लट देखिनै ठगि भएको देखिएको छ । केही साटिदिएको पनि छ । तर जव अख्तियारले उसका (सप्लायरको) मान्छे पनि समात्यो त्सपछिमात्र त्रुटी भयो हामी सबै साटिदिन्छौँ भनेर लिखित प्रस्ताव आएको भन्ने सुनिएको छ । यदि शुरूकै लटदेखि नै खराब र कम गुणस्तरको ट्रान्सफर्मर आएको समस्या आएर साट्नु पर्ने भएको हो भने पछिल्ला लटको गुणस्तर ठीक छ भन्ने सही ठोक्ने ईञ्जिनियर सापहरूको पहिले नै सचेत हुनु पर्ने तर सचेत देखिएनन् वा बद्नियत थियो भन्ने नै बुझ्नु पर्ने हुन्छ ।

    लेखकहरूले बारम्बार व्यवस्थापनलाई दोष दिनु भएको देखिन्छ । ब्यवस्थापनमा पनि ईञ्जिनियरहरू थिए होलान् । निर्देशक नै ईञ्जिनियर भएजस्तो लाग्छ (यदि मैले गलत नबुझेको भए) । तामा र अल्मुनियम (हलुङ्गे)को भौतिक वा रसायनिक गुण, बहन क्षमता त पक्कै फरक होला वा पहिले नै विग्रिएका समस्याग्रस्त ट्रान्सफर्मरहरू खोलेर हेरेको भए पनि तामा वा हलुङ्गे हेरेर नै छुट्टिने थियो होला । विज्ञ ईञ्जिनियरहरूलाई गुणस्तर जाँच्नकैलागि भनेर कतिपय अवस्थामा नियुक्ति पनि गरिएका होलान् । विज्ञ भएपछि सम्बन्धित विषयको ज्ञान पनि हुनु पर्यो नि ! प्राधिकरणमा भनसुनकै भरमा ईञ्जिनियर भए पछि विज्ञको ज्ञानले झापड खाए जस्तो पो छ ।

    प्राधिकरणका ईञ्जिनियरले समान्य गणितीय हिसाब इमान्दारितासाथ देखाउने गरेको भए निम्न अवस्थामा कसरी यस्तो किसिमको लोडसेडिङ भयो के बताउन सक्नु हुन्छ ? (आधिकारीक तिथि र मिति आफैँ खोज्ने कस्ट गरिदिनु होला) तपाईँहरू ईञ्जिनियर्स एसोसिएसनलाई प्रतिनिधित्व गरेर लेख्दै हुनुहुन्छ त्सैले सोधिएको हो ।

    १) सम्झना भए डिसेम्बर महिनाको शुरू हप्ता (सन २००८) कुलेखानी जलविद्युत आयोजनाको १६ मेगावाटको टर्वाइन विग्रेको भनेर देशमा २ घण्टा लोडसेडिङ थपिएको थियो (सबै १-७ नं क्षेत्रमा दिनको २ घण्टाले थप्दा देश भरी २ घण्टा नै पर्न आउँछ भन्ने आधारमा)।

    २) डिसेम्बर १४, २००८ मा तत्कालिन प्रधानमन्त्री पुष्कमल दाहाले मद्यमर्स्याङ्दी जलविद्युत आयोजनाको उद्घाटन गरेका थिए । क्षमता ७२ मेगावाट भए पनि ३२ मेगावाट मात्र उत्पादन गरिएको भनिएको थियो । उक्त उत्पादन सँगै लोडसेडिङ १ घण्टा घटाइएको थियो । मलाई थाहा भए अनुसार कुलेखानी बन्द गर्ने र मर्स्याङ्दीको उत्पादन शुरू हुने बीच केवल १ हप्ताको फरक छ ।

    यहाँ १६ मेगावाट उत्पादन घट्दा २ घण्टा लोडसेडिङ बढ्ने भए १६ * २४ ‌बराबर ३८४ मेगावाटले तत्कालीन अवस्थामा देश भरी विद्युत वितरण गर्न पुग्नु पर्ने हो । तर ३२ मेगावाटको उत्पादन हुँदा १ घण्टामात्र लोडसेडिङ घटाइएबाट हिसाव गर्ने हो भने देश भरिकालागि विजुली दिन ३२*२४ बराबर ७६८ मेगावाट चाहियो । यो कस्तो अँक गणित हो ईञ्जिनियर साप ? यदि तपाईँहरू इमान्दार हुनु हुन्छ भने यस्ता वाहियातको हिसाव तेर्स्याएर गरिएको लोडसेडिङ कृत्रिम हो भन्न सक्नु पर्ने हो ।

    त्यसै गरी यदि तपाईँहरूको पेशा प्रति इमान्दार हुनुहुन्छ भने पेशालाई नै बद्नाम हुने गरि हुने निर्माणहरू जस्तै सडक पिचभएको १ हप्ता नवित्तै उप्किन थाल्छ । सरकारी भवनका पर्खालमा गरिएको प्लास्टरबाट फुसफुस बालुवा झर्न थाल्छ । महंगो सस्तोको हिसाव गर्ने हो भने सरकारी निर्माण निजि भन्दा महङ्गो नै हुन्छ । यस्ता भौतिक संरचना निर्माण हुँदा इञ्जिनियरले स्पेसिफिकेसन बमोजिम छ छैन भनेर प्रमाणित गरिदिने हो । ठीकै छ ट्रान्सफर्मर त परीक्षण गर्ने सुविधा छैन तर सडक, सिमेण्ट र रड त छ । यस्तोमा प्रमाणित गर्ने ईञ्जिनियरलाई कार्यवाही गर्नु पर्ने आवाज ईञ्जिनियर्स एसोसिएनसने उठाउन सक्नु पर्यो नि ! तब पो तपाईँहरूको एसोसिएसनको मान रहन्छ । बद्नामलाई मात्र इमान्दार देखाउने कसरथ पेशागत संगठनहरूले गरिदिनु भएन नि ।

    Reply
    1. Bayan says:
      September 6, 2013 at 7:35 am

      के गर्ने दिल्लीजी, यो संथाले राजनीति मात्रै गर्छ/ राजनैतिक पार्टीहरु: एमाले, कांग्रेस, तरुण दल, वाइसिएल र यो एसोसिएनसन म़ा केहि फरक छैन/ म पनि एउटा इन्जिनिएर हो/ राजनीति गर्न छोडेर प्रोफेसनल संस्था जस्तो व्यवहार गर्न थाल्यो भने सदस्यता लिन्छु भनेर बसेको अहिले २० बर्ष भयो पर्खेर बसी रहेको/

      Reply
  39. Krishna Ghimire says:
    September 5, 2013 at 9:07 am

    भ्रष्टाचार भएकै हो । घुमाउरो पाराले भ्रष्टाचारीको संरक्षण र पक्षपोषण गर्ने खालको लेख हो यो । होला काम काम गर्ने कर्मचारीहरु निदोष नै होलान् तर यसरी भ्रष्टाचारलाई नै ओझेलमा पार्ने गरी इन्जिनियर्स एसोसियसनले काम गर्नु हुँदैन । देश लुट्नेहरुमाथि कार्वाही हुनैपर्छ चाहे ति डाक्टर हुन् कि इन्जिनियर ।

    Reply
  40. Pukar Dahal says:
    September 5, 2013 at 9:05 am

    एउटा नया बेग्लै विचार लिएर कुनै हट टपिक मा लेख लेख्नु राम्रो कुरा हॊ / जनता ले राम्रो संग बुज्ने मौका पौछन / धन्येबाद हाम्रो engineer साथी हरु रोहिणी र सुशील ज्यु लै / तर, engineer हरु बाट लापरबाही भएको हो भन्ने कुरा मा दुइमत छैन, जस्तै परिस्थिति मा उहा हरु ले काम गर्नु भएको भए पनि / कानुनी कारबाही मा केहि लचकता अदालत ले देखाउला, नदेखौला, ति engineer , प्रसासक हरु माथि कारबाही हुनै पर्छ / जनता ले कुनै पनि प्रकार को लापरबाही काम लै राम्रो मान्ने छैन /

    Reply
  41. Keshav says:
    September 5, 2013 at 8:38 am

    1. The heading of the blog is misleading, it should have titled as ‘Press Release of NEA’ or something like that. Request to Mysansar either to put disclaimer for such one-sided plea.
    2. OK, let’s agree some of the engineers are innocent and CIAA is being random. But why not support them by bring out the corrupt ones? Can NEA initiate on that?
    3. I am also an Engineer, registered to NEC but not to NEA. The other day one friend of mine asked me if I want the membership: There was an offer of free membership as the election is approaching (else it will be Rs. 300 or 400).
    4. Can NEA become an elite association of Engineers, not a political field? Only then, my friends, your voices will be heard.

    Everyone knows (at least they think they know) how the pattern is and how engineers earn money in Nepal. Let’s respect the genuine ones by supporting them and to do that, the guilty ones should be punished, not defended.

    Reply
    1. Keshav says:
      September 5, 2013 at 10:51 am

      यहाँ दुइवटा NEA मा नझुक्किनु होला:

      1. Nepal Engineers’ Association (http://www.neanepal.org.np/) जसको Executive Member मा Er. Rohini. Poudel को नाम छ (http://www.neanepal.org.np/showmodule.php?what=execcouncil&under=organization)

      2. Nepal Electricity Authority (http://nea.org.np/)

      Reply
  42. बिमल says:
    September 5, 2013 at 8:21 am

    यी पौडेल बन्धुले कुतर्क पेश गरेका छन्|
    बन्धुहरु, तपाइले सोच्नुस, एउटा सेवा ग्राहीको हिसाबले तपाईलाई थाहा लाग्यो कम गुणस्तरको ट्रान्सफरमरले तपाईको बिजुली बन्द भयो वा उपकरण बिग्रियो वा चलन सकेन| अनि निश्चित रुपमा थाहा लाग्यो प्राधिकरणमा भ्रष्टचारले गर्दा यस्तो भएको रहेछ|
    प्राधिकरणका कर्मचारी माथि देखि तलै सम्म घुसखोरी छन् भनेर जान्न त्यहाका कर्मचारीको उठ बस हेरेर थाहा पाईन्छ| इन्जिनियरहरुको त् झन् कुरै नगरे पनि हुन्छ|
    एकातिर पशुपति र स्वयम्भूको दर्शन गर्ने अर्को तिर पैताला देखि टुप्पी सम्म घुसमा चुर्लुम्म डुबेर यस्ता लेख पनि लेख्न सकेका हुन् लाजै पचाएर|

    दोषीले मात्र सजाय पाउनु पर्छ भन्ने कुरोमा म सहमत छु तर आफुलाई कानुनी दाउपेच र तर्कले पानी माथिको ओभानो देखाउने कुतर्क नदिनु होला — के हो हामी जनताले राम्ररी बुझेका छौ|
    नर्कमा बिश्वास गर्नु हुन्न भने पनि हामीलाई के सोध्नुहुन्छ?? आफैलाई आत्मा साक्षी राखेर सोध्नुस| तपाई कुनै भ्रष्टचारमा सलग्न हुनुहुन्छ किन हुनुहुँदैन वा हुनु भएको छ कि छैन? कि तपाईको भ्रष्टचारको परिभाषा अर्कै छ?

    Reply
  43. sraj says:
    September 5, 2013 at 8:10 am

    जानकारी रहोस कारखाना निरीक्षण गर्नको लागि पनि पहुच र शक्ति भएका तथा हाकिमहरुको आसेपासे मात्र जान पाउछन | अव चाही सोझा साझा को पनि पालो आउला जस्तो छ |

    Engineer साहेब हरु लाइ Delux जेल चाहिए जस्तो छ | त्यस पछि त जेल जान पनि सोर्स लगाउनु पर्छ जस्तो छ | Engineer भनेको त बुद्दिजिबि भन्थे जातै जाने भो |

    Reply
  44. sundip says:
    September 5, 2013 at 8:10 am

    यो लेख हेर्दा फेरी नेपालको उही पुरानो चलन याद आयो….दोष जति सब अरुलाई थुपर्यो, अनि आफु चाई चोखो भयो बस्यो….कस्तो हाई-सुख!

    लेखक जिउ उसोभए accountability कसले लिने नि यो सबै हुनमा? देश येतिकै बिग्रन्छ? अरु लाई दोष दियो बस्यो…..

    Reply
  45. Sanjay,USA says:
    September 5, 2013 at 7:02 am

    रत्नपार्क को NEA office को छत बाट इट्टा खस्यो भने घुस्याहा को टाउकोमा लाग्छ …लाग्देन
    भन्ने को छ?

    Reply
    1. Shekhar says:
      September 6, 2013 at 4:44 pm

      काम परेर जाने सर्ब साधारण पनि पर्न सक्छन

      Reply
  46. Jeevan Thapa says:
    September 5, 2013 at 6:39 am

    लेखकले भन्न खोजेको कुरो त ठिकै हो तर तामा को ठाउँमा अल्मुनियम … सस्तो पनि खोज्ने राम्रो पनि खोज्ने यो त सम्भब नै हुन्दैन..
    इन्सपेक्सन गर्न कोहि आउँछ भने manufacture कम्पनि ले के कसरी हुन्छ त्यसलाई पास गराउन खोजि हाल्छ … इन्सपेक्सन गर्न गएका हरु आफै घुम्न नगई manufacture कम्पनीले नै लागेको हुनु पर्छ….
    चीनमा के चलन छ भने कुनै पनि client लाइ खुलाएर , घुमाएर ,मोजमस्ती गराएर के कसरी हुन्छ client लाइ आफ्नो हात मा लिगीन्छ.
    त्यति ठुलो प्रोजेक्टमा भ्रस्टाचार त हुन्छ नै तर यहा अलि अपाच्य किसिम बाट नै भएछ !
    भ्रस्टाचार गरेको प्रमाणित भएमा त्यसै उम्कन दिनु हुन्दैन ..

    Reply
  47. दिवा says:
    September 5, 2013 at 6:38 am

    हैन तिमीहरु के का इन्जिनियर हौ एउटा समान को गुणस्तर पनि थाहा नपाउने ??नाली सफा गरेर बस अब काम छैन तिमीहरुको / यो सब पानि माथिको ओभानो हुन खोजेको हो / निर्दोष लाइ अपराध को आरोप लागे पनि हत्कडी लगाएरै लैजान्छ पजेरो मा हालेर लैजादैना मिस्टर इन्जिनियर हरु / आफ्नै घरको छोरा बुहारी, स्वास्नी को नियत त थाहा हुदैन भने संगै काम गर्नेहरु निर्दोष छन् भन्दै लेख मार्फत दर्साउन खोज्नु तिमीहरु आफै १०० % भ्रस्टचारी हौ हैन भने चुप लागेर अख्तियार लाइ काम गर्न देउ निर्दोष भय छुटेर आउछन तिमीहरुका मतियार हरु /

    Reply
  48. Er. Rajkumar says:
    September 5, 2013 at 6:31 am

    मलाई पनि केहि बोल्न मन लाग्यो. रोहिणी र शुसिल जी ले भन्न खोजे को कुरा सहि छ तर तर्क अल्लि पुगेन. साएद हाम्रा साथीहरु पनि काम सहि गरे पनि के गरेको स्पस्ट भन्न नसकेर अख्तिहार को फन्दामा पर्न गए. कुनै पनि इकुप्मेंट को इनिस्पेक्सन मा जादा किन्ने जति सबै समान को चेक गर्ने होइन. मानौ १०० मा ५ वटा वा ५% जुन कुरा tender document मा लेखिए को हुन्छ त्यति मात्र चेक गर्ने हो र टेस्ट गरेका समान सिल गरिन्छ नकि पछि सोहि समान आउन . ति engineer (माथि भनिएका) लाई १ हप्ता को समय काफी थियो. येहा कुरा के को हुनुपर्यो भने ति engineer ले कम्पनीमा चेक गरेका ट्रांस्फोर्मेर नेपाल मा आइपुगेकी पुगेनन्? त्यस को पत्तो लागे पछि यदी आएको भए तिन को पुन चेक गर्दा कैफियेत भेटिए उनीहरु दोषी हुन्छन. मलाई लाग्छ अख्तिहार येही कुरामा पछि चुक्ने छ र साथीहरुको जीत हुन्छ. सबल अब समाजमा प्रतिस्ठाको ? एसको जिम्बेबारी को हुने? प्राधिकरण क कर्मचारी को सबल मा: बिधुत प्राधिकरण का पुराना तथा बहाल वाला १० तह वा सो भन्दा माथिका ७०% कर्मचारी भ्रस्ट नियेत का छन्. यी सबै प्रदिकरण बाट आउट नभए सम्म सुधार हुने छैन. फेरी घुमेर गाइ को अनुहार बनाएर गधा आए जस्तो कार्यकारी निर्देसक मा अर्जुन कार्की आयो किन भने यो व्यक्तिले अरु त छाडी दिउ ६-७ वर्ष अगाडी का निर्देसक हुँदा बिनोद ढकाल को सहयोग मा कर्मचारी नियुक्ति गर्दा कम्तिमा ५ करोड घुस थियो जुन त्यति बेला पनि कुरा उठेको थियो तर हाम्रो नेपालमा कार्र्बाही भएन. फेरी खान आइपुगेछ त्यहि भ्रस्ट अनि अब बिनोद ढकाल लाई पनि यसले कतै नियुक्ति गरि फेरी भ्रस्टाचार गर्ने भयो.

    Reply
  49. K.S. says:
    September 5, 2013 at 6:12 am

    कुनै पनि पेसा गर्दा त्यो पेसा को मर्म र मान्यता बुझ्न सक्नु पर्छ, यहाँ त सबै जना मिलेर लुट्ने अनि फेरी बजार मा पैसा बर्साएर विभिन्न संघ संस्था को नाममा विज्ञाप्ति निकाल्नु भनेको अझ भ्रस्टचारी हरुलाई भ्रस्त्रचार गर्दै जाउ हामी पछि पछि लाग्यौला भनेर कयौ मानब अधिकार बादी, डलर मणि हरुको जस्तो व्यवहार भयो.

    निर्लाज्जा नेपाल बिधुत प्राधिकरन जसले जनताको कर बाट रात दिन खटेर तिरेको महसुल, विदेश भत्ता र घुमा घाम अनि त्यस माथि तामा को नाममा आलुमिनम हालेर जनतालाई रात दिन अध्यारोमा राख्ने अनि फेरी भ्रस्त्रचारी लाइ उन्मुक्ति दिने काम गर्ने लाइ कालो सुचिमा राखेर कारवाही गर्नु पर्छ
    संघ, संस्था को नाममा कलंकहरु .

    Reply
  50. pshailen says:
    September 5, 2013 at 6:00 am

    ढाटेको कुरो काटेनी मिल्दैन भन्थे हो रैछ. धन्न अक्तियारले वेलैमा ठाउँमै भेटेछ, तामा र एल्मुनियेमको कुरो? गुमसुम कति ओटा ट्रान्सफर नै उडाए होला जस्तो लग्यो यो रुन्चे लेख पढेर. ५०० ओटा ट्रान्सफर चेक गर्न गको रे अनि एकदिन त घुमेको रे! मनुफ़्यक्चरले पो धोका देको रे!!!!!!! 😀 बनाउने कै बिस्वाशमा चल्ने भए तिमि पानीमरुवाहरुलाइ तलब दिएर किन पाल्नु? चेक गर्ने ल्याब छैन रे?!!! अनि तिमीहरुले सुघेर पत्ता लगाउछौ भनेर पठाको हो त? नसक्नेले किन हो ठिक छ भनेर सहि हान्यौ? मलाई त एस्तो लाग्छ कि जानी जानी अल्मुनियेम वाला ट्रान्सफर सस्तोमा किनेर मिलिमतोमा फाइदा खान खोज्दा भाग नमिलेर अक्तियारको कानमा कुन चाहीले पुरैदियो .अहिले तातेको अक्तियारले झ्याप झुप समातेछ नत्र त २/४ दिनमै ओभानो बनिसक्थे. बरु कठघरा चाही अलि ठुलो बनाउनु पर्छ, बिचारहरुलाई अफ्ठेरो भाको जस्तो लग्यो, अनि छेउछाउमा म्याउ म्याउ गर्नेहरुको लागि पनि त भबिस्यमा ठाउँ चाहियो नि 🙂

    Reply
  51. eklavya says:
    September 5, 2013 at 5:57 am

    लेख सान्दर्विक छ कुरा पनि सहि उठाएको हो तर कसैकोलागि लेखि दिए जस्तो एक्पक्छिय भयो भन्दा फरक नपर्ला ….लेख भनेको तठस्थ हुनुपर्ने हो तर यहाँ सोझै कसैलाई निर्दोष हो भनि केलाएको छ र उसले गरेको कामबाट कसैलाई केहि हानी नभएको भनि जबर्जस्ति देखौन खोजेको छ …महासय engineer लाई copper र अल्मुनियम छुत्यौन नआउनु त्यो भन्दा हासो लाग्दोके होला ..

    Reply
    1. Sangam says:
      September 5, 2013 at 8:20 am

      एकलव्य, ट्रांस्फोर्मेर तिम्रो घर नजिक पनि होला , एकचोटी हेरेर मलाई भन्देउ त त्यहाँ copper छ कि अलुमिनियम . You need to understand the tech behind before you put comments. Do you know where exactly the copper coils sit inside the transformer. First try to understand how it works and where it sits inside the transformer and you write your wise comments mate, For your info, they are talking about the copper coil that sits inside the transformer and that coil is not like 1 or two turns, it will have multiple turns inside and you wont be able to see whether its Aluminium or copper in the situation where the outer coils are made of copper.

      Reply
      1. Raj says:
        September 5, 2013 at 10:31 am

        If such is the technical case, NEA engineers should have done a quality control check up by random sampling to open all the outer copper coil to check the consistency, and should have reported immediately if the intention was good.
        नियेत नै खराब भएसी के लाग्छ..प्राधिकरण कत्ति को स्वछ छ भन्ने सबै लाइ थाछ ..छानबिन हुने पर्छ…दोषी भए सजाए नभए ससम्मान छोडी दिनु पर्छ

        Reply
        1. shreesh thapa says:
          September 5, 2013 at 12:06 pm

          संगम जी लाइ साह्रै पिर परे जस्तो लाग्यो “यौटा कुरा के भने निर्दोषलाई पनि एकै थालीमा हालेर पत्रपत्रिकामा आउन चाही सहि कुरा पक्कै होइन ” संगम जीले भनेको कुरा निकै चित्त नबुझ्दो कुरा गर्नुभएको छ एकलव्य जी संग ट्रांस्फोर्मेर तिम्रो घर नजिक पनि होला , एकचोटी हेरेर मलाई भन्देउ त त्यहाँ aluminium छ कि copper रे भन्न खोजेको के ??? ट्रांस्फोर्मेर भित्र aluminium छ कि copper छ अनि यो कुन कुन ठाउमा छ ?? अनि यसले के के काम गर्छ भन्ने कुरा eklavya र हामी जस्ता जनताले जानेका छैनौ यसबारे check गर्न गएका engineer हरुलाई जानकारी हुनु पर्छ कि पर्दैन ????? कि एक जना यहाँ कमेन्ट गर्ने साथीले भन्नुभएको छ त्यस्तो काममा जनाको लागि पनि सोर्स चाहिन्छ सम्बन्धित कामको जानकारी नभएपनि हुन्छ र ?? यदि सम्बन्धित कामको बारेमा जानकारी छैन भने किन जानेनी ?? संगम जी यस्ता वाइघात तर्क नगर्नुस…

          Reply
      2. गुण बहादुर says:
        September 6, 2013 at 1:01 am

        संगम जी लाइ सार्है गार्हो भएछ जस्तो लग्यो, स्पेसीफिकेसन् मा तौल कति भन्ने त थिएँन नै होला कति गह्रो भनें हेर्न नै परेन अनि यी लुक्ने कुरा, फन्को मार्ने कुरा, यी प्राबिधिक कुरा रे त्येही लुक्ने र फन्को मार्ने कुरा मै सबै रहेछ, कतै बाहिर आएर पो गडबड भएछ कि क्या हो? अनि इन्सपेक्सन मा जाने साथी हरु चै घुमेछ त्यो भित्र भाको ले गर्दा होला होइन संगम जी, शहरामा त तेही हलला छ

        Reply
    2. rajesh says:
      September 5, 2013 at 9:42 am

      यो लेख पूर्णतया आफु पट्टि धल्काएर जनमानसमा अख्तियार र मिडिया हरुलाई आक्षेप लगाउन खोजिएको प्रस्ट हुन्छ l हामीले दुख गरि तिरेको कर र दस्तूर खाने बेलामा मन परि तवरले कानुनको धज्जी उड्ने तरिकाले मिलेर खाने, अहिले यो दोषी -त्यो दोषी म र ई मेरा चाही निर्दोष छन है भन्ने? नेपाली कर्मचारी तथा पदाधिकारी हरु भ्रस्ट छन भन्ने थाहा पाएर न ती चाइनीज हरु पनि ईनिहरुसंग मिलेर यो कामलाई मुर्त रुप दिएका हुन् नि ? भ्रस्ताचारिले मिडिया सामु रुमाल को टुक्रा ले मुख छोपेर हिंड्छ जुन समाचारमा देख्न सकिन्छ l अहिले हेर्नुस प्राधिकरनको ताल – बत्तिको तालिका अनुसार पनि निभाउदैन हिजो सोधेको बत्ति १ घण्टा छिटो गयो कि बुझ्नोस १ घण्टा अरु ढिलो आउँछ अरे!!! क्या लज्जास्पद जवाफ! यही देश जलस्रोत को दोस्रो धनि देश हा हा!! यस्ता प्राधिकरण अनि यसका वकिल बन्दै हिंड्ने त्यो नेपाल इन्जीनेरिंग लाइ पनि अख्तियारले समान रुपले कडा भन्दा कडा कारवाही गर्नु पर्छ l खान पाए जसले पनि जसको पनि वकालत त गर्नेनै भो!!!!

      Reply
  52. kishor says:
    September 5, 2013 at 4:23 am

    “एक दिन घुम्न गएको, तपाई भए जानु हुन्थ्यो कि हुन्न्थेन”| योत कुनई तरिका भएन नि| काम नै नगरी घुम्न जानु त भएन नि| हो हाम्रो समाज नै भ्रस्ट छ, र तपाईहरुपनि एक अंग हुनु भयो समाजको| कहिँ न कहिँबाट त सुधारको सुरुवात हुनु पर्छ नि होइन र? म तपाई को ठाउँ मा भएको भए पनि तेहीगर्थे होला, तर कर्मको फल त भोग्नुपर्यो नि होइन र?

    Reply
    1. suzee says:
      September 5, 2013 at 6:01 pm

      हैन भन्या दिन मा किन घुम्न जानु , काम काज सकाएर , साँझ बेलुका घुम्न गए भो नि ,
      अझ कस्तो एक दिन घाम ताप्न गएको थियौ भनेर लेखेनछन, अनि तपाई नै भन्नुस घाम ताप्नु गलत हो र ? तपाई भाको भए झन् घाम ताप्दै सुन्तला र बदम पनि खानुहुन्थ्यो होला , हामीले त घाम मात्रै ताप्यौ भन्ने होलान ,

      जनता लै मुर्खको जमात सोचेका छन् २ पौडेल BE पास हरुले ,

      तपाई भएपनि तेही गर्नुहुन्थ्यो / यो बाक्य देखेर नै रिस उठ्यो बा .

      Reply
  53. Desh Bandhu Sharma says:
    September 5, 2013 at 3:41 am

    नेपालका ९९% सरकारी कार्यालय वा सरकारी स्वामित्व भएका संस्थान मा काम गर्ने इञ्जिनिएरले घुस खान्छन | ठुलो प्रोजेक्ट को हाकिम भएर जान मन्त्रि सचिव हरुलाई करोडौं रुपया पहिल्येई टकराउछन | १%, जो घुस खान पनि खान्नन र हाकिमलाई टक्राउन पनि सक्दैनन् , तालिम केन्द्र वा त्यस्तै एक सुको घुस नआउने ठाउँमा सड्छन् | त्यसैल्रे NEA ले आफ्ना सदस्यहरु चोखा छन् भनेर वोकालत नगरे हुन्छ | बरु NEA ले सिर्फ एउटा त्यस्तो सरकारी प्रोजेक्टको इञ्जिनिएर को नाम बताओस जसले वास्तबमा एक पैसा घुस खाएको छैन | तागत छ ? त्यत्रो सानो तलबले कसरि महल जस्ता घर हरु खडा गर्नु भा छ इञ्जिनिएर सा’ब हरु ? अख्तियारले जे गर्यो सो ठिक छ, खालि selected इन्जिनिएरलाइ मात्र होइन सबै भ्रस्ट इन्जिनिएर लाइ जेलमा जाक्नु पर्छ |

    Reply
  54. Sunil says:
    September 5, 2013 at 3:20 am

    ट्रांस्फोर्मेरको Winding Resistance त राम्रो संग हेर्न नाउनेले आफुलाई के ENGINEER भन्छौ, टैत फटाहा! च्यात्देउ तिम्रो डिग्री (त्यो पनि छ भने मात्र है).
    Copper र Aluminum को Resistance फरक हुन्छ भनेर त १० क्लासको बच्चालाई नि थाहा हुन्छ! त्यसमाथि, ट्रांस्फोर्मेरको सबै Technical Parameter त Tender Stage मै disclose गर्देको हुन्छ.
    काम राम्रोसंग गर्नु छैन, अहिले आएर रुन्छ!

    Reply
    1. hari says:
      September 5, 2013 at 8:57 am

      डिग्री त तिम्रो पो चयात्नु पर्ने | कुरै नबुझेर छोटो बुद्धि लगाएको | अलुमिनियम कोइल मोटो राखेर Resistance को value कम गर्छ |

      Reply
      1. Sunil says:
        September 5, 2013 at 3:24 pm

        छोटो बुद्धि त तिमीले लगायौ भाई! क्लास मा ध्यान दिने गर
        It does not look like you have a grasp of concept of transformer design or electrical engineering as such. To change the size of a conductor relates to increasing the size of a transformer coil for the same rating.
        Do your maths first and then come back with an answer!

        Reply
        1. hari says:
          September 5, 2013 at 7:54 pm

          बाबु तिमि अहिले बच्चा छौ | चोर्ने ले दिमाग लगाए पछि तिम्रो दिमाग पनि चोर्छ त्यसको हेक्का राख्नु पर्यो | तिमि लै tender document को बारेमा थाहा नभएर हो | ADB र WORLDBANK को criteria थाहा नभएर हो | tender document मा transformer को size लिमिट गर्न मिल्दैन | फेरी पढेर आउने अनि जवाफ लेख्ने |

          Reply
      2. Sisir says:
        September 5, 2013 at 6:05 pm

        “अलुमिनियम कोइल मोटो राखेर Resistance को value कम गर्छ ” सरसर्ती हेर्दा त कुरा सहि नै हो तर material science को आधारभूत सिधान्त अनुसार टेस्ट गर्दा एउटा निश्चित मापदण्डमा तिनीहरुको resistance टेस्ट गर्नु पर्छ,
        तेस्तै हरि सर , load टेस्ट गर्दा त थाहा हुन्छ होला नि होइन र ? कमसेकम संखा गर्ने ठाउँ त पक्कै मिल्छ . तामा भन्दा अलुमिनियम कमसल सुचालक(poor conductor ) हो तेसैले पनि तामा भन्दा अलुमिनियम कोइलमा power loss धेरै हुन्छ जस्तो लग्याथियो,load टेस्ट गर्दा यो पत्ता लाग्न सक्थियो.. बाहिर बाहिरबाट मात्र हेरर आउने हो भने त किन प्राबिधिक जानु पर्योर पियुन वा कुनै सुब्बा खरदारलाई पठाए भै हाल्यो नि .. हेर्नुश कुरा नियत को हो.. २-५ सय भ्रस्ट सरकारी इन्जिनियरका कारणले देशका दसौ हजार इन्जिनियर बदनाम भै रहेका छन् ..

        Reply
        1. hari says:
          September 5, 2013 at 8:25 pm

          Dear Sisir,
          What you must have to understand is that as per ADB/WORLDBANK Procurement guideline no one can specify the accurate size of the transformer. If one does so then it is said to be biased for specific manufacturer. So, the manufacturer has the choice to design a transformer in his own way. So, what actually they do is they increase the cross-section of aluminum conductor and exactly as per your statement they increases the size of transformer, to limited extent, which we can readily notice.
          But Saying that, I am not supporting anybody. Guilty staffers must be punished.

          Reply
  55. Vishnu Pyakurel says:
    September 5, 2013 at 2:49 am

    माइसन्सारमा यस्तो पनि पढन पाइएला जस्तो लागेको थिएन । तर सबैका पक्ष र विपक्ष हुन्छन् भनेँ झै तपाइका पनि रहेछन् । यति नै भन्छु, सबै त हैन तर अधिकाँशहरू यस्तै हुन्छ । निकै खर्चेर पढेको पैसा असुल्नै पर्छ भन्ने नैतिक नीति बोकेका इन्जिनियर, राष्ट्र र जनताको सेवकको कात्रो वोडेका पतित कर्मचारीहरू र तपाइ हामी जस्ता यस्ताहरूलाइ अझ उक्साउनेहरू कै कारण हामीहरू जस्ता लाचारहरू खाडीमा उँट चराउँदै बस्नु परेको छ ।
    जय होस् नेपालका महान भ्रष्टहरूको । तीनलाइ सँधै यसैगरी लाउन र खान अनि मोज गर्न पुगोस् ।

    Reply
  56. harihar sharma says:
    September 5, 2013 at 12:55 am

    उतिखेर नकली समान फेर्न दबा नदियाको को सजाय भोग्यो भन्ने सोच्नु पर्यो /
    अहिले करायर के गर्नु /
    त्यो Engineer को सम्मान ले सहि quality देखाउन सक्दैन भने किन जान्ने भयर जन्चन गयको ?
    “””उक्त ४ दिनमा उसले Sampling गरी test उसले उसैको ल्याबमा उसैको Measuring Equipment ले चेक गरी standard Value अनुसार भए नभए डिस्प्लेमा हेर्ने हो र आएको Value ठीक भएको साक्षी बस्नु पर्ने हो। तेति बेला उनीहरुको Display मा देखिएको Value ठिक भएको भनेर हस्ताक्षर गरेर आएका हुन् इन्स्पेक्सनमा जाने इन्जिनियरहरु ले।””””

    यसको अर्थ के हो?
    Copper को standard value संग तुलना गर्दा Almunium को value एउतै आउँछ?
    अनि हो भनेर सांछी बाँसले लाई किन नासमतने ?
    अनि इन्स्पेक्सनमा जाने इन्जिनियरहरु किन नासमतने ?
    यसरि कुरा चपायर गर्न भयन मित्र /

    “””” ५०० ट्रान्सफर्मरको इन्स्पेक्सन ७ दिनमा गर्न इन्जिनियरहरु गएका , जसमा २ दिन बाटो म्याद नै भयो बाँकी ५ दिनमा (तपाईँ भए जानु हुन्थ्यो वा जानु हुन्थेन? उनीहरु १ दिन घुम्न गएछन्) तेसैले बाँकी रह्यो ४ दिन।””””
    अनि ५ दिन मा त्यो कम फाटे हुन्न भने किन जिम्मा लियो?
    समय काम छ भनेर थप समय किन मागियन ?
    आखिर office मा बसेर काम गरे नि तहीं हो क्यारे /

    यो लेख सहि कुरा ले अभिप्रेरित छ जस्तो मलाई लागेन /

    Reply
    1. Damber says:
      September 5, 2013 at 5:36 am

      इन्जिनियरले चेक गर्दा Display मा देखिने Value ठिक वा बेठिक उसले पाउने कमिसन/घुस मा भर पर्छ| पैसाको बिटा दरो भए सबै ठिक हुन्छ| फिल्डमा जानै पर्दैन| अफिसमै बसी बसी सबै ठिक भएको रिपोर्ट बनाउछन| त्यसै को उपज हो यो| हिजो पैसा खान पाउदा जतासुकै सहि ठोक्ने अनि अहिले आएर दोष अरुमाथी थोपारेर आफुलाई कारवाही नहोस भन्ने फटाहाहरु…

      Reply
  57. harry , South America says:
    September 5, 2013 at 12:52 am

    नेपाल एङ्गिनॆर्स अस्सोचिअशन पूर्ण रुप मा राम्रा गतिला र swachha chhabi भएका मान्छे हरु को ओर्गनिसेशन हो ?
    कुनै काम गर्न १०% कमिसन एङ्गिनॆर हरु ले लिने नि झुट हो?

    के नेपाल का सरकारी कर्मचारी हरु यति धेरै विश्वास गर्न योग्य भै सके का हुन् र?
    यदि येसो हो भने…. मा नि चाडै नेपाल फर्किन्छु /

    भनौ ला नि, आफ्नै देश फर्की आए ……………../

    Reply
    1. Milan Rana says:
      September 5, 2013 at 7:12 am

      South America भन्दा त मा कस्तो तर्सेको | Costa Rica , मेक्सिको, ग्वाटेमाला , चिले तिर घुम्ने नेपाली टुरिस्ट पो याद आयो त | अस्ति costa rica तिर लापत्ता हुने साथी त होइन कतै ?

      Reply
      1. anand says:
        September 5, 2013 at 11:05 am

        भाषा हेर्दा त त्यस्तै देखिन्छ

        Reply
  58. निमेष शर्मा says:
    September 5, 2013 at 12:40 am

    अक्सर जे हुन्छ त्यो देखिदैन,
    जे देखिदैन त्यो हुन्छ,

    सायद यहाँ पनि जे देखिएको छ सायद त्यो भाको छैन, बुदाहरू निकै मन परे, म त शालोक्य दाइ र यस्ता अन्य तथ्य खोज्ने माध्यमलाइ धन्यवाद भन्छु । समाचार लेखिनु, पढिनु र मेटिनु ले असर राख्दैन, तपाइ जस्तै अाफु सक्दो परिवर्तन गर्ने जोश राख्नु सँगचाँहि असली समाचारको मतलब खुल्दछ । यो माथिको विषयमा त म केहि बोल्दिन किनकी जब म समाचारमा तथ्यको अपेक्षा राख्छु भने कमेन्ट पनि बकम्फुसे राख्न चाहान्न । तर मिडियाको सवालमा भने जरूर धावा बोल्छु । नेपाली मिडियाहरू छटाएकाछन्, मात्तिएका छन्, लगभग हिजोका माअोवादी जस्तै, फरक हिजो बन्दुक थियो अाज कलम, हिजो ग्रिनेड अाज क्यामारा । यो बिषय मात्र हैन धेरै बिषयमा मिडिया ले नचाहिने काम गरेको छ ।
    १. नचाहिने नेताका भिडियाहरू, रिवन काटेका पटक पटक दोहोर्याउछ, विकास निर्माण दोहोर्याउदैन ।
    २. खोज भनिएका समाचार हरू बदला जस्ता देखिन्छन्, उदाहरणः अस्ती प्लस टुका विधार्थिका कुरा, मोवाइल, बाइक का कुरा, अरे बाबा नङ दुखे ठिक पार्ने हो हात काट्ने हैन, म फिन्ल्याण्डमा छु, यहाँको उच्च शिक्षा गुणस्तरीय मानिन्नछ,
    http://www.theworld.org/2013/08/schooling-finland-south-korea-poland/
    लिकं छ, यहाँ मज्जाले कक्षा भित्र मोवाइल खेलाउछन्, नेपालको जस्तो स्कुल ड्रेस छैन र पनि भाको छ त । गलत सवारी साधान। स्वरूप परिवर्तन लाइ रोक्नु पर्यो, तर प्रविधि प्रयोग रोक्ने हैन, मिडिया त्यता भन्दा झन ढुँगे युगमा लान्छ, अँाफ्नो पालामा केहि पाएनन् अनि अहिलेकाको देख्न सक्दैनन्,
    त्यस्तै अर्को बारंबार दोहोरिने मुद्दा यैान व्यापार,
    ठिक छ यो राम्रो हैन रोक्नु पर्छ, तर के विवाह अघि सम्पर्क राख्नै नपाउने ? यो प्राकृतिक कुरा हो, प्रेमीप्रेमीका विच मनमिलेमा हुनु स्वभाविक हुनु पर्ने । तर अहिले होटलमा मारिने छापाको दिर्घकालिन परिणाम सोचेका छन् ? नेपालमा कण्डम किन विक्रि हुन्छ ? विवाहित जोडि त अन्य साधन पनि प्रयोग गर्छन्, स्थायी साधन सायद ? मानैा म २२ बर्षे ठिटो छु, सामान्य विज्ञान भन्छ यो उमेरमा यैान चाहना तिब्र हुन्छन , यो बेलामा मेरो प्रेमिका छ भने के दुबैको मन मान्छ भने सम्बन्ध नराख्नु ? के त्यत्तिका लागि विवाह गर्नु ? त्यसपछि जीन्दगी के होला? विवाह पछिका जीम्बेवारी के होलान् ? यसै त नेपाली समाज विवाहमा जातिय भेद धनि गरिव भन्छ, यो विचमा लुकेर भएको प्रेम विचराहरू के गरून ?? अनि यसैले जन्माउछ बलात्कार, यैान व्यपार, वा छिटै विवाह अनि भविष्यमा समस्या । रोजगारी हुदैन अनि पाल्नका लागि काला काम । दिर्घकालिन केहि सोच्छ मिडियाले ?? खाली समाचार भर्न, एउटै दृष्य पाँच दशचोटि दोहोर्याउन र घोक्रो फुट्ने गरी चिच्याएर विषय बाहेक के गरेको छ ??
    यहि हो मिडिया ?? बिदेशी निती, प्रविधि विभिन्न कुरा को खोज समाचार राखेर, समाजमा अन्धविश्वास, अज्ञानता, राजनितिको राम्रो ज्ञानले गाँउगाउमा चेतना कहिल्ये दिन्छ मिडिया । कृषि प्रधान देशमा निन्द्रा लाग्ने कृषिकार्यक्रम त्यो पनि नेपाली टिभीमा बाहेक अरू हेर्दा खेती गरैा गरैा लाग्ने कार्यक्रम छन् ? देश विग्रिएको बेला, चुनाबमा भोट बिकिने, गलत नेताले शासन गरेको यो बेलामा, नेपालका सबै मिडिया मिल्ने हो, नेताका पछि लागेर हाइलाइटमा रिबन काटेको सट्ट प्रेरणा दाएक प्रसारण कहिले गर्छ ? हरेक काम महत्वपुर्ण हुन्छन्, नेपालमा यस्तो गर्न सकिन्छ भनेर विदेश जानबाट रोकिने समाचार , कार्यक्रम कहिले अाउछन् ?? यहाँ त काउनसिलिङका कार्यक्रम अाउछन् ।
    देश विग्रनुमा शालोक्य दाइ मिडियाको ठुलो हात छन् , मिडिया चैाथो अँग त हो, तर जब शक्तिसाली अँग गलत दिशामा लाग्छ, शरिर पतन हुन्छ, त्यस्तै भाको छ । तपाइ जस्तै सबै मिडिया भइदिए, सबले सहि गलत बुज्थे, चेतना हुन्थयो, नेता चिन्थे, उनिहरूका अाश्वासनमा सपना देख्ने थिएनन्,,,, तर के भन्ने ?????

    Reply
  59. Deepak G.C. says:
    September 5, 2013 at 12:33 am

    कुनैपनि समाचारमा भष्ट्रचारी भनेर किटेको थाहा छैन | यदि अख्तियारलाइ कोहि माथि भष्ट्राचारको संकालागे अनुसन्धानको लागि नियन्त्रणमा लिने अधिकार रहन्छ | कुनैपनि कर्मचारी संगठन (जस्तै ने.ई.ए.) भष्ट्रचारीलाइ बचाउने माध्यम बन्नु हुदैन | यदि यो प्राबिधिक त्रुटीमात्र हो भने इज्जतसाथ काममा फर्किन्छन नत्र कडा भन्दा कडा कारबाई हुनुपर्छ |
    (म ने.ई.ए. को हितैसी हुँ र यसले आफ्नो गरिमा कायम राख्नुपर्छ भन्ने पक्ष्यमा म छु |)

    Reply
  60. Raj says:
    September 5, 2013 at 12:28 am

    नेपाल मा धेरै ट्रांस्फोर्मेर आउछ, क्वालिटी चेक गर्न अझ सम्म लब को माग नगरेको किन नि ?

    ट्रांस्फोर्मेर को क्वालिटी चेकक गर्न ठुलो पुजी को मेसिन चाहिदैन, सजिलै सकिन्छ , तेस्को व्यवस्था को माग किन नगरेको नि ?

    बिद्दुत प्राधिकरण मा नभए अन्य ठाम मा छ कि ? जस्तै इन्गेनीरिंग अध्यन सस्थां, नेपाल गुणस्तर

    तेती अरुको मेसिन मा value रिड गर्न (जसको कुनै अर्थ हुदैन ) जानु को कुनै अर्थ छैन , देश मै व्यवस्था गर्नु पर्छ भनेर प्रतिबेदन दे को छ ? जाने हरुले ? ति ये दि ये पाए जुनसुकै अर्थ न बर्थ को काम गर्न जाने , इन्जिनीर भएर तेती पनि थाहा छैन ?

    तेसरी चेक गर्दा क्वालिटी थाहा हुदैन भनेर प्रतिबेदन देको छ ?

    तेसरी value मात्र रिड गर्दा के के limitations हुन्छ भनेर प्रतिबेदन दे को छ ?

    कमिसन कस कस लै बढेको भन्ने कुरा त बढ्ने ले वानी हाल्यो होला नि .

    लौ कसै कसै ले पैसा खको छैन रे , तर अरु लै पैसा खाने बाताबरण बने दिने ? आरुले पैसा खाएन भनेर कसरि दाबी गर्न सकिन्छ ?

    आफ्नो काम ले गर्दा अरुले पैसा खाने बाताबरण बन्छ भनेर पनि नबुझ्ने ? कस्तो विद्वत्ता हो त्यो ?

    तेस्तो चेकक मात्र गर्न जना लै इन्जिनीर चाहिन्छ ? साधाराण ओवेर्सीर ले गर्न सक्छ , किन इन्जिनीर को तलब भत्ता दिन पर्यो ?
    दिमाग लगा पाषा दिमाग

    Reply
  61. Alikhit says:
    September 5, 2013 at 12:23 am

    अनि फेरी manufacturer ले replacment दिहाल्छ नि रे ? तिमीहरुको सडेको ट्रान्सफर्मरको कारण मेरो ३ लाखको TV उड्यो | त्यसको replacement कसले दिने ?

    Reply
    1. robeiei says:
      September 5, 2013 at 3:34 pm

      भो भो धेरै नखोकौं, ३ लाखको टिभि कस्तो? कुन मोडेलेको? हाम्लाई पनि भनौन, ३० हजार भए पत्याउनु पर्ला।

      Reply
  62. नरेन्द्र says:
    September 5, 2013 at 12:20 am

    यो पढे पछि लाग्यो इन्जिनियर सापहरुले विभिन्न कुतर्क गरि गरि जसरि आफुहरुलाई पानी माथिको ओभानो देखाउने प्रयास गर्नु भयको रहेछ। उ बेला चाही राम्रो संग हेर्न/बुझ्न नसक्ने अनि अहिले आयर रुनु को केहि अर्थ हुदैन। जो जो दोषी छन् सबैलाई कारबाही हुनु पर्छ कसैले पनि यो वा त्यो बहानामा छुट पाउनु हुदैन। यहा उलेल्ख भयका कुरा हरु सबै तपसिलका बहाना जस्तो मात्र लाग्यो। भ्रस्टचार गर्ने अनि विभिन्न बहाना र तर्क कुतर्क गरेर छुटकारा पाउने प्रबृति को अन्त्य हुनु पर्छ। दोषी सबलाई कारबाही होस् निर्दोष नपरोस !!

    Reply
  63. Alikhit says:
    September 5, 2013 at 12:15 am

    ए राता मकै, तिमीहरु आफुलाई इन्जिनियर्स भन्छौ अनि फेरी “हाम्लाई समान को गुणस्तर को बारेमा कसरि थाहा हुन्छ ? उत्पादक कम्पनिले नै ठग्यो त के गर्ने ? धोखा भो” जस्ता प्रलाप गर्छौ ? लाज छैन ? मुलको साग हो, तेत्रो बर्ष लगार तेत्रो बिद्या पढेको मान्छे, त्यत्रो तलब खान्छौ, के का लागि ? पिउन र तिमीहरुमा केहि त फरक होला | कि पिउनले ट्रान्सफर्मर कोट्याएर तिमीहरुलाई भन्दिनु पर्ने हो ? उत्पादकसंग बिस्वासकै भरमा काम गर्नु पर्ने भए तिमीहरुलाई त्यत्रो तलब दिएर किन पाल्ने ? तिमीहरुको एक चौथाई तलब दिएर पिउनहरुलाई नै तिमीहरुको ठाउमा किन नपाल्ने ?

    Reply
  64. Niraj Chandra Poudel says:
    September 5, 2013 at 12:10 am

    बल्ल पो छर्लंग भयो त . कुरो येसो पो ? मेडिया र अखित्यार मिलेर तिल लाइ पाहाड बनाएको रहेछ . त्यसो त सरकारी जागिर मा जस्ले पनि घुस खान्छन भन्ने भैसकेको भएर पनि जनता ले पनि बिस्वाश गरेका हुन् .

    Reply
  65. narupuran says:
    September 5, 2013 at 12:08 am

    सस्तो लोकप्रियता को लागि गरि एको नियोजित हो. तर यौटा कुरा साचो छ लोकमान पनि फेरी तेही दोषी को कत्गारा मा आउच. किनभने नेपालमा लोकतन्त्र होएन दलतंत्र आको छ. जो आयो उसले आफ्नो दुस्मन लाई सखाप पर्न खोज्छ. तेही हो. बेचारा कर्मचारी चोर नेता हरु ले केहि वको होएन.

    Reply
  66. RajeshRai says:
    September 4, 2013 at 11:57 pm

    लोल, The authors should have revealed that one of them is a current executive member of useless organisation called NEA ( Nepal Engineers Association). This article is pretty lame. Its just ” You scratch my back and i scratch yours” type of writing.

    Reply
  67. dilip gurung says:
    September 4, 2013 at 11:56 pm

    यो इन्जिनियरहरुले आफ्नो नामको अगाडी ई. वा Er लेख्ने प्रचलन कहिलेको हो नेपालमा? भारत र जर्मनी बाहेक अरु देशमा यो देखिन्न| नेपालको इञ्जिनियरिङ्ग बडीले यस्तो लेख्न स्वीकृति दिन्छ र?

    Reply
    1. Suraj Regmi says:
      September 5, 2013 at 7:54 am

      तेही भन्या दिलिप जी, बिहेको कार्ड मा हेर्यो इ. फलानो रे ! खास मा एस्तो किन लेख्छन भन्ने यहाका मान्छे हरु लाइ थाहा नै छैन ! अलिकति फुइ लाउन लाइ लेख्छन ! Mr. भनेको designation हो, तेस्तै Dr. भनेको पनि designation हो ! तर engineer भनेको मान्छे को job हो ! अब जोब कै आधार मा लेख्ने भए त म पनि Bachelor of Science in Computer Science पढिरहेको छु ! यो पढिसकेपछि मैले पनि scientist को नेपाली नाम बैज्ञानिक बाट बै. सुरज रेग्मी लेख्नु पर्ला ! अब उमेश जी ले पनि ब्ल. उमेश श्रेष्ठ लेख्नुस ! नेता हरु ले पनि ने. पुष्प कमल दाहाल लेखे हुने भो !
      अनि यो लेख लेख्ने इ. जोडी ले भनेको कुरै मिल्दैन ! अब तपाइले तलब खाएर responsibility लीसकेपछि पनि तेस्तो भन्न मिल्छ ? अनि आफ्नो कुरा माइसंसारका पाठक माझ राखेर सहानुभूति बटुल्नु भन्दा बरु अख्तियार लाइ नै भन्नुस, गल्ति छैन भने त छुट्टीहाल्नुहुन्छ नि ! गल्ति गर्नी हरु त क्लिन चीट पाउछन !

      Reply
      1. suzee says:
        September 5, 2013 at 1:15 pm

        अब
        a बाट के लेख्ने मलाई आएन
        बिद्यार्थी ले : बि
        शिक्षक ले : सी ……..
        so on ……..each alphabet ko lekhdai jam …..
        tesma malai thapna man lageko chahi
        बेरोजगार ले : बे लेखे भयो
        केहि पेशा खूलौना मन नभए , जनता : ज लेखे भो

        Reply
      2. Sisir says:
        September 5, 2013 at 1:45 pm

        ” Mr. भनेको designation हो, Dr. भनेको पनि designation हो ! तर engineer भनेको मान्छे को job हो ! ”
        सारै हसाउनु भो .. engineer भनेको पेशा, designation र सैछिक योग्यता पनि हो मित्र ..

        Reply
        1. sandesh says:
          September 5, 2013 at 9:36 pm

          नेपालीहरुलाई engineer भनेको designation होइन, काम गर्ने ठाउमा दिने पद मात्र हो भनेर कसरि बुझाउने होला ?

          PhD डाक्टरको त कुरै गर्न परेन |

          अर्को, मेडिकल डाक्टर को डा. लेख्न लाइ डाक्टरी पास गरेको हुनु पर्यो , नत्र त्यो भन्दा तल मेडिकल professional सम्म भन्न पाइयो | अब ‘म फलानो अफिस, कम्पनि आदि मा engineer छु’ भन्नलाई ‘bachelor इन engineering ‘ को डिग्री लिनु पर्दैन | बिसेष गरि बिकसित देशमा १०+२ पश्चात २ बर्से कोर्स पछि नै ‘engineer ‘ को पदमा काम गर्न पाउछ | अझ कतिपय मा त high school /१०+२ पछि केहि तालिम लिएको मान्छेलाई engineer भनेर भर्ना गर्छन | तर डाक्टर को तेस्तो हुदैन ‘डाक्टर भनेर’ भर्ना गर्नको लागि ‘डाक्टरी को डिग्री’ हासिल गरेकै हुनु पर्छ |

          येदि engineer भनेर लेख्नै मन लाग्छ भने , नाम को पछाडी लेखे भयो | जस्तै : राम बहादुर नेपाली, MBA ; श्याम बहादुर नेपाली, BE

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme