Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्लगका कारण यसरी पिटिएँ

Posted on August 22, 2013August 22, 2013 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम-

केही दिन अघि मैले कलाकारलाई भएको बिजोगको बारेमा लेखेको ब्लगको कारण धेरै असन्तुष्ट छन् भन्ने मलाई पहिला नै थाहा थियो। असन्तुष्टहरुले स्वयं नबोलेपनि एक कान दुई कान हुँदै मेरो कानसम्म आइपुगेको थियो कुरा। तर पनि म रत्तिभर डराएको थिइनँ। जसले प्रत्यक्ष बोल्छ उसैसँग टेबल बहस गर्ने मुडमा थिएँ म।

यसै सिलसिलामा एभरेस्ट नेपाली समाज ब्रुजले आयोजना गरेको सांगीतिक कार्यक्रममा रिपोर्टिङको सिलसिलामा कार्यक्रम स्थल पुगेको थिएँ। कार्यक्रमका संयोजक बासु खड्कासँग पहिलेदेखि नै फोनमा कुरा गरेपनि प्रत्यक्ष भेट भने कार्यक्रम स्थलमै भएको थियो। अनि कलाकारहरुसँग पनि त्यहीँ भलाकुसारी गर्ने मौका जुर्‍यो। खड्काले त्यही ब्लगको विषयमा नकारात्मक भन्दा सकारात्मक टिप्पणी नै गरे। उता गायिका रिमा गुरुङ पनि ब्लगकै कारण आज यो कार्यक्रम भएको र आफूहरुले शो देखाउन पाएको भन्दै थिइन्। सोही क्रममा गुरुङसँग मैले रिपोर्टका लागि ५ मिनेट जतिको अन्तर्वार्ता पनि लिइसकेको थिएँ। रिपोर्टको लागि चाहिने केही महत्वपूर्ण कुराहरु उनले बोलेकी थिइन्।

अर्कोतर्फ जो ब्यक्ति ब्लगबाट अति असन्तुस्ट रहेका थिए, उनीहरु भने स्वस्फूर्त रुपमै हाँसीहासी बोलेका थिए। पछि सिलवाल थरका एक मित्रले तिनै ब्यत्तिहरु निकै नकारात्मक रहेको जनाउ दिइरहेका थिए। तर पनि मलाई कुनै चिन्ता नै थिएन। किनकि पर्दापछाडि टिकाटिप्पणी गर्नेहरुको कुनै तुक नै हुन्न।

यसै क्रममा संचालक अर्थात् समाजका महासचिव कुलबहादुर खत्रीले सबैलाई हलमा आउन आग्रह गरे। कार्यक्रमको सुरुवात भयो। कलाकारहरुको नृत्य तथा गायिका रिमा गुरुङका गीतहरुको इफेक्ट रेकर्ड गदै थिएँ। आयोजकको तर्फबाट राधाकृष्ण अधिकारीको भ्वाइस लिनको लागि थोरै गायक मिङ्मा शेर्पाको ब्याकग्राउण्ड आवाज आउने गरेर तयार गर्दै थिएँ। पछाडिबाट समाजका सल्लाहकार जीवन शर्मा आएर मेरो हात छोपे र बाहिर ल्याए। अधिकारी पनि सँगै बाहिर आए। बाहिर निस्कने बित्तिकै शर्मा तथानाम गाली गर्दै ममाथि जाइलागे। मैले खास कुरा के हो त्यो भन्नुस् भन्दै थिएँ, उनी चाहिँ तथानाम शब्द बोल्दै आक्रमणको शैलीमा जाइलागे। एक्कासि सोच्दै नसोचेको कुरा हुँदा म त्यसै अचम्ममा परेको थिएँ। अचानक जाइलागेका शर्माले आफनो श्रीमती र रिमा गुरुङ नजिकको साथी रहेको र किन त्यस्तो समाचार लेखिस् भन्दै लिगल र इलिगल पत्रकारको धावा बोल्दै जाइलागे। दाहिने आँखाको भागमा मुक्का हान्ने तथा घाँटी निमोठे। उनको जंगली ब्यवहार प्रस्टै झल्केको थियो।

त्यसपछि मलाई कुरा बुझ्न त्यति गाह्रो परेन। मैले लेखेको ब्लगमा कलाकारले बोलेकै कुराहरु समावेश गरेको थिएँ। त्यतिखेरै आफैले पुलिस बोलाउँछु भनेका उनलाई पुलिस बोलाउने होइन भन्दै अधिकारीले रोके। बेल्जियममा अहिलेसम्म तीन वटा जति नेपाली कार्यक्रमहरुमा स्थानीय प्रशासन प्रयोग भइसकेको छ, जसले नेपालीहरुकै लागि राम्रो सन्देश दिँदैन। पछि समाजका महासचिव कुलबहादुर खत्री, कार्यक्रम आयोजक समाजकै कमल भारति ,डिल्ली सुब्बा लगायतलाई समस्या राखेँ। तर उनीहरुले कार्यक्रम सिद्धिएपछि नभP भोलि साँझसम्म न्याय निसाफ हुने तर कार्यक्रम नबिथोल्न आग्रह गरे। सोही क्रममा समाजका अध्यक्ष कमल पन्थीले पनि घटनाको केही हिस्सा सोही क्रममै थाहा पाएका थिए। तिनै ब्यत्तिहरुले आफूलाई घटनाबारे कुनै थाहा नभएको भनेको सुन्दा ति आयोजक प्रति दया जागेर आयो।

घटना पश्चात हिजो मंगलबार सबै साथीहरुले फोन सम्पर्क गरेर सहयोग समर्थन गरे। तर समाजकै कुनै पदाधिकारीहरुले फोन सम्पर्क समेत गर्न सकेनन्। उचित न्याय दिनेतर्फ कोही लागेको देखिएन। यो निकै दुखद पक्ष रह्यो। उता पत्रकार महासंघ युरोप शाखाका साथीहरु र विशेषतः मित्र शेरबहादुर छन्त्यालले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुभयो जसले गर्दा घटनापश्चात् पनि कलमलाई थप सशक्त रुपमा अगाडि लैजाने ऊर्जा मिलेको छ। पीडकविरुद्ध कानुनी कारबाहीको क्रम पनि हामीले अघि बढाएका छौँ।

पत्रकारमाथि दुर्व्यवहारलाई कुनै पनि हालतमा छोडिदैन
युरोपमा केही समय यता नेपाली पत्रकार माथि दुव्यहारको घटनामा अप्रत्यासति वृद्धी हुन थालेकोछ । समाचार लेखेको आधारमा पत्रकार लाई थर्काउने र दुर्व्यवहार गर्ने कृया वढेको छ । वेल्जियममा कार्यरत पत्रकार सन्तोष न्यौपानेलाई समाचार लेखिएको कारण भौतिक आक्रमण भएको छ । यसरी पत्रकार माथि दुरव्यवहार वढदै गएकोमा चिन्ता व्यक्त गर्दै यो घटनाका दोषीलाई कारवाही गर्न पत्रकार महासंघ युरोप शाखाले कार्य शुरु गरेको अध्यक्ष महेश थापाले जनाएका छन । युरोपका नेपाली पत्रकारहरु कमजोर नरहेको जनाउदै उनले भने यस्ता कुनै पनि गतिविधीलाई युरोप शाखाले चुपचाप सहेर वस्ने पक्षमा छैन ।

पत्रकारले लेखेको विषयमा चित्त नवुझेमा आफनो भनाइ राख्ने स्थानहरु प्रसस्त रहेका छन्। यदि कसैको चरित्र हत्या वा अरु कानुन उल्लङ्घन भएको स्थितीमा कानुनी बाटोहरु अवलम्वन गर्नु सचेत नागरिकको कर्तव्य हो । तर यस्तो कुनै कार्य नगरी कोही पत्रकार माथि दुर्व्यवहार गरेर आफुले विजय प्राप्त गरेँ भन्ठान्नु मूर्खताको परिसुचक हो भन्दै थापाले भने नेपाल पत्रकार महासंग युरोप शाखा पत्रकार साथीहरुको हक हित अधिकार र सुरक्षा प्रति सचेत रहेको अवस्थामा यस्तो दुस्साहस गर्ने जो कोहीले पनि पछुताउनु पर्ने बताए।

युरोपमा पनि विशेष गरेर वेल्जियममा पत्रकार माथी दुर्व्यवहार वढन थालेको स्थितीमा अन्तरराष्टिय पत्रकार महासंघको सहयोगमा स्थानीय स्तरमा कारबाही अगाडि बढाइन लागिएकेा बताउदै थापाले भने- पत्रकारमाथि दु्‌र्व्यवहार गर्नेलाई कुनै पनि हालतमा छोडिदैन ।

समाज परिवर्तनको वाहकको रुपमा रहेका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ अन्तर्गत युरोप शाखा युरोपमा रहेको सबैसँग सहकार्य गरी अगाडि बढ्नेमा विश्वास राख्दछ – थापाले भने ।

12 thoughts on “ब्लगका कारण यसरी पिटिएँ”

  1. Sagar (Sydney) says:
    August 23, 2013 at 6:24 pm

    होइन यो बेल्जियम भन्ने ठाउमा बुद्धि बिग्रेका नेपाली मात्र बस्छन कि क्या हाे?

    Reply
  2. Prashant says:
    August 23, 2013 at 10:39 am

    होइन मलाई अरु कुरा त खासै थाहा भएन, तर यहाँ सन्तोष जी नि खासै ठिक लागेन! त्यत्रो हातपात गरेको बेला ठाउँको ठाउँ पोलिस बोलाए भै हाल्थ्यो नि, यहाँ रिस पोख्नु भन्दा !!

    Reply
  3. sunil says:
    August 23, 2013 at 8:50 am

    हेल्लो साथी,
    तपाइलाई तो बज्याले ठटाएको हो भने कसैको मुख ताक्नु पर्दैन!!
    न टा संस्था न कमीउनति ( community) ko मुख ताक्नु पार्छ
    you can go file a police complain report yourself. this is how simple
    it is.
    after you filing a legal complaint, then you can come here as ask
    help with us, for witness or support.

    Thanks

    Reply
  4. KNATH says:
    August 23, 2013 at 4:19 am

    शर्मा जी पनि पहिले त यो देशमा इल्लिगल थिए होलानी ? उनि के DIPLOMATIC VISSA मा आएका हुन् र ? बैचारी तर्क न गरे र हात हाल्नु त सोमालियाको जंगल मा गए भैहाल्यो नि कि कसो ?

    Reply
  5. sanu says:
    August 23, 2013 at 3:19 am

    खुरुक्क पुलिस बोलाउने अनि शर्माजी थुरुक्क हुन्छन …किन छोड्ने अपराधी लाइ ?

    Reply
  6. Manoj Thapa says:
    August 23, 2013 at 1:33 am

    येदि सन्तोष को ठाउमा मा भैदिएको भए on the spot पुलीशलै फोन गरेको हुने थिए. अन्याये गर्ने भन्दा अन्न्याये सहनु ठुलो पाप हो. तेती सार्हो काइते भएर आँसु बगाएर हार गुहार गर्नु भनेको अपराधीको मनोबल बढाउने काम हो. अर्को पटक दन्त नै फुकाली दिन सक्छ. विचार गरौँ है. एस्तो अन्न्याये त न सहुनाहो साथी हो.

    Reply
  7. madan bajracharya says:
    August 22, 2013 at 11:17 pm

    कानुनि कार्यवाही गरेर मात्रै यस्ता उद्दण्ड व्यक्तिको उदादंडतालाई दुरुत्साहित गर्न सकिन्छ/ यसै गरु; किन भने यस्ता उद्दण्ड व्यक्ति नेपालीनै भय पनि नेप्लिलेनै तेस्ता माथि कार्यवाही चलाउन प्रहरीमा रिपोर्ट गरे “हेर नेपालीले नराम्रो कुरा गरे नेपालीले नै नसहने नमान्ने रहेछ” भनेर सकारात्मक संदेसंनै जान्छ/ बिदेशमा रहेर समस्त नेपालीनै बद्नाम हुने काम गर्नेलाई माफ गर्नु हुँदैन तेस्ता सिट सहमति पनि गर्नु हुँदैन “आ त्यो व्यक्ति तेस्तै हो” भनेर छाड्नु हुँदैन/ तेस्तालाई बस कानुनले दिने सजाय दिलाउनु पर्छ/

    Reply
  8. Jeevan Thapa says:
    August 22, 2013 at 8:50 pm

    सन्तोस जी यी गोहिले आँसु झारेजस्तो बिलापको कलम चलाएर भएन .. यदी अन्याय मा नै परेको हो भने जिबन शर्मा जस्तो लाइ किन कानुनको कठघरामा लैजान सक्नु हुन्दैन….यदी तेस्तो होइन कानुनी रुपमा कारबाही गर्नु आबस्यक छैन भने यो कलम चलाउनु को खासै तुक देखिदैन…
    पत्रकार एबम ब्लगर मित्रहरु कसैको ब्यतिगत कुराहरुको बारेमा कलम चलाउनु हुन्छ भने सामान्य घटना हरुको पनि सामना गर्नु पर्ने हुन सक्छ अब घटना घटिसके पछि कि कानुनी रुपमा आगाडी बढ्नु पर्यो कि आरोप प्रत्यारोप लगाउन छाड्नु पर्यो !!

    Reply
  9. Deepak G.C. says:
    August 22, 2013 at 8:23 pm

    तरवार भन्दा कलम बलियो |

    Reply
  10. DB Shrestha says:
    August 22, 2013 at 8:10 pm

    नेपालीहरु नेपाली माथि हातपात गर्न पाए आफुलै डन सम्झिन्छन! यो प्रक्रियाको सबै क्षेत्रबाट बिरोध र बहिस्कार नभएसम्म यस्तो प्रक्रिया चलिनै रहनछ. कतिलाइ नेपालमा बन्न नसकेको डन विदेशमा बन्ने रहर छ. र त्यस्ताले पाउने संरक्षन मान सम्मानले यस किसिमको क्रियाकलापमा प्रेरित भएको देखिन्छ. त्यस्तो अपराधिक मानसिकता भएको मान्छेको वरीपरि घुम्ने चम्चे अउरे धुपौरे हरुले गर्दा झन् एस्तो बिकृति फस्टाएको देखिन्छ. तेसैले कसैलाई यस्तो पर्यो वने आफुले २ मुक्का खाए नि दश मुक्का खाए नि एक मुक्का राम्ररी फर्काउनु पर्छ.

    Reply
  11. नरेन्द्र says:
    August 22, 2013 at 8:06 pm

    घटना निन्दनीय नै हो, तर कहिले काही हाम्रा नेपाली पत्रकारले आफुनै कानुन भन्दा माथि रहको जहि व्यवहार भने नगर्ने हैनन।
    यहा यसरी दुख मात्र पोख्नु भन्दा सन्तोष जी तपाइको गल्ति छैन भने किन कानुनी कारबाही गर्नु हुन्न?तपाइँलाइ उसले स्पस्ट पुलिस बोला भनेर धम्की दिई रा को थियो तपाइले किन बोलाउन सक्नु भयन? मेरो सुझाब कानुनी कारबाही गर्नुस तपाई जुन देशमा हुनुहुन्छ त्यो देशको कानुन अनुसार कारबाही अगाडी बढाऊनुस, कानुनी राज्यमा त्यसरी कसैले अर्को व्यक्तिलाई गालीगलौज, धम्की दिन वा कुटपिट गर्न मिल्दैन। कानुनी रुपमा तपाईले कारबाही गर्न सक्नु हुन्न भने “दालमा कुछ काला हे भन्या जस्तो भै हाल्यो नि” यसरी माइ संसार मा घटना लेखेर मात्र केहि हुदैन तै चुप मै चुप भन्ने बस्ने।

    Reply
  12. Birodh says:
    August 22, 2013 at 8:03 pm

    दुधले नुहाए पनि गधा गाइ बन्न सक्दैन भन्थे बुढा पाकाले हो रैछ ! युरोप, अमेरिका जता पुगे पनि नेपाली नेपाली नै हो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme