हरी पौडेल
मेरो दैनिकिमा भेट हुने साथीभाइ इस्टमित्र कसैले पनि साइकल चढ्नु हुँदैन, यो ठीक छैन भनेको सुनेको छैन। मेरा साथीहरु कुरामा कुरा चल्दा भटटट साइकल चढ्नु को फाइदा हरु पनि भन्न सक्छन: यो किन्न सस्तो छ, चलाऊन झन सस्तो छ, बातावरण मैत्री छ, स्वास्थ्यको दृष्टिकोणले उपयोगी छ, दुर्घटना हुने सम्भावना कम हुन्छ, ट्राफिक जाम कम हुन्छ आदी आदी। नेदरल्यान्ड का प्रधानमन्त्री साइकल चढेर कार्यालय गएको फेसबूक ट्विटर्मा सेअर गर्छन्। बेलायतका प्रधानमन्त्री सार्वजनिक बसमा यात्रा गरेको फोटो लाइक गर्छन्। ओहो मेरा साथीहरु निकै साइकल प्रेमी छन। तर ती साथीहरु आँफै बैंक बाट लोन झिकेर मोटरसाइकल किनेर चढ्छन्। मलाई अचम्म लाग्छ। मेरा साइकल प्रेमी साथीहरुको मोटरसाइकलले खाडीको तेल नखाएर पानी त खाँदैन होला, धुवा को सट्टा अत्तर त फाल्दैन होला, जाम मा भ्यागुतो जस्तो उफ्रेर हिड्दैन होला। म सोध्छु किन यस्तो ? जवाफ सबैको एउटै हुन्छ: “काठमाडौंमा साइकल चढ्नु सेफ नै छैन”।
यसो बिचार गरें, हो त, कहाँ सेफ छ त साइकल चढ्न काठमाडौंमा। साइकल को छुट्टै लेन छैन। सडक धेरै ब्यस्त छन। ट्राफिक नियम कसैले मान्दैन। अनी फेरी बिचार गरे त्यसो भए के चै सुरक्षित छ त? मोटार्साइकल?? अह, मेरा कती साइकल प्रेमी साथीहरु मोटरसाइकल दुर्घटनामा झन्डै शाहीद भएका छन । भक्तपुरको छ लेनको बाटोमा मोटरसाइकलले हानेर हजुर आमा र नाती एकै ठाउमा मरेको खबर पनि भर्खर सुनेको। सार्वजनिक बस?? होइन, कती पटक त बस चढ्न नसकेर म आँफै हिंडेर अफिस गएको छु। त्यो भिड!! बल्ल बल्ल ठेलम ठेल गरेर बस चढ्यो खुट्टा राख्ने ठाउँ हुँदैन, फेरी अफिस टाईम मा त जाम तेस्तै, खलासीले आफ्नो घरमा पालेको कुकुरलाई जस्तै आदेश दिन्छ: यता फर्केर बस्नुस्, उता फर्कनुस्, खुट्टा भित्र राख्नुस्, बाहिर राख्नुस्, पछाडि जानुस् अगाडि आउनुस् के के हुन के के। अफिस पुग्दा नै कुस्ती खेलेर आएको खेलाडी जस्तो भइन्छ। अस्ती शाहीदगेट बाट किर्तिपुर जदा त मेरो दिदिको ब्याग भित्र राखेको पर्स नै चोरि भएको थियो। ट्याक्सी?? ट्यक्सी चढ्न पैसो कस्ले देओस। कार सम्म पुग्न मन नै लागेन। पैदल यात्रा?? काठमाडौंको सडकमा सजिलोसँग हिंड्न पुग्ने फुट्पाथ नै छैन, भएकोमा पनि ब्यापारी हरुले सामान बेच्ने कि हिंड्ने। फेरी सबै ठाउमा हिंडेरै पुग्न सम्भव पनि नहुने।
म तराइमै जन्मेर हुर्केको मान्छे साइकल चलाऊन त राम्रै आउथ्यो। तर काठमाडौंमा भने चलाएको थिएन। मोटरसाइकल चलाऊने हुँदा साइकल चलाऊन सकिन्न भन्ने चै थिएन। तै पनि सबैले भन्ने गरे जस्तै “काठमाडौंमा साइकल चढ्नु सेफ नै छैन” भन्ने कुरा चै मलाई पनि लाग्थ्यो। मलाई पछील्लो समयमा साइकल प्रतिको मोह अझ बढ्दै गैरहेको छ। यसमा मेरो ब्यक्तिगत सोख भन्दा बढी शहरी यात्रामा गरिने साइकल यात्राले ब्यक्ती समाज तथा बातावरणलाई हुन पुग्ने फाईदाका कुराहरुले बढी आकर्षित गरेका हुन। त्यसैले म साइकल सँग सम्बन्धीत काम गरिरहेका संस्था हरु खोज्दै जादा काठमाडौं साइकल सिटी- साइकल सिटी नेट्वर्क नेपाल ले साल्ट ट्रेडिङ कर्पोरेसन संगै गर्न लागेको साइकल र्याली मा पुगे। मेरो आफ्नै साइकल नभएकाले ठमेल बाट रु ६०० तिरेर एक दिन को लागि एउटा साइकल भाडामा लिएर गएको थिए। बिहान ८ बजे सुरु भएको र्याली करिब १२ बजे तिर सकिएको थियो। दिनभरीलाई भनेर पैसा तिरेकाले साइकल बुझाई हाल्न मन लागेन। मैले काठमाडौंका मुख्य मुख्य सडकहरु जहाँ बढी ट्राफिक को फ्लो हुन्छ त्यस्तो ठाउमा साइकल चलाऊने बिचार गरे किनकी मलाई पहिले देखी नै खड्किरहेको कुरा बुझ्नु पनि थियो- साच्ची कै साइकल काठमाडौंको सडकमा असुरक्षित छ त? मलाई पहिलो पटक काठमाडौंको सडकमा साइकल चलाउदा त्यती सहज महसुस होला भन्ने सोचेको थिएन। बिगत १ बर्ष देखी चलाऊदै आएको मोटर साइकल चलाऊदा भन्दा मलाई त्यो दिन साइकल चलाउदा सुरक्षित महसुस भएको थियो र तेत्तिकै आनन्द पनि।
अब कुरा जोडौ मेरा साइकल प्रेमी मित्र हरुको साइकल नचड्नु को रेडिमेड जवाफ काठमाडौं मा साइकल सेफ नै छैन। हो हाम्रो देशमा सरकारले साइकल जस्तो बातावरण मैत्री साधनलाई प्राथमिकतामा राख्न सकेको छैन। यहाँ साइकलको छुट्टै लेन पनि छैन। साइकलको लागि चाहिने इन्फ्रा स्ट्रक्चर तथा ट्राफिक नियम हरु बनाइयका छैनन। तर यसका बाबजुत पनि साइकल अरु मोटर जडित सवारी साधन भन्दा असुरक्षित छ भन्ने चै होइन।
हामी पैसाले गरीब त छौ नै सोचले पनि गरीब छौ। हामीले साइकललाई हेर्ने दृष्टिकोणले नै साइकल नचढ भन्छ। यो पैसा नहुने हरुले चढ्ने साधन हो, साइकल चढ्यो भने आफ्नो सामाजिक प्रतिस्ठा खस्किन्छ भन्ने सोच्छौ हामी। तेसैले हामी झन झन गरीब हुँदै छौ। तपाईंहरुलाई पनि थाहा छ। नेपालले आफ्नो आयातको सबै भन्दा बढी पैसा पेट्रोलिअम पदार्थ मा खर्च गर्छ (कुल आयातको करिब २०%) अटो मोबाईलस मा तेस्तै पैसा बिदेस गैरहेको हुन्छ। तेल त एउटा पक्ष भयो। काठमाडौंमा ट्राफिक ब्यबस्थापनामा हरेक बर्ष झन बढी चुनौती बढ्दै गैरहेको छ। पार्किङ् को समस्या तेस्तै छ। एउटा कार पार्क गर्न चहिने ठाउमा ८ देखी १० वटा साइकल पार्क गर्न सकिन्छ। नेपाल जस्तो देसमा त झन साइकल को एकदम महत्व छ। किनकी यहाँका धेरै जनता आर्थिक रुपले सबल छैनन। धेरै महँगो सवारी साधन किनेर चढ्न सक्दैनन। देश नै गरीब छ। सरकारले शहरमा ठुला ठुला मेट्रो ट्रेन बनाउन सक्दैन, सवारी साधन बढ्दै जादा सोही अनुसारको सडक अनी पार्कइङ को सम्रचना निर्माण गर्नु पर्ने हुन्छ। इन्धनको माग अझ बढ्दै जान्छ। बातावरण प्रदुसण अझ बढ्दै जान्छ। काठमाडौं जस्तो एकत्रित बस्ती भएको सानो गोलाकार शहरमा साइकल बाट पुग्न नसकिने ठाउँ कमै मात्रा होलान। यहाँको हावा पानी पनि राम्रो छ। (तराइमा जस्तो धेरै गर्मी पनि नहुने हिमाल मा जस्तो धेरै जाडो पनि नहुने)।
युरोपका धेरै देशमा धनी गरीब साबैले साइकल चढ्छन्। साइकल चढ्ने सानो मान्छे कार चढ्ने ठुलो मान्छे हुँदैन। घरमा कार हुने हरु पनि शहरी क्षेत्रमा साइकल नै बढी प्रयोग गर्छन्। भलै त्यहाँ को सरकारले साइकल चढ्न आफ्ना जनतालाई निकै प्रोत्साहन गरेको हुन्छ। नेदरल्यान्ड साइकल को सफल प्रयोगमा अग्रपन्क्तिमा आउने देश हो। त्यहाँका शहरहरुलाई साइकल मैत्री बनाउन धेरै अध्ययन भैइसकेका छन। डेन्मार्क, स्पेन, जर्मनी, बेलायत, स्विडेन जस्ता देश्हरुले पनि साइकल को प्रयोग बढाउन लागिपरेका छन। हाम्रो देशबाट बेला बेलामा नेताहरु युरोपतिर पनि घुम्न जान्छन तर त्यहाँको राम्रो कुरा कहिलेइ सिक्न सकेनन। युरोप मात्र किन हाम्रै छिमेकी देश चाइनामा सरकारले साइकल को प्रयोग बढाउन निकै लगानी गरिसकेको छ र सफल पनि भैरहेको छ।
हामी काठमाडौंमा सरकारले साइकल लेन बनाइदेला र साइकल चलाऊला भनेर बस्ने मान्छे पनि धेरै छौ। त्यसरी बस्यौ भने बसेको बस्यै होइनेछ। कम्तिमा हामी आफ्नो लागि मात्र साइकल चढ्यौ भने यही देशको नागरिक भएकाले बिचरा यो सानो गरीब देशलाई ठुलो सहयोग हुनेछ। म सानो हुँदा सोच्थे देशको लागि के गर्न सकिन्छ? यदी भगवान आएर “तेरो देश्लाई जापान जस्तो बनाइदिन्छु धरहराको टुप्पो बाट हाम फाल्न सक्छस?” वा “बर्खाको भेलमा तिनाउको पुल बाट नदिमा हाम फाल्न सक्छस?” भन्यो भने खुशी हुँदै हाम फाल्थे होला भन्ने जस्तो भावना आउथ्यो तर तेसो होइन रहेछ। हामी आफ्नो लागि राम्रो बानी बसाल्यौ भने नै देशको लागि धेरै गर्न सकेको हुदो रहेछौ। हो एक्लै गरेर केही हुँदैन तर सबैले एक्लै एक्लै कोशीस गर्यो भने एउटा राम्रो संस्कार बस्छ। राम्रो संस्कारले समाज बदल्छ। साइकल चढ्ने पनि संस्कर बसाल्नु जरुरी छ। किनकी यो ढिलो चाडो हाम्रा शहरहरुलाई चहिनेछ।
तपाईं आफ्नो फाइदाको लागि साइकल चढ्ने बानी बसाल्दा पनि देशको लागि धेरै ठुलो योगदान गरिरहनु भएको हुनेछ।
राम्रो लाग्यो हरीजी को लेख मलाई पनि जोश आयो है साईकल सिटी बनाउनलाई, हामी पनि कम्मर कसेर लागि रहेका छौ धरानलाई साईकल सिटी बनाउनलाई हामी काठमाडौं जस्तो फोहर शहर नबनाउने कशम खाइ सकेका छौ हाम्रो सुन्दर शान्त शहर धरानलाई तेसैले यहाँ हामी साईकल चडछौ र पर्यटक लाई पनि साईकल मा नै घुमाउछौ साईकलमा सुन्दर पूर्व घुम्ने रहर छ भने आउनुस् धरान हामी घुमाइ दिन्छौ हजुरलाई @ग्रीनव्हील्स धरान-१९ धनकुटेरोड सुनसरी ०२५-५३४१४३,९८५२०५६७३७
मेरो ऎक्जन साथी को बा जो एस अघि को चुनाब मा नेपाली काँग्रेस बाट उठेर हारेका थिए, हर्ने कुरा आर्कै तर ऎक्दाम चर्चित थिए, उनले TV मा कुन देश को हो प्रधानमन्त्री ले साइकल चढेको देखेर थुक्क पाखे प्रधानमन्त्री जस्तो मान्छे पनि साइकल चलेयारा अफिस जान्छा भनेर TV मा थुकेका थिए रे .मलाई उनकै छोरा ले भनेको, एस्त नेता ले बनौलन साइकल लाने . आफै लै लोप्पा खावाये हुन्छा
उकालो मा गॆअर वाला साइकल चलाउंदा सजिलो हुन्छा अनि पेट को बोसो पनि काटछा तेसैले काठमान्डूमा साइकल चलाउंदा धेरै फाईदा छ.
मोटरसाइकल किन ?
१ .टिनेजर हरु को लब गर्ने सपना ,फिल्म मा हिरो ले जस्तो उडाउने रहर ले मोटर साइकल किनिन्छ |
२. काठमान्डू मा एउटा सानो जागिर ले गुजारा हुन्न २-३ तिर काम गर्ने हेतुले मोटर साइकल किनिन्छ |
३. सानो देखि हुर्काएर बढाएको छोरी , बिहेगरेर गएपछि आफुले अनुहार हेर्न मुन लागेको बेला आइहाल्छेकी , दाइजो को लागि किनिन्छ मोटर साइकल |
४. थोरै खाने धेरै दौडिने घोडा भएकोले किनिन्छ मोटर साइकल
५. खुर्सानी कान्छोको छोराले गाउमा भ्याट भ्याटे गुडाएर सान दिएको देख्न नसकेर ज्यमिर कोटे काका ले पनि छोरालाइ किनिदिञ्छन भ्याट भाटे|
६. सोझो ढाडलाइ बंग्याएर ” स्टाइलिश लूक्स” दिन !
७. हेल्मेट लाएर कपाल सब झारी “रेश्लिन्ग्को” पहलमान हरु जस्तो देखिन
सारै खुसि लागो Mysansar मा साइकलको कुरामा एती धेरै कुरा सुन्न पौदा.. http://www.cyclecity.org.np (Cycle City Network Nepal). यहा हामी साइकल प्रेमी जमात साइकलको उपयोगिता कसरि बढाउने र साइकल प्रतिको नकारात्मक सोच लाई अहिलेको पुस्तामा कसरि चिनाउने भन्ने कुरा गर्छौ.. हाम्रो Facebook Group: https://www.facebook.com/groups/kcc2020/
Facebook Page:https://www.facebook.com/KCC2020
आज भोलि त ५-७ kg को cycle नि हुन्छा नि ..तेइ किन्नु पर्छ ..उकालो मा बोके र हिड्न पनि मिल्ने ..तर सारै महँगो ..अनि हाम्रो देश मा तेस्तो बाटो नि हुन्न जता तता..
पहिले आफैले cycle चढेर काठमाडौँ को यात्रा गर्नु अनि ब्लग लेख्नु.आफुले cycle चढ्दा अरुलाई चाही advantage होला तर cycle चढ्नेलाई कुनैपनि हिसाबले advantage छैन.एक दिन मा आफै भक्तपुर बाट काठमाडौँ cycle चढेर जाँदा यो कुराको अनुभव bhayo.
अत्यन्त सान्दर्भिक र सकारात्मक लेख | ५०% भन्दा बढी नेपालीको यस्तो सोच कहिले आउला र यो कुरालाई वास्तविकतामा परिबर्तन गर्न सकिएला | त्यसको लागि अब धेरै कुर्नु नपरोस |
हरि जी लेख राम्रो छ । बधाइ । ।
म पनि साइकल मन पर्ने र बिगतमा धेरै साइकल चढेको मान्छे । मैले हाल सम्म तीन वटा साइकल हराइसकेको छु भन्नाले मेरा तीनवटा साइकल चोरी भइसकेकाछन् । कामको शिलशिलामा दिनको ३० किमि यात्रा गर्नुपर्ने भएकोले ६-७ बर्ष अघि बाइक किनेको अहिले सम्म त्यही चढ्दैछु । जबकि आज पनि मलाइ साइकलकै यात्रा मन पर्छ ।
काठमाडौमा साइकल यात्रीका जम्मा जम्मी २ वटा समस्या यस्ता छन्
१ पार्किेङ्ग । जस्तै पुतली सडकमा कुनै अफिसमा १ घण्टा विताउनु छ भने साइकल कहाँ राख्ने वा काठमाडौको अन्य कुनै सडक छेउका अफिसमा काम पर्यो भने साइकल कहाँ राख्ने ।
२ हेप्ने प्रब्रित्ति ठुला सपिङ मलमा, हस्पिटलमा तथा कार्यालयमा त पार्किङ एरिया त हुन्छन् तर त्यहाँ साइकलको लागि ठाँउनै छुट्याइएको हूदैन । अनि गार्ड दाइ होस् वा उनलाइ अर्हाउने उनका हाकिम साइकल वालालाइ हेप्ने शैलीमा प्रस्तुत हुन्छन् अनि पार्क गर्ने ठाँउनै देखाउदैनन् देखाइ हाले भने पनि एउटा असुरक्षित कुनो देखाउँछन् मानौ साइकल लिएर त्यस्तो ठाउँमा जानेनै होइन ।
मेरा तीन वटै साइकल पार्किङ गर्दा नै हराएकाले हुन् कि साइकलको सुरक्षित पार्किङ नै ठुलो समस्या हो झै लाग्छ । फेरी साइकल किन्ने रहर छ तर डर लाग्छ ।
मा बस्या ठाउ मा चै नया cycle र पुरानो तर चलाउन मिल्ने कार को मूल्य उस्तै पर्छ… अब के गरम, cycle किनम कि कार?
नेपालमा साइकल चढदा गरिब मान्दछन ..
साथी हरुले साईकल को लेन छैन भने तर मलाई थाहा भए अनुसार एयारपोर्ट रोड को किनारमा तिनकुने देखि उता पशुपति सम्म साईकल लेन छ / कसैले साइकल नचलाएर घास उम्रको छ / कहिले कहिँ बटुवाहरु हिडछन् / साथीहरु साईकल लेन नै छैन त नभन हो / छन् त छ तर भयको प्रायोगमा छैन उपरयुत्ता ठाउमा साइकललेन छैन / बाकी कुरा केटि साईकल वाला भन्दा मोटर साईकल वाला हेरछन् / ससुरा पनि मोटर साईकलनै हेर्छन अनि के गर्नु त ? बिचार गर्दा मोटरसाइकल भन्दा साइकल जति हो तर ……………………………………………….
राम्रो ब्लग !
मलाई पनि धेरै पहिले देखि खड्किएको कुरा | अब आउछ कुरा तेही धुलो मैलो, असुरक्षित , लेनको अभाब आदि आदि | काठमाडौँ बाहेकका शहरहरु तुलनात्मक रुपमा सफा र बतबरनिय हिसाबले पनि उपयुक्त छन् साइकल यात्रुहरुको लागि | तर पनि साइकल चलाउने कमै छन् , किनत ? किनकि साइकल संस्कृतिको विकास गरौन सकेका छैनौ हामीले, न त तेस्को महत्व नै राम्ररी बुझौन सकेका छौ , बिशेस गरि युवा पिढीलाई |
एकछिनलाई उदाहरंको लागि जापानको टोक्यो शहरलाइ नै हेरौ न | भर्खरका ठिटा तरुनी देखि लिएर ९० बर्ष पुगेका बुढा बुढी पनि साइकल दगुरयेका देखिन्चन | कुरै गर्ने हो भने काठमाडौँ भन्दा दशौ गुना गढी जना संख्या | धुलो मैलो कम र ब्यबस्थित चै छ | तर तेती धनि देशका मानिसले तेती बिघ्न साइकलको प्रयोग किन गरे होलान त ? मुख्य कुरो संस्कृति अनि चेतनाको विकास |
यहाँ काम जानु पर्ने कर्मचारीहरु धुलो मैलो खादै १० औ कि मि को यात्रा साइकलमा गर्नु पर्ने भन्न खोजेको होइन | तर घर नजिक तरकारी किन्न जाँदा पनि बाइक हिउकौने, पर घर नजिकको सानो तिनो काम जादा पनि बाइक कुदाउने कम गरे पनि धेरै राहत मिल्ने थियो | कमसे कम घर देखि २-४ किलोमीटर दुरी पर्ने सम्म साइकल चलाउने बानि हामी धेरैले गरि दिए देशको ठुलो रकम देशमा बच्ने कुरा चै पक्का हो | अन्य फाइदाका कुरा त भनि रहन नपर्ला |
साइकल संस्कृति प्रबर्धनमा सरकारले बिशेस जोड दिए राम्रो हुन्थ्यो | तर अहिले सम्म नेपाल आयेल निगम येति अरब घाटामा छ भनेर सधै रोदन क्रन्दन गर्ने सरकारले एस्त कुरामा किन ध्यान नदिएको होला ! अचम्म लाग्छ !!
बरु राम्रा राम्रा युरोप जापानमा निर्मित साइकललाई केहि कर छुट दिएर नेपाल भित्र्युना सके र बिशेष गरि युवा पुस्त माझ आकर्षक कार्यक्रमहरु राखेर त्यसको महत्व बुझौन सके किन बढ्दैन होला त साइकल यात्रुहरुको संख्या नेपालमा ?
साधा जीवन उच्च विचार, हामी नेपाली आफ्नो हैसियेतनै बुझ्ने कोशिस गर्दैनौ !आम्दानि र परिस्थितिको ख्याल नगरी आडम्बर देखौनेतिर लाग्दछौ ,योनै हामीले सोच्नु पर्ने बिषय हो !देश कल र परिस्थिति अनुसार चल्न सिकौं ,सबैको कल्याण हुने देखिञ्छ !
सहर मा cycle lane ,यो त बिकसीत देश को मापन हो ,कता काठमाडौँ जस्तो अस्त ब्यस्त ठाउँ मा cycle को कुरा गर्नु भएको लेखक ज्यु
एउटा साथीको पंक्ति याद दिलायो
”हुनेहरु मोटरमा चिप्लिन्छान,
अलि न हुनेहरु साइकलमा ,
केहि न हुनेहरु खकारमा चिप्लिन्छान ,
अभागीहरु बेकारमा चिप्लिन्छान ”
चितवन मा जन्मेको पो हूनत ,तर क गर्नु चितवन मा त आली र कानला मा साइकल चलायर हिनिन्थ्यो तर येहा त के साइकल मान्छे हिड्ने र फोहर फाल्ने ठाउ सम्मेत छैन
मोटर, मोटर–साइकल, साइकल यी सबै खैरेले आविस्कार गरेका कुरा भए । यसको प्रयोग पनि यिनीहरुले भरपुर गरे । संसारको पैसा पनि मोटर निर्यात गरि सोहोरे । अब अहिले आएर यिनीहरुको एकाधिकार सबै जापानी र कोरियाली मोटर कम्पनीले खोसे अनि गाह्रो भएन त यिनीहरुलाई ? अहिले यिनीहरु बौखलाएका छन्, कहिले प्रकृति प्रेमी भनेर नाङ्गै दौडिन्छन् कहिले मोटरको विकल्प साइकल हो भनि देशका नेताहरु प्रचार गर्छन् । पहिला आपूmहरु चहिं मोज गर्ने अहिले आएर अरुले गरेको मोज देखेर डाहा गर्ने ? आरिसेहरु ।
यो सबैलाई थाहा भएकै कुरा हो मोटर, मोटर–साइकल पेट्रोल, डिजेलले चल्छ भने साइकल भात अथवा रोटीले । साइकल चढ्दा ज्यान पनि निरोगी हुने र कहिले काहीं ज्यानै पनि जाने । यस्तै लहडमा मैले पनि कमलाक्षी गएर पाँचहजारको साइकल किने र मोटर–साइकल “हिरो होण्डा स्प्लेण्डर” कमै चढ्ने मनस्थिति बनाएँ । अघिल्लो दिन त्यही साइकल चढेर अफिस गएँ, राख्ने ठाउँको समस्या पहिलो दिन नै प¥यो, जसो–तसो अफिसको भ¥याङ मुनी राखें । बिग्रेको बाटो त्यसमाथि भत्केको–पुलको उकालो कम्ति सास्ती पाईन नि….. मैले पहिलो दिनमै । घर पुग्दा बुढी र बच्चा ट्वाँ परेर मलाई हेरिरहेका थिए । भोलि पल्ट पनि त्यही वायुपंखी घोडा चढेर अफिस गएँ र साइकल त्यहीं राखें । अफिस छुटेर भ¥याङ मुनि हेर्छु त साइकल गायव । परेन फसाद मलाई । अघिल्लो दिन साइकल चढ्दा सबैले मेरो बुद्धिको तारिफ गरेका थिए आज तिनै भन्दै थिए, मोराको बुद्धि…….. । त्यही भएर कहाँका नेताले के गरे, कसले के चढ्यो भन्नु भन्दा पहिले आफ्नो अनुकुल के हो त्यो गर्नु बेस ।
अहिले म कहिले–काहिं मात्र मोटर–साइकल चढ्छु, नत्र पैदल नै हिंड्छु न पैसा लगानी गर्नु पर्ने, न हराउने नै । मेरो बिचारमा मोटर, मोटर–साइकल, साइकल भन्दा पैदल कैयौं गुणा जाति । हो समय र जुत्ता भने भने बढी नै लाग्छ ।
Nice article. Cycling(Biking) does have many benefits. Here in Madison, I bike(cycle) to work whenever weather is suitable. Usually that is sometime between beginning of April to end of October. Then the other part of the year is too cold, snowy, and not too bike friendly. Although, there are people here who bike all year round.
Bike is my first choice for commute when whether allows, then I choose Bus, then my own vehicle. Madison is very bike friendly city. Biking works well for me because I live about 4 miles (~6.5 km) from work. However, I do understand when people need to commute longer distance, or when weather does not allow, or roads are not friendly. I hope cities and towns develop so that they are more encouraging to bikers and people consider biking a moral and stylish thing to do. Also, putting on a bike helmet when you bike is much safer than biking without one.
मलाई पनि साइकल साह्रै मन पर्छ | बिशेषगरी माउन्टेंन बाइक मन पर्छ | नेपाल आए पछि साइकल किनेर चड्ने विचार छ तर साथिहरुले संगठन खोलेर सहयोग गर्ने हो भने मात्र | नेपालमा सबैको संगठन हुन्छ, बस व्यबसाही संगठन, ट्याक्सी व्यबसाही संगठन आदि .. र उनीहरुले संगठनको सदस्यलाई केहि पर्दा ठुलो सहयोग गर्छन | यदि साइकल संगठनको कुनै सदस्यलाई गाडी अथवा बाइक चलाउनेले हान्यो भने त्यस्ता परिस्थितिमा सहयोग गर्ने हातहरुको आबश्यकता हुन्छ | नत्र काठमाडौँ को सडकमा साइकल चलाउदा दुर्घटनामा परियो भने कुकुरले पनि हेर्दैन | त्यसैले संगठन को आबश्यकता पर्दछ जस्तो मलाई लाग्छ |
अनि अर्को कुरा काठमाडौँको फोहोर र धुलोको उचित व्यवस्था र साइकलको छुट्टै लेन बनाएर सरकारले पनि सबै काठमाडौँ बासीलाई साइकल चढ्न उत्प्रेरित गर्न सक्नु पर्छ |
अनि त्यसपछि आयल निगमले पनि तेलको मूल्य घटाउछ कि ?
साइकल चद्न देशहरु त येकाइसौ सताप्दीमा छन् भने हामी नेपाली चै सत्रौ सताप्दीमा !!
किन भने हामी आझै सभ्य भाको छैनौ, सामाजिक सोच नै दरिद्र छ, साइकल चड्ने मान्छे लै हेयको दृस्टीले हेरिन्छ, साइकललै सवारी साधनको रुपमा न हेरी status सिम्बोलको रुप मा हेरिन्छ |
अर्को कुरा, तपाई हामीले कहिले जेब्रा क्रोस्सिंगमा बाटो काट्न लागेका मान्छेलै आफ्नो सवारी साधन रोकेर बाटो काट्न देयाका छौ ? खोइ एस्तो सानो सव्यतात छैन हामीमा भने कसरि साइकल चलाउने एस्तो देश मा ?? युरोपमा तेस्तो हुन्न, त्यहाँ मान्छेले जेब्रा क्रोस्सिंगमा खुट्टा राख्न नपाउदै सवारी साधन रोकिन्चन, नेपालमा भने कोतेश्वोर-सुर्यविनायक सडक खण्डमा कति जनाको मृतु भयो र बल्ल पुलिश राखेर यात्रुले सवारी काट्न सके |
एस्ता हामी नेपालीका अस्व्यताका उदहारणहरु हजारौ छन्, सबै भन्दा पहिला हामीले सडक सभ्यता सिक्नुपर्छ, पैदल यात्रु, साइकल यात्रु, बस चालक, आदि सम्पूर्ण यात्रु र चालकले आफ्नो कर्तब्य र मर्यादा सिक्नुपर्छ अनि आफ्नो अधिकार पनि जान्नु पर्छ अनि मात्र हाम्रो देश नेपालमा पनि हामी युरोप, अमेरिका, अस्ट्रेलिया, जस्ता बिकशित समाजको जसरिनै साइकल चढेर, आफ्नो र आफ्नो सहर, बजार र देशको स्वस्त राम्रो बनौन सक्छौ |
साइकल चाही दैनिक चड्ने साधन , कार चाही रिजर्ब मा !
कसले के चड्ने आफु ले निधो गर्ने हो अर्काको लागि होइन; नेपाल मा खाली अर्का को लागि बाच्न पर्ने भयकाले साइकल प्रयोग नभएको हो ; अरु ले के भन्ला फलाना ले हेप्ला ………………………
कसरि ?
आफु संग साइकल , कार र ट्रेन (व्यक्तिगत होइन है ट्रेन चाही ) सबै छः, अफिस जादा चाही साइकल चलाइञ्छ , जादा आउदा १६ किलो मीटर (२०-२५ मिनेट एक तर्फी ), साइकल को लेन छुटै छ नभय को ठाउँ मा पनि गाडी भन्दा priority पयिन्छा ; फ्रेश पनि फिल हुन्छ;
सारै जाडो (हिउ परेको बेला, ठुलो पानि परेको बेला ) मात्र कार लगिन्छ; ठुलो सिटी सेन्टर मा काम परेको बेला चाही धेरै जसो ट्रेन प्रयोग गरिन्छ मुख्य चाही पार्किंग को समस्या ले नि हो;
येसो बिदा मा घुम्न, ग्रोसरी समान किन्न वा अल्लि कोल्टो परेको पार्क वा परिवार सहित जान पर्यो भने कार मा जान्छु ;
कहिले कहिँ चाही सारै अप्ठ्यारो (जस्तै एरपोर्ट जान – बिहान चाडै वा सारै अबेला ) हुदा कार सजिलो हुदो रैछ ;
सुझाब
मोटर, मोटर साइकल हुने मित्र हरु ले साइकल पनि किन्नुस अनि धेरै जसो साइकल चद्नुस; आफ्नो र समाज को मानसिकता परिबर्तन गर्ने काम पनि गर्छ एसले; तेस्पछि आफ्नो जिन्दगि आफै बाच्नुस :
हाल जापान छु म यहाँ पनि धेरै साइकल चड्छु साइकल ले स्वस्थ बनाउछ !र यहाँ प्राय संग साइकल हुन्छ !!!
बिदेशीहरु को वाइयात कुराको नक्कल गरौ हामी नेपालीहरु ले तर राम्रो कुराहरु अपनाउन सकेनौ | हामी मुर्ख नेपालीहरु…
मानी लिउ नेपालका प्र. म. पनि साइकल चढेर अफिस गए भने के हुन्छ ? बिचमा एउटा साइकल दुइतिर सत्र वटा चिल्ला कार अनि चार वटा सेता पल्सर !! अनि अफिस टाइममा बालुवाटार देखि सिंह दरबार सम्म आउन डेड घण्टा सबारी !! भो यो नियम चाइदैन !!
साइकल चड्ने मन छ र चदनु पनि पर्छ तर खोइ चड्ने सडक र बाताबरण ?? मलाई लाग्छ एउटा गरिलो साइकल हिड्ने सडक हुदो हो त धेरै ले चड्ने थिए |
काठमाडौँ को सडक पहिले देखि नै cycle friendly थियो .
पटमूर्ख राणाहरुले यो कुरो नबुझेर चार पांग्रे झिकाएर बिग्रियो.
अब जति नै सडक बने पनि ट्रफिक जामबाट मुक्त नहुने पक्का छ.
यस्तोमा कुनै नेताले कार्यालय जान साइकल प्रयोग गर्यो भने ऊसलाई हिरोको उपाधि ले सम्मान गर्नु सबैको कर्तव्य हुनेछ.
अनि चार पांग्रे चाही देशमा भित्र्याउनै हुन्न भन्ने तर्क हो मित्र को?
Subhaash जी, किन अरु लाई गाली गर्ने? राना ले नभए शाह ले , शाह ले नभए कोइराला ले त गाडी लिएर आई हाल्थे नि| ५~१० वर्ष को ढिलो चाडो को कुरो त हो| खास सब सडक नजिक घर हुने काठमाडौँ वासी (मा पनि काठमाडौँ वासी नै हु) ले सडक चेपेर, बाटो मा बालुवा, रोडा गिट्टी अनि आफ्नो पसल बाडारेको फोहोर बाटो मा फालेर र नै सडक प्रदुषित भा हो, तेस्मा फेरी दोस्रो बिस्व युद्ध को tank जस्तो धुवा फाल्ने गाडी नि छन्| सबै ले आफ आफु ले मन पराएको सवारी चढ्न र चलाउनु पाउनु पर्छ जस्तो लाग्छ मलाई| चाए त्यो २ पांग्रे साईकल होस् यार ४ पांग्रे गाडी| विदेश को example दिएर मात्र हुन्न, काठमाडौँ को सडक को बायु सन्चै नै प्रदुषित छ| गाडी को प्रदुसन बाहेक धुलो सानो सानो particals नि धेरै छन्, उकाली ओराली मा साईकल नियेमित चलाउंदा फोक्सो लाई हानी हुन सक्छ| विचार पुराएकै राम्रो|
साइकल चढ्नेको सामाजिक स्तर तल्लो मानिन्छ हामिकहाँ | मागेर, चोरेर मोटर साइकल चलाउनेको बढी हैसियेत मान्छन आफ्नो कमाइको साइकल चढ्ने भन्दा | छोरी दिन पनि गार्है मान्छन साइकल चढ्नेलाई | साथिभाइको सर्कलमा पनि उसको मर्यादा तल्लो हुन्छ | एक ताका माउन्टेन बाइक भर्खर आएको बेला चाहि फेसनको रुपमा चढ्थे हुने खाने भनाउदाहरुले पनि नत्र रबिन्द्रजिले भनेझै र्याली, प्रतियोगिता र बन्दमा चलाउने साधन भएको छ | तर यो बाताबरण मैत्री छ, स्वास्थ्यलाई फाइदा जनक छ र किफायेती छ पक्कै पनि | सडकको कुरा गर्दा अहिलेको सडकमा मोटर र मोटर साइकलले धक्का दिएर मारिदिने सम्भावना धेरै छ | साइकल चढ्नेलाई अहिले मोटर र मोटर साइकल चलाउनेले सडकको अधिकारबाट पनि बन्चित गरेका छन | ट्राफिकले पनि साइकल चढ्नेको पनि उत्तिनै अधिकार सुनिस्चित गर्न सकेको छैन | तर संख्या बढाउदै लग्न सकेमा यो अधिकार पनि लिन सकिन्छ | पहिला पहिला सरकारी जागिरका उपसचिव, आर्मीका मेजर, पुलिसका डीएसपी सम्मकाको साइकल चलाउने मात्र हैसियेत हुन्थ्यो र साइकल चढ्नेलाई उत्तिकै इज्जत गरिन्थ्यो |अहिले पार्टी सम्रछित डन, भारेभुरे कार्यकर्ता समेतका गाडी छन, प्लुस टू पढ़ने र सबै अफिसका पिउनकाको मोटर बाइक हुने भएपछि साइकल चढ्ने को ? साइकल चढ्यो भने त्यो भन्दा तल परिएन ? यस्तै येस्तै छ साइकल नचढनु पछाडिका कुरा | येस्ता संकीर्णतलाई चिर्न साइकल संगठन खोल्नु पर्छ र चढ्नेको संख्या बढाउदै लानु पर्छ |
अनि परेको बेला हक अधिकारको लागी साइकल बाटोमा तेर्स्याएर बाटो बन्द गर्ने सम्म हैसियेत हुनु पर्छ हाम्रो नेपालाँ |
एक चोटी मित्र साइकल को भाउ बुझेर हेरौ. एउटा गतिलो साइकल को भाउ ५ लाख भन्दा घटी हुदैन जब कि तेही भाउ ले २ वोटा मोटर साइकल आउछ
१५ – १५ लाख हालेर कुन्चाई मुर्ख ले साइकल किन्ला त ? १५ लाख भए त बिहे गरिन्छ, बिहेको सानोतिनो पार्टी गरिन्छ, भट्भते किनिन्छ अनि पनि पैसा बाकिरहे येसो तिन आना सम्म घडेरी किनिन्छ नि ……………
कुन देश को currency मा ५ लाख पर्ने होला ? पक्कै पनि कोरिया तिर होला / नत्र नेपाली ५ हजार को सेरो फेरो मा नेपाल मा साइकल पाइन पर्ने हो /
हरि भाई को कुरा सहि हो | सुरुवात आफै बाट गर्नु पर्छ | युरोप तिर सबै भन्दा बढी बिक्रि हुने सवारी साधन भनेको साइकल हो | यो स्वास्थ्य को लागि सारै उपयोगी छ | तर साइकलको मर्मत खर्च सस्तो चाही छैन है, बिसेस गरेर मौण्टेन बाइक को कुरा गर्दा |
त्यसैले धेरै अगाडी मैले मोटर साइकल को बारेमा facebook राखेको status यहा पनि राख्न मन लग्यो
मोटर बाइक ले स्वास्थ्य लाइ रोगि बनाउछ |
आर्थिक रुपमा जोगी बनाउछ |
अनि ज्यानलाई सुविधाभोगी बनाउछ |
जय होस् !
तपाई को सोच एकदम राम्रो छ/ कुनै बेला मेरो सोच पनि तपाईको जस्तै थियो र साथीहरु को गाली खाई खाइ( उनीहरु मैले मोटरसाइकल नै किनोस भन्ने चाहन्थे) यौटा साइकल किने/ मेरो घर डल्लु मा र मेरो अफिस महाराजगंज मा. बिहान घर बाट अफिस पुग्दा त जिउ त पसिना पसिना हुन्थ्यो अनि अफिस को युनिफोर्म त धुलो धुवाले कालो न मैलो हुन्थ्यो/ किन कि मलाई घरबाट अफिस जाँदा पुरै उकालो पर्छ/ मोटर साइकल किन्ने पैसा नभएको पनि होइन तर मेरो सोच अलि युरोप type को भएकोले मैले साइकल किने/ तर त्यसले फाइदा भन्दा पनि नोक्सान ज्यादा भयो/ अझ पछि मेरो श्रीमती को न्युरोडमा job भए पछि pick up र drop को पनि समस्या भयो/ सोच नराम्रो होइन बाताबरण पनि उस्तै चाहिने रहेछ भन्ने मलाई पछि लाग्यो/अनि मैले मोटरसाइकल किन्नु पर्यो/
यो लेख सबै राम्रो लग्यो.मलाई पनि कार मोटर cycle भन्दा cycle नै मन पर६.पैसा पनि बच्ने सरिर को कसरत पनि हुने यो भन्दा राम्रो k होला.मैले पनि अस्ट्रेलिया मा cycle किनेको ६उ.नेपाल जाने बेला मा लिएर जान्छु र तेही चलाऊ छु .जय cycle
धेरै राम्रो लेख पौडेल जी, धन्यवाद |
भर्करै संयुक्त राष्ट्र संघले गरको सर्वेमा पनि डेनमार्क, स्वीडेन, नर्वे, जस्ता बिस्वमै सबैभन्दा खुसि र सुखी मुलुकको स्थान पाएका ठाउँका जनताहरुले बाध्यता ले नभई स्वत स्फूर्थ रूपले साइकलमा यात्रा गर्ने गरेको खुलेको छ र येसरी स्वत स्फूर्थ रूपले साइकल चड्ने देश सुखी हुन्छ भन्ने एक संकेत हो पनि भनिएको छ |
जे होस् हामीले हाम्रो सामन्ती र संकीर्ण सोचलाई त्यागेर सादा जीवनको परिकल्पना गरयौ भने नेपालमा पनि साइकल चद्न सम्भव छ |
what a brilliant blog, i like it and i will do it from today in possible time…
सारै सान्दर्भिक (आदर्सोंमोख) लेख तर हाम्रो समाजको साइकल प्रति हेर्ने दृष्टिकोण अझ काठमाडौँ मा त तेस्रो दर्जाकै जस्तो भै सक्यो जस्तो लाग्छ, र्याली, प्रतियोगिता र बन्द मा बाहेक
अस्ट्रेलिया को brisbane मा त नगर पालिका ले साइकल नै राखिदिएको छ र प्राय जसो बाटा हरु मा साइकल lock गर्ने ठाउँ हुन्छा. साइकल पनि नगरपालिका ले नै मर्मत गर्छ अनि चलाउन भने भाडा मा लिनु पर्छ online अथवा फोन बाट| जति धेरै भाडा लियो त्यति सस्तो हुन्छा| अनि आफु ले मर्मत गर्न पनि नपर्ने र पार्क गर्न पनि समस्या हुन्न | हाम्रो यहाँ काठमाडौँ मा पनि यस्तै गर्न सके राम्रो हुन्थ्यो जस्तो लाग्छ
थप जानकारी को लागि http://www.citycycle.com.au/
हो युरोपका ठुला शहरहरुमा तेःहाको सरकारले ठाउँ ठाउँ मा साइकल राखिदिएको छ .
२० मिनेट त फ्री मा नै र रक घण्टा को नेपाली २५ रुपया छ
विदेशतिर त मानिसहरु प्राइभेट गाडी चड्दा चड्दै हैरान भएर भर्खर साइकल चढ्न थाले तर नेपालीले त गाडी चढ्ने रहर त पुर्याउन सकेका छैनन कसरि साइकल चढ्ने विचार गर्न सक्छन? त्यसो भएर नै सरकारले साइकल को लागि छुट्टै लेन नबनाएको होला ! सायद १०० बर्ष पछि चाहिँ ग्रीन फ्रेन्ड्ली तपाइको ब्लग पढ्नु राम्रो होला कि ?
के गर्ने मित्र / साइकल त मन पर्छ नि / त्यो motorcycle, tempo, tracktor, bus, truck, tipper सबले पेलेर चलाउन्छ / डा. Younzon को हालत गर्ला भन्ने पिर लाग्छ /
के भा थ्यो डा. Younzon लाई ? को हुनु हुन्छ वहा ?
डा. Yonzon एक बरिस्ठ र नेपालको बिशुद्ध बैज्ञानिक, दक्षिण एसिया कै प्रख्या संरक्षण विद अनि संरक्षण कर्मी हुनुहुन्थ्यो / आफनो गाडी घरै छोडेर साइकल मा हिन्न मनपराउनु हुन्थ्यो / झन्डै १६ महिना अघि कलंकीमा ट्रकले हान्यो, घाइते मात्र थियो रे, ट्रकले back आयारी किचेर मर्यो /
संरक्षणविद हुनुहुन्थ्यो, साइकल चढेर हिंड्नुहुन्थ्यो र साइकल चढ्ने संस्कारलाई एकदिन लोकप्रिय बनाउने उहाको महत्वकाङ्क्षा थियो। एकदिन उहाको साइकललाई ट्रकले ठक्कर दियो र उपचारको क्रममा उहाको निधन भयो।
हरि जी सकारत्मक सोच अनि शिक्षाको लागि धन्यबाद | यी सबै कुराहरु मेरो मनमा पनि आउछ तर मलाई लाग्छ यी सबै भन्ने कुरा हरु मात्र हुन्…… तेही पनि आशा गर्छु जस जसले यो लेख पढ्नु हुन्छ वहाहरुले आफ्नो दैनिक जीवनमा लागु पनि गर्नु हुनेछ |
एकदम सहि कुरा , मलाई नि मन पर्यो- हामी नेपाली हरु बरु Finance बाट Loan मा मोटर साइकल चढ्न तयार हुन्छौ तर आफ्नो लागत र आफ्नो फाइदा को लागि सजिलै चढ्न सकिने साइकल चढ्न चाही लजाउने गर्छौ. यसको अरु केहि फाइदा हरु मा – एक ठाउँ बाट अर्को ठाउँ मा सजिलै जना सकिने – नत पेट्रोल को लाईन मा बसेर चर्को बढेको मूल्य ले टाउको नै दुखाउनु पर्ने – शरिर्रिक, मानशिक स्फुर्तत – निकै कम लागत – चर्को ब्याज दर को सामना गर्न नपर्ने
उकालो ओरालो chha नि काठमाडौँ मा, त्यसैले साइकलमा भर पर्न सकिएन. भैसे पाटी को उकालो कसरि साइकलमा काट्नु ? साइकल डोर्याउदै फ्याफ्या गर्दै लुखुर लुखुर hidna गारो हुञ्छ नि त. मा त्यसैले motorcycle chadhchhu. otherwise I love cycle .
कहाँ कर्मचारी साइकिल चलाएर हुन्छ त, उकालोमा गेयर वाला साइकिल पो चलाउन पर्छ त सीताजी /