-सन्तोष गिरी-
केही दिन अगाडि एक जना भाइले आफ्नो फोनमा मलाई “र बार्ज” को र्याप ब्याटल देखाए। एक दुई वटा भिडियो हेरुञ्जेल गौरव लाग्यो, ल है ! आजका ठिटाहरुले युरोपेली र अमेरिकी र्यापर भन्दा नि दरो गरेछन भनेर-
एक दुई दिनपछि फेरि चेक गरेँ। दिक्क लागेर आयो। वयस्क केटोहरुले र्याप गरेकोसम्म ठीकै हो। तर र्यापको नाममा तथानाम गालिगलौज, आमा र बाको गाली, गुप्ताङ्गको गाली। अब बढी के भनम्, आफै हेर्नुस र आफ्नो विचार व्यक्त गर्नुस-
विकृति कहाँसम्म बढेछ भने अब हेटौडाका १० वर्षमुनिकाले समेत छाडा गाली दिँदै र्याप हान्ने, अनि दर्शक छन् ४-५ वर्से अबोध बालकहरु! ल हेर्नुस्:
यो हप्तामात्र र बार्ज़ले अर्को फड्को मार्यो, पहिलो महिला र्याप ब्याटल, ल अब आफै विचार गर्नुस् !!! ल हेर्नुस् :
कता जाँदैछ समाज? के हेर्दैछ प्रशासन? के हेर्दैछ सरकार? कि यो पनि नयाँ नेपालको वाक स्वतन्त्रताभित्र पर्छ?
(हाल अमेरिकामा रहेका लेखक गिरी कानुन व्यवसायी हुन्)
I watched some clips which gave me some giggles. I did not like these raps but it does not matter if I like or not. Using dirty language is not good but I know many people in our society use foul languages.These are young people seeing new things and trying them. They are not harming anyone.It is your choice to watch these clips.
I am from slightly older generations. I do not know what makes these generations happy and vibrant. I am happy to accept anything except drugs, alcohol,gambling,fighting etc in our new generation.
If rapping is their talent, let them express their talents.
छाँडा र अश्लिल भयो भने त अति नै हुन्छ तर समसामयिक राजनितीक, सामाजिक Frustration अोकल्ने चै राम्रो माध्यम हो यो पनि ।
र बार्ज को सुरुवाती दिन देखि नै म हेर्दै छू , र म पनि अमेरिका मै छू र म पछिल्लो र नया पुस्ता बिच को मा पर्छु तेसैले म मैले देखेको जानेको कुरा भन्छु ।।
त्यों फुच्चे हरु को भिडियो र बार्ज को हैन , ऊनि हरु को नाम मा अरु ले राख्या हो ।
सुरु मा अली गति छाडा को रूपमा र बार्ज सुरु भए पनि हाल राम्रो हुदै छ । लाहुरे, unik poet , बालेन जस्ता नयाँ आशा लाग्दा rapper हरु र बार्ज ले गर्दा चर्चा मा आएका हुन ।
हरेक कुरा को राम्रो र नराम्रो पक्ष हुन्छ , नराम्रो लाइ मात्र हेरेर त भयेन नि ।
अब गर्ने के त? हो, यी भुरा हरुलाई यसरि मनपरी बोलेको देख्दा हामि मध्ये धेरैलाई चित्त बुझेको छैन र सायद हामि मध्ये धेरै ( याहाँ कमेन्ट गर्ने हरु) को राय एउटै बिन्दुमा आएर मिल्छ ” यसलाई प्रशाशन ले हेर्नु पर्यो”…..सिधा अर्थमा : त्यो टोपी लाउने कार्यक्रम संचालक भाइलाई प्रहरी ले पक्रिनु पर्यो, युट्युब्बाट सबै भिडिओ हटाउनु पर्यो !!@!
तर एउटा कुरा विचार गरम, यी भिडिओ हरु भनेको “भाइरल” भिडिओ हरु हून अर्थात धेरै ले एकैसाथ रुचाएको! हो, यो “धेरै”मा पक्कै टिनेजहरु पार्लान वा बिदेशमा बस्नेहरु होलान तर अपलोड भाको १ हप्तामा ६०० “लाइक्स” आउनु र १ लाख + ” भ्यु” आउनुलाई इग्नोर गर्न सकिन्न….यी भिडिओ हरुमा प्रयोग गरिएको भाषा हाम्रा मूल्य मान्यता हरुलाई सिधै लत्याउने खालका छन् यसमा त दुइमत छैन तर आर्को पाटोबाट हेर्दा त्यो त स्वफुरत: रूपमा भैराखेको छ – अर्थात सहरी वा विदेशी वातवरणमा हुर्केका केटा केटि र वयस्क सम्मले यसलाई रुचाएका छन्….मैले यसको प्रथम जानकारी रिपब्लिका दैनिकको एउटा लेख पढेर पाएको थिएँ र त्यतिबेला सम्म यो कथित रयाप ब्याटल उत्कर्षमा पुगिसकेको रहेछ! त्यस लेखमा एक ४५ बर्ष को बयस्क डाक्टर पनि यसको फ्यान भएको कुरा उल्लेख थियो….
फेरी पनि माथिको प्रश्न मा आम – अब गर्ने के त? तपाई हरु जस्तै मलाई पनि यी भिडिओ हरु देख्दा रिस उठेको थियो- तर फेरी आफैलाई प्रश्न गरें मैले – ” गर्ने के” ? यो समाजमा, अझ भनम सहरी समाजमा एउट यस्तो युवा/ अर्ध युवा समूह छ जो आफुलाई राजनीति बाट पर राख्न चाहन्छ, जो अंग्रेजी गित सुन्न गाउन र बजाउन मन पराउछ, जो नया नया फेशन स्टेटमेन्टमा आफुलाई ढाल्न चाहन्छ, जो पार्टी गर्न चाहन्छ, जो “हाइ भएर हिप्पी झैँ रम्न चाहन्छ, जो यौन स्वतन्त्रता चाहन्छ, जो सकेसम्म विदेश जाने सपना देख्छ र विदेश जना नपाएपनि आफ्नो विदेश गाका साथीहरु को अगाडी हिनताबोध महसुश नगर्न उनीहरु जत्तिकै र जस्तै रमाइलो गर्न खोज्छन….जो दोहोरि को भाका लाइ खिल्ली ऊडाउछन…..यी सबलाई के गर्ने मित्र हो? साइकोलोजिकल काउन्सिलिङ्ग दिने? कति लाइ दिने?
अनि फेरी ” किन रोक्ने” तिर जाम! हो, ” किन रोक्ने”? हाम्रा केटा केटिहरु बिग्रिन्छन भनेर रोक्ने? ति केटाकेटी जो ८ ९ बर्षमै सबै कुरा बुझ्ने भैसकेका हुन्छन….जसले दिनहु हाम्ले पढ्ने पत्रिकामा ” बाबु द्वारा छोरी बलात्कृत” जस्ता घटना पढ्छन र “बलात्कार भनेको के हो मामु” भनेर अब सोध्धैनन! जो हामीसंगै बसेर नया हिन्दि चलचित्र हेर्छन र ति चलचित्रमा “लव मेकिङ्ग ” सिन आउँदा हाम्ले च्यानल चेन्ज गरेपनि युट्युबमा खोजेर हेर्न सक्ने भैसके! जो फेसबुक मा साथीहरु संग च्याट गर्ने भैसके र “ठुला” कुरा गर्ने भैसके र हाम्ले निगरानी गर्न राखेको पासवर्ड आफै परिवर्तन गर्ने भैसके! के यस्ता भिडिओ रोकेर र त्यो रयाप ब्याटल लाइ रोकेर केहि होला….
यदि हो,, यस्ता बिकृतिलाइ रोक्ने पर्ने हामि सबै को राय छ भने यी भिडिओ हरुको श्रोत लाइ रोक्न जाम- जाम पेटीसन् बुझाउन संचार मन्त्रालयमा – ” भल्गर कन्टेन्ट भाको सबै बिदेशी भिडिओ र वेबसाइट नेपालीले खोल्न नपाउने गर्नु पर्यो…..यौनजन्य दृश्य र संवाद भाको बिदेशी चलचित्र वा तेलेचाल्चित्र पनि यहाँ प्रशारण हुँदा सेन्सर भएर आउनुपर्यो”…जाम मित्र हो , अभिभावक , दाइ, दिदि जस जसलाई आफ्नो नया पुस्ता बिग्रेकोमा चिन्ता छ, यसरि नै सरकारलाई दबाब दिन जाम…….नत्र अरु कुनै विकल्प छैन, मनको भादास पोख्नु बाहेक!!!
I found Raw Barz rap battle horrible and disgusting!!!
गिरि बाजेले नेपाली दोहोरी चाहिँ सुन्या रैन चन जस्तो छ…दोहोरि त झन् हाम्रो ससकृति हो त पोइ चाहिँने बुढी छोड भन्ने गीतले त समाज मा राम्रो सन्देश देको होला हैन ?????लेखने भए समाज ससकृति सबदका कुरा गरौ नेपाली सबै सगितमा बिकृति छ न कि battel rap ma मात्रै
हाम्रा पालाँ दो बाटोमा बस्नेहरु धारे हात लाएर एकले अर्को लाई सत्तो सराप गर्थे | अहिले यिनीहरु पनि चौरस्तामा मान्छे जम्मा गरेर अंग्रजीमा तेस्तै मा.. मु.. र.. जा.. सबै बोल्दा रचन | पहिले सिमितले सुन्थे अहिले संसारभर सुनिने भो, येही हो अहिलेको जामाना !!! बात युद्ध मात्र गरे केहि छैन घात युद्ध गर्नु भएन |
र्याप हैन rape चै होला . Lol
र्याप आफैमा नराम्रो होईन यसमा अश्लिलता हुने नै कुरा हो तर हाम्रो देश अनुसार यो धेरै नै अश्लिल भएको भन्न पर्दछ त्यसैले सबै र्यपर साथीहरुले हाम्रो समाजिक मुल्य र मान्यता अनुसारले र्याप गाउन पर्छ नभए यसले र्यापलाई बिकृतीको नाम बाहेक अरु दिन पाउन सक्दैन सबै र्यापरहरुलाई चेतना भया……………………..
सुनि नसक्नु र हेरी नसक्नु को रैछ यो र्याप ब्याटल ! केटि हरु को ब्याटल मा के भनेको त्यो ? त् जन्मिदा खेरि तेरो बाउ ले तेरो इज्जत लुटेको रे ! अब त्यो केटि को बाउ ले यो भिडिओ हेर्यो भने के होला त् ? अझ यहाँ कतिपय ले नया पुस्त को माग हो रे अझ यो ब्लग लेख्नेनै सकिर्ण सोच भाको रे ! खै म पनि युवा हु, तर यो कसले धेरै छाडा बोल्न सक्छ भने प्रतियोगिता मेरो माग होइन ! अनि एकजना मित्र ले भन्नु भो एसले गर्दा देश बिग्रेको होइन रे ! एस्ता छाडाहरुले समाज बिग्रन्छ ! र जब देश बनेको समाज ले हो भनेपछि समाज बिग्रियेंन ?
Wow, this is very sad that people are actually enjoying such an offensive language. Only if the youth of Nepal would direct their extra ordinary potential on some thing that would make a difference. I bet the parents of the contestants are extremely proud after watching the video. So thumbs up to the parents for such great parenting and thumbs up to all the schools who have succeeded on teaching such fluent English to our youth generation.
यस्तै छाडापन र अस्लिल गालीको दोहोरीलाई आधुनिकता र यूगको चाहना भन्नेहो भने । अझ नयाँ आउने पिँडीहरु सडकमा निर्बस्त्र निस्कने होलान । लौ बधाई छ नयाँ नेपाली पिँडीलाई ! सायद बल्ल यिनका बाउ-आमाले छोराछोरीलाई महँगा अँग्रेजी स्कूलमा पढाएको मा गर्व गरे होलान ।
यो अंग्रेजी शैलीको दोहोरि नै हो भनुम तेय्सैले हिजो दोहोरि गाउने बजेका नातिहरूले ह्र्यप हान्दा खासै अचम्म मान्नु त पर्दैन | तर अलि अश्लिल र छाडा शब्दहरुको प्रयोगमा चै प्रतिबन्ध लगुना जरुरि देखिन्छ | बेला बेलामा भाषा अनि शब्दहरु त कुनै निलो चलचित्र हेरे भन्दा पनि नराम्रो भाव दिने खालका हुन्छन | हुनत दिउसै गुडिरहेको बसमा मान्छे संगै आगो लगाउदा केहि नहुने देशमा कसैले केहि शब्द भन्यो भन्दैमा के नै भो र जस्तो पनि लाग्छ | कि कसो त ?
rap आफै मा नराम्रो होइन तर येसरी गालि गलौच, अरु लाइ धेरै गाली गरि मुख छोडी आफु माथि बन्न खोज्नु पक्कै राम्रो भने होइन, किन हाम्रो समाज नराम्रो कुरा मात्र सिक्न हतार गर्छ ह ?? विदेश बात आयात गरिएको यो रयाप सस्कृति जस्तै अरु राम्रो कुरा पनि आयात गर्नु नि, गर्ने ले पनि. मन मा अनगिन्ती कुरा हरु खेल्छन यी कुरा देख्दा तर ति सबै देश को बर्बादी र आउने पिढी ले हाम्रो सस्कृति कसरि बुझ्लान के देख्लान के जान्लान अनि आफ्नो सन्तति लाइ के सिकाउलान भन्ने पिर लाग्छ. कठै बरा!!
यो rap हेर्दा लाग्छ जति मा….मु जन्य गाली गलौज गरे पनि आफ्नो आमा बाबु को यति धेरै गाली बेइजति बक्न सक्ने यी बच्चा बच्ची हरु लाई आफ्नो आमा बाबु को हुन् भन्ने थाहा रहेनछ /
म पप र “राम्रा” सङगित र सस्कृति बिदेशी नै भए पनि लिदा फरक पर्दैन भन्ने सोचाई राख्छु
तर नराम्रा कुरा बिकसित भएको ठानेर लिनु “अरुलाई फुर्ति लाउन चुरोट खाएको जस्तै हो”
सरकार केटीले फ्रक लाउदाँ के क न भयो भन्छ,चलचित्रमा एउटा त्यसतो बाक्य पर्यो भने फिल्म नै रोक्छ,सेन्सर गर्छ,पप गित गाऊदा पशिमेली सस्किति आयो भन्छ आफ्नै देशमा यस्तो हुदाँ चै हेरेर बस्छ। ‘गाली’,अश्सलिलता,racism,voilence,अनैतिकता,नेगेटिब मनोबिज्ञान र सोच,मनपरीपन,नारी बिरोधी कुरा,गलत सन्देश,आदर गर्नु पर्ने मान्छेको अपमान(आमा लगायत) यि लगायत सब कुरा छन त्यहाँ (नपत्याए भिडियो हेर्नुहोला) तर पनि सब मौन र यो ठुलो नभए सम्मको प्रतिक्षा देखिन्छ।यसको निर्माताले आफु प्रख्यात हुन(फेसबुकमा हिट भए) ब्लु फिल्म बनाएर देखाए जस्तै हो(जुन हेर्दा hit देखिन्छ तर यसको असर सम्बधित निकायले सोच्नु पर्छ) र कारबाहि पनि त्यसतै हुनु पर्छ, भारत मा पनि प्रख्यात भनिएको र्यापरको गित महिला बिरुद्द भयो भनेर अहिले सम्म ब्यान छ,
यस्तो गाली गौलज केहिलाई अरुलाई गर्दा त खुसी लाग्ला (खेल जस्तो लाग्ला) तर आफुलाई त्यसो भने,आफ्नो समुदायलाई , आफ्नो नातेदारलाई त्यसो भने आफुलाई कस्तो हुन्छ सोच्नु पर्छ ,भोलि बाटोमा सबेले यसरी बोल्न थाले बच्चाहरु सब यसै गर्न थाले के होला,बेलैमा सोच्नु पर्ला,म बिकास बिरोधी होईन तर यो चै शायद सहि होईन कि
अंग्रेजी मा दोहोरि खेलेको हो? मलाइ त मन पर्यो..!!
I have no grudge against these battles. However, I am in favor of more clean and creative lines. They already have skills to generate good punches but they need to make it free from using derogatory languages. To outsmart each other, they do not even spare the families giving bad names which is a sheer madness. And they use the languages which have references to murder, sex, caste, creed, color, religion, status all directed to shame the opponent. I know that there are nothing personal but have these people ever realized that thoughts guide actions? Have they ever troubled to ponder why the Black communities in the America have higher rates crimes??? The answer lies within the lines of their punches…….
Well said bro! Like you said, the freedom of speech gotta be respected and it would be better if they refrain from insulting other at any cost and being condescending. Rather, they should try to outsmart the other by being creative intellectually. Anything that indicates discrimination on basis of age, ancestry, color, creed, disability, ethnicity, marital or parental status, national origin, pregnancy, race, religion, gender, sexual orientation, etc should be discouraged, by the judges, and the audience.
I can see the new generation have talent and drive to be creative. Glad to see they have started somewhere. I just wish these kinds of things evolve to a respectful sport kind of art. I also like the fact that some of the rappers are trying to create a unique Nepali style of rap rather than solely copying the western rappers.
New generation has made leap of progress in learning from other cultures. I just wish our leaders had learned at least few some tips on developing our country from some of the western countries and politicians. 🙂
अब चै नेपाली देल्ही बेल्ही बनाउने विचार आयो खै त चलचित्रकर्मिहरु खाली बदला लिएको फाइट को कथा मात्र त्यो पनि नशुऔदो एउटा वर्ग त बिग्र्यो नै नेपाल मा अब यो बर्गका जे नेरेशन लै पनि केहि स्वाद दिउ न सर हरु हो ?????…….
हगेर चाक् – पुछ्न जानेको छैन- बार्ज- र्याप अश्लील शब्दहरुमा- फेद न टुप्पको नक्कल ले सीमा नाघे जस्तो छ-
गिरि बाजेले नेपाली दोहोरी चाहिँ सुन्या रैन चन जस्तो छ…दोहोरि त झन् हाम्रो ससकृति हो त पोइ चाहिँने बुढी छोड भन्ने गीतले त समाज मा राम्रो सन्देश देको होला हैन ?????लेखने भए समाज ससकृति सबदका कुरा गरौ नेपाली सबै सगितमा बिकृति छ न कि battel rap ma मात्रै
I don’t have any problem with adults doing this though I didn’t like this shit! But children doing this is something to concern about I think. They have put the banner ‘Parental Advisory-Explicit Language’ and I’m sure almost everyone there are underage kids!
यो रियाप बियटल हैन ,
यो त रेप जस्तै बेइजति ताल हो !
I simply can not rationalize it, but still no matter how people proclaim their views, this trend of New Generation can not be deemed.
I appreciate their dialog punch, their enunciation of the words and utterance !!
I don’t lie to myself : I simply ENJOYED it…
भाषा सुधार गरेर अस्लिल कम गराउने हो भने यसले क्षमताको बिकाश गराउछ /
‘र्याप’ आफैमा नराम्रो practice होइन तर हरेक कुरा को सिमा हुन्छा | र्याप को नाम मा जतावाबी हुदै रहेछ, त्यो बिकृति हो | यो criminal बिकृति होइन, एस्लाई सजिलै सुधार्न सकिन्छ र quality ल्याउनु पर्छ|
Dear Writer,
Living in America and talking abt raw barz not knowing true fact is shame.It is like going against Miss Nepal or recent development in music and movies. America has never denied hollywood movies just coz they have adult themes ,neither is bollywood.
Even literature books has a bit of adult ness so we cant go against movies,rap or literature.
In next 10 years shows like rar barz will be on TV,it is already on TV on many countries. Also, it has already said it is for 18 plus viewers.
Next thing if you go to the head of raw barz ” yama buddha” he has got nearly 200000 followers in his facebook fan page ,heighest among all nepali celebrity. All new generation follow yama buddha as their ideal.
Now tell us where is our society going and where you expect us to be. You still expect youngster to be the way we use to be 50 years ago,then start it from you. Come back from America ,stop using laptops,tvs,internet and go back to your village and start life like we had before democracy…
“freedom of expression comes on top in any democratic society”
कमल,
As you mentioned “freedom of expression comes on top in any democratic society”, I agree yes it does but responsibility falls to every member of the democracy. A. Lincoln once said ” I may not agree with your views but I shall protect them to the last of my ability.” Freedom of speech is the fundamental right in any democracy but there is a fine line between freedom of speech and abuse of speech. Firstly, It says “explicit content ” , however all the battlers are almost 16-17 ..Did anyone ID them to make sure they are over age ?? Secondly you talked about having followers on Facebook ..what is that supposed to mean. Having followers in social media or even in real life means nothing. Have you heard of “AashaRam” ..has over million followers and was recently charged with rape of 14 year old. Our own Prachanda had a army of his own ..does this justify this actions ??
I would love to see Rap barz on TV ..would be fun ..but if you read every one here is not worried about rap barz but the language used by kids in those battles ..Keep it clean , that’s all people are saying. Yes there is adult stuff on TV and movies but they are graded like wise A Grade, B grade etc ..heck even porn is a legal industry in many countries but since you envision total freedom of speech and actions can you envision your sister doing porn ?? or your mom doing porn if she wanted ?? Why not ? or your brother doing drugs ? Its their freedom too …right ..
The fundamental problem in democracy is people don’t realize that their freedom stops where others begins. You can’t invade others space. Have rap barz ..its okay …have it with adults (18 and above) ..if material is explicit, keep it away from Universal audience.
Shame that most kids in the country can’t name the Prime Minister of our country yet they have a deep fan following for ‘Yama Buddha’ ..
कमल,
Of course “freedom of expression is a norm of democratic society” but how about the responsibility, moral credibility and social value?
सानु,
How can you keep away from universal audience unless you banned on you tube… Raw barz clearly says 18+ and battlers are above 18 ., dont compare raw barz with street rap battle of hetauda.
What i m trynna say is 200000 facebook followers 95 percent of them are youth idealise Yama buddha .You cant compare him with asharam unless he is found doing bad thing .
Why America ,Australia and europe has big concert studios which can hold 100 thousand people , can you say music is bad and should be discouraged because most musician do drugs. Music is pure may be musician may not be pure.
Also, these yama buddha and crew have done their social responsibility. See how much they are doing to prove buddha was born in nepal. See how inspiring is ” ma futchu tara jhukdina” song …This song can bring unity and patrotism among youth. They have spoken for nation when needed.
explict content is ask of the time . people use these language in street ,use this language with friends…
Lets move with time.
some1 is interestd to do porn let them do it, u can also do it if you want but you can’t compare porn with rap.
Dear Kamal, for your kind information, with such derogatory stuff, Raw Barz will never make to TV channels in Nepal even within 100 years. As far as I know we don’t have an 18+ channel so far. I am waiting if you are going to launch one soon in Nepal:-) By the way, this is Nepal which have it’s own social values and not the ‘many countries’, you have mentioned. Don’t take anything for granted boy!!!!
कमल,
Please go back and read my comment at its entirety again. I agree with all your responses but you’ve gotta be kidding me by saying the kids in those videos are all above 18 !! Also Yes people use that language in streets but same etiquette is not acceptable for media or music ?? Is it ?? We all know people shit ..they shit in restrooms ..so since we all shit should we start doing it in public ?? There is etiquette to it.
I am not comparing porn with Rap ..may be you misunderstood my comment or may be its your lack of reading comprehension or you did not read my comment entirely.
Go back and read what I said ..think about it and come up with a logical response.
तपाई अमेरिका मा बस्नुहुञ्छ तर यो नेपाल हो. यहाँ केही सामाजिक मूल्य र मान्यता हरु छन् जसलाई तपाई नकार्न सक्नुहुन्न. येदि परिबर्तन यो रुप मा औछ भने चहिएन एस्तो परिबर्तन.
“…. उम्रिदै ३ पात,
फल्दा २ गेडा ….”
भन्या यहि हो !!!
यो र्याप भनेको मनको तितो पोख्ने मेलो पनि हो रे , र र्याप को दुनियामा एस्ता सब्द सामान्य मानिन्छन , हाम्रो परिबेशमा अलि नमिले जस्तो लाग्य मात्र हो .. आफ्नो आफ्नो चोइस ..
यो भन्दा अस्लिलता अरु के होला ! बरु ब्लु फिल्म राम्रो होला !
कहा जादै छ नेपाल अनि नेपाली सस्कार………. यसरी त अझै हिँसा बढ्दैन भनेर कस्ले भन्छ ! बाटो बाटो चोक चोकमा बलात्कार हुनु को एउटा ठुलो कारण यो पनि हो !
यस्तो कार्यलाई बन्द गरेको नै बेस होला ! हेर्नुहोस साना केटाहरुको साथै केटीहरुको
छि…………….. छि………….. छि……………..
It clearly says it is not meant to be for U18. As a rule, citizen of a sovereign democratic country, they can choose to what they want. If this is not your taste its your choice. It is my taste, I love it and enjoy it. I look forward to each new battles. You have no right to decide what I can hear.
However, involving U18 in the rap battles which is meant to be for only over 18s is not legitimate. The establishment should question the organizer, YamaBuddha (Aman Adhikari) should be asked question regarding this. He should act more responsible in this front. The age of live audience should be verified too.
raw barz and hetauda ko battle has no relation at all… raw barz in kathmandu has a very good quality compare to street rap of hetauda. I think when the program itself says 18+ program it is warning people not to watch if you are under 18 and if you get offended.
It is pourly made for youtube so youtube is tube where anything can float like all naughty chats and boobs show (nepali)…compare to those raw barz is more creative.
I think we should just take it as ” our socity getting globalized” coz now almost all countries are doing rap battle .
If the video can’t be watched by the people of certain age group then it should have a Content Warning before the video is played on the YouTube. YouTube videos which can only be watched by 18+ groups need a reconfirmation of the viewer’s age. However, Raw Barzs’ videos can be accessed by anybody at one click. Simply displaying few words of warning at the beginning of the video doesn’t mean you are following the YouTube rules. The videos should have been integrated into the YouTube filter system which automatically asks the viewer’s discretion. Please try playing “robin thicke blurred lines unrated” without signing in the YouTube. Before the song plays out it will ask to confirm your age…:-) Now, does that give Yama Buddha (I am sorry there is Buddha in his name. A big disgrace to Lord Buddha:-( ) some idea!!!!!
i think parents arent giving enough time on educating their child they arent giving enough time to teach them distinguish between wrong and right . parents are ashamed to talk about sex with their children even it is a basic need . even watching tv with beautiful girls infront of parents becomes shameful. If sex was that wrong then why do parents do it. these things should be taught to children . in our everyday world we hear people speaking vulgur words publicly too. we cant say anything to them. isnt that their parents fault that they couldnt teach their parents . the raw barz episodes comes with parental advisory , besides there are 100s of tv channels and websites that shows more inappropriate content. when things comes about nepali youngsters they want to do something new (at least they are uniting) they are critisized by hypocrits like u .
अब कारबाही गर्नुको साटो उत्साह बडै दिएपछि एस्तो हुनु नौलो कुरा हुदैन तर
ति हाम्रा नाइके हरुका दिदि बैनी परेनन् जस्तो छ | तेसैले विडियो पब्लिश; भएको छ अन्येथा यो भिदियोनै बनिने थिएन | जे भएपनि; अब हामीले इन्डिया लाई, जसरि बुद्ध नेपालमै जन्मेका हुन् भन्ने बनैछाडिउ तेसै गरि सबै जनाले बिरोध गरि यो बिक्रीती हटौनापरो | के सहमत हुनुहुञ्छ ? हुनु हुन्छा भने यो विडियो फेस बुक मा,
सेयेर गरेर सबैले बिरोध गरम आउनुस सुरुगरुम |
गिरि जिउ तपाइँ अमेरिका मा बसेर करोडौ सुख सुबिधा हरु को लाभ उठाउनु हुन्छ, अमेरिका मा मान्छे कति स्वतन्त्रा ले बाच्या छन् देख्नु भा नै होला तपाई पनि तिनीहरु मध्ये मै एक हुनुहुन्छ. ल मलाइ भन्नुस तपाइँ ले अमेरिका मा पाउनु भाको सुबिधा र साधारण नेपाली हरु ले पाउने सुबिधा को मुल्यांकन गर्दा तपाइको शिर सगरमाथा झैँ उचो हुन्छ होला हैन ? के गल्ति छ यी केटा हरुको ? देश मा न काम छ न रोजगार छ न कल कारखाना खुल्छ नया भका पुराना कारखाना हरु लाइ नि नेताहरुले बेचेर तपाइँ जस्ता लाइ अमेरिका पुर्याए!!! देश यस्तो अन्योल मा भाको बेला कम से कम खुसि ले हास ठट्टा त गर्या छन् नि तपाईलाई के को टाउको दुखाइ…देश को चिन्ता गर्ने ले चिन्ता नगरेर चै समाज बिग्रेको हो यिनीहरुले र्याप गाएर हैन. देश… रहयो कुरा प्रशाशन को यदि यिनीहरुलाई रोक्ने प्रयास गर्यो भने चै घातक होला! सबैलाई चेतना भया!!
भएको नैतिक शिक्षा को बिसय नि, चाहिदैन भनेर हटाए पछि, येस्तै हो, नैतिकता हराएको बिचरा हामी नेपाली को देश नेपाल !!!!
साथी भाई हो यस्ता कुरामा धेरै टाउको नदुखाम हो / धेरै पढेर दिमाग अलि हलिए पछि बिधार्थी भाई बहिनिहरु यसो रमाइलो गरेका हुन् हो / के गर्नु, स्कुले पदाइ खाली रत्तान मात्र, हातमा डिग्री छ तर ब्यबहारिक ज्ञान फितिकै छैन / यसलाई बादविवाद क्रियाकलाप वा बक्त्रित्व कला प्रतियोगिता भनेर हेरे कसो होला / किताबको पदाइले कुनै बिषयमा ज्ञान देला तर जीवनमा ब्यबहारिक, analytical बिचार राख्न यस्ता अतिरिक्त क्रियाकलापमा भाग लिन त्यति कै जरुरि छ / बरु बिद्यार्थी भाई बहिनिहरुले व्यक्तिगत् घोचपेचमा मात्र सिमित नभएर अरु समसामयिक बिषयलाइ पनि प्रवेश गरे सुनमा सुन्गंध हुन्थ्यो कि ?
I just say it is a crap shit. “दशैंमा खसी काटे जस्तै तलाई काट्छु” रे. फेरी अर्कोलाई तँ कालो, चुच्चे, थेप्चे, डल्ले, मोटे, येसरी खिसितुइरि गर्ने संस्कार त मेट्दै पो जानुपर्ने, एसले त पुरुई बढवा पो दिन्छ त. Please stop this shit
Its just entertainment… they havent said anything that one wont use in a normal conversation with friends. This is one part of our society since there is a huge support for this. At least almost all my friends listen to all these rap battles and love em.
कतिले यो मोडर्न जमाना हो भन्लान्, कतिले एक्काइशौ शताब्दी हो भन्लान तर म भन्छु यो अहिलेको शिक्षाको बिक्रिती हो। जब स्कूले शिक्षा ११ र १२ कक्षालाई पनि कलेज मानेर ५० को दशक बाट खूब टाइ लगाएर पढाउन थालियो नेपालमा अनि बिक्रिती आयो। हाम्रो पालामात एस एल सीमा २ बिषय फैल भएका गुरुहरूले पढाउथे तर शिक्षाको बारेमा, समाजको बारेमा, राजनीतिको बारेमा तर्क बितर्क हुन्थे। ए प्लस बी को होल स्क्वयरको फर्मुला हुन्छ भने क प्लस ख स्क्वायरको किन हुन्न भनेर ६ कक्षामा पढ्दा हामी तर्क गर्थ्यौ। एस एल सी पास् गरे पछि बल्ल टेलिभिजन देख्न पाइन्थ्यो। तर अहिले यत्रो सुबिधाको बाबजुद खोइ शिक्षामा प्रगति? कसैलाई टाइ लगाएर अली ठुलो बिल्डिङ वाला स्कुल क्याम्पसमा पढ्दैमा सन्तुस्टी हुन्छ भने त्यो आत्मरती मात्रै हो। देशको भबिश्य कस्तो हुने भनेर बर्तमान पुस्ताको अनुहार हेरेर आँकलन गर्न सकिन्छ। म चाँही ब्यक्तिगत रुपमा निकै निराशा छु। एक खालको पुस्ता ढुङा हान्न मात्रै जान्दछ, अर्को पुस्ता मोज मस्ति, फेशनमै मस्त छ।
आधुनिक भन्नेकुरा अरेक नया परिवर्तन संग सम्बन्धित भयर आउछ तेसैगरी एक्काइसौ शताब्दि भन्ने नामाकरण र सम्बोधन पनि समयको गिन्तिको क्रममा आउने हुन्! १९ सौ शताब्दीको लागि २० आधुनिक २१ को लागि एक्काइस आधुनिक तेसैले आधुनिक र २१सौ शताब्दीको प्रत्यय जोडिनुको खासै तुक छैन!
तर मेरो कुरा,
युगको हो युग,
आजभन्दा धेरै हज्जार बर्ष अगाडिनै समयको बहाबमा यो युगको प्रत्यारोपण गरि पहिचान र नामाकारण गरि सकियको छ!
“कलियुग” भनेर!
धेरै हज्जार बर्ष अगाडि रोपियको यो कलियुगको बिउ बिस्तारै उम्रेर जन्म अनि बालाबस्था हुदै क्रमिक बिकाश भै हाल एक्काइशौ शताब्दि संगसंगै यौबनाबस्थामा प्रबेससंगे बयस्क हुने क्रममा छ अब यो पुर्ण बयस्क भयर कतिन्जेल रहनेहो अनि अधबैशे प्रौढ हुदै ब्रिद्द भयर कलियुगको मृत्यु भै अर्को युग जसको पहिचान भयकै छैन तेसैले त्यो आउनेछैन, तेस्को मतलब यो युग पश्चात पृथ्वीको अन्त हुने छ!
हज्जारौ बर्ष अगाडि बिजारोपण गरि जन्म भयर हुर्केर बयस्क अबस्थामा पदार्पण गर्दै गरेको यो युगलाई कसले कसरि रोक्ने? तेसैले यो युगको चिन्ता गर्ने होइन यसको ब्याबस्थापनको लागि चिन्तित हौ बरु!
बिशौ शताब्दीको उत्तरार्ध तिर मध्यम गतिमा रहेको यो कलियुगको बिकाश एक्काइसौ शताब्दिमा प्रवेश संगसंगै पुर्ण बयस्क हुन लागेको संकेत मिलेको छ तेसैले चौतर्फी यस्ताकुरा द्रिश्याबलोकित हुन्छन सुन्नमा आउछन!
हेरौ कहिँ,
ससुराले बुहारी बलात्कार गरि नातिमाठी बलात्कारको दोष थोपारेको देख्न सुन्न पर्छ,
कहिँ बाउले छोरी बलात्कार गरेको वा छोराले आमामाथि करनी गरेको निंच कुरा सुन्नुपर्छ.
लुटपाट ठगि झैँ झगडा मार पिट त साधारण भै गया!
यत्तिकै हेरी बुझौ न,
केहि बिस पच्चीस बर्ष अगाडि आखा चिम्लेर मनले आत्मा बिभोर भै सुन्ने गितहरु थिय अनि बिस्तारै परिवर्तन हुदै सुन्ने कम र हेर्ने गित आउनथाले अनि हुदाहुदा सुन्ने नपर्ने आखा च्यातेर हेरे पुग्ने गित हेर्ने गित औनाथाल्यो अब त हुदाहुदा हेर्न पनि नसकिने गित पाइन थालेको छ बजारमा!
कहा बसी रुदैहोलान ति मेरा नारायण गोपाल झलक मान गान्धर्भ अरुण थापा कोइलिदेबि तारादेवी हरु! कहाबसी सुक्सुकाइ रहेकाहोलान ति किशोर कुमार , मुकेश र रफी हरु?
अब,
सबैकुराको सकारात्मक पक्ष हुन्छ तेसैले जेलाई हेर्दा र ग्रहण गर्दापनि पहिले सकारात्मक पक्षबाट गर्नुपर्छ भनि लिनु उचित हुनेछ र यो आजको कुरालाई सकारात्मक लियर हेर्नेहो भने,
आजकालका ठिटा ठिटी, युवा युवती हरु मारकाट झैँ झगडा हानाहान तानातान ठोका ठोक ग्यांग फाइट, खुकुरी हानाहान, चोरी डकैति शिक्षालय, पसल बजार अनि टोल र देश बन्द गर्नेतिर लाग्नुभन्दा बरु यो खेल जेसुकै भयपनी सयौ गुणा ठिक छ!
अब हामीले यो युग र यो समयले ल्यायको परिवर्तन रोक्न र छेक्न त सक्दैनौ क्यारे तेसैले यसलाई सकारात्मक लियर यसको उचित ब्याबस्थापन बारे सोचौ!
सानाहरूको भिडिओ त लौ कसैको खेतमा गएर खेल्खेलमा खिच्यारैछन भन्नु । केही शब्द अलिकति ठूलाहरू (को भिडिओ) बाट चोरेका पनि रहेछन । यसलाई अबोधपना भन्न सकिएला । तर ती ठूलाहरूले त कुनै औपचारिक कार्यक्रममै यस्तो गती छाड्यारैछन । फाट्टफुट्ट केही अधबैसे र सुरक्षागार्डसमेत देखिन्छ । पक्कै पनि कुनै कलेज हुनुपर्छ । यस्ता विकृति रोकिनैपर्छ । यो त ‘र्याप’कै ‘रेप’ पो भयो कि !
Dear giri (from USA)
Now, let’s try to clear out the haze your bigoted mind had been collecting . RAP battle itself has some norms and rules—instead of bitching about rap being vulgar i actually googled before quibbling, additionally i ain’t no rap fan either, more into classical and Nepalese adhunik geet— and when there is rule, you have to play by the rule. Now, maybe it might seem vulgar at the first instance but, if you had pondered about the dialects that our kids do these days you won’t be surprised to see the equivalent nepali words being used in day to day dialect.
My problem here is not with how you took this rap to be, but with presumptuous decry over something the new generation love to do. Where were you when our kids went “Ma.. ” and “Mu..” on the street; cursing their friends and cursing their parents (and oh yeah to Netas as well, i love that).
I too have kids, and additionally i LIVE IN NEPAL, i’ve closely watched my kids along with their friends and most of the time i find that anything negative they do is the sole result of our negative doing. I won’t blame my kid if he swears at someone tomorrow, i’d rather blame myself; i’d ponder over how did he get exposed to that word, did i use it in front of him? and thus i try to provide a substantial platform for the kids so that after 10 years i won’t have to complain like you in a blog. Instead of asking WHERE THIS GENERATION HAS GONE, we should actually think WHERE WE HAVE TAKEN THIS GENERATION TO.
यो राम्रो संस्कृित होइन, यसले िबकृित ल्याउँछ, बैमनश्यता िनम्याउँछ र अन्तमा झगडाको कारण प़़िन बन्न सक्छ ।
यो त मनोरंजन पो त, देश बिग्रेको यो र्याप विडियो ले होइन.
किन होइन ? एसले स साना बालक हरु बिग्रेको देखेनौ साथी ? समाज बिग्रनु देश बिग्रनु हैन र ? सगै को देश भारत मा school बाट नै math Olympiad र science Olympiad हुन्छ | खै हाम्रो देश मा तेस्तो राम्रो कुरा को अनुकरण ? देश चै हामी संसार को सबै भन्दा गरिब मध्ये अनि हाम्रो ढर्रा चै hyperamerican | सबै नचाहिने र विकृत कुरा सिक्न हामी धेरै छिटो छौ तर सिर्जनसिल कुरा मा सुन्य |
नो comments हेर्दै नि laaj लग्यो ! Specially ladies !
र्याप त राम्रो गर्नु पर्यो जे पायो तेही भनेर नि कहाँ को र्याप यो त सिधै संगीत को रेप भयो / त्यस माथि public मा गएर मनपरी भन्दा सम्म प्रसासन ले के हेर्दै छ त? केरा? नेपाल मा जसले जे गर्न पनि छुट छ नेता ले हत्यारालाई बचाउदै छ, एउटाले भन्छ चुनाब भयो भने मत हैन बम खस्छ अर्कोले भने जेल बाट आफ्नो श्रीमती लाई संबिधान सभा को उम्मेदवार बनौन पहल गरेको छ , उता अरबपति चाही अझ जनता को स्वास्थ्य खेलवाड गरेर खरबपति हुदै छ , कोहि नेपाल बन्द गर्न तिर ब्यस्त. खै के खै के आफु.
Very sad to know how these young being exploited! The culprits are the parents who don’t get involved in their children’s life.
नेपालका बुढाहरु राजनीतिमा battle गर्छन …..
बच्चा युवाहरु येस्ता वाहियात कामनकाजको मा battle गर्छन…..
र बार्ज होइन ल बाज हो यो वाहियात video बनाउने……
नेपालका बुढाहरु राजनीतिमा Battle गर्छन
युवा हरु खाडी मुलुक मा battle गर्छन
अनि बच्चा हरु Rap मा Battle गर्छन
अनि last मा सबै … battle battle