– विजय ज्ञवाली, क्लिनिकल साइकोलोजिस्ट–
आत्महत्याका समाचार आजभोलि हरेक दिन जस्तो पत्रपत्रिकामा देखिन्छन्। यस्ता समाचारले प्राथमिकता पाएकै देखिन्छ। म विगत केही वर्षदेखि यसको अध्ययन र अनुसन्धानमा लागेको एउटा विद्यार्थी भएको नाताले यस्ता समाचारलाई सकभर टिपेर राख्ने गरेको छु। आत्महत्या जनस्वास्थ्यको गम्भीर समस्याको रुपमा देखा परिरहेको अवस्थामा समाजका हरेक पक्षको सामूहिक प्रयासलेमात्र यसको नियन्त्रण सम्भव देखिन्छ। अझ यसमा मिडियाको भूमिका त झन् विशेष हुन्छ। आत्महत्या सम्बन्धी समाचार हेर्ने क्रममा मैले विशेष दुई पक्षलाई ध्यान दिने गरेको छु। पहिलो समाचारको प्रस्तुतिकरण र यसको प्रभाव। दोस्रो समाचारले पीडितको परिवारमा पार्ने असर। म मिडियाकर्मी होइन। संचार जगतको आफ्नो नीति नियम हुन्छ जसको म ज्ञाता पनि होइन। तर आत्महत्या रोकथाम मेरो विषय हो। तसर्थ एउटा पाठकको रुपमा मैले जे सोचेँ र जे महसुस गरेँ, त्यो प्रस्तुत गरेको छु।
आत्महत्या सम्बन्धी रिपोर्टिङ र यसको प्रभाव
आत्महत्या सम्बन्धी रिपोर्टिङ अत्यन्त संबेदनसिल बिसय हो। यसमा ध्यान दिन सकिएन भने यसले copycat आत्महत्यालाई बढावा दिन सक्छ। विशेष गरी समाजमा नाम कमाएका व्यक्ति विशेषको आत्महत्यालाई सनसनी पुर्बक प्रस्तुत गर्दा यसले आत्महत्यालाई बढावा दिन सक्ने सम्भावना रहन्छ। यसै गरी कहिले काही संचारले कुनै बिसयलाई अत्याधिक महत्व दिदा यसको असर गलत किसिमले देखिन्छ। नेपालमा प्रतेक वर्ष प्रबेसिका परिक्षाको नतिजा आए पछि बढ्ने आत्महत्यालाई एउटा उधाहरणको रुपमा लिन सकिन्छ। प्रबेसिका परिक्षा जसको Academic रुपमा कुनै अर्थ छैन तर मिडियाले त्यसको नतिजालाई यति धेरै महत्व दिन्छन् कि यो सामाजिक प्रतिष्ठाको बिसय बन्न गएको छ र बिद्यार्थीमा मानसिक दबाबको सिर्जना भएको छ। यस बेलामा हुने आत्महत्याको समाचारको प्रस्तुतिकरनले अझ अनुतिर्ण हुनेको लागि अब आत्महत्या भन्दा अरु बाटो छैन जस्तो आभास महसुस हुन्छ। त्यो बेला छापिएका केहि हेडलाइनलाई उदाहरणको रुपमा प्रस्तुत गरिएको छ।
एसएलसी फेल भएपछि तीन किशोरीले आत्महत्या रोजे (कान्तिपुर)
एसएलसी पूरक परीक्षामा अनुतिर्ण भएपछि आत्महत्या (कारोबार )
एसएलसीमा फेल भएपछि आत्महत्या- (उज्यालो नेटवर्क)
सुसाइड लर्निङ सर्टिफिकेट- (चितवन डट कम)
7 girls commit suicide after failing SLC (Myrepublica)
यी समाचारको हेड लाइन हेर्दा एउटा अनुतिर्ण बिद्यार्थीले के सोच बनाउछ होला ? यो प्रश्नको उत्तर खोज्ने जिम्मा पाठकलाई नै छोडदै छु।
आत्महत्या गर्ने तरिका
आत्महत्या समन्धी रिपोर्टिंग गर्ने क्रममा अर्को महत्व पूर्ण साबधानी अपनाउनु पर्ने बिसय हो , समाचारमा आत्महत्या गर्ने तरिकाको उल्लेख। हङकङमा एउटा बहुचर्चित पत्रिकाले कोइलाको प्रयोगले गर्ने आत्महत्याको बिधिको बारेमा गरेको रिपोर्टिङ पश्चात् उक्त बिधिबाट आत्महत्या गर्ने हरुको सङ्ख्या १० प्रतिसतले बढेको थियो। तसर्थ आत्महत्या समाचार दिने क्रम उसले प्रयोग गरेको बिधिको बारेमा उल्लेख गर्दा विशेष सावधानी अपनाउनु पर्छ।
उदाहरणको रुप कान्तिपुरको यो समाचारलाई लिन सकिन्छ-
………..प्रवेशिका परिक्षा अनुतिर्ण विद्यार्थीद्वारा आत्महत्या – शान्तिपुरस्थित भानु इङ्गलिस बोर्डिङ स्कुलमा पढ्दै गरेकी ********ले घरनजिकै रहेको गोठमा नाम्लोको पासो लगाई शनिबार झुण्डिएर आत्महत्या गरेकी हुन्।
………प्रेम प्रकरणका कारण दुवैले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ इलाका प्रहरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष तामाङले भने, ‘घटनास्थलमा एल्मुनियम फोसफ्राइडको बिर्को भेटियो।’ ललिपप चकलेटमा विष हालेर दुवैले सेवन गरेको र घटनास्थलबाट आधा खाइसकेको ललिपप भेटिएको उनले बताए ……
यो समाचारमा त औषधिको नाममात्र नभएर खाने तरिका नि सिकाएको छ।
आत्महत्या र गोपनियता
आत्महत्या समन्धी समाचार बनाउदा गोपनियता महत्वपुर्ण हुन्छ भन्ने बिसयमा नि छलफल हुन आबस्यक छ। आत्महत्या अथवा आत्महत्या प्रयासको बारेमा रिपोटिंग गर्दा यसबाट परिवार र समाजमा कस्तो असर गर्छ त्यो बिसय महत्वपुर्ण छ। लण्डन ओलम्पिकताका एकजना नेपाली प्रतिनिधिले आत्महत्याको प्रयास गरे। उक्त समाचारलाई नेपालका सबै मेडियाले महत्व का साथ उनको नाम ठेगाना सहित प्रस्तुत गरे ,समाचार गम्भीर थियो प्राथमिकता पायो। तर ति प्रतिनिधिलाई पूर्ण समाजमा पूर्ण स्थापित हुन कति गारो भयो होला। जसको हामी अन्दाज गर्नमात्र सक्छौ।
यसै गरि केहि समय पहिला कोरियामा आत्महत्या गरेका ब्यतिको नाम र फोटो सहित पत्रिकामा प्रकासित भयो यसबाट उसको परिवार ,बिद्यालय जाने उसका छोराछोरीलाई के कस्तो असर परेको होला। यसबाट उनीहरुलाई पर्न गएकोमानसिक तनाबको जिम्मेबारी कसको हो?
आत्महत्या सम्बन्धी news follow up गर्ने क्रममा मैले नेपाली संचार जगत भित्रका धेरै सकारात्मक पक्ष पनि देखेको छु। यहाँ केहि समस्या का कुरामात्र गरे। मेरो यो लेखको उदेश्य नकारात्मक पक्षलाई मात्र हेर्नु कदापी होइन। तर पनि हामी केही सजग भएमा आत्महत्या नियन्त्रण गर्न बल पुग्ने छ भन्ने हेतुले यो लेख लेखेको छु। समाधान प्रस्तुत नगरिएको यो लेखमा समाधान र छलफलको जिम्मा पाठक साथीहरुलाई छोडेको छु।
(लेखक International University of Health and Welfare Japan मा विद्यावारिधि गर्दै छन्)
The problem with Nepali media is that they need “graphic details” to attract readers/customers. Just watch TV how they are interested in showing dead bodies. If you read news related to rape of a four year girl they will put the news in graphic detail – you can even imagine the situation.
ज्ञवाली जी को यो लेख ले आत्महत्या का केही विषयमा प्रवेश गरेर राम्रो थालनी गर्नु भएको छ. तर लेख जसरी गहनतम विषय भित्र प्रवेस गर्न सक्यो त्यति गहनतम अन्त्य भने नभए जस्तो लग्यो. समाचार सम्प्रेषण को गम्भीरता लाई शस्शाक्त रुपमा सुरुवात गरिएको यो लेख बाट मेरो आशा के थियो भने यस लेख बाट कसरी र कस्तो प्रकारको प्रक्रिया मार्फत आत्महत्या सम्बन्धित समाचार सर्वसाधारण मा पुर्याउन सकिएमा हाल नेपालमा बढ्दै गरेको आत्महत्या को संख्यामा कमी आउन सक्थ्यो र कस्ता प्रकार का साबधानी, सहयोग र सल्लाह प्रदान गर्न सकेमा आत्महत्याको मनस्थिति बनाएका पिडित हरु लाई आत्महत्या प्रति निरुत्साहित गर्न सकिन्थ्यो बन्ने ज्ञान गुण का कुरा पाउन सकिने छ. तर लेख उक्त विषय बस्तु भित्रै प्रवेश नगरी सकिएको मा केहि खल्लो अनुभव भयो. क्लिनिकल सिकोलोजीमा विद्यावारिधि गर्दै हुनुभएकोले यंहाको लेख अरु विशेस अनुसन्धात्मक होला भन्ने लागेको थियो. तर त्यो अपेछ्या लेखबाट पुरा भएन. जे भए पनि ज्ञवाली जिको प्रयासलाई साधुवाद.
नेपाल को कुनै पनि टेलिभिजन या फोटो पत्रीका ले सेन्सोर गरेर एक्सिडेन्ट केस भएका म्रित ब्यक्ती हरु को अनुहार छोपेर देखाएको हुँदैनन्।सिधै डर लाग्दो तरिका ले देखाउद अरु लाई के असार पर्छ भन्ने या त यिनी हरु लाई थाहा छैन या बिदेशी टेलिभिजन र पत्रीका हरु ले कसरी देखौछन भन्ने इनी हरु लाई ज्ञान भएर पनि इनी हरु अनाब्सश्यक कुर मा पनि हामी वीर गोर्खाली हो भन्न रुचाउछन्।।।तातो न छरो।।।
विजय ज्ञवाली जी को लेख एकदम गम्भीर र सान्दर्भिक छ | मलाई पनि यस्ताखालका समाचारले समाजको हित गर्दैनन् भन्ने लाग्दछ | साथै आत्महत्या संगै अर्को विषय बलात्कार र घरेलु यौन हिंसाका समाचार पनि हुन् | उक्त समाचारलाई नेपालका सबै मिडियाले महत्वका साथ घटनाका पात्रको नाम ठेगाना सहित प्रस्तुत गर्दछन ,समाचार गम्भीर हुन् प्राथमिकता पाउनु पर्छ तर ति प्रतिनिधिलाई समाजमा पूर्ण स्थापित हुन कति गाह्रो हुन्छ होला? जसको अन्दाज गरेर मात्र समाचार सम्प्रेषण गरिदिए राम्रो हुने थियो|
विजय जी ले एकदम सान्दर्भिक कुरो उठाउनु भयो | अब SLC ( जसलाई फलामको ढोका उपमा दिईयको छ ) लाई हटाई १२ सम्म सरर जाने बनाउनुपर्यो ताकी बिध्यार्थीलाई SLC को बढी pressure नपरोस | अनि अर्को कुरा माथि भनिएको थियो ” समाचार दिने क्रम उसले प्रयोग गरेको बिधिको बारेमा उल्लेख गर्दा विशेष सावधानी अपनाउनु पर्छ” तर पनि यो कुरा साभार गरियो “घटनास्थलमा एल्मुनियम फोसफ्राइडको बिर्को भेटियो।’ ललिपप चकलेटमा विष हालेर दुवैले सेवन गरेको ………” के यो लेख ले आत्महत्या गर्ने तरिकाको उल्लेख गरेको छैन र ?
राम्रा मिडियाले आत्महत्याको समाचार नै निषेध गरेको पनि सुनेको छु।
येस्ता समाचार लाई झन् facebook मा नानाथरिका नाम मा खुलेका page ले झनै like पाउनको लागि येसरी share गर्छन कि कमिलाको ताती जस्तो ,मानौ सबै तिर आत्महत्या भईराखेको छ /
जसले गर्दा केटा केटीको मानसिकता मा गहिरो असर पर्दछ ,येस्को रोकथाम को लागि राम्रो सस्कार दिनु पर्छ सानै देखि केटा केटि लाई ,slc मा फेल भएका मान्छे हरु पनि पछि गएर समाज मा राम्रो काम गरेको उधाहरण दिनुपर्छ /जस्तै हरि बंश आचार्य
विजय ज्ञवाली जी को लेख एकदम सान्दर्भिक र पठनयोग्य लाग्यो. हुन त मेडिया का साथीहरुलाई के लेख्दा तेस्को परिणाम के हुन्छ भन्ने कुरा त थाहा भयकै हुन्छा. प्राय आफ्नो या आफ्नो पक्क्षको अनुकुलता अनुसार शिर्षक घुमाई फिराई लेख्ने वा बोल्ड गर्ने जस्ता पनि देखिन्छन. तर हत्या वा आत्महत्या को बिषयमा लेख्दा चैं लेखकले सुझायानुसर सम्बन्धित निकाय बाट निश्चित मापदण्ड बनाई पूर्ण पालना गरेमा शायद आत्महत्यामा कमि औंथ्यो कि भन्ने मलाई पनि लाग्दछ . धन्यवाद .
नेपालमा त पत्रकार हरुलाई training को धेरै नै खाचो छ. समाचार भनेको reader को ध्यान तान्ने मात्र हैन सत्य तथ्य अनि responsible हुनु पर्छ समाचार. नेपाली लेख्न जाने पछि पत्रकार हुने भएर एस्तो भाको होला सायद.
ल यो चाहि मलाइ मन पर्यो है येहाले बिलकुलै सान्दर्भिक कुरो उठाउनु भएको छ, मेडिया ले समाचार सम्प्रेसण गर्दा व्यक्तिगत गोपिनियताको पनि ख्याल गर्नु पर्ने हो, कति कुरा रेपोर्टिङ्ग गर्ने र कति नगरने भनेर एउट सिमा हुनु पर्ने हो, यो चाहि हाम्रा मेडिया कर्मिहरुले बुझ्नु जरुर छ !!
नेपालमा मानिसले जे कुरालाई पनि धेरै seriously लिने गरेको पाईन्छ | यो हाम्रो सामाजिक कुरीति हो | परिक्ष्या दिने कुरा भनौ राम्रो कोशिश गर्ने हो जो हुनु छ हुन्छ तर हतोत्साहित भएर आत्महत्या सम्म पुग्नु गम्भीर बिषय हो | फेल हुनेलाई उत्साह दिने त कहाँ हो कहाँ चारै तिर बाट निरुत्साहित गरिछ | समाजमा धेरै काम, आयाम, बाटा, उपाय हरु छन् जीवन चलाउने, गुजारा गर्ने र माथि उठ्ने | कम उमेरका तेस्ता बिद्यार्थीहरुलाई परिक्ष्या पछि क्लास नै चलाउनु उपयुक्त हुन्छ स्कूलहरुले फेल भएमा पनि ज्यान फाल्नु पर्दैन भन्ने ढाडस दिने खालको | फेरी अर्को कुरा कुनै पनि परिक्ष्या चाहे SLC होस् बा अरु कुनै ठुलो होइन ज्यान भन्दा भन्ने पनि बाउ आमाले पार्नु पर्छ | उल्टो हामि कहाँ फेल भयो भने जागिर पाउदैनस, बिहे गर्न केटि पाउदैनस, आजकाल त विदेश जान पाउदैनस पनि भन्लान | मेडियाले सानोलाई ठुलो ठुलो लाई सानो बनाउने र अनि कसैलाई हतोत्साहित बनाउने कसैलाई उत्साहित बनाउने सबै काम गर्छन | हत्यालाई आत्मा हत्या र आत्महत्यालाई हत्या बनाउने गरेको पनि पाईन्छ | यो बिषयमा धेरै बिचार बिमर्श गर्न सकिन्छ बिजयजी |
समाचारमा कैलेकाही सेल्फ-सेन्सरशिपको प्रयोग जरुरि हुन्छ ! समाचारदाता हरुले यस्तो संबेदनशीलकुराहरुमा ध्यान दिन जरुरी छ ! मेडियाको औपचारिक ज्ञान लिएका नलिएका सबै पत्रकारहरुलाई क्राइम रिपोर्टिंगको बारेमा तालिम हुनु आवश्यक देखियो !
एकदम सहि लेख छ . पत्रकारिता भनेको समाज लै चेतना दिने एउटा माध्यम हो, माथि उल्लेख गरिएका आत्महत्या को समाचार ले आत्महत्या लै नै बढावा दिरहेको भान हुन्छ .
एकदमै समय सापेक्ष अनि गम्भीर कुरा को उठान गर्नु भएको छ, लेखक प्रती पुर्ण सहमत हुँदै आत्म-हत्या तथा हत्यालाई समाचार बनाउदा केही मापदण्ड हुनु आवश्यक देखियो, जस्ले त्यो समाचार बाट पाठ सिकेर हुन सक्ने गम्भीर हत्या वा आत्महत्या लाई प्रश्रय नदिओस् । यहाँ त समाचार मात्र लेखिन्न, हत्या वा आत्महत्या गर्न उत्प्रेरणा दिलाउने सामग्रीहरु समावेश गरिएको पाइन्छ। सम्बन्धित निकाय को ध्यान जानु आवश्यक छ, यो बिषय मा ठोस निती सहित यस्ता समाचार सम्प्रेषण र प्रकाशित गर्न को लागी निश्चित मापदण्ड तोकिनु पर्छ । धन्यबाद