एकजना साथी पासपोर्टको लागि फारम भर्नुपर्यो भनेर मेरो अफिसमा आए। अहिले मेसिनले पढ्न सक्ने एमआरपी पासपोर्ट बनाउन फारम कम्प्युटरमा नै भर्नुपर्छ। त्यतिमात्र नभएर भनिएकै साइजमा प्रिन्ट निकाल्नुपर्ने। कम्प्युटरको गहिरो ज्ञान नभएका जुनसुकै देशमा बसेका नेपालीलाई यो एउटा टाउको दुखाई बनेको छ यतिखेर। उनको पासपोर्टमा लेखिएका केही कुराहरू हेर्दै जाँदा मेरो गान्धी डिभिजनको अंग्रेजीले पनि गल्तीहरु फेला पार्यो। जापान आएकोमा मलाई पश्चाताप लागिराछ भन्या। मेरो गान्धी डिभिजनको अंग्रेजीले त सरकारी जागिर नै खान सक्ने रहेछ नि झैं लाग्यो। वैदेशिक रोजगार विभागमा काम गर्ने कर्मचारीको अंग्रेजीलाई मेरो झम्केपानी अंग्रेजीले च्यालेन्ज दियो भन्या। नेपालको त्यत्रो ठूलो सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको गल्ती पत्ता लगाउन सकेकोमा मेरो झम्केपानी अंग्रेजीप्रति मलाई गर्व लागेको छ।
माथिको फोटो हेर्नुहोला। यसमा रातो घेरा लगाइएको नेपालको सरकारी कर्मचारी महाशयले लेख्नुभएको अंग्रेजी अनि उतापट्टी रातो अक्षरले लेखिएको चाहिँ मैले सच्याएको शुद्ध अंग्रेजी।
रेष्टुरेन्टको स्पेलिङ शुद्ध लेख्न नसक्ने, स्किल लेबरमा स्किलको स्पेलिङ शुद्ध लेख्न नसक्ने तिमी कस्तो कर्मचारी हौ ? लौ जा मैले त तिमी नै भनिदिएँ । मभन्दा कमजोर मान्छेलाई किन मैले तपाईँ भनिरहने ?
लेख्न नआएर त रेष्टुरेन्ट लेख्दा लटरपटर पारेर लेखेको छ तर स्किल लेबर लेख्दा Scele Labour लेखेका छौ। Scele नभइकन Skill हो। पूरा लेख्नुपर्दा Skilled Labour बेलायती अङ्ग्रेजी अनुसार अनि Skilled Labor अमेरिकी अङ्ग्रेजी अनुसार हुन्छ। Scele भन्ने शब्द त अक्सफोर्ड डिक्सनरीले नि देखाउँदैन। त्यसको अर्थ मलाई बताइ दिन सक्छौ ? सक्छौ भने के अर्थ हुन्छ बताइ देऊ। के थाहा अक्सफोर्डले अर्को संस्करणमा त्यो शब्द पनि हाल्दिन्छ कि ! होइन भने तिम्रो काम अनुसार तिमीलाई त्यो ठाम, दाम र नाम केही पनि सुहाएन। कि जागिर खाने बेलामा छिमेकी राष्ट्रबाट खरीद गरिएको हो तिम्रो शैक्षिक हतियार ? होइन भने २/३ कक्षामा पढ्ने केटाकेटीले पनि शुद्द लेख्न सक्ने अङ्ग्रेजीको स्पेलिङ तिमी किन लेख्न सक्दैनौ हँ? फुर्सदको बेलामा कसलाई ठग्न पाउँला भनेर नसोचिकन अङ्ग्रेजी पढ्ने बानी गर्नू। अंग्रेजी नजान्ने दाजुभाइहरूलार्इ त के थाहा आफ्नो पासपोर्टमा के लेखिदिएको छ भनेर। तर उसले काम गर्न जान लागेको देशको एयरपोर्टमा के काम गर्छौ भनेर सोधे भने के भन्ने ? Scele labour भन्ने कुन खाले भिसाको प्रकार हो ? नेपालीको ठाउँमा त्यस्तो लेखाई विदेशीको पासपोर्ट अर्थात उनीहरूलाई दिइने कागजपत्रमा लेखियो भने के हुन्छ ? कति घटिया र असक्षम कर्मचारी हुन्छन् नेपालको सरकारी कार्यालयमा भन्ने सीधै थाहा पाउँछन। हेर नेपालको बेइज्जत।
जापान आउनु भन्दा अगाडि मेरो पासपोर्ट बनाउन जाँदा विदेशमा आपतकालिन अवस्था परेको खन्डमा सम्पर्क व्यक्तिको नाममा मेरो श्रीमतीको नाम स्पेलिङ बिगारिदिए सुब्बा साहेबले। यो अशुद्द भएछ, बिगारी दिनुभएछ भन्दा उनले त्यो हामीलाई मतलब हुँदैन भने। उनले नै कागजपत्र बनाउने अनि उनलाई नै मतलब नहुने कस्तो परिपाटी हो यो ? तिमी कर्मचारीहरूलाई त त्यहाँ बसेर सीधासाधालाई लुट्न पाए भयो के मतलब हुन्थ्यो र। बिचरा सिधासाधाहरूले विदेशी भूमिमा यस्तो लेखिएको कागजपत्र देखाएर के भन्ने ? गर्ने भए नाम र ठाम अनुसारको काम गर्नु होइन भने हामीले दुःख गरेर कमाएर पठाएको रेमिट्यान्सले तिमीलाई पोल्नेछ। धिक्कार छ तिमीजस्ता कर्मचारीलार्इ।
[यो सामाग्री ‘पठाउनुस् माइसंसारलाई’ मा आएको हो। तपाईँसित पनि यस्तै जानकारी छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्]
मेरो बाबा को नाम संकर हो (SHANKAR)
तर मेरो नागरिता मा बाबा को नाम शंखर लेखेको छ (SHANKHAR)
यो हुदैन मलाई पछि धोका हुन्छ भनेर जिल्ला कार्यालयमा दस अमला जोडेर बिन्ति गरे तर यो केहि पनि फरक पर्दैन भाई भनेर CDO ले भन्यो अहिले म विदेश मा छु र बाबा आमा लै एक महिनाको छुटी मा बोलाउनु भनेको यहाको इमिग्रेशन यो तेरो बाउ नै होइन पो भन्यो
सर्वप्रथम त राम्रा नराम्रा सबै कमेन्ट गर्नेहरूमा नमस्कारको साथमा धन्यवाद ।
कमेन्ट गर्नु नराम्रो कुरा होईन समाजको विकासको लागि यस्ता वैचारिक कुराहरू हुनु अति नै अपरिहार्य छ । तर विचारको मन्थन गर्दा सही कुरा के हो भन्ने कुरालाई किहल्यै भुल्न पनि हुँदैन भन्ने मेरो आसाय हो ।
यसमा त्यति धेरै घोरिएर सोचेर अनेक तर्कनाहरू गरेर कमेन्ट गर्न आवश्यक छैन । हुनु पर्ने के हो ? त्यो किन र कस्को कारणले भएन भन्ने कुरा महत्वपूर्ण होला झैं लाग्छ । अलिकति भिन्न सोचाई राख्नु भएको साथीहरूले उठाउनु भएको कुरा पनि केही हदसम्म सही नै हो । तर आफूलाई परेको खन्डमा सोचाई भिन्दै हुन्छ । एक पटक सोचेर हेर्नुस त तपाईको आफ्नै पासपोर्टमा यस्तो लेखिएको भए …. । अर्को कुरा भाषालाई दोष पनि दिन खोजिएको होईन । कोही सिपालु होलान कोही कमजोर होलान, आफ्नो मातृ भाषा नभएर कोहीमा समस्या होला । ती कुराहरू अलि फरक हो कि झैं लाग्छ । नेपालको मातृभाषा नेपाली भए पनि यो काम त अंग्रेजी पनि सिपालु भनिएकाहरूवाट भएको गल्ती हो किनभने त्यो ठाउँमा काम गर्न सक्षम छ भनेर त्यो कामको जिम्मा लगाईएको होला भन्ने हाम्रो वुझाई हो । जापानीहरू पनि सवै अंग्रेजीमा सिपालु हुँदैनन तर यस्ता काम विगार्दैनन् पनि । लगभग सम्वन्धित काममा उनीहरू दक्ष नै हुन्छन, नसक्नेलाई त्यो काममा राख्दै राख्दैनन् यदि त्यस्तै परेर नजाने डिस्नेरी हेर्छन, फेला नपारे अरू जान्ने स्टाफहरूलाई सोध्छन तर अर्काको डकुमेन्टमा यसरी हचुवाको भरमा लेख्दैनन् । परिणामलाई पनि ध्यान दिन्छन ।
नेपाल सरकारले पनि सम्वन्धित ठाउँमा सम्वन्धित विषयमा दक्ष जनशक्ति भर्ना गरोस भन्ने आशाय हो । नेपाल भित्र नै प्रयोग मानौ लालपूर्जा या तमसुक आदि कागजपत्रमा यस्तो भएको भए यी कुरा निस्कन्थे होला । विग्रेको ठाउँमा हामी मिलाएर वुझौंला तर यो त अन्तरराष्ट्रिय जगतमा प्रयोग हुने कागजमा लेखिएको कुराले गर्दा अलि सचेत हुने कि भन्ने कुरा हो । भएको कुरा भैसक्यो तर त्यसवाट सवै क्षेत्रमा रहेको हामीहरूले सचेत हौं भन्ने कुरा हो । धन्यवाद ।
बिचरा बबुरो कर्मचारी……..कति गालि गर्य होला है सबैले !!!! उसको अग्रेजी संग झगडा पर्या होला के ???तब त बिगार्नमा जोड कस्या छ……फेरी उ त नेपाल सरकारको पो जागिरे थोरै अंग्रेज सरकारको हो…..सोच्यो होला नि त यो गाइ खाने भाषाले बिस्तारै उपनिवेश बनाउदै छ त्यसैले तेस्को सत्यनास गर्या होला होइन त कर्मचारी ज्यु लौ जा भन्दिए मैले त !!!
पैसा अली थोरै भयो होला। किनभने म रोजीको नागरिकता बनाउन जिल्ला प्रशासन गएको थिए। त्यहा सहाएक् प्रसासकीय अधिक्रितले नेपालीको नाम पनि कही रोजी हुन्छ? सच्याएर ल्याउनुस् भनेर फाइल हुर्याए। कम्तिमा “रोजी” अङ्रेजी शब्द हो भन्ने चाँही तिनलाई थाहा रहेछ। पछि पैसाले कुरा मिलायो।
विभिन्न अँग्रेजी शब्दकोषलाई केलाउने हो भने ‘लेबर’को अर्थ ‘बिनाआधुनिक उपकरण भारी परिश्रम गर्ने सीपविहीन काम’ भन्ने बुझिन्छ । यो ‘स्किल लेबर (स्किल्ड लेबरर)’ भन्ने नै गलत शब्दावली हो ।
भाषाहरु अनि भाषा भित्रका शब्दहरु र शब्दले सम्प्रषण गर्ने अर्थहरू समय आबस्यकता परिस्थिति र तेस्को प्रयोगहरु परिवर्तन र परिमार्जित हुदै जानेकुरा हुन्!
यहा कसैले कुनै भाषा बोल्दा लेख्दा कहिल्यै कुनै गल्ति नगरेको वा नगर्ने जसरि तिल लाइ पहाड बनाउनु र अर्कोको खिल्ली उढाउनु वा होच्यायर आफुलाई बढाई गर्नु जरुरि छ जस्तो लाग्दैन! कसैकसैले त नानाभाती सम्म भन्न भ्यायाको छ!
त्यो पनि अरुको भाषाको कुरामा!
आफ्नै भाषामा गल्तिगर्ने हरु यहा यथेस्ट छन् (म पनि पर्छु तेस्मा)
साधारण तरिकाले रेस्टुरेण्ट (Resturent , Scele ) लेखिदियछन यो पढ्ने सबैले रेस्टुरेण्ट अनि स्केल (सायद कसैकसैले स्केले भन्यो होला) भनेरै पढ्छन पनि!
अनि कतिपय अबस्थामा अंग्रेजी बोल्ने देश अनुशार तेस्को स्पेल्लिंग पनि फरक फरक लेख्ने गर्छन हो!
जस्तो कि,
Color अनि तेसैलाई Colour पनि लेख्छन!
यस्ता शब्दहरु यथेस्ट छन्!
यहि कुरामा अरुको खिल्ली उढाउनु पर्ने जरुरि छैन सबैले आफुलाई नै एक पटक राम्ररि हेरी सच्च्याउदा उपयुक्त होला!
एउटा उच्च पदस्थ र पढेको हु भन्ने कृषि शास्त्री कि के भन्ने ले अंग्रेजीमा लेखेको अर्काको जीवनी हरु पनि यहि पढेको हौ क्यारे!
त्यो जस्तो त् यो कदापि छैन भन्छु म त्!
पासपोर्टमा लेख्ने पनि एही गगने हुनुपर्छ । यो चाँही पक्कै सरकारी अफिस को ठुलै हाकिम हुनुपर्छ । एस्लाई american language र British Language को बारेमा फरक थाहा रहेनछ । तेतिकै कमेन्ट ठोकी हाल्छ । अझ अंग्रेजी बोल्ने देश अनुशार तेस्को स्पेल्लिंग पनि फरक फरक लेख्ने गर्छन भनेर गफ दिन्छ ।
जुन अक्सफोर्ड डिस्नेरीमा लेखिएको शव्द नै गल्ती होला त्यो त थाहा भएन तर संसारले त्यही सही हो भनेर आएको कुरालाई हामीले पनि सही नै हो भनेर भन्ने कि नभन्ने त ?
४ महिनामा MRP बनेर आयो भनि दङ्ग परेको त्यो पनि स्पेल्लिंग गलत गरेर आएछ !! फारम प्रिन्ट गर्दा गलत भयो अर्को प्रिन्ट गरेर extra ५० युआन ( नेपाली रुपैया ७५० ) समेत पठाउन लगाउने mofa ले China र Chaina मा फरक देखेन …. अब यो पासपोर्ट बोकी रहने कि फेरी अर्को नयाँ पासपोर्ट बनाउन अर्को ४ महिना कुर्ने अनि अतिरिक्त USD १०० तिर्ने ?
पासपोर्ट जस्तो संबेदनसिल document बनाउदा यस किसिमको गल्ति हुनुको जिम्मेबार को? यसले नेपाल सरकारमा काम गर्ने कर्मचारी कति सम्म जिम्मेबार छन् भन्ने कुरा प्रस्ट देखाउँछ!!
मन्त्राणीको अंग्रेजी भाषण संयुक्त राष्ट्र संघमा सुन्नुस अनि यो कर्मचारीको कुरो गरौला|
http://www.unmultimedia.org/tv/webcast/2011/06/nepal-mrs-dharmashila-chapagai-2011-high-level-meeting-on-aids-94th-plenary-meeting.html
तेत्रो संयुक्त राष्ट्र संघको सम्बोधन मा दोभाषेको प्रयोग गर्न पाइने कुरो हाम्रो पररास्ट्र का थाहा नहुने अनि यो बारे के कुरा? लेखेको त ए-काधले पढ्ने र हेर्ने हुन्छन तर तेत्रा बिदद्वान अतिथिको बिचमा कस्तो नमज्जा को अंग्रेजी मा भाषण गर्दा कस्तो भो होला सुन्नेलाई – धरोधर्म धर्मशिलाले अंग्रेजीको त बलात्कारै गर्दिन|
मत हाँसी हाँसी मर्छु कि क्याहो …बलात्कार भन्दा अझ ठुलो आरोप लगाय पनि हुन्छ हो यिनलाई त ….
हाहाहा!
मज्जाले हसाउद रैछ!
विडिओ त देखियानानी साउण्ड मात्र आयो कतै यो बेइजत्त गर्न रिमिक्स त होइन?
यदि सच्चैहो भने मेरो बिचारमा यस्तो भयको चाहि भाषण गर्नाले नभई भाषण पढ़नाले होला, हुन त लेखिदिने पनि आफ्नै आसेपासे झोलौटे हरुलाई दियको होला!
नेपालीमा लेखेर अंग्रेजीमा उल्था गरिदे त भनेर झोले लाइ दियो होला उसले अंग्रेजीमा गज्जबले लेखिदियो अनि पढ्नै गाह्रो भयो यो धर्मशिला लाइ!
लोक सेवा बाट आएको भनेर घमण्ड नगेर नि हुन्छ| लोक सेवा आयोगमा पास हुनलाई प्रताप मल्लका कान्छी रानीका नाउँ के हो र संस्कृतमा पोख्त भए पुगो| आचार्य, विशारद र कोविद गरे पछि बनारस बस्नु सट्टा प्रशासनमा लोक सेवा बसेर जागिर खान्छन| के लाई चाहियो अंग्रेजी?
बिहार र युपी को कलेजबाट प्रमाण पत्र लिएर आउनेको पनि भरि भराउ छ हाम्रो प्रशासन र अरु सरकारी क्षेत्रमा जागिर खाने र बढुवाहुने हरु|
गणतन्त्र आयो भनेर ढोल पिटछन्, ताल चै उही सिमसिमे राजाको पालाकै छ|
प्रशासनलाई घुस मुक्त र घाम तपुवाहरुलाई काम गर्न टाइट गरियो भने “ल बा गर्दिन बरु म अरब जापान कोरिया तिरै हानिन्छु” भन्ला| किनभने ती सरकारी जागिर खाने हरुको सोच कस्तो छ भने यी अरब जापान मा काम गर्ने हरुले उनीहरु कुर्सीमा बसेर काम चोरेर पैसा खाएकै जस्तो सम्झिन्छ| एक चोटी सरकारी जागिरमा पसेपछि रंगे हात चोर पकडा पर्दा समेत मुश्किलले जागिर गए पनि पेन्सन नजाने कस्तो हो यो नियम?
सरकारी कर्मचारी ८० प्रतिशत भ्रष्ट, कामचोर छन्| यो मैले भनेर मात्र होइन जोकोहीले अनुभव गरेकै छन्| भ्रष्ट चारीका घर परिवारलाई पनि थाहा छ तर पचाउछन खान पाएपछि| मासिक २० हजार तलबले स्वास्नीलाई नत्र कसरी अनि के खाएर छ छ मैनामा चार तोला सुनको गहना र २० हजार पर्ने साडी किनिदिने? घर बंगलो त् छदैछ? कि खुम बहादुरले जस्तो विदेश जाँदा नखाई नखाई भत्ता जोगाएर ल्याए भनेर छल गरेको हुनसक्छ?
भन्सार, एयरपोर्ट, अध्यागमन, माल, नापी र कर मा चै यो प्रतिशत पुग नपुग सय प्रतिशत नै होला|
१० जनामा ८ जना कर्मचारीको निधारमा नियालेर हेर्नोस, केरमेर अक्षरमा भ्रष्टचारी भनेर लेखिएको देख्नुहुनेछ|
सरकारी कर्मचारीले २५ बर्षको कार्यकालमा वर्कशप र सेमिनार, अध्ययन तालिम भनेर बिदेशमै बिताउञ्छन| हाम्रा देशका सरकारी कर्मचारीहरु काम चोर नहुने हो भने अहिलेको संख्याको आधा कर्मचारी घटाए पनि मज्जाले चाहिदो सेवा पुर्याउन सकिन्छ| यो मेरो अनुभवको आधारमा रहेको किटान हो|
हैन हैन !! यो पढ्ने बेलामा गुचा खेल्ने अनि नपढी कन जागिर पाइदैन भन्ने थाहा भय पछि सर्लक्क छिमेकि मुलुक बाट Certificate किनेर,घुस खुवायर सरकारी जागिर पड्काउने केहि गलत मान्छे हरु बाट यस्तो काम भाको हो!तर अहिले हात बाट लेख्दैनन !मेरो पनि हिजो मात्रै श्रम अनुमति बनायको हो !अहिले त कम्प्युटर type गरेकै sticker टाँसी दिने रैछन!
तर जस्तो जे भय पनि यो नेपाल को घोर बेइजत नै हो! हा हा हा Facebook मा गफ ठोके जस्तै गरि धस्काइ दिय छन् नि !!
मैले लेख पढे र कतिपय कमेन्ट जो लाजमर्दो अवस्थाले माइसंसारले लुकाएको छ तिनीहरु हेरे, ति कमेन्ट लुकाउनु परेका साथीहरु हो कुरा के भने अरुको भाषा न जान्नु ठिकै होला , अंग्रेजी साहित्यमा कुइरेलाइ नेपाली सरकारी कर्मचारीले जित्नु पर्छ भन्ने आग्रह कसैको छैन , सामान्य फारम भर्न जान्ने नै हुनु पर्छ , अरबी , जापानीले अनि चिनी हरुले पनि जानेका छैनन् भन्ने उधाहरण दिनु मुर्खता हो , अंग्रेजी न जान्ने कुरामा जापानी संग तुलना गर्ने हो भने अरु कामलाग्दो कुरामा पनि उनीहरु संगै तुलना गरौ न |
दुर्गम जिल्लामा डाक्टर नभएर पिउनले बिमारी जाच्या जस्तै,सुगम जिल्लामा हाकिम नभएकोले कनिकुथी अङ्रेजी लेख्ने पिउनले नै लेखी दिएको होला ।जस्ले लेखेको हो उस्लाई ए फर एप्पल को श्रेणिमा भर्ना गर्नु पर्ला ।त्यो फेन्टुसले निजामती कर्मचारीको लास्टै बेज्जत गर्यो ।निजामती कर्मचारी हो लौ यस्को छिनो फानो गर्नै पर्यो,नत्र फेरो अर्को फसातमा परौला है । जदौ
नेपाली कर्मचारी लाई त धिक्कार नै छ, बिडम्बना येहा माथि आकाश (Aakash) जी ले कमेन्ट गरेको लाई धेरै मित्रहरुले dislike गरेर hidden कमेन्ट बनेको छ , जब कि उहाले गरेको कमेन्ट नै १००% सहि हो, संसारमा कहिँ पनि profession मा skilled labour नभएर skilled labourer नै हुञ्छ, यो पाराले साथी हरु नेपाल कहिले बनाउने हामी ?
हाम्रो दास प्रवृति/ कोहि गोराले अलिकति नेपाली बोल्यो भने हामी मक्ख पर्छौ/ नेपाली ले त इंग्लिश मा गल्ति गर्नु त्यस्तो ठुलो कुरा होइन/ संसार मा अरबौ मानिस लाई अर्को भाषा बोल्न आउदैन/ के अरबियन , चाइनिज , जापानिज ले इंग्लिश बोल्छन नेपाली जति/ इंग्लिश जान्ने जति सबै विद्वान बन्ने भए बेलायेती र अमेरिकन सबै विद्वान हुन्थे. त्यागौ यो दास प्रवृति. राम्रो नेपाली नलेख्ने नेपाली पनि विद्वान बन्न सक्छ/
भाषा सुद्ध-सुद्धि अनि Spelling त कहाँ जान्नु चिन्नु पर्छ र ? पैसा दियो भने त ठ्याक्कै चिनछन् नि त्यस्ता कर्मचारीले फेरि!! गजब छ बा !! नसक्कीने भयो l
यस्ता बिशेष ठाउंहरु मा अलिक दक्ष्य र निपुण व्यक्ति हरुलाई राखी कामकाज गर्नु गराउनु हुन सम्बन्धित सबै कार्यालय प्रमुख हरुलाई सचेत हुन र काम गर्ने कर्मचारीहरु पनि अलिक उत्तरदायी, गम्भीर एबम बिश्वस्त र पदिय मर्यादा अनुरुप संबेदनशील भएर काम गर्नु पर्यो /ह्या राजाको काम कहिले जल घाम भने झैं पाराले काम गरेर यो किसिमको बेइजत गर्नु भन्दा त बरु नैतिक हिसाबले काम नगर्नु नै बेश /हुन त हालको समाबेशी को नाममा दक्ष्य कर्मचारी नहुन सक्ने सम्भावना लाई पनि नकार्न सकिन्न /राज्यले उचित शिक्षा सबैलाई दिने नीति ल्याउनु श्रेयष्कर हो जसले दक्ष्य जनशक्ति पैदा गरोस / जागिरको लागि यो समाबेशी अभियान बन्द गर्ने पर्छ /
सायद महाशयलाइ सिकाउने गुरुआमा यिनी नै पो हुन् कि कतै?
यो लिंक हेर्नुहोस .
http://www.youtube.com/watch?v=VC7_MTIbmSc
सान्तिराम जि तपाइले भने जस्तै त्यो कर्मचारी पक्कै लालु कै गाम बाट पडेर आएको होला ।मलाई सह्रै मजा लाग्यो त्यो लिन्क ले ।
जदौ,भिम
जस्ले जे भने नि, मैलेत त्यस कर्मचारिमा मौलीकता पो देखें । सायद जति विदेशि कर्मचारिहरूले त्यो विवरण हेरे, नेपाली मौलिक अंग्रेजी भन्ने ठानेर नै होला उक्त राहदानी वाहकलाई, विना रोकावट जापान सम्म जान दिए ।
यहाँ अर्को गल्ति पनि होला जस्तो पनि लाग्यो मलाई त | हेर्नु त नाम रेस्टुरेन्टको महा राजा होला पक्का तर लेखेको छ Moha raja मेरो बिचारमा यो गलत हो | Maha raja हुनु पर्ने होइन र? नेपालीको अंग्रेजी त कतिपय university डिग्री नै भएकाहरुको पनि कस्तो ताल हुन्छ तेस्को कुरा गर्यो भने लाज लगेर आउछ | त्येसैले नपढेको नभएर पढेकै कर्मचारीले पनि गर्न सक्छन येस्ता गल्तिहरु |
प्रत्येक नागरिक जन्मनुअघिदेखि मृत्यु पर्यन्तसम्मका क्रियाकलापको रेखदेख गर्ने, हेरविचार गर्ने र दिशा निर्देश गर्ने प्रशासन सञ्चालन गर्ने जिम्मेवारी पाएका निजामती कर्मचारीहरुको ठूलो हिस्सा जनाताको सेवा प्रवाहमा नभई आफ्नो स्वार्थ पूर्तीमा तल्लीन हेको अध्ययनले देखाएको छ ।
एक अध्ययनअनुसार नेपाली निजामती सेवाका ९५ प्रतिशत कर्मचारी अझैपनि सेवाग्रहीको मन जित्न सकेका छैनन् । उनीहरु कार्यालयको काम र सेवाग्राहीको सवैभन्दा आफ्नै सुविधा र फाइदामा ध्यान दिन्छन् । जसले गर्दा प्रशासन चुस्त र प्रभावकारी हुनेछैन । नेपाल निजामती कर्मचारी संगठनले ७५ वटै जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कार्यालय सहायकदेखि उपसचिवसम्मका कर्मचारीहरुवीच गरेको एक सर्वेक्षणले ५ प्रतिशत कर्मचारी मात्र आफ्नो पेसाप्रति इमान्दार र निष्ठाबान् भएर लागि परेको देखाएको छ ।
उनीहरुले सरकारी सेवालई आफ्नो प्रतिष्ठाको रुपमा हेर्छन् र पेसाप्रति बफादार रहन्छन् । नेपालको निजामती सेवामा कार्यरत ७९ हजार ८ सय ५१ कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारी बैकल्पिक पेसा छ । उनीहरुले सरकारी जागिरलाई पार्टटाइमको रुपमा लिन्छन् र अरु समय आय आर्जनका अन्य व्यक्तिगत काममा लगाउने गरेको अध्ययनले देखाएको छ । अब त्यो ५ प्रतिशत को होला अणुमान लगाउनुस ल ,
अब मेरो भोगेको कुरा
जन्म दर्ता र बसाई सराइ को सिफारिस गर्न सचिबकाहा गएको थिए मलाई एक सब्द असोधि सबै परिवारको धर्म हिन्दु र मातभाषा नेपाली गरिदिएछ , मेरो धर्म र भाषा केहो ? मलाई सोध्नु पर्दैन ?
अहिले त यस्तो हालत छ जुनवेला सबै दर्वन्दी खुल्ला प्रतियोगितावाट लिईन्थ्यो। अव १० बर्ष पछि हेर्नु होला नेपाल को निजामतिको के हालत हुन्छ। सवै ठाउंमा कूसंस्कृति छिरेको छ। समानुपातिक (दलित, जनजाति, महिला, मधेसि आदि आदि) को नाममे छिरेका कोटेहरु को क्वालिटिको रिजल्ट चांडै देखिंदै छ। ३३% र ४५% को कोटाहरु मा छिरेकाले मेडिकल डाक्टर बनेर बिरामिको चिरफार गरेका छन, ईन्जिनियरिङ्गका बृज र रोड बनाका छन, कानुनका उल्था गरेका छन, खुल्ला वाट छिरेकाहरु भन्दा अगाडि प्रमोसन पायका छन अनि खुल्लावाट छिरेकालाई शासन गरेका छन, कम्प्युटरमा टाईपिङ् गर्न नसक्नेहरु कोटामा कम्प्युटर अधिकृत र ईन्जिनयर भएर के काम गर्ने खई? आदि आदि आदि’…. सरकारले बरु यो प्रतिसतमा कोटा छुट्याउन भन्दात ति समानुपातिक (दलित, जनजाति, महिला, मधेसि आदि आदि) भनेका हरुलाई ३३%, ४५% हैन १००% छात्रबृद्धि दिनुनि शिक्षामा अनि फ्रिमा पढाएर सवैलाई सक्षम बनायर सवैलाई वरावर लड्ने अधिकार देऊन। सबैलाई न्याचुरल्लि फिट बनाउने हो र न्याचरलाई खुल्ला सेलेक्सन गर्न लगाउने हो तर नेपालमा त मलाई लाग्छ डार्विनको थ्योरि अफ न्याचुरल सेलेक्सनको सिद्दान्तनै फेल भैसक्यो।
मेरो घर गोर्खा , गाबिस घ्याल्चोक , यस्तै प्रसंगमा एउटा कुरा लेख्ने मन लाग्यो | दशैं तिहारको बिचमा भाइको नागरिकता बनाउनु पर्ने भएकोले गाबिस सचिव खोज्दै सदरमुकाम पुगियो र नागरिकताको लागि फारम भर्ना लगाइयो | गाबिस सचिव ले Gendar : Mael लेखेको थियो त्यस्तै नाम लेख्दा पनि हामीले पढेको अनुसार नामको अघिल्लो अक्षर ठूलो (Capital) हुन्छ भनेर पढेका थियौ तर उसले त मिसमास कतै ठूलो कतै सानो गरेर लेखेको थियो | त्यो फारमको फोटो खिचेर ल्याएको भए समाचार बन्दो रहेछ | त्यहि बेला मेरो मोबाइलको ब्याट्री सकेर फोटो खिच्न नि पाएन र हतार भएकोले फोटो खिच्ने जोहो गर्न नि भ्याएन |
लोकसेवा आयोग लाइ यात प्रोफेसनल बनाउनु पर्छ यात बिघटन गर्नु पर्छ ! सम्बन्धित बिसय को बिज्ञ लाइ प्रस्न बनाउन दिनुपर्छ ! सोहि बिसय मा ज्ञान हुने लाइ नियुक्ति गरिनु पर्छ ! बिसय बाहिर का प्रस्न लाइ समाबेश गरिनु हुन्न ! यहा त् कतिसम्म भने राजनितिसास्त्र पढेका हरुलाई लेखापाल बनाएको हुन्छ ! सरकारी कार्यालय को लेखा सिस्टम हेर्ने हो भने हासो उठेर आउछ !
मेरो नाम छत्र नाथ हो. मार्क सिट बनाउदा होस् वा अरु सरकारी काम मा मैले पाएको दुख को बर्दन के गरौ र. मेरो नाम कहिले क्षत्र नाथ, कहिले जोडेर क्षत्रनाथ कहिले क्षत्र नाथ लेखिन्छ र सधै उल्टो गालि खादै, पैसा खर्च गर्दै र समय नस्ट गर्दै सच्याउन पर्दछ.
यो संसार मा बाच्ने गाह्रो ……कसैको कमजोरी लाइ आफ्नो बुद्धिमता को खोल हाल्न खोज्छ ….आफ्नो बुध्धिमता लै अरुले राम्रो बन्दीयो बने खुसि होइन भने …
म आफैले भोगेको एउटा घटनाको याद आयो/ मैले पनि सन् १९९५ तिर passport लिन फारम भर्दा आखाको रंग मा brown भरेको थिए मेरो आखा brown नै छन्/ तर सुब्बा भनौदो ले यो हुदै हुदैन भनेर सच्यौन लाग्यो उसको र मेरो भनाभन भयो उसको भनाइ थियो सबैले आखाको रंग black नै लेख्नु पर्छ/ तेस्तै आदेश तथा तालिम पाएको बतायो/ मैले मेरो आखाको रंग brown नै हुनपर्ने अडान लिए/ मैले नमाने पछि उसले मेरो फाइल लिएर CDO कहाँ पुग्यो अब त काम बन्ला भनेको त CDO पनि कहाँ नेपाली को आखा brown हुन्छ यो हुदैन भन्न थाले/ तेस्पछि मैले brown नलेखे गलत विवरण को पासपोर्ट नलिने अडान लिएपछि मलाई अर्कै एउटा कागजमा भैपरी आए म आफै जिमेवार भनि कागज गरि आखाको रंग brown लेखि पासपोर्ट दिए/
अब तपाई आफै भन्नुहोस CDO को त हालत तेस्तो छ भने सुब्बा को के कुरो गर्ने? एसले यो कुरा प्रस्ट गर्छ कि नेपालको सरकारी निकाएहरुमा आधारभूत सैक्षिक योग्येता समेत नभएका हरुको हालीमुहाली छ/
Dear mr Dura and unknown Nepal Immigration employee,
Since This is a topic of English Grammar, Spelling and Punctuation, clearly I enjoy “making a mountain out of a molehill” whilst “beating around the bush” what I have to say is ….Usually, the term ‘Labour’ is used for ‘worker’. But, technically, it is incorrect. Labour ( action ) and Labourer (worker) are inseparable yet means two different things.
A Labour is not a person, its the physical or mental ability one holds to perform work, duty or service of some sort.
A Labourer is a person who does labour.
therefore, its not a skilled labour, in a very pedantic way to write this would be ” Skilled Labourer”. which makes both of you wrong and I am the only person right.
If you have the sense of humour I hope you are laughing.
cheers
छ भन्दैमा देखाउनलाई राति नि sunglass लाउनु भनेको यहि हो। Mate, your babbling also does not make any sense at all.
Little knowledge is dangerous. Labour (labor-US) also means “a social class comprising those who do manual labor or work for wages” and the example with a sentence goes like this “there is a shortage of skilled labour in this field”. Now you must be laughing at your own comment.
Dear Kuber,
I love you just as much as you hate the fact that you couldn’t think of giving the correct information out to readers before me. Jealousy aint gonna take you too far my Nepali boy.
कुन एस. यल. सि. फेल भएको नेतोको सोर्से फोर्सेले नियुक्ती लिएर पछी स्वत : स्थायी भएको थियो अनि किन नलेखोस त हजुर resturent र scele labour ? यस पाली त तलब झन टन्नै बढाइ दिएको छ क्या रे, ट्वाके अङ्रेजी अरु कती लेख्नी हुन ।
मेरो पनि नागरिकता बनाउदा बुबा को नाम लेख्नु पर्ने मा पति को नाम लेखिदिएछ फेरी पछि सच्याउन खोज्दा त बिबाह नै नभैकन सोहि ठाउमा अरु कसैको नाम अनि परेन फसाद अब मैले जागिर खान, सरकारी कम गर्न लै मेरो नागरिकता ले नै काम नगर्ने भयो साह्रै दुख भोगे नेपाल मा अनि फेरी पछि विदेश तिर लागे बिहा गरे दर्ता गर्दा हैरान | अब एउटा सरकारी कर्मचारी ले गरेको एउटा गल्ति ले मैले जीवन भरि नै दुख पाको कुरो मेरो जीवन मा कहिले भुल्दिन | यस्तै हुन्छ शक्ति को भरमा जागिर खाने हरु को चर्तिकला
skill पनि होइन मित्र skilled हुनुपर्ने हो ///
This is ‘DISGRACEFUL’
हो एकदम घटिया कर्मचारी रैछ, कसरि पायो जागिर एसले ????
नेपालमा लोक सेवा पास गर्न english जान्नु पर्दैन होला जस्तो लग्छ / सबै प्रस्न पत्र नेपाली माध्यम मा नै हुञ्छ क्यरे/ अनि कसरि औंग्रेजी सुद्द संग लेख्ने त बिचरा कर्मचारीले /
लोक सेवा आयोगमा सोधिने केहि प्रश्न हरु:
१. कर्णाली अञ्चलमा कतिवटा झोलुगे पुलहरु छन्?
२. बहादुर साहको कान्छी श्रीमतीको जन्म कति सालमा भएको थियो इस्वी सम्बत्मा लेख्नु होस्.
३. अमेजोंन नदीको लम्बाई कति मीटर छ र यो कुन महादेशमा पर्दछ?
४. नेशनल मण्डेला को जन्म कति सालमा भएको थियो?
५. राप्ती अंचलको सदरमुकामको नाम केहो?
अब भनुस एस्त प्रस्न हरु बाट छानीएर आउने जनसक्ति को छेमता कस्तो होला?
तेसमाथि नातापाता, घुस, source-force त छदै छ.
लोक सेवा आयोग मा आउने प्रश्न हरु साँच्चि नै यस्तै हुन्छन् त? यदि यस्तै नै हो भने त definitely अंग्रेजीमा खत्तमै हुने ग्यारेन्टी ।
बिल्कुल सहि प्रसङ्ग उठाउनु भयो / हाम्रो देशमा साँगुरो मानसिकताको रुढिवादी परिपाटी ,निरन्तर नातावाद हावी हुदा ,चाकडीपनले गर्दा र नक्कली सर्टिफ़्केट्को भरमा पनि बहुसंख्यक अयोग्य ब्येक्तिहरु स्थायी सरकारी जागिर खान्छन भने दछ्य जनशक्तिहरु बेरोजगार , आत्मनिर्भर बन्ने अवसरबाट वन्चित भएर अपहेलित अनि अपमानित बन्नु परेको छ / ति नक्कली महाशयहरुको लेखाइ पनि कागले छेरेको जस्तो हुन्छ / त्यस्ता गलत हातमा शक्ति पुगेको छ र बेइमानहरुको हैकम र रजाइले शिछित र स्वाभिमानी बुद्दिजिवि वर्ग , समुदाय निमुखा बनेर पाखा लागेका छन् / तिनको स्थिति झन् झन् नाजुक बन्दै छ / फलस्वरूप नेपालि जनताहरु मारमा परेका छन् / अनाहक अनवरत रुपमा दुख खेपिरहेका छन् / यो कस्तो विडम्वना ! संसारले काँचुली फेरिसक्यो तर नेपालमा कैयन सहश्राब्दी बितिसक्दा पनि कहिले पनि आमुल परिवर्तन आएन / खै शंकै लाग्छ/ हाम्रो देश कैले युरोप जस्तो विकसित बन्छ र कानुन बलियो हुन्छ ? कहिले गुणात्मक मुल्यांकन हुन्छ? बडो गम्भीर प्रश्न छ / यो सब अस्तव्यस्तताको जिम्मेवार को? बडो दिक्क लाग्दो र पट्ट्यार लाग्ने सम्झी ल्याउदा हैरान , हैन सालोक्य जी / हाम्रो समाजमा ब्याप्त यो अनिमियाताताको नियन्त्रण गर्ने निकाय पनि प्यारालाइज भएको छ /
सालोक्य जी लाइ सोध्ने कुरा नै होइन यो ! हामि जनता नै मुर्ख छौ , सालोक्य जी त एउटा मध्यम मात्र हो उसलाई के थाहा दाया बाया को कुरा हरु जे देख्यो तेही लेख्नु पर्छ, जे सुन्यो तेही भन्नु पर्छ उ त एउटा पत्रकार त हो तर तपाई जस्तो मान्छे ले यो बह्नेको चाही सुहौदैना .किनकि जब आफ्नो अन्तरात्मा ले स्वीकार गरेको कुरा लाइ समय हेरी बंग्याएर कुरा गरिन्छ तेही हो दुर्भाग्य.किनकि आजका नेता भनौदा हरु उही द्यंग को मुल हो भन्ने पनि तपाइलाई थाहा त छदैछ ……गोलि हान्नु सक्नु पर्छ एस्त हरुलाई ……प्रचण्ड जस्ता ले संकाएको भर मा युद्ध गर्नु सक्नु हुन्छ ……जनता मरेर कहिँ पनि राष्ट्र को बिकास बह्येको छैन बरु नेता मर्यो पछि मात्र राष्ट्र को बिकाश भएको छ इतिहास अनुसार ….जनता लाइ मारेर देश हाक्न पल्केका हरु लाइ पहिला कारबाही गर्नु पर्छ ……जब एउटा सक्छेम नेता ले आफ्नो ज्यान को आहुति दींचा तब मात्र राष्ट्र को बारेमा एउटा साधारण जनता ले सोच्न बाध्य हुन्छ होइन भने नेता को पीचालाग्गु भएर अनि मात्र देश को बारेमा चिन्ता गरेर हुने वाला केहि पनि छैन ……………………….पहिला यो नेता हरुलाई कारबाही गरौ अनि मात्र देश मा घाम को उज्यालो देख्न पाइन्छ होइन भने भ्याकुता जति उफ्रे पनि कान्ला को कान्ला ………….
एक रात कण्ठ घोकेको भरमा जांच दिएर (सके चोरेर) पास गरेको होला अनि , source लगाएर जागिर खाएको होला, अनि कसरि spelling मिलाएर लेख्न सक्नु नि ?
सरकारी कामकाजको नेपाली भाषा त शुध्द लेख्न सक्तैनन्,अंग्रेजी त परै जावोस्।
एक जना बिष्णु खड्का भन्ने मित्रले भन्नुहुन्थ्यो , मलाई साथीहरुसंग बाहिर हिड्न लाज लाग्छ किन भन्दा….खासमा कुरा उही रहेछ बिदेशमा साथीहरुको अंग्रेजी बोलाई पानी दिनुहोस भन्दा वाटर कम कम …. कोही चाहिँ ५० सालमै एस एल सी पास गरेको ७ दुना ८ होइन यसरी कसरी एस एल सी पास हुनु भो भन्दा हाम्रो स्कुल हिसाबको पढाई नै हुदैनथ्यो भन्थे, अनि हामी बेस्सरी हाँस्थ्यो | बिचरा..! जो- कर्मचारी हुन् अंग्रेजी नै पढाई नहुने स्कुलमा पढ्नु भएको थियो होला नि त ….
पाखे लाई पाउरोटी
सुनिता जी पाउरोटी पाखे ले नइ खान्छ तपैहरु जस्तो सहरीया ले मालपुवा खान्छ
तर्क पूर्ण जवाफ भन्या यही हो, सारै हासो उठो. 😀 भगवान
हेर बेइजत !! मेरो class १ मा पढ्ने भाइलाई आउछ त्यसको spelling त. source force लगाएर जागिर खाको होला अनि क आउथ्यो english !!
जान्ने भएको देख्दा यो पक्कै पनि बाजेकै चर्तिकला हो| भनेपछि हुँदा हुँदा बाजेहरुले पनि समानुपातिकको नाउमा जागिरमा घुस्न थालेछ| त्यस्ताहरु अरु त् के परराष्ट्रमा समेत देख्न पाईन्छ| कसरि पास गरे लो से त्यो हाम्लाई थाहा नभएको हो र?
by the way, what is the definition of baaje ? from what i know, it should mean ‘grandfather’ in Nepali. And I also assume that you are truly amazed that someone’s grandfather what able to pass ‘people’s service’ exam -( people’s service by the way is transliteration of lok sewa). so who’s grandfather was it? yours ? or someone else’s ?
read – someone’s grandfather what able to pass ‘people’s service’ exam as someone’s grandfather was able to pass ‘people’s service’ exam.
कतै यो वा त्यो जात जाती, क्षेत्रको नाममा सजिलो गरि लोकसेबा पास भएको कर्मचारी भएर नै हुनु पर्छ । नत्रभने त्यतिसारै कमजोर सरकारी कर्मचारी हुदै हुदैन । ल जा मैले ठोकुवानै गरें ।
ए राता मकै, सुब्बाको अंग्रेजी त कम्जोर भयो भयो त्याँ सहि ठोक्ने हाकिम पनि उही पाराको रेछ l त्याँ के लेख्या छ भनेर हेरेर सहि गर्नु पर्ने हैन? कुन देसमा, के काम गर्न जान लाग्या भनेर नहेरी सहि धस्काउने भएर हो कि क्या हो साउदी र ओमन भनेर जानेहरु अफगानिस्तान र इराक तिर पुग्ने गरेको ?
आफ्नो पासपोर्ट मा भिसा लागेको छ कि छैन भनेर हेर्ने काम समेत नगरी विदेश उडने मान्छे मन्त्रि हुनेदेश मा हाकिम ले अर्का को पासपोर्ट मा ठिक तरिका ले लेखेको छ कि छैन भनेर किन हेर्ने झन्झट गरोस र , ललित सोल्टी /
जदौ, यस्ता कर्मचारी लाइ पक्कै पनि खावोबादी-पार्टीले समानुपातिक तर्फ़ बाट निउक्त गरेको हुनुपर्छ! लोकसेवा मार्फत स्वतन्त्र प्रतिस्पर्धा गरेर जागिर खाने हरु को English त् यस्तो हरि-बिजोग नहुनु पर्ने हो l लौन लोकमान दाई इ स्वतन्त्र बाट आउने हरुको न्यूनतम शैक्षिक योग्यता को मापदंड गर्ने संयन्त्र स्थापना गर्नु पर्यो l होइन भने औठा छापहरु लाई पररास्ट्र जस्तो संवेदनशील मन्त्रालयबाट निलम्बन गर्नु पर्यो l धन्याबाद
नेपाली भाषामा निवेदन लेख्नुपरे वा फारम भर्नुपरे स्वाङ्ग पारेर “सर इन्ग्लिस्मा लेख्न पाइन्छ? ” भनेर “इस्मार्ट” टोपलि हिड्ने हरु देख्दा जति टिठ लाग्छ माथिको उदाहरण देख्दा अलि कमै लाग्दो रहेछ…..मेरो आफ्नो बिचार!!
अग्रेजी अन्तराष्ट्रिय भाषा हो।जे जस्तो भए पनि हाम्रो लागि तेस्रो मुलुकमा बार्ताको माध्यम अग्रेजी नै हो सो कसैले त्यसो भन्दैमा रिसाउनु पनि सङकुचिता हो जस्तो लाग्छ।नर्सरी देखी त्यहि भाषा पढाईछ बरु अग्रेजी नजानेका कारण अरु देशमा काम गर्न नपाई खाडीमा दुख गर्न परेको सन्दर्भमा अग्रेजीलाई पनि कार्यलयको एक अभिसियल भाषा बनाउनु बरु ठिक हुन्छ जस्तो लाग्छ, हो नेपाली भाषालाई माया त छदै छ(यो पनि रहन्छ) र साथै समय र परिस्थिति अनुसार पनि सोच्ने हो कि?
सानैबाट अग्रँजी माध्यमबाट पढेको भएर नेपाली धेरै पछि सम्म पनि आउदैन थियो, अक्षर त झन सारै खत्तम छ मेरो , त्यहि भएर सकभर फर्महरू भर्नु पर्दा वा चिठि अँग्रेजी मै लेख्न खोज्नेमा म पनि पर्छु तर स्वाग हैन साच्चै सजिलो हुने भएर हो , नेपाली त हातनै सर्दैन , सारै ढिलो हुन्छ।
मैले देखेको अंग्रेजी एस्तो पनि थियो “Your Baby Cut Here” मतलब तपाई को बच्चा को कपाल एहा काटिछ
अरु ठाऊँमा त ठिकै छ, परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार विभागमा त कम से कम spelling त सहि तरिका ले लेख्न जान्ने मान्छे लाई राख्नु पर्छ नि यार …
भनसुन को जागिर , मनसुन को खेती
हामी नेपालीलाई के कुरा थाह हुनु पर्छ भने नेपालका नेता र कर्मचारी हुन कुनै पदाई र ज्ञानको जरुरत पर्दैन !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! नेता बन्न शुरो ,मुर्ख र हत्यारा हुनु पर्छ भने कर्मचारी बन्न तै हत्यारा को झोला बोकेको हुनु पर्छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
लापरबाहीको पराकास्ट अनि सचौन आउदा घुस लिनको लागि जानि जानी बनाएको बाटो हो यो I
शत प्रतिशत सहि कुरो गर्नु’भो । फेरि फर्केर आओस् अनि पैसा खाउँला भनेर नै जानी जानी गल्ति लेखेर पठाएका हुन्, यसमा कुनै दुई मत छैन ।
समानुपातिको नाम मा राम्रा लाई पन्छाएर जो पाए तेसैलाई सरकारी कर्मचारी बनाएपछि येस्तै त हुन्छ नि. Government officer should be chosen from free competition regardless of caste, locality, disability and gender, then only such type of minor mistakes can be minimized.
तथ्य थाहा नभए सम्म आरोप लाई नहाल्ने हो कि?
समाचारमा त कहि पनि यि कर्मचारी समानिपातिकबाट आएका भनेर भनिएको छैन,आक्षेष लाई हाल्नु ठिक नहोला कि?
त्यस माथि समापातिकमा पनि अहिले सम्म गरिएकोमा न्युनतम योग्यता मा नै फरक परिएको भन्ने सुनिएको छैन
हो जसले गरेको भए नि यो मान्छेले गलत गरेको हो ,जे बाट आएको भए पनि तर अन्तै तिर कुरा लाई मोडेर आफै निर्षकर्ष निकाली आरोप लाउदा बुद्दिमानी नहोला
ओह सुरेस जी, तपाई पनि अचम्म कुरा गर्नु हुन्छ. कुन पार्टी को झोले संगठन संग आवद्ध हुनुहुञ्छ तपाई? हिजो जंगल मा राज गर्ने हरु दर्बार पसेर ढुकुटी रित्याई सके, विभिन्न किसिमका नारा लगायर समानुपातिक भन्दै असक्षम व्यक्ति हरुलाइ सरकारी जागिरा भर्ति गरे. न आत्तिनोस एउटा ज्वलन्त उदाहरण माया देवी शर्मा कतार कि महा-महिम नेपाली राजदुत. न त्यो आइमाई को बोल्ने ढंग छ, न काम गर्ने क्षेमता नै. अनुहार पनि हेर्दै चोथाले को भन्दा कम छैन गाठे.
तपाई जस्तो मान्छेहरुले नै हामी पछाडि पर्यो सबै मिलेर अगाडि बढौ भन्दा त्यसो भन्ने सबैलाई ‘झोले’ र ‘कार्यकर्ता’ भन्दियो आफ्नो दुनो सोध्ययो।जो दबिएको छ दबिएर दबिए रहे। यदि जंगलमा बसेको अरुको नाम बेचेर राज गरे भने पनि गलत नै गरे यसमा हामी बषौ देखी दबियौ अधिकार पाएनौ भन्ने के दोष? त्यो देख्ने मान्छे केहि ठुला भनाउदाँ बर्ग(अझ जाति पनि भन्दिन) अरुको पनि अधिकार लिएर हालि मुहाली गरेको चै देख्नु हुन्छ ।अब तपाईले आवाज उठायो भन्दै के म तपाईलाई नि उनीहरु को झोले भन्ने।
उदाहरणमा भनिएको मानिस पहिले कुरा समानुपातिकबाट गएकी होईनन।पार्टीगत भागबण्डा(जुन राम्रो होईन) र सामानिपातिक भिन्न कुरा हो।नबुझको बा तथ्य नबुझि धेरै जान्ने हुन नखोजनुस र उनी यदि नराम्रो छिन भने पनि त्यो ब्यतिगत कुरा हो उनलाई देखाएर उनको पुरै जाति,ब्यवस्था लाई नै नराम्रो हो भन्नुलाई racist भनिन्छ।
मित्र तपाई त किबोर्ड छिच्ने सम्म हुनु भएको छ हाम्रै समाजमा कम्प्युटर नेदेख्ने सम्म छन तसर्थ शायद उनीहरुलाई केहि अगाडि ल्याउन पनि चाहिएको छ केहि मा संङघियता,खाली नराम्रो कुरा देखाएर आफ्नै राज टिकाई राख्ने मात्र खेल छ धेरै को।सबै बराबर हो भनेर माछा र बाँदरमा माछा लाई रुख चढ र बाँदरलाई माछा जसरी पोडि भनेर हुदैन
बन्धु ले ति कर्मचारीको सोध खोज गरि उनि “खुला” बाट नभएर “कोटा” बाट छानिएका कर्मचारी हून भन्ने नि पत्ता लाएर यहाँ कमेन्ट धारी हान्न भ्याउनुभेछ….गजब छ बन्धु, बधाई छ!!
मैले पनि धेरै चोटी नेपालको “Resturent” ma “Cock”, “Snakes”, “Oragne Juice”, “Chowmine”, हरु खाएको छु.
धत्, अरु त ठिकै मान्न सकिन्छ, cock पनि खानु भाको ?
ऋतुकुमार दुरा जी ले नराम्रो संग दनक दिनुभय छ सरकारी कर्मचारीलाई! धन्यवाद ! तपैले भनेजस्तै छिमेकी राष्ट्रबाट खरीद गरिएको होला शैक्षिक हतियार!
मेरो पनि एक पल्ट PASSPORT बनाउदा सुब्बा’साप ले Place of Birth गल्ति लेखिदिनु भो अनि पछि सच्याउन जाँदा उल्टै Rs. 250 तिर्न लगायो! कस्ता खुरापाती! नेपालका दुस्ट सरकारी कर्मचारी को कुरा गरेर साध्य छैन.
हाम्रो त्यो घोकन्ते बिध्या, बास्तबमा हाम्रो शिक्षाको स्तर हेर्नै नहुने खालको थियो, अझ बिदेसिए पछि बल्ल थाहा पाइन्थ्यो हाम्रो सैक्षिक स्तर के रहेछ / बोर्डिंग स्कुल भनेर तथा नाम गाली गरे पनी अहिले बल्ल बरु अलिक पारा ल्याको हो कि जस्तो छ /
वाह वाह ,धन्यबाद यो सुझाबको लागि ,,,घुस खोर मा पढ्ने हाम्रो नेपाली क्रमचारिलाई सुझाब दिनु भएको मा आखामा पट्टि बाधेर घुस लिने सरकारी क्रमचारीलाइ अंग्रेजी स्पिलिंग कुन्चार को नाम हो …? घुस दिएर पास भएका क्रमचारी {what is a words of English } घुस लिने धुनमा के र सी लाई एउटै देख्ने गरेको रहेछ / मलाई नै सरम लग्यो म अंग्रेजी नजान्ने लाई skilled भन्ने साधारण शब्द थाहा नभएको नेपाली क्रमचारी को यो कथा पढेर / धिकार छ क्रमचारी हो त्यो गरिमामय पदमा बस्नु लाई …..
सुने अनुसार सरकारी कर्मचारी तन्त्रमा नक्कली प्रमादपत्र धारीको बिग बिगी छ रे , महासय कतै तिनै भित्रका त परेनन् ?
नेपाली सरकारी कर्मचारीतन्त्रमा आधुनिक सिक्ष्या लिएकाको कमि निक्कै छ ?
यो प्रमादपत्र भनेको के हो फेरि ?
प्रमादको अर्थ शब्दकोशमा खोज्दा एउटा अर्थ घमण्ड र अहमत्याइँ रहेछ
सिक्ष्याको पनि त हिज्जे मिलेन नि हजुर
यस्तो कर्मचारीलाई त बागमतीको ढल सफा गर्न लगाउनु पर्ने
गैर जिम्मेवारी पन को परकस्ठा छ हाम्रा अधिकांस राष्ट्र सेवक भनौदा हरु को | तर भनेर केहि परिवर्तन हुने वाला छैन |
कुन्चाई भैसी गोठालो कर्मचारीले लेखेछ ?
बराल जी, मेरो पनि भैसी छन् घरमा . मैले पनि भैसी चराएको छु तर येति सारो Skilled Labour लाइ Scele Labor चाँही लेख्न सक्दिन है . बरु भएन भने अंग्रेजी शब्दकोश पल्ताउन सकिन्छ .
अर्को पटक कागज मिलायिदिये बापत खाने मेसो मा जानी जानी बिगारेका हुन् सक्छन यी तस्कर हरुले / यी त तस्कर नै हुन् / गरिब को रगत चुस्ने /
लौ आफ्नो त बल्ल बल्ल ४ महिनामा MRP बनेर आयो ! embassy ले ok गरेर पठाएको फारम डेढ महिनापछि प्रिन्ट मिलेन भनेर फिर्ता आयो त्यो पनि म एकजना को होइन नौ जनाको….. कस्तो खालको मेसिन हो त्यो size अलिकति घटबढ हुँदा पढ्न नसक्ने ….
MRP रे ३२ पेजको १० वर्षको ….देश विदेश हिडी राख्नेहरुको २ वर्षमा सबै पेज भरिन्छ …कि अलि मोटो (पहिला को जस्तो ) बनाउनु कि ५ बर्षे बनाउनु ….
अंग्रेजी को त अब के कुरो गराई भयो र … पहिले पहिले हातले लेखेको पासपोर्ट हरु कतिको त नाम लेखेको नै बुझिदैन होला !!!
नेपालमा सरकारी जागिर खान English जान्नु पर्छ भन्ने कहाँ छ र ; संस्कृत पढे नि हुन्छ सोल्टी; आफ्नो देश को भाषा जानेन भने पो उडाउनु;
Non-native speaker को पुरै समस्या हो ;
तेही माथि अब तिमि जस्ता Scele हरु विदेश गए पछि देसमा skilled खोजेर हुन्छ त 😀
ए भाइ कस्तो कुरा हो ? वैदेशिक रोजगार विभागमा काम गर्ने कर्मचारी लाइ अन्तरराष्ट्रिय भाषा त आउनु पर्छ नि होउ | अंग्रेजी न आउने भए त्यो सबै लेख्ने कुरा नेपालीमा या संस्कृतमै घस्काइ दिएको भए हुन्थ्यो नि , किन त्यसो नगरेको त ?
qualified staff भर्ति गर्नुको सट्टा नातेदार, कृपा बाट आसेपासे धुपौरे हरु राखे पछि येस्तै हुन्छ, यो गल्तीले बिदेस मा उसलाई कति लज्जित र कति दुख पाउनु पर्छ भन्ने यिनीहरु जस्ता कर्मचारी भनौदा लाई केथाहा
यो सबै “सबैभन्दा पारदर्शी, भ्रस्टाचारशुन्य, र सबैभन्दा विश्वसनीय” संबैधानिक भनिएर कहलिएको “लोकसेवा आयोग” बाट दिनरात सामान्य ज्ञान घोकेर उत्कृस्ट नतिजा प्राप्त गरेर आएका so-called “राष्ट्रसेवक” हरुलाइ निजामती सेवामा प्रवेश गराउने १७औ शताब्दीतिरको सार्बजनिक सेवा प्रदान गराउने नीतिको कारणले हो भन्ने हामीलाई लाइराछ |
फरिया नाताले उचालिएका कर्मचारी भनौदो हरि लथ्थकहरु …..
राम्रो नि आखुरी देश नै यस्ता झम्के,टिल्के अंग्रेजी जान्ने हरु को पोल्टा मा परेर यो हालत भएको हो/गरि खान्छ यतिको अंग्रेजी लेख्ने अनि बोल्ने सरकारी कर्मचारी ले/के बेर भोलि देश को प्रधानमन्त्री नै उ हुदैन भन्ने के छ?